डेंगुपीडितले भुलेर पनि नखानुहोस् यी ३ चिज

डेंगु निकै गम्भीर रोग हो, जसमा यदि संक्रमितले समयमा उपचार नपाएमा ज्यानै पनि जान सक्छ । वर्षातको मौसममा डेंगु संक्रामक लामखुट्टे ज्यादा विकसित हुन्छन्, किनकि, यस समयमा यत्रतत्र पानी जमेको हुन्छ । यही कारण नै यस मौसममा डेंगु रोगको चपेटमा कैयौँ मानिस आउने गर्छन् । नेपालमा पनि पछिल्लो समय डेंगुको संक्रमण ह्वात्तै बढेको अवस्था छ । यस सिजनमा मात्र अहिलेसम्म करिब साडे ३ हजार मानिसमा डेंगुको संक्रमण भइसकेको छ भने नियन्त्रणका सबै प्रयास विफलसिद्ध भएको अवस्था छ । झन्डै ६० जिल्लालाई प्रभावित बनाइसकेको डेंगुको संक्रमण फैलिनेक्रम जारी छ । यस्तोमा संक्रमणपूर्व नै सावधानी अपनाउनु तथा व्यक्तिगत स्वास्थ्य तथा सरसफाइमा विशेष ख्याल राख्नु जरुरी छ ।

डेंगु संक्रामक लामखुट्टे सफा पानीमा हुर्कन्छन् । सबैभन्दा बढी डेंगु संक्रामक लामखुट्टेले कुलर र पानीको ट्यांकीमा जमेको पानीमा आश्रय लिने जोखिम रहन्छ । लामखुट्टेजनित रोगमध्ये डेंगुको संक्रमण प्रतिवर्ष बढिरहेको छ । तसर्थ, डेंगुबाट बच्ने सरल तरिका छ, तपाईं आफूआसपासको वातावरण सफा राख्नुहोस्, पानी जम्न नदिनुस् र समय–समयमा कुलर र ट्यांकीको सफाइ गर्नुहोस् ।

रोकथाम उपचारभन्दा राम्रो हो, तर कहिलेकाहीँ सावधानी अपनाउँदाअपनाउँदै पनि डेंगुको चपेटामा आउन सकिन्छ । डेंगुका केही सामान्य लक्षण छन्, जस्तै, टाउकोदुखाइ, उल्टी हुनु, शरीर दुख्नु, कडा ज्वरो, शरीरमा रातो दाग आदि । यदि डेंगु अधिक गम्भीर छ भने गिजाबाट रगत आउनुका साथै पेटमा गम्भीर दुखाइ र रगतको उल्टीसमेत हुन सक्छ । यस्तोमा लापरबाही गरिएमा त्यो मृत्युको कारण बन्न सक्छ । त्यसैले डेंगुको सामान्य लक्षण देखिनेबित्तिकै नजरअन्दाज नगरी तुरुन्त चिकित्सकबाट जाँच गराउनुपर्छ ।

उपचारसँगसँगै खानपानमा सजगता आवश्यक
डेंगुमा समयमा उपचार पाउनु जति आवश्यक छ, त्यति नै यो गम्भीर रोगमा खानपानमा सजगता आवश्यक छ । चिकित्सकले पनि डेंगु संक्रमितले खानपानमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । डेंगु संक्रमितले बाख्राको दूध, नीमको पात, मेवाको पातको रस, किवी तथा सुन्तलाको सेवन गर्नाले रोगबाट छिटो मुक्ति पाउन सकिन्छ । यी वस्तुको सेवनले शरीरमा प्लेटलेट्सको मात्रा बढाउनमा सहयोग गर्छन् र डेंगु छिटो निको पार्नमा सहयोग गर्छन् । यहाँ केही त्यस्ता खाद्यपदार्थबारे ताइन्छ, जसको सेवन डेंगु संक्रमितले कदापि गर्नुहुँदैन ।

डेंगु संक्रमितले यी चिज भुलेर पनि नखानुहोस्
१. तेलमा तारेको वा भुटेको खानेकुरा
डेंगु संक्रमितले तेलयुक्त तथा तेलमा पकाइएको भोजनबाट बच्नुपर्छ । यतिवेला उमालिएको, बाफमा पकाइएको वा नतारीकन पकाइएको खाना नै खानुपर्ने हुन्छ । तेलमा तारेका खानामा चिल्लोपदार्थको मात्रा अधिक हुन्छ, जो उच्च रक्तचाप तथा कोलेस्टेरोल बढाउनमा जिम्मेवार हुन्छन् । यस्ता खानाले डेंगु संक्रमितलाई पुरानो अवस्थामा फर्किनमा बाधा पुर्याउन सक्छन्, किनकि, यस्ता खानाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर गर्छन् ।

२. मसालेदार खाना
डेंगु संक्रमितले मसालेदार खानाबाट पनि बच्नुपर्छ । मसालेदार खानाले पेट स्वास्थ्यलाई प्रभावित पार्दछ र यसले पेटमा एसिड जम्मा हुन पुग्छ । यस्ता खानाले पेटमा गडबडी उत्पन्न गर्नुका साथै डेंगुको चपेटाबाट निक्लिनमा बाधा उत्पन्न गर्छन्, किनकि यस समयमा संक्रमित व्यक्ति ज्यादै कमजोर हुन्छ र शरीरले दोहोरो रोगसँग लडिरहेको हुन्छ ।

३. क्याफिनयुक्त पेयपदार्थ
डेंगु संक्रमितलाई तरल पदार्थ धेरै खान सल्लाह दिइन्छ, किनकि, यतिवेला शरीरमा तरल पदार्थको बढी अवाश्यकता पर्दछ । तर, संक्रमितले क्याफिनयुक्त पेयपदार्थबाट भने टाढै रहनुपर्छ । क्याफिनयुक्त पेयपदार्थ मुटुको गति, थकान, मांसपेशीको क्षयीकरणमा द्रुत वृद्धिको कारण बन्छन् । यस्तोमा डेंगुपीडितले अनारको जुस, मेवाको पातको रस, तातो पानीको सेवन गर्नु राम्रो हुन्छ । यद्यपि, चिकित्सकले डेंगुमा धेरै पानी मात्र नपिइरहनसमेत सल्लाह दिने गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगुको जननीस्थल चितवनमा महानगरले थाल्यो ३ दिने ‘खोज र नष्ट गर’ अभियान

नेपालमा पहिलोपटक डेंगुरोग चितवन जिल्लाबाट सुरु भएको हो । यस वर्ष पूर्वी तराईबाट वैशाख अन्तिम साता सुरु भएको डेंगु देश ५६ भन्दा बढी जिल्लामा फैलिसकेको छ भने अझै पनि नियन्त्रणमा सफलता हात लागेको छैन । यसैक्रममा भरतपुर महानगरपालिकाले शुक्रबारदेखि डेंगु भाइरस फैलाउने लामखुट्टेको वासस्थान ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । यद्यपि, यस वर्ष देशभर करिब ३ हजार ५ सयजना डेंगुको चपेटामा आइसक्दा पनि उच्च जोखिम क्षेत्रमा मानिने चितवनमा हालसम्म जम्मा ५६ जनामा डेंगु संक्रमण भएको पाइएको छ । यसमध्ये ३९ जना चितवन जिल्लाका छन् भने बाँकी अन्य जिल्लामा बसोवास भएका छन् ।

महाहनगरपालिकाले स्वास्थ्य कार्यालय चितवनको संयोजनमा खोज र नष्ट गर अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रमका साथै लामखुट्टेका वासस्थान नष्ट गर्ने र जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम छ । अभियान महानगरका १, २, ३, ४, १०, ११ र १२ गरी डेंगुको उच्च जोखिमका ७ वटा वडामा सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए । अभियानमा महानगर र स्वास्थ्य कार्यालयलाई स्वास्थ्यसम्बद्ध स्थानीय संघ–संस्थाले साथ दिएका छन् । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकालाई सहभागी गराइएको छ ।

नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा एक व्यक्तिमा डेंगुको संक्रमण भेटिएको थियो । डेंगुको डेढ दशकको इतिहासमा डेंगुको संक्रमण संख्या र फैलावट निरन्तर बढिरहेको छ । त्यसमा पनि यस वर्ष त डेंगुले रेकर्ड नै बनाएको छ । संक्रमण सुरु भएको ६ वर्षपछि सन् २०१० मा डेंगुले महामारीको रुप धारण गरेको थियो । त्यसयता प्रतिवर्ष वार्षा सुरु भएसँगै डेंगु प्रमुख स्वास्थ्य समस्याका रुपमा सरकार र जनताको टाउकोदुखाइको विषय बनिरहेको छ ।

सुरुवती वर्षहरुमा तराईका जिल्लामा मात्र देखिने डेंगु पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि फैलिनेक्रम बढ्दो छ । जनचेतना अभावका साथै चेतना भएर पनि व्यवहारमा लामखुट्टेबाट जोगिने उपायहरुको अवलम्बन नगर्नु तथा हेलचेक्य्राइँ गर्नु नै डेंगु नियन्त्रणको प्रमुख बाधक रहेको विज्ञहरुको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पोखरामा डेंगुको त्रास, एक सातामा २१ संक्रमित

पोखराको मुख्य बजार क्षेत्रमा डेंगु रोगका बिरामी भेटिएपछि यसको प्रकोप फैलिने खतरा बढेको छ । पछिल्लो एक सातामा २१ जनामा डेंगु पोजिटिभ पाइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा–८ शिवालयचोकका एक व्यक्तिमा डेंगुको संक्रमण देखिएपछि गरिएको जाँचमा २१ जनामा संक्रमण भेटिएको हो ।

सबैभन्दा धेरै पोखरा–८ मा ८ जनामा डेंगुको संक्रमण भेटिएको छ । त्यसैगरी, वटा ९ मा ५ जना, वडा ४, १०, १७ र २५ मा एक–एकजना संक्रमित भेटिएका छन् । यस्तै, ४ जना बिरामी बाहिरबाट संक्रमित भएर आएको बनइएको छ । संक्रमितमध्ये गण्डकी मेडिकल कलेज (जिएमसी)मा ८, फेवा सिटीमा ८, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १ र अन्य अस्पतालमा ४ जनाको उपचार भइरहेको छ । उपचाररत डेंगु संक्रमित बिरामीको नियमित अनुगमन गरिएको छ ।

पोखरामा गत वर्ष डेंगुको टाइप २ भाइरस देखिएको थियो । अहिले उनीहरुको रगतको सेरोटाइप जाँचका लागि काठमाडौं पठाइएको छ । ‘डेंगुमा टाइप १ देखि टाइप ४ सम्मका भाइरस हुन्छन् । टाइप १ र २ नर्मल हुन्छन् भने टाइप ३ र ४ खतरनाक हुन्छन्,’ निर्देशनालयका डा. भोजराज गौतमले भने, ‘डेंगु नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने नै हो ।’

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु मानिसमा सर्ने गर्छ । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ । ‘भाइरसबाट सर्ने यो रोगको खोप तथा खास उपचार छैन,’ डा. गौतमले भने, ‘आफ्नै सरसफाइमार्फत लामखुट्टे धपाउने हो ।’

डेंगुको संक्रमणपछि स्वास्थ्य निर्देशनालय गण्डकीले सरकारी तथा निजी अस्पतालबाट प्रत्येक दिन त्यस्ता रोगीको तथ्यांक लिने र लामखुट्टे धपाउने अभियान सुरु गरिसकेको छ । निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले शुक्रबारदेखि नै पोखरा नगर क्षेत्रमा लामखुट्टेको वासस्थान खोजी गर्ने, नष्ट गर्ने र सचेतना अभियान सुरु गरेको छ । यसका लागि मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) का मेडिकल अध्ययनरत विद्यार्थीसहितको टोलीले शुक्रबार वडा ८ र ९ मा लामखुट्टेको वासस्थान खोजी र नष्ट गर्ने कार्यक्रम चलाएका छन् । अघिल्लो आइतबार यसबारे सचेतना र्याली निकालिएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु नियन्त्रणमा वार्षिक करोडौँ खर्च, तर प्रतिफल शून्य

३० वैशाखमा सुनसरीको धरान उपमहानगरपालिकाबाट फैलिएको डेंगु रोगले ६ जिल्लामा महामारीको रुप लिएको छ भने ५६ वटा जिल्लामा संक्रमण देखिसकेको छ । मुख्यतः सहरीकरण, बढ्दो तापक्रमलगायत कारण पछिल्लो समय डेंगुको संक्रमण गुणोत्तर श्रेणीमा बढिरहेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकलाई नियाल्दा डेंगुको संक्रमण करिब ११ गुणाले वृद्धि भएको छ । यस वर्ष मात्रै ३ हजार ४ सय २५ जनामा संक्रमण देखिसकेको छ भने दिनप्रतिदिन संक्रमण फैलिनेक्रम जारी छ । डेंगु रोकथामका लागि जति बजेट खर्च गरे पनि कार्यक्रम प्रभावहीन देखिएको छ भने लगानी बालुवामा पानी भएको छ ।

चालू आवमा डेंगु नियन्त्रणका लागि ९ करोड ५४ लाख  विनियोजन, तर संक्रमण बढ्दै
आर्थिक वर्ष ०७६÷७७ मा केन्द्र, प्रदेश र स्थानीय सरकारका लागि डेंगु नियन्त्रण प्रयोजनका लागि ९ करोड ५४ लाख  विनियोजन बजेट विनियोजन भएको छ । तीनै तहका सरकार तथा गैरसरकारी संस्थामार्फत डेंगु नियन्त्रणका कार्यक्रमहरु सञ्चालन हुँदै पनि आएका छन् । तर, डेंगुको प्रकोप भने एकपछि अर्को जिल्लामा फैलिनेक्रम बढ्दो छ । गत आर्थिक वर्षमा सरकारले डेंगु नियन्त्रणका लागि करिब ७ करोड खर्च गरेको तथ्यांक छ ।

केन्द्र सरकारले स्थानीयस्तरमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न अभियान सञ्चालनका लागि बढी प्रभावित १ सय ५ वटा पालिकामा १ करोड ६६ लाख बजेट पठाएको छ । त्यसैगरी, डेंगु तथा कीटजन्य रोग नियन्त्रणका लागि केन्द्रबाट प्रदेशस्तरमा ७ वटा प्रदेशका लागि ६ कराेड १७ लाख विनियोजन भएको छ । त्यसैगरी, केन्द्र सरकारमा डेंगु नियन्त्रणका लागि १ करोड ७१ लाख छुट्याइएको छ । तर, स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै डेंगु रोग अझै फैलिने अनुमान लगाएको छ ।

अहिलेको अवस्थामा डेंगु रोग जटिल तथा चुनौतीपूर्ण रहेको र विकसित देशदेखि विकासोन्मुख देशसम्म सबैका लागि भयावह स्वास्थ्य समस्याको रुपमा रहेको इडिसिडीका निर्देशक डा. विवेककुमार लाल बताउँछन् । जनसमुदायलाई डेंगुबारे जुनसुकै हिसाबले चेतनामूलक सुझाब दिए पनि त्यसअनुसार काम गर्न नसकेका कारण डेंगु नियन्त्रणमा समस्या आएको लालको भनाइ छ ।

डेंगु नियन्त्रणका लागि सरकारले करोडौँ खर्चंदा पनि कार्यक्रमहरु प्रभावहीन बन्दै गएका छन् । नेपालमा प्रभावकारी प्रविधि नभित्रिएका कारण पनि डेंगु नियन्त्रणमा समस्या आएको उनको तर्क छ । ‘जबसम्म लामखुट्टे नियन्त्रण गर्न सक्दैनौँ, तबसम्म उपचारमा जोड दिँदैमा डेंगु नियन्त्रणमा आउँदैन,’ डा. लालले भने, ‘डेंगु रोगविरुद्धको खोप विकासका क्रममै रहे पनि नियन्त्रणका लागि हामीसँग अझै प्रभावकारी प्रविधि उपलब्ध छैन ।’

विश्वमा प्रतिवर्ष ३९ करोडमा डेंगु संक्रमण, २० हजारको मृत्यु
केही दशकदेखि डेंगुको संक्रमण बढ्दै गएको छ । विश्वको आधाभन्दा बढी जनसंख्या कुनै न कुनै समयमा डेंगुको संक्रमणमा रहेको तथ्यांकले देखाएको छ । विश्वका १ सय २८ भन्दा बढी मुलुकका ३ अर्ब ९० करोड मानिस डेंगुको जोखिम क्षेत्रमा बसोवास गर्छन् । प्रत्येक वर्ष ३९ करोड मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् भने २० हजारको मृत्यु हुने गरेको पाइएको छ ।

काठमाडौंमा पनि डेंगु संक्रमणको उच्च जोखिम
दुई साताअघि विश्व स्वास्थ्य संगठनको सहयोगमा विज्ञले काठमाडौंका विभिन्न क्षेत्रमा डेंगुबारे अनुसन्धान गर्दा काठमाडौं उच्च जोखिममा रहेको औँलाएका छन् । काठमाडौंमा प्रशस्त मात्रामा डेंगु रोग सार्ने लामखुट्टेको लार्भा फेला परेको छ । सहरी क्षेत्रमा बढी मात्रामा सडकमा खल्डाखुल्डी गमला, टायर, बोतल पानी जम्ने तथा फोहोरका कारणले पनि डेंगुको संक्रमण बढ्ने गर्छ ।

विज्ञ अभावले कार्यक्रम प्रभावकारी बन्न सकेन
नेपालमा लामखुट्टेजन्य रोग हेर्नका लागि लामखुट्टे विज्ञ (इमोनोमोलोजिस्ट)को अभाव छ । हेटौँडामा भएको कीटजन्य रोगसम्बन्धी तालिम तथा अनुसन्धान केन्द्रमा ३ जना विज्ञ रहे पनि काठमाडौंमा भएको पद रिक्त रहेको इडिसिडीले जनाएको छ । महाशाखाका निर्देशक डा. लालले भने, ‘नयाँ जनशक्ति उत्पादन पनि ज्यादै न्यून छ भने लामखुट्टे तथा कीटजन्य रोगलाई जिल्लागत रुपमा हेर्ने फोकल व्यक्ति र प्राविधिक रुपमा तालिमप्राप्त जनशक्तिको अभाव छ ।’

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव
दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकेको अवस्थामा डेंगुजस्ता कीटजन्य रोगलाई नियन्त्रणमा ल्याउन नसकेको विभागका महानिर्देशक डा. शुशील प्याकुरेल बताउँछन् । हिजोका दिनमा केन्द्रस्तरबाट दिएको निर्देशनबाट स्थानीय तहमा भएका संस्थाहरु तुरुन्तै परिचालित हुन्थे र कामको प्रतिफल आउँथ्यो,’ डा. प्याकुरेल भन्छन्, ‘आज स्थानीय तहको एउटा कर्मचारीलाई चलाउन प्रदेश सरकारलाई गाह्रो छ । त्यस्तै, प्रदेशमा रहेका कर्मचारीलाई निर्देशन दिन केन्द्रलाई गाह्रो भएको अवस्था छ ।’ संघ, प्रदेश र स्थानीय तहको तालमेल हुन नसकेका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको महानिर्देशक डा. प्याकुरेलको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पाँच वर्षमा ११ गुणाले बढ्यो डेंगु संक्रमण

बढ्दो तापक्रम, सहरीकरणसँगै रोग सार्ने लामखुट्टेले वासस्थान बदल्दा पाँच वर्षका देशभर डेंगुको संक्रमण पाँच गुणाले बढेको छ । यो वर्ष प्रदेश १ अन्तर्गतका जिल्लामा गर्मीयाममा देखिने विभिन्न रोगमध्ये यस वर्ष डेंगुले महामारीको रूप लिएको छ ।

पाँच वर्षअघिसम्म १२ जिल्लामा फाटफुट रुपमा देखिएको डेंगु पाँच वर्षको बीचमा ५६ जिल्लामा देखापरिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष ०७१/७२ मा सबैभन्दा बढी चितवनमा ११९ र पर्सामा ११४ जनासहित ३०२ जनामा डेंगु देखिएकोमा अन्य जिल्लामा १/२ वटा केसमात्रै भेटिएको थियो ।

महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगुका बिरामी फेला परिसकेका छन् । पाँच वर्ष यताको तथ्यांक हेर्दा यो वर्ष प्रदेश १ को सुनसरी (धरान)मा मात्रै ३ हजार २५ जनामा डेंगु प्रमाणित भएको छ ।
पाँच वर्षअअि १२ जिल्लामा जम्मा ३०२ डेंगु बिरामी भेटिएकोमा यो वर्ष ३४ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगी देखापरिसकेको छ । महाशाखको तथ्यांकअनुसार यो वर्ष प्रदेश १ का १० वटै जिल्लामा डेंगु भेटिइसकेको छ । जसमा सुनसरीमा बढी र त्यसपछि मोरङ र झापामा बिरामी भेटिएका छन् ।

त्यसैगरी प्रदेश २ मा ४ जिल्लामा १२ बिरामी, प्रदेश ३ का ९ जिल्लामा १२६, गण्डकी प्रदेशका ५ जिल्लामा २६, प्रदेश ५ का ९ जिल्लामा ९६, कर्णाली प्रदेशको सल्यानमा मात्र १ जना र सुदुरपश्चिम प्रदेशको ५ जिल्लामा १२ बिरामी भेटिएका छन् । यो वर्ष प्रदेश २ मा पर्सा र सप्तरी, प्रदेश ३ का मकवानपुर र चितवनमा, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को रुपन्देही र नवलपरासीमा बढी बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार धरानमा ३० वैशाखदेखि पूर्वी तराईको धरानबाट सुरु भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लाने प्रयास भइरहेपनि प्रभावहीन देखिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु संक्रमितका लागि मेवाको पात वरदान, शीघ्र स्वास्थ्यलाभका लागि यी ५ खाना (खाने तरिकासहित)

वर्षातको मौसममा डेंगु तथा मलेरियाको खतरा बढ्ने गर्छ । नेपालको पूर्वी तराई वैशाख अन्तिमबाट सुरु भएको डेंगुको संक्रमण फैलिनेक्रम अझै जारी छ । नियन्त्रणका अनेक उपाय आपनाउँदा पनि सफलता हात लाग्न सकेको छैन । हालसम्म डेंगु संक्रमितको संख्या ३ हजार कटिसकेको अवस्था छ भने पहाडी जिल्लाहरूमा पनि संक्रमण फैलिन थालेको छ । विशेषतः स्थानीयमा सचेतनाको कमी र रोगबारे ज्ञान भएका विषयमा पनि हेलचेक्य्राइँले डेंगु संक्रमण नियन्त्रणमा आउन नसकेको विशेषज्ञहरूको भनाइ छ । यस्तोमा डेंगुका बिरामीका लागि अत्यन्त लाभदायक ५ आहारबारेको अत्यन्त उपयोगी सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

डेंगु लामखुट्टेका कारण फैलिने रोग हो, जो कतिपय अवस्थामा प्राणघातक बन्ने गर्छ । डेंगु भाइरसको संक्रमणमा आएपछि व्यक्तिलाई ज्वरो आउँछ र शरीरमा प्लेटलेट्सको संख्या घट्न थाल्छ । यसैले डेंगुबाट बच्नका लागि सही डाइटको सेवन गर्नु अति आवश्यक हुन्छ । शरीरमा प्लेटलेट्सको संंख्या घट्नाले डेंगु संक्रमित बिरामीमा रोगप्रतिरोधात्मक क्षमता ज्यादै कम हुन्छ । यसका अलावा डेंगुले पाचन क्षमतालाई पनि कमजोर बनाइदिन्छ । तसर्थ, डेंगु संक्रमितले बेस्ट डाइट प्लानको अनुसरण गर्नु आवश्यक हुन्छ । यसकारण चिकित्सकहरू डेंगु संक्रमित बिरामीलाई यस्तो आहार सेवन गर्ने सल्लाह दिन्छन्, जसलाई पचाउन सजिलो होस् र जसको सेवनले शरीरमा प्लेटलेट्सको संख्या बढोस् । डेंगुका बिरामीको डाइट कस्तो हुनुपर्छ र कुन–कुन आहारको सेवनले शरीरमा प्लेटलेट्सको मात्रा बढ्छ त ?

१. मेवाको पात
मेवाको पात डेंगुका बिरामीका लागि वरदान मानिन्छ । शरीरमा तीव्र गतिमा घटिरहेको प्लेटलेट्सको संख्या बढाउन सबैभन्दा छिटो र असरदार उपचार मेवाको पातलाई मानिन्छ । डेंगुका बिरामीले मेवाको पातलाई पिसेर यसको रस पिउनुपर्छ । यसले शरीरमा सेतो रक्तकोषिकाको निर्माण हुन्छ, प्लेटलेट्स बढ्छ र रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।

मेवाको पात कसरी फइदाजनक ?
मेवाको पातमा काइमोपापिन (Chymopapin) र पापेन (Papain)जस्ता जरुरी इन्जाइम हुन्छन् । विशेषज्ञका अनुसार यी तत्त्वले शरीरमा प्लेटलेट्सको संख्यालाई सामान्य बनाउँछन् । यसको सेवनले ब्लड क्लोटिङ समान्य रहन्छ, साथै लिभरले पनि ठिकसित काम गर्छ । यसप्रकार यसको सेवनले डेंगुका बिरामीलाई छिटो ठिक हुनमा मद्दत पुग्छ ।

कसरी र कति मात्रामा गर्ने मेवाको पातको सेवन ?
रेड लेडी नामको मेवाको पात अधिक प्रभावशाली हुन्छ । पूरा लाभका लागि जो न ज्यादा नयाँ न ज्यादा पुराना पातको प्रयोग गर्नुपर्छ । प्रयोगका लागि सबैभन्दा पहिले पातलाई सफा पानीले धुनुपर्छ । त्यसपछि काठको ओखल वा सिलौटोमा विनापानी नुन वा चिनी मिलाएर पातलाई पिस्नुपर्छ । यसरी कुटिएको पातबाट जुस निकालेर दिनको दुईपटक पिउनुपर्छ । विशेषज्ञका अनुसार वयस्कले दिनको दुईपटक १० एमएलका दरले यो जुस पिउनुपर्ने हुन्छ । तर, ५ देखि १२ वर्षसम्मका बालबालिकालाई भने दिनको दुईपटक २.५ एमएलका दरले मात्र दिन सकिने विशेषज्ञको भनाइ छ ।

२. सुन्तला
डेंगु संक्रमित बिरामीलाई अमिला प्रजातिका फलफूल (साइट्रिक फ्रुट्स)को सेवन गर्ने सल्लाह दिने गरिन्छ । वास्तवमा अमिला फलफूलमा भिटामिन सीको मात्रा ज्यादा हुन्छ, जो रोगप्रतिरोधक क्षमता बढाउन जरुरी भिटामिन मानिन्छ । यसकारण डेंगुका बिरामीका लागि सुन्तलाको सेवन पनि निकै फाइदाजनक हुन्छ । सुन्तलाको जुस वा फल दुवै खान सकिन्छ । यद्यपि, जुसको तुलनामा फल नै बढी लाभदायक मानिन्छ, किनकि यसमा फाइबरको मात्रा बढी हुन्छ ।

३. बेसार
डेंगुको संक्रमणमा चिकित्सकको सल्लाहअनुसार सामान्य चिजहरूको पनि सेवन गर्न सकिन्छ । तर, डेंगु संक्रमितले खानामा बेसारको प्रयोग भने अवश्य गर्नुपर्छ । वास्तवमा बेसारमा कर्क्युमिन नामक तत्त्व हुन्छ, जसले प्रतिरोधात्मक क्षमता बढाउँछ र कैयौँ गम्भीर रोगबाट शरीरलाई बचाउँछ । यसका अलावा बेसारमा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेसन गुण हुन्छ । यसैले डेंगुका बिरामीले बेसारको सेवन अवश्य गर्नुपर्छ । डेंगु संक्रमितले चिकित्सकसित सल्लाह लिएर दैनिक सुत्नुअघि दूधमा बेसार मिलाएर पिउन पनि सक्छन् ।

४. पालुंगोको साग
पालुंगोको सागको सेवन पनि डेंगुका बिरामीका लागि निकै फाइदाजनक मानिन्छ । पालुंगो आइरन तत्त्वले भरिपूर्ण हुन्छ । साथै, पालुंगोमा ओमेगा३ फ्याटी एसिडको मात्रा पनि राम्रै पाइन्छ, जसले बिरामीको प्रतिरक्षाप्रणालीलाई मजबुत बनाउँछ । यसका अलावा पालुंगोले शरीरमा प्लेटलेट्स बढाउन पनि मद्दत गर्छ । पालुंगुको तरकारी, अन्य परिकार वा जुस बनाएर पनि सेवन गर्न सकिन्छले शरीरमा प्लेटलेट्स बढाउन पनि मद्दत गर्छ । पालुंगुको तरकारी, अन्य परिकार वा जुस बनाएर पनि सेवन गर्न सकिन्छ ।

५. नरिवलको पानी
डेंगुका बिरामीलाई चिकित्सकहरू प्रायः नरिवलको पानी पिउने सल्लाह दिन्छन् । डेंगुको संक्रमण हुनाले बिरामीको शरीर जलवियोजन (डिहाइड्रेसन)को सिकार हुन्छ, अर्थात् बिरामीको शरीरमा पानीको कमी हुन्छ । नरिवलको पानीमा अनेक मिनरल्स र इलेक्ट्रोलाइट्स हुन्छन्, जसले शरीरलाई डिहाइड्रेसनबाट बचाउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु संक्रमित ३ हजार पुगे, पहाडमा पनि फैलिँदै, ‘स्थानीयको हेलचेक्य्राइँ नियन्त्रणको बाधक’

तराईका विभिन्न जिल्लामा गर्मीयाममा देखिने विभिन्न रोगमध्ये यस वर्ष डेंगुले महामारीको रूप लिएको छ । ३० वैशाखदेखि पूर्वी तराईको धरानबाट सुरु भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । हालसम्म संक्रमितको संख्या ३ हजार नाघिसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

नेपालमा प्रत्येक वर्ष हजारौँ मानिस डेंगुबाट प्रभावित हुँदै आएका छन् । विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लानुपर्नेमा यस वर्ष विगतको तुलनामा डेंगुको प्रभाव झन् बढी देखिएको छ । संक्रमण सुरु भएको झन्डै ३ महिना पुग्न लाग्दासमेत नियन्त्रणमा आउन नसकेपछि मन्त्रालय तथा नियन्त्रणमा खटिएका निकायहरू अन्योलमा परेजस्तो देखिएको छ ।

स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको तथ्यांकअनुसार एक साताअघिसम्म २ हजार ८ सय ३ जना डेंगुबाट संक्रमित भइसकेका छन् । पछिल्लो साताको संक्रमितको यकिन तथ्यांक उपलब्ध नभइसके पनि अनुमानित संख्यालाई जोड्ने हो भने हालसम्म करिब ३ हजारमा डेंगुको संक्रमण भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमण धरान उपमहानगरपालिकामा पाइएको छ ।  नियमित रूपमा डेंगु नियन्त्रण तथा बच्ने उपायबारे सूचनाप्रवाह भइरहेको, लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यहरू नियमित रूपमा सञ्चालन आएको इडिसिटीले जनाए पनि रोग नियन्त्रणमा आउन नसक्नु चुनौतीको विषय बनेको छ ।

पोखरा र हेटौँडामा पनि फैलिँदै डेंगु संक्रमण
सामान्यतया तराई क्षेत्रमा मात्र देखिने गरेको डेंगुको संक्रमण पछिल्लो समय पहाडका जिल्लाहरूमा पनि देखिन थालेको छ । कास्कीको पोखरा महानगरपालिका–८ शिवालयमा १४ साउनमा पहिलोपटक बिरामीमा डेंगुको संक्रमण देखापरेको थियो । पोखरामा हालसम्म डेंगु संक्रमित बिरामीको संख्या १८ पुगेको तर हालसम्म कसैको पनि मृत्यु नभएको इडिसिडीले जनाएको छ ।

डेंगुको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्छन ।

त्यसैगरी, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ मा पनि डेंगुका बिरामी देखापरेका छन् । पहिलोपटक ११ साउनमा संक्रमण देखापरेकोमा हाल डेंगु संक्रमितको संख्या ३८ पुगिसकेको छ ।

डेंगुबारे जनचेतना भए पनि लामखुट्टे नष्ट गर्नतर्फ लाग्दैनन् स्थानीयवासी
धरान उपमहानगरपालिकावासीमा डेंगुबारे भरपुर जनचेतना भए पनि त्यसलाई व्यवहारमा उतार्ने नगरेको पाइएको छ । ‘स्थानीयवासी नगरपालिकाले नै आएर घर सफा गरिदिओस् भने चाहन्छन्,’ धरान उपमहानगरपालिकाका स्वास्थ्यशाखा  प्रमुख  रामबाबु यादव भन्छन्, ‘डेंगुका विषयमा जनचेतना भए पनि आफैँले आफ्नो घर सफा राख्ने मानसिकता छैन ।’

नियमित रूपमा डेंगुरोग नियन्त्रण तथा बच्ने उपायबारे सूचनाप्रवाह भइरहेको गरी लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान बढाए पनि स्थानीयवासीमा आफैँले आफ्नो घर सफा गर्नुपर्छ भन्ने मानसिकता नबनेको यादव बताउँन्छन् । ‘डेंगुले स्वास्थ्यमा गर्ने असरको जानकारी हुँदाहुँदै पनि हेलचेक्य्राइँ गरेपछि केन्द्र तथा प्रदेश सरकारले जति लगानी गरे पनि कार्यक्रम प्रभावकारी हुन सक्दैन,’ उनले भने ।

४–५ जनाको मृत्यु भए पनि रिर्पोट आएको छैन
डेंगु संक्रमणका लक्षण भएका ४–५ जनाको मृत्यु भए पनि मत्युको यकिन कारण खलेर रिपोर्ट नआएको यादव बताउँछन् । केन्द्र सरकारले हालसम्म ३ हजार किट पठाए पनि डेंगुका बिरामीको संख्या बढ्दै गएकाले त्यो संख्या अपुग हुने देखिएको छ ।

डेंगु र यसबाट बच्ने उपायबारे विराट मेडिकल कलेज शिक्षण अस्पतालका डा. रामकुमार मेहता  :

डेंगु के हो ?
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।

यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।

डेंगु संक्रमण कसरी हुन्छ ?
डेंगुको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गछन् ।

डेंगुका लक्षण के हुन् ?
साधारण लक्षण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगु विदाउट साइन (लक्षणविनाको डेंगु)मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।

असाधारण लक्षण
खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।

डेंगुबाट बच्ने उपाय के छन् ?
– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
–लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।
– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।
– शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।
– सरसफाइमा ध्यान दिनुपर्छ ।
– आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफासुग्घर राख्न मद्दत गर्नुपर्छ ।

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कस्तो प्रकारको रोग हो डेंगु ? कसरी बच्ने ?

गर्मी मौसममा विशेषगरी तराईमा विभिन्न किसिमका रोग फैलिन्छन् । हुन त गर्मीमा जुनसुकै ठाउँमा पनि रोगको प्रकोप देखापर्छन् । त्यसमाथि पनि वर्षाका कारण निम्तिने प्राकृतिक प्रकोपले पनि विभिन्न रोग फैलिरहेका हुन्छन् । विशेषगरी तराईमा फरकखालका रोगले व्यक्तिहरू संक्रमित भइरहेका हुन्छन् । तराईमा गर्मीयाममा देखिने विभिन्न रोगमध्ये अहिले महामारीको रूपमा फैलिँदै गएको रोग हो, डेंगु ।

बूढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पनि अहिले प्रत्येक दिनजसो डेंगुका बिरामीको उपचार भइरहेको छ । वास्तवमा डेंगु के हो ? यसका लक्षण के–के हुन् ? यो रोग कसरी फैलिन्छ ? अनि यो रोगबाट बच्ने उपाय के–के हुन् ? यी विषयमा केन्द्रित भएर विराट मेडिकल कलेज टिचिङ हस्पिटल मेडिसिन विभागका डा. रामकुमार मेहेतासँगको कुराकानीका आधारमा तयार पारिएको यो सामग्री प्रस्तुत छ ।

डेंगु संक्रमित ९७ प्रतिशत बिरामीमा सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । साधारण लक्षणमा ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेलगायत हुन्छन् । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुनु, रक्तचाप कम हुनु र रगतमा प्लेटलेट्स कम भएमा खटिरा धेरै आउन डेंगुका असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने नभई लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसका कारण अन्य रोगले आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।

डेंगु के हो ?
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।

यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।

डेंगु संक्रमण कसरी हुन्छ ?
डेंगुको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गछन् ।

डेंगुका लक्षण के हुन् ?
साधारण लक्षण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगु विदाउट साइन (लक्षणविनाको डेंगु)मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।

असाधारण लक्षण
खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।

डेंगुबाट बच्ने उपाय के छन् ?
– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
–लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।
– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।
– शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।
– सरसफाइमा ध्यान दिनुपर्छ ।
– आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफासुग्घर राख्न मद्दत गर्नुपर्छ ।

(विराट मेडिकल कलेज टिचिङ हस्पिटल)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु परीक्षण किट ६ गुणासम्म बढी मूल्यमा स्वास्थ्यसंस्थाबाटै विक्री, कारबाही गर्ने मन्त्रालयको चेतावनी

एक महिनाअघिदेखि धरानलगायत पूर्वी तराईका अन्य जिल्लामा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहँदा स्थानीयवासीसँग अस्पताहरूले गुणासम्म रकमसम्म लिएर किट बेच्ने गरेको पाइएको छ । डेंगु परीक्षणमा प्रयोग हुने टेस्ट किटमा कालोबजारी भइरहेको उजुरी परेपछि कसुर गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ ।

आइतबार सूचना जारी गर्दै मन्त्रालयले डेंगु परीक्षणका क्रममा पूर्वका अस्पताललगायत मेडिकल कलेजहरूले ४ सय रूपैयाँ पर्ने परीक्षण टेस्ट किटलाई १८ सयदेखि २४ सयसम्म लिने गरेको गुनासो आएपछि ठगी गर्नेलाई कारबाही गर्ने जनाएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बढी मूल्य लिएको पाइएमा कारबाही हुने बताए ।

प्रवक्ता श्रेष्ठले सेवा प्रदान गर्ने निकायमा अनुगमन तथा सुपरीवेक्षण गर्ने–गराउने व्यवस्था मिलाइएको भन्दै टेस्ट किटलाई सुपथ मूल्यमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए । पछिल्लो समय डेंगुको संक्रमण फैलिएसँगै किटको माग बढ्न थालेपछि त्यसको फाइदा उठाउँदै प्रभावित क्षेत्रका स्वास्थ्यसंस्थाहरुले चर्को मूल्यमा किट बेच्दै आएको गुनासो उपभोक्ताले गर्दै आएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

धरानमा एकै दिन ८९ डेंगुका बिरामी, महामारी नियन्त्रणबाहिर

एक महिनादेखि डेंगु महामारी फैलिएको सुनसरीको धरान उप–महानगरपालिकामा एकै दिनमा ८९ जनामा नयाँ बिरामी भेटिएका छन् । यो सँगै सो क्षेत्रमा सक्रमितको संख्या ४०४ पुगेको छ ।

बैशाख ३० मा पहिलो बिरामी भेटिएको धरानमा पछिल्ला दिनमा बिरामीको संख्या घट्नुको सट्टा बढ्दै गएपछि रोग नियन्त्रणबाहिर गएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु यादवले बताए । ‘बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिजयपुर अस्पतालमा मात्रै हिजो ८९ जना नयाँ बिरामी प्रमाणित भएकोछ,’ उनले भने ।

पछिल्ला दिनमा इटहरी उप महानगरपालिका क्षेत्रमा समेत डेंगु देखापर्न थालेको छ । महाशाखाका अनुसार इटहरीमा जेठ १९ देखि २८ सम्ममा ७ जनामा डेंगु देखिएको छ ।

तीमध्ये ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र अरु उपचारपछि घर फर्किसकेको उपमहानगरपालिकाले जनाएको छ ।

तीबाहेक झापाबाट पनि बिरामी आउन थालेको महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले जानकारी दिए । एपेक्स अस्पताल १ जना र इटहरी अस्पतालमा पनि ३ जनामा डेंगु रोग देखा परेको महाशाखाले जनाएको छ ।

डेंगुबाट धरान नगरपालिकाको वार्ड नं. १५ र ८ वढि प्रभावित भएका छन् । यादवका अनुसार सबैभन्दा बढी ठूला लामखुट्टे नष्ट गर्नका लागि विसादी छिर्काउ गरिएपनि रोग बढ्न क्रम रोकिएको छैन् । यादवले स्थानीय प्रतिनिधि, जनसमुदाय सबैले लार्भा नष्ठ गर्ने र लामखुट्टेको बासस्थान नै नष्ठ गर्न अभियान नचलाए रोग नियन्त्रणमा ल्याउन सकिने अवस्था छैन् ।

तीबाहेक ९, ७ र १३ मा पनि रोग देखा पर्न थालेको महाशाखाको भनाई छ । यादवका अनुसार अहिलेपनि घर वरपर समुदायमा सरसफाईमा भन्दा धुँवाबाट लामखुट्टे मार्न कुरामा स्थानीयको बढी चासो देखिएको छ । यसले रोग नियन्त्रणमा चुनौती थपेको छ ।

सरकारले डेंगी महामारी क्षेत्रमा ‘घरमा राखिएको सफा पानी, गमला, टायर, खाल्डाखुल्डीमा जमेको पानीमा पनि लामखुट्टेका लार्भा रहने ठाउँहरु नष्ठ गर्न आग्रह गरेको छ । पोखरेलका अनुसार प्रभावित ठाउँमा ‘खोज र नष्ट गर’ अभियानसहित टायर, बोतल, गमला तथा बाटोमा जमेको पानीका खाल्डाखुल्डी पुर्ने तथा टोल–टोलमा गएर जनचेतना जगाउने काम भइरहेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नियन्त्रणमा आएन धरानमा डेंगु, संक्रमितको संख्या २४०

दुईसाता धरान उपमहानगरपालिका फैलिएको डेंगुबाट संक्रमितको संख्या २४० पुगेको छ । रोग नियन्त्रणका लागि संक्रमण गराउने लामखुट्टका बासस्थान खोजी र लार्भाहरु नष्ट गर्ने अभियान जारी राखेपनि बिरामीको संख्या घट्न नसकेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा मात्रै २ सय जना र बाहिर विभिन्न संस्थामा ४० जनामा संक्रमण पुष्टि भएको बताए । रोग नियन्त्रणका लागि खटिएको -यापिड रेस्पोन्स टीमले उपमहानगरपालिका बढी विरामी भेटिएका ९ र १० नम्बर वडा जनचेतनासँगै तथा लार्भा र लामखुट्टे प्रदर्शन गरी स्थानीयलाई रोगबाट बच्ने जानकारी दिए थियो ।

वडा नं १० मा विभिन्न स्थानमा घरदैलो तथा लार्भा नष्ट गरिएको यादवले जानकारी थिए । बैशाख २९ गतेदेखि सुरु भएको थियो । यसबीचमा उपचारसँगै किटजन्य रोग नियन्त्रण तालिम केन्द्र तथा अनुसन्धान केन्द्र हेटौडाको सहयोगमा लामखुट्टे तथा लार्भा समातेर अन्य वडाहरुमा डेंगी सार्नसक्ने भन्दै प्रदर्शन तथा लार्भा चिनाउने अभियान जारी राखेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाले एमबिबिएस चिकित्सक, नर्सिङ्ग तथा एमपिएच अध्ययनरत विधार्थीहरुलाइ डेङ्गु नियन्त्रणको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

धरानमा फैलिएको डेंगु नियन्त्रणमा आउन सकेन, संक्रमित १९६ पुगे, इटहरीमा पनि संक्रमण सुरु

सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा तीन सातादेखि फैलिएको डेंगुरोग अझै नियन्त्रणमा आउन सकेको छैन । ३१ वैशाखमा ३ बालबालिकाबाट सुरु भएको डेंगुको संक्रमण फैलिँदै जाँदा १ सय ९६ जनामा डेंगु फेलापरिसकेको छ । यद्यपि, हालसम्म यसक्रममा डेंगुले ज्यान लिएको भने खबर छैन ।

धरान उपमहानगरपालिकाका स्वास्थ्यकर्मी रामबाबु यादवले हेस्थपोस्टसँगको टेलिफोन सम्पर्कमा भने, ‘खोज र नष्ट गर’ अभियान तीव्र रूपमा चलाए पनि डेंगुको प्रकोप नियन्त्रणमा आउनुको सट्ट झन् फैलिँदै गएको छ ।’ यादवका अनुसार हाल बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १५ जना बिरामीको उपचार भइरहेको छ ।
‘अझै पनि समुदायमा जनचेतनाको कमी छ,’ यादवले भने, ‘हामीले लार्भा यो हो, यसरी नष्ट गर्नुपर्छ भन्ने ज्ञान दिए पनि समुदायका मानिसले लामखुट्टेको लार्भालाई किरा भनेर हेलचक्याइँ गरेको अवस्था छ, जसले गर्दा दिनप्रतिदिन डेंगुका बिरामी बढ्दै छन् ।’

इटहरीमा पनि ३ जनामा डेंगु देखिएको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका प्रवक्ता घनश्याम पोखरेलले जानकरी दिए । पोखरेलका अनुसार प्रभावित क्षेत्रमा ‘खोज र नष्ट गर’ अभियान जारी छ । यसका साथै जनचेतनाको काम पनि भइरहेको उनले बताए ।

३१ वैशाखमा ३ बालबालिकाबाट सुरु भएको डेंगुको संक्रमण फैलिँदै जाँदा १ सय ९६ जनामा डेंगु फेलापरिसकेको छ । इटहरीमा पनि ३ जनामा डेंगु देखिएको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका प्रवक्ता घनश्याम पोखरेलले जानकरी दिए ।

धरान उपमहानगरपालिकाका ८, १० र १५ नम्बर वडा सबैभन्दा बढी डेंगुबाट प्रभावित बनेका छन् । डेंगु प्रभावित क्षेत्रमा बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाको समन्यवमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ ।
यादवका अनुसार ‘र्यापिड रेस्पोन्स’ टोलीको गठन गरी डाक्टर तथा स्वास्थ्यकर्मीको सहभागितामा लार्भा नष्ट गर्ने काम भइरहेको छ । तर, अझै पनि जनसमुदायमा चेतनाको विस्तार हुन नसक्दा समस्या देखिएको छ ।

धरानमा डेंगुको संक्रमण फैलिन थालेपछि सोको नियन्त्रणका लागि केन्द्रबाट १९ जेठमा स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीको नेतृत्वमा इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका डा. समीर अधिकारी, प्राविधिक प्रकाश घिमिरेलगायतको विशेषज्ञ टोली धरान पुगेको थियो । टोलीले स्थानीय सरकार, बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानलगायतसित छलफल गरी रोगनियन्त्रणका लागि रणनीति तर्जुमा गरी अभियान सञ्चालन गरेको थियो । सरकारको भरमज्दुर प्रयासका बाबजुद पनि तीन साता बितिसक्दा पनि डेंगु नियन्त्रणमा आउन नसकी उल्टै नयाँ ठाउँहरूमा संक्रमण फैलिँदै जानुले चुनौती खडा गरेको छ ।

संक्रमित लामखुट्टेको टोकाइका कारण सर्ने डेंगुरोग मानिसबाट मानिसमा भने नसर्ने विशेषज्ञको भनाइ छ । गर्मी बढेसँगै विशेषगरी तराईका जिल्लाहरूमा डेंगुले जनसाधारणलाई ग्रस्त बनाउने गरेको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुको विकल्प नभएको विशेषज्ञ चिकित्सकहरू बताउँछन् । सर्वसाधारणमा लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे चेतना विस्तार नभएसम्म डेंगु नियन्त्रण चुनौतीकै रूपमा रहने उनीहरूको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु नियन्त्रणका लागि विभागका महानिर्देशक नेतृत्वको टोली धरानमा, टोल–टोलमा जनचेतना र ‘खोज र नष्ट गर’ अभियान जारी

धरानमा डेंगुको संक्रमण फैलिनेक्रम बढिरहेको छ । स्वास्थ्यसेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार हालसम्म ७७ जनामा डेंगु फेलापरेको छ । डेंगु संक्रमित बिरामीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । प्रतिष्ठानमा ६४ र विजयपुर अस्पतालमा १३ जनाको उपचार भइरहेको महाशाखाले जनाएको छ ।

विभागका महानिर्देशक नेतृत्वको विशेषज्ञ टोली आइतबारदेखि धरानमा

डेंगुको संक्रमण फैलिँदै गएपछि स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीको नेतृत्वमा महाशाखाका डा. समीर अधिकारीसहित प्राविधि प्रकाश घिमिरेको विशेषज्ञ टोली घरान पुगेको छ । आइतबार धरान पुगेको टोलीले उपमहानगरका मेयर तथा बिपी प्रतिष्ठानका निर्देशकसँग बसेर डेंगु संक्रमणको पछिल्लो अवस्था र नियन्त्रणका लागि अपनाउने उपायबारे छलफल गरेको थियो । टोलीले संक्रमित तथा प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा दिउँसो टोक्ने प्रजातिका लामखुट्टेको बिगबिगी पाइएको टोलीका सदस्य डा. अधिकारीले बताए । ‘घरमा राखिएको सफा पानी, गमला, टायर, खाल्डाखुल्डीमा जमेको पानीमा पनि लामखुट्टेका लार्भा रहेको पाइयो,’ उनले हेल्थपोस्टसँगको कुराकानीका क्रममा मंगलबार धरानबाट भने, ‘समुदायमा जनचेतना जगाउने तथा लामखुट्टे नष्ट गर्ने काम भइरहेको छ ।’ बुधबारबाट ‘खोज र नष्ट गर’ अभियानसहित टोल–टोलमा परिचालित हुने डा. अधिकारीले बताए ।

टायर, बोतल, गमला तथा बाटोमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटिएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले बताए । पोखरेलका अनुसार धरान उपमहानगरपालिका–१५ मा डेंगुको प्रकोप बढी फैलिएको छ । यसका साथै ७, ९ र १३ नम्बर वडामा समेत बिरामी फेलापर्न थालेका छन् । ‘संक्रमण फैलिए पनि हालसम्म कसैको पनि मुत्यु भएको छैन,’ पोखरेल भन्छन्, ‘प्रभावित क्षेत्रका लागि महाशाखाले आवश्यक औषधि तथा ७ सय किटबक्स पठासकेको छ ।’ पोखरेलका अनुसार प्रभावित ठाउँमा ‘खोज र नष्ट गर’ अभियानसहित टायर, बोतल, गमला तथा बाटोमा जमेको पानीका खाल्डाखुल्डी पुर्ने तथा टोल–टोलमा गएर जनचेतना जगाउने काम भइरहेको छ ।

डेंगुरोग र यसबाट बच्ने उपायबारे सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन यसो भन्छन् ः

डेंगु मान्छेबाट मान्छेमा सर्ने प्रकारको रोग होइन, लामखुट्टेको टोकाइका कारण मात्र लाग्ने रोग हो । चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो । पानी परिरहेको समयमा पनि जमेको पानी हल्लिएको हल्लियै हुने भएकाले पनि यो समय डेंगु संक्रमण गराउने लामखुट्टेका लागि उपयुक्त समय हो । मनसुनका वेला भएको वर्षाभन्दा यो समयमा सहरी क्षेत्रमा खाल्डाखुल्डीमा स्थिर रूपमा पानी जमिरहने भएकाले पनि यो समय यस्ता लामखुट्टेका लागि अनुकूल मानिएको छ ।

सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न गएको हो । प्लास्टिकमा रेडिमेड खाना खाने प्रचलन र जथाभावी उक्त प्लास्टिक फाल्ने प्रचलनले पनि पनि डेंगुको प्रकोप बढेको हो । नेपालमा मात्रै नभई भारत तथा बंगलादेशमा पनि डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुरोगका ती क्षेत्रका कतिपय बिरामी उपचारका लागि टेकु अस्पताल पनि आउने गरेका छन् । मलेसियाबाट पनि डेंगुका बिरामी उपचारका लागि नेपाल आउने गरेका छन् । जंगली क्षेत्र बढी भएको ठाउँमा डेंगुको प्रकोप बढी पाइन्छ । जनघनत्व बढ्दै जाँदा यसको प्रकोप बढ्दै जान्छ । एउटै लामखुट्टेले पनि अनेकौँ व्यक्तिलाई डेंगु सार्न सक्छ । जहाँ सहरी विकास बढी हुन्छ, जनसंख्या बढी हुन्छ, त्यस्तो क्षेत्रमा डेंगुको प्रकोप बढी हुन्छ ।

व्यापक रूपमा भएको सहरीकरण, निर्माण तथा मर्मतका लागि बनाइएका कारखाना बढी भएकाले पनि काठमाडौंमा पछिल्लो समयमा डेंगुको प्रकोप एकदमै बढ्दै गएको छ । टोल–टोल, समुदाय–समुदायमा रहेका खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्छ । प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ । नेपालको मेची अञ्चल अस्पतालमा भने उपचारका क्रममा झुल लगाउने परिपाटीसमेत विकास भइसकेको छ । त्यो एकदमै सह्रानीय कदम हो ।

लक्षण
– मनसुनको अन्त्य भएसँगै एक्कासि ज्वरो आउने । यस्तोमा तुरुन्त स्वास्थ्यपरीक्षणका लागि जानु आवश्यक हुन्छ ।
– आँखाको गेडी दुख्ने ।
– जोर्नी दुख्ने ।
– एलर्जी हुने ।
– पेट दुख्ने ।
– वाकवाकी लाग्ने ।
– गिजा, नाक तथा दिसा–पिसाबमा रगत देखापर्ने ।
उल्लिखित सबै कुराको सम्मिश्रण भएमा डेंगु भएको शंका गर्नुपर्ने हुन्छ ।

उपचार
लक्षणका आधारमा डेंगुको उपचार गर्ने गरिन्छ । यसको विशेषखालको औषधि भने छैन । भ्याक्सिनको चर्चा गरिए पनि त्यो प्रयोगमा भने आएको छैन । त्यसैले उपचार विधिभन्दा पनि कसरी बच्ने भन्नेमा ध्यान दिनु आवश्यक छ । रोग लागिहालेमा पनि यसका कारण मर्ने सम्भावना कमै हुन्छ ।

रोकथाम
– लामखुट्टेका लागि उपयुक्त वातावरण सिर्जना गर्नु भएन ।
– डेंगु गराउने लामखुट्टे भएको क्षेत्रको पहिचान गरी त्यसलाई सखाप पार्ने ।
– उपचारका क्रममा झुल लगाउने प्रविधि अपनाउने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु न मान्छेबाट मान्छेमा सर्छ, न त संक्रमण हुँदैमा मर्छ


हिजो मात्रै डेंगु संक्रमित काठमाडौं ढुंगेधारा निवासी एकजना महिलासँग मेरो भेट भयो । भेटमा उनले डेंगुका कारण आफू र आफ्नो परिवारका सबैजना बिरामी भएको बताइन् । उनलाई पहिले नै डेंगु भएको भए पनि उपचारका लागि ढिलो मात्रै अस्पताल आइपुगेकी थिइन् । उपचारका क्रममा आउँदा उनले आफ्नो बसोवास क्षेत्रवरिपरि असंख्य लामखुट्टे भएको बताएकी थिइन् । बसोवासवरिपरि धेरै ढल तथा अन्य फोहोरयुक्त स्थान भएका कारण आफूलाई उक्त रोग लागेको उनको गुनासो थियो ।

चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो ।

डेंगु लागेका सबै बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल आउने गर्दैनन् । कतिपय रोगी आफूअनुकूल नजिकको क्लिनिकमा जाने गर्छन् । यो रोगले सबै बिरामीलाई नाजुक स्वास्थ्यअवस्था पनि पुर्याउँदैन ।
डेंगु मान्छेबाट मान्छेमा सर्ने प्रकारको रोग होइन, लामखुट्टेको टोकाइका कारण मात्र लाग्ने रोग हो । हरेक वर्ष नेपालको चितवन, बुटवल, सर्लाही, धादिङलगायत भू–भागमा डेंगुको प्रकोप फैलिने गरेको छ । धादिङमा गत वर्ष डेंगुको संक्रमण गराउने लामखुट्टेको वासस्थान पहिचान तथा निर्मूल गराउने कार्यक्रम नै सञ्चालन गरिएको थियो । मैले नै बिरामी आएको अनुभवका आधारमा उक्त कार्यक्रम सञ्चालन आवश्यक रहेको बताएको थिएँ ।
मेरो उपचार अनुभवमा धादिङबाट डेंगु संक्रमणका बिरामी धेरै आएका छन् । त्यसैगरी वीरगन्जबाट पनि बिरामी आउने गरेको पाएको छु । चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो । पानी परिरहेको समयमा पनि जमेको पानी हल्लिएको हल्लियै हुने भएकाले पनि यो समय डेंगु संक्रमण गराउने लामखुट्टेका लागि उपयुक्त समय हो । मनसुनका वेला भएको वर्षाभन्दा यो समयमा सहरी क्षेत्रमा खाल्डाखुल्डीमा स्थिर रूपमा पानी जमिरहने भएकाले पनि यो समय यस्ता लामखुट्टेका लागि अनुकूल मानिएको छ ।

प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ ।

सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न गएको हो । प्लास्टिकमा रेडिमेड खाना खाने प्रचलन र जथाभावी उक्त प्लास्टिक फाल्ने प्रचलनले पनि पनि डेंगुको प्रकोप बढेको हो ।
नेपालमा मात्रै नभई भारत तथा बंगलादेशमा पनि डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुरोगका ती क्षेत्रका कतिपय बिरामी उपचारका लागि टेकु अस्पताल पनि आउने गरेका छन् । मलेसियाबाट पनि डेंगुका बिरामी उपचारका लागि नेपाल आउने गरेका छन् । जंगली क्षेत्र बढी भएको ठाउँमा डेंगुको प्रकोप बढी पाइन्छ । जनघनत्व बढ्दै जाँदा यसको प्रकोप बढ्दै जान्छ । एउटै लामखुट्टेले पनि अनेकौँ व्यक्तिलाई डेंगु सार्न सक्छ । जहाँ सहरी विकास बढी हुन्छ, जनसंख्या बढी हुन्छ, त्यस्तो क्षेत्रमा डेंगुको प्रकोप बढी हुन्छ ।
व्यापक रूपमा भएको सहरीकरण, निर्माण तथा मर्मतका लागि बनाइएका कारखाना बढी भएकाले पनि काठमाडौंमा पछिल्लो समयमा डेंगुको प्रकोप एकदमै बढ्दै गएको छ । टोल–टोल, समुदाय–समुदायमा रहेका खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्छ ।
प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ । नेपालको मेची अञ्चल अस्पतालमा भने उपचारका क्रममा झुल लगाउने परिपाटीसमेत विकास भइसकेको छ । त्यो एकदमै सह्रानीय कदम हो ।

लक्षण
– मनसुनको अन्त्य भएसँगै एक्कासि ज्वरो आउने । यस्तोमा तुरुन्त स्वास्थ्यपरीक्षणका लागि जानु आवश्यक हुन्छ ।
– आँखाको गेडी दुख्ने ।
– जोर्नी दुख्ने ।
– एलर्जी हुने ।
– पेट दुख्ने ।
– वाकवाकी लाग्ने ।
– गिजा, नाक तथा दिसा–पिसाबमा रगत देखापर्ने ।
उल्लिखित सबै कुराको सम्मिश्रण भएमा डेंगु भएको शंका गर्नुपर्ने हुन्छ ।

उपचार
लक्षणका आधारमा डेंगुको उपचार गर्ने गरिन्छ । यसको विशेषखालको औषधि भने छैन । भ्याक्सिनको चर्चा गरिए पनि त्यो प्रयोगमा भने आएको छैन । त्यसैले उपचार विधिभन्दा पनि कसरी बच्ने भन्नेमा ध्यान दिनु आवश्यक छ । रोग लागिहालेमा पनि यसका कारण मर्ने सम्भावना कमै हुन्छ ।

रोकथाम
– लामखुट्टेका लागि उपयुक्त वातावरण सिर्जना गर्नु भएन ।
– डेंगु गराउने लामखुट्टे भएको क्षेत्रको पहिचान गरी त्यसलाई सखाप पार्ने ।
– उपचारका क्रममा झुल लगाउने प्रविधि अपनाउने ।

डा.पुन शुक्रराज ट्रपिकल अस्पताल टेकूमा कार्यरत छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु सार्ने लामखुट्टेको वासस्थान खोज्दै तिलोत्तमा नगरपालिका, ‘डेंगु खोज र नष्ट गर’ अभियान तीव्र


रुपन्देहीमा डेंगुबाट ५५ जना प्रभावित भएपछि डेंगु प्रभावित नगरपालिकाहरूले सचेतना अभियान सञ्चालन गरेका छन् । प्रभावितमध्ये सबैभन्दा बढी बुटवल र त्यसआसपासका नगरपालिकाका बासिन्दा देखिएपछि ती नगरमा अभियान सुरु गरिएको हो ।
बढी सहरीकरण भएका वडामा अभियान केन्द्रित गरी डेंगु सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट अभियान सुरु गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । अभियानको उद्घाटन नगरका मेयर वासुदेव घिमिरेले शंकरनगर चोकबाट गरेका छन् ।


अभियानमा जनप्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, कर्मचारी, सुरक्षकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारीलगायतको सहभागिता छ । अभियानअन्तर्गत २ दिनसम्म घर–घरमा पुगेर डेंगु रोगबारे सचेत गराइने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक काशीनाथ बन्जाडेले बताए । स्वास्थ्य शाखाले डेंगु ज्वरोबारे सचेतना अभिवृद्धिका लागि पर्चासमेत वितरण गरेको छ । यसअघि बुटवल उपमहानगरले पनि स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थालाई परिचालन गरी ‘डेंगु खोज र नष्ट गर’ अभियान चलाएको थियो ।

डेंगु लागिसकेपछि बिरामीको टाउको असाध्यै दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने उनले जानकारी दिए ।

कात्तिकदेखि मंसिरसम्म डेंगुरोगको जोखिम बढी रहने भएकाले यो समयमा बढी सावधानी अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले अनुरोध गरेको छ । केही वर्षअघि रूपन्देहीमा डेंगुले महामारीको रूप लिएको थियो ।


स्वास्थ्य शाखा संयोजक बन्जाडेले एडिस एजिप्टाई लामखुट्टे कालो रङको हुने र त्यसमा सेतो थोप्लो पनि देखिने बताए । डेंगु लागिसकेपछि बिरामीको टाउको असाध्यै दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने उनले जानकारी दिए ।

उनले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्नेमा जोड दिए । एडिस जातको लामखुट्टेको वृद्धि रोक्न पानी जम्न सक्ने भाँडा, गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, टायर आदिमा पानी जम्न दिन नहुने उनले बताए ।
यस्तै, पानीट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने तथा जम्मा भएको पानी सफा गर्ने, फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने गरेमा लामखुट्टेले फुलपार्न नसक्ने उनले जानकारी दिए ।
सहरी क्षेत्रमा बढी देखिने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुरोग भाइरल ज्वरोका रूपमा देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् । जनस्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले एडिस एजिप्टाई नामक लामखुट्टेको प्रजनन क्षमता फोहोर पानीमा भन्दा सफा पानीमा क्रियाशील हुने भएकाले यो रोगको जोखिम सहरी क्षेत्रमा बढी हुने गरेको बताए ।


तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि र स्वास्थ्यसंस्थाका प्रमुखहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै भेक्टर कन्ट्रोल निरीक्षक साहले वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीट्ंयाकी आदिमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले फुल पार्ने बताए ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भयावह बन्दै डेंगु, हजार बिरामी, सय किट

अक्टोबरदेखि डिसेम्बर महिना डेंगु संक्रमणका लागि जोखिमपूर्ण हुन् । त्यसमा पनि नोभेम्बर डेंगु संक्रमणको सर्वाधिक जोखिम समय हो । दशकभन्दा बढी समयदेखि नेपालमा यो समयमा डेंगुले सयौँ मानिस प्रभावित हुँदै आएका छन् । प्रत्येक वर्ष डेंगुका कारण धेरै नेपाली ज्यान गुमाउन बाध्य छन् । विगतको अनुभवकै आधारमा पनि सतर्कता अपनाउँदै रोगनियन्त्रणमा राज्यको तत्परता हुनुपर्ने हो । तर, यसवर्ष विगतभन्दा अझै अन्योल बढेको देखिएको छ ।

पोखरामा डेंगु प्रकोप, परीक्षणका लागि किट छैन
करिब २ साताअघिदेखि पोखराको लप्सीफेदीमा ८० जना बिरामीमा डेंगु पुष्टि भइसकेको छ । त्यस्तै, पाँच सयभन्दा बढी बिरामी उस्तै लक्षणबाट प्रभावित भई अस्पताल भर्ना भएका छन् । तर, स्वास्थ्य अधिकारीहरू डेंगु परीक्षण गर्ने ‘र्यापिड डायग्नोस्टिक किट’को अभावमा उपचार तथा रोगनियन्त्रणमा समस्या भएको बताउँछन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले पोखरामा केही मात्रामा बिरामी देखिएपछि सयवटा किट पठाएको छ । ‘सबै बिरामी परीक्षण गराएर विश्वस्त हुन चाहन्छन्,’ टेकु अस्पतालका निर्देशक तथा वरिष्ठ भाइरोजोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘तर, त्यति किटले कस–कसलाई परीक्षण गर्ने भन्ने कुराले स्थानीय स्वास्थ्यकर्मी अन्योलमा छन् ।’
लामो ज्वरो र डेंगुसँग मिल्ने अन्य लक्षणबाट प्रभावित धेरै बिरामी पोखरास्थित गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा उपचाररत छन् ।

जनस्वास्थ्य भन्छ– सबै बजेट महानगरसँग छ, उसैले जिम्मा लिनुपर्ने हो । महानगर भन्छ– हामीलाई केही थाहै छैन, जनस्वास्थ्य नै आधिकारिक निकाय भएकाले समयमै जानकारी गराउनुपर्ने हो । कतिसम्म भने, आकस्मिक बैठक राख्न पनि खाजा कसले खुवाउने, भत्ता कसले दिने, संयोजन कसले गर्ने भन्नेमै अल्झिएको अवस्था छ ।

निःशुल्क उपचार नपाएको प्रति बिरामीको गुनासो रहेको निर्देशक पाण्डे बताउँछन् । ठूलो संख्यामा बिरामी बढ्न थालेपछि गण्डकी प्रदेश सरकारले स्थानीयस्तरमा डेंगु नियन्त्रण तथा उपचार तालिमका लागि डा. पाण्डेलाई बोलाएको थियो । ‘बिरामीको बढ्दो माग र अपर्याप्त किटको समस्या समाधानका लागि रगतमा प्लेटलेटको संख्या एक लाखभन्दा कम हुनेलाई मात्र किट प्रयोग गर्न हामीले तालिमका क्रममा स्थानीय स्वास्थ्यकर्मीलाई सुझाब दियौँ,’ डा. पाण्डेले भने ।

समन्वय अभावमा उपचारमा समस्या
ठूलो संख्यामा बिरामी देखापरिसक्दा पनि कसले पहलकदमी लिने भन्ने अन्योल हुँदा उपचारमा ढिलाइ भएको छ । रोग नियन्त्रणका लागि अर्थ मन्त्रालयको निर्देशनमा सम्पूर्ण बजेट स्थानीय तहमा पुगिसकेको छ । तर, महानगर, प्रदेश तथा जनस्वास्थ्य कार्यालयबीच कसले पहलकदमी लिने भन्नेमा अन्योल छ । जनस्वास्थ्य भन्छ– सबै बजेट महानगरसँग छ, उसैले जिम्मा लिनुपर्ने हो । महानगर भन्छ– हामीलाई केही थाहै छैन, जनस्वास्थ्य नै आधिकारिक निकाय भएकाले समयमै जानकारी गराउनुपर्ने हो । कतिसम्म भने, आकस्मिक बैठक राख्न पनि खाजा कसले खुवाउने, भत्ता कसले दिने, संयोजन कसले गर्ने भन्नेमै अल्झिएको अवस्था छ ।

पोखरा प्रमुख पर्यटकीय स्थल भएकाले त्यहाँ महामारी फैलिएमा एकातिर देशैभर रोगको संक्रमण फैलने खतरा छ भने अकोतर्फ पर्यटन व्यवसाय नराम्ररी प्रभावित हुने जोखिम छ । यसप्रति अहिले अधिकारीहरू चिन्तित देखिएका छन् । यसै सन्दर्भमा केन्द्र, प्रदेश, महानगर र जनस्वास्थ्यका प्रतिनिधिबीच पोखरामा भएको डेंगु नियन्त्रणसम्बन्धी छलफलमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरमाया पुनलाई रोगको जोखिम र वर्तमान वस्तुस्थितिबारे जानकारी गराइएको छ । पुनले डेंगु नियन्त्रणका लागि प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

केही समयअघि वनस्थलीआसपासबाट आएका डेढ दर्जन बिरामीमा डेंगु पुष्टि भएपछि इडिसिडीले टिम पठाएर ‘सर्च एन्ड डेस्ट्रोए’ अभियान सञ्चालन गरेको थियो । भाइरको सरुवा चरित्रका कारण अर्को वर्ष डेंगुले कुन क्षेत्रमा डेरा जमाउँछ भन्ने अनुमान लगाउन कठिन भएकाले सबैले यस रोगप्रति वेलैमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

किट अभावबारे इडिसिडीका निर्देशक डा. विवेककुमार लाल देशैभर आपूर्ति गर्न पुग्ने गरी किट खरिद गर्न केन्द्रसँग बजेट नभएको बताउँछन् । ‘हामीले आवश्यक बजेट स्थानीय सरकारलाई दिइसकेका छौँ । योजना बनाउँदा नै अर्थ मन्त्रालयको निर्देशनअनुसार खरिदका लागि सबै बजेट स्थानीय सरकारलाई प्रत्यायोजन गरिसकिएको छ,’ डा. लालले भने, ‘तर पनि रोगको जोखिम देखिएका स्थानमा जसोतसो ५० देखि १०० किट हामीले उपलब्ध गराएकै छौँ ।

त्यसभन्दा बढी हामीसँग क्षमता छैन । तर, जे भए पनि महामारी नियन्त्रणको जिम्मा केन्द्र सरकारले लिनुपर्ने हो । भारतका धेरै राज्यलगायत संघीय संरचनाका अधिकांश मुलुकमा महामारी नियन्त्रणलगायत आकस्मिक व्यवस्थापनका लागि केन्द्र सरकार तयारी अवस्थामा रहनुपर्छ ।’ यस्ता समस्यामा के गर्ने भन्नेबारे मुख्यमन्त्रीको उपस्थितिमा छलफलसमेत गरिसकेको उनले बताए ।

बसाइँ सर्दै डेंगु भाइरस
यसवर्ष तुलनात्मक रूपमा अति जोखिम क्षेत्रका रूपमा परिचित चितवनमा डेंगुका बिरामी कम देखिएका छन् । तथ्यांकअनुसार यसवर्ष चितवनमा हालसम्म २० भन्दा कम बिरामी भेटिएका छन् । विगत वर्षहरूमा जोखिम मानिएको रूपन्देहीमा पनि यसवर्ष तुलनात्मक रूपमा कम बिरामी देखिएका छन् । यसलाई विशेषज्ञहरू भाइरसले ठाउँ परिवर्तन गरिरहने संकेत मान्छन् । गत वर्ष बाढी प्रभावित जिल्लाहरू महोत्तरी र सर्लाहीमा डेंगुको प्रकोप बढी देखिएको थियो ।

काठमाडौं पनि अझै २ महिना डेंगु संक्रमणको जोखिममा छ । केही समयअघि वनस्थलीआसपासबाट आएका डेढ दर्जन बिरामीमा डेंगु पुष्टि भएपछि इडिसिडीले टिम पठाएर ‘सर्च एन्ड डेस्ट्रोए’ अभियान सञ्चालन गरेको थियो । भाइरको सरुवा चरित्रका कारण अर्को वर्ष डेंगुले कुन क्षेत्रमा डेरा जमाउँछ भन्ने अनुमान लगाउन कठिन भएकाले सबैले यस रोगप्रति वेलैमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै