तिलोत्तमाका सडकमा डस्टबिन, देशभर अनुकरण हुने मन्त्रीको विश्वास

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि ड्राइभरटोलसम्मको ६ लेन सडकका दुवै किनारमा डस्टबिन राखेको छ । संस्थाले सडकका दुवै किनारमा रहेका विद्युत् पोललाई आधार बनाएर करिब डेढ सय डस्टबिन राखेको हो । त्यसैगरी, शंकरनगरचोकदेखि शंकरनगर वनविहार तथा अनुसन्धानकेन्द्रसम्मको सडकमा पनि डस्टबिन राख्ने संस्थाले जनाएको छ ।

योगीकुटीमा विद्युत् पोलमा डस्टबिन राखेर कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले शंकरनगरबाट सुरु भएको खुला दिशामुक्त अभियानले राष्ट्रिय रूप लिएकाले यो अभियानले पनि सार्वजनिक क्षेत्रको सरसफाइमा व्यापकता पाउने विश्वास व्यक्त गरे ।

उनले फोहोर विसर्जन र सरसफाइ अभियान प्रत्येक नागरिकले आफ्नै घरबाट सुरु गर्नुपर्ने र सार्वजनिक क्षेत्रलाई वातावरणमैत्री र सुन्दर, सफा बनाउनुपर्ने बताए । मन्त्री गिरीले सडकमा फोहोर हुन नदिन तथा सफा–सुग्घर बनाउन सके र सही रूपमा ट्राफिक व्यवस्थापन गर्न सके तिलोत्तमा विकसित मुलकका सहर भन्दा कम नहुने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका–२ का अध्यक्ष दधिराम गौतमले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी र सरसफाइका क्षेत्रमा गरेको कार्यले वडाको काममा निकै सहयोग पुगेको बताए ।

उनले तिलोत्तमाको मात्र नभई समग्र रूपन्देही जिल्लाको फोहोर व्यवस्थापनका लागि ऊर्जा, मल कारखाना स्थापनाको सम्भाव्यताबारे प्रदेश सरकारले विस्तृत अध्ययन गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका–२ का अध्यक्ष दधिराम गौतमले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी र सरसफाइका क्षेत्रमा गरेको कार्यले वडाको काममा निकै सहयोग पुगेको बताए । तिलोत्तमामा शाखा कार्यालय रहेका साइन रेसुंगा डिभलप्मेन्ट बैंक, मिसन डिभलप्मेन्ट बैंक, नेपाल कम्युनिटी डिभलप्मेन्ट बैंक र गरिमा विकास बैंकले सौजन्यका रूपमा डस्टबिन उपलब्ध गराएका हुन् ।

संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीले संस्थाको कार्यक्षेत्रलाई पूर्ण सरसफाइयुक्त बनाउन र ६ लेन तथा अन्य सडकको सौन्दर्य बढाउन संस्थाले डस्टबिन राख्न सुरु गरेको बताए । उनले आवश्यकता परे कार्यक्षेत्रका अन्य सडकमा पनि डस्टबिन राखिने बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तिलोत्तमा नगरको घोषणा : रक्तसञ्चार सेवा पूर्ण निःशुल्क

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीले रगतको सेवा लिँदा रक्तसञ्चार केन्द्रलाई तिर्नुपर्ने शुल्कको भुक्तानी गर्ने भएको छ । नगरपालिकाका अनुसार नगरवासीले भुक्तानी पाउनका लागि रक्तसञ्चार केन्द्रहरूबाट रक्तसेवा लिएबापतको सेवाशुल्कको बिल नगरपालिकामा पेस गर्नुपर्नेछ ।

नगरवासीलाई अत्यावश्यक स्वास्थ्यसेवामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । ‘यसले बिरामीलाई थोरै भए पनि राहत पुर्याउने विश्वास लिएको छु,’ उनले भने । नगरप्रमुख घिमिरेका अनुसार नगर कार्यपालिकाको ५८औँ बैठकले रक्तसञ्चार सेवाकेन्द्रहरूबाट नगरवासीले लिने रगतको ‘ल्याब चार्ज’ भुक्तानी गर्ने निर्णय भएको हो ।

नेपालमा रेडक्रस सोसाइटीलगायत सामाजिक संघ–संस्थाबाट सञ्चालित रक्तसञ्चार केन्द्रहरूले रगत सीधै बिक्री नगरे पनि रगत संकलन गरी बिरामीलाई उपलब्ध गराउँदा एक युनिटको कम्तीमा ७ सय २५ रूपैयाँ ‘ल्याब चार्ज’ लिने गरेका छन् । विभिन्न रोगको परीक्षण, ब्लड ब्याग सेट, भण्डारणलगायतको शुल्क यसमा जोडिने गर्छ ।

नेपालमा रेडक्रस सोसाइटीलगायत सामाजिक संघ–संस्थाबाट सञ्चालित रक्तसञ्चार केन्द्रहरूले रगत सीधै बिक्री नगरे पनि रगत संकलन गरी बिरामीलाई उपलब्ध गराउँदा एक युनिटको कम्तीमा ७ सय २५ रूपैयाँ ‘ल्याब चार्ज’ लिने गरेका छन् । विभिन्न रोगको परीक्षण, ब्लड ब्याग सेट, भण्डारणलगायतको शुल्क यसमा जोडिने गर्छ । नगरवासीले प्रयोग गर्ने रगतको यसप्रकारको सेवाशुल्क अब नगरपालिकाले भुक्तानी गर्ने भएको हो ।

विभिन्नप्रकारका रोगको शल्यक्रिया, मिर्गौलाको डायलाइसिस गराउनुपर्नेलगायत बिरामीलाई रगतको आवश्यकता पर्दछ । रूपन्देहीमा बुटवल र भैरहवामा रहेका रक्तसञ्चार केन्द्रले रगतको व्यवस्थापन गर्दै आएका छन् भने विभिन्न संघ–संस्था, क्लबहरूले नियमित रक्तदान गर्दै आएका छन् । पछिल्लो समय रूपन्देहीमा नियमित रक्तदान गर्नेक्रम बढ्दै गएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

८० वर्षमा एक रात अस्पताल

परिवारका सदस्यसँग जुगुन थारू ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मद्रानी गाउँ जिल्लाको पुरानो थारूबस्तीमध्ये एक हो । यहाँ हजुरआमा, छोरा, बुहारी र एक नातिनी गरी चारजनाको एक परिवार छ । हजुरआमा जुगुन थारू ८० वर्ष पुगिसकेकी छिन् । जीवनका ८ दशकमा उनी मात्र एकपटक अस्पताल पुगेकी छिन् । घरका अन्य सदस्यमध्ये बुहारी सावित्री र नातिनी आशिका अहिलेसम्म उपचारका लागि अस्पताल पुगेकै छैनन् । छोरा प्रेमराज भने सानोतिनो रोग लाग्दा अस्पताल गएका छन् ।

‘हामी जे खान्छौँ, त्यही खानुहुन्छ,’ सावित्रीले भनिन्, ‘बूढोपाको भनेर चिल्लो–पिरो कम गरी छुट्टै खाना पकाउनुपरेको छैन ।’ आफू र छोरी आशिका पनि अहिलेसम्म बिरामी भएर अस्पताल नगएको उनी बताउँछिन् । ‘म ४० पुगेँ, छोरी १२ वर्ष पुगिन्, अहिलेसम्म बिरामी भएका छैनौँ, अस्पताल पनि गएका छैनौँ,’ सावित्रीले थपिन् ।

‘अस्पताल नहुँदा पहिले हाम्रा पालामा घरमै औषधि बनाएर खाने, झारफुक गर्ने र वैद्यकहाँ जाने चलन थियो,’ ६ दशकअघिको अवस्था सम्झँदै जुगुन भन्छिन्, ‘अस्पताल त कहाँ हुनु, वन–जंगलकै जडीबुटी खोजेर खाने चलन थियो, ठिक पनि हुन्थ्यो ।’ पहिलेका मानिस अहिलेको तुलनामा बिरामी कम हुने गरेको जुगुनको भनाइ छ । ‘काम गर्थे, मज्जाले खान्थे,’ उनले थपिन्, ‘खेतबारीमा अहिलेजस्तो विषादी प्रयोग गर्ने चलन पनि थिएन ।’

जुगुनलाई सघाउँदै गरेकी बुहारी सावित्री थारू ।

३ वर्षअघि रिँगटा (चक्कर) आएपछि एकरात अस्पतालमा भर्ना भएको जुगुन बताउँछिन् । ‘बिरामी भएर कहिल्यै अस्पताल गएको थिइनँ,’ उनले भनिन्, ‘एकरात भने बसेँ ।’ छोरा प्रेमराज पनि आमालाई एकपटक मात्र अस्पताल लगेको बताउँछन् । उनका अनुसार अहिले आमामा कुनै स्वास्थ्य समस्या छैन । सासूआमामा स्वास्थ्यसमस्या नभएको र सबैखाले खानेकुरा खाने गरेको बुहारी सावित्री बताउँछिन् । ‘हामी जे खान्छौँ, त्यही खानुहुन्छ,’ सावित्रीले भनिन्, ‘बूढोपाको भनेर चिल्लो–पिरो कम गरी छुट्टै खाना पकाउनुपरेको छैन ।’ आफू र छोरी आशिका पनि अहिलेसम्म बिरामी भएर अस्पताल नगएको उनी बताउँछिन् । ‘म ४० पुगेँ, छोरी १२ वर्ष पुगिन्, अहिलेसम्म बिरामी भएका छैनौँ, अस्पताल पनि गएका छैनौँ,’ सावित्रीले थपिन् ।
छोरा प्रेमराज थारूले भने आफू कहिलेकाहीँ बिरामी हुँदा अस्पताल जाने गरेको बताए । ‘मलाई पनि ठूलो रोग त्यस्तो केही छैन, तर परिवारका सदस्यमा अस्पताल जाने मै मात्रै हुँ,’ प्रेमराजले भने ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सामुदायिक अस्पताललाई जग्गा दिँदा वडाध्यक्षको राजीनामा

तिलोत्तमा नगरपालिका रूपन्देहीले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको ४८औँ बैठकले अस्पताललाई वडा नं. ४ मा रहेको १० बिघा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्यसंस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन पत्रमार्फत अनुरोध गरेको थियो । उक्त अस्पताल विगत ५ वर्षदेखि बुटवल–१० रामनगरमा भाडाका घरहरूमा सञ्चालन भइरहेको छ ।

अस्पतालले तिलोत्तमा नगरपालिकासँग १२ विघा जग्गा प्राप्तिका लागि प्रस्ताव गरेकोमा कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नं. ६४ को सार्वजनिक जग्गा ८ बिघा ५ कठ्ठा १९ धुर र त्यससँग जोडिएको नदीउकास क्षेत्रसमेत गरी १० बिघा जग्गा उपलब्ध गराउन सिफारिस गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

भवन निर्माणका लागि यसअघि बुटवल–१० रामनगरमा रहेको वनको जग्गा प्रस्ताव गरे पनि जग्गाप्राप्तिमा ढिलाइ भएपछि अस्पतालले तिलोत्तमाको विकल्प रोजेको थियो । मुटु तथा मिर्गौलारोगको उपचार गर्दै आएको अस्पतालले जग्गाप्राप्तिसँगै कम्तीमा ५० वर्षको दीर्घकालीन योजनाका साथ अत्याधुनिक सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्ने जनाएको छ ।

भवन निर्माणका लागि यसअघि बुटवल–१० रामनगरमा रहेको वनको जग्गा प्रस्ताव गरे पनि जग्गाप्राप्तिमा ढिलाइ भएपछि अस्पतालले तिलोत्तमाको विकल्प रोजेको थियो । मुटु तथा मिर्गौलारोगको उपचार गर्दै आएको अस्पतालले जग्गाप्राप्तिसँगै कम्तीमा ५० वर्षको दीर्घकालीन योजनाका साथ अत्याधुनिक सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्ने जनाएको छ ।

वडाध्यक्षद्वारा राजीनामा

मुटु अस्पताललाई जथाभावी जग्गा दिएको भन्दै तिलोत्तमा नगरपालिका–७ का अध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले इमेल र पोस्टमार्फत नगरपालिकामा आफ्नो राजीनामा पेस गरेका हुन् । उनले सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीलाई धन्यवाद दिएका छन् । उनले सिफारिस गर्ने निर्णय गर्दा अस्पतालले माग गरेअनुसार १० बिघाभन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै