नेपालमा संक्रमणकाे कुन चरणमा दौडिरहेको छ कोरोना भाइरस?

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा पुगिसकेको छ। उदयपुरमा एकै दिन १२ जना कोरोना संक्रमित भेटिएका छन्। सुदूरपश्चिममा एकै दिन तीनजना नयाँ संक्रमित भेटिए। चितवनमा पनि उस्तैगरी भेटिएका छन्।

भारतबाट आएकाहरूमा बढी संक्रमण देखिनुले पनि नेपालमा फैलिन सक्ने संकेत गरिसकको छ। सर्वप्रथम तेस्रो र चौथौ चरणमा पुग्न नदिनको लागि सरकारले परीक्षणको दायरा बढाउनुपर्ने देखिन्छ ।

संक्रमित व्यक्तिहरूको परिवार, आफन्त तथा समुदायमा के कति संक्रमति छ कि छैन भनेर खोज्न आवश्यक छ। अहिले हाम्रो अवस्थामा परीक्षणको दायरा नै बढाउने हो।

सुदूरपश्चिमबाट फैलन नदिनको लागि भारतबाट आएका मानिसमा र्‍यापिडमार्फत परीक्षण गर्ने आवश्यक छ। उक्त प्रदेशमा डबल लकडाउन प्रभावकारी बनाउनुपर्छ। भारतबाट आएका व्यक्तिहरूलाई गाउँ-गाउँमा खोजी गरेर क्वारेन्टाइनमा राख्नुपर्छ। नेपालमा तेस्रो चरणको संक्रमण देखियो भने भयावह अवस्था निश्चित नै छ।

सामान्य अवस्थामा पनि गम्भीर रोगका बिरामी आइसियू र भेन्टिलेटर अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको हाम्रो देशमा महामारी सामना गर्न तयारी अपूर्ण देखिएको छ।

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा परीक्षण गर्न निर्देशन दिएको छ। तर, सरकारले समयमा नै परीक्षणको दायरालाई बढाउनु पर्छ।

सरकारले हालसम्म एकदमै न्यून मात्रामा परीक्षण गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार परीक्षणको दायरालाई बढाउन सकेमात्र महामारीलाई रोक्न सकिन्छ। सरकारले लाखौं संख्यमा परीक्षण नगरेसम्म नेपालमा कोरोनाको स्थिति के छ भन्ने यकिन हुँदैन।

परीक्षण भएपछि पोजेटिभ भएको अवस्थामा मानिसलाई आइसोलेसन तथा आइसियूमा नै राख्नुपर्ने हुन्छ। सरकारले हालसम्म कोरोनालक्षित आइसियू तथा भेन्टिलेटरको व्यवस्था गरेको छैन। विकसित देशहरूले स्वास्थ्य सामग्री उपलब्ध गर्न नसक्दा धेरै मानिसको मृत्यु भइरहेको छ।

सामान्य अवस्थामा पनि गम्भीर रोगका बिरामी आइसियू र भेन्टिलेटर अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको हाम्रो देशमा महामारी सामना गर्न तयारी अपूर्ण देखिएको छ।

नेपालमा भाइरस समुदायस्तरमा फैलिएको हुनाले र्‍यापिड टेष्ट नै अहिलेको आवश्यकता हो। नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखियो भने संक्रमण फैलिन बेर लाग्दैन।

पहिलो चरण

पहिलो चरणमा संक्रमण एक व्यक्तिलाई हुन्छ, जुन अन्य देशबाट आएका हुन्छन्। खासगरी पहिलेदेखि सङ्क्रमणको चपेटामा रहेको देशबाट सङ्क्रमित व्यक्ति सङ्क्रमण लिएर आउँछ। बाहिर देशबाट संक्रमण भएर आएको अवस्थालाई पहिलो चरण भनिन्छ।

दोस्रो चरण

दोस्रो चरणमा विदेशबाट आएका व्यक्तिले आफन्त वा परिवारलाई सार्ने गर्दछन्। विदेशबाट संक्रमण लिएर आएको व्यक्तिले आफ्नो परिवारमा रोग सार्छ, जुन बेलाबाट दोस्रो चरणको सुरू हुन्छ। नेपाल भर्खरै कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। यो चरणमा सङ्क्रमित व्यक्तिहरुलाई पत्ता लगाउन र क्वारेन्टाइनमा राख्न सजिलो हुन्छ।

तेस्रो चरण

तेस्रो चरणमा विदेशबाट आएका परिवार तथा आफन्तको संक्रमणबाट अन्य समुदायस्तरमा सक्रमण फैलिन्छ। यो संक्रमणको आयतन फराकिलो फैलिन्छ। यसलाई सामुदायिक सङ्क्रमणको चरण पनि भनिन्छ।

यसबेला सङ्क्रमणको स्रोत पत्ता लगाउन गाह्रो हुन्छ अर्थात् दोस्रो चरणमा जस्तो कुन व्यक्तिबाट कुन व्यक्तिमा सङ्क्रमण भयो भन्ने पत्ता लगाउन सजिलो हुँदैन। यस चरणमा र्‍यापिड टेष्टको जरुरत पर्छ। तेस्रो चरणमा सरुवा रोग प्रवेश गरेपछि नियन्त्रण गर्न गाह्रो हुन थाल्छ।

महामारी रोक्नको लागि सरकारले चालेको लकडाउन कदम एकदमै उचित हो। जनताले यो कुरालाई मनन् गरेर सरकारलाई सहयोग गर्नुपर्छ । कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उच्च मनोबल राख्न सकेमात्र यो लडाइँ जित्न सकिन्छ।

चौथो चरण

यो चरण कोरोनाको संक्रमण सबैभन्दा अन्तिम चरण हो। चौथो चरणमा पुगेपछि रोगले महामारीको रुप नै लिन्छ। यो चरणमा रोगलाई नियन्त्रण गर्ने गाह्रो हुन्छ। यो चरणमा सरुवा रोगको सङ्क्रमण धेरै प्रमुख समूहमा देशैभरि फैलिएको हुन्छ।

सरकारले अहिलेको अवस्थासम्म स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्रीको व्यवस्था गर्न सकेको छैन। स्थानीय स्रोत–साधन प्रयोग गरेर भने पनि स्वास्थ्यकर्मीले केही हदसम्म सुरक्षा अपनाएका छन्। तर, यस्ता सामग्रीले भाइरस रोक्न सक्दैनन्।

हामीले स्थानीय सामग्री प्रयोग गरेर पिपिई तयार पारेका छौं। जुन पिपिई कतिको गुणस्तरीय छ भन्ने प्रमाण छैन। कोरोनाका आशंकामा अस्पताल आएका बिरामीको उपचारमा स्वास्थ्यकर्मीले ठूलो जोखिम मोलेर हेरिरहेका छन्।

स्वास्थ्यकर्मी नै सुरक्षित हुन सकेनन् भने यो महामारीलाई जित्न असम्भव छ। अहिले नेपालमा ९ जनामा संक्रमण देखिएको छ। तर, यो चरण तेस्रो चरणमा पुग्ने हो भने नेपालले महामारीलाई थेग्न सक्दैन। दोस्रो चरणलाई यथावत् रुपमा राख्न सकियो भने धेरै नै उत्तम हुन्छ।

महामारीको रुपसम्म पुगेका राष्ट्रहरूलाई हेर्ने हो भने स्वास्थ्यकर्मी नै सुरक्षा सामग्रीको अभावमा संक्रमित हुन पुगे भने कतिको मृत्युसमेत भइरहेको छ। त्यसकारण सरकारले यो विषयमा महामारीको रुप लिनुभन्दा पहिल्यै सोच्नु जरुरी छ। स्वास्थ्यकर्मी नै संक्रमण भएको अवस्थामा बिरामी कसले हेर्ने?

महामारी रोक्नको लागि सरकारले चालेको लकडाउन कदम एकदमै उचित हो। जनताले यो कुरालाई मनन् गरेर सरकारलाई सहयोग गर्नुपर्छ । कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उच्च मनोबल राख्न सकेमात्र यो लडाइँ जित्न सकिन्छ।

विदेशबाट आएका प्रत्येक व्यक्ति कोरोनाको परीक्षणमा नेगेटिभ आए पनि १४ दिन भन्दाबढी क्वारेन्टाइनमा बस्नैपर्छ। उनीहरूमा १४ दिनभित्रमा कोरोना देखिन सक्छ। संक्रमणको दोस्रो चरणमा प्रवेश गरे पनि महामारी हुन नदिने सरकारले अबलम्बन गरेका उपायहरू सबै जनताले पालना गरे यो माहारीलाई सजिलै जित्न सकिन्छ।

हाम्रो अस्पतालमा पनि ज्वरोका बिरामी आइरहेका छन्। तर, हामीसँग नमूना परीक्षण गर्ने प्रयोगशाला छैन। कोरोनाका आशंका भएका व्यक्तिलाई नमूना परीक्षणको लागि धरान पठाउने गरेका छौं। सरकारले कोरोना हेर्ने अस्पताल तोकिदिएको छ। त्यसैअनुरुप हामीले अन्य अस्पतालमा रिफर गर्ने गरेका छौं।

(विराट मेडिकल कलेजका डाक्टर मेहेतासँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोभिड–१९ः नेपाल जोखिममै छ, पूर्वतयारीमा जुटौँ

चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) धेरै देशमा फैलिएको छ । भाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित क्षेत्र उहान सहरबाट १७५ जनालाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएको छ । उनीहरू कसैलाई पनि संक्रमण देखिएको छैन ।

चीन गएका नेपाली नागरिक हुन् वा चिनियाँ पर्यटक, दिनहुँ नेपाल भित्रिरहेका छन् । सरकारले एकातर्फ नेपाल कोरोना भाइरसमुक्त भएको प्रचार–प्रसार गरिरहेको छ । तर, नेपाल भाइरसबाट मुक्त रहन सक्दैन । चीनबाट फर्किएका नागरिकलाई उचित रूपमा क्वारेन्टाइनमा राख्न सकिएको छैन । यसले भाइरसको जोखिम बढी नै हुन्छ ।

त्रिभुवन विमानस्थलमा आउने नागरिकमा स्क्रिनिङ तथा अन्य चेकजाँच फितलो रहेको अवस्थामा नेपाल भाइरस फैलिने उच्च जोखिम क्षेत्र हो । केही कारणले भाइरस फैलिएको खण्डमा यसले भयावह निम्ताउने निश्चित छ ।
हालसम्म चीनमा २ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ भने ७५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यति छोटो अवधिमा धेरै ज्यान लिन सक्ने यो महामारी नेपाल भित्रिएको खण्डमा यसले ठूलो क्षति पुर्याउने निश्चित छ । नेपाल यो भाइरसको उच्च जोखिम क्षेत्र नै हो । हामीले यसतर्फ ध्यान दिनु जरुरी छ ।

नेपालमा भाइरस भित्रिएको अवस्थामा नियन्त्रण धरै गाह्रो छ । भाइसरबाट बच्न हात धुनु तथा मास्कको प्रयोग महत्त्वपूर्ण हुन्छ । तर, मास्ककै अभाव भइरहेको छ । साधारणखाले माक्स पनि नेपालका सबै भेगमा उपलब्ध छैनन् ।

चीनमा १० दिनको बीचमा ठूला अस्पतालका निर्माण भए । तर, हाम्रो सन्दर्भमा यो धेरै गाह्रो कुरा हो । नेपालमा अस्पताल आजको भोलि बनाउन सक्ने अवस्था छैन । त्यसैले रोग भित्रिनुअघि नै पूर्वतयारी थाल्नु परिहार्य छ । उदाहरणका लागि आगो लागिसकेपछि कुवा खन्नुभन्दा पहिले नै खनेर राख्न सकियो भने हामी आगो निभाउन समर्थ हुन्छौँ । त्यसैले भाइरस भित्रिने उच्च जोखिमका बीच हामीले नियन्त्रणका लागि अस्पताल, स्वास्थ्यकर्मी परिचालन, प्रविधिको व्यवस्थापनमा आजैबाट लाग्नुपर्छ ।

केही गरी पूर्वाञ्चलमा भाइरस संक्रमण भएको शंका लागेमा परीक्षणसमेत गाह्रो छ । नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र यसको ल्याब परीक्षण गर्न सकिन्छ । शंकास्पद व्यक्तिको नमुना पठाएर प्रयोगशालामा रिपोर्ट आउन लाग्ने समयभित्र उसले अन्य व्यक्तिमा संक्रमण गराउन सक्छ । यस्तो भयो भने एकपछि अर्को गर्दै संक्रमित बढ्दै जान्छन् ।

नेपाल भित्रिने जति पनि नाका र बाटा छन्, त्यहाँबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्न सकिएन भने यो भाइरसले महामारीको रूप लिने जोखिम छ । नेपालमा यसको उपचारका लागि सबैतिर उपकरण पनि उपलब्ध छैनन् भने जाँच गर्ने प्रविधि पनि छैन ।

कोभिड–१९ को संक्रमण भए–नभएको प्रमाणित गर्न खकारको परीक्षण गरिन्छ, तर चेकजाँचको प्रविधि सबैतिर पुग्न सकेको छैन । केन्द्रीय प्रयोगशालामा पनि भाइरसले छिमेकी देशमा महामारीको रूप लिइसकेपछि मात्र परीक्षण सुरु गरिएको हो ।

यो भाइरस सामान्य रुघाखोकी, ज्वरोबाट सुरु हुन्छ । भाइरसको संक्रमण बढ्दै गएपछि निमोनिया तथा शरीरका विभिन्न अंग फेल हुने हुन्छ । उचित नियन्त्रण गर्न सकिएन भने यसले संक्रमितलाई चाँडै ‘सिभियर’मा पुर्याउँछ ।

संक्रमितलाई आइसोलेसन कक्षमा राख्नुपर्ने हुन्छ, तर नेपालमा आइसोलेसन कक्ष केही ठूला अस्पतालमा मात्र उपलब्ध छन् । यसको पूर्वतयारी पहिले नै गर्नु जरुरी छ ।

यो भाइरसले सबै संक्रमितको ज्यान लिँदैन । पहिलेदेखि नै दीर्घरोग रहेका, वृद्धवृद्धामा भाइरसको संक्रमण बढी पाइएको छ । प्रतिरक्षात्मक क्षमता कम भएका व्यक्तिमा यसको मृत्युदर बढी छ ।

नेपालमा कोभिड–१९ को एउटा केस प्रमाणित भएको थियो । उपचारपछि ‘रिकभर’ भएर संक्रमण ‘नेगेटिभ’ आएको छ । तर, फेरि कुनै च्यानलबाट आयो भने भाइरसलाई नियन्त्रण गर्न गाह्रो छ । हालको अवस्था नियन्त्रणकै हो, तर भाइरस भित्रिँदैन भन्न सकिने अवस्था भने छैन । नियन्त्रणका लागि अहिलेदेखि नै सावधानी अपनाउनुपर्छ ।

पहिले देखिएका सार्स, मर्सजस्ता भाइरसभन्दा अहिलेको कोभिड–१९ बढी खतरनाक पाइएको छ । सन् २००२ मा सार्स लामो समयसम्म फैलिँदा पनि यति मानिसको मृत्यु भएको थिएन । कोभिड–१९ कोरोनाका पहिलेका प्रजातिभन्दा बढी नै कडा छ । यति छोटो अवधिमा धेरै मानिसको मृत्यु भएको छ । यो भाइरस बढी सर्नेखालको छ । लक्षण देखिनुअघि नै पनि यसले संक्रमण गराइसकेको हुन सक्छ । यसमा एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना उच्च छ । यसैका कारण नै धेरै मानिस संक्रमित भई बढी मृत्यु भइरहेको छ ।

कोभिड–१९ ले तुरुन्तै मानिसलाई सिकिस्त बनाउन सक्छ । विभिन्न अंगहरू फेल (मल्टी अर्गान फेल्युअर) गराउन सक्छ, जुन पहिलेका संक्रमणमा भन्दा निकै चाँडै भइरहेको छ ।

कोभिड–१९ मा सुरुको अवस्थामा रुघाखोकी लाग्ने, १०४ डिग्रीसम्म ज्वरो आउने हुन्छ । संक्रमण भएपछि यसले छिटो निमोनियाको फेजमा पुर्याउँछ । आज लक्षण देखिएको अवस्थामा एक–दुई दिनमै ‘सिभियर’ अवस्थामा पुर्याउन सक्छ । यसले खोकी, श्वास–प्रश्वासमा समस्या, अंगहरूमा समस्या निम्त्याउँछ ।

भाइरसबाट बच्न
– बिरामी तथा रुघाखोकी लागेका मानिसको सम्पर्कमा नआउने,
– मास्क लगाएर मात्र हिँड्ने,
– सकभर भिडभाडमा नजाने,
– साबुनपानीले बारम्बार हात धुने, साबुनपानी उपलब्ध नभएमा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने,
– जीवित वा मृत जनावर तथा खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने,
– अण्डालगायत पशुजन्य पदार्थको राम्ररी पकाएर मात्र सेवन गर्ने,
– संक्रमित क्षेत्रको सकेसम्म भ्रमण नगर्ने,
– रुघाखोकी र ज्वरोको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने,

 

लेखक विराट मेडिकल कलेजका फिजिसियन हुन्।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै