गर्भावस्थाका चुनौती कसरी चिर्ने ?

गर्भधारण गरेको मितिदेखि बच्चा डेलिभरी नहोउन्जेलको समयलाई गर्भावस्था भनिन्छ । गर्भावस्थामा धेरै ध्यान दिनुपर्छ । त्यससँगसँगै प्रसवको कुरा पनि यही सन्दर्भसँग जोड्एिर आउँछ । कस्तो किसिमको व्यथा लाग्यो, कसरी डेलिभरी भयो र महिलाको सुत्केरीपछिको अवस्था (बच्चा जन्मिएको समयदेखि ६ हप्तासम्म), यी सम्पूर्ण विषयलाई महत्वपूर्ण रूपमा हेर्नुपर्छ । गर्भावस्थामा महिलाको हर्मोनमा परिवर्तन हुने गर्छ । सुत्केरी हुनका लागि महिलामा हर्मोन हुने गर्छ, स्टिोजन, प्रोजेस्टन भन्ने हर्मोन हुन्छ । बच्चालाई दूध खुवाउनका लागि प्रोल्याटिन हर्मोन हुने गर्छ । प्राकृतिक रूपमै महिलामा मुख्यतया २ वटा हर्मोन बढी सक्रिय हुन्छन् ।

गर्भधारण गरिसकेपछि प्रोजेस्टन लेबल अलि बढ्ने गर्दछ । प्रोजेस्टनले पाठेघरलाई खुम्चिन रोक्ने गर्छ । पाठेघरलाई खुकुलो पार्ने गर्छ, जसले गर्दा बच्चा पेटमा रहिरहन्छ, गर्भपतन हुन दिँदैन । त्यसैगरी, प्रोल्याटिक हर्मोन पनि सक्रिय हुन्छ, जसले बच्चालाई स्तनपान गर्नेका लागि स्तनको सम्पूर्ण विकास हुनलाई र दूध आउने प्रक्रिया बनाउन र खुवाउनका लागि हर्मोन परिवर्तन हुने गर्छ । यसबाहेक अन्य हर्मोनहरू आफ्नै भूमिका हुन्छन् ।

नेपालमा गर्भावस्थाका चुनौती धेरै छन् । आज पनि हाम्रो मुलुकमा गर्भावस्थामा स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीकहाँ सबै महिलाको पहुँच पुग्न सकेको छैन । अझै पनि धेरै महिलाले गर्भावस्थामा जाँच गराउन पाएका छैनन् । सरकारले कमसेकम चारपटक गर्भजाँच गर्न भनेको छ र गर्भजाँच गराउनलाई प्रोत्साहनसमेत गरिरहेको छ । पहिलाको तुलनामा आजभोलि राम्रै भएको देखिन्छ । तैपनि सबै महिलाको गर्भजाँचमा पहुँच पुग्न सकेको छैन ।

गर्भावस्थामा सुरुमा अप्रेसन हुनु वा बच्चा महिना नपुगी खेर जानु, बच्चामा कुनै किसिमको विकृति आउनुलगायत जोखिम हुन्छन् । गर्भकै कारणले सुगर बढेर जाने हुन्छ भने ब्लड अन्य साधारण महिलाको जस्तो हुँदैन, जतिवेला गर्भवतीमा प्रिएक्लाम्सिया, एक्लाम्सियाको अवस्था सिर्जना हुन्छ । यसले गर्दा पिसाबमा प्रोटिन बढ्ने, बिरामी बेहोस हुने भयो भने उनीहरूलाई आइसियूमा राखेर सघन उपचार गर्नुपर्ने अवस्थासमेत आउने गर्छ ।

गर्भावस्थामा राम्रो चेकजाँच भएन भने नौ महिनाको अवधिमा स्वस्थ आमा र स्वस्थ बच्चा जन्मिनमा समस्या आउने गर्छ । बच्चामा शारीरिक विकासमा बाधा–अवरोध, बच्चा नबढेको वा चाहिनेभन्दा बढी बढेको हुन्छ । त्यसैगरी, बच्चामा पनि कुनै किसिमको विकृति आएको हुन सक्छ । गर्भजाँच नगराउँदा यस्ता कुराको पहिचान हुँदैन । त्यसैगरी, आमामा पनि गर्भवती अवस्थामा उमेरका कारण पनि धेरै समस्या आउन सक्छन् ।
गर्भवती महिलाको खानपान तथा पोषणले गर्दा स्वास्थ्यमा धेरै असर पर्छ । नेपालमा अझै पनि ६० प्रतिशत गर्भवती महिला रक्तअल्पताबाट पीडित छन् । उनीहरूमा आइरनको मात्रा कम पाइएको छ । फोलिकएसिड डिफिसिएन्सी छ, जसले गर्दा धेरै बच्चामा विकृति पैदा गर्छ । त्यसकारण पनि महिलाको पोषण सन्तुलित हुनुपर्छ । गर्भवतीको खानपानमा प्रोटिनको कमी, आइरनको कमी हुन्छ, जसलाई मिलाएर खान सक्ने क्षमता विकास भएको छैन । जो स्वास्थ्यकर्मीकहाँ आउँछन्, उनीहरूले केही बुझेर जान्छन्, तर नआउनेले केही बुझेका हुँदैनन् ।

गर्भकै कारणले सुगर बढेर जाने हुन्छ भने ब्लड अन्य साधारण महिलाको जस्तो हुँदैन, जतिवेला गर्भवतीमा प्रिएक्लाम्सिया, एक्लाम्सियाको अवस्था सिर्जना हुन्छ । यसले गर्दा पिसाबमा प्रोटिन बढ्ने, बिरामी बेहोस हुने भयो भने उनीहरूलाई आइसियूमा राखेर सघन उपचार गर्नुपर्ने अवस्थासमेत आउने गर्छ ।

आइरन, क्याल्सियम, फोलिकएसिड सप्लिमेन्टेसनहरू स्वास्थ्यकर्मीकहाँ गएर लिनु आवश्यक हुन्छ । गर्भावस्थामा परिवारको सहयोग र साथ धेरै चाहिने गर्छ । गर्भावस्थामा मानसिक तथा शारीरिक रूपमा आरामको आवश्यकता पर्छ । अन्य समान्य अवस्थामा जस्तो शारीरिक रूपले घरमा गरिरहेका सबै काम पनि गराउनुहुँदैन । जुनवेला महिलाको शरीरभित्र मान्छे बनाउने प्रक्रिया चलिरहेको हुन्छ, त्यतिवेला शरीरमा धेरै परिवर्तन आउँछन् । त्यो परिवर्तनका लागि परिवारका सदस्यहरूले, खासगरी श्रीमान् तथा सासुले यस्ता कुरा बुझेर आराम गर्न दिनुपर्छ ।
गर्भावस्थाको ९ महिनामा हिँडडुल गर्न र सामान्य काम गर्न सकिन्छ । तर, लुगा घुने, खाना पकाउने, कुचो लगाउनेजस्ता घरसायी काम महिलाको जिम्मेवारीमा हुन्छ, जसबाट गर्भावस्थामा महिलालाई छुटकारा दिनु आवश्यक छ ।

गर्भावस्थामा खानपानमा ध्यान, हल्का व्यायम, आराम, तनाव कम हुनुपर्छ । त्यसैगरी, गर्भावस्थाको जाँचका लागि परिवारका सदस्यले समय–समयमा स्वास्थ्यसंस्थामा लैजानुपर्छ । कमसेकम सरकारी प्रावधानअनुसार ४ पटक जाँच अनिवार्य गर्नुपर्छ । सुविधासम्पन्न ठाउँका महिलाले सुरुको अवस्थामा महिनाको एकचोटि र पछि दुई हप्तामा एकचोटि गर्भजाँच गराउनु राम्रो हुन्छ ।

महिलामा रक्तअल्पता भयो भने प्रसवका वेला थोरै रगत गयो भने पनि बेहोस हुने र मुत्युको मुखमा पुग्ने पनि अवस्था आउन सक्छ । यतिवेला इन्फेक्सनको जोखिम धेरै हुने गर्छ । गर्भावस्थामा फलफूल खाँदा पनि धेरै चनाखो हुनु जरुरी हुन्छ ।

डेलिभरी पनि दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्यकेन्द्रमै गराउनु राम्रो हुन्छ । गर्भावस्थामा यात्रा नगर्ने, खुकुलो लुगा लगाउने, साधारण जुत्ता लगाउने, कुनै विशेष परिस्थितिमा विशेषखाले जोखिम तत्व पाइएको छ भने स्वास्थ्यकर्मीको सल्लाहअनुसार गर्नुपर्छ । गर्भावस्थामा सुरुमा अप्रेसन हुनु वा बच्चा महिना नपुगी खेर जानु, बच्चामा कुनै किसिमको विकृति आउनुलगायत जोखिम हुन्छन् । गर्भकै कारणले सुगर बढेर जाने हुन्छ भने ब्लड अन्य साधारण महिलाको जस्तो हुँदैन, जतिवेला गर्भवतीमा प्रिएक्लाम्सिया, एक्लाम्सियाको अवस्था सिर्जना हुन्छ । यसले गर्दा पिसाबमा प्रोटिन बढ्ने, बिरामी बेहोस हुने भयो भने उनीहरूलाई आइसियूमा राखेर सघन उपचार गर्नुपर्ने अवस्थासमेत आउने गर्छ ।

महिलामा रक्तअल्पता भयो भने प्रसवका वेला थोरै रगत गयो भने पनि बेहोस हुने र मुत्युको मुखमा पुग्ने पनि अवस्था आउन सक्छ । यतिवेला इन्फेक्सनको जोखिम धेरै हुने गर्छ । गर्भावस्थामा फलफूल खाँदा पनि धेरै चनाखो हुनु जरुरी हुन्छ । किनभने, फलफूल, मासु, दूधमा विभिन्नकिसिमका औषधि मिसाएको पाइन्छ । यी सबै कुराले गर्भावस्था र त्यसको आउटकममा फरक परेको देखिन्छ । त्यस्तो मिलावट गर्नेहरूलाई कुनै कारबाही हुँदैन । तर, त्यसको भारचाहिँ अस्पताल र चिकित्सकले खपिरहेको अवस्था छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ढिलो र चाँडो गर्भवती हुनुका जोखिम

गर्भावस्थामा उमेरअनुसारका चुनौती धेरै हुन्छन्, जसलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ, बढी उमेरमा गरिने गर्भाधारण र कम उमेरमा गरिने गर्भाधारण । यी दुवै अवस्थामा गर्भाधान आमा र बच्चा दुवैका लागि चुनौतीपूर्ण हुन्छ ।

ढिलो गर्भधारण गर्दा र चाँडो गर्भधारण गर्दा पनि महिलाको स्वास्थ्यमा दीर्घकालीन रूपमा असर पर्ने गर्छ । ३५ वर्षभन्दा पछि पहिलो गर्भ रह्यो भने महिलामा उमेरका कारण विभिन्न समस्या हुने गर्छन् । जस्तो कि, रुकिस्नेस बढी हुने, हड्डीका ज्वाइन्ट बढी कडा भएर डेलिभरी प्रोसेसमा समस्या आउन सक्छन् । उमेरका कारण उच्च रक्तचाप, ब्लडसुगरजस्ता समस्या पनि आउँछन् ।

त्यसैगरी, पेटमा रहेको बच्चालाई गाह्रो हुने तथा ९ महिनासम्म आमा र बच्चा स्वस्थ रहन चुनौती हुने गर्छ । गर्भाधानपछिका समस्या मात्र नभएर उमेर बढी भएका महिलामा गर्भधारण गर्नै गाह्रो हुन्छ ।

महिलामा ३५ वर्षपछि फर्टिलिटी (सन्तानोत्पादन क्षमता) नै कम भएर जान्छ । यसले गर्दा आर्टिफिसियल प्रविधि अपनाएर गर्भाधान गर्नुपर्ने अवस्था आउन सक्छ । गर्भधारण गरिसकेपछि पनि बढी उमेर भएका महिलामा गर्भपतनको जोखिम उच्च हुन्छ ।

बढी उमेरमा गर्भवती हुँदा रक्तचाप उच्च हुने, प्रिएक्लाम्सिया र एक्लाम्सियामा जाने, गर्भमा बच्चाको विकास कम हुने तथा बच्चालाई गाह्रो हुने अवस्था सिर्जना हुन सक्छ । त्यति मात्र होइन, बढी उमेरमा हुने गर्भाधानमा बच्चाहरूमा विकृति आउने सम्भावनासमेत हुन्छ । डाउन्ड सिन्ड्रम्स देखिने सम्भावना हुन्छ ।

कम उमेरमा गर्भवती हुँदा रक्तचाप बढ्ने, गर्भपतनको दर बढी हुने, योनिमार्ग सानो भएपछि बच्चा उल्टो, तेर्सो बस्ने सम्भावना हुन्छ, जसका कारण यन्त्र लगाएर वा अप्रेसन गराएर डेलिभरी गराउनुपर्ने हुन्छ ।

बच्चालाई जन्म दिनका लागि प्रकृतिले गर्भवती महिलाको योनिका भागहरू खुकुलो पार्छ, तर उमेर बढी भएकै कारण खुकुलो नभएर योनिमार्ग टाइट हुने गर्छ । पहिला नर्मल बच्चा जन्माएकी महिलामा ढिलो बच्चा जन्माउन खोज्दा बच्चा पाउने ठाउँ सानो भएर फेरि अप्रेसन गर्नुपर्ने सम्भावना बढ्न जान्छ । यसले गर्दा आमा र शिशुको मुत्युसमेत हुन सक्छ ।

गर्भावस्थामा रक्तचाप बढ्यो भने पछि नघट्ने समस्या पनि आउँछ । त्यसैगरी, सुगर पनि निरन्तर हुने गर्छ । बच्चा पाउने भाग सानो भएको र बच्चा भएको खण्डमा पाउने ठाउँमा बाधा पर्न गयो र ठिक समयमा स्वास्थ्यसंस्था पुर्याउन सकिएन भने महिलाको पाठेघर फुटेर मुत्यु हुने, फिस्टुला भएर पिसाब, दिसा चुहिने, रक्तअल्पता हुनेजस्ता दीर्घकालीन असर पर्न जान्छ ।

कम उमेरमा गर्भवती भएमा आमामा उच्च रक्तचाप हुने, सुगर धेरै हुने, बच्चा उल्टो वा तेर्सो बढ्ने, बच्चाको तौल कम हुने, साल तलमाथि हुने गर्दछ । यसका साथसाथै गर्भावस्थामा बच्चाको पानीको लाइकरको मात्रा तलमाथि हुनेजस्ता विभिन्नकिसिमका समस्या आउने गर्छन् ।
गर्भावस्थाको चेकजाँचका क्रममा शिशु र आमाको स्वास्थ्यमा आइपर्ने यस्ता कुनै पनि किसिमका समस्याको समयमै निदान गरेर आमा र शिशुलाई बचाउने प्रयास गरिन्छ ।

१९ वर्ष र त्यसभन्दा कम उमेरका महिला गर्भवती हुँदा उनीहरूको बच्चा पाउने भाग विकसित भएको हुँदैन । यसले गर्दा बच्चा आउने बाटो सानो भएको हुन्छ । यसका कारण सिजेरियन सेक्सनको दर पनि बढी भइरहेको छ ।

त्यसैगरी, कम उमेरमा गर्भवती हुँदा रक्तचाप बढ्ने, गर्भपतनको दर बढी हुने, योनिमार्ग सानो भएपछि बच्चा उल्टो, तेर्सो बस्ने सम्भावना हुन्छ, जसका कारण यन्त्र लगाएर वा अप्रेसन गराएर डेलिभरी गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा रक्तस्राव धेरै हुने हुँदा आमामा सुत्केरी अवस्थामा इन्फेक्सन हुनेजस्ता विभिन्न समस्या आउने गर्छन् ।

(हेल्थपोस्टका पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै