तारामणि सापकोटा

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ। कनकाई प्रयोगशाला कोटीहोममा गरिएको पिसिआर परीक्षणमा अध्यक्ष सापकोटाको रिपोर्ट पोजेटिभ आएको हो। केही दिनदेखि ज्वरो आउने, जिउ तथा टाउको दुख्नेलगायतका लक्षण देखिएपछि सापकोटाले स्वाब परीक्षण गराएका थिए। स्वास्थ्य अवस्था सामान्य रहेका उनी अहिले भद्रपुरस्थित होमआइसोलेसनमा छन्।...