डा. कपिलदेव उपाध्याय

बिहान उठेदेखि राति ननिदाउँदासम्म हामीले जुन–जुन काम गर्छौं, क्रियाहरू गर्छौं, ती सबै स्मृतिपूर्वक गर्नुपर्छ । कुनै पनि काम वा क्रिया स्मृतिपूर्वक गर्दा धेरै राम्रो हुन्छ । उदाहरणका लागि हामी बिहान उठेर दाँत माँझ्छौँ, बस्छौँ, उठ्छौँ, उभिन्छौँ, हिँड्छौँ, खानेकुरा बनाउँछौँ, खान्छौँ, कुराकानी गर्छौं र वेला–वेलामा आँखा खोल्ने, चिम्लने गर्छौं, आदि–आदि...