संसार छोडि नै सकेपछि अरू ८ जनालाई बचाएर किन नजाने ?

नेपालमा रक्तदान कार्यक्रम धेरै प्रभावकारी छ । त्यसैगरी आँखाको नानी दान गर्ने कार्य स्थापित हुँदै गएको छ । मुत्युपश्चात् जेलेर खरानी भएर वा गाडेर कुहिएर जाने अंगहरू अरू कसैका लागि पुनर्जन्मको ठूलो स्रोत वा साधन हुन सक्छन् । कुनै परिवारको सदस्यमा कुनै अंग फेल भएको छ, त्यो परिवारको मर्म, दुःख, पीडा जसले भोगेको छ, उसलाई मात्र थाहा हुन्छ ।

एक परिवारमा एकजना व्यक्तिको मिर्गौला फेल भयो भने पूरै परिवारको मिर्गौला फेल भएबराबर नै पीडा हुन्छ । त्यो परिवारले उपचारमा यति धेरै लगानी तथा समय खर्चनुपर्छ कि परिवारका पूरै सदस्य त्यही एकजना बिरामीको पछि लाग्दालाग्दै आर्थिक रूपले क्षतविक्षत हुने हुन्छ । समय त खेर गयो–गयो, अन्तिममा गएर परिवारको सदस्य गुमाउनेबाहेक अन्य विकल्प रहँदैन ।

त्यसैले यदि मिर्गौला तथा अन्य अंग फेल भएको अवस्थाको कुनै परिवारलाई अर्को परिवारको कुनै सदस्यको मस्तिष्कमुत्यु भएको छ भने उसको खेर जाने अंग दिँदा जाँदाजाँदै उसले ८ जना व्यक्तिलाई बचाएर जान सक्छ । २ वटा फोक्सो, २ मिर्गौला, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्राले ८ जना व्यक्तिको ज्यान बचाउन सक्छ । दिने परिवारले के नै गुमाउँछ र ? मुत्यु निश्चित भएको व्यक्तिको के नै गुम्छ र ? अंग प्रत्यारोपणमा नेपालमा संसारभरको उत्कृष्ट कानुन बनेको छ, कानुनमा सबै विधा समावेश गरिएको छ । यसलाई अब कार्यान्वयन गर्ने जिम्मेवारी छ । सरकारले नियम–कानुन बनाएको छ, अबको जिम्मेवारी तपाईं–हाम्रो काँधमा छ, जसबाट हामी पछाडि हट्नुहुँदैन । यसको कार्यान्वयनका लागि प्रत्येक परिवार, सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीले अंग फेल भएको अवस्थामा खेर जाने अंग दिन कुनै हिचकिचाहट गर्नुहुँदैन । नेपालमा मात्र होइन, संसारका सबै देशमा मुत्युपश्चात् अंगदान दिने कार्य धेरै पछाडि सुरु भएको छ ।

यदि मिर्गौला तथा अन्य अंग फेल भएको अवस्थाको कुनै परिवारलाई अर्को परिवारको कुनै सदस्यको मस्तिष्कमुत्यु भएको छ भने उसको खेर जाने अंग दिँदा जाँदाजाँदै उसले ८ जना व्यक्तिलाई बचाएर जान सक्छ । २ वटा फोक्सो, २ मिर्गौला, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्राले ८ जना व्यक्तिको ज्यान बचाउन सक्छ । दिने परिवारले के नै गुमाउँछ र ? मुत्यु निश्चित भएको व्यक्तिको के नै गुम्छ र ?

अमेरिकाको कुरा गर्ने हो भने नियम–कानुन बन्यो, तर तत्काल काम भएन, किनभने परिवारलाई सचेत गराउने तथा बुझाउने कार्य, मुत्युपछि खेर जाने अंग कसैको पुनर्जन्मका लागि काम आउँछ भन्ने कुरा एक महिना, एक वर्षमा पनि सम्पन्न भएको छैन ।

दक्षिण कोरियाकै उदाहरण लिने हो भने त्यहाँ ३० वर्षअघि नेपालमा जस्तै मृत्युपश्चात् अंगदानको कानुन लागू हुँदा कसैले पनि अंगदान गर्न मान्दैनथे । अंगदान गर्नुको सट्टा अन्त्येष्टि नै गरौँ भन्नेखालको मानसिकता थियो । यस्तो मानसिकतालाई परिवर्तन गरेर मुत्यु हुुनै लाग्दालाग्दै कसैलाई बचाएर किन नजाने भन्ने मनसाय बुझाउनका लागि धेरै मिहिनेत गर्न बाँकी छ ।

अंग प्रत्यारोपणबारे सरकारबाट नीति–नियम बनाउने कार्य सम्पन्न भइसकेको छ । अब जिम्मेवारी नेपाली जनताकै काँधमा आएको छ । हामी मरेर जाँदा हामीले आफ्नो अंगदान गरेर जान्छौँ र कोही पनि नेपाली दाजुभाइ–दिदीबहिनीको अंग फेल भएका कारण मुत्यु हुन दिँदैनौँ भन्ने प्रतिज्ञा सबैले गर्नुपर्छ ।

अंगदान र अंग प्रत्यारोपणको सम्बन्ध नङ र मासुको जस्तै छ । अंगदान नगरी अंग प्रत्यारोपण नै हुँदैन । अंग फेल भएका व्यक्तिहरू प्रत्यारोपण नभई बाँच्नै सक्दैनन् । यति साधारण कुरालाई सबैले मनन गर्न सक्यौैँ भने अंग प्रत्यारोपणको विषयलाई अझ सहज रूपले अगाडि बढाउन सकिन्छ ।

काठमाडौं उपत्यकामा मात्र वर्षमा हजारजनाको मस्तिष्कमुत्यु हुने गरेको छ । हजारजना मस्तिष्कमुत्यु भएका व्यक्तिको अंग प्रयोग गर्न मात्र सकियो भने २ हजार मिर्गौला, फोस्सो, हजारवटा मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा उपलब्ध हुन्छन् । यति धेरै अंग प्रयोग हुन सकेको खण्डमा नेपाल प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।

नेपालको लगभग ३ करोड जनसंख्यामा बर्सेनि ३ हजार जनाको मिर्गौला फेल हुने गर्छ । त्यसैगरी १ हजारको कलेजो फेल हुन्छ । त्यस्तै, ३० लाखको हाराहरीमा मधुमेहका बिरामी रहेको अनुसन्धानले देखाएको छ । मुटु र फोक्सोका बिरामीको यकिन तथ्यांक नै छैन । विशेषगरी मिर्गौला फेल भएका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । यसमा हुने लगानीले स्वास्थ्यको अधिकांश बजेट अंग फेल भएका व्यक्तिमा नै गइरहेको छ ।

आज यो विषयलाई अझ उपयोगी बनाउने हो भने सरकारले दिएको पैसाले मात्र पुग्ने स्थिति छैन । यदि ३ हजार मिर्गौलाका बिरामीलाई पुनर्जन्म दिने हो भने, देशका लागि उपयोगी नागरिक बनाउने हो भने डायलाइसिसमा मृत्युतुल्य अवस्थामा राख्नुको सट्टा प्रत्यारोपण गरेर स्वस्थ, परिपक्व र सक्षम नागरिक बनाउनुपर्छ, त्यसका लागि अंगदान गर्नैपर्छ ।

काठमाडौं उपत्यकामा मात्र वर्षमा हजारजनाको मस्तिष्कमुत्यु हुने गरेको छ । हजारजना मस्तिष्कमुत्यु भएका व्यक्तिको अंग प्रयोग गर्न मात्र सकियो भने २ हजार मिर्गौला, फोस्सो, हजारवटा मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा उपलब्ध हुन्छन् । यति धेरै अंग प्रयोग हुन सकेको खण्डमा नेपाल प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।

आफ्नो मुत्युपछि मात्रै अंगदान गर्छु भनेर प्रतिबद्धता गर्ने हो भने नेपाल अंग प्रत्यारोपणको क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।
मरणोप्रान्त मात्र नभई आफू स्वस्थ्य भएको अवस्थामा पनि अंगदान गरेर आफ्नो परिवारमा अंग फेल भएका सदस्यलाई बचाउन सकिन्छ । कुनै पनि नाता पर्ने नेपाली दाजु–भाइ, दिदी–बहिनीले आफ्नो परिवारको सदस्यलाई अंगदान गर्न सक्छन् । संसारमा यस्तो व्यवस्था कुनै पनि देशमा छैन ।

आममानिसले ‘मस्तिष्कमुत्यु’ र ‘कोमा’को अर्थ अलि नबुझेजस्तो लागिरहेको छ । विशेषज्ञ चिकित्सकले ६ घण्टाको फरकमा दुईचोटि जाँच गरेपछि मस्तिष्कमुत्यु भएको छ या छैन यकिन हुने गर्छ । चिकित्साविज्ञानमा मस्तिष्कमुत्यु भनेको शतप्रतिशत मुत्यु हो । यो कुरा संसारभर चिकित्साविज्ञानले प्रमाणित गरेको छ । मस्तिष्कमुत्यु भएको मानिस कहिले पनि फर्केर आउँदैन, उसको दिमाग पूर्ण रूपमा अपरिवर्तनीय रूपमा बिग्रिसकेको हुन्छ । उदाहरणका लागि मस्तिष्कमुत्यु भएको मानिसको कलाप खोलेर हेर्दा दिमाखको भागमा पानीबाहेक केही हुँदैन ।

मस्तिष्कमुत्यु भएको मानिसको मुटु, फोक्सो चलिरहेको हुन्छ र मिर्गौलाले पिसाब छानिरहेको हुन्छ । आमनागरिकलाई मेरो मान्छेलाई केही भएकै छैन, अझ उपचार गर्छु भन्ने लागिरहेको हुन्छ । तर, यसले खर्च हुनेदेखि लिएर अनावश्यक रूपमा परिवारलाई तनाव हुने गर्छ । त्यसैले मस्तिष्कमुत्यु भएको अवस्थामा हामी सहज रूपले मुत्यु स्वीकार गर्नुपर्छ । तर, कोमामा गएको मानिस पछि निको हुने सम्भावना हुन्छ ।

जबसम्म हामीले मस्तिष्कमुत्यु भएको मानिसको शतप्रतिशत मुत्यु हो भन्ने बुझाउन सक्दैनौँ, तबसम्म उसको परिवारले अंगदान गर्न मान्दैन ।
पश्चिमा मुलुकहरूमा ८० प्रतिशत मस्तिष्क भएको मानिसबाट अंग प्रत्यारोपण हुने गरेको छ । मस्तिष्कमुत्यु भएको अंग खेर जानुभन्दा किन दान नगर्ने भन्ने कुरा उनीहरूले बुझिसकेका छन् ।

वीर अस्पतालमा सयवटा अंग प्रत्यारोपण गर्दा लिनेमा ९० जना पुरुष र दिनेमा ८० जना महिला पाइएको थियो । आमाले छोरालाई, छोरीले बुबालाई र सबैभन्दा बढी श्रीमतीले श्रीमान्लाई दिएको पाइएको थियो । पुरुषले दिनुपरेमा म आफैँ कमजोर छु, कमाइ गरेर घर चलाउनुपर्ने भन्ने कुरा आउने गर्छ । श्रीमतीमा आफ्नो श्रीमान् बाँच्यो भने आफ्नो अस्तित्व रहन्छ भन्ने मनोभावना आउने तर पुरुषमा चाहिँ नआउने, यस्तो किसिमको लैंगिक भेदभाव अहिलेसम्म पनि कायम छ ।

आममानिसले ‘मस्तिष्कमुत्यु’ र ‘कोमा’को अर्थ अलि नबुझेजस्तो लागिरहेको छ । विशेषज्ञ चिकित्सकले ६ घण्टाको फरकमा दुईचोटि जाँच गरेपछि मस्तिष्कमुत्यु भएको छ या छैन यकिन हुने गर्छ । चिकित्साविज्ञानमा मस्तिष्कमुत्यु भनेको शतप्रतिशत मुत्यु हो । यो कुरा संसारभर चिकित्साविज्ञानले प्रमाणित गरेको छ । मस्तिष्कमुत्यु भएको मानिस कहिले पनि फर्केर आउँदैन, उसको दिमाग पूर्ण रूपमा अपरिवर्तनीय रूपमा बिग्रिसकेको हुन्छ ।

ट्रमा सेन्टरमा संलग्न चिकित्सकले दुर्घटनामा परी चोटपटक लागेका बिरामीको शतप्रतिशत उपचारको सफलताका लागि कोसिस गर्नुपर्छ । तर, सधैँ व्यक्ति बाँचेर जान्छ भन्ने छैन, यस्तो भएको खण्डमा निराश नभईकन उनीहरूसँग अरु मानिसको जीवन बचाउने क्षमता छ भनेर बुझाउनुपर्छ ।

हालसम्म मस्तिष्कमुत्यु भएका ३ जनाको अंगबाट ६ जनाको मिर्गौला प्रत्यारोपण र एकजनाको कलेजो प्रत्यारोपण गरेका छौँ । नेपाल सरकारले सहिद धर्म प्रत्यारोपण केन्द्रलाई कानुनमै मस्तिष्कमृत्युबाट आएको अंग समन्वयको जिम्मासमेत दिएको छ ।

नेपालको कुनै पनि अस्पतालको कुनै पनि क्षेत्रको बिरामीले स्पष्ट मापदण्डअनुसार अंग पाउने व्यवस्था गरिएको छ । जस्तो कि, मिर्गौला प्रत्यारोपण गर्नका लागि कति समय वेटिङमा बसेको हो, प्रत्यारोपण गर्न कत्तिको योग्य अवस्था छ त्यसलाई हेरेर प्राथमिकता निर्धारण गरिएको छ । लैंगिक हिसाबले महिलालाई प्राथमिकतामा राखिएको छ ।

(सातौँ फर्मा एन्ड हेल्थ एक्स्पो’मा व्यक्त विचारको सम्पादित अंश)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै