डा. निर्मल लामिछाने

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछाने नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबारको बैठकले लामिछानेलाई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले डा. लामिछानेलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका हुन्।...