सधैँ तम्तयार रहनुपर्ने स्वास्थ्यकर्मीलाई चाडपर्व मनाउनु चुनौतीपूर्ण छ

डाक्टरलाई के दसैँ, के अन्य चार्डपर्व ! सधैँ तम्तयार रहुनुपर्ने हुन्छ । दसैँ भन्नेबित्तिकै मिठो–मसिनो खाने, इष्टमित्र भेटघाट गर्ने, ठूला व्यक्तिबाट टीका लगाएर आर्शीवाद लिने नै मुख्य हुन्छ ।

जब–जब दसैँ आउँछ, मलाई सानोवेलामा गाउँमा हुँदाको याद आइरहन्छ । त्यतिवेला दसैँ आउनु एक महिनाअघिदेखि नै उत्साह हुने गर्थ्यो । मिठा परिकार खाने, नयाँ लुगा लगाउने कुरा नै प्रधान चासोका विषय बन्थे । छरछिमेकमा साथीहरूले नयाँ लुगा किनेर ल्याएको देखेर आफूलाई अभिभावकले कहिले लुगा किनिदिने हो जस्तो लाग्थ्यो । तर, उमेर बढ्दै जाँदा क्रमशः यी सबै कुरामा परिवर्तन हुँदै जाँदो रहेछ । अहिले पनि चाडपर्व नमाउने त होइन, तर निकै संयमित भएर सीमितताका बीच मनाउनुपर्ने अवस्था छ । जिम्मेवारीले बढ्दै गएर पनि होला, आफूभन्दा आजभोलि आफ्ना सन्तानको खुसी हेरिन्छ ।

मेरो व्यक्तिगत भोगाइमा हालसम्म दसैँको क्षण सुखद नै बितेको छ । यद्यपि, आमा–बुबा बित्दाका वर्षहरूमा दसैँ मानिएन । उहाँहरू बितेपछिका केही चाडपर्व स्वाभाविक रूपमै निकै खल्लो रहे । उहाँहरूको उपस्थितिविनाका चाडबाडमा पक्कै पनि पुरानो रौनक थिएनन् ।

मिलेसम्म मूलघर सप्तरी पुग्ने योजना छ
आफ्नो पेसा काठमाडौंमै भएका कारण बसोवास पनि यतै छ । यो दसैँमा आफ्नो मूलघर (सप्तरी) मा गएर ठूला मानिसको हातबाट टीकासँगै आशीर्वाद ग्रहण गर्ने मन छ । तर, डाक्टरी पेसामा हरदम तयार रहनुपर्ने हुँदा धेरै टाढा जान सक्ने अवस्था रहँदैन । त्यसमाथि पनि यसपटत त अस्पतालको जिम्मेवारीले पनि छोडेर जाने अवस्था छैन । धेरै वर्षदेखि जान नपाएका कारण मिलेसम्म यसपालि पुगेर आउने योजनामा छु ।

फूलपाती, अष्टमी, नवमीका दिनहरूमा मन्दिर जाने, घरमा बसेर पूजापाठ गर्ने, गाडीहरू पूजा गर्ने आदिमै दिन बित्ने गर्छन् । हाम्रो परिवारमा घरमै बलि दिने चलन छैन । बजारमा सजिलैसँग उपलब्ध हुने भएकाले त्यहीँबाट ल्याएर मासुका परिकार बनाएर खाने गर्छौं ।

विगतका वर्षहरूमा दसैँका वेला इष्टमित्रलाई बोलाएर सानो पार्टी प्यालेसमा ग्यादरिङ गर्ने, नाचगान गर्दै मिठो–मसिनो खाने गर्दै आएका छौँ । तर, यसपालि के गर्ने भन्ने अहिलेसम्म निश्चित भएको छैन ।

काठमाडौंकै बसाइ भएमा राष्ट्रपति र प्रधानमन्त्रीबाट टीका लगाउने सोच
टीकाको सवालमा आमाबुबाको सान्निध्य छुटे पनि सासू–ससुरा हुनुहुन्छ, उहाँहरूको हातबाट टीका लगाइन्छ । हालसम्म राष्ट्रपति, प्रधानमन्त्रीको हातबाट टीका लगाएको छैन । काठमाडौंको बसाइ भएको खण्डमा उहाँहरूको हातबाट टीका लगाउने योजनामा छु ।

फूलपाती, अष्टमी, नवमीका दिनहरूमा मन्दिर जाने, घरमा बसेर पूजापाठ गर्ने, गाडीहरू पूजा गर्ने आदिमै दिन बित्ने गर्छन् । हाम्रो परिवारमा घरमै बलि दिने चलन छैन । बजारमा सजिलैसँग उपलब्ध हुने भएकाले त्यहीँबाट ल्याएर मासुका अनेकथरी परिकार बनाएर खाने गर्छौं । परिकार बनाउनमा रुचि बढी भएका कारण आफैँ अघि सर्ने गरेको छु ।

मासुका परिकार बनाउनमा आफैँ अघि सर्छु
नेपाली महान् चाड दसैँ खानपिनसँग पनि उत्तिकै सम्बन्धित छ । दसैँमा मिठो खाने, राम्रो लुगा लगाउने, खासगरी माछा–मासु खाने गरिन्छ, जुन अन्यवेलाको भन्दा केही विशिष्ट नै हुने गर्छ । विशेषतः मासुलाई धेरै प्रकारले बनाउने गरेका छौँ, यस्ता परिकार बनाउने कुरामा म अलि अगाडि सर्ने गर्छु ।

वर्षमा एकपटक आउने ठूलो चाड दसैँमा पारिवार, इष्टमित्र, साथीभाइसित भेटघाटको अवसर जुट्ने गर्छ । त्यसैगरी, विगतमा केही त्रुटि भएका छन् भने त्यसलाई बिर्सिएर सम्बन्ध प्रगाढ बनाउने मौका पनि मिल्छ, जसले परिवारमा उत्साह छाउँछ ।

दसैँलाई शिष्ट, संयमित र स्वस्थ बनाउनु जरुरी
दसैँलाई शिष्ट, संयमित र स्वस्थ रूपमा मनाउँदै लैजाने परिपाटी बसाल्नु आवश्यक छ । पर्व मनाउने शैलीमा देखिएका कमी–कमजोरीलाई हटाउँदै लैजानुपर्छ । जस्तो कि, दसैँमा रमाइलो गर्ने बहानामा मदिरा सेवन गरेर भाँडभैलो गरेको पनि पाइन्छ, जुन नयाँ पुस्तामा बढी देखिँदै आएको छ ।

खानपानमा विशेष संयमितता अपनाऔँ
चिकित्सकको नाताले भन्नुपर्दा खानपिनमा विशेष संयमितता अपनाउनुपर्ने हुन्छ । दीर्घरोगीले माछा–मासु तथा चिल्लोयुक्त खानेकुराको सेवनअघि विशेष ध्यान दिनु जरुरी छ । दसैँमा एकैपटक धेरै मासु ल्याएर राख्ने चलन छ, जुन गलत हो । कतिपयमा त धेरै भएको मासु सुकाएर राख्ने चलन पनि छ । धेरै दिनसम्म राखेको मासुले मानिसको स्वास्थ्यमा असर पुर्याउँछ ।

यसरी मिलाएको छु स्वास्थ्यकर्मीको बिदा र अस्पतालको सेवाको सन्तुलन
स्वास्थ्यकर्मीलाई चाडपर्व वास्तवमै चुनौतीपूर्ण छ । घरपरिवार बसेर चाड मनाउने सबैको चाहना हुन्छ । दसैँजस्तो पर्वमा सबैजना बिदामा बस्न चाहन्छन्, तर त्यो सम्भव हुँदैन । हामी स्वास्थ्यकर्मीले प्रतिबद्धता नै गरेका हुन्छौँ, जुनसुकै समयमा पनि बिरामीको सेवामा रहनेछौँ । यही कुरालाई आत्मसात् गरेर स्वास्थ्यकर्मीले समय मिलाएर, आलोपालो गरेर घर जाने व्यवस्था मिलाएका छौँ । विशेषगरी, जो दसैँ मनाउन घर जानुहुन्छ, उहाँहरूले तिहारमा अस्पतालमा बस्नुपर्ने हुन्छ । दसैँमा घर जान नपाउनेका लागि तिहारमा बिदा दिने व्यवस्था मिलाएका छौँ ।

अस्पतालमा आकस्मिक सेवामा कुनै प्रभाव नपर्ने हिसाबले बिदा मिलाएका छौँ । हामीकहाँ (वीर अस्पतालमा) फूलपातीदेखि टीकाको दिनसम्म ओपिडीसेवा बन्द रहन्छ । तर, बिरामी आएको खण्डमा सेवा नदिई फर्काउने अवस्था आउँदैन । उहाँहरूलाई आकस्मिक कक्षबाटै सेवा दिने व्यवस्था मिलाएका छौँ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जाइकाले ८० करोडमा बनाइदिएको वीरको भवन सञ्चालनमा मन्त्रालयको चरम बेवास्ता, पहल गर्न पदाधिकारी असफल

वीर अस्पतालको मुख्य भवनको पछाडि तीनतले अत्याधुनिक सेतो भवन देख्न सकिन्छ । भवनको ढोकाबाट भित्र पस्नासाथ एक किसिमको शीतलता अनुभूत गर्न सकिन्छ । बिरामी कुरुवाका लागि बस्ने फराकिलो ठाउँ, अपांगमैत्री शौचालय, बिजुली ब्याकअप जेनेरेटर, सेन्सरयुक्त धारा, डाक्टर तथा नर्स बस्ने व्यवस्थित कक्ष, सेमिनारका लागि व्यवस्थित हल, वीरको नवनिर्मित भवन कुनै विकसित मुलुकको अस्पतालभन्दा कम देखिँदैन ।

जापान सरकार सहयोग नियोग (जाइका) ले ८० करोडको लागतमा निर्माण गरिदिएर २ महिनाअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरे पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । जनशक्ति र नेपाल सरकारको भगमा परेको उपकरण अभावमा नयाँ भवनमार्फत सेवा सञ्चालनमा ल्याउन नसकिएको वीरका निर्देशक डा. केदार सेन्चुरी बताउँछन् ।

तीनतले भवनमा मुटु, मिर्गौला र ग्यास्ट्रोका विभाग राखिएका छन् । उपकरण नहुँदा नयाँ भवनमा राखिएका दुई विभागका कोठाहरू खाली छन् । मिर्गौला विभागमा डायलाइसिस सेवा चलिरहेकै छ, तर जनशक्ति अभावमा वार्ड भने चल्न सकेको छैन । ०७२ को महाविनासकारी भूकम्पले अस्पतालका भवनहरू जीर्ण भएपछि जाइकाले अत्याधुनिक भवन निर्माण गरी हस्तान्तरण गरिसक्दा पनि नेपाल सरकारले उपकरण र जनशक्ति उपलब्ध नगराउँदा भवन सञ्चालनमा आउन सकेका छैनन् । वीरको नवनिर्मित भवनमा सरकारले आफ्नो भागमा परेका उपकरण तथा जनशक्ति उपलब्ध नगराउँदा भवनमा स्थानान्तरण गरिएका विभागका सेवाहरू बिरामीले पाउन सकेका छैनन् ।

अस्पतालले मुटु, मिर्गौला र ग्यास्ट्रो विभाग सञ्चालनका लागि मन्त्रालयसँग ५१ करोड माग गरेको थियो । तर, मन्त्रालयबाट १ करोड निकासा भयो, त्यो पनि समय घर्काएर । डा. सेन्चुरी भन्छन्, ‘१ करोड पनि आर्थिक वर्षको अन्तिममा आएका कारण हामीले उपकरण किन्न प्रयास गर्दा प्रक्रियागत ढिलाइ भएका कारण फ्रिज हुन पुग्यो ।’

देशकै ठूलो अस्पताल वीरले भूकम्पले भवनमा क्षति पुर्याएपछि पुरानो भवनमा खुम्चिएर सेवा दिनुपर्ने वातावरण बन्यो । भवन निर्माणपश्चात् खुम्चिएका सेवा विस्तार भई बिरामीले गुणस्तरीय सेवा पाउने सबैको आशा थियो । तर, भवन हस्तान्तरण भएको २ महिनासम्म न त सरकारले उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि केही पहल नै गरेको छ, न अस्पतालले नै उपलब्ध जनशक्ति तथा उपकरणको व्यवस्थापनबाट सञ्चालनमा ल्याउनमा चासो नै देखाएको छ ।

 

५१ करोड माग्दा मन्त्रालयले ढिलो गरी दियो १ करोड, त्यो पनि फ्रिज
भूकम्पपछिको पुनर्निर्माणका क्रममा जाइकासित भएको सम्झौतामा भवनको निर्माण र केही उपकरण जाइकाले व्यवस्था गर्ने र विभागका लागि आवश्यक उपकरण स्वास्थ्य मन्त्रालयले खरिद गर्ने उल्लेख थियो । ‘भवन निर्माण र केही उपकरण जाइकाले दिने र बाँकी विभागहरूका लागि आवश्यक पर्ने उपकरण स्वास्थ्य मन्त्रालयले व्यवस्था भन्ने सहमति भएको थियो,’ निर्देशक डा. सेन्चुरी भन्छन्, ‘हस्तान्तरण भएसँगै हामीले भवनको उद्घाटन पनि गर्यौँ, तर सञ्चालनमा ल्याउन सकेनौँ ।’ ९४ बेडको यो भवन सञ्चालनमा आउन सके बिरामीले उपचारका लागि भोगिरहेको सास्ती कम हुने डा. सेन्चुरी बताउँछन् ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पटक–पटक निजी अस्पतालको भन्दा वीरको सेवा गुणस्तरीय र भरपर्दो रहेको बताउँदै आएका छन् । तर, विदेशीले बनाइदिएको भवनमा आफूले कबोलेबमोजिमको उपकरण उपलब्ध नगराएर सेवा सञ्चालनमा ल्याउन नसक्नुले सरकारी अस्पतालको सेवाविस्तार र गुणस्तरअभिवृद्धिमा मन्त्रालयको चासो स्प्रष्ट हुन्छ ।

‘बजेट तथा जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेका छौँ, ‘कि त जनशक्ति पठाइदिनुपर्यो, कि नियुक्ति गर्ने अधिकार दिनुपर्यो,’ डा. सेन्चुरीले भने, ‘नयाँ भवनमा सबै सुविधा छन्, मात्र हामीलाई उपकरण र जनशक्ति अभाव छ ।’

अस्पतालले मुटु, मिर्गौला र ग्यास्ट्रो विभाग सञ्चालनका लागि मन्त्रालयसँग ५१ करोड माग गरेको थियो । तर, मन्त्रालयबाट १ करोड निकासा भयो, त्यो पनि समय घर्काएर । डा. सेन्चुरी भन्छन्, ‘१ करोड पनि आर्थिक वर्षको अन्तिममा आएका कारण हामीले उपकरण किन्न प्रयास गर्दा प्रक्रियागत ढिलाइ भएका कारण फ्रिज हुन पुग्यो ।’

‘मुटु विभागका लागि आवश्यक क्याथल्याब, मोनिटर, इसिजी मेसिन, सिसियू बेड, ओपिडी बेडलगायत उपकरण खरिद गर्न सकिएको छैन । त्यसैगरी, ग्यास्ट्रोका लागि इसबी, इन्डोस्कोपीलगायत मेसिनको अत्यन्तै आवश्यकता छ,’ डा. सेन्चुरी थप्छन्, ‘नर्सिङ स्टाफ र सरसफाइ कर्मचारीको त्यत्तिकै आवश्यकता छ ।’

न जनशक्ति, न नियुक्तिको अधिकार दिन्छ मन्त्रालय
नयाँ भवनमा १ सयको हाराहारीमा नर्सिङ स्टाफ आवश्यक रहेको डा. सेन्चुरी बताउँछन् । ‘बजेट तथा जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेका छौँ, ‘कि त जनशक्ति पठाइदिनुपर्यो, कि नियुक्ति गर्ने अधिकार दिनुपर्यो,’ डा. सेन्चुरीले भने, ‘नयाँ भवनमा सबै सुविधा छन्, मात्र हामीलाई उपकरण र जनशक्ति अभाव छ ।’

मन्त्रालयलाई यस विषयमा पटक–पटक ध्यानाकर्षण गराइरहेको र समस्या समाधानमा पहल भइरहेको डा. सेन्चुरीको भनाइ छ । मन्त्रालयको ढिलासुस्तीका कारण भवनमा रहेका विभागहरू पूर्ण रूपमा सञ्चालनमा आउन अझै महिनौँ कुर्नुपर्ने देखिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरमा बिरामीलाई खुवाउने खानामा समेत अनियमितता, अयोग्य फर्मलाई टेन्डर

अस्पतालमा विरामीलाई खुवाउने खानाको टेन्डरमा अयोग्य कम्पनीलाई परेपछि विवाद उत्पन्न भएको छ । वीर अस्पताल विपन्न जनताले निःशुल्क स्वास्थ्यसेवा पाउने मुलुकको सबैभन्दा ठूलो उपचार केन्द्र हो । वीरमा भर्ना भएका बिरामी र तिनका कुरुवालाई समेत अस्पतालले निःशुल्क भोजन उपलब्ध गराउँदै आएको छ । बिरामीको भोजनका लागि अस्पतालले वार्षिक रूपमा खाद्यान्नको टेन्डर आह्वान गर्छ ।

यहीक्रममा वीर अस्पतालको खरिद एकाइले एक वर्षका लागि बिरामीलाई खाना खुवाउन ८ माघ ०७५ मा रासन सामग्रीको टेन्टर आह्वान गरेको थियो । अस्पतालको आह्वानबमोजिम ९ फागुनसम्ममा तीन सप्लायर्स फर्मले टेन्डर दर्ता गराए, जसमा न्यु सुयोग इन्टरप्राइजेज, न्यु आरके टे«डर्स र महांकाल सप्लायर्स थिए ।

टेन्डर हालेका मध्ये अस्पतालले १ करोड १४ लाख ९३ हजार ५ सय रूपैयाँमा बोलकबोल गर्ने न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर १ वैशाख ०७६ मा स्वीकृत गर्यो, जुन ऐन–नियमअनुसार टेन्टरका लागि योग्यता नपुगेको फर्म भएको कर्मचारीहरु बताउँछन् ।

सबै किसिमका खरिदमा व्यापक घोटाला भएको भन्दै कर्मचारीले अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म दोस्रोपटक उजुरी दिएका छन् ।   अस्पतालका खदिर एकाइका केही कर्मचारीकै मिलेमतोमा बारम्बार खरिद कारोबारमा अनियमितता भएको वीरका कर्मचारीहरूको आरोप छ ।

फर्म अयोग्य भए पनि सस्तोका कारण टेन्डर दिएका हौँ : निर्देशक
अस्पतालले टेन्डर आह्वान गर्दा ‘फर्मको उद्देश्य खाद्यान्न सप्लाई गर्नुपर्ने र कम्तीमा ३ वर्ष कारोबार गरेको हुनुपर्ने’ भनी सर्त राखेको थियो । सार्वजनिक खदिर ऐनअनुसार सबैभन्दा सस्तो मूल्यमा सामान दिन कबोल गर्ने रीतपूर्वक दर्ता भएको योग्य सप्लायरको टेन्डर स्वीकृत गर्नुपर्छ । टेन्डर हालेका फर्ममध्ये न्यु सुयोग इन्टरप्राइजेजको दररेट सस्तो भए पनि टेन्डरका लागि फर्म योग्य नदेखिएपछि उक्त फर्मको बोलपत्र दर्ता नै नहुनुपर्ने वा रद्द हुनुपर्नेमा उल्टै त्यही फर्मको टेन्टर स्वीकृत गरिएको भनाई कर्मचारीहरुको छ ।
अस्पतालका खदिर एकाइका केही कर्मचारीकै मिलेमतोमा बारम्बार खरिद कारोबारमा अनियमितता भएको वीरका कर्मचारीहरूको आरोप छ । खरिदमा अनियमितता भएको भन्दै अस्पतालका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अख्तियारमा समेत उजुरी दर्ता गरेका छन् । कर्मचारीले पहिलोपटक ४ चैतमा उजुरी दर्ता गराएपछि प्रधानमन्त्री कार्यालयले १९ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ताकेता गरेको थियो । सोपश्चात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई खरिद प्रकरणबारे सत्य–तथ्य विवरण पेस गर्न पत्र काटेको थियो ।

वीरको कर्मचारी युनियन परिवारले दुई दिनअघि खरिद अनियमिततामा संलग्नहरुलाई कारबाहीको माग गर्दै पुनः अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म पनि उजुरी दिएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भने फर्मको योग्यता नपुगे पनि सस्तो मूल्यमा टेन्डर हालेका कारण उक्त फर्म स्वीकृत गरेको बताउँछन् । ‘अन्य फर्मको भन्दा धेरै सस्तोमा न्यु सुयोग इन्टरप्राजेजले टेन्डर हालेको थियो,’ निर्देशक सेन्चुरीले हेल्थपोस्टसँग भने, ‘खाद्यान्नको गुणस्तरमा प्रतिबद्धता जाहेर गरेपछि हामीले टेन्डर स्वीकृत गरेका हौँ ।’ गुणस्तरमा केही त्रुटि पाइएको खण्डमा भोलिका दिनमा उक्त फर्मलाई हटाई, अर्को विज्ञापन आह्वान गर्ने उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै