डुडुवा गाउँपालिकामा मानव र पशुस्वास्थ्य सेवा निःशुल्क

बाँकेको डुडुवा गाउँपालिकाले मातहतका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सम्पूर्ण मानव तथा पशु स्वास्थ्य सेवा निःशुल्क हुने घोषणा गरेको छ । गाउँपालिकाले स्वास्थ्य कार्ड नै जारी गरेर सेवाको रेकर्ड राख्ने कार्ड नै जारी गरेको छ ।

स्वास्थ्य संस्थाबाट सरकारले औषधि निःशुल्क उपलब्ध गराईरहेकोमा गाउँपालिकाले टिकट र अन्य परीक्षण शुल्क पनि नलाग्ने घोषणा गरेको हो । अहिले गाँउपालिकाले सेवाग्राहीसँग स्वास्थ्य संस्थामा नामदर्ताको लागि समेत पैसा नलिने घोषणा गरेको छ ।

सेवाको स्तर बृद्धिका लागि गाउँपालिकाभित्र दुई वटा बहुउपयोगी प्रयोगशालासमेत स्थापना गरेको छ । गाँउपालिकाको वडा नम्बर २ बेतहनी र वडा नम्बर ५ मा रहेको स्वास्थ्य चौकीमा स्थापना गरेको प्रयोगशालाबाट उपलब्ध हुने परीक्षण सेवा समेत निःशुल्क गरेको छ ।

प्रयोगशालामा दिशापिसाब, रगत, खकार, सुगर, टाईफाईड, मलेरिया, ज्वरोलगायतका सामान्य खालका परीक्षण सेवा उपलब्ध छ । गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले गाउँपालिकावासीको स्वास्थ्य सेवामा कुनै कन्जुस्याई तथा लापरवाही रोक्ने र गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रोत्शाहन प्याकेजको समेत तयारी भइरहेको बताए ।

त्यसैगरी गाउँपालिका कार्यालयले पशुहरुमा देखिने परजीवि रोग नियन्त्रणका लागि समेत अभियान सञ्चालन गरेको छ । गाँउपालिकामा रहेका गाई, भैसीलगायतटका पशुहरुमा हुने गरेका जुका, जुम्रा, उपिँया, नाम्ले, माटेलगायतका परजीवि नियन्त्रणका लागिसमेत अभियान सञ्चालन गरेको अध्यक्ष चोैधरीले बताए । गाउँपालिकाले अहिलेसम्म ३७ हजार पशु चौपायाहरुको स्वास्थय परीक्षण गरी औषधी खुवाई सकिएको जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै