डा. रमेश भण्डारी

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणमा दोस्रो सफलता हासिल गरेको छ । अस्पतालले शुक्रबार सफल प्रत्यारोपण गरेको हो । टिचिङको दोस्रो प्रत्यारोपणसँगै नेपालमा हालसम्म कलेजो प्रत्यारोपणको संख्या ४ पुगेको छ । यसअघि अस्पतालले करिब डेढ महिनाअघि १७ जेठमा ५८ वर्षीय पुरुषमा कलेजोको पहिलो सफल प्रत्यारोपण गरेको थियो ।...