तुलसीपुर

दाङको तुलसीपुर उपमहानगरपालिकालाई मोतीविन्दुमुक्त बनाउन अभियान सुरु गरिएको छ । मोतीविन्दुको समस्या भएका सबै उपमहानगरवासीको उपचार गर्ने गरी अभियान सुरु गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । उपमहानगरले ‘मोतीविन्दुमुक्त तुलसीपुर, उज्यालो तुलसीपुर’ अभियान अघि सारेको छ । उपमहानगरपालिकाकाअनुसार उपमहानगरमा करिब १ हजार ४ सय मोतीविन्दुका बिरामी छन्...