विगतका घटनासिर्जित तनावबाट कर्णालीवासी सबैभन्दा बढी प्रभावित, कुन प्रदेशमा कति ?

पछिल्लो समय तनाव आमसमस्या बनिरहेको छ । यतिसम्म कि, तनाव महसुस गर्दिनँ भन्ने मानिस फेलापार्न मुस्किल भइसकेको छ । आफू तनाव महसुस गरिरहेको छु र त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने ज्ञान पनि धेरैमा छ । तर, व्यवस्थापन गर्न भने सकिरहेका हुँदैनन् । कतिपयलाई भने आफूले तनाव लिइरहेको र त्यो स्वास्थ्यसमस्याको महत्त्वपूर्ण पाटो भएको थाहै पनि हुँदैन ।

मानसिक तनावका थुप्रै कारण हुन्छन् । हामीले जीवनलाई, आफ्नो अवस्थालाई, आकस्मिक रूपमा आइपर्ने घटनाहरूलाई कसरी लिन्छौँ, ती चिजहरूसित हामीले झेल्ने तनाव सम्बन्धित हुन्छ । कुनै व्यक्तिलाई विगतको कुनै घटनाले ज्ञात वा अज्ञात रूपमा तनाव दिइरहेको हुन सक्छ भने कसैलाई आकस्मिक रूपमा आइपर्ने घटनाले । कतिपय भने आधारभूत आवश्यकता, भौतिक तथा संवेगात्मक आवश्यकता तथा इच्छा–चाहनाको पूर्ति नहुँदा तनावमा गइरहेका हुन्छन् । यहाँ विगतका घटनाका कारणले नेपालीले लिइरहेको तनावको अवस्थाबारे प्रदेशगत विवरण प्रस्तुत गरिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणले विगतका वर्षहरूका तनावपूर्ण घटनाका कारण ११ प्रतिशतभन्दा बढी नेपालीले तनाव झेलिरहेको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा विगतका तनावपूर्ण घटनाका कारण सबैभन्दा बढी कर्णाली प्रदेशवासी तनावको सिकार हुँदै आएका छन् । यसअन्तर्गत सबैभन्दा कम प्रदेश ५ प्रभावित छ ।

कुन प्रदेशमा कति ?
विगतका वर्षहरूका तनावपूर्ण घटनाका कारण सबैभन्दा बढी कर्णाली प्रदेशका १३ दशमलव ५ प्रतिशत जनता तनावको सिकार भइरहेका छन् । त्यसैगरी, यसबाट प्रदेश ३ पनि उत्तिकै पीडित छ । प्रदेश ३ का १३ दशमलव ४ प्रतिशत जनताले विगतको घटनाका कारण तनाव झेलिरहेका छन् ।

परिषद्को सर्वेक्षणअनुसार प्रदेश १ मा ११ दशमलव १ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ११ दशमलव २ प्रतिशत, गण्डकी प्रदेशमा ११ दशमलव २ प्रतिशत, प्रदेश २ मा १० दशमलव ६ प्रतिशत र प्रदेश ५ मा ९.८ प्रतिशत जनताले विगतको तनावपूर्ण घटनासिर्जित तनावको सामना गरिरहेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

धेरै तनाव लिँदा आँखा कमजोर हुने खतरा, कसरी बच्ने ?

पछिल्लो समय तनाव आमसमस्या बन्दै आएको छ । यदि तपाईं पनि बढी तनावमा रहनुहुन्छ भने तपाईंको आँखा कमजोर हुने अत्यधिक सम्भावना छ । जर्मनीको मैग्डेबर्ग आटो वाँन गुरिके युनिभर्सिटीको अध्ययनले निरन्तर तनाव लिँदा अटोनोमिक नर्भस सिस्टमको असन्तुलनका कारण आँखा र मस्तिष्कमा नकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेको छ ।

पुरानो तानवका कारण लामो समयसम्म भावनात्मक दबाबको सामना गर्नुपर्छ, जसमा व्यक्ति लागिपरेको हुन्छ । प्रत्येक व्यक्ति तनाव हुँदा फरक–फरक तरिकाले प्रतिक्रिया दिने गर्छन् ।

तनावले शरीरमा हर्मोनको स्तर बढाउँछ
विशेषज्ञका अनुसार शरीरको तनाव प्रतिक्रियाप्रणाली आत्मसीमित हुने गर्छ । तनावका कारण शरीरमा हर्मोनको स्तर बढ्छ र अनुमानित खतरा घटेपछि सामान्य हुँदै जान्छ । जसले एड्रेनलाइन र कोर्टिसोलको स्तर घटाउँछ, जसका कारण मुटुको धडकन बढ्ने र रक्तचापको बेसलाइनस्तर फर्किएर आउने हुन्छ । अन्य सिस्टम नियमित गतिविधिका साथ पुनः सुरु हुने गर्छ ।

निरन्तर तनावको अवस्थामा व्यक्ति लगातार रूपमा मानसिक तथा शारीरिक लडाइँको प्रतिक्रिया गर्न पछि पर्दैन । तनाव प्रतिक्रिया प्रणाली दीर्घकालीन रूपमा सक्रियता देखाउने वा कोर्टिसोल र अन्य तनाव हर्मोनको ओभर एक्स्पोजर तथा शरीरमा लगभग सबै प्रतिक्रिया गर्ने गर्छ । यस प्रकारका व्यक्ति विभिन्न स्वास्थ्य समस्यामा पर्ने गर्छन् । यसले स्वास्थ्यमा चिन्ता, प्राचन प्रणालीमा समस्या, मुटुरोग, अनिद्रा, तौल बढ्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायत समस्या निम्तिन्छन् ।

तनाव कम गर्ने उपाय
१. मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नुहोस् वा कम गर्नुहोस् । यसको सेवनले तपाईंलाई उत्तेजित बनाउनुका साथै तनावको स्तर बढाउन मद्दत गर्छ ।

२. दैनिक साधारणतया ३० मिनेट व्यायाम गर्नुहोस् । यसले तपाईंलाई फिट राख्नुका साथै तनाव पनि कम गराउँछ ।
३. स्वस्थ खानेकुरा तथा फलफूल, ताजा तरकारीको सेवन गर्नुहोस् । फलमा उपलब्ध हुने एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ ।

४. कमसेकम दैनिक ७–८ घण्टा सुत्ने गर्नुहोस् । यसबाट तनावमा केही कमी आउँछ ।

५. समय राम्रोसँग निर्धारण गर्नुहोस् । धेरै काम आफ्नो भागमा मात्र नलिनुहोस्, दोस्रो व्यक्तिका लागि पनि दिनुहोस् । कुनै समय आराम पनि लिने गर्नुहोस् । यसले तनावलाई केही हदसम्म घटाउँछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उपचारका क्रममा बालकको मृत्युपछि अस्पतालमा तनाब, ६ जना पक्राउ

उपचारको क्रममा १४ महिने बालकको मृत्यु भएपछि भरतपुर अस्पतालमा बिहीबार रातिभर तनाव भएकोे छ । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छोरा युदिन बस्नेतकोे उपचारका क्रममा ज्यान गएको हो ।

कडा ज्वारोपछि १४ गते अस्पतालमा भर्ना गरिएका बालकको आमाको दूध सर्किएर ज्यान गएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । ‘विहिवार साँझ ६ः३० मा आमाको दूध खाएका बालकको सर्किएर ७ः३० मा ज्यान गयो’ अस्पताललाई उदृत गर्दै प्रहरीले भन्यो ।

परिवारजनले भने चिकित्सकको लापरबाहीले वालकको ज्यान गएको दावी गरेका छन् । घटनापछि अस्पतालमा तनाव सिर्जना भएको थियोे ।
पीडितका पक्षमा अस्पतालमा पुगेका युवा सामाजिक अभियान्ता अर्जुन भुषाल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा स्थिति असामान्य नहोस् भनेर उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जब ती पुरुषले आकस्मिककक्षमा मलाई एक्कासि ‘टुल’ प्रहार गरे…

जेठ १४ गते, मंगलबार, रातिको करिब १० बजेको समय थियो । म अस्पतालको आकस्मिककक्षमा बिरामी हेर्दै थिएँ । एकजना अपरिचित महिला आएर आफ्नो पेट दुखिरहेकाले उपचार गरिदन गुनासो पोख्नुभयो । उहाँ १ महिनाअघि गर्भवती हुनभएको रहेछ । करिब ३ दिनदेखि योनिबाट रगत बगिरहेको सुनाउनुभयो । उहाँको समस्यामाथि विचार गर्दा भिडियो एक्स–रे गरेर रिर्पोटका आधारमा मात्रै उपचार गर्नु अवस्था थियो । तर, अस्पतालमा राति भडियो एक्स–रे सेवा उपलब्ध नभएका कारण बिरामीलाई अन्यत्रै उपचार गराउन सल्लाह दिएँ ।

बिरामीसित आउनुभएका आफन्तले उहाँलाई अन्य अस्पतालमा उपचारका लागि लैजानुभयो । तर, रातिको समयमा अन्य अस्पतालमा पनि उपचार सम्भव नभएपछि पुनः म भएको आकस्मिक कक्षमा आउनुभयो । र, एक्कासि ‘किन उपचार हुँदैन ?’ भन्न थाल्नुभयो । बिरामीलाई सम्झाउँदै ‘अस्पतालमा भिडियो एक्स–रे दिउँसो मात्र हुन्छ, रातिको समयमा हुँदैन’ भनेँ । तर, बिरामीका आफन्त झन् आक्रोशित हुन थाल्नुभयो । म उहाँहरूलाई सम्झाउँदै थिएँ । अकस्मात् उहाँसँगै नजिकमा उभिनुभएका एक पुरुषले टुल उचालेर ममाथि प्रहार गर्नुभयो । तर, संयोगवश म त्यो प्रहारबाट बचेँ । उहाँले मलाई पटक–पटक हातपात गर्न खोज्नुभयो, गाली–गलौज गर्नुभयो, मुखमा आएजति अपशब्द सबै बोल्नुभयो ।

असुरक्षित अवस्थामा कसरी बिरामीलाई उचित सेवा दिन सकिन्छ र ? त्यसैले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दिनरात नभनी बिरमीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाका दोषीलाई कडा कारबाही हुनु जरुरी छ । यस्ता अवाञ्छित गतिविधिलाई समयमै निरुत्साहित गर्न सकिएन भने सेवाप्रवाहमै समस्या सिर्जना हुन्छ, काम गर्ने वातावरण नै रहँदैन ।

विनाकारण बिरामीका आफन्तले यस्तो व्यवाहार देखाएपछि म अकमक्क परेँ । आफ्नो पेसाप्रति वितृष्णा पनि जाग्यो । आफू असुरक्षित भएको महसुस गरेर त्यहाँ रहेका स्टाफलाई प्रहरी बोलाउन भनेँ । केही समयमा प्रहरी आइपुग्यो र उहाँहरूलाई बाहिर निकाल्यो ।

म २ वर्षदेखि हेटौँडा अस्पतालमा कार्यरत छु । सुरुदेखि नै अस्पतालकै आवासगृहमा बस्दै आएकी छु । बिहान–दिउँसो–बेलुका मिलाएर डिउटीमा खटिँदै आएकी छु । अस्पतालमा डाक्टरमाथि आक्रमणको घटना यो पहिलो होइन । पछिल्लो १ वर्षमा मात्र यो तेस्रो घटना हो । यस वर्ष २ वटा यस्ता घटना यसअघि नै भइसकेका छन् । बिरामीकै सेवामा खटिएका हामी डाक्टर पटक–पटक बिरामीबाटै आक्रमणमा पर्दै आएका छौँ, अपमानित हुँदै आएका छौँ । यस्तो असुरक्षित अवस्थामा कसरी बिरामीलाई उचित सेवा दिन सकिन्छ र ? त्यसैले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दिनरात नभनी बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाका दोषीलाई कडा कारबाही हुनु जरुरी छ । यस्ता अवाञ्छित गतिविधिलाई समयमै निरुत्साहित गर्न सकिएन भने सेवाप्रवाहमै समस्या सिर्जना हुन्छ, काम गर्ने वातावरण नै रहँदैन ।

आज रातिसम्म स्वयम् उपस्थित भएनन् भने भोलि सार्वजनिक मुद्दा चलाउँछौँ
आक्रमणकारी हेटौँडा उपमहानगरपालिका–८, कमानी निवासी बिरामीका ससुरा रहेको खुलेको छ । प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । हामीले उनीविरुद्ध प्रहरी र जिल्ला प्रशासन कार्यालयमा समेत जाहेरी दिइसकेका छौँ । हामी आज रातिसम्म हेर्छौं, दोषी आफैँ उपस्थित भए भने ठिक छ, अन्यथा भोलि हामी मुद्दाको प्रक्रियामा जान्छौँ । उहाँमाथि सार्वजनिक मुद्दा चलाउने तयारी छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

हाँसोले घटाउँछ तनाव

तस्वीर : Andbeyond.com

तनावको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीरखालका रोगीको संख्या थपिँदै गएको छ । तनावलाई नियमित प्रक्रिया सम्झेर मानिसहरू ‘तनाव छ’ भनेर पन्छिन खोज्छन् । तर, तनावका कारण नै अल्सरदेखि क्यान्सरजस्ता असाध्य रोगसम्म निम्तिनेतर्फ ध्यान पुगेको देखिँदैन ।

पछिल्लो समय बढ्दोक्रममा रहेका उच्चरक्तचाप, मधुमेह, मस्तिष्काघात, पक्षघातलगायत रोगको प्रमुख कारण तनाव हो । तनाव घटाउनु वा हटाउनु भनेको जीवनमा खुसी थप्नु हो । कसरी घटाउन सकिन्छ त तनाव ?

चिकित्सकहरू तनाव कम गर्न सकेसम्म हाँस्ने अवसर नछोड्न सुझाउँछन् । मनबाट प्राकृतिक हाँसो नसिस्किने अवस्थामा पनि कृत्रिमै भए पनि हाहा गरेर हाँस्न खोज्दा बिस्तारै शरीरमा त्यसले सकारात्मक प्रभाव छोड्ने चिकित्सकको भनाइ छ ।

उच्चरक्तचाप, मुटु, मधुमेहजस्ता दीर्घरोगका बिरामीलाई दैनिक कम्तीमा १० पटक धक फुकाएर हाँस्ने वातावरण सिर्जना गर्न चिकित्सकको सल्लाह छ ।

चिकित्सकका अनुसार रमाउन सक्ने, हाँस्न सक्ने र जीवनलाई सकारात्मक रूपले लिने मानिसलाई डर, रिस, चिन्ताजस्ता समस्याले प्रायः सताउँदैनन् । हाँसोले भरिएको दैनिकी मानसिक रूपमा आनन्ददायी हुने मात्र होइन, शारीरिक रूपमा स्वस्थकरसमेत हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । उच्चरक्तचाप, मुटु, मधुमेहजस्ता दीर्घरोगका बिरामीलाई दैनिक कम्तीमा १० पटक धक फुकाएर हाँस्ने वातावरण सिर्जना गर्न चिकित्सकको सल्लाह छ ।

जर्नल अफ होलेस्टिक नर्सिङमा प्रकाशित अध्ययनअनुसार शल्यक्रियापछि दिइने पेनकिलरभन्दा हाँसो छुट्ने वाक्य पाएका बिरामीले कम दुखाइ महसुस गर्छन् । दिनमा १० पटक हाँस्ने मान्छे स्वस्थ र जवान पनि देखिनेसमेत जर्नलमा उल्लेख छ ।
लोमा लिन्डा विश्वविद्यालय क्यालिफोर्नियाका डा. ली बर्क र उनका अनुसन्धान सहयोगी डा. स्टान ली टानले गरेको अनुसन्धानले पनि हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा धेरै सकारात्मक फाइदा पुग्ने पुष्टि भएको देखाएको छ ।

हाँसोका कारण उत्पन्न हुने हर्मोनकै कारण बिरामीले स्वस्थ भएको महसुस गर्छ । विभिन्न अध्ययनअनुसार उन्मुक्त हाँसोले स्वस्थ र सकारात्मक आवेग ल्याउँछ । हसाउने र हाँस्ने क्रियाकलापमा संलग्न व्यक्तिमा रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ ।

‘हाँसोले रक्तचाप र तनाव बढाउने हर्मोनलाई घटाउँछ, रोगको संक्रमणसँग लड्ने टी नामक रक्तकोषिकाको वृद्धि गराउनुका साथै रोगसँग लड्ने गामा इन्टरफेरन तथा बिटा कोषिकाजस्ता प्रोटिन बढाउँछ,’ सो अध्ययनमा भनिएको छ, ‘हाँसोले शरीरभित्रैबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्न बल दिन्छ ।’

हाँसोका कारण उत्पन्न हुने हर्मोनकै कारण बिरामीले स्वस्थ भएको महसुस गर्छ । विभिन्न अध्ययनअनुसार उन्मुक्त हाँसोले स्वस्थ र सकारात्मक आवेग ल्याउँछ । हसाउने र हाँस्ने क्रियाकलापमा संलग्न व्यक्तिमा रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ ।

हाँसोले रक्तकोषिकालाई साँघुरो बनाउने र संक्रमण रोक्ने गतिविधिलाई सक्रिय बनाउने तथा तनावप्रदायक हर्मोनलाई घटाउने काम गर्छ ।
विज्ञहरूका अनुसार हाँसो एकप्रकारको शारीरिक कसरत हो । यसले शरीरमा अक्सिजनको मात्रा बढाउन छाती र मांसपेशीबीचको भागको व्यायाममा सघाउँछ । चर्को आवाज निकालेर हाँस्दा फोक्सो, दिमाग, रक्तचाप र प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग पुग्छ ।

यसरी घट्छ तनाव

– फलो गर्न सकिनेकिसिमले नियमित कामको तालिका बनाउने र अनुसरण गर्ने ।
– सकेसम्म सकारात्मक सोच राख्ने र हरेक कुरालाई सकारात्मक कोणबाट हेर्ने ।
– नराम्रा घटना, र क्षणहरूलाई मनमा नराख्ने, सम्झिनरहने ।
– कुनै पनि अवस्थालाई स्वीकार गर्ने र समस्याको सम्भव हुने समाधान खोज्ने ।
– अर्काको काम बिगार्ने सोच राखेर नहिँड्ने ।
– प्रतिशोधको भावना छोड्ने ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै