‘नेपाल दन्तचिकित्सक विद्यार्थी संघ’ गठन, डा. ठाकुरको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

मुलुकभर छरिएका दन्तचिकित्सा अध्ययन गराउने मेडिकल कलेजका विद्यार्थीहरू संगठित भएका छन् । दन्तचिकित्सा (बिडिएस) अध्ययनरत विद्यार्थीले संगठित रूपमा आफ्नो हकहित संरक्षण र संवर्धनका लागि ‘नेपाल दन्तचिकित्सक विद्यार्थी संघ’ नामक संस्था स्थापना गरेका हुन् ।

दन्तचिकित्सा अध्ययनरत विद्यर्थीको सामूहिक संगठनका रूपमा नवगठित संघको अध्यक्षमा डा. दीपक ठाकुर चयन भएका छन् । १३ सदस्यीय संघका अन्य पदाधिकारी तथा सदस्यमा उपाध्यक्षमा भूमिका दाहाल र नित्या वाइबा, महासचिवमा इर्फान राना चुनिएका छन् । त्यसैगरी, उपसचिवमा सन्तोषप्रसाद ढकाल, कोषाध्यक्षमा नीता लवजू र सुष्मा पौडेल छन् । त्यस्तै, सदस्यहरूमा सुदितराज पौडेल, स्वस्तिक देवकोटा, नीतेश सिंह, प्रदीप गैरे, विनय सुवेदी र प्रभास रोय चयन भएको संघको विज्ञप्तिमा जनाइएको छ ।

विद्यार्थीको हकहित संरक्षणका अतिरिक्त दाँतको उपयोगिता तथा दाँतससम्बन्धी जनचेतनाका विभिन्न कार्यक्रमको आयोजना गरी राज्यलाई सहयोग पुर्याउने उद्देश्यले संघको स्थापना गरिएको नवगठित संघको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बच्चाको दाँत उम्रिँदाका समस्या : समाधान र सावधानी

सबै आमाबुबा आफ्ना बच्चाको पहिलो दाँतको पर्खाइमा हुन्छन् । बच्चाको पहिलो दाँत जन्मिएको ५ देखि ६ महिनामा उम्रिन्छ । बच्चाको दाँत उम्रिने समयमा मुख तथा शरीरमा केही परिवर्तन देखापर्छन् । यो बच्चा र अभिभावक दुवैका लागि पिडादायी समय हो । तसर्थ, अभिभावकले बच्चाको दाँत उम्रिने वेलाका समस्या र तिनको समाधानका उपायबारे जानकारी राख्नु अति आवश्यक छ ।

दाँत उम्रिनेक्रममा बच्चाको मुखमा देखिने समस्या–
१. जहाँबाट दाँत उम्रिन लागको हो, त्यहाँको गिजामा रातो दाग देखिनु वा सुन्निनु ।
२. गालामा रातो दाग देखिनु ।
३. गालाको छाला पूरै रातो हुनु ।
४. बच्चाले जतिखेर पनि औँलाहरू मुखमा राख्न खोजिरहनु ।

बच्चाको पूरै शरीरमा देखिने असर–
१. बच्चाले दिक्क मान्नु र रोइरहनु ।
२. बच्चाको र्याल चुहिराख्नु र थुक बढी आउनु ।
३. बच्चालाई निद्रा नलाग्नु र व्याकुल हुनु ।
४. बच्चाले कान चिलाउने
५ खोकी लाग्ने
६. ज्वरो आउने
७. झाडापखाला हुने
८. बान्ता हुने
९ .प्यास बढी लाग्ने

कुनै–कुनै वेला विशेष अवस्थामा–
– टिटानस
– मेनिनजाइटिस
– कोलेरा
– पक्षघात

कस्तोमा के गर्ने ?
– दाँत उम्रिँदाको अवस्थाको चिजवस्तुहरूले बच्चाहरूलाई टोक्नमा मद्दत गरेर आनन्द अनुभव गराउँछन् ।
– दाँत उम्रिँदाको अवस्थाको आहारमा कडा गुलियो नभएको गहुँको लेदो टोक्न दिन सकिन्छ ।
– आगोमा तताएको पाउरोटी, कडा चिसो फलफूल, जस्तै, स्याउ, केरा, गाँजर आदि टोक्न दिन सकिन्छ । तर, खान भने दिनुहुँदैन ।
– दाँत उम्रिँदाको अवस्थाका खेलौनाहरू बजारमा पाइन्छन् । जस्तै, तिथिङ, रिङ, तिथिङ किचस, तिथिङ ब्लोबर आदि । यस्ता खेलौनाहरू बच्चाले चपाउँदा दुखाइबाट छुटकारा पाउँछन् ।
– बच्चालाई शान्त गराउनका लागि पेसिफायरहरू बजारमा पाइन्छन् । कहिलेकाहीँ ल्वाङको तेलले पनि बच्चाको गिजाको दुखाइ कम गराउँछ ।
– फ्रिजमा राखेको चिसो फलफूल अथवा खानेकुरा पनि दिन सकिन्छ ।

प्रयोग गर्न सकिने सामयिक औषधि
– गसिरिन
– लिगनोकेन हाइड्रोक्लोराइड
– बेन्जाइल अल्कोहल
– कोलिन सेलिसाइलेट बेस्ड प्रोडक्ट
– गुलियोरहित पारासिटामोल इलिजिर बच्चामा दुखाइ कम गर्ने र ज्वरो आउन नदिने औषधि हो ।
उल्लेखित औषधि दन्तचिकित्सकको सल्लाह र स्वीकृति लिएर मात्र प्रयोग गर्नुपर्छ । यी औषधिहरू अधिक मात्रमा प्रयोग गर्नुहुँदैन ।

अन्य पुराना घरेलु औषधि
– अकुप्रेसर
– अरोमा थेरापी
– मसाज
– होमियोपेथी

विशेष अवस्थामा दाँत उम्रिँदा सँगै जोडिएर आउने समस्या–
– दाँत उम्रिनुअघि गिजामा निलो डाम बस्नु ।
– दाँत आफ्नो निर्धारित समयभन्दा अगाडि देखिनु ।
– दाँत आफ्नो निर्धारित ठाउँभन्दा भिन्न ठाउँमा उम्रिनु ।
– बच्चा जन्मिँदै दाँत लिएर जन्मिनु ।

यी सबै बच्चामा हुने एउटा सामान्य अवस्था हुन् । बच्चाले यस्तो अवस्थामा जुन कुरा पनि मुखमा हाल्न खोज्ने अथवा टोक्न खोज्ने गर्छन् । त्यही भएर जथाभावी फोहोर कपडा तथा अन्य फोहोर कुराहरू मुखमा राख्न दिनुहुँदैन । यदि यो अवस्थालाई सम्बोधन गरिएन भने बच्चा र अभिभावकलाई नराम्रो अनुभव हुन जान्छ ।

अभिभावकको हेरचाह तथा सावधानी
– बच्चा जन्मिनुअगावै अभिभावकले दाँत उम्रिने अवस्थाबारे जानकारी पाउनुपर्छ ।
– घरका अन्य सदस्यलाई यसको जोखिमबारे जानकारी गराउनुपर्छ ।
– बच्चाको मुख तथा पूरै शरीर सफा राख्नुपर्छ ।
– बच्चाको गिजा हरेकपटक खाना खाएपछि भिजेको सफा कपासले सफा गरिदिनुपर्छ ।
– बच्चालाई पौष्टिक खानेकुराहरू खुवाउनुपर्छ ।

घरेलु उपाय
– बच्चालाई सफा औँलोमा भिजेको कपास राखी बिस्तारै मसाज गरिदिनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२१औँ शताब्दीमा एन्टिबायोटिक रेसिस्टेन्सले महामारी, कसरी बच्ने ?

जीवाणुले एन्टिबायोटिक्सको प्रतिरोध गर्छ, त्यस्तो अवस्थालाई ‘एन्टिबायोटिक्स रेसिस्टेन्स’ भनिन्छ । यस्तो अवस्थामा संक्रमित व्यक्तिमा औषधि (एन्टिबायोटिक)ले काम गर्न छोड्छ ।पछिल्लो दशकमा संसारभर जीवाणु प्रतिरोधको अवस्थामा वृद्धि भएको पाइन्छ । ब्याक्टेरियल रेसिस्टेन्स कुनै पनि एन्टिबायोटिक्स प्रयोगले हुन सक्छ । यसको अति प्रयोगले मल्टिरेसिस्टेन्स बढ्न सक्छ, जसले थप समस्या निम्त्याउँछ ।

विकासोन्मुख देशमा अझै पनि संक्रमणले मृत्यु हुनेको संख्या बढ्दो छ । यकिन तथ्यांक नभए पनि पछिल्लो समय नेपालमा एन्टिबायोटिक्सप्रतिरोध भएर मृत्यु हुने संख्यामा वृद्धि आएको छ ।
रोगनियन्त्रण तथा रोकथाम केन्द्रले एन्टिबायोटिक प्रतिरोधसम्बन्धी रिपोर्ट निकालेको छ । एन्टिबायोटिक प्रतिरोधका कारण संक्रमणको परिणामस्वरूप अमेरिकामा मात्र २० लाख व्यक्ति बिरामी पर्छन् । त्यसमध्ये २३ हजारले ज्यान गुमाउँछन् ।

विश्व स्वास्थ्य संगठनले १ सय १४ देशको तथ्यांकका आधारमा यस विषयमा सर्वेक्षण प्रकाशित गरेको छ । उक्त सर्वेक्षणअनुसार मुख्य रूपमा ७ वटा ब्याक्टेरिया सामान्य संक्रमण (जस्तैः डायरिया, निमोनिया, सेप्सिस, गोनोरिया)का लागि जिम्मेवार छन् ।

विश्व स्वास्थ्य संगठनले १ सय १४ देशको तथ्यांकका आधारमा यस विषयमा सर्वेक्षण प्रकाशित गरेको छ । उक्त सर्वेक्षणअनुसार मुख्य रूपमा ७ वटा ब्याक्टेरिया सामान्य संक्रमण (जस्तैः डायरिया, निमोनिया, सेप्सिस, गोनोरिया)का लागि जिम्मेवार छन् । रिपोर्टअनुसार एन्टिबायोटिक्स रेसिस्टेन्स विश्वका कैयौँ ठाउँमा चेतावनीको स्तरसम्म पुगिसकेको छ । नेपाल पब्लिक हेल्थ फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम तथा नीति–निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ ।
नेपालमा डाक्टरको स्वकृतिविना औषधि पसलले जथाभावी एन्टिबायोटिक्स बेचिरहेको अवस्था छ । विभिन्न प्रकारका नक्कली डाक्टरमार्फत यसको अत्यधिक प्रयोग भइरहेको छ । यसले गर्दा जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको छ । नियामक निकायको यतातिर ध्यान गएको देखिन्न ।

कसरी बच्ने ?
१) एन्टिबायोटिकप्रतिरोधबाट बच्न मुख्यतः संक्रमण नै रोक्नुपर्छ ।
२) रुघाखोकी, ज्वरो, फ्लु आदिमा एन्टिबायोटिक्स प्रयोग गर्नुहुँदैन । बरु पर्याप्त पानी पिएर आराम गर्नुपर्छ ।
३) नियमित रूपमा हात सफा गर्ने बानी बसाल्नुपर्छ ।
४) डाक्टरको स्वीकृति र सल्लाहमा मात्र एन्टिबायोटिक्स प्रयोग गर्नुपर्छ । एन्टिबायोटिक्सलाई जहिले पनि अन्तिम विकल्पका रूपमा मात्र लिनुपर्छ ।
५) एन्टिबायोटिक्सको खुराक र अवधि नबिराई पूरा गर्नुपर्छ । औषधि खाएको केही दिनमा निको भए पनि मात्रा नसकिउन्जेल खाइराख्नुपर्छ ।
६) आफ्ना बालबालिकालाई लगाउनुपर्ने सबै खोप लगाइएको छ वा छैन सुनिश्चित गर्नुपर्छ ।
७) श्वास–प्रश्वाससम्बन्धी कुनै समस्या भए मास्क लगाउनुपर्छ । खोक्दा रुमालले मुख थुन्नुपर्छ ।
८) संक्रमण हुन नदिन घाउलाई खुला राख्नुहुँदैन ।
९) संक्रमणको लक्षण देखिएका बच्चाहरूलाई अरू बच्चाबाट टाढै राख्नुपर्छ ।
१०) अधिकांश खाद्य उत्पादकमा एन्टिबायोटिक्सको प्रयोग गरिएको हुन्छ । जस्तै, चाँडै बढ्ने र वजन धेरै हुने भएकाले कुखुरामा एन्टिबायोटिक्स पनि प्रयोग गरिएको हुन सक्छ, त्यसबाट बच्नुपर्छ ।
११) राम्रोसँग पकाएको तथा उमालेको खाना वा झोलिलो खानेकुरा बढी खानुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै