किन सताउँछ ग्यास्ट्रिकले ?

साधारण बोलीचालीको भाषामा ग्यास्ट्रिक भनेर चिनिने कमन रोगलाई अंग्रेजीमा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिक हुँदा आमाशयलाई घेरेर बसेको नरम झिल्ली सुन्निने वा फुल्ने (इन्फ्लामेसन) हुन्छ । ग्यास्ट्रिक कुनै खास उमेर समूहका मानिसलाई हुने नभई बच्चादेखि बुढासम्म जसलाई पनि लाग्ने गर्छ । तर, प्रायः ४०–४५ वर्ष कटेपछि ग्यास्ट्रिकले बढी सताएको पाइन्छ । यो उमेरमा मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने भएकाले जुनसुकै रोगले सजिलै आक्रमण गर्न थाल्छ । खासमा खानपिनबाट हुने ग्यास्ट्रिक वा चिन्ताबाट हुने ग्यास्ट्रिक, युवावस्थामा पनि हुने गर्छ ।

अर्कोतिर वातावरणीय प्रभावबाट र खाना नपचेर हुने ग्यास्ट्रिकबाट भने बच्चा पनि प्रभावित हुने गर्छन् । ग्यास्ट्रिकका अन्य धेरै कारक हुन्छन् । मूल रुपमा ९० प्रतिशत ग्यास्ट्रिक हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाबाट लाग्ने गर्छ । अर्को भनेको जथाभावी औषधि सेवन, पेन किलरको बढी प्रयोगले पनि ग्यास्ट्रिक गराउने कारण हो । समयमा नखाने, समयमा नसुत्ने र बढी मात्रामा अमिलो खानाले पनि यस्तो ग्यास्ट्रिको समस्या आउँछ । चिन्ताले पनि ग्यास्ट्रिक निम्त्याउने गर्छ । साथै, रक्सी, चुरोट र झानेका वा तारेका खानेकुरा पनि ग्यास्ट्रिकका कारण मानिन्छन् ।

आमाशयलाई अम्लबाट बचाउनका लागि आमाशयको भित्रबाट म्युकस नामका तरल पदार्थ र बाइकार्बोनेट नामक क्षार निस्किरहेको हुन्छ । यो प्रक्रियामा असन्तुलन भएमा ग्यास्ट्रिक हुन्छ ।

खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसका साथसाथै हाइड्रोक्लोरिक एसिड नामक कडा प्रकारको अम्ल पनि हुन्छ । पेटभित्र उत्पादन हुने यो अम्लको काम खाना पचाउने र पेटभित्रका कीटाणुलाई मार्ने हो । आमाशयलाई यो अम्लबाट बचाउनका लागि आमाशयको भित्रबाट म्युकस नामका तरल पदार्थ र बाइकार्बोनेट नामक क्षार निस्किरहेको हुन्छ । यो प्रक्रियामा असन्तुलन भएमा ग्यास्ट्रिक हुन्छ ।

वातावरण पनि कारक
ग्यास्ट्रिक गराउने प्रमुख कारक एचपाइलोरीको संक्रमण खासगरी दिसाबाट संक्रमित पानी खाना वा अन्य माध्यमबाट हाम्रो शरीरभित्र पुग्यो भने हुन्छ । दिसामा पाइने ब्याक्टेरिया हाम्रो पेटको एन्टम नामक झिल्लीको तल्लो भागमा गएर बस्छ । उक्त पातलो झिल्लीको माथिल्लो भागमा अम्लीयपन हुने भएकाले ब्याक्टेरिया माथि बस्दैन । यो एकदमै न्युटल स्थान वा बफर जोनमा बस्ने गर्छ । जसले बाहिर आएर ग्यास्ट्रिक बनाउँछ । यसको समयमै उपचार भएन भने जटिलता थप्दै जान्छ ।

किन बढ्दै छ ग्यास्ट्रिक ?
हिजोआज मानिसको जीवनशैलीमा परिवर्तन आएको छ जंकफुडमाथिको निर्भरता अत्यन्त बढेको छ । मानिसको खानपानसँगै बाह्य वातावरणमा समेत परिवर्तन आएको छ । जीवन दिनदिनै चिन्तामय बन्दै छ । अस्वस्थ प्रतिस्पर्धा धेरै छ, अप्राकृतिक कुराहरु बढ्दै छन् । व्यस्तताका कारण सुरक्षामा मानिसको ध्यान गएको छैन । जीवन धान्नका लागि संघर्ष गर्दागर्दै अत्यावश्यक कुरामा ध्यान पुर्याउन सकेको छैन ।

समयमा खाने, सुत्ने, सकारात्मक सोच्ने, चिन्तामुक्त हुने, नियमित व्यायाम गर्ने लगायत कुराहरु मानिसका प्राथमिकतामा पर्न सकेका छैनन् । वातावरणीय प्रदूषण चरम अवस्थामा छ । मानिसको जीवनशैली र वातावरणमा आएका यस्ता परिवर्तनका कारण नै पछिल्लो समय ग्यास्ट्रिक आमरोग बन्न पुगेको हो । यससँगै चिन्ता ग्यास्ट्रिकको प्रमुख कारण हो । पहिल्लो समय युवापुस्ताले अपनाउने गरेको अस्वस्थ जीवनशैली र चिन्तामग्नताले देशको युवा जनशक्तिलाई ग्यास्ट्रिकले गाँजेको छ ।
नेपालको सन्दर्भमा कतिपय सामाजिक, धार्मिक मूल्यमान्यताका कारण भोको बस्ने गर्नाले पनि ग्यास्ट्रिक बढिरहेको छ । पुरुषको तुलनामा नेपाली महिलाहरु बढी व्रत बस्ने, समयमा नखाने भएकाले ग्यास्ट्रिकबाट पीडित बन्न पुगेका छन् ।

विदेशमा बस्ने नेपाली पनि ग्यास्ट्रिकबाट पीडित छन् । उनीहरुमा ग्यास्ट्रिक हुने खास कारण भनेकै खाना वानीमा परिवर्तन हुनु हो । उनीहरुले यहाँ खाने खाना र उता गएर खाने खानामा पूरा परिवर्तन हुन्छ । यहाँ दाल, भात, तरकारी खाइरहेको मान्छे, पाचन प्रणाली पनि यहीँको वातावरणसित अभ्यस्त भइसकेको हुन्छ । विदेश गएर मानिसले बढी मात्रामा मासु, जंकफुड, दूध बढी मात्रामा खाने हुन्छ भने यहाँ साग र भेजको मात्रा बढी खाइरहेको हुन्छ ।
एक्कासि खानपानमा आउने यस्तो परिवर्तनका कारण खाना पचाउन नसक्ने हुन्छ । खाना राम्रो नै खाए पनि पचाउन नसक्दा ग्यास्ट्रिक हुन्छ । हाम्रो शरीरले कुनै वेला राम्रो खाना पनि पचाउन सक्दैन । यससँगै लामो ड्युटीका कारण समयमा खान नपाएर पनि उनीहरुमा ग्यास्ट्रिक हुने गरेको छ ।

समयमा खाने, सुत्ने, सकारात्मक सोच्ने, चिन्तामुक्त हुने, नियमित व्यायाम गर्ने लगायत कुराहरु मानिसका प्राथमिकतामा पर्न सकेका छैनन् । वातावरणीय प्रदूषण चरम अवस्थामा छ । मानिसको जीवनशैली र वातावरणमा आएका यस्ता परिवर्तनका कारण नै पछिल्लो समय ग्यास्ट्रिक आमरोग बन्न पुगेको हो ।

ग्यास्ट्रिक बिग्रेमा के हुन्छ ?
ग्यास्ट्रिक बिग्रेको खण्डमा अल्सर हुन्छ । अल्सर कहाँनेर छ भन्ने कुराले महत्व राख्छ । यदि पेटबाट तलतिर जाने नलीमा अल्सर रहेछ भने त्यसले खाना पास हुने नलीलाई नै सानो र साँघुरो बनाउँछ । खाना रोकियो वा पास भएन भने बान्ता पनि हुन्छ । अल्सर बिग्रको खण्डमा रक्तअल्पता हुन्छ, दिसामा रगत जान्छ, दिसा कालो हुन थाल्छ । समयमा उपचार गरेन भने यसले ज्यान पनि लिन सक्छ । अल्सरको समयमा उपचार नहुँदा आन्द्रा फुट्ने पनि सक्छ । उपचार अभावमा अल्सर बिग्रेर १ प्रतिशत मानिसमा क्यान्सर पनि हुने गरेको पाइएको छ । त्यसैले ग्यास्ट्रिक भएमा समयमै उपचार गराउन र खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

रोकथाम/उपचार
ग्यास्ट्रिकबाट बच्न सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको खानपिनमै हो । समयमा खाना खाने, राम्रो र पाकेको खाना खाने, पानीलाई उमालेर वा फिल्टर गरेर कीटाणुमुक्त बनाएर मात्र पिउने गर्नुपर्छ । सागसब्जी तथा फलफूल बढी मात्रामा खानुपर्छ । रक्सी, चुरोट खानुहुँदैन । सामान्य दाल, भात, तरकारीले केही असर गर्दैन । पानी बढी मात्रामा पिउनुपर्छ । पोलेको खानेकुरा खानुहुँदैन । मासु खाने हो भने मज्जाले पकाएर खानुपर्छ । अमिलो अचार, तारेको खानेकुरा बन्द गर्नुपर्छ । चिल्लो बढी खानुहुँदैन । पिरोले खासै असर त गर्दैन, तर पनि कहिल्यै नखानेलाई भने अपवादका रुपमा असर गर्छ । खुर्सानी कहिले पनि पच्दैन ।

पोषणले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसले शरीरमा शक्तिप्रवाह गर्छ । जब शरीरमा शक्ति बढ्छ वा तागत प्राप्त हुन्छ, त्यतिवेला केही भयो भने शरीरले आफूलाई नियन्त्रणमा राख्न सक्छ ।

पोषणयुक्त खानेकुराको सेवनले पनि ग्यास्ट्रिकबाट बच्न महत्वपूर्ण सहयोग पुर्याउँछ । पोषणले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसले शरीरमा शक्तिप्रवाह गर्छ । जब शरीरमा शक्ति बढ्छ वा तागत प्राप्त हुन्छ, त्यतिवेला केही भयो भने शरीरले आफूलाई नियन्त्रणमा राख्न सक्छ ।
ग्यास्ट्रिक उमेर छिप्पिएका मानिसलाई मात्र हुने नभई बच्चालाई पनि हुन्छ । खासगरी बच्चालाई खाएको कुरा पचाउन नसकेर ग्यास्ट्रिक हुन्छ । बच्चालाई ढ्याउ–ढ्याउ आउँदा, पेट दुख्दा ग्यास्ट्रिक भनेर पनि मान्ने गर्छौं । बच्चाले खानेकुरा नखाएर पनि यस्तो भएको हुन्छ । यस्तो अवस्थामा सजिलै पचाउन सक्ने, पोषणयुक्त खानेकुरा कुराहरु मात्र खुवाउनुपर्छ । बच्चालाई बढी मात्रामा दूध खुवाउनुपर्छ ।
बायोप्सी वा इन्डोस्कोपी गर्दा एच पाइलोरी नामक कीटाणु देखियो भने ट्रिपल थेरापी दिनुपर्ने हुन्छ । यसमा एन्टिवायोटिक्सको मात्रा मिलाएर चिकित्सको सल्लहअनुसार लिनुपर्छ ।

रोकथामका घरेलु उपाय
बिहान उठ्नासाथ दैनिक १। २ गिलास पानी पिउने
राति खाना खाएको कम्तीमा २ घण्टापछि मात्रै सुन्ते
समयमा सुत्ने र उठ्ने बानी बसाल्ने
नियमित खाने तालिकालाई पछ्याउँने

लक्षण
खानामा अरुचि
पेट ढुस्स हुने र भरिएजस्तो लाग्ने
पेटको माथिल्लो भाग पोल्ने, दुख्ने
बान्ता होलाजस्तो हुने
बढेको वेलामा खप्नै नसक्ने गरी पेट दुख्ने
कालो दिसा हुने

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै