काबुबाहिर गएको डेंगुमाथि स्क्रब टाइफस थपिएपछि स्तब्ध बन्दै चितवन, हालसम्म ३ ले गुमाए ज्यान

चितवनमा डेंगुसँगै स्क्रब टाइफसका बिरामी दैनिक देखिन थालेपछि रोग नियन्त्रणमा जटिलता थपिएको छ । डेंगु र स्क्रब टाइफसका कारण जिल्लामा तीनजनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये एकजना डेंगु र स्क्रब टाइफस दुवै रोगको संक्रमण भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार डेंगु नियन्त्रणका साढे ३ महिनादेखिका सबै प्रयास विफल भएकाले अब सरकारको काबुमा डेंगु नरहेको औपचारिक जानकारी गराइसकेको छ । यस्तोमा एकै व्यक्तिमा दुवै रोगको संक्रमण देखिन थालेपछि अवस्था झन् चुनौतीपूर्ण बनेको हो । चितवनमा ३० प्रतिशतसम्म मृत्युको जोखिम रहने स्क्रब टाइफसको संक्रमण साउनयता ४० जना भेटिसकिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार डेंगु संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रब टाइफसले एक युवकको ज्यान लिएको छ । त्यस्तै, डेंगु र स्क्रब टाइफस दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मृत्यु हुनेमा दुईजना चितवन र एकजना रौतहटका जिल्लाका छन् ।

स्वास्थ्य कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्गनिवासी ७१ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, स्क्रप टाइफसको संक्रमण भएका रौतहटका ३४ वर्षीय पुरुषको पनि चितवन मेडिकल कलेजमै उपचरका क्रममा ज्यान गएको केसीले जानकारी दिए । उनका अनुसार दुवै रोगको संक्रमण भएकी भरतपुर महानगरपालिका शुक्रनगरनिवासी १६ वर्षीय किशोरीको भने पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

केही वर्षयता चितवन डेंगु रोगका लागि उर्वर क्षेत्रका रूपमा रहेको डा. अधिकारीको भनाइ छ । ‘यहाँ देशैभर र छिमेकी देशबाट समेत विभिन्न कारणले मानिसको बसोवास छ, यहाँ हुने र बाहिरबाट पनि आउने भएकाले यो क्षेत्रमा रोगको महामारी भएको हो ।’ डेंगु रोग सार्न सक्ने लामखुट्टेको वासस्थान नफालेसम्म यो रोगको संक्रमण बढ्ने उनको भनाइ छ । आफ्नो घरवरिपरि पानी जमेका भाँडा तथा खाल्डाखुल्डी सफा गर्ने, लार्भा नष्ट गर्ने काम साताको दुई दिन गर्न सकेमा संक्रमणमा कमी आउन सक्ने उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले जिल्लामा डेंगु संक्रमणले प्रकोपको रूप लिएको जानकारी दिएको छ । साउनयताको डेढ महिनामा मात्र १ हजार ३ सय ५६ जनामा परीक्षण गरिएकोमा ४ सय ३३ जनामा डेंगुको संक्रमण देखिएको केसीले जानकारी दिए । संक्रमण अझै बढ्दोक्रममा रहेको केसीले बताए । भरतपुर महानगरपालिकाका १, २, ३, ४, १०, ११ र १२ नम्बर वडामा बढी संक्रमित देखिएको कार्यालयले जनाएको छ ।

जिल्लमा सबैभन्दा बढी डेंगु संक्रमण भरतपुर महानगरपालिकामा देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताए । महानगरको नारायणगढ र भरतपुर बजार क्षेत्रमा डेंगुको संक्रमण बढी पाइएको छ ।

केही महिनाअघिसम्म अन्य जिल्लामा महामारीको रूप लिएको डेंगु अहिले चितवमा फैलिएको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले बताए । ‘डेंगु रोगले चितवनमा महामारीको रूप लिइसकेको छ,’ डा. अधिकारीले भने, ‘केही महिनाअघि बाहिरी जिल्लामा थियो, अहिले चितवनमा महामारी फैलिएको छ ।’

केही वर्षयता चितवन डेंगु रोगका लागि उर्वर क्षेत्रका रूपमा रहेको डा. अधिकारीको भनाइ छ । ‘यहाँ देशैभर र छिमेकी देशबाट समेत विभिन्न कारणले मानिसको बसोवास छ, यहाँ हुने र बाहिरबाट पनि आउने भएकाले यो क्षेत्रमा रोगको महामारी भएको हो ।’ डेंगु रोग सार्न सक्ने लामखुट्टेको वासस्थान नफालेसम्म यो रोगको संक्रमण बढ्ने उनको भनाइ छ । आफ्नो घरवरिपरि पानी जमेका भाँडा तथा खाल्डाखुल्डी सफा गर्ने, लार्भा नष्ट गर्ने काम साताको दुई दिन गर्न सकेमा संक्रमणमा कमी आउन सक्ने उनले जानकारी दिए ।

सन् २००६ मा चितवनबाटै सुरु भएको डेंगु रोगले २०१० मा आइपुग्दा महामारीको रूप लिएको थियो । हरेक वर्ष रोग देखापर्दै भए पनि यस वर्ष छिट्टै रोगीको संख्या वृद्धि भएको स्वास्थ्य कार्यालयको भनाइ छ । यस वर्ष साढे तीन महिनाअघि पूर्वी नेपालको सुनसरीबाट सुरु भएको डेंगु संक्रमण केही महिनापछि मात्र चितवनमा फैलिएको थियो । संक्रमण सुरु हुँदानहुँदै स्वास्थ्य कार्यालयको समन्वयमा भरतपुर महानगरपालिकाले उच्च जोखिमका वडाहरूमा लामखुट्टे खोज र नष्ट गर तथा अभिमुखीकरण अभियान चलाए पनि संक्रमणले महामारीको रूप लिएको हो । केन्द्र सरकारले नै डेंगु नियन्त्रणका सबै प्रयास विफलसिद्ध भएकाले अब सरकारको काबुबाहिर गएको जनाइरहेका वेला त्यसमाथि स्क्रब टाइफससमेत थपिएपछि समस्याले झन् जटिल रूप लिएको छ ।

सन् २००६ मा चितवनबाटै सुरु भएको डेंगु रोगले २०१० मा आइपुग्दा महामारीको रूप लिएको थियो । हरेक वर्ष रोग देखापर्दै भए पनि यस वर्ष छिट्टै रोगीको संख्या वृद्धि भएको स्वास्थ्य कार्यालयको भनाइ छ । यस वर्ष साढे तीन महिनाअघि पूर्वी नेपालको सुनसरीबाट सुरु भएको डेंगु संक्रमण केही महिनापछि मात्र चितवनमा फैलिएको थियो । संक्रमण सुरु हुँदानहुँदै स्वास्थ्य कार्यालयको समन्वयमा भरतपुर महानगरपालिकाले उच्च जोखिमका वडाहरूमा लामखुट्टे खोज र नष्ट गर तथा अभिमुखीकरण अभियान चलाए पनि संक्रमणले महामारीको रूप लिएको हो ।

डेंगु संक्रमितको संख्या वृद्धि भएसँगै रोग पहिचान गर्ने किटको अभाव भएको कार्यालय प्रमुख तिवारीले बताउँछन् । उनका अनुसार कार्यालयमा अहिले २५ वटा मात्र किट स्टक रहेका छन् । डेंगुसँगै जिल्लामा स्क्रब टाइफसको संक्रमण पनि बढेको देखिएको छ । साउनयता ५ सय ६ जनामा परीक्षण गरिएकोमा ४० जनामा स्क्रप टाइफसको संक्रमण भेटिएको छ ।

स्क्रब टाइफस हुँदा के गर्ने ? : डा. शेरबहादुर पुन
स्क्रब टाइफस चिगर माइटको टोकाइबाट सर्ने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउनु जरुरी हुन्छ । हाल यो अत्यधिक मात्रामा ग्रामीण भेगमा देखिँदै आएकाले त्यहाँका स्थानीयवासीलाई रोगबारे, कसरी सर्छ र बच्ने पूर्वउपायहरूबारे राम्ररी जानकारी गराउनुपर्छ । त्यहाँ खटेका स्वास्थकर्मीले पनि यो रोगलाई ध्यानमा राखेर उपचार गर्नुपर्छ वा छुटाउनुहँुदैन । प्रयोगशाला जाँच गर्न सहज नहुने भएकाले लक्षणहरू मिलेमा, कहाँ फैलँदै छ भन्ने जानकारी राखेर र यसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक एक–दुई दिन मात्र चलाएर हेर्दा सुधार भएमा स्क्रब टाइफस शंका गरी उपचारलाई निरन्तरता दिनुपर्छ ।

सहरी इलाकामा शंका लागे पहिचान गर्न टेकु अस्पताल वा केन्द्रीय प्रयोशाला पठाउन सकिन्छ । हाल यो ग्रामीण भेगमा मात्र नभई सहरी इलाकामा पनि देखिनेक्रम बढ्दो भएकाले यहाँ सेवा दिइरहेका स्वास्थकर्मीले पनि ज्वरो आएका बिरामीमा स्क्रब टाइफसलाई पनि विशेष ध्यान पुर्याएर जाँच तथा उपचार गर्नुपर्छ ।स्क्रब टाइफस मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।

स्क्रब टाइफसको समयमा पहिचान नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । यसको मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको भारतीय अनुसन्धानहरूले देखाएका छन् । नेपालमा स्क्रब टाइफसको मृत्युदरबारे राम्रो तथ्यांक पाउन अझै अनुसन्धानहरू गर्न बाँकी नै छ । यो रोगले भौगोलिक हिसाबले पनि आफ्नो सीमा बढाउँदै गएको देखिन्छ भने लक्षणहरू पनि नयाँ–नयाँ थपिँदै गएका देखिन्छन् । ज्वरो आयो कि टाइफाइड भन्ने पुरानो सोचमा आगामी दिनमा परिवर्तन आई स्क्रब टाइफस भन्ने समय आउँदै गरेको सहजै अनुमान लगाउन सकिन्छ । यसले टाइफाइडभन्दा स्क्रब टाइफस आगामी दिनमा भयावह रूपमा फैलँदै छ भन्ने संकेत गर्दछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु नियन्त्रणका लागि विभागका महानिर्देशक नेतृत्वको टोली धरानमा, टोल–टोलमा जनचेतना र ‘खोज र नष्ट गर’ अभियान जारी

धरानमा डेंगुको संक्रमण फैलिनेक्रम बढिरहेको छ । स्वास्थ्यसेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार हालसम्म ७७ जनामा डेंगु फेलापरेको छ । डेंगु संक्रमित बिरामीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । प्रतिष्ठानमा ६४ र विजयपुर अस्पतालमा १३ जनाको उपचार भइरहेको महाशाखाले जनाएको छ ।

विभागका महानिर्देशक नेतृत्वको विशेषज्ञ टोली आइतबारदेखि धरानमा

डेंगुको संक्रमण फैलिँदै गएपछि स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीको नेतृत्वमा महाशाखाका डा. समीर अधिकारीसहित प्राविधि प्रकाश घिमिरेको विशेषज्ञ टोली घरान पुगेको छ । आइतबार धरान पुगेको टोलीले उपमहानगरका मेयर तथा बिपी प्रतिष्ठानका निर्देशकसँग बसेर डेंगु संक्रमणको पछिल्लो अवस्था र नियन्त्रणका लागि अपनाउने उपायबारे छलफल गरेको थियो । टोलीले संक्रमित तथा प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा दिउँसो टोक्ने प्रजातिका लामखुट्टेको बिगबिगी पाइएको टोलीका सदस्य डा. अधिकारीले बताए । ‘घरमा राखिएको सफा पानी, गमला, टायर, खाल्डाखुल्डीमा जमेको पानीमा पनि लामखुट्टेका लार्भा रहेको पाइयो,’ उनले हेल्थपोस्टसँगको कुराकानीका क्रममा मंगलबार धरानबाट भने, ‘समुदायमा जनचेतना जगाउने तथा लामखुट्टे नष्ट गर्ने काम भइरहेको छ ।’ बुधबारबाट ‘खोज र नष्ट गर’ अभियानसहित टोल–टोलमा परिचालित हुने डा. अधिकारीले बताए ।

टायर, बोतल, गमला तथा बाटोमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटिएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले बताए । पोखरेलका अनुसार धरान उपमहानगरपालिका–१५ मा डेंगुको प्रकोप बढी फैलिएको छ । यसका साथै ७, ९ र १३ नम्बर वडामा समेत बिरामी फेलापर्न थालेका छन् । ‘संक्रमण फैलिए पनि हालसम्म कसैको पनि मुत्यु भएको छैन,’ पोखरेल भन्छन्, ‘प्रभावित क्षेत्रका लागि महाशाखाले आवश्यक औषधि तथा ७ सय किटबक्स पठासकेको छ ।’ पोखरेलका अनुसार प्रभावित ठाउँमा ‘खोज र नष्ट गर’ अभियानसहित टायर, बोतल, गमला तथा बाटोमा जमेको पानीका खाल्डाखुल्डी पुर्ने तथा टोल–टोलमा गएर जनचेतना जगाउने काम भइरहेको छ ।

डेंगुरोग र यसबाट बच्ने उपायबारे सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन यसो भन्छन् ः

डेंगु मान्छेबाट मान्छेमा सर्ने प्रकारको रोग होइन, लामखुट्टेको टोकाइका कारण मात्र लाग्ने रोग हो । चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो । पानी परिरहेको समयमा पनि जमेको पानी हल्लिएको हल्लियै हुने भएकाले पनि यो समय डेंगु संक्रमण गराउने लामखुट्टेका लागि उपयुक्त समय हो । मनसुनका वेला भएको वर्षाभन्दा यो समयमा सहरी क्षेत्रमा खाल्डाखुल्डीमा स्थिर रूपमा पानी जमिरहने भएकाले पनि यो समय यस्ता लामखुट्टेका लागि अनुकूल मानिएको छ ।

सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न गएको हो । प्लास्टिकमा रेडिमेड खाना खाने प्रचलन र जथाभावी उक्त प्लास्टिक फाल्ने प्रचलनले पनि पनि डेंगुको प्रकोप बढेको हो । नेपालमा मात्रै नभई भारत तथा बंगलादेशमा पनि डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुरोगका ती क्षेत्रका कतिपय बिरामी उपचारका लागि टेकु अस्पताल पनि आउने गरेका छन् । मलेसियाबाट पनि डेंगुका बिरामी उपचारका लागि नेपाल आउने गरेका छन् । जंगली क्षेत्र बढी भएको ठाउँमा डेंगुको प्रकोप बढी पाइन्छ । जनघनत्व बढ्दै जाँदा यसको प्रकोप बढ्दै जान्छ । एउटै लामखुट्टेले पनि अनेकौँ व्यक्तिलाई डेंगु सार्न सक्छ । जहाँ सहरी विकास बढी हुन्छ, जनसंख्या बढी हुन्छ, त्यस्तो क्षेत्रमा डेंगुको प्रकोप बढी हुन्छ ।

व्यापक रूपमा भएको सहरीकरण, निर्माण तथा मर्मतका लागि बनाइएका कारखाना बढी भएकाले पनि काठमाडौंमा पछिल्लो समयमा डेंगुको प्रकोप एकदमै बढ्दै गएको छ । टोल–टोल, समुदाय–समुदायमा रहेका खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्छ । प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ । नेपालको मेची अञ्चल अस्पतालमा भने उपचारका क्रममा झुल लगाउने परिपाटीसमेत विकास भइसकेको छ । त्यो एकदमै सह्रानीय कदम हो ।

लक्षण
– मनसुनको अन्त्य भएसँगै एक्कासि ज्वरो आउने । यस्तोमा तुरुन्त स्वास्थ्यपरीक्षणका लागि जानु आवश्यक हुन्छ ।
– आँखाको गेडी दुख्ने ।
– जोर्नी दुख्ने ।
– एलर्जी हुने ।
– पेट दुख्ने ।
– वाकवाकी लाग्ने ।
– गिजा, नाक तथा दिसा–पिसाबमा रगत देखापर्ने ।
उल्लिखित सबै कुराको सम्मिश्रण भएमा डेंगु भएको शंका गर्नुपर्ने हुन्छ ।

उपचार
लक्षणका आधारमा डेंगुको उपचार गर्ने गरिन्छ । यसको विशेषखालको औषधि भने छैन । भ्याक्सिनको चर्चा गरिए पनि त्यो प्रयोगमा भने आएको छैन । त्यसैले उपचार विधिभन्दा पनि कसरी बच्ने भन्नेमा ध्यान दिनु आवश्यक छ । रोग लागिहालेमा पनि यसका कारण मर्ने सम्भावना कमै हुन्छ ।

रोकथाम
– लामखुट्टेका लागि उपयुक्त वातावरण सिर्जना गर्नु भएन ।
– डेंगु गराउने लामखुट्टे भएको क्षेत्रको पहिचान गरी त्यसलाई सखाप पार्ने ।
– उपचारका क्रममा झुल लगाउने प्रविधि अपनाउने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खोकीले हैरान


चिसो मौसम सुरु भएदेखि नै मलाई निरन्तर खोकी लागिरहेको छ । केही दिन अलि कम भएजस्तो हुन्छ, फेरि बल्झिन्छ । घरेलु र अन्य धेरैखाले औषधि खाएँ, परीक्षण पनि गरिरहेको छु, तर पनि खोकी निको भइरहेको छैन, किन होला ?

–उज्ज्वल, नवलपरासी

अहिले नरोकिने खोकी लागेर हैरान भएका बिरामी धेरै आएका छन् । अस्पताल नआएकाले पनि कुराकानीका क्रममा खोकीले त्यसैगरी सताएको अनुभूति सुनाएको धेरै भेटेको छु मैले । २–३ वर्षअघि पनि यस्तोखाले समस्या देखिएको थियो । वास्तवमा यो सरकारका लागि चासोको विषय हुनुपर्ने हो, तर हामीकहाँ विद्यमान अवस्थामा त्यो सम्भव छैन ।
सामान्यतः भाइरसका कारणले रुघाखोकी लागेमा एक हप्तामा आफैँ ठिक भएर जान्छ । अर्को चरण भनेको एक हप्तामा पनि निको भएन भने एक्स रेतिर जानुपर्छ र क्षयरोगको जाँच गर्नुपर्छ । र, रोग निदान भएमा त्यहीअनुसार औषधि खानुपर्छ । तर, अहिलेको समस्या भिन्न छ । लहरेखोकीजस्तो, तर केही दिन रोकिने र फेरि बल्झिने भइरहेको छ । अधिकांश मान्छेले गुनासो गरिहेका छन् कि एक्स रे गराउँदा केही देखिँदैन । यत्तिकै एन्टिबायोटिक्स खायो, एक हप्ता रोकिन्छ, फेरि सुरु भइहाल्छ । खोक्दा, खोक्दा जिउ गलेजस्तो हुने गरेको छ ।
धेरै खोकेर कानसमेत दुख्ने गरेको भन्ने गुनासो पाइन्छ । यस्तो अनौठोखालको स्वास्थ्य समस्या देखिएमा अन्य देशमा हो भने निकै चासोको कुरा बन्छ । तर, हामीकहाँ त्यस्तो संस्कार छैन ।
हरेक सिजनमा फ्लु भाइरस सक्रिय हुने गर्छ । फ््लु भाइरस दुई प्रकारका हुन्छन्, ए र बी । एअन्तर्गत स्वाइन, हङकङ फ्लु पर्छन् भने बीअन्तर्गत इन्फ्लुएन्जा बी भाइरस पर्छ ।
सिद्धान्ततः र बिरामी हेरेको अनुभवका आधारमा पनि मलाई लाग्छ– हामीकहाँ कतै सबै भाइरस एक्टिभ त छैनन् ? एउटाको संक्रमण हुन्छ, केही दिनमा निको हुन्छ, फेरि अर्कोको संक्रमण हुन्छ, फेरि अर्को… ।
यसरी बिमारी निको नै हुन पाउँदैन । यसरी श्वास–प्रश्वासमा संक्रमण गर्नेखालका धेरै भाइरस हाम्रा वरिपरि घुमिरहेका छन् कि भन्ने लाग्छ । तर, तथ्यले पुष्टि गर्नुपर्छ ।
तपाईंको हकमा चिसो सुरु भएदेखि नै समस्या सुरु भई फर्की–फर्की आएको र विभिन्न परीक्षणसमेत गराइसकेको भन्नुभएको छ । कतिपय अवस्थामा भाइरल खोकी हो भने निको हुन ८ हप्तासम्म पनि लाग्ने हुन्छ । तपाईंले दिनुभएको जानकारीका आधारमा छाती क्लियर नभएको अनुमान लगाउन सकिन्छ । तसर्थ, तपाईंले तुरुन्त छातीरोग विशेषज्ञलाई भेटी उनकै परामर्शअनुसार विभिन्न परीक्षण गराउनु उपयुक्त हुन्छ । पहिलो कुरा त छाती पूर्णतः क्लियर हुनुपर्छ । तपाईंमा टिभीलगायतको चेकजाँच गराउनुपर्ने हुन्छ । तर, चिकित्सकको परामर्शमा समयमै परीक्षण गराउनुहोला, आत्तिनुपर्ने अवस्था भने होइन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु न मान्छेबाट मान्छेमा सर्छ, न त संक्रमण हुँदैमा मर्छ


हिजो मात्रै डेंगु संक्रमित काठमाडौं ढुंगेधारा निवासी एकजना महिलासँग मेरो भेट भयो । भेटमा उनले डेंगुका कारण आफू र आफ्नो परिवारका सबैजना बिरामी भएको बताइन् । उनलाई पहिले नै डेंगु भएको भए पनि उपचारका लागि ढिलो मात्रै अस्पताल आइपुगेकी थिइन् । उपचारका क्रममा आउँदा उनले आफ्नो बसोवास क्षेत्रवरिपरि असंख्य लामखुट्टे भएको बताएकी थिइन् । बसोवासवरिपरि धेरै ढल तथा अन्य फोहोरयुक्त स्थान भएका कारण आफूलाई उक्त रोग लागेको उनको गुनासो थियो ।

चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो ।

डेंगु लागेका सबै बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल आउने गर्दैनन् । कतिपय रोगी आफूअनुकूल नजिकको क्लिनिकमा जाने गर्छन् । यो रोगले सबै बिरामीलाई नाजुक स्वास्थ्यअवस्था पनि पुर्याउँदैन ।

डेंगु मान्छेबाट मान्छेमा सर्ने प्रकारको रोग होइन, लामखुट्टेको टोकाइका कारण मात्र लाग्ने रोग हो । हरेक वर्ष नेपालको चितवन, बुटवल, सर्लाही, धादिङलगायत भू–भागमा डेंगुको प्रकोप फैलिने गरेको छ । धादिङमा गत वर्ष डेंगुको संक्रमण गराउने लामखुट्टेको वासस्थान पहिचान तथा निर्मूल गराउने कार्यक्रम नै सञ्चालन गरिएको थियो । मैले नै बिरामी आएको अनुभवका आधारमा उक्त कार्यक्रम सञ्चालन आवश्यक रहेको बताएको थिएँ ।

मेरो उपचार अनुभवमा धादिङबाट डेंगु संक्रमणका बिरामी धेरै आएका छन् । त्यसैगरी वीरगन्जबाट पनि बिरामी आउने गरेको पाएको छु । चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो ।

पानी परिरहेको समयमा पनि जमेको पानी हल्लिएको हल्लियै हुने भएकाले पनि यो समय डेंगु संक्रमण गराउने लामखुट्टेका लागि उपयुक्त समय हो । मनसुनका वेला भएको वर्षाभन्दा यो समयमा सहरी क्षेत्रमा खाल्डाखुल्डीमा स्थिर रूपमा पानी जमिरहने भएकाले पनि यो समय यस्ता लामखुट्टेका लागि अनुकूल मानिएको छ ।

प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ ।

सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न गएको हो । प्लास्टिकमा रेडिमेड खाना खाने प्रचलन र जथाभावी उक्त प्लास्टिक फाल्ने प्रचलनले पनि पनि डेंगुको प्रकोप बढेको हो ।

नेपालमा मात्रै नभई भारत तथा बंगलादेशमा पनि डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुरोगका ती क्षेत्रका कतिपय बिरामी उपचारका लागि टेकु अस्पताल पनि आउने गरेका छन् । मलेसियाबाट पनि डेंगुका बिरामी उपचारका लागि नेपाल आउने गरेका छन् । जंगली क्षेत्र बढी भएको ठाउँमा डेंगुको प्रकोप बढी पाइन्छ । जनघनत्व बढ्दै जाँदा यसको प्रकोप बढ्दै जान्छ । एउटै लामखुट्टेले पनि अनेकौँ व्यक्तिलाई डेंगु सार्न सक्छ । जहाँ सहरी विकास बढी हुन्छ, जनसंख्या बढी हुन्छ, त्यस्तो क्षेत्रमा डेंगुको प्रकोप बढी हुन्छ ।

व्यापक रूपमा भएको सहरीकरण, निर्माण तथा मर्मतका लागि बनाइएका कारखाना बढी भएकाले पनि काठमाडौंमा पछिल्लो समयमा डेंगुको प्रकोप एकदमै बढ्दै गएको छ । टोल–टोल, समुदाय–समुदायमा रहेका खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्छ ।

प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ । नेपालको मेची अञ्चल अस्पतालमा भने उपचारका क्रममा झुल लगाउने परिपाटीसमेत विकास भइसकेको छ । त्यो एकदमै सह्रानीय कदम हो ।

लक्षण
– मनसुनको अन्त्य भएसँगै एक्कासि ज्वरो आउने । यस्तोमा तुरुन्त स्वास्थ्यपरीक्षणका लागि जानु आवश्यक हुन्छ ।
– आँखाको गेडी दुख्ने ।
– जोर्नी दुख्ने ।
– एलर्जी हुने ।
– पेट दुख्ने ।
– वाकवाकी लाग्ने ।
– गिजा, नाक तथा दिसा–पिसाबमा रगत देखापर्ने ।
उल्लिखित सबै कुराको सम्मिश्रण भएमा डेंगु भएको शंका गर्नुपर्ने हुन्छ ।

उपचार
लक्षणका आधारमा डेंगुको उपचार गर्ने गरिन्छ । यसको विशेषखालको औषधि भने छैन । भ्याक्सिनको चर्चा गरिए पनि त्यो प्रयोगमा भने आएको छैन । त्यसैले उपचार विधिभन्दा पनि कसरी बच्ने भन्नेमा ध्यान दिनु आवश्यक छ । रोग लागिहालेमा पनि यसका कारण मर्ने सम्भावना कमै हुन्छ ।

रोकथाम
– लामखुट्टेका लागि उपयुक्त वातावरण सिर्जना गर्नु भएन ।
– डेंगु गराउने लामखुट्टे भएको क्षेत्रको पहिचान गरी त्यसलाई सखाप पार्ने ।
– उपचारका क्रममा झुल लगाउने प्रविधि अपनाउने ।

डा.पुन शुक्रराज ट्रपिकल अस्पताल टेकूमा कार्यरत छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बेवास्ता गरिएको खतरनाक रोग रेबिज

रेबिज एकप्रकारको भाइरस हो । नेपाललगायत दक्षिण एसियाली मुलुकमा यो व्यापक रूपमा रहेको छ । विश्वमा रेबिजका कारण मृत्यु हुनेमा भारत अग्रस्थानमा पर्छ । नेपालमा पनि यो लामो समयदेखि देखापरेको रोग हो । टेकु अस्पतालको तथ्यांकअनुसार वार्षिक औसत १५–१६ जनाको मृत्यु रेबिजका कारण हुने गरेको छ । रेबिज लागेको थाहै नभई मर्ने त कति छन् कति । मेरो बुझाइमा यो संख्या ठूलो छ । समग्रमा नेपालमा रेबिजका कारण करिब सयदेखि दुई सयजनासम्मको मृत्यु हुने गरेको अनुमान छ । रेबिज संसारमै हेलचक्य्राइँ गरिएको रोगमा पर्छ ।

टेकु अस्पतालमा दैनिक करिब १ सय ५० बिरामी कुकुरले टोकेर मात्र आउने गरेका छन् । तीमध्ये सबैलाई रेबिज हुन्छ भन्ने नभए पनि रेबिजका लागि त्यो जोखिम भने अवश्य हो । पछिल्लो समय बाटामा हिँड्ने कुकुरमा रेबिजको संख्या बढेको अनुमान गरिएको छ । बिरामी भएर उपचार गराउन लगिएका १५ कुकुरमध्ये करिब १० वटामा रेबिज लागेको अनुमान गरिएको छ । कतिपय अवस्थामा त शतप्रतिशतमै रेबिज लागेको पनि भेटिएको छ । पछिल्लो समय घरपालुवा कुकुरले टोकेका कारण रेबिजको सुई लगाउन आउनेको संख्या बढ्दै गएको छ ।

टेकु अस्पतालमा रेबिजको सुई लगाउन आउनेमध्ये करिब ६० प्रतिशत घरपालुवा कुकुरले टोकेका कारण अएको पाइएको छ । पछिल्लो समय घरपालुवा कुकुरले टोक्नेक्रम बढेकाले कुकुरले टोक्यो भनेर महानगरपालिकालाई नै गाली गर्नुपर्ने अवस्था भने छैन । घरमा कुकुर पाल्दा कुकुरबाट के–के रोग सर्न सक्छन् भन्ने जानकारी हुनु आवश्यक छ ।

रेबिजको उपचारमा पनि परिमार्जनको आवश्यकता छ । सडकका बेबारिसे कुकुरले टोकेमा मात्र रेबिजरोग लाग्छ भन्ने हाम्रो बुझाइमा पनि परिवर्तन आवश्यक छ । रेबिजरोग दिन प्रतिदिन बढ्दो छ । पहाडको तुलनामा तराईमा स्याल तथा ब्वाँसोको टोकाइका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो छ । गत वर्ष तराईका विभिन्न जिल्लामा ४०–५० जनामा स्याल तथा ब्वाँसोले टोकेका बिरामी अस्पताल आएका थिए । रेबिजविरुद्धको खोप नेपाल सरकारले निःशुल्क प्रदान गरे पनि त्यसप्रतिको बेवास्ताका कारण रेबिजले नेपालीको ज्यान लिइरहेको छ ।

कतिपयको टिटानस खोप लगाएपछि रेबिजको सुई लगाउनुपर्दैन भन्ने बुझाइसमेत छ । जनावरले टोकेको करिब १ देखि ३ महिनाभित्र रेबिजरोगको लक्षण देखापर्छ । तर, मेरो उपचार अनुभवमा जनावरले टोकेको करिब ६ महिनाभित्र रेबिजको लक्षण देखापर्ने गर्छ । मैले लामो उपचार अनुभवमा पाएको छु कि– पहिले–पहिले रेबिज लागेका बिरामी एकदमै उत्तेजित देखिन्थे भने अहिले तुलनात्मक रूपमा ‘कुल’ देखिन्छन् । मर्ने अवस्थामा समेत अहिले रेबिज लागेका बिरामीले शान्तिपूर्ण रूपमा आफ्ना भनाइ राखिरहेका हुन्छन् । केही महिनाअघि अस्पतालमा रेबिज लागेको एउटा मात्रै त्यस्तो बिरामी आएको थियो, जसलाई बाँधेरै राख्नुपरेको थियो । यस्तो अवस्था अहिले यदाकदा मात्र भेटिने गरेको छ ।

लक्षण
– हावा र पानीदेखि बिरामी डराउनु । यो रेबिजरोग लागेको सबैभन्दा पहिलो लक्षण हो ।
– जनावरले टोकेको ठाउँमा चिलाएको अनुभव हुनु ।
– झमझम गर्नु ।
– पानी पिउन असहज महसुस गर्नु ।
– उत्तेजित हुनु ।

उपचार विधि
रेबिजरोग लागेपछि मुटु तथा कलेजोरोगजस्तो यसको उपचार सम्भव छैन । रेबिज लागिसकेपछि मर्नुबाहेक विकल्प छैन । संसारमा रेबिजका ५–७ जना बिरामी बाँचेका समाचार आए पनि नेपालमा भने त्यस्तो भएको छैन । त्यसैले रेबिज धेरै खतरनाक रोग हो ।

रोकथाम
सबैभन्दा पहिलो त मानिसलाई रोगबारे चेतना हुनु आवश्यक छ । जनावरले टोकेको थाहा पाउनासाथ जतिसक्दो छिटो रेबिजको सुई लगाउनु आवश्यक छ । घरपालुवा कुकर तथा रेबिजको सुई लगाइएका कुकुरले टोकेमा पनि सुई लगाउन आवश्यक हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टाइफाइडभन्दा भयावह बन्दै स्क्रब टाइफस

गएका केही वर्षदेखि स्क्रब टाइफस संक्रमितको संख्या बढ्दोक्रममा छ । एपिडेमियोलोजी महाशाखाले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकले यो वर्ष पनि स्क्रब टाइफस युद्धस्तरमा बढ्दोक्रममा रहेको देखाउँछ । बर्सेनि स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढेको पाइन्छ । केही समयअघिसम्म, खासगरी सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको यो रोग हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

अहिले पनि गाउँघरका स्वास्थ्यकेन्द्रहरूमा स्क्रब टाइफसका बिरामीलाई टाइफाइड भन्दै उपचार गरिरहेको देखिन्छ । अझै पनि स्क्रब टाइफसबारे खासै चर्चा नहुनु तथा पहिचान गर्ने विधि नहँुदा यस्तो भएको हो । साथै, अझै पनि ज्वरो भन्नेबित्तिकै टाइफाइड भन्ने हाम्रो सोचमा परिवर्तन आइसकेको छैन भन्ने पनि यसले देखाउँछ । गत वर्ष मात्र यो पंक्तिकारले काठमाडौंका विभिन्न अस्पतालबाट रक्तपरीक्षणका लागि पठाएका ज्वरोका बिरामीमध्ये सयौँमा स्क्रब टाइफस प्रयोगशालाबाट निदान भएको थियो । कुनै चमत्कार नभए यो वर्ष यही संख्यामा वा त्योभन्दा बढी नआउला भन्न सकिँदैन । यो वर्ष पनि आजका मितिसम्म स्क्रब टाइफसका दर्जनौँ बिरामी भेटिइसकेका छन् ।

सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको स्क्रब टाइफस हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

किन टाइफाइडभन्दा भयावह बन्दै छ ?
टाइफाइड खासगरी संक्रमित खानपानका कारण हुने गर्छ । वर्षौंदेखि र अहिले पनि सरकारी तथा निजीस्तरका संस्थाहरूले सफा खानेकुरा र पानीबारे जनचेतना फैलाउने तथा वेला–वेलामा अनुगमन गरी दण्ड–जरिवाना गर्ने गरेको हँुदा धेरै हदसम्म पानी तथा खानेकुराजन्य रोगहरू नियन्त्रण हँुदै गएका देखिन्छन् । तसर्थ, टाइफाइड सर्ने माध्यम पनि यही भएकाले आगामी दिनमा यसको संख्यामा कमी आउनेमा दुईमत देखिँदैन । त्यस्तै, टाइफाइड पहिचान गर्दा रगतको कल्चर गरेर हेर्ने गरिन्छ र बर्सेनि तथ्यांकहरू हेर्दा केही दर्जनमा मात्र ब्याक्टेरिया देखिने गरेको पाइन्छ । यो विधिबाट टाइफाइडको कीटाणु देखे मात्र निश्चित रूपमा टाइफाइड भएको मानिन्छ । यसबाहेक विडाल टेस्ट पनि गरिन्छ, जुन त्यति भरपर्दो मानिँदैन । यद्यपि, सबै स्वास्थ्यचौकीमा रगतको कल्चर गर्ने सुविधा नभएकाले यही विधिलाई आधार मानेर उपचार गर्ने गरिन्छ । त्यस्तै, हाल मानिसमा टाइफाइडविरुद्ध खोपको जानकारी र ज्ञान बढ्दै गएको देखिन्छ, जसलाई आगामी दिनमा टाइफाइड क्रमिक रूपमा कम हँुदै जाने बलियो आधार मान्न सकिन्छ । तर, स्क्रब टाइफसबारे अहिले पनि नेपालमा राम्रो जानकारी छैन भनेर ज्वरोका बिरामीलाई गरेको उपचारको प्रकृतिबाट नै देख्न सकिन्छ । यसले गर्दा स्क्रब टाइफसको जाँच गर्ने चलन कम हुँदै छ भने संक्रमितको संख्या ह्वात्तै बढ्दै छ । यसबाट टाइफाइडभन्दा स्क्रब टाइफस भयावह बन्ने सहजै अनुमान गर्न सकिन्छ ।

के गर्ने ?

यो चिगर माइटको टोकाइबाट सर्ने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउनु जरुरी हुन्छ । हाल यो अत्यधिक मात्रामा ग्रामीण भेगमा देखिँदै आएकाले त्यहाँका स्थानीयवासीलाई रोगबारे, कसरी सर्छ र बच्ने पूर्वउपायहरूबारे राम्ररी जानकारी गराउनुपर्छ । त्यहाँ खटेका स्वास्थकर्मीले पनि यो रोगलाई ध्यानमा राखेर उपचार गर्नुपर्छ वा छुटाउनुहँुदैन । प्रयोगशाला जाँच गर्न सहज नहुने भएकाले लक्षणहरू मिलेमा, कहाँ फैलँदै छ भन्ने जानकारी राखेर र यसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक एक–दुई दिन मात्र चलाएर हेर्दा सुधार भएमा स्क्रब टाइफस शंका गरी उपचारलाई निरन्तरता दिनुपर्छ । सहरी इलाकामा शंका लागे पहिचान गर्न टेकु अस्पताल वा केन्द्रीय प्रयोशाला पठाउन सकिन्छ । हाल यो ग्रामीण भेगमा मात्र नभई सहरी इलाकामा पनि देखिनेक्रम बढ्दो भएकाले यहाँ सेवा दिइरहेका स्वास्थकर्मीले पनि ज्वरो आएका बिरामीमा स्क्रब टाइफसलाई पनि विशेष ध्यान पुर्याएर जाँच तथा उपचार गर्नुपर्छ ।

स्क्रब टाइफस मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।

स्क्रब टाइफसको समयमा पहिचान नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । यसको मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको भारतीय अनुसन्धानहरूले देखाएका छन् । नेपालमा स्क्रब टाइफसको मृत्युदरबारे राम्रो तथ्यांक पाउन अझै अनुसन्धानहरू गर्न बाँकी नै छ । यो रोगले भौगोलिक हिसाबले पनि आफ्नो सीमा बढाउँदै गएको देखिन्छ भने लक्षणहरू पनि नयाँ–नयाँ थपिँदै गएका देखिन्छन् । ज्वरो आयो कि टाइफाइड भन्ने पुरानो सोचमा आगामी दिनमा परिवर्तन आई स्क्रब टाइफस भन्ने समय आउँदै गरेको सहजै अनुमान लगाउन सकिन्छ । यसले टाइफाइडभन्दा स्क्रब टाइफस आगामी दिनमा भयावह रूपमा फैलँदै छ भन्ने संकेत गर्दछ ।

(डा. पुन, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संयोजक हुन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै