न्याम्सले सरकारी चिकित्सकलाई केही सिटमा प्राथमिकता देओस्, तर सिन्डिकेट भने कदापि मान्य छैन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले एमडी, एमएसको प्रवेश परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद २४ अजोसका लागि तोकेको छ । तर, न्याम्सले सरकारी चिकित्सकलाई मात्र अध्ययनका लागि कोटा निर्धारण गरेको भन्दै गैरसरकारी चिकित्सक आक्रोशित बनिरहेका छन् । विशेषज्ञताका लागि अध्ययनको अवसर सरकारी चिकित्सकले मात्र नभएर सबैले पाउनुपर्ने माग राख्दै गैरसरकारी चिकित्सक संघ सरकारी निकायमा धाइरहेको छ । संघको नजरमा आखिर किन न्याम्समा एमडी, एमएस अध्ययनका लागि गैरसरकारी चिकित्सकलाई वञ्चित गरियो त ? गैरसरकारी चिकित्सकको असन्तुष्टि के हो ? समाधान कसरी निक्लिएला त ? यिनै विषयमा केन्द्रित रहेर गरिएको संवादमा गैरसरकारी चिकित्सक संघका महासचिव डा. रितेश थापा हेल्पपोस्टसँग यसरी प्रस्तुत भए :

न्याम्सले विगतका वर्षदेखि नै एमडी, एमएसको प्रवेश परीक्षाका लागि आवेदन माग्दै आएको छ । तर, यसमा गैरसरकारी चिकित्सकलाई वञ्चित गरिँदै आएको छ । राज्यको सबैभन्दा माथिल्लोस्तरमा रहेको न्याम्समा सबै चिकित्सकले अध्ययन गर्ने अवसर पाउनुपर्ने हो । तर, आवेदनमा उल्लेख भएअनुसार सरकारी चिकित्सकलाई पहिलो प्राथमिकता र बाँकी रहेका सिटमा मात्र खुला भनिएको छ, जुन पूर्णतः विभेदकारी छ ।

जति पनि राज्यद्वारा सञ्चालित विशेषज्ञता अध्यापन गराउने संघ–संस्था छन्, ती सबैमा सबै चिकित्सकको पहुँच हुन आवश्यक छ । उदाहरणका लागि टिचिङ अस्पताल (आइओएम), बिपी कोइराला प्रतिष्ठानमा अध्ययनका लागि गैरसरकारी चिकित्सकका लागि खुला रूपमा सिट छुट्याउनुपर्ने व्यवस्था छ । तर, न्याम्समा भने सबै सिटमा सरकारी चिकित्सकलाई अवसर दिने काम भइरहेको छ । यसले गैरसरकारी चिकित्सकमाथि अन्याय भइरहेको छ । गैरसरकारी चिकित्सक संघको मुख्य विरोध नै यसैमा हो ।

न्याम्समा एमडी, एमएसको प्रवेश परीक्षा आवश्यक भएका सरकारी चिकित्सक जम्मा १ सय ५० को हाराहारीमा छन् भने गैरसरकारी चिकित्सक लगभग ३ हजारको हाराहारीमा रहेको अवस्था छ । गैरसरकारी चिकित्सकको यत्रो ठूलो मासलाई ध्यानमा नराखीकन करिब ९५ प्रतिशत विद्यार्थीलाई प्रवेश परीक्षाबाटै वञ्चित गर्ने गरी आवेदन खुलाउँदा उनीहरूमाथि कतिसम्म अन्याय भयो होला, त्यो सम्झाइरहनुपर्ने कुरा होइन ।

हरेक चिकित्सकले कुनै पनि शिक्षणसंस्थामा मेरिटका लागि परीक्षा दिन पाउनुपर्छ । पढ्न पाउनु सबैको नैसर्गिक अधिकार हो । न्याम्सले जुन अभ्यास गरिरहेको छ, त्यो सोझै संविधानसँग बाझिएको देखिन्छ । सबैको पहुँच हुनुपर्ने ठाउँमा एउटा समूहलाई मात्र अवसर दिने जुन अन्यायपूर्ण, असंवैधानिक काम गरिएको छ, त्यसमा हाम्रो पूर्ण असहमति छ र रहि नै रहन्छ ।

यस विषयमा गैरसरकारी चिकित्सकले सरकारी व्यवस्था र प्रणालीको विरोध गरेको हो, विभेदकारी प्रवृत्तिको विरोध गरेको हो, न कि सरकारी चिकित्सकको । गैरसरकारी चिकित्सकलाई न्याम्सले गरेको अन्यायपूर्ण व्यवहारलाई मध्यनजर गर्दै केही दिनअघि गैरसरकारी चिकित्सक संघले गोष्ठीको आयोजना गरेको थियो । न्याम्समा एमडी, एमएसको प्रवेश परीक्षा आवश्यक भएका सरकारी चिकित्सक जम्मा १ सय ५० को हाराहारीमा छन् भने गैरसरकारी चिकित्सक लगभग ३ हजारको हाराहारीमा रहेको अवस्था छ । गैरसरकारी चिकित्सकको यत्रो ठूलो मासलाई ध्यानमा नराखीकन करिब ९५ प्रतिशत विद्यार्थीलाई प्रवेश परीक्षाबाटै वञ्चित गर्ने गरी आवेदन खुलाउँदा उनीहरूमाथि कतिसम्म अन्याय भयो होला, त्यो सम्झाइरहनुपर्ने कुरा होइन ।

न्याम्सले सरकारीस्तरमा काम गरिरहनुभएका चिकित्सकलाई प्राथमिकतामा राख्नु गलत होइन । किनभने, उहाँहरू यही एमडी पढ्नकै लागि गाउँ–गाउँमा, जिल्ला–जिल्लामा गएर काम गरिरहनुभएको छ । तर, सम्पूर्ण सिट सरकारी चिकित्सकको प्राथमिकतामा राखिनुचाहिँ सिन्डिकेटजस्तो भयो । यसो गर्दा सरकारी चिकित्सकको इच्छा भएन भने बल्ल अरूले पढ्न पाउने भए ।

न्याम्सले सरकारीस्तरमा काम गरिरहनुभएका चिकित्सकलाई प्राथमिकतामा राख्नु गलत होइन । किनभने, उहाँहरू यही एमडी पढ्नकै लागि गाउँ–गाउँमा, जिल्ला–जिल्लामा गएर काम गरिरहनुभएको छ । तर, सम्पूर्ण सिट सरकारी चिकित्सकको प्राथमिकतामा राखिनुचाहिँ सिन्डिकेटजस्तो भयो । यसो गर्दा सरकारी चिकित्सकको इच्छा भएन भने बल्ल अरूले पढ्न पाउने भए । गैरसरकारी चिकित्सकले ८० प्रतिशत ल्याउँदा पनि पढ्न नपाउने र सरकारी चिकित्सकले ५० प्रतिशत ल्याउँदा पढ्न पाउने भएपछि यसमा गुणस्तरको पनि प्रश्न उठ्ने नै भयो । शिक्षणसंस्थाले गुणस्तर पनि व्यवस्थापन गर्न सक्नुपर्छ ।

पछिल्लो वर्ष पनि यसै विषयमा मुद्दा परेको थियो, अझै पनि विचाराधीन छ । यही विषयको मुद्दा विचाराधीन रहेकै अवस्थामा गैरसरकारी चिकित्सकले केही पनि गर्न सक्दैनन् भन्ने हिसाबले पुरानै रूपको आवेदन माग गर्नु भनेको हामीलाई पेल्न खोजिएको हो । गैरसरकारी चिकित्सक संघ गैरसरकारी चिकित्सकको हक–हितकै लागि स्थापना भएको हो । त्यसैले अब हामी हाम्रा सदस्यमाथि गरिएको विभेदविरुद्ध विभिन्न विरोधका कार्यक्रममार्फत अघि बढ्नेछौ । यसअन्तर्गत विरोधस्वरूप हामी भिसी, डिन, सचिव, आयोगको उपाअध्यक्षलगायत विभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै छौँ । यसैगरी, अन्य कार्यक्रम पनि चरणबद्ध रूपमा अघि बढ्नेछन् ।

त्यसैगरी, हामी कानुनी रूपमा पनि न्यायका लागि लड्दै जान्छौँ । त्यसपछिको निर्णय भनेको सर्वोच्च अदालतको हो । हामीलाई अदालतको निर्णय मान्य हुन्छ । सबैभन्दा राम्रो न्याम्सले अख्तियार गरेको प्रवेश परीक्षाको विभेदकारी प्रावधानलाई न्यायोचित र कानुनसम्मत हुने गरी सच्याउनुपर्छ र अहिलेको परीक्षा स्थगित गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आत्महत्याको मिडियाकरणले आमआत्महत्या

पत्रकार सालिकराम पुडासैनीले चितवन पुगेर गरेको आत्महत्याको घटना अहिले देशैभर चर्चामा छ । त्यसपछि पनि निरन्तर आत्महत्याका घटना सार्वजनिक भइरहेका छन् । मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी कार्यालयभित्र होस् या काठमाडौंको नयाँ बसपार्कको होटेलमा, आत्महत्याका घटना घटि नै रहेका छन् । नेपालमा दैनिक औसत १४ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल प्रहरीको रेकर्डअनुसार विगतका वर्षभन्दा आत्महत्याको दर ८ प्रतिशतले बढेको पाइएको छ । मानिस किन आत्महत्या गर्न विवश हुन्छ ? क्षणभरको आवेगमा आएर मानिस कसरी अमूल्य जीवन नफर्किने गरी समाप्त गर्न तत्पर हुन्छ ? मानिस किन जीवनसित सजिलै हार खान पुग्छ ? आत्महत्याका कारण के–के हुन सक्छन् ? यिनै विषयसँग सम्बन्धित रहेर हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीका क्रममा मानसिकरोग विशेषज्ञ डा. रितेश थापा यसरी व्यक्त भए–

हाम्रो समाजमा आत्महत्याको विषयलाई लिएर धेरै भ्रम रहेका छन् । आत्महत्या भन्नेबित्तिकै दिमाग खुस्किएको अथवा दिमाग नभएको मानिसले वा कायर वा मूर्खले गर्ने हो भन्ने सोच व्याप्त छ, जुन अवधारणा गलत हो । मानिस जब मानसिक तनाव झेल्न नसकेर डिप्रेसनमा जान्छ वा उसलाई अन्य कुनै मानसिक रोग लाग्छ र त्यसबाट बाहिर निस्कने कुनै पनि उपाय पाउँदैन वा धेरै पीडा भएका बखत कम गर्न नसक्ने अवस्थामा पुग्छ, तब ऊ आत्महत्यामा जाने गर्छ ।

९०% आत्महत्याको कारण मानसिक रोग
आत्महत्याको मुख्य कारण मानसिक रोग हो । अध्ययनहरूले ९० प्रतिशत आत्महत्याको कारण कुनै न कुनै किसिमको मानसिक रोग भएको देखाएका छन् । ९० प्रतिशतमा पनि सबैभन्दा मुख्य कारण डिप्रेसन अथवा मनसँग सम्बन्धित रोग भएको पाइएको छ । आत्महत्या गर्ने मानिसमा पहिलेदेखि नै डिप्रेसनका लक्षणहरू जस्तै, मन उदास हुने, झर्को लाग्ने, नकारात्मक सोच आउने, शरीरमा स्फूर्ति नआउने, नरमाइलो लाग्ने, एक्लो भएर बस्न मन लाग्ने आदि हुन्छ । डिप्रेसन बढ्दै गएपछि जब व्यक्तिले कतै पनि तनाव वा समस्याको समाधान भेट्दैन, त्यसपछि उसमा बाँचेर काम छैन, मर्न पाए हुन्थ्यो भन्ने सोच आउन थाल्छ । अब उसले पीडा कम गर्ने उपाय नै मुत्यु हो भन्ने सोच राख्दै जान्छ । मेरा कारण सबैजनालाई दुःख भयो, मैले बाँचेर अरूलाई दुःख दिनुभन्दा मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्छ । आत्मग्लानि भएका कारण मानिस आत्महत्याको बाटो रोज्ने गर्छ । आत्महत्या गर्नु धेरै नै गाह्रो काम हो ।

आत्महत्याअघि २० पटकसम्म आत्महत्या प्रयास
डिप्रेसन वा मानसिक रोग जसलाई पनि लाग्न सक्छ । जीवनको कालखण्डमा जोकोही यसको सिकार बन्न सक्छ । अनुसन्धानका अनुसार आत्महत्या गरेर जसले मृत्युवरण गर्छन्, उनीहरूले त्यसअघि धेरैपटक आत्महत्याको प्रयास गरेका हुन्छन् । उनीहरूले २० पटकसम्म पनि आत्महत्याको प्रयास गरेका छन् भनेर अनुसन्धानले देखाएको छ ।

कहिलेकाहीँ आवेगमा आएर पनि मानिसले आत्महत्या गर्छन् । समाजले महत्त्वका साथ हेर्ने कुनै परीक्षामा फेल भएका कारण, जीवनमा केही घटना घटेपछि आफ्नो दिमागमा केही तनाव भएपछि नियन्त्रण गर्न नसकेर मानिसले आत्महत्याको प्रयास गर्ने गरेका धेरै उदाहरण छन्, जसमा केहीले मृत्युवरण गर्छन् त केही कुनै कारणले प्रयास विफल हुँदा जोगिन पुग्छन् ।

सुसाइट नोट र त्यसमा कसैप्रति आरोप
पछिल्लो समय कुनै मानिसविशेषलाई दोष लगाएर कुनै सन्देश वा सुसाइट नोट छोडेर आत्महत्या गर्ने घटना पनि बढेका छन् । अधिकांश आत्महत्यामा कुनै न कुनै प्रकारको मानसिक रोगको भूमिका हुने हुँदा कुनै व्यक्तिे यही कारणले मानिसको नाम लिएर आत्महत्या गर्छ भनेर पत्ता लगाउन भने सकिँदैन । उसले मृत्युवरण गरिसकेको अवस्थामा उसले आत्महत्या गर्नुअघि भनेका कुरा वा कसैविरुद्ध लगाएका आरोप सही हुन् या गलत भनी छुट्याउन गाह्रो हुन्छ । तर, प्रायः मानिस तनावै कारण आत्महत्यामा पुग्ने हुन् ।

जापान, जर्मनी, अस्ट्रेलियालगायत देशमा आत्महत्यामा मिडियाको रोलबारे धेरै अनुसन्धान भएका छन् । केही समयपहिले ‘थर्टिन रिजन्स ह्वाई’ नामक एक टेलिसिरियल प्रसारण हुन्थ्यो । उक्त सिरियल प्रसारण हुन थालेपछि गुगलमा कसरी आत्महत्या गर्न सकिन्छ भनेर सर्च गर्ने मानिसको संख्या बढेको देखियो, जसका कारण टेलिसिरियल बन्दै भयो । तसर्थ, यस्ता विषयमा मिडियाको ठूलो प्रभाव रहेको हुन्छ ।

उदाहरणका लागि पैसाको लेनदेन, पारिवारिक समस्या, सामाजिक समस्या वा सम्बन्धनका कारण उसको तनावको स्तर झेल्न नसक्ने अवस्थामा पुगेको हुन सक्छ । त्यसैले पनि कतिपय मानिसले आत्महत्या गर्नुपूर्व आफू तनावमा पर्नुको कारणबारे सुसाइट नोट लेख्ने गरेका पनि छन् । मैले यो कारणले मर्नुपर्यो वा दुःख पाएँ । दुःख पाएँ भनेर लेख्दै गर्दा फलानो व्यक्तिले दुःख दियो, श्रीमती वा श्रीमान्बाट दुःख झेल्नुपर्यो, जीवनमा सफलता हासिल गर्न सकिनँ, परिवारको सपना पूरा गर्न सकिएन इत्यादि सोच आइरहेका हुन्छन् । यही विषयलाई नै सुसाइट नोटमा लेख्ने गरेको पाइन्छ । अहिले मिडियाको जमाना आएकाले मिडियाको प्रयोग बढी हुन थाल्यो । सञ्चार र प्रविधिको विकाससँगै आत्महत्यापूर्व रेकर्ड गर्ने, म्यासेज गर्ने वा भिडियो नै रेकर्ड गरेर छोडिदिने प्रचलन बढेको छ । यद्यपि, यो विलकुलै नयाँ प्रयोग भने होइन, प्रकार मात्र परिवर्तन भएको हो ।

स्वैच्छिक मृत्युवरण गर्न लागेका मानिसले आफ्नो मनमा लागेका कुरा सुसाइट नोटमा लेखेर छोड्ने गरेको पाइन्छ । यो विषय मान्छेमा भरपर्ने कुरा हो, उसले अरूलाई दोष दिन्छ कि दिँदैन । तर, प्रायः आत्महत्या गर्ने मानिसले अरूलाई मात्र होइन कि, आफूलाई पनि दोष दिइरहेका हुन्छन् ।

तनावका कारण
व्यक्तिमा तनाव आफ्नो व्यक्तिगत कारणले पनि हुन सक्छ भने पारिवारिक कारणले पनि हुन्छ । परिवार छुट्टिएर बसेका कारण एकआपसमा सद्भाव तथा सपोर्ट नभएको मानिसलाई तनाव बढ्न सक्छ । त्यसैगरी, सामाजिक कारण पनि तनाव हुन्छ । बदलिँदो समाजिक परिवेशमा विदेश जानेक्रम बढिरहेको छ । समाजमा नकारात्मक कुराहरू बढी आउन थालेका छन् । यसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानिसलाई असर गरिरहेको हुन्छ ।

घटनाको मिडियाकरण हुँदा आत्महत्यालाई प्रश्रय, एक आत्महत्याको समाचारले २ सयसम्म आत्महत्या
तनावमा अर्को वेदर इफेक्ट पनि हुन्छ । सार्वजनिक मिडिया तथा सामाजिक सञ्जालमा कसैको आत्महत्यालाई लिएर अतिरञ्जित गरेर प्रकाशन–प्रसारण गरेको खण्डमा आत्महत्याले प्रश्रय पाइरहेको हुन्छ । प्रख्यात मानिस तथा सेलिब्रेटीले गरेको आत्महत्याको विषयमा रिपोर्टिङ भएपछि धेरै पछिसम्म पनि त्यसैकिसिमका आत्महत्या बढ्दै गएका उदाहरण छन् । कतिपय मानिसले त्यसलाई कपी गर्न खोज्छन् । अन्य मानिसले पनि तनाव झेलिरहेका हुन सक्छन् र उनीहरूमा पनि आत्महत्याको सोच आइरहेको हुन सक्छ । तर, उनीहरूले आत्महत्याको प्रयास गर्न सकिरहेका हुँदैनन् । मिडियामा आत्महत्याको विषय बढी प्रचारित हुँदा वैधानिकताजस्तो ठानेर यसअघि आत्महत्याको प्रयासमा रोकिएका मानिसले पनि आत्महत्याका धेरै घटना समाजमा घटाइरहेका छन् । एकजनाले आत्महत्या गरेपछि २ सय जनासम्मले कुनै न कुनै रूपमा त्यसैबाट प्रेरित भएर आत्महत्या गरेका उदाहरण पनि छन् । त्यही समय मिलाएर, उही उमेर समूहका मानिसले, त्यस्तै प्रकारले आत्महत्या गरिरहेका हुन्छन् ।

तनाव मोडरेट लेबलमा पुगेको छ भने खालि योग वा काउन्सिलिङ गरेर मात्र ठिक हुँदैन । किनभने, डिप्रेसन भनेको रोग हो, जसको उपचार मनोपरामर्श र औषधिबाट हुन्छ । यदि कोही मानिस सिभियरको तहमा डिप्रेसनमा गएको छ र आत्महत्या गर्ने सोच बारम्बार आइरहेको छ भने त्यस्ता बिरामीलाई तुरुन्तै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । अस्पताल भर्ना भएर काउन्सिलिङ तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधि दिने गरिन्छ ।

आत्महत्याको रिपोर्टिङका लागि छुट्टै गाइडलाइन बनाइएका छन् । विश्वमा धेरै पत्रकारले यो गाइडलाइनको फलो गरेका छन् । तर, दुर्भाग्यवश हाम्रो देशमा फलो गरेको पाइँदैन । कुन विषयलाई कसरी प्रकाशित गर्नुपर्छ भन्ने कुराको ज्ञान सञ्चारकर्मीमै कम भएको पाइएको छ । त्यसैले पनि एक आत्महत्याको केसले अन्य आत्महत्यालाई प्रश्रय दिइरहेको छ । यस विषयमा विश्वमा धेरै अनुसन्धान भएका छन् । जापान, जर्मनी, अस्ट्रेलियालगायत देशमा आत्महत्यामा मिडियाको रोलबारे धेरै अनुसन्धान भएका छन् । केही समयपहिले ‘थर्टिन रिजन्स ह्वाई’ नामक एक टेलिसिरियल प्रसारण हुन्थ्यो । उक्त सिरियल प्रसारण हुन थालेपछि गुगलमा कसरी आत्महत्या गर्न सकिन्छ भनेर सर्च गर्ने मानिसको संख्या बढेको देखियो, जसका कारण टेलिसिरियल बन्दै भयो । तसर्थ, यस्ता विषयमा मिडियाको ठूलो प्रभाव रहेको हुन्छ ।

तनावका ३ तह र लक्षण
तनाव हुँदा सुरु–सुरुमा मानिसमा शारीरिक लक्षण बढी देखिने गर्छन् । टाउको दुख्ने, जिउ भारी भइराख्ने, निद्रा नलाग्ने, खान मन नलाग्ने तनावका सुरुवाती लक्षण हुन् । बिस्तारै व्यक्तिको काममा इच्छा हराउँदै जाने, मन उदास तथा निरास हुने, दिक्क लाग्ने, स–साना कुरामा झर्किने, एक्लो भएर बस्न मन लाग्ने, अरूले भनेको कुरालाई नकारात्मक रूपमा लिने तथा त्यसै रूपमा प्रतिक्रिया दिनेजस्ता लक्षण विकसित हुन थाल्छन् । त्यसैगरी, परिवारमा घुलमिल कम हुने, पढाइ वा काममा ध्यान कम जाने र नकारात्मक सोच आउने हुन थाल्छन्, जुन डिप्रेसनका लक्षण हुन् । यस्ता लक्षण लगातार दुई सातासम्म प्रायः दिन वा समयमा देखिएमा त्यसलाई डिप्रेसन भनिन्छ । मन उदास हुने, जिउमा स्फूर्ति कम आउने र पहिले रमाइलो लाग्ने कुराहरू नरमाइलो लाग्ने, यौन इच्छा कम हुनेलगायत छटपटी भइरहेको खण्डमा आफैँले त्यसको मूल्यांकन गरेर पनि रोग चिन्न सकिन्छ ।

तनावको उपचार
सुरुवाती लक्षण देखिँदैमा चिकित्सककहाँ गएको खण्डमा डिप्रेसन हो कि होइन, औषधि खानुपर्छ कि पर्दैन, कुन लेबलमा पुगेको छ, पत्ता लगाउन सकिन्छ । डिप्रेसनबाटै आत्महत्याको सोच आउने हो । कहिलेकाहीँ मानिसको व्यवहारमा परिवर्तन भइरहेको हुन्छ, तर उसलाई तनावमा भएकै कारण व्यवहारमा परिवर्तन भएको थाहा हुँदैन । कतिपय मानिसले तनाव होइन, यस्तो जसलाई पनि हुन्छ, म आफैँ नियन्त्रण गर्छु भनेर बसिरहेका हुन्छन् । तनाव के कारणले भयो भनेर पत्ता लगाउन सक्नुपर्छ । कारण पत्ता लागेपछि आफ्नो तर्फबाट वा पारिवारको सल्लाहले उपचार गर्न सकिन्छ । त्यसैगरी, योग गर्ने, सकारात्मक सोच राख्ने, लागुऔषध सेवन नगर्ने, निद्रा मिलाउनेजस्ता अभ्यासले पनि सामान्य तनावलाई व्यवस्थापन गर्न सकिन्छ । यस्ता अभ्यासले पनि तनाव व्यवस्थापन गर्न सकिएन भने डाक्टरकहाँ जानुपर्छ । डिप्रेसनका पनि माइल्ट, मोडरेट, सिभियर गरेर ग्रेडिङ गरिएको छ ।

आत्महत्या मानसिक रोगको उपज हो भनेर बुझ्नुपर्छ । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई चिढ्याउने, घृणा गर्ने, उडाउने गर्नुहुँदैन । मिडियाले आत्महत्याबारे निर्धारित गाइडलाइनको फलो गरेर मात्र रिपोर्टिङ गरेको खण्डमा आत्महत्याको दर धेरै हदसम्म घटाउन सकिन्छ ।

सुरुवाती अवस्थाको तनावमा उपचारका लागि आएको अवस्थामा समस्यासँग सम्बन्धित मनोपरामर्श दिएर घर पठाउने गरिन्छ । तनाव मोडरेट लेबलमा पुगेको छ भने खालि योग वा काउन्सिलिङ गरेर मात्र ठिक हुँदैन । किनभने, डिप्रेसन भनेको रोग हो, जसको उपचार मनोपरामर्श र औषधिबाट हुन्छ । यदि कोही मानिस सिभियरको तहमा डिप्रेसनमा गएको छ र आत्महत्या गर्ने सोच बारम्बार आइरहेको छ भने त्यस्ता बिरामीलाई तुरुन्तै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । अस्पताल भर्ना भएर काउन्सिलिङ तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधि दिने गरिन्छ । आत्महत्याको सोच आइरहेको व्यक्तिको दिमागबाट त्यस्तो सोच बाहिर निस्किएपछि मात्र घर फर्काउने गरिन्छ ।

आत्महत्या मानसिक रोगको उपज हो भनेर बुझ्नुपर्छ । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई चिढ्याउने, घृणा गर्ने, उडाउने गर्नुहुँदैन । मिडियाले आत्महत्याबारे निर्धारित गाइडलाइनको फलो गरेर मात्र रिपोर्टिङ गरेको खण्डमा आत्महत्याको दर धेरै हदसम्म घटाउन सकिन्छ ।

नेपालमा दैनिक औसत १४ जनाले आत्महत्या गर्ने गरेका छन् । पुलिसको रेकर्डअनुसार विगतका वर्षभन्दा आत्महत्याको दर ८ प्रतिशतले बढेको पाइएको छ । यसको रोकथामका लागि सबैजनाको साथ र सहयोग आवश्यक छ ।

(डा. थापा रिदम न्युरो साइक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत छन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टाउको वा पेट दुखिरहनु वा हातखुट्टा झमझमाउनु पनि मानसिक समस्या हुन सक्छ

जनमानसमा मानसिकरोग भन्नेबित्तिकै मानिस पागल भयो, दिमागले काम गरेन भन्ने धारणा व्याप्त छ, जुन बिलकुलै गलत छ । मानसिकरोगका बिरामी विभिन्न प्रकारका हुन्छन् । मानिसको मस्तिष्क वा दिमागले गर्ने काम धेरै हुन्छन् । जस्तो कि, बोल्ने, सोच्न सक्ने क्षमता, तर्क–वितर्क गर्न सक्ने क्षमता, भावना परिवर्तनलाई नियन्त्रण गर्न सक्ने क्षमता, निदाउन सक्ने क्षमता, सही निर्णय लिन सक्ने क्षमता, स्मरणशक्ति, उचित व्यवहार गर्न सक्ने क्षमता, यी सबै मस्तिष्कका काम हुन् । त्यसमा कुनै पनि कारणले गर्दा गडबडी आयो र त्यसले बिरामी स्वयम्लाई वा वरिपरि बस्ने परिवार वा समाजलाई असर गर्यो भने त्यसलाई मानसिकरोग लागेको भन्न सकिन्छ ।

मानिसमा सोच्ने क्षमतामा कमी हुनु, भावनात्मक परिवर्तन हुनु, दुःखी वा खुसी हुनु, रिसाउनु आदि नियमित प्रक्रिया हुन् । तर, यी कुराहरूलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । यदि कुनै पनि कारणले नियन्त्रणमा राख्न सकिएन भने डिप्रेसनमा जाने सम्भावना हुन्छ ।

हाम्रो खुसी, रिसलाई पनि नियन्त्रणमा राख्न सकिएन, हामी अत्यधिक मात्रामा खुसी वा दुःखी भयौँ वा नचाहिने कुरामा गलत अनुभूति गर्न थाल्यौँ भने कडाकिसिमको मानसिक रोगमा जान्छौँ । एउटा फन्सर्नमा डिमेसिया भन्ने हुन्छ, वृद्धवृद्धामा स्मरणशक्तिमा कमी आउने समस्या हो, जुन दिमागसँग सम्बन्धित छ । त्यसमा पनि गडबडी भयो भने मानसिकरोग निम्तिन सक्छ ।

कडाकिसिमको मानसिकरोग लागेका बिरामीलाई म बिरामी हुँ भन्ने कुरा थाहा हुँदैन । बिरामी आफ्नै संसारमा रमाएर बसेको हुन्छ । बिरामीमा धेरै भ्रम हुन्छन् । जस्तो कि, कोही मानिसले भन्ला, म प्रधानमन्त्री हुँ, एउटा समान्य काम गर्ने मानिसले म अर्बपति हुँ भन्नु, घमण्डको कुरा गर्नु, जे पनि गर्न सक्छु भन्नु, वास्तविकतासँग अलिक टाढा रहरे कुरा गर्न थाल्नु, भ्रम सिर्जना गर्न थाल्नु, अरूले नसुन्ने आवाज सुन्न थाल्नु, मानिसले मलाई मार्न खोजेका छन् भन्ने शंका बिरामीको दिमाखमा आउन थाल्नु, यस्ता समस्या देखिन थाल्यो भने यसलाई कडाखालको मानसिक रोगको लक्षण भन्न सकिन्छ ।

डिप्रेसनका पनि भित्री केही चरण हुन्छन् । सामान्य मात्रामा मन दुःखी हुन थालेको अवस्था, मन निकै दुःखी भएर घरमा सधैँ रोएर बस्ने, आफ्नो काम–कर्तव्य नै छोडेर घरमै बस्ने, अझै बढी भएमा आत्महत्याको सोचाइ आउन थाल्ने, कडा डिप्रेसनका कारण आफ्नो हेरचाह गर्न छोडिसकेको व्यवहार देखाउने भएमा डिप्रेसनको समस्या बढी भएको बुझ्नुपर्छ ।

डिप्रेसनका पनि भित्री केही चरण हुन्छन् । सामान्य मात्रामा मन दुःखी हुन थालेको अवस्था, मन निकै दुःखी भएर घरमा सधैँ रोएर बस्ने, आफ्नो काम–कर्तव्य नै छोडेर घरमै बस्ने, अझै बढी भएमा आत्महत्याको सोचाइ आउन थाल्ने, कडा डिप्रेसनका कारण आफ्नो हेरचाह गर्न छोडिसकेको व्यवहार देखाउने भएमा डिप्रेसनको समस्या बढी भएको बुझ्नुपर्छ । डिप्रेसनभित्रका चरणहरूलाई म्याइन, मोडर, सिबियरजस्ता नाम दिने गरिएको छ । डिप्रेसन भइसकेपछि एन्जाइटीमा जाने, सिजोफिना हुनेचाहिँ हुँदैन ।

सामान्य मानसिकरोगको उपचार सरलकिसिमले गर्न सकिन्छ । ४ रूपैयाँदेखि १५ रूपैयाँसम्मका एक–दुईवटा सामान्य औषधि सेवनबाट पनि ठिक हुने गर्छ । भर्खरै सुरुवात भएको डिप्रेसन, एन्जाइटीमा काउन्सिलिङ, परामर्श, साइकोथेरापीबाट बिरामीको उपचार गर्न सकिन्छ ।

यी सामान्य औषधि वा काउन्सिलिङले पनि बिरामीमा सुधार आएन भने औषधिको मात्रा बढाएर विद्युतीय ई–सिटीका माध्यमले उपचार गर्नुपर्ने अवस्था पनि आउँछ । त्यसैगरी, अहिले नेपालमै पहिलोपटक आएको आटिएमएस प्रविधिले पनि उपचार गर्न सकिन्छ ।

सडक, बाटोमा बेवारिसेतरिकाले मानिस हिँडिरहेका हुन्छन् । ती मानिस किन त्यसरी हिँडिरहेका छन् त भन्दा घर–परिवार, समाजले सहयोग नगरेका कारण विभिन्न मानसिक समस्याबाट ग्रस्त छन् । त्यस्ता बिरामीलाई कुनै माध्यमबाट अस्पताल पुर्याएर औषधि सुरु गर्ने हो भने दुई–तीन महिनामा ठिक हुन्छ ।

मानसिकरोग लाग्नुका पछाडि धेरै कारण हुन्छन् । जस्तो कि, जन्मजात कारणले पनि कतिपय बच्चा सुस्त मनस्थिति भएका हुन्छन् । वंशानुगत कारण पनि हुन्छ । यदि बुबा, आमा वा परिवारको अन्य सदस्यमा मानसिक समस्या छ भने बच्चामा पनि हुने सम्भवना बढी हुन्छ ।

नेपालमा कति मानसिकरोगी छन् भन्ने कुनै तथ्यांक छैन । तर, अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्यचौकीबाट स्वास्थ्य मन्त्रालयमा आएको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको २० देखि २५ प्रतिशत मानिसलाई मनोसामाजिक र मानसिक समस्या छ भन्ने अनुमान गरिएको छ । अहिले नेपाल सरकारले पहिलोपटक देशव्यापी रूपमा मानसिक रोगबारे सर्वेक्षणसुरु गरेको छ ।

मानसिकरोग लागेका व्यक्तिको जति छिटो उपचार गर्न सक्यो, त्यति छिटो निको हुने सम्भावना रहन्छ । तर, कडाकिसिमको मानसिकरोग लागेका बिरामीलाई उपचार गर्न लामो समय लाग्न सक्छ । कसै–कसैलाई जीवनभर औषधि राख्नुपर्ने पनि हुन सक्छ । एकाध बिरामीले उपचार पाउँदैनन्, परिवार र समाजबाट सहयोग मिल्दैन, जसका कारण सडककै वास हुने समस्या आउन सक्छ । कुनै पनि मानसिकरोग नियमित औषधि सेवन गर्नाले बिस्तारै ठिक हुँदै जान्छ ।

मानसिकरोग लाग्नुका पछाडि धेरै कारण हुन्छन् । जस्तो कि, जन्मजात कारणले पनि कतिपय बच्चा सुस्त मनस्थिति भएका हुन्छन् । वंशानुगत कारण पनि हुन्छ । यदि बुबा, आमा वा परिवारको अन्य सदस्यमा मानसिक समस्या छ भने बच्चामा पनि हुने सम्भवना बढी हुन्छ । बाल्यकालमा कुनै अप्रिय घटना भएका छन्, जस्तै, बुबा, आमासित बिछोड वा मुत्यु भएको छ भने छोरा–छोरीमा मानसिक समस्या देखापर्न सक्छ । त्यसैगरी सामाजिक अपहेलना झेलेको, परिवारभित्रको झै–झगडा, मनमुटाव र व्यक्तित्व नै नकारात्मक रहेको छ भने पनि मानसिक समस्या उत्पन्न हुने गर्छ । त्यसैगरी, लागुऔषध सेवन गर्ने मानिसलाई पनि मानसिकरोग हुने सम्भावना बढी हुन्छ । लामो समयसम्म औषधि प्रयोग गरिरहेको छ भने पनि मानसिक समस्या उत्पन्न हुन सक्छ ।

मानसिक समस्या छ भन्नुको अर्थ पागल हुनु, बौलाउनु, दिमाग खुस्किनु होइन । टाउको दुखेर मात्र, हात–खुट्टा झमझमाएर मात्र पनि मानिसहरू मानसिक अस्पताल आइरहेका हुन्छन् । त्यसैगरी, पेट दुखिराख्ने वा कटक्क काट्नेजस्ता समस्या लिएर पनि आइरहेका हुन्छन् । लाखौँ खर्च गरिरहेका हुन्छन्, तर निको भएको हुँदैन ।

विभिन्न प्रकारका मानसिकरोगअनुसार लक्षण पनि फरक–फरक हुन्छन् । जस्तै, डिप्रेसन हो भने मानिसमा नकारात्मक सोच आउने, शरीरमा स्फूर्ति कम हुँदै जाने, काम गर्न मन नलाग्ने, निद्रामा गडबडी हुने, रुन मन लाग्ने, मन उदास हुने लक्षण देखिन्छन् । एनजाइटी डिसअर्डर रहेको छ भने चिन्ता धेरै लाग्ने, आत्तिने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, केही गर्न हिम्मत नआउने, हात कामिराख्ने हुन्छन् । सिजोफिनिया लागेको छ भने असामान्य व्यवहार देखाउने, जथाभावी बोल्ने, बढी रिसाउने, कानमा आवाज आयो भनेर एक्लै कराउनेजस्ता लक्षण देखापर्छन् ।

मानसिक समस्या छ भन्नुको अर्थ पागल हुनु, बौलाउनु, दिमाग खुस्किनु होइन । टाउको दुखेर मात्र, हात–खुट्टा झमझमाएर मात्र पनि मानिसहरू मानसिक अस्पताल आइरहेका हुन्छन् । त्यसैगरी, पेट दुखिराख्ने वा कटक्क काट्नेजस्ता समस्या लिएर पनि आइरहेका हुन्छन् । लाखौँ खर्च गरिरहेका हुन्छन्, तर निको भएको हुँदैन । मनोवैज्ञानिक कारणले बढी शारीरिक समस्या आउनु पनि मानसिकरोग हुन सक्छ । यसो हर्दा मानिसमा केही पनि नदेखिने, तर उसलाई खालि मनमा एउटा चिन्ता लाग्ने पनि रोग हुन्छ, मानसिक समस्याभित्रै पर्छ र समयमै उचित उपचार गराएमा सामान्य उपचारले पनि निको हुन्छ ।

(पुष्पराज चौलागाईँसँगको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै