सेवाले टीकापुरवासीका मन जिते, रुँदै–रुवाउँदै बिदा भए डा.नरेन्द्र

अस्पतालको बोर्ड त थियो, तर न पूर्वाधार थियो न त जनशक्ति नै । थारु बाहुल्यता रहेको टीकापुर र आसपाका वासिन्दा सामान्य उपचारका लागि पनि कि भारत, त कि नेपालगञ्ज धाउनुप¥थ्र्यो । डाक्टर शब्द त सुनेका थिए, तर भेट कमै हुथ्र्यो । कैलालीको टिकापुर र टीकापुर अस्पतालको यो चित्र फेरिएको धेरै भएको थिएन् । यसबीचमा टीकापुर अस्पताल, अस्पतालजस्तै बन्यो । सुत्केरी हुन नसकेर ज्यान जाने क्रम रोकियो, उपचार नपाएर बोकेर हिड्नुपर्ने हाइड्रोसिल, हर्नियाका शल्यक्रिया गाउँमै हुन थाल्यो ।

झण्डै १० वर्षसम्म टीकापुरमा अड्डा जमाएर बसेका डा. नरेन्द्र खनालको सरुवाले टिकापुरवासीमा फेरी एक दशकअघिकै दिन दोहोरिने हुन कि भन्ने त्रास त छँदैछ, त्यो भन्दा बढि दुःख भावना जोडिएको एउटा चिकित्सक टीकापुर छाड्दै थियो । अस्पतालका सहकर्मीदेखि स्थानीय भारी मनले विहीबार उनलाई विदाई गरे । संघीयतासँगै समायोजन गर्दा उनको दरबन्दी संघमा पर्यो, सरकारले उनलाई स्वास्थ्य सेवा विभागमा पदस्थापन गरेपनि उनले टीकापुर छाडेका हुन् ।

शुक्रबार मात्रै टीकापुर छाडेका खनालले हेल्थपोस्टसँग भने, ‘२/४ महिना बस्दा त एट्याचमेन्ट हुन्छ, १० वर्ष बसेको ठाउँबाट विदा हुँदा आँसु थाम्न सकिन’ । ‘सरकारी सेवामा जोडिएपछि कतै जानु र फर्किनु स्वाभाविक हो ।’ उनले थपे, ‘तर पनि केही गुमेजस्तो, कहाँ कहाँ जान लागेजस्तो भयो,’ ।टीकापुर छोडेपछि उनले सबैभन्दा बढी ‘मिस गर्ने’ कुरा पनि ‘सोझा थारु’हरुले देखाएको स्नेह र सद्भाव नै हो । सरकारी निर्णय स्वीकार्नुको स्वाभाविक थियो । उनलाई मनको कुनै कुनामा टीकापुर नै बस्न पाए पनि हुन्थ्यो भन्ने थियो । त्यसैले उनी समयोजन पदस्थापन हुँदा पायक पर्ने ठाउँ रोज्न दौडिएनन् । तर दशौं तहको दरवन्दी केन्द्रमा राखियो र विभागमा पदस्थापन भयो ।

दुवाईमा बस्ने टीकापुरका रेहन चौधरीले फेसबुकमै लेखे –तपाई टिकापुर छाडेर जानलागेको कुरा सुन्दा एकदमै अपट्यारो लागेको छ । मलाई अझैसम्म विश्वास गर्न गाह्रो भएको छ । तर वास्तवमा यो कुरा सही रहेछ । सर तपाईं जुनसुकै ठाउँमा भयपनि हाम्रो मन र मस्तिष्क मा सदैव रहनु हुन्छ ।

स्थायी घर अर्घाखाँची भएका डा. खनालले टीकापुर छाडेको थाहा पाएपछि पनि देश विदेशमा रहेका स्थानीय, सहकर्मीले सामाजिक सञ्चाल र टेलिफोनबाट उनले गरेका कामको स्मरण गरिरहेका छन् । दुवाईमा बस्ने टीकापुरका रेहन चौधरीले फेसबुकमै लेखे –तपाई टिकापुर छाडेर जानलागेको कुरा सुन्दा एकदमै अपट्यारो लागेको छ । मलाई अझैसम्म विश्वास गर्न गाह्रो भएको छ । तर वास्तवमा यो कुरा सही रहेछ । सर तपाईं जुनसुकै ठाउँमा भयपनि हाम्रो मन र मस्तिष्क मा सदैव रहनु हुन्छ ।’

\चौधरीले टीकापुरवासीले खनालबाट पाएको सेवा डाक्टरभन्दा बढी भागवानबाट पाएको आभाष गरेको उल्लेख गरेका छन् । ‘अन्त्यमा फेरि सर हजुर प्रति धेरै धेरै सम्झना र मायाको साथ हजुरको अर्को ठाउँ को बसाइ सुभ रहोस् लाखौ लाख शुभकामना’ रेहनले लेखेका छन् ।टीकापुरवासीको मन जित्ने कथा लेख्न उनीसँगै धेरैको परिश्रम र मेहनत लागेको छ ।

उनको चिकित्सकीय जीवनको अधिकांश समय त्यही बित्यो । रसियाबाट एमबिबिएस पास गरेका डा. एमबिबिएस पास गरेर फर्किएका खनालले ०६१ सालमा लोकसेवा पास गरेर सुरुमा महाकाली अञ्चल अस्पतालमा २ वर्ष काम गरे । ०६३ पछि उनी हुम्ला जिल्ला अस्पतालमा काम गरेका थिए । ०६४मा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा नाम निकालेका उनले ०६७ एमडिजिपी पास गरेका थिए । एमडिजिपी सकेपछि उनको पोष्टिङ टीकापुर अस्पतालमा भयो । यसबीचमा उनले ९ वर्षभन्दा बढी समय मेडिकल सुपेरीटेन्डेन्ट भएर काम गरे । आठौं तहमा छँदा टीकापुर पुगेका उनी त्यही बस्दाबस्दै दशौं तहका भए । तर पनि सबै प्रमोसनमा उनले पोष्टिङ टीकापुर नै रोजे ।

मेडिकल अधिकृतका पदमा उनी पुग्दा टीकापुर अस्पतालको बार्ड त थियो तर, पूर्वाधार प्राथमिक स्वास्थ्य केन्द्र भन्दा बढी थिएन् । पूर्वाधार नभएको अस्पातालमा पुग्दा उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोतिराम जैसी थिए । जैसीको अस्पताल बनाउँनुपर्छ भने सोच र जाँगर, खनाललगायतका चिकित्सकको चिकित्सा सेवाले विस्तारै अस्पताल बौरिन थाल्यो । केही वर्षमै बिरामीको चापलाई १५ बेडले धान्न सकेन् । स्थानीयहरु सेवा विस्तारको माग लिएर काठमाडौं आए ।

२०७१ सालमा अस्पताल ५० बेडको बन्यो । १ डेन्टल सर्जन, ८ विशेषसहित १६ चिकित्सक दरबन्दी भएपनि समय समयमा जाने छात्रवृतिका चिकित्सकबाहेक टीकापुर अस्पतालले कहिल्यै पूर्ण रुपमा चिकित्सक पाएन् । तर, केही समयका लागि जाने चिकित्सकका साथ लिएर उनले अहोरात्र सेवामा लागिरहे । अस्पतालमा अहिले ४ सय हाराहारीमा ओपिडी सेवा लिन्छन् । हार्निया, हाइड्रोसिलदेखि माइनर सर्जरी अस्पतालमै हुन्छ । शल्यक्रियाबाट प्रसुति सेवा जारी छ । हात्तिपाइलेका कारण पुरुषमा हुने हाइड्रोसिल समस्याका मात्रै २ हजारभन्दा बढी शल्यक्रिया निःशुल्क रुपमा गरे ।

यो अवधिमा धेरै तिता मिठा यादहरु टीकापुरले दिए । केही वर्षअघि एउटा विषादी सेवन गरेको मान्छेलाई आकस्मिक कक्षामा ल्याइपु-याएका थिए । तर, बचाउँन सकिएनन् । आफन्तहरु निकै आक्रोशित थिए । ड्युटी स्टाफलाई पेट्रोल छर्केर जलाउँछु भनेर धक्की दिएका थिए । डा. खनाल पुगे । तर डा. खनाललाई देखेपछि उनीहरु केही बोलेनन् । त्यो उनीप्रतिको विश्वास थियो ।

सामान्य हाइड्रोसिलको शल्यक्रिया गरेर ६ लिटर पानी निकालेपछि स्थानीय एक जना निकै खुसी भएछन् । भोलीपल्ट एउटा कुखुराको भाले च्यापेर डाक्टर भेट्न आए । डा. खनालले स्थानीय थारु समुदायका मान्छेहरु सोझा मात्रै होइन् ‘स्टेटफवार्ड’ पाए । ‘उनीहरु विश्वास गरेपछि एकोहोरो विश्वास गर्थे, मलाई त्यही विश्वास र मायाले टिकाइरह्यो’ उनले भने ।

सामान्य हाइड्रोसिलको शल्यक्रिया गरेर ६ लिटर पानी निकालेपछि स्थानीय एक जना निकै खुसी भएछन् । भोलीपल्ट एउटा कुखुराको भाले च्यापेर डाक्टर भेट्न आए । डा. खनालले स्थानीय थारु समुदायका मान्छेहरु सोझा मात्रै होइन् ‘स्टेटफवार्ड’ पाए । ‘उनीहरु विश्वास गरेपछि एकोहोरो विश्वास गर्थे, मलाई त्यही विश्वास र मायाले टिकाइरह्यो’ उनले भने ।

एक दशकको बसाईमा ०७२ साउनदेखि नै राजनीतिक आन्दोलनले टीकापुर तात्यो । भदौ ७ मा निकै अप्रिया घटन भयो । त्यतिबेला जातीय र क्षेत्रीय सद्भाव विथोल्ने प्रयास भयो । तर, उनलाई स्थानीयको त्यही मायाप्रति विश्वास थियो । उनले अस्पतालकै स्टाफदेखि कति सञ्चारकर्मीलाई शल्यक्रिया कक्षा, अस्पतालको शौचालयमा थुनेर जोगाए । एउटा तीतो सपनाजस्तो बनेर आएको त्यो घटनाबाहेक टीकापुरवासीको प्रेम र सद्भावले उनलाई पगाल्यो । ‘मेरो सरुवाले धेरैलाई दुःखी बनायो,’ डा. खनाल थप्छन्, ‘एउटा चिकित्सक परिवार, सुविधा र आकर्षक कमाई त्यागेर १० वर्ष गाउँमा बसेपछि यो भन्दा ठूलो कमाई जिन्तगीमै के हुन्छ र ?’ उनले भने । उनले टीकापुरवासीलाई मात्रै रुवाएनन्, आफू पनि रुँदै फर्के ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै