कुल प्रसूतिको झन्डै आधामा शल्यक्रिया हुने गरेको छ

शल्यक्रियाबाट प्रसुति (सिजरियन सेक्सनं) के हो ?
पेट चिरेर बच्चा निकाल्ने प्रविधि सिजरियन सेक्सन (सि–सेक्सन) हो । महिलामा हुने प्राकृतिक डेलिभरीको विपरीत पेट चिरेर बच्चा निकाल्ने प्रविधिको रूपमा यसलाई बुझ्ने गरिन्छ । शताब्दीऔँदेखि मानिसले प्राकृतिक रूपमा बच्चालाई जन्म दिँदै आएकोमा सि–सेक्सन अप्राकृतिक प्रकारको डेलिभरी हो ।
पेट र पाठेघरमा घाउ बनाएर यस्तो प्रविधिको प्रयोग गर्ने गरिन्छ । वर्तमान समयमा यो प्रविधि बढ्दै जानुले विकृति पनि ल्यायो भन्ने तर्कलाई म स्वीकार पनि गर्छु र गर्दिनँ पनि । यसले विकृति ल्यायो तथा बढायो भनेर म कुन कोणमा भन्छु भने, कुनै–कुनै गर्भवती महिलालाई स्वाभाविक डेलिभरी गराउन डर लाग्यो भने उनले डाक्टरलाई सि–सेक्सनका लागि अनुरोध गर्ने गर्छिन् । डर वा प्रसूतिवेदनाबाट बच्न बिरामीले यस अवस्थामा जान खोज्यो भने सेवाप्रदायकले उसलाई प्राकृतिक रूपमा हुने डेलिभरी राम्रो हो भनेर बुझाउन सक्नुपर्छ । यसका नकारात्मक पक्षबारे जानकार भएमा महिलाहरू प्राकृतिक रूपमै बच्चा जन्माउन पनि त तयार हुन सक्छन् नि ! नेपालमा त्यसप्रकारको काउन्सिलिङको कमी छ ।

दुब्ला–पातला महिलामा भन्दा मोटा महिलामा सिजरको दर भने केही बढी नै पाइन्छ । तर, मोटो हुँदैमा सिजरमै जानुपर्छ भन्ने चाहिँ छैन । मेरै उपचार अनुभवमा केही महिनाअगाडि मात्रै करिब सय केजी तौल भएकी महिलालाई पनि सामान्य रूपमै डेलिभरी गराइएको थियो ।

पछिल्ला दिनमा सि–सेक्सन प्रविधि बढ्नुको कारण के होलान् ?
पछिल्लो समय कतिपय अप्राकृतिक गर्भाधानका कारण पनि सि–सेक्सन बढेको छ । गर्भावस्थामा व्यायाम, आराम र पोषणको सन्तुलन नमिल्नाले पनि प्रसूतिको समयमा समस्या आउँछ, जसले सि–सेक्सन निम्त्याइरहेको छ । गर्नैपर्ने अवस्थामा त प्रविधिको प्रयोग गर्नु नै पर्यो । निजी अस्पतालहरूमा सिजरियन सेक्सन बढी नै हुने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार अस्पतालमा हुने डेलिभरीमा १५ प्रतिशतसम्म सिजर हुनु नराम्रो मानिँदैन । यसबाट बिरामीको हित हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता पनि छ । तर, हालका दिनमा सि–सेक्सन बढी नै बढिरहेको छ, जुन न महिलाका लागि हितकर छ, न बच्चाका लागि नै ।
हालका दिनहरूमा सरकारी अस्पतालहरूमा पनि सिजर गर्ने प्रविधि बढ्दै गएको छ । त्रिवि शिक्षण अस्पतालमा हुने गरेको डेलिभरीमध्ये लगभग आधा नै सिजर हुने गरेको छ । त्रिवि अस्पतालमा देशैभरबाट बढी जोखिम भएका केसहरू आउने भएकाले नै यसको दर बढेको हो । हाम्रो अस्पतालमा एउटा यस्तो समूह डेलिभरीका लागि आउने गर्छ, जसलाई सिजर नै गर्नुपर्ने हुन्छ ।

कस्तो अवस्थामा सि–सेक्सन अनिवार्य हुन्छ ?
सामान्यतया बच्चा आवश्यकताभन्दा ठूलो हुनु तथा बच्चा आउने बाटो सानो हुनु, एकदमै उच्च रक्तचाप भएका गर्भवती जसलाई सुत्केरी व्यथा लगाएर डेलिभरी गराउने समय हुँदैन, बच्चाले पेटभित्रै दिसा गर्यो तथा बच्चाको मुटुको धड्कन तलमाथि भएको अवस्था, लामो समयसम्म महिलालाई सुत्केरी व्यथा लागेमा, सामान्यतया पाठेघरको माथि बस्ने साल तल बसेमा पनि सिजरमा जानुपर्ने हुन्छ ।
आवश्यकताअनुसार सिजर गरिएमा आमा तथा बच्चा दुवैले त्यसबाट फाइदा पाउन सक्छन् । तर, नगण्य जनसंख्याले भने फेसनका लागि पनि सिजर गराउने गरेको कुरालाई नकार्न सकिँदैन ।
दुब्ला–पातला महिलामा भन्दा मोटा महिलामा सिजरको दर भने केही बढी नै पाइन्छ । तर, मोटो हुँदैमा सिजरमै जानुपर्छ भन्ने चाहिँ छैन । मेरै उपचार अनुभवमा केही महिनाअगाडि मात्रै करिब सय केजी तौल भएकी महिलालाई पनि सामान्य रूपमै डेलिभरी गराइएको थियो । तर, मोटा मानिसमा सिजरियन सेक्सन दर भने बढी नै हुने गर्छ । मधुमेहका रोगी आमामा पनि सिजर गर्नुपर्ने हुन सक्छ ।

चिकित्सकले अनावश्यक सिजर गराउने गरेको पनि गुनासो छ नि ?
मेरो व्यक्तिगत कुरा गर्ने हो भने म सामान्य डेलिभरीलाई नै प्राथमिकता दिने गर्छु । कतिपय निजी अस्पतालमा यस्तो नभएको होला भन्न भने म सक्दिनँ । तर, त्योचाहिँ हामी डाक्टरलाईभन्दा पनि बिरामीलाई नै बढी थाहा होला । मेरो जोडचाहिँ प्राकृतिक डेलिभरीमा नै छ । यदि सिजर गर्नुपर्ने अवस्था आयो नै भने त डाक्टरले गर्नु नै पर्यो । त्रिवि अस्पतालको नै कुरा गर्नुपर्दा पनि सिजरदर एकदमै बढी छ । यहाँ हुने डेलिभरीमध्ये लगभग ४५ प्रतिशतमा सिजर हुने गरेको छ ।
त्रिवि अस्पतालमा हुने गरेको सिजरबारे उपचारमा संलग्न डाक्टरहरू नै त्यसको जवाफदेही बन्नुपर्ने हुन्छ । सिजरका पनि आफ्नै मापदण्ड छन् । डाक्टरलाई मन लाग्यो भन्दैमा बिरामीको स्वास्थ्यअवस्थालाई विचारै नगरीकन भने सिजर गरिँदैन ।
त्रिवि शिक्षण अस्पतालमा बढी मात्रामा सिजर हुनुमा यहाँ नेपालभरबाट बढी जोखिम भएका केसहरू रेफर भएर आउनु प्रमुख कारण हो । विभिन्न प्रकारका दीर्घरोग भएका महिलालाई काठमाडौं उपत्यकाकै विभिन्न अस्पतालबाट तथा देशभरबाट रेफर गर्ने गरिन्छ । जस्तै, एउटा मुटुको रोग भएको गर्भवती महिला छिन् भने हामीकहाँ रेफर गरिन्छ । बिरामीको त्यस्तो समूहलाई सिजर चाहिने अवस्था बढी हुन्छ ।

सिजर अप्राकृतिक डेलिभरीको प्रक्रिया भएकाले यसका विभिन्न जोखिम छन् । यदि पहिलोपटकको डेलिभरीमा सिजर गरिएको छ भने दोस्रोपटकको डेलिभरीमा पनि सिजर गर्नुपर्ने सम्भावना धेरै हुन्छ । पहिलोपटक सिजर गरेमा दोस्रोपटक डेलिभरीको क्रममा पाठेघर फुट्ने सम्भावना बढी हुन्छ । सिजर गरेका बिरामीमा इन्फेक्सनको अवस्था धेरै नै आउने गर्छ ।

सि–सेक्सनका के–कस्ता जोखिम छन् ?
सिजर अप्राकृतिक डेलिभरीको प्रक्रिया भएकाले यसका विभिन्न जोखिम छन् । यदि पहिलोपटकको डेलिभरीमा सिजर गरिएको छ भने दोस्रोपटकको डेलिभरीमा पनि सिजर गर्नुपर्ने सम्भावना धेरै हुन्छ । पहिलोपटक सिजर गरेमा दोस्रोपटक डेलिभरीको क्रममा पाठेघर फुट्ने सम्भावना बढी हुन्छ । सिजर गरेका बिरामीमा इन्फेक्सनको अवस्था धेरै नै आउने गर्छ ।
सरकारी अस्पतालमा पर्याप्त मात्रामा बेड नहुनाले गर्दा एउटा बिरामी डेलिभरी भएर जानासाथ अर्काे आएर सुत्ने भएकाले पनि एक व्यक्तिबाट अर्काे व्यक्तिमा इन्फेक्सन हुने खतरा बढी हुन्छ । साथै, सरकारी अस्पतालमा बिरामीको अत्यधिक चापका कारण पनि सिजर इन्फेक्सनको खतरा बढेको देखिन्छ । त्रिवि शिक्षण अस्पतालमा बिरामीको अत्यधिक चाप तथा बेड अभावका कारण पनि सिजरका विभिन्न जोखिम आउने गरेका छन् ।

विश्वपरिवेशमा सि–सेक्सनको पछिल्लो अवस्था कस्तो पाउनुभएको छ ?
यो प्रविधि विश्वभर नै बढेको देखिन्छ । तर, सन्दर्भअनुसार त्यो फरक पनि हुन सक्छ । सामान्य डेलिभरीका क्रममा धेरै मात्रामा जोखिम भएमा सिजर गर्ने प्रविधि बढेको छ भने अर्काे चाहिँ बिरामीकै अनुरोधमा आवश्यक नहुँदा पनि सिजर गर्ने पनि गरिएको छ ।
अप्राकृतिक गर्भाधान तथा त्यस्ता डेलिभरीका वेला सि–सेक्सन बढी हुने गर्छ । अप्राकृतिक रूपमा गरिने गर्भाधारण तथा त्यसबाट उत्पन्न हुन सक्ने खतराबाट बच्नका लागि पनि सिजर गर्ने गरिन्छ ।
अहिलेको समयमा शिक्षा तथा करिअरका लागि गरिने ढिलो विवाह तथा ढिलै बच्चा जन्माउनुले पनि सि–सेक्सनदर बढ्दै गएको हो । १९ वर्षदेखि सामान्यतया महिनावारी नसुकेसम्मको उमेरलाई प्रजनन हिसाबले सबल समय भनिए पनि बच्चा पाउनका लागि महिलाको उपयुक्त उमेर २० देखि ३५ वर्ष नै हो । ३५ वर्ष नाघेपश्चात् भने बच्चा जन्माउने सवालमा महिलामा विभिन्नप्रकारका जोखिम आउने गर्छन् । ३५ वर्ष नाघिसकेपछि बच्चा जन्माउँदा गर्भावास्थामा मधुमेह हुने तथा विभिन्न रोगको खतरा पनि बढ्ने गर्छ । जसकारण यस्तो उमेरमा बच्चा जन्माउँदा सिजर गर्नुपर्ने हुन सक्छ ।
विकसित मुलुकमा डेलिभरीका क्रममा आमालाई दुखाइ कम गराउने विभिन्न प्रविधिको विकास भएका कारण त्यस्ता मुलुकमा सिजरका केस केही घट्दोक्रममा देखिन्छ । सिजरमा जानुको एउटा कारण गर्भवती महिलामा दुखाइ कम गर्नु हो । नेपालमा डेलिभरीका क्रममा दुखाइ कम गर्ने औषधिको प्रयोग नगरिने भएकाले पनि सि–सेक्सन बढेको हो ।

 

प्रस्तुतिः लक्ष्मी चौलागाईं

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्भवतीमा उच्च रक्तचाप

गर्भवती महिलामा विभिन्न प्रकारको उच्च रक्तचाप हुने गर्छ । जसमा महिलाको एउटा समूह गर्भवती नहुँदै उच्च रक्तचाप भएर आउने छ भने अर्काे समूहमा गर्भवती भएपछि मात्र उच्च रक्तचापको समस्या देखापर्ने गर्छ ।

पाठेघरको साल टाँसिने प्रक्रियामा खराबी आएमा उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । तर, उच्च रक्तचाप यसरी नै हुन्छ भन्ने सर्वमान्य तथ्य भने पाइएको छैन । गर्भवती अवस्थामा उच्च रक्तचाप भएका कतिपय महिलालाई बच्चा जन्मेपश्चात् समस्या स्वतः हराएर जाने गर्छ ।

गर्भावस्थाका कुनै पनि महिलामा गर्भवती भएको ३० हप्तापछि १४० बाई ९० भन्दा बढी रक्तचाप भएमा त्यसलाई गर्भावास्थामा हुने उच्च रक्तचाप भन्ने गरिन्छ । घरका अग्रज सदस्यहरूमा उच्च रक्तचापको समस्या भएका महिलामा गर्भवती हुँदा उच्च रक्तचाप हुने समस्या बढी रहने गर्छ । त्यसैगरी पहिलोपटक गर्भवती हुने महिलामा यस्तो समस्या बढी मात्रामा देखापर्ने गर्छ । गर्भावस्थामा हुने उच्च रक्तचापको समस्या ५–१५ प्रतिशत महिलामा हुने गर्छ ।
पाठेघरको साल टाँसिने प्रक्रियामा खराबी आएमा उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । तर, उच्च रक्तचाप यसरी नै हुन्छ भन्ने सर्वमान्य तथ्य भने पाइएको छैन । गर्भवती अवस्थामा उच्च रक्तचाप भएका कतिपय महिलालाई बच्चा जन्मेपश्चात् समस्या स्वतः हराएर जाने गर्छ । गर्भावस्थामा रक्तचाप बढेमा चिकित्सकको सल्लाहमा उच्च रक्तचापको औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधि नखाएमा वा बेवास्ता गरेमा त्यसले आमा र बच्चा दुवैमा दीर्घकालीन रूपमै असर गर्छ । सामान्यतया त्यस्ता महिलामा डेलिभरीपश्चात् उच्च रक्तचापको समस्या हराएर जाने भए पनि भविष्यमा उनीहरूमा उच्च रक्तचापको समस्या आउने सम्भावना बढी हुने गर्छ ।
अहिलेको पुस्तामा बढी तनावपूर्ण जीवनशैलीका कारण महिलामा यस्तो समस्या बढी मात्रामा पाइएको छ । मानिसमा स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएसँगै यो समस्या बढेको पाइएको छ । जीवनशैलीका कारण पनि यो समस्या वर्तमान समयमा बढेको देखिन्छ । गर्भावस्थामा उच्च रक्तचाप भएका महिलाले शारीरिक अभ्यास र खानपिनमा समेत ध्यान दिनुपर्ने हुन्छ ।

पेटभित्रै बच्चाका लागि उपयुक्त वातावरण निर्माण हुन नसकेपश्चात् समयभन्दा अगावै बच्चा निकाल्नुपर्ने अवस्थासमेत आउन सक्छ । उचित समयमा बच्चा निकाल्न सकेमा बच्चाको विकास राम्रोसँग हुन सक्छ भने आमामा रहेको उच्च रक्तचापको समस्या पनि सन्तुलनमा आउन सक्छ । एकदमै सानो अवस्थामा निकाल्नुपर्ने भएमा बच्चा सामान्य नहुन पनि सक्छ ।

गर्भावस्थामा हुने उच्च रक्तचापको असर आमा तथा बच्चा दुवैमा पर्ने गर्छ । यस अवस्थामा हुने उच्च रक्तचापको समस्याका कारण बच्चाले राम्रोसँग सर्कुलेसन पाउन सक्दैन । यसले प्रत्यक्ष रूपमा रक्तनलीमा असर गर्ने भएकाले बच्चाले आमाको पेटभित्र आवश्यक मात्रामा पोषकतत्वहरू पाउन सक्दैन । रक्तचापको मात्रा अति नै उच्च भएको अवस्थामा बच्चा खेर जानसमेत सक्छ । साथै, बच्चाको वृद्धि तथा विकास आवश्यक मात्रामा हुन सक्दैन ।
पेटभित्रै बच्चाका लागि उपयुक्त वातावरण निर्माण हुन नसकेपश्चात् समयभन्दा अगावै बच्चा निकाल्नुपर्ने अवस्थासमेत आउन सक्छ । उचित समयमा बच्चा निकाल्न सकेमा बच्चाको विकास राम्रोसँग हुन सक्छ भने आमामा रहेको उच्च रक्तचापको समस्या पनि सन्तुलनमा आउन सक्छ । एकदमै सानो अवस्थामा निकाल्नुपर्ने भएमा बच्चा सामान्य नहुन पनि सक्छ ।
कतिपय महिलामा गर्भावस्थामा भएको उच्च रक्तचापको समस्याका कारण गर्भवती अवस्थामा अस्पताल नै भर्ना भएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ भने कतिपयमा अन्य विभिन्न कारणले गर्भावस्थामा अस्पताल भर्ना भएर बस्नुपर्ने हुन्छ । तर, अस्पतालमा जबर्जस्ती भर्ना गराएर राख्ने भने गरिएको छैन ।
चिकित्सकको सल्लाहअनुसार केयर गर्न सकेमा भने अस्पतालमै बस्नुपर्ने हुँदैन । कतिपय केसमा भने अस्पताल केयरकै आवश्यकता पर्न सक्छ । मुटु, कलेजो तथा अन्य विभिन्न महत्वपूर्ण अंगमा त्यसका कारण असर पर्न जाने अवस्था भएमा भने अस्पताल केयरको आवश्यकता पर्छ ।

(डा. गुरुङ त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी स्त्रीरोग विशेषज्ञ हुन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै