डा. शम्भु खनाल काठमाडौं

जीवन नै प्रतीक्षा रहेछ। सानो हुँदा ठूलो हुने प्रतीक्षा। सफलताको प्रतीक्षा। दुःख निवारणको प्रतीक्षा। सुखको प्रतीक्षा। रातपछि बिहानीको प्रतीक्षा। बिहानपछि साँझको प्रतीक्षा। ड्युटीपछि ड्युटी सकिने प्रतीक्षा। सबैजना केही पर्खिरहेका हुन्छौं। जीवन पूरै एकोहोरो भएको छ। अचेल समय भने कसैको मृत्युको प्रतीक्षा गरेजस्तो आभास हुन्छ। चित्रगुप्तका दूतहरु अस्पतालमा पर्खिरहेका हुन्छन्...