दीर्घकालीन नसर्ने रोगको अग्रपंक्तिमा दम, दोस्रो मधुमेह

सरुवारोग, पोषणविमुखताको स्थिति र मातृ तथा शिशु अवस्थामा हुने मृत्युलाई पछि पार्दै मृत्युको मुख्य कारकका रूपमा अग्रपंक्तिमा दीर्घकालीन रोग दम देखापरेको सरकारी अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा यस्तो नतिजा देखिएको हो ।
दीर्घकालीन नसर्ने रोगहरू विशेषगरी न्यून तथा मध्यम आय भएका राष्ट्रहरूमा रोग र मृत्युको मुख्य कारकतत्वका रूपमा रहेको काउन्सिलका अधिकृत डा. मेघनाथ धिमालले बताए ।

अनुसन्धान परिषद्ले २० वर्ष र सोभन्दा माथि उमेरका १३ हजार २ सय व्यक्तिमा सर्वेक्षण गरेको थियो । नेपालका ७२ जिल्लाका ४ सय क्लस्टरमा सन् २०१६ देखि २०१८ सम्म विभिन्नस्तरमा अनुसन्धान गरिएको हो । अनुसन्धानबाट ११ दशमलव ७ प्रतिशत नेपालीमा दमरोग भएको पाइएको छ । त्यसैगरी ८ दशमलव ६ प्रतिशतमा मधुमेह, ६ प्रतिशतमा दीर्घकालीन मिर्गौलारोग र २ दशमलव ९ प्रतिशतमा मुटुरोगको समस्या रहेको पाइएको छ ।
धेरैजसो व्यावहारिक र जैविक जोखिमका तत्वहरू, जस्तै, सुर्तीसेवन, मादकपदार्थको सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी देखिएको परिषद्का अधिकृत डा. धिमालले जानकारी दिए ।

पहिलो चरणको तथ्यांक संकलन सकिएको ३ महिनापश्चात् दीर्घकालीन मिर्गौलारोगी पत्ता लगाउन पुनः ती व्यक्तिहरूको अल्बुमिन र क्रियटिनिन अनुपात) ३० र सोभन्दामाथि छ भनी उनीहरूको रगत र पिसाबको नमुना संकलन गरी जाँच गरिएको अनुसन्धान परिषद्ले जनाएको छ ।

उक्त अनुसन्धान २ चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरण अथवा दिन १ मा छानिएका सहभागीसँग अन्तर्वार्ता लिइयो भने दोस्रो चरण अर्थात् दिन २ मा सहभागीको रगत र पिसाबको जाँचका साथसाथै मुटु र छातीको जाँच गरिएको थियो । पहिलो चरणको तथ्यांक संकलन सकिएको ३ महिनापश्चात् दीर्घकालीन मिर्गौलारोगी पत्ता लगाउन पुनः ती व्यक्तिहरूको अल्बुमिन र क्रियटिनिन अनुपात) ३० र सोभन्दामाथि छ भनी उनीहरूको रगत र पिसाबको नमुना संकलन गरी जाँच गरिएको अनुसन्धान परिषद्ले जनाएको छ ।

सन् २०१३ मा सम्पन्न एनसिडी रिक्स फ्याक्टर सर्वेले यी दीर्घकालीन रोगको रिक्स फ्याक्टर (जोखिमतत्व)सम्बन्धी समष्टिगत रूपमा तथ्य उपलब्ध गराए पनि अहिलेसम्म राष्ट्रियस्तरमा दीर्घरोगको भार कति छ भन्ने कुनै अनुसन्धान नभएको परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए ।
नेपालमा दीर्घकालीन नसर्ने रोगको भार बढी भएको तथा बढ्दो जोखिमतत्वहरूले यसको भार बढाइरहेको अवस्थामा उचित स्वास्थ्य प्रवद्र्घन र दीर्घकालीन रोग रोकथामसम्बन्धी कार्यक्रम आवश्यक भएको अनुसन्धानको निष्कर्ष छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गोडा सुन्निने, पेट फुल्ने पनि दमका लक्षण, उपचारमा ढिलाइ भए मुटुरोग

दम धेरै प्रकारका रोगहरूको सामूहिक नाम हो । दम विभिन्न प्रकारका हुन्छन् । जाडो महिनामा हुने, आस्थमा, ब्रोकनलाइटिसलगायत प्रकारमा दमलाई विभाजन गरिन्छ । पाटन अस्पतालमा उपचारका लागि आएका कुल बिरामीको करिब ३५ प्रतिशतमा दमरोग पाइएको छ ।

दम भन्नासाथ मानिसहरू डराउने गरेको पाइन्छ । तर, दम लाग्यो भन्दैमा डराउनुपर्नेचाहिँ हुँदैन । नेपालका ग्रामीण भागहरूमा सबै ठाउँमा ग्यासचुल्हो पुग्न नसक्नुका कारण पनि दमको समस्या बढी देखिने गरेको छ । गाउँघरमा धुवाँरहित चुल्होको प्रयोग अभावका कारण पनि दमको समस्या देखापर्ने गरेको छ ।
अर्काे सबैभन्दा महत्वपूर्ण कारण अत्यधिक चुरोट, बिँडी, तमाखुलगायत धवाँजन्य पदार्थहरूको सेवनका कारण पनि दमको समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको हो । धूमपान गर्ने मानिसको संख्या नेपालमा मात्रै नभई विश्वमै धेरै भए पनि नेपालमा भने यो समस्या धेरै नै बनेको छ । कतिपय अवस्थामा आफूले धूमपान नगरे पनि परिवारका अन्य सदस्यले गरेको धूमपानको असरले समेत दम निस्किने गर्छ ।

त्यसैगरी, काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने जहाँसुकै प्रदूषणको स्तर एकदमै बढ्दो स्थितिमा छ । प्रदूषणको मात्रा मापन गर्न नेपाल सरकारले प्रदूषण मापन यन्त्र ठाउँ–ठाउँमा राखेको पनि देख्न सकिन्छ । विशेषगरी दमको मुख्य कारण धूमपान नै हो ।

पुरुषप्रधान नेपाली समाजमा पुरुषले नजिकै बसेर चुरोट–बिँडीको धुवाँ उडाउने चलन रहेका कारण त्यसको असर धूमपान नगर्ने महिलालाई समेत परिरहेको हुन्छ । दमबाट बच्न गाउँघरमा धुवाँरहित चुल्होको प्रयोग गर्नुपर्छ । सहरमा धेरै वर्ष पुराना गाडी प्रयोगमा नल्याउनुले पनि धेरै मात्रामा दमको समस्या कम गर्न सकिन्छ ।

लक्षण
– लगातार खोकी लाग्नु ।
– खकार आउनु ।
– छाती दुखेजस्तो हुनु ।
– बिहानीपख बढी मात्रामा खोकी लाग्नु ।
– कसै–कसैमा गोडा सुन्निने, पेट फुल्नेजस्ता समस्या देखापर्नु ।
– दमका कारण पछि गएर मुटुको समस्या देखापर्ने गर्छ ।
– कतिपयमा शरीर नै नचल्ने समस्या पनि देखापर्न सक्छ ।
यस्ता लक्षण देखापरेमा तुरुन्तै अस्पताल जानु आवश्यक हुन्छ । दमले लिएको विकराल रूपका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

उपचार विधि
दमको उपचार विधि विभिन्न छन्, जसमा घरायसी उपचार विधि र औषधि सेवनबाट गरिने उपचार विधि प्रमुख हुन् । आजकाल शल्यक्रियाको माध्यमबाट उपचार गर्ने पनि प्रचलन आइसकेको छ । तर, यो प्रविधि नेपालमा त्यति प्रचलनमा आएको देखिँदैन । किनभने, यो एकदमै महँगो प्रविधिमा पर्छ ।
आउँदा दिनमा दमको उपचारका लागि शल्यक्रियाको प्रविधि नेपालमा प्रयोग हुने देखिए पनि हालसम्म भने यो फस्टाउन सकेको छैन ।
दमको खाने तथा तान्ने गरी दुईथरीका औषधि पाउन सकिन्छ ।
खोकी लाग्यो तथा खकार पहेँलो भयो भने एन्टिबायोटिक दिन सकिन्छ ।
दम लागेमा कतिपयले त आजीवन औषधि सेवन गर्नुपर्ने पनि हुन सक्छ ।
शरीरमा अक्सिजनको मात्रा कति छ र दम कुन अवस्थामा छ भन्ने प्रविधिको सहयोगले पत्ता लगाउन सकिन्छ ।
औषधिको सेवनपश्चात् दमपीडितले जीवनयापनलाई सहज बनाउन सक्छन् ।

पुरुषप्रधान नेपाली समाजमा पुरुषले नजिकै बसेर चुरोट–बिँडीको धुवाँ उडाउने चलन रहेका कारण त्यसको असर धूमपान नगर्ने महिलालाई समेत परिरहेको हुन्छ । दमबाट बच्न गाउँघरमा धुवाँरहित चुल्होको प्रयोग गर्नुपर्छ । सहरमा धेरै वर्ष पुराना गाडी प्रयोगमा नल्याउनुले पनि धेरै मात्रामा दमको समस्या कम गर्न सकिन्छ ।

सुरुसुरुको अवस्थामा रहेको दमलाई शारीरिक व्यायाम गर्ने, तौल घटाउनेजस्ता उपायबाट पूर्ण रूपमा हटाउन सकिन्छ । औषधिको प्रयोगबाट भने यसलाई कम मात्र गर्न सकिने हो । हालसम्म पनि दमलाई पूर्ण रूपमा निको बनाउन सकिने औषधिको विकास भने भएको छैन ।
दमलाई रोकथाम गर्न सकिन्छ । जीवनशैलीलाई सामान्य बनाउन सकिन्छ । तर, पूर्णतया निको भने यसलाई गराउन सकिँदैन ।

रोकथामका उपाय
– चुरोट, बिँडी, तमाखुजस्ता धुवाँजन्य पदार्थको सेवन नगर्ने ।
– स्वच्छ खानेकुरा मात्रै सेवन गर्ने ।
– धुलो, धुवाँबाट बच्ने ।
– चुरोट खाने मानिसको सम्पर्कमा नआउने ।
– दम भएको थाहा पाउनासाथ उपचारका लागि जाने ।
– दम भएको पत्ता लगाउने प्रविधि नेपालमा पनि विभिन्न ठाउँमा चलनमा आइसकेको हुनाले वैलैमा दम भए या नभएको पता लगाउने ।

दम भइहालेमा यसलाई पूर्ण रूपमा निको बनाउन नसकिने भएकाले समयमै रोकथामका उपाय अपनाउनुपर्ने हुन्छ ।

(डा. श्रेष्ठसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दम : समयमा उपचार नगर्नाले आजीवन औषधि


हिँड्दा, विभिन्न काम गर्दा तथा बस्दाबस्दै पनि स्याँ–स्याँ हुनुलाई दम भनिन्छ । दमका कारण श्वास–प्रश्वासमा असहज अवस्था सिर्जना हुने गर्छ । स्याँ–स्याँ छातीमा हुने भएकाले छातीसम्बन्धी सम्पूर्ण रोगलाई दम भन्ने गरिएको छ ।
दमका विभिन्न प्रकार हुन्छन् । जस्तै, सिओपिडी दम उमेर ढल्केका व्यक्तिमा हुने दमको प्रकार हो, जुन लामो समय धूमपान गर्ने व्यक्तिमा देखापर्ने गर्छ । त्यसैगरी, आस्थमा र एलर्जीका कारणले हुने दम कम उमेरका व्यक्तिमा हुने गर्छ । यस्तो दम कम उमेरका बालबालिकामा बढी हुने गर्छ, तर उमेर ढल्केकाहरूमा पनि यो दम हुन नसक्नेचाहिँ होइन ।

मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।

त्यसका साथै अन्य छातीसम्बन्धी रोगहरू, जस्तै, इन्डिस्ट्रिसिन लङ डिजिजका कारण पनि स्याँ–स्याँ हुने गर्छ । छातीमा विभिन्नप्रकारका संक्रमण भएर, जस्तै, टिभीका रोगीमा पनि स्याँ–स्याँ बढ्ने भएकाले त्यसलाई पनि दम भएको भन्ने गरिन्छ ।
सामान्य भाषामा स्याँ–स्याँ गराउने प्रक्रियालाई दमका रूपमा बुभm्नुपर्ने हुन्छ । यस्तो स्याँ–स्याँ गराउने कारण भने विभिन्न हुन सक्छन् । केही दीर्घकालीन रोग छन् भने केही छोटो समयमा आउने रोग छन् । निश्चित उमेर समूहका मानिसमा निश्चित प्रकारको दम पाइने गरेको छ । उदाहरणका लागि सिओपिडी दम ६० वर्ष उमेर कटेका मानिसमा लाग्ने गर्छ ।

कसरी थाहा पाउने दम भएको ?
मानिसले दैनिक रूपमा गर्दै आएको क्रियाकलापमा असहजता तथा कठिनाइ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ । हिँड्दा तथा उकालो चढ्दा स्याँ–स्याँ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ ।
दम लागेको व्यक्तिलाई पटक–पटक खोकी लागिरहने हुन्छ । सुरुवातको समयमा जुनसुकै दममा पनि परिश्रम बढी पर्ने काम गर्दा मात्रै स्याँ–स्याँ भएको महसुस हुन्छ । बिस्तारै सामान्य काममा पनि स्याँ–स्याँ महसुस हुँदै जान्छ । दम एकदमै अन्तिम अवस्थामा गएमा बस्दाबस्दै पनि स्याँ–स्याँ महसुस हुने गर्छ । यस्ता लक्षण देखापरेमा दमरोग विशेषज्ञकोमा गई विभिन्न जाँच गराउनुपर्ने हुन्छ ।
दमका दीर्घरोगीलाई चिसो समयमा भाइरललगायत अन्य संक्रमण बढी हुन सक्ने तथा चिसोयाममा हावामा प्रदूषणको मात्रा बढी हुने र चिसो हावाले एलर्जीलाई बढाउने भएकाले चिसो समयमा दमका रोगीको संख्या बढ्ने गर्छ । त्यसका कारण चिसो समयमा दमका रोगी र रोगीका हेरचाहकर्ताले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ ।

उपचारविधि
मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।
केही दमको उपचारमा भने इनेलर प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । श्वास फेर्ने नलीमा रोकावट धेरै नभएको दममा यस्तो प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । त्यस्ता दमका रोगीलाई विभिन्न प्रकारका ट्याब्लेट औषधिमार्फत उपचार गराउनुपर्ने हुन्छ ।
उपचारपश्चात् दमलाई पूर्ण रूपमा निको पार्न सकिन्छ या सकिँदैन भन्ने कुरा दमको प्रकारमा निर्भर रहन्छ । जस्तै, सिओपिडी दम धेरै नै भएको छ भने त्यस्ता बिरामीले इनेलरको प्रयोग जीवनभर गर्नुपर्ने पनि हुन सक्छ । दम सुरु भएको लामो समयसम्म उपचार नगराउनेले पनि जीवनभरि नै उपचार गराउनुपर्ने हुन्छ ।
दम लागेको सुरुवातको समय छ भने उपचारका क्रममा आउँदा इनेलर प्रविधिको प्रयोगबाट केही समयमा निको हुन सक्छ । बिस्तारै घटाउँदै लगेर पछि त्यसको प्रयोग नगरे पनि हुन सक्ने अवस्था आउन सक्छ । तर, चिकित्सकको सल्लाहविना इनेलरको प्रयोग रोक्न भने हुँदैन । यस्तो गरेमा दम बल्झिने पनि हुन सक्छ । यसले फोक्सोमा विभिन्न प्रकारका दीर्घकालीन प्रभाव हुन सक्छ ।

के छ अवस्था ?
दम महिला वा पुरुष दुवैमा हुन सक्छ । अस्पतालमा उपचारका क्रममा आएका पुरुषमा दमरोग बढी पाइए पनि महिलामा पनि दम उत्तिकै रहेको आकलन छ । महिलाहरू उपचारका लागि थोरै मात्रै आउने गरेकाले पनि पुरुषमा दमको समस्या बढी देखिएको हुन सक्छ ।
गाउँघरमा धुवाँरहित चुल्होको प्रयोग नहुनुले पनि दम निम्त्याएको छ । अझै पनि गाउँ–गाउँमा महिलाको स्वास्थ्य क्षेत्रमा पहुँच नहुनाले पनि महिलामा दम कम भएजस्तो लागेको मात्रै हो ।
आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ । महिलाले पुरुषको तुलनामा शारीरिक रूपमा परिश्रम पर्ने काम धेरै गर्नुपर्ने नभएका कारण पनि यस्तो प्रकारको दमको जोखिम महिलामा बढी हुने गरेको हो । औषधिको प्रयोग गर्न डराउने भएका कारणले पनि दिनानुदिन दमका रोगी बढ्दै गएका हुन् ।

कसरी बच्ने ?
– धूमपान तथा मद्यपान नगर्ने ।
– वायु प्रदूषणबाट बच्न धुवाँ–धुलोमा जाँदा माक्र्सको प्रयोग गर्ने ।
– गाउँघरमा धुवाँरहित चुल्होको प्रयोगलाई बढावा दिने ।
– सकेसम्म चिसोबाट बच्ने ।
– कलकारखानामा काम गर्ने मानिसले राम्रोखालको माक्र्सको प्रयोग गर्ने ।
– विभिन्न प्रकारका रसायनसँग नजिक हुनुपर्ने मानिसले सुरक्षाका उपायहरू अपनाउने ।

(हेल्थपोस्टकी लक्ष्मी चौलागाईंसँगको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिसो मौसम, चरम प्रदूषण, दमबाट कसरी बच्ने ?

फोक्सो वा श्वासनलीमा आएको संकुचनका कारण श्वास–प्रश्वासमा आएको कठिनाइलाई दम भनिन्छ । यो एक दीर्घरोग हो । अक्सिजनको मात्रा रगतभित्र पस्नमा कठिनाइ हुँदा दमरोगले च्याप्ने गर्छ । दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यसले श्वास–प्रश्वाससम्बन्धी अंगहरूमा आक्रमण गर्छ । धुलो, धुवाँ, वातावरणीय प्रदूषणलगायत कारणले यो रोग लाग्ने गर्छ । जुनसुकै उमेर समूहका मानिसमा यो रोग लाग्न सक्छ ।

श्वास–प्रश्वासका कोषिकाहरूले उत्पादन गरेको एक इन्जाइमले श्वास–प्रश्वासका नलीहरूमा बाधा उत्पन्न गराउँछन्, जसकारण लामो समयसम्म खोकी लाग्ने, स्वाँ–स्वाँ हुने गर्दछ, त्यसैलाई नै दम भएको भनिन्छ । दमले फोक्सोको हावा भित्र–बाहिर गर्ने नलीलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ । यसले हावानलीमा रहेका मांसपेशीलाई संकुचित पार्ने काम गर्छ । जसले गर्दा श्वास–प्रश्वासमा समस्या आउँछ ।दमका रोगीका लागि चिसो मौसम जोखिमपूर्ण मानिन्छ । चिसोमा रगत बाक्लो हुने, नलीहरु खुम्चिने हुँदा रक्तसंचारदेखि श्वासप्रश्वाससमेत अप्ठेरो हुने भएकोले दमका रोगीका लागि जोखिम झन् बढी हुने चिकित्सकहरु बताउछन् ।

कारण
– वातावरणीय प्रदूषण
वातावरणीय प्रदूषणका कारण उत्पन्न धुलो–धुवाँले मानिसमा एलर्जीको समस्या उत्पन्न हुने गर्छ । लामो समयसम्म पनि एलर्जीको उपचार हुन नसकेमा श्वास–प्रश्वासमा समस्या आउँछ, जसलाई दम भनिन्छ । विशेषगरी वायु प्रदूषणका कारण पनि दमकारोगीको संख्या वर्तमान समयमा बढिरहेको छ ।

– कामको प्रकृति
बढी मात्रामा धुलो–धुवाँ उत्पादन हुने ठाउँमा काम गर्ने मानिसमा यस्तो समस्या देखापर्ने गर्छ । श्वास–प्रश्वासका क्रममा धुलो–धुवाँ भित्र गई दम हुने गर्छ । धुलो–धुवाँ उत्पादन गर्ने कारखानामा काम गर्ने मानिसमा दमको समस्या धेरै हुने गरेको पाइएको छ ।
– मुटुरोगका कारण
मुटुरोगीमा दमको समस्या देखापर्ने गर्छ । मुटुरोगले निम्त्याएको श्वास–प्रश्वास समस्याका कारण पनि दम हुने गर्छ ।
– वंशानुगत कारण
परिवारका अग्रज कुनै पनि व्यक्तिमा दम छ वा थियो भने उमेर ढल्किँदै जाँदा वंशानुगत कारणले पनि कतिपयमा दमको समस्या देखापर्न सक्छ । यस्तो प्रकारको समस्यालाई शतप्रतिशत हटाउन सकिँदैन ।

लक्षण
– निरन्तर खोकी लाग्नु ।
– नाक चिलाउनु ।
– श्वास–प्रश्वासमा समस्या आउनु ।
– छाती दुख्नु ।
– श्वास–प्रश्वास असहज हुनु ।
– खोकी प्रायः राति लाग्नु ।
– श्वास फेर्दा सिटी बजेजस्तो आवाज आउनु ।

उपचार विधि
सबैभन्दा पहिले के कारणले दम भएको हो, पत्ता लगाउनु आवश्यक हुन्छ । वंशानुगत कारणबाहेक अन्य कारणले दम भएमा निरन्तर औषधि सेवन गरेर दमको उपचार गर्न सकिन्छ । प्राकृतिक रूपमा गरिने कतिपय थेरापीले समेत दमलाई केही हदसम्म घटाउन सहयोग गर्छ । अत्यधिक मात्रामा तनावपूर्ण जीवनशैलीका कारण देखापरेको दमको समस्यालाई प्राकृतिक रूपमा गरिने कतिपय योगाभ्यासले समेत कम गर्न सकिन्छ ।

बच्ने उपाय
– वातावरण प्रदूषणबाट जोगिने ।
– बाहिर जानेवेला गुणस्तरीय मास्कको प्रयोग गर्ने ।
– चिसोबाट बच्ने ।
– फ्रिजमा राखिएका खानेकुरा नखाने ।
– एलर्जी भएमा तुरुन्त उपचारमा गराउने ।
– घरपालुवा जनावरलाई साताको एकपटक नुहाउने ।
– चुरोट, खैनीजस्ता पदार्थको सेवन नगर्ने ।
– एलर्जीको परीक्षण गराउने ।
– राति हल्का खानेकुरा मात्र खाने ।
– सुत्ने कोठामा हिटर राख्ने ।
– दमका रोगीले दूध, अण्डा, माछाजस्ता खानेकुरा कम खानु राम्रो मानिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै