भाइटीकाको दिन जिम्मेवारीबोध हुने गर्छ

डा. रमेशसिंह भण्डारी कलेजोरोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल

तिहार मनाउन पुर्ख्यौली घर नगएको धरै वर्ष वित्तिसकेको छ । डाक्टरी पेसामा काम छोडेर हिँड्न सकिँदैन । बाल्यकालमा तिहार कहिले आउला भनेर दिन गनेर बसिन्थ्यो, रमाइलोका लागि । बाल्यकालमा कुनै जिम्मेवारी आफूमा नभए पनि होला, रमाइलोमा मन धेरै केन्द्रित हुने गर्थ्यो । आजभोलि तिहारमा देउसी–भौलो खेलेको देख्दा पनि बाल्यकालका ती सम्झना मेरो मानसपटलमा आइरहन्छन् ।

अस्पतालमा चाडबाडमा कम्पेक्स केस आएका कारण पनि आफू तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । हाल हाम्रो टिमले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणमा ३ वटा सफलता पाइसकेको छ । प्रत्यारोपण गरिएका बिरामी अस्पतालमा रहेका कारण तिहारभरि अस्पतालमा उपलब्ध हुने गरी बस्नुपर्ने हुन्छ । कुनै पनि वेला अस्पताल जानुपर्ने अवस्था आउँछ । यस वर्षको तिहारमा उपत्यकाबाहिर जाने योजना छैन । विगतका केही वर्ष परिवारसँग बसेर तिहार मनाउन पाएको थिएँ ।

अस्पतालमा व्यस्त हुने भएका कारण तिहारको समयमा धेरै समय दिन पाएको छैन, तर यसमा कुनै दुःख पनि लागेको छैन । बिरामीको सेवा गर्नु नै डाक्टरको कर्तव्य भएका कारण डाक्टरले बिरामीका लागि समय दिनु नै राम्रो हुन्छ । बिरामीको सेवाभन्दा ठूलो धर्म अरू के नै हुन सक्छ र !

तिहारका वेला पूर्ण रूपमा घरमै भने कहिल्यै बस्न पाएको छैन । चाडपर्वका वेला कम्प्लेक्स केस आउन सक्छन्, जुनसुकै वेला अस्पताल पुग्न सक्ने गरी बस्नुपर्ने हुन्छ ।

दाजुभाइ र दिदीबहिनीबीच माया र सद्भावसँगै जिम्मेवारीबोध हुने तथा हिन्दू धर्मावलम्बीका हिसाबले पनि तिहारलाई विशेष महत्त्व दिएर मनाउँदै आएको छु । तर, यसपटक प्रत्यारोपण गरिएका बिरामीका कारण तिहारभर जुनसुकै वेला अस्पतालमा उपलब्ध हुनुपर्ने अवस्था छ ।

प्रायः पुर्ख्यौली घर जान पाएको छैन । तिहारमा सधैँजसो दिदी–बहिनी काठमाडौंमा आएर टीका लगाइदिनुहुन्छ । पहिला–पहिला साथीभाइसँग रमझम गरेर मनाइन्थ्यो भने आजकल जिम्मेवारी बढेको भएर पनि होला, मुस्किलले मिल्ने फुर्सदको समय घरपरिवारलाई दिनुपर्ने हुन्छ । अन्य समयमा बिहान–बेलुकै दौडधुप हुने केटाकेटीलाई समय दिन नपाइने हुन्छ ।

तिहारमा खानपान अन्य वेलाभन्दा अलि विशेष भए पनि म त्यसअनुरूप केयरफुल पनि हुने गरेको छु । दैनिक रूपमा व्यायाम गर्ने समय निकाल्ने गरेको छु । तिहार मनाउने बहानामा घरबाहिर गएर बस्ने गरेको छैन ।

हिन्दू धर्मावलम्बीका हिसाबले पनि तिहारलाई विशेष रूपले मनाउने गरिन्छ । त्यसबाहेक पनि यो पर्वले दिदी–भाइबीचको सम्बन्धलाई कायम राख्ने गर्छ । तिहारमा दिदीभाइ भनेको विशेष सम्बधका हुन् भनेर सम्झने गरिन्छ । वर्षभरि मनमुटाब भए पनि तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीच एकअर्कामा माया तथा सद्भाव प्रकट हुने हुन्छ । तिहारमा भाइटीकाको दिन जिम्मेवारीबोध हुने हुन्छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

लगाउँदालगाउँदैको टीका छोडेर पोस्टमार्टम गर्दाको त्यो बीभत्स दृश्य…

मानवीय स्वभाव अचम्मको छ, सम्झनुपर्ने कुरा बिर्सिंदै जान्छ भने बिर्सिंदा राम्रो हुने कतिपय कुरा बारम्बार मानमा आइरहन्छन् । कतिपय घटनालाई सजिलै भुल्न सकिन्छ । तर, कतिपय घटना यस्ता हुन्छन्, जो घटेको वर्षौंवर्ष बितिसक्दा पनि हरपल मस्तिष्कमा आइ नै रहन्छन् ।

जीवनमा धेरै दसैँ मनाइयो । तीमध्ये अधिकांश आम नै रहे, जसको स्मरण दिमागमा खास बनेर रहेका छैनन् । तर, पछिल्ला १२ वर्षको अनुभूति अलिक पृथक् छ । पछिल्लो समय जब–जब दसैँ आउँछ, मेरो दिमागमा त्यही ०६४ सालको दसैँको घटना बारम्बार घुमिरहन्छ ।

त्यसवेला म जिल्ला अस्पताल काभ्रेमा कार्यरत थिएँ । विजयादशमीका दिन करिब पूर्वाह्न ११ बजेको शुभ साइतमा घरमा सबैजनाले बुबा–आमाको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्यौँ । दसैँमा मान्यजनको हातबाट टीका लाउनको प्रचलनअनुसार घरमा टीकाटाला सकेर ससुरालीघर जाने तय भयो । काठमाडौंको कोटेश्वरबाट म र मेरी श्रीमती बसयात्रामा ससुराली घर सानेपातर्फ प्रस्थान गर्यौैँ ।

करिब १ बजे ससुरालीघर सानेपा पुग्यौँ । बुबाको हातबाट टीका लागाउँदै थिएँ, फोन आयो । फोनसँगै दुःखदायी खबरसमेत आयो । सिन्धुपाल्चोकबाट गर्भवती महिलालाई ल्याउँदै गरेको एम्बुलेन्स काभ्रेमा दुर्घटना भएको रहेछ । दुर्घटनामा गर्भवती महिलाको मुत्यु भएको मर्माहत खबर ट्राफिक कार्यालय काभ्रेका एक प्रहरीले सुनाए । ‘पोस्टमार्टमका लागि तपाईं जतिसक्दो छिटो आउनुपर्ने भयो,’ उनले भने ।

ललितपुरको सानेपामा भएको मान्छे, तत्काल काभ्रे पुग्न सम्भव थिएन, न त मसँग कुनै साधन नै थियो । मलाई त्यहाँ पुग्न ठूलो समस्या भयो । आफू ससुरालीघरमा टीकाटाला गर्दै गरेको अवगत गराएँ । जे नहुनु भइ नै सकेपछि केही समयपछि आउने जवाफ दिएँ ।

ललितपुरको सानेपामा भएको मान्छे, तत्काल काभ्रे पुग्न सम्भव थिएन, न त मसँग कुनै साधन नै थियो । मलाई त्यहाँ पुग्न ठूलो समस्या भयो । आफू ससुरालीघरमा टीकाटाला गर्दै गरेको अवगत गराएँ । जे नहुनु भइ नै सकेपछि केही समयपछि आउने जवाफ दिएँ । तर, मृतकका आफन्तसहित धेरै मानिसको भिडभाड भइसकेकाले मलाई तत्कालै आउन भनियो । ‘संवेदनशील केस भएकाले तपाईं आउनैपर्ने भयो,’ उताबाट जवाफ आयो ।

मैले आफूसँग कुनै साधन नभएका कारण प्रहरीले कुनै साधनको व्यवस्था गरिदिन अनुरोध गरेँ । इलाका प्रहरी कार्यालय बनेपाको भ्यान केही समयमै सानेपा आइपुग्यो । श्रीमतीलाई त्यहीँ छाडेर टीका अधुरै राखेर खाना नखाएकै अवस्थामा प्रहरी भ्यानमा म बनेपातर्फ हानिएँ ।

दसैँको समय भएकाले रोडमा धेरै चहल–पहल थिएन । भ्यानले निकै तीव्र गति लियो । मलाई अहिले पनि याद छ, एक घण्टाको बीचमा हामी काभ्रेको शिर मेमोरियल अस्पताल पुग्यौँ । अस्पतालबाहिर मानिसको भिड थियो । भित्र पुगेर हेर्दा एउटी गर्भवती महिलाको लास लम्पसार पारेर राखिएको थियो । त्यो दृश्य निकै बीभत्स थियो । मृतकको शरीर रगतले लत्पतिएको थियो ।

भिड ज्यादा भएकाले यथाशीघ्र पोस्टमार्टम गर्नुपर्ने दबाब ममाथि थियो । पोस्टमार्टम सरकारी चिकित्सकले नै हुनुपर्ने बाध्यता थियो । म ती महिलाको पोस्टमार्टम गर्नतर्फ लागेँ । मृतकको पेट चिरफार गरेर हेर्दा दुईवटा बच्चा रहेछन् । दुर्भाग्यवश दुवैको मृत्यु भइसकेको थियो । त्यो क्षण मेरो जीवनकै नरमाइलो क्षण बन्न पुग्यो । ती मृत बालकको दृश्य आज पनि आँखामा झलझली आइरहन्छ ।

त्यसवेला अलिकति संवेदनशीलता, मानवता, भावुकता मभित्र थिए । पूरै देश चाडपर्वमा रमाइरहेको अवस्थामा थियो । एक्कासि मेरो मस्तिष्कमा दसैँजस्तो महान् चाडमा लगाउँदालगाउँदैको टीका छाडेर हिँड्नुपर्दा परिवारमा कस्तो भयो होला भन्ने सोच आयो । एकमनले कता–कता आफ्नो पेसाप्रति दिक्क पनि लायो, आफ्नो पर्सनल समय कत्ति पनि नहुँदो रहेछ । फेरि अर्कोतर्फ मानवीय सेवामा समर्पित हुनु नै ठूलो घर्म नै होजस्तो महसुस भयो । पोस्टमार्टम सकेर घर फर्किएँ ।

त्यसपछि एक हप्ता टीकाटालामै समय बित्यो । तर, मलाई दसैँ नसकियुन्जेल त्यही घटनाको दृश्य झलझली आइराख्यो, जसले आज पनि वेलाबखत साताइरहन्छ ।

प्रस्तुति : पुष्पराज चौलागाईं

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सामाजिक मन्त्री बरालको दसैँ — ‘टीका नलगाएको दुई दशक बित्यो’

प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले दशैको टिका लगाएनन् । दुर्गा देवीको पुजा गरेर रक्षा हुने भन्ने बिषयमा विश्वास लाग्न छाडेपछि दसैँ र तिहारमा टिका लगाउन छाडेको उनको भनाई छ ।

यसरी दसैँमा टीका नलगाएको २० बर्ष पुग्यो ।  गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ३, झारखर्क घर भएका सामाजिक विकास मन्त्री सुदर्शन बरालको टिका नलगाएपनि शुभकामना आदानप्रदान र भेटघाट भने अरु मन्त्रीको भन्दा कम छैन्। उनि गुल्मीमा शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाटमा व्यवस्त छन् ।

दशैमा टिका नलगाए पनि विदामा आफन्त, साथीभाई र पाटीका कार्यकर्तालाई भेट्नका लागि उनिहरुको घर घरमा जाने गरेको उनले बताए।

अहिले गुल्मीतिर भेटघाटमा छु मन्त्री बरालले भने, यतातिरको भेटघाट सकेर म दशै बुटवलमा आफन्तहरुसँग हुन्छ’ । बुटवलतिर धेरै आफन्तहरु भएकाले भेटघाट गरी बुटवलमै दशै मनाउने योजना बनाएको उनले सुनाए  ।

प्रदेश ५ सरकारमा छ जना मन्त्री छन् l जनाको मन्त्री परिषद्मा एक मात्र महिला मन्त्री छिन्  शुक्रबार मन्त्री परिषदको बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी बाहेक सबै मन्त्रीहरुले दशै मनाउन र शुभकाना आदानप्रदान कार्यक्रममा भाग लिनका लागि बुटवल छाडिसकेका छन् ।मन्त्री बराल बाहेक मुख्य मन्त्री सहित अरु मन्त्रीहरुले भने टिका लगाएर दसैँ मनाउदैछन् ।

मुख्य मन्त्री दाङका हुन् भने भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी नवलपरासी, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी रोल्पा, सामाजिक विकास मन्त्री सुदर्शन बराल गुल्मी, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी रुपन्देही र आरती पौडेल बाँकेकी हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यो वर्ष दसैँ छैन, प्रतिष्ठानकै काममा व्यस्त

यो वर्ष हामी दोहोरो शोकमा छौँ । बुबा र ससुराबुबा यसै वर्ष स्वर्गीय हुनुभएकाले दसैँ मनाउँदैनौँ । यसै पनि प्रतिष्ठानको काम धेरै हुने भएकाले कार्यालयको काममै व्यस्त हुन्छु ।

अघिल्ला वर्षहरूमा चाडपर्व आउँदा धेरै खुसी लाग्थ्यो र मनाउने पनि गर्थें । काम पनि आफ्नो हिसाबले गर्ने र समय मिलाएर पर्व पनि उत्साही हुँदै मनाउने गर्दै आएको छु । सानो छँदा भने एक महिनाअघिदेखि नै दसैँ कहिले आउला भनेर दिन गनेर बसिन्थ्यो । बाल्यकालमा चाडबाड एकदमै रमाइला लाग्थे । मान्छे ठूलो हुँदै गएपछि चाडबाडको रमाइलोपन पनि कम हुँदै जाने रहेछ, अन्य दिनझैँ सामान्यजस्तै नै बन्दो रहेछ । यद्यपि, केही फरक भने हुन्छ नै ।

दसैँमा घटस्थापनादेखि नै मन्दिर दर्शन गर्ने, राम्रो लुगा लगाउने, मिठो खाने, परिवारसँग बस्ने गर्ने गरिन्थ्यो । दसैँ त त्यसवेला थियो, जब वर्षभरि लगाएको एउटै लुगा फुकालेर नयाँ लुगा लगाउन पाइन्थ्यो । दसैँको समयमा ल्याइदिएको नयाँ लुगा लगाएर सुत्दा त्यसको बास्नाले नै मिठो निद्रा आउँथ्यो ।

दसैँ त त्यसवेला थियो, जब वर्षभरि लगाएको एउटै लुगा फुकालेर नयाँ लुगा लगाउन पाइन्थ्यो । दसैँको समयमा ल्याइदिएको नयाँ लुगा लगाएर सुत्दा त्यसको बास्नाले नै मिठो निद्रा आउँथ्यो । मान्छे ठूलो हुँदै गएपछि चाडबाडको रमाइलोपन पनि कम हुँदै जाने रहेछ, अन्य दिनझैँ सामान्यजस्तै नै बन्दो रहेछ । दसैँ आयो कि त्यही बाल्यकालमा फर्किऊँझैँ लाग्छ ।

दसैँमा रमाइलो गर्ने, नयाँ लुगा लगाउनेजस्ता क्रियाकलापमा पहिलेजस्तो सोख छैन । सामान्य रूपमा आमाबुबा, साथीभाइसँग भेटघाटमा समय बिताउँछु । यस्तो लाग्छ, दसैँ जति मनाउनु थियो, बाल्यकालमै मनाइयो । अहिले पनि ती क्षण सम्झिएर साह्रै आनन्द आउँछ, पुनः बाल्यकालमा फर्किऊँजस्तो लाग्छ ।

यसपालि दसैँ नमनाउने भएकाले पनि अस्पताललाई सबै समय दिन्छु । अस्पतालमा रहेका कर्मचारी तथा डाक्टरहरूलाई आफू बसेर भए पनि सिफ्टअनुसार ड्युटी मिलाएर अस्पतालको सेवा सुचारु गर्छु । इमर्जेन्सीमा २४ घण्टै डाक्टर राखेर सेवा दिनेछौँ । केही दिन ओपिडीसेवा बन्द रहे पनि आएका बिरामीलाई सेवा दिएरै फर्काउँछौँ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यता सालको पातमा टीका, उता निधार खाली

तीजमा पनि सम्झ्यो होला, मेरो कान्छो भाईले
दसैँ पनि त्यसै काँटे, खाली निधार मैले
………
पर्खि बसेँ माला उनेर, भाईटीकालाई दिन गनेर
घरबाट आए होलान्, माइती चेलीबेटी
बनपाखा नाच्दै होलान्,गाउँका केटाकेटी
दिदी आउने बाटो हेर्दै होला, मेरो भाईले
आउँछे बहिनी भने होलान्, मेरो ठूलो दाईले
………
सालको पातमा टीका लगाई दिएहोलान बाले
दसैँ पनि त्यसै काँटे खाली निधार मैले
………

२०३७/०३८ तिरको कुरा हो, डा.भोला रिजाल वंगलादेशमा पोष्टग्रयाजुयट गर्दै थिए । वंगलादेशमा सँगै थिइन् श्रीमती सरला । दुबै जना विदेश भएकोले त्यो वर्ष तीज, दसैँ, तिहार सबै छुट्ने नै भए । सरलाले त्यतिबेला लेखेको गीतांश हो यो ।

तारादेवीले गाएको त्यो गीत अहिले रिजाल दम्पतीको प्रायजसो चाडपर्वको यथार्थ हो ।

करिव दुई दशकभन्दा लामो समयदेखि उनीहरुले तीनभाई छोरा, कविर, मनिष र प्रलयसँग मुस्किलले दसैँ मान्न पाएका छन् । जेठा कविर लण्डनमा छन्, माइलो मनिष क्यानडा र कान्छो प्रलय नर्वेमा छन् । कविरसँगको टीका नियमित नभएको २ दशम भयो । एक वर्ष चाड छुट्दा माइती सम्झेर सरलाले लेखेको गीतले आजकाल आफ्नै मन रुवाउँछ । वंगलादेशको दसैँमा भोलाले सरलालाई अवीरमात्रै लगाइदिएका थिए । रिजाल दम्पती छोराहरुलाई स्काइपमा हेर्छन् र सालको पातमा टीका लगाइदिन्छन् , र आफूहरु लगाउँछन् ।

सन्तान सँगै नहुँदाको खल्लो दसैँमा बाल्यकालको दसैँले ‘नोस्टास्जिक’ बनाउँछ ।
…………
‘बाल्यकालको दसैँको त के बयान गर्नु ?’ बाल्यकालको दसैँ सम्झनाबारे प्रश्न फुत्किन नभ्याउदै डा.रिजालको जवाफ आउँछ । रिजाल परिवारको घर, विराटनगर धरान र इटहरी तीनै ठाउँमा थियो । कहिले कहाँ, त कहिले कहाँ । ठाउँ फरक भएपनि एउटा कुरा चाँही नियमित थियो । ‘जहाँ मनाएपनि सबै दाजुभाई एकै ठाउँमा बसेर मनाउने’ ।
त्यो विशाल परिवारमा पहिला हजुर बुबाको हातबाट सबैले टिका थाप्थे । अनि पालैपालो क्रमअुनसार टिका हुन्थ्यो । ‘त्यो बेलामा मलाई टीका लगाइदिने मात्रै सय जना हुनुहुन्थ्यो ।’ उच्च भएको स्वर मलिन बनाउँदै उनी थप्छन् ‘मैले लगाइदिने १५/१६ घर छन् मैले लगाउने त १/२ जना मात्रै’

उनका हजुर बुबाले १६ रुपैँया हालेर उलेनको कोट र छालाको जुत्ता किनिदिए । उनले १५/१६ दिनअघिदेखि घरमा जो नयाँ मान्छे अएपनि पहिला त्यही कोट देखाउँथे । डा.रिजाल त्यतिबेला यति रमाएका थिए कि, कोट लगाउँदा म नै सबैभन्दा ठूलो मान्छे हुँ जस्तो लाग्थ्यो रे ।

दसैँको त्यो समय निकै रोमाञ्चक हुन्थ्यो । अहिले उनी वर्ष र गते त ठ्याक्कै भन्न सक्दैनन । तर त्यतिबेला ८/९ कक्षामा पढ्दैमा पढ्दै थिए । उनका हजुर बुबाले १६ रुपैँया हालेर उलेनको कोट र छालाको जुत्ता किनिदिए । उनले १५/१६ दिनअघिदेखि घरमा जो नयाँ मान्छे आएपनि पहिला त्यही कोट देखाउँथे । डा.रिजाल त्यतिबेला यति रमाएका थिए कि, कोट लगाउँदा म नै सबैभन्दा ठूलो मान्छे हुँ जस्तो लाग्थ्यो रे ।

विराटनगरको रिजाल परिवार यति ठूलो थियो कि, दसैँमा खसी पनि ३/४ वटा काट्नु पर्थ्र्यो । मासु ताउलामा पाक्थ्यो, विहान बेलुकाकै खाना खाने समय भतेर लगाएजस्तै हुन्थ्यो ।
यति खुसी दिने दसैँ कहिले आउला भन्नेजस्तो नलाग्ने कुरै भएन । कांगेस नेता डा.मिनेन्द्र रिजाल र डा.भोलाका हजुर बुबा दाजुभाई हुन् । पूर्वप्रधानमन्त्री नागेन्द्र रिजालको मिनेन्द्रको हजुर, भोलाका बुबा जिजुबुबा । गीतकार कालीप्रसाद रिजाल जेठाकोे साइलो छोरा, डा.भोला साइलोको जेठो छोरा । यी सबैको दसैँ एउटै घरमा हुन्थ्यो । ‘सबै परिवार दसैँमा भेटिन्थ्यौं र मर्यादाक्रमअनुसार टीका लगाउथ्यौं’ उनी भन्छन् ।
……..
अहिले कहाँ त्यस्तो दशै पाउनु ?
अहिलेको दसैँमा आफ्नै परिवार पनि जम्मा हुन गाहे छ । ‘अहिले त मैले टीका जानुपर्ने घर जम्मा ४/५ वटा छ, मैले लगाइदिनुपर्ने १६/१७ ।’ उनी भन्छन् । ‘सहरमा छिरलिएर बसेको हुनाले दिनभर हिड्दैमा बित्छ दशैं । एक ठाउँमा बसेर रमाउन पाइन्न । आफू जाँदा घरमा अर्को कोही आइदियो भने, अर्कै तनाव’ दसैँमा यातायात पनि सहज हुन्न । गाडी व्यवस्थापन गरेर औपचारिकता मिलाउँदैमा सकिन्छ दसैँ ।

चिकित्सा क्षेत्रमा लागेपछि त दैनिकी, समय पनि आफ्नो हुन्छ । १९८५ /१९८६ सालतिर अहिले चावेलमा भएको ओम अस्पताल त्यतिबेला कमलपोखरीमा थियो । रिजाल परिवारको घर सिनामंगल थियो । टीका लगाउन घरमा जम्मा हुदैथिए । ‘एउटा डेलिभरी सिरियास केस आएको छ ।’ अस्पतालबाट फोन आयो । ‘म भ्याए टीका लगाउन आउँला भनेर हिँडे’उनी सम्झन्छन् ‘पछि ढिला गरेर आएँ ।’ चिकित्सा सेवामा लागेपछि सेवा नै प्रथामिकतामा पर्छ । त्यो कर्तव्य पनि बन्छ । यो कर्तव्य सम्झेरै डा.रिजालले एउटा गीत लेखेका छन् ।

……..
आत्मालाई साक्षी राखेर गर्छौ यो वाचा
तराई, पहाड, हिमाल चारै भञ्ज्यान घुमेर
गर्दछौ सेवा रोगीको
गर्दछौ सेवा दु:खिको
सेवा नै हाम्रो धर्म हो ।
…..

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डाक्टरले बिरामीको सेवालाई नै धर्म स्विकारिसकेका हुन्छन

बुबाको जागिरको सिलसिलामा हाम्रो स्कुलिङ काठमाडौंमै भयो । दसैँमा लामो स्कुल बिदा हुने, बिदा हुनासाथ दसैँ मनाउन पहाड (नुवाकोट) जाने चलन भएकाले हामी महिनादिनअगाडिबाट दसैँ आउने दिन गनेर बस्थ्यौँ । हामी धेरै दाजुभाइ–दिदीबहिनी, अनि गाउँमा काका–काकी, हजुरबुबा–हजुरआमासँग भेटघाट हुँदा असाध्यै रमाइलो लाग्थ्यो ।

जब हामी घर जान्थ्यौँ, नवरथा सुरु हुन्थ्यो, मेरी आमा अलिक धार्मिक भएकाले हरेक दिन घरमा चन्डी पाठ हुन्थ्यो । घरमा बिहान ४ बजेदेखि नै चहलपहल सुरु हुन्थ्यो । नवरथामा बिहानै गुन्जिएको त्यो चण्डीध्वनि, त्यसका हरेक शब्द अहिले पनि कानमा गुन्जिन्छन् । त्यसको यादले फेरि त्यही समय, त्यही गाउँमा पु-याउँछ । त्यसवेलाको दसैँको रौनकले मनमा तरंग ल्याउँछ, जुन शब्दमा बयान गर्न सकिँदैन ।

रमाइलोको कुरै सीमै थिएन, हामी काठमाडौं बस्ने भएकाले गाउँमा भाउजू–दाइहरूले हामीले जे–जे खान मनपराउँछौँ (काँक्रो, केरा, कुखुराको अण्डा, पाकेको अम्बा) सबै हाम्रा लागि साँचेर राखिदिनुहुन्थ्यो । ती कुराहरूमा निकै आत्मीयता हुन्थ्यो । त्यसवेलाको दसैँ अहिले यादमा मात्र छ, अब त्यस्तो दिन फर्केर आउलाजस्तो लाग्दैन ।

यसपालि हाम्रो परिवारमा दुःख परेको छ, मेरी भाइबुहारी बितेको ३ महिना मात्रै भयो । त्यसैले यो दसैँ सबै परिवार सँगै बसेर दुःख सेयर गरेर बिताउने योजना छ ।

जब म मेडिकल अध्ययनतिर लागेँ, त्यसपछि भने पहिलेजस्तो धेरै समय आफन्तसँग बिताउन पाइनँ । दाजुभाइसँग सँगै बसेर खाइरहेको निकै याद आउँथ्यो । पढाइ सकेर स्वास्थ्य सेवामा प्रवेश गरेपछि त झन् चाड भनेर बस्न पाइने कुरै भएन । स्वास्थ्यकर्मीले कुनै पनि वेला अरूले जति चाडबाड बनाउन पाउँदैनन् । त्यसमा पनि सुरुसुरुमा त स्वास्थ्यकर्मी निकै कम हुन्थे । त्यसैले चाडबाडमा पनि ड्युटीमा खटिनुपथ्र्याे ।

०३६ मा म घरबाट ४५ मिनेटको दूरीमा रहेको स्वास्थ्यसंस्थामा काम गर्थें । तर, दसैँमा अन्तिममा मात्रै घर पुगेको मलाई याद छ । त्यस्तै, ०४८ मा प्रसूतिगृहमा काम गर्दा पनि दसैँमा अन्तिम दिन मात्रै घर पुगेको छु । बिरामीको सेवालाई नै आफ्नो धर्म स्विकारिसकेका हुन्छन् चिकित्सकले । त्यसैले पारिवारिक कुरालाई त्याग्न सकिन्छ सजिलै ।

अहिले दसैँ सानो सिरा तथा आफ्नो घरभित्र मात्रै सीमित भएको छ । यसपालि हाम्रो परिवारमा दुःख परेको छ, मेरी भाइबुहारी बितेको ३ महिना मात्रै भयो । त्यसैले यो दसैँ सबै परिवार सँगै बसेर दुःख सेयर गरेर बिताउने योजना छ ।

प्रस्तुति : गीता सापकोटा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दाइले अस्पतालमै गएर टीका लगाइ दिनुहुन्थ्यो

बाल्यकालको दशैंको उत्साह नै अर्कै हुन्थ्यो । दसैँमा हाम्रो घरमा सबै कन्यालाई रातो टीका लगाइदिने, नवदुर्गा लागेपछि चण्डी पाठ गर्ने विभिन्न मन्दिर जाने चलन थियो । घरमा सबैजना विहानै सबेरै उठ्नुपर्थ्र्यो । अहिले सम्झिदा त नवदुर्गाको त्यो माहोल महोत्सव जस्तो लाग्थ्यो । बोका काट्ने अष्टमीको दिन चाँही अल्ली गाहे हुन्थ्यो । हाम्रो कूलबाट मैतीदेवी मन्दिरमा प्रत्येक वर्ष बली दिनुपर्ने चलन थियो । मन्दिरमा रगत बगेको देखेर मासु खानै मन नलाग्ने ! पछि मेरो बुबाले त्यो चलन अन्त्य गरिदिनुभयो ।

कलेज जीवनमा पनि मैले बली, काटमार गर्नुहुन्न भनेर एक किसिमको अभियान नै चलाएँ । साथीभाइलाई काटमारदेखि टाढै बस्नुपर्छ भनेर सम्झाउथे । बोका चढाउनु भन्दा अण्डा चडाएपनि हुन्छ नि ! भन्दा मान्थे पनि । सन् १९७७ देखि मेडिकल पढ्नका लागि ७ वर्ष युक्रेन बसेँ । हामी जहाँ गएपनि संस्कृति बोकेर गइन्छ । त्यहाँ पनि चाडपर्वको एकदमै याद आउथ्यो । बाल्यकालको दशैं, त्यो रमझम, बाुबुआमा एकदमै मिस हुन्थ्यो ।

एकपटक त हामी विश्वविद्यालयमा भएका नेपाल मिलेर दसैँ मनाऔं भनेर सल्लाह गर्यौं । एउटा हल लियौं । सबै ठाउँमा एक ठाउँमा खानपिन गरेर दसैं मनायौं । पछि जब चिकित्सा सेवामा लागियो । फेरी पनि बाल्यकालको जसरी दसैँ मनाउन पाइएन । मेरो पहिलो सेवा सन् १९८४ मा टिचिङ अस्पतालमा थियो । त्यतिबेला टिचिङमा पनि बहिरंगमात्रै थियो, अन्तरंग सेवा थिएन । अन्तरंग नहुँदासम्म खासै व्यवस्त हुन्नथियौं । अन्तरंग सुरु भएपछि व्यवस्तता बढ्दै गयो ।

सुरुमा टिचिङ वरपरका मान्छेबाहेकलाई पायक पर्दैन थियो । विस्तारै भीड बढ्न थाल्यो, व्यवस्ता पनि । मैले अष्टमी नवमी दशमी तीनै दिन ड्युटीमा बसेर बिताएको छु । चिकित्सकहरु १/२ जना मात्रै हुन्थ्यौं । तीनजना महिला थियौं । एकपटक स्त्री तथा प्रसुति वार्डमा तीन जना चिकित्सा थियौं, एकैपटक दुई जना गर्भवती हुनुहुन्थ्यो ।

मेरो नै समय भयो । व्यवहारिकता हेरेर पनि म नै बढि ड्युटी बस्नुपर्ने भयो । ती वर्षहरुमा कुनै समय एकैछिन समय मिलाएर घरमा आएर टीका लगाएर तुरुन्तै फर्किहालिन्थ्यो । कुनै वर्ष परिवार (विशेषगरी दाई)ले अस्पतालमै गएर टीका लगाइ दिनुहुन्थ्यो । यस्तो गर्दा कहिँलेकाँही त रुन नै मन लाग्थ्यो । मन वचन र कर्मले स्वीकारेको पेशा भएपछि चित्त नै बुझाउन नसकिने हैन ।

अहिले अर्कै खालका अनुभूति । अहिले दुबै सन्तान अमेरिका छन् । छोरो मेडिकल पढ्दैछ, छोरी जेनेटिक काउन्सिलिन पढ्दैछिन् । साथमा सन्तान नभएपछि चाडपर्व खासै रमाइलो लाग्दैन । तैपनि, उनीहरुको भविष्यका लागि गएका हुन भनेर चित्त बुझाउँछौ । अहिले नेपालमा बुहारी एक्लै छिन् । उनलाई अल्ली शुन्य नहोस् भनेर बुहारीसँग घुमेर यो वर्ष दशैं मनाइरहेको छु

प्रस्तुति :गीता सापकोटा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यो वर्ष पहिलोपटक आफैँ जमरा राखेँ

जहिलेदेखि थाहा पाइयो, त्यसवेलादेखिका अरू सबै कुरा बिर्से पनि दसैँ जस्ताको तस्तै ताजै छ । एक त विद्यार्थी कालमा २ महिना छुट्टी यत्तिकै रमाइलो लाग्ने भइहाल्यो । बुबाको जग्गा–जमिन र सानोबुबाहरू चितवनमा भएकाले हामी दसैँ बिदामा चितवन जान्थ्यौँ । खोला, जंगल, माछा मार्ने आदप्राकृतिक कुराको सामीप्यका कारण हामीलाई हरेक वर्ष त्यो २ महिना कहिले आउँछ जस्तो लाग्थ्यो । पछि अध्ययनमा लागेपछि लगभग व्यस्त नै हुनुपर्ने, छुट्टी पनि कम पाइने भएकाले त्यस्तो धेरै समय बिताउन पाइएन ।

पछि स्वास्थ्य क्षेत्रमा काममा यति धेरै मग्न भइयो कि, कुनै दिन पनि यस्तो लागेन कि मैले छुट्टी मनाउन पाइनँ । वर्षाैं यसरी नै बिते । घरमा पनि मैले खासै जिम्मेवारी लिइनँ । भर्खर जन्मेको शिशुजस्तो स्वतन्त्र, जसले जे ल्याउँछ त्यही खायो, यसरी लामो समय बितेछ । मलाई आफ्नै घरका धेरै कुरा थाहा भएनछन् यी वर्षहरूमा ।

तर, अहिले म एउटा उच्चतम पदमा पुगेर पेसाबाट अवकाशप्राप्त जीवन बिताइरहेकी छु । कुनै मिटिङमा जानु छैन, कतै केही बोल्ने तयारी गर्नु छैन, त्यसैले यो वर्ष फेरि बच्चावेलाजस्तै दसैँ मनाइरहेको छु । निस्फिक्री ।
पढ्न थालेपछि भने बच्चामा जस्तो गरी दसैँ मनाउन पाइएन । म भारतको बिहारमा पढेँ । त्यहाँ दसैँलाई खासै महत्व दिइँदैन, बिदा पनि हुँदैनथ्यो, घर पनि आइँदैनथ्यो ।

दसैँका वेला मादकपदार्थ सेवन गर्ने हाम्रो प्रचलन, दुर्घटना बढ्ने हुनाले बिरामी झन् बढ्थे । डेलिभरीले पनि दसैँ भन्दैन । त्यसैले कतिपय अवस्थामा त दसैँ भन्ने नै बिर्सन्थ्यौँ । पछिल्ला वर्षहरूमा म यति धेरै व्यस्त भएछु कि, आफ्नो घरमा बुबा (राष्ट्रकवि माधवप्रसाद घिमिरे) बिरामी हुँदा पनि कहिल्यै समय दिइनँ । भनिन्छ नि– चिकित्सकले घरको बिरामीलाई नजरअन्दाज गर्छ ।

चिकित्सक पेसामा लागिसकेपछि त झन् के कुरा गर्नु, कहिले कहाँ पोस्टिङ हुन्छ, कहिले कहाँ । म सुरुवातका वर्ष (०४६÷४७) मा बाग्लुङ जिल्ला अस्पतालमा इन्चार्ज भएर गएँ । त्यतिवेला दसैँ भनेर घर आउन पाइएन । त्यसपछि धनगढी गएँ, त्यतिवेला पनि त्यस्तै भयो । मान्छे धेरै हुँदैनथे । हाम्रो पेसामा सिनियरलाई अत्यन्तै सम्मान गर्ने चलन छ । सिनियरले जे भन्यो, त्यो मान्थ्यौँ, अहिले पनि मान्छन् सबैले ।

दसैँका वेला मादकपदार्थ सेवन गर्ने हाम्रो प्रचलन, दुर्घटना बढ्ने हुनाले बिरामी झन् बढ्थे । डेलिभरीले पनि दसैँ भन्दैन । त्यसैले कतिपय अवस्थामा त दसैँ भन्ने नै बिर्सन्थ्यौँ । पछिल्ला वर्षहरूमा म यति धेरै व्यस्त भएछु कि, आफ्नो घरमा बुबा (राष्ट्रकवि माधवप्रसाद घिमिरे) बिरामी हुँदा पनि कहिल्यै समय दिइनँ । भनिन्छ नि– चिकित्सकले घरको बिरामीलाई नजरअन्दाज गर्छ । त्यस्तै भयो । अवकाश पाएपछि बल्ल मैले आफ्नो बुबालाई राम्रोसँग हेरेँ । अहिले म बुबाको स्वास्थ्यमा धेरै ध्यान दिइरहेकी छु । उहाँको स्वास्थ्य अहिले अलिक खस्केको छ ।

रमाइलो कुरा त मैले अहिलेसम्म घरमा जमरा नै राखेकी रहेनछु । मलाई जमरा राख्ने विधि पनि थाहा रहेनछ । ठाउँ–ठाउँमा पोस्टिङ हुन्थ्यो, घरमा सासुहरूले नै राख्नुहुन्थ्यो । पछि सहयोगीले राख्नुहुन्थ्यो, संयोगवश यो वर्ष मैले जमरा राख्नुप¥यो । मलाई केही विधि नआएर सहयोगीले सिकाइदिएर मैले राखेँ । म जे गर्छु, शतप्रतिशत गर्छु । म अहिले नवरात्रिभर हरेक दिन चण्डीपाठ गरिरहेकी छु । निकै उत्साहित छु यो दसैँलाई लिएर ।

पूर्वसचिव डा.रेग्मी, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ हुन् ।

प्रस्तुति : गीता सापकोटा

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कुनै दसैँमा पनि आफूले यकिन गरेको दिन हिँड्न पाएको छैन

म पर्वत जिल्लामा जन्मिएको मान्छे । विद्यालयस्तरको पढाइ नसकिँदासम्म गाउँमै दसैँ मनाइयो । गाउँमा रहँदा दसैँमा टीका लगाउन म करिब ३०–४० घरमा जान्थेँ । जब पढाइको सिलसिलामा काठमाडौं आएँ, पहिलेजसरी दसैँमा घर गएर बस्ने फुर्सद नै हुँदैनथ्यो । आइओएमबाट एमबिबिस पढ्न थालेपश्चात् मुस्किलले घर गए पनि पढाइमै व्यस्त हुन्थेँ । कक्षाको प्रथम विद्यार्थी भएकाले मैले धेरै समय खर्चेर मोजमस्तीको अनुभवै गर्न पाइनँ । रमाइलो गरेर पढ्न छोड्दा अरु नै प्रथम होलान् भन्ने डर मेरो मनमा सदैव हुने गथ्र्याे । त्यसपश्चात् जब अस्पतालमा मेरो क्लिनिकल पोस्टिङ हुन थाल्यो, काममा व्यस्त हुनुपर्ने बाध्यता रहन्थ्यो । प्रायः दसैँमा म काठमाडौंमै रहन्थेँ ।

मैले चितवनमा १६ वर्ष चिकित्सकका रूपमा काम गरेँ । त्यहाँ रहँदा जब दसैँ आउँथ्यो, साथीहरू बिदा लिन्थे, त्यसको गाह्रो मलाई पर्न जान्थ्यो । किनकि, म त्यहाँ विभागको प्रमुख थिएँ । त्यतिवेलाको एउटा घटना मेरो जिन्दगीमा अविस्मरणीय बन्यो । सप्तमीको दिनका लागि कटेको प्लेन टिकट लागातार दुई दिन सार्दा पनि बिरामीको चापले आउन नपाएपछि नवमीको रात आफैँ गाडी चलाएर काठमाडौं आएको अनुभव छ मसित ।

मेरो परिवार चितवनमै भए पनि घटस्थापनापश्चात् उनीहरूलाई काठमाडौं पठाउने गर्थें । प्रायः म आफूचाहिँ सप्तमीको दिन आउने भनी योजना बनाउँथेँ । एकपटकको दसैँमा सप्तमीको दिन काठमाडौं आउने योजना बनाएर मैले प्लेनको टिकट पनि काटिसकेको थिएँ । तर, त्यो दिन यति धेरै इमर्जेन्सी बिरामी आए कि, मैले छोडेर हिँड्नै मिलेन । त्यसदिन मैले बिरामीको उपचारमै बिताएँ । भोलिपल्ट अर्थात् अष्टमीको दिन हिड्ँछु भन्ने तरखरमा थिएँ, एयरलाइन्सलाई आग्रह गरेर अष्टमीको दिनका लागि टिकट सारेँ । त्यसदिन पनि दिनभरजसो बिरामीको चेकजाँचमै व्यस्त भएँ ।

त्यति नै वेला मेरो नजिकै एउटी बोल्न नसक्ने बिरामी ल्याएर ‘ए सर त यहीँ नै हुनुहुँदोरहेछ, जाऔँ’ भन्न थाले । उक्त बिरामीको पाठेघरको मुख पूरै खुलेको रहेछ । त्यस अवस्थामा म डेलिभरी नगराई हिँड्न नमिल्ने भयो ।

कोही गर्भवती त कोही रक्तस्राव, विभिन्नखालका बढी जोखिम भएका बिरामी आएका कारण म त्यसदिन पनि हिँड्न पाइनँ । हुँदाहुँदा मैले फेरि एयरलाइन्समा अनुरोध गरेर नवमीका लागि टिकट सारेँ । २ बजेका लागि फ्लाइट तोकिएको थियो । करिब साढे १ बजेतिर म एयरपोर्टका लागि तयारी गर्दै थिएँ, त्यति नै वेला फोन बज्यो, जुन मेरो एक निजी अस्पतालबाट आएको थियो । म अस्पतालमा पसेर सबैलाई दसैँको शुभकामना दिन्छु र गएँ पनि भन्छु भनेर के पसेको थिएँ, त्यति नै वेला मेरो नजिकै एउटी बोल्न नसक्ने बिरामी ल्याएर ‘ए सर त यहीँ नै हुनुहुँदोरहेछ, जाऔँ’ भन्न थाले । उक्त बिरामीको पाठेघरको मुख पूरै खुलेको रहेछ । त्यस अवस्थामा म डेलिभरी नगराई हिँड्न नमिल्ने भयो । एक त त्यस्तो जोखिमको अवस्था, अर्काे वाक्यहीन महिला, छोडेर हिँड्न मिल्ने अवस्थै थिएन । त्यसकारण म उपचारका लागि त्यहाँ रहेँ । त्यो दिन पनि मेरो प्लेन छुट्यो । त्यसपश्चात् मलाई बेलुका ६ बजेतिर मात्रै फुर्सद भयो । ६ बजेपछि आफैँ ड्राइभ गरेर काठमाडौँ आएँ । त्यो वर्षको दसैँ मेरा लागि दसैँजस्तो भएन ।

हामीले आफ्ना लागि भन्दा पनि बिरामीका लागि सोच्नुपर्ने हुन्छ । मलाई त्यसमा कुनै दुःख भने लागेको छैन । यदि मैले बिरामीलाई त्यहाँ उपचार दिन नसकेको भए उनीहरूलाई काठमाडौं ल्याउनुपर्ने हुन्थ्यो । त्यतिवेला बिरामी तथा उनीहरूको आफन्तलाई विभिन्न समस्या पर्न सक्थ्यो । बिरामीको बाटोमै मृत्यु पनि हुन सक्थ्यो भने उपचारका लागि थोरै रकमले हुने ठाउँमा धेरै लाग्न सक्थ्यो । यस्ता घटना त कति भएका छन् कति, यो एक उदाहरण मात्रै हो ।

म कुनै पनि दसैँमा आफूले यकिन गरेको दिन हिँड्न पाएको छैन । तर, पछिल्ला ३–४ वर्ष भने केही सहज भएको छ । म अहिले काठमाडौंमै भएका कारण पनि सहज भएको होला । काठमाडौं आएपछि पनि दसैँमा ससुराली बुटबल जाने योजना बनाएको हुन्छु, आकस्मिक भएर जान नपाएको घटना धेरै छन् । म परिवारको सबैभन्दा जेठो, मैलै नै घरमा टीकाको सुरुवात गर्नुपर्ने हुन्छ । तर, व्यस्तताका कारण मैलै टीकाको सुरुवात गर्न नपाएको अवस्था धेरै आएका छन् । एउटा दसैँमा टीकाको साइत ११ बजेर ५० मिनेटमा थियो । त्यसको १५ मिनेटअघि मलाई अस्पतालबाट फोन आयो । एकदमै बढी रक्तस्राव भएको केस आएको खबर आयो । त्यसपश्चात् म तुरुन्तै अस्पताल गएँ । बिरामीको उपचारका लागि मलाई धेरै समय लाग्यो । उपचार सकेर आउँदा त साइत सबै गइसक्यो । त्यस्तो वेला मैले टीका लगाइदिन नपाएर मेरी श्रीमतीले जुनियरहरूलाई लगाइदिनुपर्ने अवस्थासमेत आएको छ ।

निर्देशक, परोपकार प्रसूतिगृह

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बाल्यकालको दसैँ सम्झँदा उडेर त्यहीँ पुगौँ लाग्छ

बच्चामा दसैँ कहिले आउला भनेर कुरेर बसिन्थ्यो । त्यतिवेला अहिलेजस्तो होइन, दसैँमा मात्र लुगा, जुत्ता किन्ने, खसी काट्ने चलन हुन्थ्यो । दसैँ आएपछि जताततै पिङ हाल्ने, चंगा उडाउने, लंगुरबुर्जा खेल्ने, त्यो सझँदा अहिले उडेर त्यहीँ पुगौँझैँ हुन्छ ।

पहिलेको सम्झँदा अहिलेको दसैँमा केही चार्म छैन । अहिले सबै कुरा चाहेका वेला उपलब्ध छ । बच्चाहरू पनि कम्प्युटरमै बढी व्यस्त छन् । सामूहिक खेल, भेटघाटजस्ता कुराहरू अहिले प्राथमिकतामा पर्दैनन्, पहिलेजस्तो सम्भव पनि छैन ।

त्यतिवेला कम्प्यटुर, मोबाइल केही थिएन । त्यसैले पनि होला, गाउँमा सबैजना भेला हुने, लामो समय स्कुल पनि बिदा हुने भएकाले सबैजना सामूहिक रूपमा खेल्ने गरिन्थ्यो । अहिले सम्झँदा लाग्छ– त्यो निकै महत्वपूर्ण रहेछ । पछि अन्दाजी ७–८ वर्ष युकेमा (१९७७–१९८५) बस्दा सबै कुरा बिर्सनुपर्यो । पढाइमा अत्यन्तै समय दिनुपर्ने भएकाले त्यो समय खासै याद आएन ।

पहिलेको सम्झँदा अहिलेको दसैँमा केही चार्म छैन । अहिले सबै कुरा चाहेका वेला उपलब्ध छ । बच्चाहरू पनि कम्प्युटरमै बढी व्यस्त छन् । सामूहिक खेल, भेटघाटजस्ता कुराहरू अहिले प्राथमिकतामा पर्दैनन्, पहिलेजस्तो सम्भव पनि छैन ।

अहिले त यस्तो विकृति आइसक्यो कि, आफन्त भेटघाट पनि गाह्रो, दसैँमा अत्यन्तै आर्थिक भार आदि कुराले गर्दा मानिसहरू दसैँसित भाग्ने चलन बढिरहेको छ । संस्कृतिमा यसखालको बोझ आउनु र विरक्तता देखिनु राम्रो कुरा होइन । हामी सामान्य रूपमा संस्कारलाई निरन्तरता दिँदै सम्भव भएसम्म आफन्तसँग जमघट गरेर दसैँ मनाउँछौँ सधैँ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दसैँमा बचाएको बच्चा अहिले डाक्टर भइसक्यो

आजकल दसैँको रौनक पहिलेजस्तो लाग्दैन । सानोमा कहिले आउला भन्ने उत्सुकता हुन्थ्यो । चंगा उडाउने, पिङ खेल्ने, खसी किन्न जाने गरेर महिनादिन बित्थ्यो । अहिले दसैँ भन्नेबित्तिकै कि तास, कि मासु । म स्वास्थ्य क्षेत्रको मानिस भएर पनि होला, पछिल्लो समय दसैँमा देखिएको प्रवृत्ति राम्रो लाग्दैन । स्वास्थ्यका हिसाबले यति धेरै खसी खानु राम्रो होइन । मासु नै खान मन लागे कुखुरा, माछा तथा अन्य सेतो मासु खान सकिन्छ ।

मैले टीका थाप्न लागेका वेला बिएन्डबी अस्पतालबाट फोन आयो । एउटा बच्चा ब्लड क्यान्सर भएर एकदमै सिरियस अवस्थामा रगत छाद्दै अस्पताल ल्याइएको थियो । बाँच्ने आशै मारिसकिएको अवस्था थियो । तर, समयमै पुग्न पाइयो, भगवान्को कृपाले बच्चा बाँच्यो । अहिले त्यो बच्चा आफैँ डाक्टर भइसकेको छ र क्यान्सरकै डाक्टर बन्छु भनेर लागिपरेको छ । म टीका लगाउन लागेको भए सायद ऊ बाँच्थ्यो कि बाँच्दैनथ्यो ।

बच्चा छँदाको दसैँ सम्झँदा मलाई कहाली लाग्ने एउटा कुरा दसैँमा बोकाको बलि दिने प्रचलन हो । अहिले पनि म खसी–बोका काटेको हेर्न सक्दिनँ । मर्नेवेला उनीहरूको छटपटाहट देखेर भित्रैदेखि मन हुँडलिन्छ । एकपटक म बलि दिएको हेर्न नसकेर नक्सालबाट भागेर पशुपति गएँ । ३–४ घण्टा पशुपतिमा बसेँ, अनि पछि खै को आफन्त लिन गएपछि फर्किएँ । त्यो घटनापछि मैले ३–४ वर्ष माया लागेर मासु खान सकिनँ । पछि हाम्रो संस्कारमा मासुलाई अत्यन्तै डिलिसियस खानाका रूपमा लिने चलन भएकाले आमाले काउलीमा मासु मिसाएर दिनुहुन्थ्यो, म मासु छानेर काउली मात्रै खान्थेँ ।

चिकित्सक भएपछि त धेरै पेसातिरै लगाव भयो, संस्कृति निरन्तरताका लागि मात्रै आफन्तसँग मिलेर चाड मान्थ्यौँ । दसैँ, तिहार केही नभनी काममा कुदेका धेरै घटना छन् । अहिले पनि सम्झने एउटा घटना छ– मैले टीका थाप्न लागेका वेला बिएन्डबी अस्पतालबाट फोन आयो । एउटा बच्चा ब्लड क्यान्सर भएर एकदमै सिरियस अवस्थामा रगत छाद्दै अस्पताल ल्याइएको थियो । बाँच्ने आशै मारिसकिएको अवस्था थियो । तर, समयमै पुग्न पाइयो, भगवान्को कृपाले बच्चा बाँच्यो । अहिले त्यो बच्चा आफैँ डाक्टर भइसकेको छ र क्यान्सरकै डाक्टर बन्छु भनेर लागिपरेको छ । म टीका लगाउन लागेको भए सायद ऊ बाँच्थ्यो कि बाँच्दैनथ्यो । पछि म फर्केर आएर टीका लगाएँ । मलाई गर्व लाग्छ, आफ्नो पेसाको धर्म निभाउन सकेकोमा ।

यो वर्ष मेरो छोरा ठूलो दुर्घटनाबाट बचेर भर्खरै निको हुँदै छ । म आफैँ पनि डाक्टर, तर हामी सबै परिवारले आश मारिसकेका थियौँ । एक महिना भेन्टिलेटरमा राख्नुपरेको थियो । तर, भगवान्को कृपाले छोरा पूर्ण रूपमा निको भयो । त्यसैले उसको दोस्रो जुनी हो भनेर हामी सबै परिवार यो वर्ष छोरासँग बसेर दसैँ मनाउन उत्साहित छौँ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पालो मिचेर टीका थापेर अस्पताल दौडिएँ

मलाई उतिसारो चाडबाड लाग्दैन, अहिले र पहिले पनि । तर, बाल्यकालमा दसैँ भन्नासाथ नयाँ लुगा पाइने हुनाले त्यसकै पर्खाइमा दसैँको कौतुहल लाग्थ्यो । घरमा सबैजना दसैँको चहल–पहलमा व्यस्त हुँदा आफूलाई भने नयाँ लुगा पाइन्छ भन्ने कुराको मात्रै याद हुन्थ्यो ।
बिस्तारै जब म मेडिकल अध्ययनमा लागेँ, पढाइतिर निकै व्यस्त हुनुपर्ने भएकाले घरपरिवारसँग खासै रमाउन पाइनँ । अध्ययनकै क्रममा ०४५ देखि ०५४ सम्म चीन बसेँ । त्यो अवधिमा त दसैँ मान्ने कुरै भएन । नेपाल फर्केपछि मेरो पहिलो कार्यथलो बाँसबारीस्थित गंगालाल अस्पताल बन्यो । म त्यहाँको पहिलो बिरामी जाँच्ने डाक्टर हुँ । सुरुवातका वर्षमा अहिलेजस्तो प्रशस्त डाक्टर थिएनन् । ०५५ देखि ०६२ सम्मको अवधिमा ‘ड्युटी अफ’ भन्ने र अस्पताल नगएको समय कहिल्यै भएन । ती वर्षहरूमा मुस्किलले समय मिलाएर टीका मात्र थाप्न घर पुग्थेँ । टीका थापेपछि फेरि अस्पताल पुगिहाल्थेँ । कतिपय अवस्थामा टीका लगाउनेक्रम चल्दाचल्दै अस्पतालबाट फोन आएपछि आफ्नो पालो नआउँदै टीका लगाएर अस्पताल कुद्थेँ ।

यसवर्ष हाम्रो अनुभूतिछैन, यद्यपि म आमालाई भेट्न जन्मथलो बाग्लुङ जाँदै छु । टीका नभए पनि यो दसैँ म आमासँग बिताउनेछु ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै