बिहीबार वर्षकै चिसो दिन, अस्पतालमा ६०% पुगे चिसोका बिरामी, काठमाडौंको तापक्रम ‘माइनस’मा झर्ने

काठमाडौं उपत्यकासहित देशभर बिहीबारदेखि चिसो अत्यधिक बढेको छ । लगातार चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको छ । काठमाडौं उपत्यकामा यस वर्षको सबैभन्दा कम तापक्रम ०.९ डिग्री सेन्टिग्रेट मापन गरिएको छ, जुन बिहीबार विहान ८ बजेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरिसकेको छ । महाशाखाले काठमाडौंको तापक्रम केही दिनभित्रै माइनसमा झर्ने बताएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ६० प्रतिशत बिरामी  चिसोका
जाडो बढेसँगै राजधानीका प्रमुख अस्पतालमा रुघाखोकी, दम तथा निमोनियाका बिरामीको संख्या ह्वातै बढेको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिसोका बिरामी दिनप्रतिदिन बढ्दै गएको छातीरोग विशेषज्ञ डा. नीरज बम बताउँछन् । अस्पतालमा दैनिक ओपिडीमा ज्वरो, रुघाखोकीलगायतका करिब २ सय बिरामी आउने गरेकोमा ६० प्रतिशतभन्दा बढीमा चिसोको संक्रमण पाइएको उनले जानकारी दिए ।

चिसोको संक्रमणका कारण मुख्यतया रुवाखोकी, ज्वरो, निमोनिया, छातीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेकोे डा. बमले बताए । ‘चिसोका कारण केही बिरामीलाई निमोनिया भई आइसियूमा भर्ना गरेर राख्नुपरेको अवस्था छ,’ डा. बम भन्छन्, ‘चिसो बढेसँगै अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएको छ ।’

के छ कान्तिको अवस्था ?
जाडो महिनामा सामान्यतः सबै अस्पतालमा बिरामीको चाप कम हुने हुन्छ । कान्ति बाल अस्पतालमा आजभोलि ३ सय ५० को हाराहारीमा ओपिडी टिकट बिक्री हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा चिसोका कारण बालबालिकामा रोटा भाइरसकाले हुने झाडापखाला तथा आरएसभी भाइरसका कारण हुने ब्युंकोलाइटिस (निमोनिया) जस्ता संक्रमणको दर बढेको अस्पतालका निर्देशक डा. आरपी बिच्छा बताउँछन् ।

‘चिसो मौसममा हुने झाडापखाला सामान्यता ५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखापर्छ । तर, १ वर्षमुनिका बालबालिकामा संक्रमण र मृत्युको जोखिम बढी हुने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘बालबालिकामा सुरुवातमा बान्ता भएको २–३ पटकपश्चात् पानीपखला चल्ने हुन्छ । बालबालिकालाई पानीको कमी भएको खण्डमा अन्य संक्रमण बढ्दै जान्छ ।’ हाल अस्पतालमा आउने ओपिडीका बिरामीमध्ये करिब १० प्रतिशत चिसो मौसममा हुने झाडापखालाले पीडित भएको उनले बताए । यसमध्ये दैनिक ४–५ जनालाई भर्ना गरेर राख्नुपरेको डा. बिच्छाले जानकारी दिए ।

त्यसैगरी, चिसो मौसममा आरएसभी भाइरसका कारण ब्युुंकोलाइटिस (निमोनिया) जस्ता संक्रमण हुने गर्छ । यसको असर १ वर्षभन्दा कम उमेरका बालबालिकामा बढी हुने गरेको डा. बिच्छा बताउँछन् । ब्युंकोलाइटिस भाइरसका कारण श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, खोकी लाग्ने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘३–४ दिनमा निको नभएको खण्डमा सेकेन्डरी इन्फेक्सन भएका कारण निमोनियाको रूप लिने गर्छ ।’

डा. बिच्छाका अनुसार चिसोबाट बालबालिकालाई जोगाउन खुट्टा तथा टाउकोमा न्यानो कपडा लगाइदिने, बिहान–बेलुका घरबाहिर ननिकाल्ने, झोल पदार्थ प्रशस्त खुवाउने, बालबालिकाको सरसफाइमा ध्यान दिने गर्नुपर्छ । चिसोका कारण रुघाखोकी, दम, घाँटी खस–खस गर्ने, भाइरल इन्सेफलाइटिस (मस्तिष्कज्वर), निमोनिया, रोटाभाइरल झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका बिरामी बढेका छन् । चिसोबाट बढी प्रभावित हुनेमा वृद्धवृद्धा, दमका बिरामी, बिहानै काममा जाने समूह रहेको चिकित्सक बताउँछन् ।

प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्ने गरेको चिकित्सकको भनाइ छ । रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल प्रकारका रोगले संक्रमण गर्ने गरेको डा. बम बताउँछन् । रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिई वेलैमा उपचारमा ध्यान दिन नसकिएको अवस्थामा यसका कारण जटिल परिस्थितिको पनि सिर्जना हुन सक्छ । ‘रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिएर अधिकांशले नजिकैको औषधि पसलमा गएर अनुमानका भरमा आफूखुसी औषधि किनेर खाने गरेको पाइन्छ,’ डा. बिच्छा भन्छन्, ‘यसरी विनास्वास्थ्यपरीक्षण तथा चिकित्सकको सल्लाहविना औषधि खानु राम्रो होइन । यसले भविष्यमा विभिन्नखाले जटिल स्वास्थ्य समस्यासमेत देखापर्न सक्छन् ।’

बालबालिकालाई बान्ता हुने, लगातार रूपमा झाडापखला लागेमा तुरुन्तै नजिकको स्वास्थ्यसंस्थामा देखाउन डा. बिच्छाको सुझाव छ ।

चिसोबाट बच्न डा. बमको सुझाब
१. बिहान–बेलुका चिसोमा सकेसम्म बाहिर हिँडडुल नगर्दा नै फाइदा हुन्छ । हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कनुपर्छ ।
२. सकेसम्म तातोपानी प्रशस्त पिउनुपर्छ ।
३. प्रशस्त मात्रामा झोलियो खानेकुरा खानुपर्छ ।

४. मौसमी फलफूल विशेष गरेर भिटामिन सीयुक्त फलफूल खानुपर्छ । चिसो खानेकुरा खानुहुँदैन ।
५. भाइरल फ्लु लागेका मानिससित दूरी कायम गर्नुपर्छ ।
६. चिसो मौसममा तुँवालो लागेका वेला माक्सको प्रयोग गर्नुपर्छ, जसबाट श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन मद्दत पुग्छ ।
७. राति कोठाको वातावरण न्यायो राख्नुपर्छ ।
८. हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अब कुनै पनि बच्चाले कान्तिमा पैसा र बेड अभावमा मर्नुपर्दैन

कान्ति सरकारद्वारा सञ्चालित मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल हो । यहाँ देशका कुना–कुनाबाट उपचारका लागि बिरामीको घुइँचो लाग्ने गर्छ । केही समयअघि स्वास्थ्यकर्मी र बजेट अभावले अस्पतालमा सेवा–सुविधा न्यून हुँदा अस्पताल बन्द हुने अवस्थामा पुगेको हल्लासमेत फैलिएको थियो । बेड अभावमा दैनिक ८–१० जना बिरामीलाई रेफर गर्नुपर्ने अवस्था थियो ।

करिब ४ महिनाअघि वरिष्ठ बाल रोग विशेषज्ञ डा. आरपी बिच्छाको हातमा अस्पतालको नेतृत्व आएपछि अस्पतालको सेवा–सुविधामा केही परिर्वतन आएको अनभूति सेवाग्राहीले गर्न थालेका छन् । डा. बिच्छाले नेतृत्व लिएपछि अस्पतालमा केकति परिवर्तन भए ? सेवा–सुविधा थप ताथा विस्तारमा के–कस्तो प्रगति भयो ? अबका योजना के छन् ? यिनै विषयको सेरोफेरोमा रहेर निर्देशक डा. बिच्छासित हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

कान्तिको नेतृत्व सम्हाल्नुभएको ४ महिना बित्तिसकेको छ, यसबीचमा के सुधार गर्नुभयो ?
म निर्देशक भएर आउँदा अस्पतालसामु प्रमुख रूपमा २ समस्या वा चुनौती थिए, जसलाई मैले अवसरका रूपमा पनि लिएँ । हामीकहाँ देशभरका सिरियस बच्चा उपचारका लागि आउने गर्छन् । त्यसमा दैनिक ६ देखि ८ बच्चा बेड नपाएर बाहिर पठाउनुपर्ने अवस्था थियो । यहाँ बेड नपाउँदा आफ्नो घर–घडेरी, गहना सबै बेच्नुपर्ने अवस्था थियो । मेरो बच्चा कान्तिमा लैजाँदै छु, पक्कै पनि बाँच्छ भन्ने आशाले दुःखजिलो गरेर अस्पताल आइपुग्दा बेड नपाउँदाको क्षण अभिभावकलाई कस्तो अनुभूति होला, जो–कोहीले कल्पना गर्न सक्छौँ ।

कान्तिमा बेड नपाउँदा अन्य निजी अस्पतालको कमाइखाने बाटो बनेको छ । यहाँ बेड नपाएका बच्चालाई आसपासका नर्सिङहोमहरूमा दैनिक २५ देखि ३५ हजारसम्म चार्ज तिरेर राख्ने र दुई–चार दिनमा पैसा सकिएपछि फेरि उठाएर कान्ति आउँदा फेरि पनि बेड खाली नभएका कारण कम्पाउन्डमै बच्चाको मृत्यु हुनेजस्ता दुःखद घटना देखिँदै आएका थिए । यो अवस्था बच्चाको डाक्टरका लागि असह्य पनि थियो ।

यो सेवा सुरु हुनुअघिको अन्तिम महिनामा हेर्दा ८४ बच्चालाई रेफर गरिएको थियो, तर हालको तथ्यांकलाई हेर्दा १६ बिरामीलाई मात्र रेफर गरिएको छ । यसको मतलब ७० प्रतिशतभन्दा बढीले रेफरमा कमी आएको छ, जसका कारण जनताले ठूलो राहत पाएका छन् । जहाँसम्म बाँकी ३० प्रतिशतको कुरा छ, त्यसका लागि पनि हामीले एक मास्टर प्लान बनाएका छौँ । हामीसँग जुन संरचना छ, त्यसमा कम्तीमा १० बेडको भेन्टिलेटर थप गर्ने र १ महिनाभन्दा कमको (न्यु वन) इन्टरमेडिएट बेड हाल १५ रहेकोमा २० बनाउने योजनाअनुसार हामी लागिपरेका छौँ । यसले रेफरको समस्यामा २० प्रतिशतले कमी ल्याउँछ ।

म प्रवेश गरेको दोस्रो दिन नै यस विषयमा के गर्न सकिन्छ भनेर पूरै कन्सल्टेन्टलाई बोलाएर छलफल गरेँ । छलफलपछि विशेषज्ञको टोली बनाएर यो समस्या समाधान गर्न ७ दिनभित्रमा केही उपाय दिनुहोस् भनेँ । ७ दिनमा प्रतिवेदन आयो । प्रतिवेदनमा पहिलो स्टेपका रूपमा १० बेडको पेडियाट्रिक इन्टरमेडिएट केयर बेड राख्ने भन्ने सुझाब आयो । आइसियू किन भरिभराउ हुन्छ भने कुनै बच्चालाई भेन्टिलेटरविना पनि आसियू चाहिन्छ, जसलाई हामी इन्टरमेडिएट केयर भन्छौँ । अहिले हामी यो बेडको स्थापनासँगै अक्सिजन र अन्य औषधि दिएर ठिक पारेर पठाउँछौँ । पहिले सिरियस अवस्थामा आएको बच्चालाई आसियू बेड खाली छैन भनेर फर्काउनुपर्ने अवस्था थियो । धेरैजसो बच्चालाई इन्टरमेडिएट केयरमा ३ दिन राख्यौँ भने ठिक भएर वार्डमा पठाउन सकिन्छ । यो अवधारणमा १० बेडको पेडियाट्रिक इन्टरमेडिएट केयर आसियू सुरु गर्यौँ भने मोटामोटी रूपमा ६० देखि ७० प्रतिशत रेफर कम हुन्छ भन्ने प्रतिवेदन आएपछि सबै विभागबाट जनशक्ति तानतुन गरेर १० बेडको पेडियाट्रिक इन्टरमेडिएट केयर आसियू सुरु गर्यौँ ।

यो सेवा सुरु हुनुअघिको अन्तिम महिनामा हेर्दा ८४ बच्चालाई रेफर गरिएको थियो, तर हालको तथ्यांकलाई हेर्दा १६ बिरामीलाई मात्र रेफर गरिएको छ । यसको मतलब ७० प्रतिशतभन्दा बढीले रेफरमा कमी आएको छ, जसका कारण जनताले ठूलो राहत पाएका छन् । जहाँसम्म बाँकी ३० प्रतिशतको कुरा छ, त्यसका लागि पनि हामीले एक मास्टर प्लान बनाएका छौँ । हामीसँग जुन संरचना छ, त्यसमा कम्तीमा १० बेडको भेन्टिलेटर थप गर्ने र १ महिनाभन्दा कमको (न्यु वन) इन्टरमेडिएट बेड हाल १५ रहेकोमा २० बनाउने योजनाअनुसार हामी लागिपरेका छौँ । यसले रेफरको समस्यामा २० प्रतिशतले कमी ल्याउँछ ।

अर्को भनेको अस्पतालमा ब्लड बैंकको समस्या थियो । राती १२ बजे धेरै ठाउँमा डुलेर रगत ल्याउँदा सेवाग्राहीले धेरै नै सास्ती खेप्नुपरेको थियो । हाल हामीले यसको समाधानका लागि तयारी पूरा गरेका छौँ । रेडक्रसको सहयोगमा ५ जनालाई तालिम दिएका छौँ ।  अस्पतालमै ब्लड बैंक सुरु गरेका छौँ । हाम्रो गुरुयोजना बनेको छ कि– २–३ महिनामा ब्लडका ६ वटा कम्पोनेन्ट छुट्टाछुट्टै छुट्याउँछौँ र जसलाई जे आवश्यक पर्छ त्यो किसिमको अत्याधुनिक सेवा सुरु गर्छौं । काठमाडौं महानगरपालिकाको सहयोगमा अक्सिजन प्लान्ट सुरु गर्न लागेका छाैँ ।

पहिला अल्ट्रासाउन्ड गर्न १ बजेपछि आउने बिरामीले सेवा पाउँदैनथे, हाल २ देखि ६ बजेसम्म अर्को सिफ्ट गरेर सेवा सुचारु गरेका छौँ । त्यसैले यी सेवाहरू सुचारु गर्दा र थप व्यवस्थित हुँदै जाँदा पक्कै पनि सेवाग्राहीले सहज महसुस गरेको हुनुपर्छ । मैले एउटा लक्ष्य र समयसीमा निर्धारण गरेको थिएँ, अहिले आफू स्वयम्ले मूल्यांकन गर्दा पनि जे गर्नुपर्ने थियो त्यसैअनुरूप काम भएजस्तो मलाई लाग्छ ।

समस्त देशवासीलाई भन्न चाहन्छु कि, कान्ति बाल अस्पताल सरकारी अस्पताल हो, जहाँ हामीले अन्तर्राष्ट्रियस्तरका सेवा–सुविधा दिइरहेका छौँ । त्यसैले निजी अस्पतालमा राम्रो सेवा पाइन्छ भन्ने मानसिकता अहिलेबाटै त्यागिदिनुहोस् । म गौरवका साथ भन्छु, बच्चामा क्यान्सरको उपचारमा हामीले अन्तर्राष्ट्रियस्तरको सेवा दिइरहेका छौँ । त्यसैगरी, बोन केयर आइसियू सेवामा कान्ति एसियाकै टप सेन्टरका रूपमा रहेको छ । विश्वास गरेर हाम्रो अस्पतालमा आउनुहोस्, तपाईंले उत्कृष्ट सेवा पाउनुहुनेछ ।

अस्पताललाई अब कुन–कुन सेवा थप चाहिएको छ ? कुन–कुन सेवा सुरु गर्ने योजनामा हुनुहुन्छ ?
बच्चाको उपचारमा आँखा र हड्डीको सबस्पेसलिस्ट जरुरी छ । मैले मन्त्रालयसँग यस विषयमा पहल गर्दै आएको छु । दुर्भाग्य के छ भने हामीकहाँ त्यसको दरबन्दी छैन । पहिले दरबन्दी बनाउँदा यो सोच आएन । मन्त्रालयले अहिले ओएनम गरिरहेको छ, त्यसमा समावेश गरेर पठाएका छौँ । मन्त्रालयका अनुसार अर्को महिनासम्म ओएनम पूरा भएपछि नयाँ दरबन्दीमार्फत नयाँ सेवा सुचारु गर्छौं ।

कान्तिमा अघिल्ला वर्षहरूमा बजेट अभावका कारण सेवा बाधित भएका गुनासा निकै सुनिन्थे । यसमा तपाईंको अनुभव के छ र यसको हल कसरी निकाल्नुहुन्छ ?

केन्द्रीय अस्पतालको निर्देशकको हैसियतले भन्नुपर्दा अस्पतालले प्रवाह गरेको सेवाको हिसाबले बजेट पाउनुपर्ने हो, तर प्राविधिक कारणले त्यसो हुन सकेको छैन । यसका निम्ति मन्त्रालयलाई दोष दिनेभन्दा पनि हाम्रो सिस्टमकै कमी–कजोरीका कारण यस्तो भएको हो । मन्त्रालयले पूरै देशका अस्पतालका लागि सिलिङ तोक्छ, त्यो सिलिङभित्र रहेर हामीले आफ्नो बजेट बनाएर पठाउनुपर्छ । यो सिलिङ तोक्ने तरिकामै गडबडी छ । उदाहरणका लागि एउटा अस्पतालले ०७४÷७५ मा कति सेवा दियो र त्यसबापत कति खर्च भयो, आउने वर्षमा उसको सेवा र खर्चमा कति वृद्धि हुन सक्छ भन्ने वैज्ञानिक अनुमान गरेर मात्र सिलिङ तोक्नुपर्छ । तर, सिलिङ तोक्ने प्रचलित अभ्यास त्यस्तो छैन, जुन त्रुटिपूर्ण छ । यसका कारण कुनै ठाउँमा बजेट फ्रिज भइरहेको छ भने कतै अपुगको अवस्था छ ।

कान्तिमा केमिकलमा गत वर्ष साढे ४ करोड खर्च भएको थियो । यस वर्ष खर्च अझै बढ्ने निश्चितप्रायः छ । तर, चालू आर्थिक वर्षमा त्यो शीर्षकको बजेट सिलिङ भने मात्र ३ करोडको छ । बढी खर्च हुने अनुमान हुँदाहुँदै उल्टै एकचौथाइ घटाएर बजेट विनियोजन गरिँदा हामीलाई अन्तिम चौमासिकमा अप्ठ्यारो पर्ने निश्चित छ । त्यतिवेला कहाँबाट कसरी रकम जुटाउने भन्ने दौडधुप सुरु हुन्छ । तर, अस्पतालहरूलाई एउटा सुविधा छ, विकास समितिको कमाइबाट तिर्न सक्छौँ ।

कान्तिले जनशक्तिको चरम अभाव झेलिरहेको छ भन्ने सुनिँदै आएको छ नि ?
कान्तिमा मात्र नभएर पूरै देशमा जनशक्तिको अभाव छ । विश्व स्वास्थ्य संगठनको मापदण्डमा सेवा दिने हो भने हामीसँग एकचौथाइ मात्र दरबन्दी छ । यसमा विशेषगरी डाक्टर र नर्सको अभाव छ । ०५२ मा जुन ओएनम सर्वे भएको थियो, त्यहीअनुसारको दरबन्दी हालसम्म कायम छ, जब कि जनसंख्या ३ गुणा बढिसकेको छ । त्यसकारण नेपालमा तत्कालै ओएनम जरुरी छ । कान्तिको ओएनम सर्वे पठाउँदा आउने २० वर्षसम्मका लागि पनि योजना पेस गरेको छु । १ वर्षको ओएनम बनाउँदा अर्को वर्षदेखि फेरि टाउकोदुखाइको विषय बन्न जान्छ ।

अब कान्ति भनेर आउने बिरामीले सेवा नपाएर फर्कनुपर्छ कि पर्दैन ?
नेपाल सरकारले धेरै राम्रो गरेको छ । जस्तो कि, सामाजिक सुरक्षा एकाइ छ, सरकारले केही अनुदान दिने गरेको छ । यसबाट अति गरिब, सहाराविहीनलाई निःशुल्क सेवा दिँदै आएका छौँ । उदाहरणका लागि गरिब परिवारको कुनै बच्चाले एक महिनासम्म अस्पतालमा उपचार गराउँदा ७५ हजार खर्च भयो भने त्यो सामाजिक सुरक्षा सेवा एकाइबाट उसले पाउँछ र एकाइलाई सरकारले दिन्छ । तर, यसमा नैतिकताको भने समस्या छ । त्यो सहुलियत वास्तविक गरिबले पाइरहेको छ कि छैन, त्यसको भने राम्ररी अनुसन्धान गर्नुपर्छ ।

निर्देशकको नाताले म ग्यारेन्टीका साथ भन्छु, कुनै पनि गरिब परिवारको बच्चाको उपचारका लागि जे गर्नुपर्छ, जहाँबाट गर्नुपर्छ, कान्तिमा हामी निःशुल्क सेवा उपलब्ध गराउँछौँ । क्यान्सर भएको एक बच्चाका लागि हामीले ७–८ लाखसम्मको उपचार निःशुल्क गराएर पठाएका छौँ ।

अन्तमा सेवाग्राहीलाई केही भन्न चाहनुहुन्छ ?
समस्त देशवासीलाई भन्न चाहन्छु कि, कान्ति बाल अस्पताल सरकारी अस्पताल हो, जहाँ हामीले अन्तर्राष्ट्रियस्तरका सेवा–सुविधा दिइरहेका छौँ । त्यसैले निजी अस्पतालमा राम्रो सेवा पाइन्छ भन्ने मानसिकता अहिलेबाटै त्यागिदिनुहोस् । म गौरवका साथ भन्छु, बच्चामा क्यान्सरको उपचारमा हामीले अन्तर्राष्ट्रियस्तरको सेवा दिइरहेका छौँ । त्यसैगरी, बोन केयर आइसियू सेवामा कान्ति एसियाकै टप सेन्टरका रूपमा रहेको छ । विश्वास गरेर हाम्रो अस्पतालमा आउनुहोस्, तपाईंले उत्कृष्ट सेवा पाउनुहुनेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तिहारमा बालरोग विशेषज्ञको सुझाब : घरमै तयार गरिएका परिकार रोजौँ

डा. आरपी बिच्छा

तिहारमा घरपरिवारमा जमघट हुँदा वा दिदी–बहिनीले भाइटीका लगाउँदा स–साना बालबालिकालाई मिठाइ, तयारी जुस, चकलेट आदि दिने गरिन्छ, जुन खानेकुराले बालबालिकाको स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।

त्यसैले बालरोग विशेषज्ञका नाताले बच्चाको हकमा आममानिसलाई निवेदन गर्न चाहन्छु– यस्ता केमिकलयुक्त मिठाइ, चकलेट, जुस, चिजबल्सलगायत खाद्यवस्तुबाट बालबालिकालाई टाढै राखौँ । बच्चा तथा ठूलै मानिसले पनि जेसुकै खाँदा घरमा बनाएको परिकार खानु स्वास्थ्यका लागि उत्तम हुन्छ ।

बजारमा पाइने जुसमा करिब ८० प्रतिशत चिनी हालिएको हुन्छ । डायबेटिज भएका वा नभएका मानिसलाई पनि त्यसले असर गर्ने गर्छ । किनकि, त्यसमा केमिकल मिलाइएका हुन्छन् । त्यसले बच्चाको स्वास्थ्यमा त झन् गम्भीर असर नित्याउने गर्छ ।

धेरै मात्रामा चिनी सेवन गर्ने बालबालिकामा मोटोपन देखिने गर्छ । धेरै मोटोपन भएका बालबालिकालाई पछि गएर उच्च रक्तचाप हुने, घुँडामा समस्या देखिने र पर्याप्त मात्रामा रगत नहुनेजस्ता समस्या देखापर्छन् ।

दुई–तीन वर्षका बच्चामा पनि दाँतमा किरा लागिरहेको हुन्छ । यसबाट बच्न सर्वप्रथम केमिकल राखिएका वस्तु त्याग्ने बानी बसाल्नुपर्छ ।

बजारमा तेलमा पटक–पटक तारिएका मिठाइ पाइने गर्छ । यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । मुटु तथा डायबेटिजका बिरामीले सकेसम्म यस्ता मिठाइ प्रयोग गर्नुहुँदैन । यद्यपि, यो कसैका लागि पनि फाइदाजनक छैन ।

डाक्टरका नाताले के भन्छु भने रक्सीको सेवन कत्ति पनि गर्नुहुँदैन । पेयपदार्थमा बरु लस्सी, कागतीपानी, फलफूलको ताजा जुस पिए हुन्छ । ४० वर्ष उमेर नाघेकाले कत्ति पनि रक्सी नखान सुझाब दिन्छु । खानैपर्ने बाध्यता छ भने ३० देखि ६० एमएलभन्दा बढी नखाऔँ । ६० एमएलको नाममा फेरि प्रत्येक दिन सेवन गर्न थालियो भने त्यो घातकसिद्ध हुन सक्छ ।

रक्सीको विषयमा मेरो थप आग्रह छ, जतिसुकै प्रहरीले नियन्त्रण गरे पनि हाम्रो जीवन आफ्नै हातमा हुन्छ । कुनै पनि हालतमा मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनुहुँदैन । चाडपर्वमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गर्छ । यी दुर्घटनाका प्रमुख कारण मादकपदार्थ सेवन नै रहँदै आएको छ । ठाउँ–ठाउँमा प्रहरीले चेकजाँच गरेर दुर्घटना अलि कम पनि भएको छ, तर आफ्नो ज्यानको विषयमा आफैँले सोच्नुपर्छ ।

निर्देशक, कान्ति बाल अस्पताल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै