वीरमा मुटुसेवा सबैभन्दा चुत्थो, क्याथल्याबविहीन नाम मात्रको मुटुरोग विभाग, खै त विपन्नको विकल्प ?

मुलुककै जेठो, ठूलो र जनसामान्यको पहुँचको अस्पताल वीरमा मुटुरोग विभाग स्थापना भएको ४ दशक बितिसकेको छ । तर, अस्पतालमा मुटु विभागको सेवाप्रवाह राम्रो हुन नसक्दा हजारौँ बिरामी अन्य अस्पतालमा जान बाध्य छन् ।

हरेक दिन मुटुरोग विभागमा ओपिडी सेवाका लागि सरदरमा ६० जना बिरामी आउने गरेको अस्पतालको तथ्यांकले देखाएको छ । तर, अस्पतालमा मुटु विभागका लागि आवश्यक उपकरण नहँुदा बिरामीले उपयुक्त सेवा पाउन सकेका छैनन् । मुटुरोगका बिरामीका लागि अति आवश्यक क्लाथल्याब नहुँदा एन्जिओग्राफी, एन्जिओप्लास्टीलगायत सेवा अस्पतालले दिन सकेको छैन । त्यसैगरी, जटिलखालको मुटुको अप्रेसन अस्पतालमा हुन सकेको छैन । यसले गर्दा ओपिडीसेवाका लागि आएकामध्ये करिब एकतिहाइ बिरामी उपचार सेवा नपाएर अन्यत्र अन्यत्र जान विवश छन् ।

वीरको मुटुरोग विभागको सेवा प्रभावकारी बनाउन सरोकारवाला पक्षले चासो नदेखाएको वीरका मुटुरोग विशेषज्ञहरुको भनाइ छ । वीरका मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल भन्छन्, ‘अस्पतालमा मुटुरोगीको उपचारका लागि उपकरण नहुँदा यहाँ आएका बिरामीलाई अन्यन्त्र पठाउन बाध्य छौँ ।’

समाजको अन्तिम वर्गको समेत पहुँच रहेको मानिने देशकै प्रमुख उपचार केन्द्र वीरको मुटु विभाग सरकारी उपेक्षामा पर्दा हजारौँ सर्वसाधारण उपचारबाट वञ्चित छन्

वीरले मुटुरोगमा ओपिडीसेवा तथा मुटुको भिडियो, इको, इसिजी, हल्टरलगायत साधारण सेवा मात्र प्रदान गर्दै आएको छ । वीरमा मुटुरोगको उपचारका लागि टाढादेखि ठूलो आशा लिएर सर्वसाधारण बिरामी आउने गरेका छन् । तर, अस्पतालले उपचारसेवा दिन नसक्दा बिरामी मर्काका पर्दै आएका छन् ।

मुटुको जटिलकिसिमको रोगको उपचार गर्नुपरेमा वीरमा आएका बिरामीलाई गंगालाल हृदय केन्द्रमा रेफर गर्दै आएको डा. खनाल बताउँछन् ।
‘गंगालाल स्थापना भएपछि सरकारले मुटुरोगका लागि सबै बजेट गंगालालमै विनियोजन गर्दै आएको छ,’ प्रमुख मुटुविशेषज्ञ डा. प्रकाशराज रेक्मी भन्छन्, ‘वीरमा भन्दा मुटुरोगको उपचारका लागि सरकारले गंगालालमै सेवा केन्द्रित गर्ने नीति लिएको छ ।’

डा. रेक्मीका अनुसार वीरमा मुटु विभागको सेवा सीमित मात्र छ, यसलाई बढाउनका लागि न सरकारले सोचेको छ, न त अस्पताल प्रशासनले नै । अस्पतालमा मुटुका बिरामी राख्नका लागि सिसियू बेड छुट्याइएको छैन । अस्पतालमै अचानक कुनै मानिसलाई हृदयाघात भयो भने पनि राख्नका लागि बेड उपलब्ध छैन ।
न सरकारले र न अस्पताल प्रशासनले नै मुटु विभागका लागि कुनै उपकरण व्यवस्था गरिदिएका कारण बिरामीलाई सेवा–सुविधा दिन नसक्दा स्वयम् आफू नै सन्तुष्टका कारण आफूले सेवाबाटै राजीनामा दिएको डा. रेग्मी बताउँछन् ।

‘२ वर्षअघि आएको सिहामको सहयोगले क्याथल्याबका काम चलाएका थियौँ, जसबाट ४० वटा जति एन्जिओग्राफी भए । तर, फुलफुेजको क्याथल्याब नभई एन्जिओग्राफी गर्न सकिएन,’ डा. खनाल भन्छन्, ‘राम्रोखालको क्याथल्याब उपकरणले मुटुका सबै जाँच आफैँ गर्ने गर्छ ।

वीरको मुटु विभागमा हाल मुटुविशेषज्ञ डा. रामकिशोर शाह, डा. हरिहर खनाल, डा. प्रभा चापागाईं कार्यरत छन् भने डा. प्रकाशराज रेग्मीले केही समयअघि राजीनामा दिएका छन् ।

वीरलाई २ वर्षअघि जाइका संस्थाले सामान्यखालको सिहाम दिएको थियो । त्यसलाई क्याथल्याब मानेर केही एन्जिओग्राफीको काम पनि भयो । तर, त्यसले निरन्तरता पाउन भने सकेन । अस्पतालले क्याथल्याबका लागि चाहिने उपकरण उपलब्ध नगराउँदा क्लाथल्याब प्रयोगमा आउन नसकेको मुटु विशेषज्ञहरुको गुनासो छ ।

‘वीरको क्लाथल्याब सञ्चालनमा आएमा ६ हजार शुल्कमा एन्जिओग्राफी हुने थियो, तर मुटुका बिरामीले यो सेवाका लागि अन्य अस्पतालमा २० हजारभन्दा बढी तिर्नुपरिरहेको गुनासो गर्छन्,’ मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल बताउँछन् ।

‘२ वर्षअघि आएको सिहामको सहयोगले क्याथल्याबका काम चलाएका थियौँ, जसबाट ४० वटा जति एन्जिओग्राफी भए । तर, फुलफुेजको क्याथल्याब नभई एन्जिओग्राफी गर्न सकिएन,’ डा. खनाल भन्छन्, ‘राम्रोखालको क्याथल्याब उपकरणले मुटुका सबै जाँच आफैँ गर्ने गर्छ । तर, हामीसँग भएको सिहामको प्रयोगमा यन्त्रको सहायताले डाक्टर आफैँले काम गर्नुपर्ने भयो । त्यसकारण पनि अहिले मुटु विभागले सिहामको प्रयोग गरेको छैन । अहिले लिभर, रेडियोलोजी विभागले सिहामको प्रयोग गरिरहेको छ ।’

गंगालाल, नर्भिक अस्पताल, मेटिसिटी अस्पतालमा अध्याधुनिककिसिमका क्लाथल्याब सञ्चालनमा छन् । जाइकाको सहयोगबाट निर्माण हुँदै गरेको भवन सम्पन्न भएपछि मुटुका बिरामीका लागि छुट्टै शय्या र क्लाथल्याब, मुटुको अप्रेसनकक्ष, सिसियू बेडको व्यवस्था गरिने र त्यसपछि मात्र मुटुको बिरामीले वीरबाट सर्वसुलभ उपचार पाउने आशा राखिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तिहार तेल, रक्सी र मुटु

मलाई धेरै मुटुरोगीले एउटा साझा प्रश्न सोध्ने गर्छन्– कुन खानेतेलले मुटुलाई फाइदा गर्छ ?
धेरै मानिस खानेतेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य पदार्थबारे भ्रममा देखिन्छन् । आजभन्दा केही वर्षअघिसम्म बजारमा मुख्य रुपमा तोरीको तेल मात्र पाइन्थ्यो । धेरैले तोरीकै तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिँदा र रोटी, पुरी पकाउँदा गाईभैँसीको घिउ प्रयोग हुन्थ्यो । आज बजारमा तोरीलगायत भटमास, सूर्यमुखी, मकै, बदाम, ओलिभ आदि, धेरैथरीका खानेतेल बिक्रीमा छन् ।
उद्योग–व्यापारको प्रोत्साहन गर्ने जमाना छ । तेल उद्योगहरुले नानाथरी आकर्षक विज्ञापन गरेर आ–आफ्ना उत्पादन स्वास्थ्यका लागि फाइदाजनक छ, मुटुलाई स्वस्थ र बलियो बनाउँछ, हर्टअट्याक हुनबाट बचाउँछ, शतप्रतिशत कोलेस्टेरोलविहीन छ आदि सन्देश जनमानसमा पु¥याउने प्रयास गरीराखेका देखिन्छन् । हाल एउटा तोरीको तेल उत्पादक कम्पनीले एकजना पाइलटलाई विज्ञापनमा प्रयोग गरेर ‘साहसी बन्न बलियो मुटु चाहिन्छ र यसका लागि म १५ वर्षदेखि तोरीको तेल खाने गर्छु’ जस्तो गलत र भ्रामक सन्देश प्रसारण गरिरहेको पाइन्छ । यसैगरी सूर्यमुखी तेलमा कत्ति पनि कोलेस्टेरोल हुँदैन, यसकारण यो मुटुका लागि फाइदाजनक छ भन्ने प्रचारबाजी पनि भ्रामक छ । यसकारण तेल र चिल्लोपदार्थको सबैलाई सत्य–तथ्य जानकारी हुनु जरुरी छ ।

छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ । चिल्लोमा फ्राई गर्दा यो झन् हानिकारक बन्न पुग्छ । यसकारण बोसो, छाला नभएको मासु खाने प्रयास गर्नुपर्छ । उसिनेर वा रोस्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा हरियो सागपात र सलादसँग खानुपर्छ ।

चिल्ला खाद्य पदार्थ भन्नेबित्तिकै घिउ र तेल बुझिन्छ ।
खाना पकाउन धेरैजसो वनस्पति तेलको प्रयोग गरिन्छ । तेलको वैज्ञानिक नाम ‘ट्राइग्लिसेराइड’ हो । ३ अणु ‘फ्याटी एसिड’ र १ अणु ‘ग्लिसेरोल’ भएको रासायनिक वस्तु हो ‘ट्राइग्लिसेराइड’ । तेलमा ३ प्रकारका फ्याटी एसिड पाइन्छन्– स्याचुरेटेड, मोनो अनस्याचुरेटेड र पोली अनस्याचुरेटेड । स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानि गर्छ भने अनस्याचुरेटेडले केही मात्रामा फाइदा पनि गर्छ । लाभदायी मोनो र पोली अनस्याचुरेटेड फ्याटी एसिडले रगतमा कोलेस्टेरोलको मात्रा घटाउन मद्दत गर्छ । यस्ता लाभदायी तत्व कुनै तेलमा बढी र कुनैमा घटी हुन्छ । यसबाहेक तेलमा प्रशस्त मात्रमा ट्राइग्लिसेराइड हुन्छ जसले हृदयाघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर पार्ने गर्छ । आमजनतालाई यो कुरा जानकारी नभएको हुनाले तेल उत्पादक उद्योगहरुले यसको फाइदा उठाउने गरेका हुन् ।
विदेशबाट आयात गरिएको सूर्यमुखी तेलको सिसीलाई हेरौँ । त्यसको बाहिर ठूलो अक्षरमा लेखिएको हुन्छ, ‘शतप्रतिशत कोलेस्टेरोल फ्री’ । कुरा एकदम ठिक हो । कुनै पनि वनस्पति तेलमा कोलेस्टेरोल पाइ्रँदैन । कोलेस्टेरोल जन्तुबाट उत्पादन हुने चिल्लोपदार्थ र घ्यु, मखन आदिमा मात्र पाइन्छ । सूर्यमुखी वा अन्य तेलमा कोलेस्टेरोल पाइँदैन, तर यिनमा ९५ प्रतिशत फ्याटी एसिड पाइन्छ । यो तथ्यलाई गोप्य राखेर कोलेस्टेरोल फ्री भन्ने शब्दलाई जोडतोडका साथ प्रचार गरिएको हुन्छ ।

रक्सीमा ठूलो शक्ति छ, यसले मान्छेलाई पशु बनाउन सक्छ । साथै, मान्छेको शरीरका अंगहरुलाई क्षतविक्षत पार्न सक्छ । रक्सी थोरै खाए औषधि हुन्छ, धेरै खाए विष हुन्छ, ठिक्क मात्रामा लिँदा फाइदा गर्छ भन्ने बहाना बनाई रक्सी पिउने बानी बसाल्नु हुँदैन । रक्सीले रक्तचाप बढाउँछ, मस्तिष्काघात गराउँछ, हार्टफेल गराउँछ ।

चिल्लोपदार्थ चाहे त्यो तेल होस् वा घिउ, शरीरका लागि आवश्यक छ । तेलमा कोलेस्टेरोल हुँदैन, तर अनस्याच्युरेटेड फ्याट बढी हुन्छ । यस्तै, घिउमा कोलेस्टेरोल र स्याच्युरेटेर फ्याट बढी हुन्छ । मुटुका लागि कोलेस्टेरोल र स्याच्युरेटेड फ्याट बढी हानिकारक छन् । यसकारण तेल, अण्डा, घिउ मुटुका लागि बढी हानिकारक छ भनिएको हो । मुटुका लागि तेल फाइदाजनक होइन, तर घिउको तुलनामा तेल कम हानिकारक छ भन्ने मात्र हो ।

चिल्लोपदार्थलाई धेरैपटक तताउँदा त्यसमा ट्रान्स फ्याट उत्पन्न हुन्छ । ट्रान्स फ्याट स्वास्थ्यका लागि धेरै नै हानिकारक छ । यसकारण डिप फ्राई गरेर पकाएका परिकारहरु स्वास्थ्यका लागि हानिकारक छन् । यसबाट मुटुरोग, क्यान्सर आदि उत्पन्न हुन सक्छन् ।
चिल्लो खाद्य पदार्थमध्ये घिउभन्दा तेल बेस र तेलहरुमा शुद्ध तोरीको तेल सबैभन्दा उत्तम मानिन्छ, किनकि तोरीको तेलमा गुणकारी तत्वहरु अरुमा भन्दा धेरै मात्रामा पाइन्छन् । यो तेल धेरैपटक तताउँदा पनि ट्रान्स फ्याटमा परिवर्तन हुँदैन ।
चाडपर्वका वेला चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटुरोगीले यस्तो परिकार खाँदा धेरै विचार पु-याउनुपर्छ । छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ । चिल्लोमा फ्राई गर्दा यो झन् हानिकारक बन्न पुग्छ । यसकारण बोसो, छाला नभएको मासु खाने प्रयास गर्नुपर्छ । उसिनेर वा रोस्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा हरियो सागपात र सलादसँग खानुपर्छ ।

चाडपर्वका वेला रक्सी–मासु टन्न खाने चलन छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिल्लो पनि रक्सी पनि एकसाथ मिसिँदा मुटुको गति एकदम छिटो–छिटो बेतालसँग चल्ने हुन सक्छ । यसलाई ‘होलिडे हर्ट सिन्ड्रोम’ भनिन्छ ।

तेलजस्तै रक्सीबारे पनि जनमानसमा एउटा भ्रम छ– अलिकति पिउने ग¥यो भने मुटु बलियो हुन्छ । रक्सी पिउने चलन परापूर्वकालदेखिको हो । रक्सी नपिउने मानिस एक्लोजस्तै हुन्छ अनि रक्सी नराखिएको भोज खल्लोजस्तो हुन्छ । रक्सीमा ठूलो शक्ति छ, यसले मान्छेलाई पशु बनाउन सक्छ । साथै, मान्छेको शरीरका अंगहरुलाई क्षतविक्षत पार्न सक्छ । रक्सी थोरै खाए औषधि हुन्छ, धेरै खाए विष हुन्छ, ठिक्क मात्रामा लिँदा फाइदा गर्छ भन्ने बहाना बनाई रक्सी पिउने बानी बसाल्नु हुँदैन । रक्सीले रक्तचाप बढाउँछ, मस्तिष्काघात गराउँछ, हार्टफेल गराउँछ ।

चाडपर्वका वेला रक्सी–मासु टन्न खाने चलन छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिल्लो पनि रक्सी पनि एकसाथ मिसिँदा मुटुको गति एकदम छिटो–छिटो बेतालसँग चल्ने हुन सक्छ । यसलाई ‘होलिडे हर्ट सिन्ड्रोम’ भनिन्छ । यो अवस्था धेरैजसो चाडपर्वमा हुने भए पनि दसैँमा सबैभन्दा धेरै हुन्छ, किनकि खसीको कवाफ र रक्सी खाँदा मीठो हुन्छ, तर मुटुलाई भने क्षति गर्छ ।

चिल्लोपदार्थ, तेल, घिउ, रक्सी, मासु आदिका सम्बन्धमा के, कसरी र कति खाने भन्नेबारे जानकारी राखी स्वास्थ्यमा हानि नपुग्ने गरी उपभोग गर्नु सधैँका लागि उत्तम हुन्छ ।

Email:prregmi@wlink.com.np

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मुटुरोगसम्बन्धी केही उपयोगी सल्लाह

१. मानवका लागि आनन्दपूर्वक जिउन वुद्धिविवेक, सम्पत्ति र स्वास्थ्य नभइनहुने भए पनि स्वास्थ्य पहिलो प्राथमिकतामा रहनुपर्छ ।
२. सानातिना रोगव्याधि तथा समस्यासँग जुध्न सक्ने स्वास्थ्यस्थिति बनाउनुपर्छ । अर्थात्, मान्छेको रोगप्रतिरोधात्मक क्षमता दह्रो हुनुपर्छ ।
३. धूमपान स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । तसर्थ धूमपान गर्नेले बिस्तारै–बिस्तारै घटाएर भए पनि यो छोड्नुपर्छ ।
४. दिनमा कम्तीमा ४ सय ग्रामका दरले हरियो तरकारी र फलफूलमा भएको फाइबर सेवन गर्ने मान्छेमा मुटुरोग लाग्ने सम्भावना ४० प्रतिशत कम हुन्छ ।
५. शुद्ध घ्यु, तेल खानु मुटुका लागि त्यति हानिकारक हुन्न । तर, पटक–पटक पकाएको घ्यु, तेल खानुहुन्न । भात, रोटीमा रहने कार्बाेहाइडे«ट मुटुका लागि शुद्ध घ्यु, तेलभन्दा बढि हानिकारक हुन्छ ।
६. मैदा, आलु, चामल तथा चिनीको प्रयोग घटाउने र सागसब्जी, फलफूल तथा गेडागुडीको मात्रा बढाएर भोजन गर्नुपर्छ । भात, रोटी सानो रिकापीमा र सागसब्जी ठूलो थाल भरी खानुपर्छ ।
७. जंक फुड पटक्कै खानुहुन्न ।
८. डार्क चक्लेट मुटुका लागि फाइदाजनक हुन्छ ।
९. शुद्ध कफी दुई–तीन कप मुटुका लागि राम्रो हुन्छ । तर, मुटुको धड्कन बढी भएकाका लागि कफी राम्रो हुन्न ।
१०. मांसाहारीका लागि खसी, कुखुराको मासुभन्दा हप्तामा दुईपटक माछा खानु धेरै राम्रो हुन्छ ।
११. शुद्ध आलसको तेल फाइदाजनक हुन्छ । दिनको एक चम्चा आलस चबाउनु मुटुका लागि धेरै फाइदाजनक हुन्छ ।
१२. शारीरिक व्यायाम दैनिक आधा घण्टा गरे पुग्छ । आवश्यकताभन्दा ज्यादा गरिने शारीरिक व्यायाम मुटुका लागि पनि हानिकारक हुन सक्छ ।
१३. ६० वर्षभन्दा बढी उमेर भएकाहरुमा १४०÷९० सम्म रक्तचाप भए ठिकै हुन्छ । यो उमेरमा अलिकति बढी रक्तचाप भएमा अल्जाइमरजस्ता दिमागको रोग लाग्ने सम्भावना बढी हुन्छ ।
१४. वयष्कहरुमा पनि १३०÷८० सम्मको रक्तचाप सामान्य हो । तर, किड्नी र मधुमेहको रोग भएकाहरुमा भने १२०÷८० भन्दा बढी रक्तचाप हानिकारक हुन सक्छ ।
१५. ब्लडप्रेसर बढेर औषधि सेवन गर्न थालेकाले औषधि छोड्नै हुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । रक्तचाप बढ्नुका कारण हटाउन वा घटाउन सकेमा नियमित खाइरहेको औषधि चिकित्सकको सल्लाहमा छोड्न पनि सकिन्छ । जस्तै, मध्यपान तथा धूमपानका कारणले प्रेसर बढेको भए त्यस्ता पदार्थको सेवन छाडेपछि प्रेसरको समस्या पनि स्वतः घटेर जान्छ ।

रगतमा हुने कोलेस्टेरोलको ८० प्रतिशत शरीरभित्रैबाट बन्छ, २० प्रतिशत मात्र हामीले खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनुपर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटुरोगीले खाए हुन्छ ।

१६. त्यस्तै मधुमेहका रोगीले पनि चिकित्सकको सल्लाहमा कतिपय अवस्थामा औषधि सेवन छाड्न सक्ने हुन सक्छ ।
१७. कोलेस्टेरोलको परीक्षण खाना खाएपछि गर्नुहुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । खाना खाएर पनि परीक्षण गर्न सकिन्छ । खाना खानु र नखानुका बीचको फरक २ प्रतिशत मात्र हुन्छ ।
१८. रगतमा हुने कोलेस्टेरोलको ८० प्रतिशत शरीरभित्रैबाट बन्छ, २० प्रतिशत मात्र हामीले खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनुपर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटुरोगीले खाए हुन्छ ।
१९. मधुमेहका रोगीले कोलेस्टेरोल जति छ, सोको आधा घटाउनुपर्छ । यति नै हुनुपर्छ भन्ने होइन ।
२०. बिहान आधा लिटर पानी पिउनुपर्छ । त्यसपछि पिसाबको रङ सङ्लो अवस्था कायम रहने गरी पानी पिउनुपर्छ । एकैपटक धेरै पानी पिउनु वा ज्यादै धेरै पानी पिउनुहुन्न । मुटुरोगी र किड्नीका रोगीले पानी धेरै पिउनुहुन्न ।
२१. स्वस्थ व्यक्तिले पनि वर्षमा कम्तीमा एकपटक आफ्नो स्वास्थ्यपरीक्षण गराउनुपर्छ ।
२२. सकारात्मक तथा नकारात्मक दुवै उत्तेजना मुटुका लागि हानिकारक हुन्छ । तसर्थ उत्तेजित हुनबाट जोगिनुपर्छ ।
२३. आवेग र उत्तेजनाबाट जोगिन योग, ध्यान तथा दान गर्नुपर्छ ।
२४. दिनमा कम्तीमा ५ मिनेट हाँस्नु आवश्यक छ । तर, अत्यन्तै उत्तेजना पैदा हुने कृत्रिम हाँसोले पनि मुटुलाई नकारात्मक प्रभाव पर्छ ।
२५. दान दिने बानी राम्रो हो । यसले मानसिक तनाव घटाउँछ र हृदयाघातबाट बचाउँछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै