सडक दुर्घटनाले खोसेको पायोनियर एनेस्थेसियोलोजिस्टको सेवा

बालरोगसम्बन्धी अस्पताल ईशान बाल अस्पतालले सेवाविस्तारका लागि अर्को साता एउटा महत्त्वपूर्ण बैठक बोलाएको थियो । सेवाविस्तारमा एनेस्थेसिया विभागले कसरी टेवा पुर्याउन सक्छ भन्ने विषयमा केन्द्रित सो बैठकमा केन्द्रीय पात्र थिए, डा. प्रभुप्रसाद जोशी ।  झन्डै २३ वर्षदेखि अस्पतालमा सेवारत ७२ वर्षीय जोशीको जाँगर यति थियो कि, अस्पताल प्रशासन उनीसँग थप प्रतिबद्धता सुन्न लालायीत थियो । सधैँ बिरामीको सेवामै सक्रिय जीवन विताउन चाहने डा. जोशीले शनिबार पनि अस्पतालमा शल्यक्रिया गरेका थिए । सक्रिय र स्वस्थ जीवनकै लागि आइतबार मर्निङवाकमा निस्किएका उनको जीवन अत्यको कारण त्यही सक्रियता बन्यो ।

विहान ६ बजेतिर मर्निङवाकमा निस्किएका जोशीलाई नयाँबानेश्वरमा संसद् भवनको दक्षिण गेटनजिकै अज्ञात सवारीले ठक्कर दिँदा घटनास्थलमै उनको ज्यान गयो । ‘उहाँको सक्रियता, सीप, ज्ञान र मोटिभेसनको लेवल यति उच्च थियो कि, अस्पतालले आर्जन गरेको विश्वासको प्रत्येक इँटामा उहाँको मिहिनेत परेको छ,’ अस्पतालका निर्देशक डा. आरपी चौधरीले सोमबार हेल्थपोस्टसँग भने । चार दशकभन्दा लामो चिकित्सा जीवनमा डा. जोशीले अधिकांश समय सरकारी अस्पतालमा रहेर सेवा दिए । सरकारी सेवाबाट अवकाशपछि त्रिवि शिक्षण अस्पताल हुँदै पछिल्लो समय निजी क्षेत्रमा पूर्णकालीनजस्तै भएर सेवा गरेका उनी बाल शल्यक्रियाको विकासमा एनेस्थेसियाका तर्फबाट सबैभन्दा बढी योगदान गर्ने चिकित्सक हुन् ।

नेपालका पायोनियर एनेस्थेसियोलोस्टिमध्येका एक डा. जोशीले इजिप्टबाट एमबिबिएस, बेलायतबाट एनेस्थेसियामा डिप्लोमा र पछि अस्ट्रेलियाबाट कार्डियाक एनेस्थेसियामा फेलोसिप गरेका थिए । एनेस्थेसियोलोजिस्ट नै मुस्किलले भेटिने समयमा मुटुरोगको सर्जरीमा भएको त्यो सुपर स्पेसलाइजेसन नेपालकै लागि ठूलो भरोसा बन्यो । प्राज्ञिक डिग्रीलगत्तै नेपाल फर्किएर सरकारी सेवामा आबद्ध भएका उनले लामो समय वीर अस्पतालमा बसेर एनेस्थेसिया सेवा दिए । वीरमै रहँदा जोशीले कान्ति अस्पतालमा समेत बाल सर्जरीको सुरुवात र विकासका दिनमा ठूलो भरोसा दिए । वीरमा उनी एनेस्थेसिया विभागको प्रमुखसमेत भए ।

औपचारिक रूपमा सरकारी सेवाबाट अवकाश लिए पनि उनलाई सार्वजनिक संस्थामा सेवाभावले छाडेन । उनले त्रिवि शिक्षण अस्पतालमा सेवा सुरु गरे । अवकाशपछिको जीवनमा पनि उनले झन्डै एक दशक शिक्षण अस्पतालमा बसेर सेवा पुर्याएको त्रिवि शिक्षण अस्पतालका एनेस्थेसिया विभागका पूर्वप्रमुख डा. मोदनाथ मरहठ्ठाले बताए । ‘पेन्सनपछि पनि सरकारी संस्थामै समय दिएर बालसर्जरी, कार्डियाक सर्जरीको विस्तारमा उहाँले पुर्याएको योगदान अतुलनीय छ,’ डा. मरहठ्ठाले भने ।

पछिल्ला दिनमा भने उनी पूर्णकालीन रूपमा ईशान अस्पतालमै कार्यरत थिए । चिकित्साको पेसागत अभ्याससँगै पेसागत अभियान र आन्दोलनमा पनि उनको रुचि उत्तिकै थियो । नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. जोशी सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालका पूर्वअध्यक्षसमेत थिए । मानवीय रूपमा धेरै वरिष्ठ चिकित्सकहरू डा. जोशीलाई तनावरहित जीवन बिताउन चाहने, ह्युमरस र सरल चिकित्सकका रूपमा सम्झिन्छन् । ‘चिकित्सकको काम तनावमा हुन्छ, तर उहाँसँग काम गर्दा सहकर्मीहरू कहिल्यै बोर हुन पाउँदैनथे । उनी सकेसम्म ठट्टा गरेर, हँसाएर काम गर्थे,’ डा. मरहठ्ठा सम्झिन्छन् ।

सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपाल (सान) का महासचिव डा. नवीन्द्रराज विष्ट डा. जोशीको असामयिक निधनबाट सबैभन्दा बढी क्षति सोसाइटीको भएको बताउँछन् । ‘डा. जोशीजस्तो महान् प्रतिभाको विलयले समग्र राष्ट्रलाई नै ठूलो क्षति पुगेको छ । उहाँको अभावले हाम्रो सोसाइटीलाई पुगेको क्षति अपूरणीय छ,’ महासचिव विष्टले भने, ‘उहाँ हाम्रो मार्गदर्शक हुनुहुन्थ्यो ।’

दुर्भाग्य, केन्द्रीय संसद्भवनअगाडि सवारीले पैदलयात्रुलाई ठक्कर दिएर घटनास्थलमै ज्यान जाँदा पनि अहिलेसम्म दोषीको पहिचान हुन सकेको छैन । ‘देशको यत्रो ठूलो प्रतिभाको हिँडिरहेको अवस्थामा संसद् भवनअगाडिको संवेदनशील सडकमा सवारीको ठक्करबाट ज्यान जाँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु सरकारको ठूलो कमजोरी हो,’ महासचिव डा. विष्टले भने, ‘अविलम्ब दोषीको पहिचान गरी कडा कारबाही गर्न सोसाइटी जोडदार माग गर्दछ ।’ राजधानीको मुटुमा यस्ता दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै डा. विष्टले यसको न्यूनीकरणका लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्नेमा जोड दिए ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडिन डा. मदन उपाध्यायले आफूले डा. प्रभुलाई वीर अस्पतालमै काम गर्दादेखि चिनेको बताए । ‘उहाँ निकै भद्र र कामप्रति प्रतिबद्ध एनेस्थेसियोलोजिस्ट हुनुहुन्थ्यो, पुराना मित्रको आकस्मिक अवसानले निकै दुःखी छु,’ उपाध्यायले भने । काठमाडौंको मुटु नयाँबानेश्वरमा पैदल हिँडिरहँदा सवारीले दिएको ठक्करबाट देश र समाजले एक होनहार प्रतिभा गुमाएको छ । दशकौँको अभ्यास र अनुभवबाट खारिएको डा. जोशीको चिकित्सकीय दक्षता एकाएक गुम्नुको क्षति अपूरणीय छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२६ वर्षीया महिलामा बनाइयो ‘रिप्लेसमेन्ट सर्जरी’बाट योनिमार्ग, यौनसम्पर्कमा बाधा हुन्न : चिकित्सक

पत्रकार सम्मेलनमा डा.चौधरी

जन्मजात रूपमा योनि नभएकी एक महिलामा शल्यक्रियाबाट चिकित्सकले योनिमार्ग बनाइदिएका छन् । वसुन्धारास्थित ईशान बाल तथा महिला अस्पतालका चिकित्सकहरूले रिप्लेसमेन्ट सर्जरीमार्फत पोखराकी २६ वर्षीया महिलाको यौनांग बनाइदिएका हुन् ।
दुई साताअघि नै सफल शल्यक्रिया गरिएकी ती महिलाको पहिचान भने गोप्य राखिएको छ । योनिविहीन अस्पताल पुगेकी महिला योनि लिएर अस्पतालबाट डिस्चार्ज भइसकेको जनाइएको छ । चिकित्सकका अनुसार उनले निर्मित योनिमार्फत यौनसम्पर्क गर्न सक्नेछिन्, तर पाठेघर नभएका कारण स्वयम् गर्भवती भने बन्न सक्नेछैनन् ।

यद्यपि, डिम्बनिष्कासन भइरहेका कारण सरोगेसीमार्फत सन्तान सुख प्राप्त गर्न सक्ने विकल्प भने उनीसँग छ । योनिको आकार भए पनि जन्मजात योनिमार्ग टालिएर रहने यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘मायर रोकिटान्स्की कुस्टर हाउजर सिन्ड्रम’ भनिन्छ । उनको जैविक बनोट र बाहिरी यौनांग स्त्रीसूचक थिए । साथै, उनमा निष्क्रिय दुई गर्भासयसमेत थिए ।

अस्पतालका वरिष्ठ बाल शल्यचिकित्सक डा. आरपी चौधरीले योनिमार्ग नभएका बालिकाको शल्यक्रिया नौलो नभए पनि वयष्क महिलामा यस्तोखालको शल्यक्रिया पहिलो भएको दाबी गरेका छन् ।

नेपालमा यकिन तथ्यांक नभए पनि विश्वमा भएका अध्ययनले ४ देखि ५ हजार जन्ममा एकजनामा जन्मजात योनि नहुने समस्या भेटिने गरेको पाइए पनि योनिसहित पाठेघरसमेत काम नलाग्ने अवस्थामा हुने यसकिसिमको समस्या भने दुर्लभ हो ।


चिकित्सकहरूले ठूलो आन्द्राको १० सेन्टिमिटर भाग काटेर योनिको आकारमा बनाएर योनिको ठाउँमा रिप्लेस गरेका थिए । करिब ६ घण्टा लामो शल्यक्रियामा डा. चौधरी, डा. आशा सिंहसहित डा. सुमनविक्रम अधिकारी, एनेस्थेसियामा डा. छन्दबहादुर बुढाथोकीलगायत संलग्न भएको अस्पतालले जनाएको छ ।

अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. आशा सिंहका अनुसार योनिमार्ग बनाउनुका साथै महिलाको राम्रोसँग विकास नभएको (मसिनो धागोजस्तो छुट्टिएको अवस्था)को पाठेघरसमेत निकालिएको छ । डा. सिंहका अनुसार ती महिलामा सुरुदेखि नै महिनावारी नभएपछि ३ वर्षअघि परीक्षण गर्दा पाठेघर र योनिमार्ग नभएको भेटिएको थियो ।

चिकित्सकका अनुसार अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गरेर हेर्दा योनि र पाठेघर नभएको प्रमाणित भएको थियो । सोपश्चात् विवाह नगर्ने सोच बनाएर ३ वर्षअघि फर्किएकी ती महिला पछि परामर्शका लागि आएकी थिइन् । सोपश्चात् चिकित्सकहरूले यस्तो सर्जरीको तयारी थालेका थिए ।

नेपालमा यकिन तथ्यांक नभए पनि विश्वमा भएका अध्ययनले ४ देखि ५ हजार जन्ममा एकजनामा जन्मजात योनि नहुने समस्या भेटिने गरेको पाइए पनि योनिसहित पाठेघरसमेत काम नलाग्ने अवस्थामा हुने यसकिसिमको समस्या भने दुर्लभ हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपालमै सम्भव छ– सबै प्रकारका बाल सर्जरीको उपचार


पेडियाट्रिक सर्जरी नेपाली चिकित्सा जगत्का लागि एक नयाँ अवधारणा हो । विश्वका अन्य मुलुकमा यो सेवा ६०–७० वर्षअगाडि नै सुरु भइसकेको भए पनि नेपालमा सन् १९७१ देखि कान्ति बाल अस्पतालमा सुरु भएको थियो । तर, यसका लागि राम्रो अप्रेसन थिएटरको विस्तार भने १९८० मा जापानी सहयोगमा भएको थियो । तत्पश्चात् १९९० देखि मात्र कान्तिबाट प्रभावकारी  पेडियाट्रिकसर्जरी सेवा दिन थालिएको हो ।
पिरियोडिक सर्जरी जवजात शिशुदेखि १८ वर्षको उमेरसम्म गर्ने गरिन्छ । पछिल्लो समय आमाको गर्भमा भएको बच्चाको अवस्थाबारे पनि पेडियाट्रिक  सर्जनसँग सल्लाह लिने प्रचलन बढेको छ । अल्ट्रासाउन्डजस्ता प्रविधिको सहयोगले गर्भमा रहेको बच्चामा केही समस्या भए–नभएको जानकारी पाउन सकिन्छ ।

गर्भ रहेको करिब १८ हप्तापछि भिडियो एक्स–रेको सहायताले बच्चामा रहेका विभिन्न समस्याबारे जानकारी पाउन सकिन्छ । गर्भ बसेको १२ हप्तासम्मको समय एकदमै संवेदनशील समय भएकाले त्यतिवेला जथाभावी औषधिको सेवन गर्नुहुँदैन । लामो यात्रा पनि गर्नुहुँदैन । चुरोट, रक्सीजस्ता पदार्थको सेवन गर्नुहुँदैन । त्यतिवेला गर्भको सही परीक्षण गराउनु पनि उत्तिकै आवश्यक छ ।

बच्चामा हुने मेडिकल समस्याहरू, जस्तै : निमोनिया, रुघाखोकी, झडापखाला तथा सर्जिकल समस्या, जस्तै : नवजात शिशुमा हरियो वान्ता हुनु (जुन आन्द्राका भएको गडबडीका कारण हुने गर्छ) जस्ता समस्यामा पेडियाट्रिक सर्जरीको उपयोग गरिन्छ । नवजात शिशुमा मिर्गौला सुन्निने, मिर्गौलामा पानी जम्ने, लिंगको टुप्पोमा प्वाल नहुने, पिसाबको प्वाल नहुने, जन्मनेबित्तिकै पेट ठूलो भएर जानेजस्ता समस्या देखापरेमा पिरियोडिक सर्जरीको आवश्यकता पर्छ ।

भर्खरै जन्मेको बच्चामा गरिने सर्जरीलाई नवजात सर्जरी भनिन्छ भने जन्मेको एक वर्षभित्र गरिने सर्जरीलाई शिशु सर्जरी भनिन्छ । त्यसैगरी १ देखि ५ वर्षसम्मलाई सानो बच्चा र त्यसदेखि माथि १८ वर्षसम्मलाई ठूलो बच्चा भनिन्छ । उल्लिखित सबैको समग्र रूप नै पिरियोडिस सर्जरी हो ।
यदि नसाको कमी भएर बच्चा जन्मने बित्तिकै पेट फुल्ने, जन्मनेबित्तिकै हर्नियाको समस्या देखिनेजस्ता समस्या देखापरेमा पनि पेडियाट्रिक सर्जरीको आवश्यकता पर्न सक्छ । यस्ता समस्या विभिन्न कारणले आउने गर्छन् । बच्चा गर्भमा बसेको १२ हप्तासम्म बच्चाको विभिन्न ग्रन्थि तथा भागहरू बन्नेक्रम जारी हुन्छ । त्यो समय गर्भावास्थाका लागि एकदमै संवेदनशील समय हो ।
गर्भ रहेको करिब १८ हप्तापछि भिडियो एक्स–रेको सहायताले बच्चामा रहेका विभिन्न समस्याबारे जानकारी पाउन सकिन्छ । गर्भ बसेको १२ हप्तासम्मको समय एकदमै संवेदनशील समय भएकाले त्यतिवेला जथाभावी औषधिको सेवन गर्नुहुँदैन । लामो यात्रा पनि गर्नुहुँदैन । चुरोट, रक्सीजस्ता पदार्थको सेवन गर्नुहुँदैन । त्यतिवेला गर्भको सही परीक्षण गराउनु पनि उत्तिकै आवश्यक छ । महिनावारी नभएर परीक्षण गराउन जाँदा गर्भ रहेको थाहा पाउनुभन्दा पति–पत्नीबीचको सल्लाहमा सन्तानको योजना बनाएर पनि यस्ता समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । आकस्मिक रूपमा हुने गर्भमा पनि यस्ता प्रकारका विभिन्न समस्या आउन सक्छन् ।

नेपालमा बच्चाको सर्जरीका लागि पेडियाट्रिक सर्जनकहाँ जाने चलन एकदमै कम छ । यस्तोमा सर्जरीको नतिजा राम्रो नआउन पनि सक्छ । हाल नेपालमा करिब ३० को संख्यामा पेडियाट्रिक सर्जन उपलब्ध छन्, जुन अहिलेका लागि पर्याप्त नै हो । जशक्ति उपलब्ध भएर पनि नेपालीको पेडियाट्रिकसर्जनकहाँ जाने प्रचलन अभावले समस्या निम्त्याइरहेको छ ।

कतिपय अवस्थामा बच्चाको खाने नली र श्वासनली सँगसँगै हुन्छन् । त्यस्ता बच्चालाई पनि जतिसक्दो छिटो शल्यक्रियाको आवश्यकता पर्छ । विशेषगरी आमाको पेटमा रहेको वेला खासगरी पुरुष बच्चामा पिसाबको बाटोमा पर्दा हुने गर्छ । त्यसले बच्चाको मिर्गौलासम्म पनि असर पु¥याउने गर्छ । अलि ठूलो बच्चामा आन्द्राभित्र आन्द्रा छिर्ने गर्छ । त्यस अवस्थामा पनि छिटोभन्दा छिटो सर्जरीको आवश्यकता पर्छ ।
बच्चामा एपेन्डिसाइटिस हुँदैन भन्ने आमधारणा छ, जुन गलत हो । बच्चामा हुने एपेन्डिसाइटिस अन्यमा भन्दा बढी खतरापूर्ण हुन्छ । साना बच्चाले एपेन्डिसाइटिसका लक्षण थाहा पाउन नसक्ने भएका कारण पनि उनीहरूमा बढी जोखिम हुन्छ । यदि पेडियाट्रिक सर्जनले वेलैमा यसबारे जानकारी दिन सकेमा बच्चाको अकालमा हुने मृत्युलाई कम गर्न सकिन्छ ।
नेपालमा बच्चाको सर्जरीका लागि पिरियोडिक सर्जनकहाँ जाने चलन एकदमै कम छ । यस्तोमा सर्जरीको नतिजा राम्रो नआउन पनि सक्छ । हाल नेपालमा करिब ३० को संख्यामा पेडियाट्रिक सर्जन उपलब्ध छन्, जुन अहिलेका लागि पर्याप्त नै हो । जशक्ति उपलब्ध भएर पनि नेपालीको पेडियाट्रिक सर्जनकहाँ जाने प्रचलन अभावले समस्या निम्त्याइरहेको छ ।
१८ वर्षसम्मका बच्चाको सर्जरी पेडियाट्रिक सर्जनबाटै गराएमा त्यसले पछि हुन सक्ने समस्यालाई कम गर्छ । यसले सर्जरीपछिको नतिजा प्रभावकारी बनाउँछ । नेपालमा अनुभवी तथा दक्ष पेडियाट्रिक सर्जन उत्पादन भइसकेका छन् र अझै पनि उत्पादन हुनेक्रममा छन् । जनशक्ति मात्र नभएर यसमा नयाँ–नयाँ प्रविधिसमेत आइसकेका छन् । प्वाल पारेर सर्जरी गरिने ल्याप्रोस्कोपीलगायत विभिन्न नयाँ प्रविधि पनि नेपालमा आइसकेका छन् ।
करिब २५–३० वर्षअगाडि  पेडियाट्रिक सर्जरी गर्नका लागि विदेश जानुपर्ने अवस्था थियो भने अहिले त्यस्तो छैन । हाल सबैखाले पेडियाट्रिक सर्जरीको उपचार नेपालमै उपलब्ध छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै