सिओपिडी दमबारे व्याप्त भ्रम चिर्नु पहिलो चुनौती

सिओपिडी दम श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग हो । यसमा मुख्यतया श्वासप्रश्वासको प्रवाह कमजोर हुने गर्छ । विशेषतः यो समयक्रमसँगै बिग्रँदै जाने हुन्छ । तर, समयमै पहिचान गर्न सकेमा वा सजगता अपनाएमा यो रोगको रोकथाम तथा उपचार सम्भव छ ।

सिओपिडी दमको प्रमुख कारण धूमपान हो । हाम्रो सहर तथा गाउँमा धूमपान गर्ने मानिसको संख्या दिनानुदिन बढ्दै गएको छ । सामान्यतया हामीले हेर्दा धूमपान नगर्नेको फोक्सोमा रगतको प्रवाह नर्मल हुन्छ भने यो रातो रङको हुन्छ । धूमपान गर्ने मानिसको फोक्सो धुवाँका कण, धुवाँबाट निस्कने विभिन्न रसायन जम्मा भएपछि कालो रङको देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार नेपालमा प्रत्येक ३ जनामध्ये १ जना (एकतिहाइ) ले धूमपान गर्दै आएका छन् या त विगतमा धूमपान गरेका थिए । हाल प्रत्येक ५ जनामध्ये एक (२०%) ले धूमपान गरिरहेका छन् ।

धूमपान सिओपिडीको मुख्य कारण भए पनि यसका अन्य कारण पनि छन् । बढ्दो सहरीकरण, वायु प्रदूषण पनि सिओपिडीका कारण हुन् । ग्रामीण भेगमा मुख्य रूपमा चुलोमा प्रयोग गरिने दाउरा, गुइँठा, पराललगायतबाट निस्कने धुवाँका कारण भान्सामा काम गर्ने महिलामा सिओपीडी दमको समस्या बढ्दै गएको छ । यसका साथै बढ्दो विकास निर्माणका कार्य, विभिन्न उद्योगबाट निस्कने धुवाँ, धुलोले वायुलाई प्रदूषित बनाइरहेका छन्, जसका कारण विशेषगरी त्यहाँ काम गर्ने मजदुर सबैभन्दा प्रभावित भइरहेका छन् । यद्यपि, यसको असर कामदारमा मात्र सीमित नभई सर्वसाधारणमा पनि काफी मात्रामा परेको छ । वायु प्रदूषणका हिसाबले नेपाल खराब ५ मुलुकको सूचीमा परेको छ । वायु प्रदूषणबाट बर्सेनि १० हजारभन्दा बढी नेपालीले ज्यान गुमाइरहेका छन् ।

२५ करोड मानिसमा सिओपिडी दम, अकाल मृत्युको तेस्रो कारण बन्दै
विश्व स्वास्थ्य संगठनको २०१६ को प्रतिवेदनअनुसार विश्वमा २५ करोड मानिस सिओपिडी दमबाट प्रभावित छन् । यसबाट वार्षिक मृत्युदर ३१.७ लाख रहेको छ, जुन कुल मृत्युको ६ प्रतिशत हो । हाल सिओपिडी अकाल मृत्युको चाथौ कारण हो र सन् २०३० सम्ममा अकाल मृत्युको तेस्रो प्रमुख कारण सिओपिडी बन्ने प्रक्षेपण गरिएको छ ।

सिओपिडीबाट हुने मृत्युको ९० प्रतिशत कम विकसित र अति कम विकसित मुलुकमा हुने गरेको छ । नेपालको सन्दर्भमा सिओपिडीको अवस्था झन् विकराल छ । विश्वस्तरमा अकाल मृत्युको चौथो नम्बरमा रहेको सिओपिडी नेपालको सन्दर्भमा दोस्रो स्थानमा छ । वायु प्रदूषण धूमपान गर्ने मानिसको संख्या बढेसँगै सिओपिडीको स्थान पनि माथि जाने देखिन्छ ।

सिओपिडी दमका लक्षण
सिओपिडी दममा मुख्यतया दुईवटा समस्या देखिन्छन्– श्वासप्रश्वासमा समस्या हुने, स्वाँ–स्वाँ हुने । सुरुवातको चरणमा गाह्रो काम गर्दा वा भारी बोक्दा, उकालो चढ्दा स्वाँ–स्वाँ हुने हुन्छ भने बिस्तारै रोग गएपछि सामान्य कार्य गर्दा पनि स्वाँ–स्वाँ हुने हुन्छ । यसका अलावा खोकी लाग्नु पनि यसको प्रमुख लक्षण हो । खोकी लाग्दा सेतो वा पहेँलो खकार आउने हुन्छ । त्यसैगरी अन्य लक्षणमा छाती ध्वार–ध्वार गराउने, औँला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटक–पटक छातीको संक्रमण भएर निरन्तर स्वास्थ्यसंस्थामा गइराख्नुपर्ने हुन्छ ।

३४ लाख नेपाली सिओपिडीको सिकार, पुरुषमा केही बढी
करिब ३४ लाख नेपालीमा सिओपिडी रोग भएको अनुमान गरिएको छ । नेपालमा गरिएको पछिल्लो एक अनुसन्धानमा ११ दशमलव ७ प्रतिशत मानिसमा सिओपिडी दमको प्रभाव देखिएको छ । यसको चपेटामा महिला र पुरुष दुवै छन् । १२ दशमलव ६ प्रतिशत पुरुष र ११ प्रतिशत महिलामा सिओपिडी देखिएको छ । प्रत्येक १० मध्ये १ नेपाली सिओपिडी रोगबाट पीडित छन् ।

कुन प्रदेशमा कति ?
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी कर्णाली प्रदेशबासी सिओपिडीको सिकार बनिरहेका छन् । कर्णालीमा सिओपिडीपीडितको संख्या २५ प्रतिशत छ । त्यस्तै, प्रदेश २ मा १६.२ प्रतिशत, सुदूरपश्चिममा १४.३ प्रतिशत, प्रदेश ३ मा ११ प्रतिशत, प्रदेश ५ मा ९.५ र प्रदेश १ र गण्डकीमा प्रदेशमा ६ प्रतिशत जनतामा सिओपिडी रोग भएको अनुसन्धानले देखाएको छ ।

उपचार
इन्हेलर सिओपिडी रोगको मुख्य र सबैभन्दा प्रभावकारी उपचारपद्धति हो । यो उपचारपद्धतिमा श्वासप्रश्वासको माध्यमबाट सीधै फोक्सोमा औषधि पुर्याइन्छ । कुल बिरामीको ३ प्रतिशत मात्रै इन्हेलर उपचारपद्धतिमा आबद्ध भएको पाइएको छ । यो उपचारपद्धतिबारे हाम्रो समाजमा निकै नकारात्मक सोच रहेको छ । यो अन्तिम अवस्थामा प्रयोग गर्ने औषधि हो, सकेसम्म लिन हुन्न, बानी पार्न हुँदैन भन्ने सोच व्याप्त छ । सिओपिडीका ३४ लाख बिरामीमध्ये ५० हजारले मात्र सही उपचार पाएका छन् ।

सिओपिडीको मुख्य उपचारपद्धति नै इन्हेलरको प्रयोग गर्नु हो । नियमित रूपमा चिकित्सकसँग जाँच गराएर यो रोगको प्रकोपबाट बच्च सकिन्छ । दोस्रो उपाय भनेको जोखिम कम गर्नु हो । यसका लागि धूमपान, वायु प्रदूषण आदि कम गर्नुपर्ने हुन्छ । सिओपिडी भएका मानिसलाई उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक तनावको जोखिम बढी हुन्छ । सिओपिडीका बिरामीले नियमित व्यायम गर्नुपर्ने हुन्छ । दम भएका मानिसले व्यायम गर्नुहुँदैन भन्ने छाप परेको छ, जुन गलत हो । सामान्य मानिसका लागि जति व्यायमको आवश्यकता छ, त्यति नै सिओपिडीका बिरामीका लागि पनि व्यायम जरुरी छ । स्वस्थ्यकर आहारले पनि सिओपिडीको उपचारमा मद्दत पुर्याउँछ ।

सिओपिडीका भ्रम र यथार्थ
सिओपिडीबारे केही भ्रम रहेका छन्, जसलाई चिर्नु आवश्यक छ ।
भ्रम १ :  सिओपिडी रोग धेरै मानिसलाई हुँदैन ।
धूमपान र प्रदूषणको चपेटामा आउने तथा वंशानुगत जोखिम भएका जोकोहीलाई सिओपिडी रोग हुन सक्छ । नेपालमा प्रत्येक १० जनामध्ये १ मा सिओपिडी छ र यो संख्या केही वर्षमा उल्लेख्य मात्रामा बढ्ने अनुमान छ ।
भ्रम २ :  सिओपिडी दम धूमपान गर्नेलाई मात्र हुन्छ ।
सिओपिडी धूमपान गर्ने मानिसलाई धेरै हुने भए पनि वायु प्रदूषण तथा वशांनुगत जोखिम भएका मानिसमा पनि हुने गर्छ ।
भ्रम ३ : सिओपिडीका बिरामीले व्यायाम गर्नुहुँदैन ।
सिओपिडी दमका बिरामीले नियमित व्यायाम गर्नुपर्ने हुन्छ । एक स्वस्थ र सामान्य मानिससहर दमका बिरामीलाई पनि व्यायाम आवश्यक हुन्छ ।
भ्रम ४ : अन्तिम अवस्था नआएसम्म दमको तान्ने औषधि इन्हेलरको प्रयोग गर्नुहुँदैन ।
यो गलत हो । सिओपिडी दमको सबैभन्दा प्रभावकारी उपचारपद्धति नै इन्हेलर हो । त्यसैले दमका रोगीले चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा इन्हेलरको प्रयोग गर्नुपर्छ ।
भ्रम ५ : उमेर बढ्दै गएपछि स्वाँ–स्वाँ हुनु सामान्य हो ।
स्वाँ–स्वाँ हुनु स्वाभाविक प्रक्रिया नभएर सिओपिडीको पहिलो लक्षण हो । सुरुवाती चरणमा उपचार गरेको खण्डमा यो रोग पूर्ण रूपमा निको हुन्छ । सिओपिडी रोगको पूर्ण उपचार सम्भव छैन, सही उपचारपद्धति अपनाएको खण्डमा आममानिसको जस्तै समान्य जीवन जिउन सकिन्छ ।  सिओपिडीको उपचार धेरै मानिसलाई जीवनभर गर्नुपर्ने हुन सक्छ, तर नियमित उपचार गरिएको खण्डमा यी बिरामीले सामान्य जीवनयापन गर्न सक्छन् ।

चुनौती
सिओपिडी दमसम्बन्धी जनचेतना कम रहेको छ । धूमपानविरुद्धको जनचेतना पर्याप्न बन्न सकेको छैन । धूमपान सिओपिडीको मात्र होइन, क्यान्सर, मुटुसम्बन्धी रोग, छाला तथा आँखासम्बन्धी अनगिन्ती रोगको कारक हो ।  ग्रामीण भेगमा अहिले पनि आगो फुक्न गुइँठा, पराल, दाउरा आदिको प्रयोग भइरहेको छ । बढ्दो सहरीकरणले वायु प्रदूषण र पेसागत जोखिम बढाइरहेको छ । भौगोलिक विकटता र गरिबी भएका स्थानमा सिओपिडी रोगको प्रभाव बढी देखिएको छ । त्यसैगरी, इन्हेलर उपचार पद्धतिप्रतिको नकारात्मक धारणा जनमासमा व्याप्त छ । सिओपिडीको निदान र उपचार सुविधा प्राथमिक उपचार गर्ने संस्थाहरूमा नहुनु, स्पाइरोमेट्री तथा सोसम्बन्धी तालिम भएका जनशक्तिको कमी हुनु, आसपासमा चेस्ट हस्पिटलको अभाव हुनु, रेफरल सिस्टमको विकास हुन नसक्नु, उपचार महँगो हुनु, अधिकांश रोगी स्वास्थ्यबिमाको पहुँचमा नहुनु यस रोगको नियन्त्रण तथा उपचारका प्रमुख चुनौती हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

३४ लाख नेपालीमा सिओपिडी दम तर ५० हजार मात्र उपचारको दायरामा, अकाल मृत्युको दोस्रो कारण

नेपालमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग सिओपिडीका बिरामी दिनप्रतिदिन बढ्दै छन् । करिब ३४ लाख नेपाली सिओपिडी दमको सिकार भएको अध्ययनले देखाएको छ । सिओपिडी नेपालमा अकाल मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ, जब कि विश्वस्तरमा यो अकाल मृत्युको चौथो प्रमुख कारण हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार ११ दशमलव ७ प्रतिशत नेपाली सिओपिडी दमको सिकार भएको पाइएको छ । जसमध्ये १२ दशमलव ६ प्रतिशत पुरुष रहेको र ११ प्रतिशत महिला सिओपिडीले पीडित छन् । यसरी हेर्दा प्रत्येक १० नेपालीमध्ये १ मा सिओपिडी रोग छ ।

दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगमा मुख्यतया श्वासप्रश्वासको प्रवाह कमजोर भई समस्या देखिने वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना बताउँछन् । ‘विशेषतः यो समयक्रमसँगै बिग्रँदै जाने हुन्छ,’ डा. ढुंगाना भन्छन्, ‘समयमै रोग पहिचान हुन सकेमा यसको रोकथाम र उपचार हुन्छ ।’

प्रमुख कारण धूमपान
डा. ढुंगानाका अनुसार सिओपिडी दमको प्रमुख कारण धूमपान हो । हाम्रो सहर तथा गाउँमा धूमपान गर्ने मानिसको संख्या दिनानुदिन बढ्दै गएको छ । सामान्यतया धूमपान नगर्नेको फोक्सोमा रगतको प्रवाह नर्मल हुन्छ भने यो रातो रङको हुन्छ । धूमपान गर्ने मानिसको फोक्सो धुवाँका कण, धुवाँबाट निस्कने विभिन्न रसायन जम्मा भएपछि कालो रङको देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार नेपालमा प्रत्येक ३ जनामध्ये १ जना (एकतिहाइ) ले धूमपान गर्दै आएका छन् या त विगतमा धूमपान गरेका थिए । हाल प्रत्येक ५ जनामध्ये एक (२०%) ले धूमपान गरिरहेका छन् ।

धूमपान सिओपिडीको मुख्य कारण भए पनि यसका अन्य कारण पनि छन् । बढ्दो सहरीकरण, वायु प्रदूषण पनि सिओपिडीका कारण हुन् । ग्रामीण भेगमा मुख्य रूपमा चुलोमा प्रयोग गरिने दाउरा, गुइँठा, पराललगायतबाट निस्कने धुवाँका कारण भान्सामा काम गर्ने महिलामा सिओपीडी दमको समस्या बढ्दै गएको छ । यसका साथै बढ्दो विकास निर्माणका कार्य, विभिन्न उद्योगबाट निस्कने धुवाँ, धुलोले वायुलाई प्रदूषित बनाइरहेका छन्, जसका कारण विशेषगरी त्यहाँ काम गर्ने मजदुर सबैभन्दा प्रभावित भइरहेका छन् । यद्यपि, यसको असर कामदारमा मात्र सीमित नभई सर्वसाधारणमा पनि काफी मात्रामा परेको छ ।

प्रतिवर्ष सिओपिडीका कारण ३१.७ लाखको जान्छ ज्यान, २५ करोड प्रभावित
विश्व स्वास्थ्य संगठनको २०१६ को प्रतिवेदनअनुसार विश्वमा २५ करोड मानिस सिओपिडी दमबाट प्रभावित छन् । यसको वार्षिक मृत्युदर ३१.७ लाख रहेको छ, जुन कुल मृत्युको ६ प्रतिशत हो । हाल विश्वमा सिओपिडी अकाल मृत्युको चाथौ कारण हो, जुन सन् २०३० सम्ममा तेस्रो बन्ने प्रक्षेपण गरिएको छ ।

विश्वमा अकाल मृत्युको चौथो कारण रहेको सिओपिडीले नेपालमा भने दोस्रो स्थान लिएको छ । ९० प्रतिशत सिओपिडीबाट हुने मृत्यु नेपालजस्तै कम विकसित र अति कम विकसित मुलुकमा हुने गरेको छ । वायु प्रदूषण तथा धूमपान गर्ने मानिस बढेसँगै अकाल मृत्युमा सिओपिडीको स्थान पनि बढ्दै जाने डा. ढुंगाना बताउँछन् ।

कुन प्रदेशमा कति ?
नेपाल अनुसन्धान परिषद्ले गरेको पछिल्लो अध्ययनअनुसार श्वासप्रश्वाससम्बन्धी रोगबाट सबैभन्दा बढी कर्णाली प्रदेशवासी सिकार बन्दै आएका छन् । प्रदेशगत रुपमा हेर्दा कर्णालीमा सिओपिडीपीडितको संख्या २५ प्रतिशत छ । त्यस्तै, प्रदेश २ मा १६.२ प्रतिशत, सुदूरपश्चिममा १४.३ प्रतिशत, प्रदेश ३ मा ११ प्रतिशत, प्रदेश ५ मा ९.५ र प्रदेश १ र गण्डकीमा प्रदेशमा ६ प्रतिशत जनतामा सिओपिडी रोग भएको अनुसन्धानले देखाएको छ ।

नसर्ने रोग नियन्त्रण कार्यक्रमका लागि वार्षिक ८ करोड खर्च
सरकारले नसर्ने रोग नियन्त्रण कार्यक्रमका लागि वार्षिक ८ करोड खर्च गर्दै आएको छ । प्रदेशअनुसार १ करोडका दरले ७ करोड र केन्द्रमा ९५ लाख विनियोजन भएको स्वास्थ्यसेवा विभागले जनाएको छ । यद्यपि, मुटुरोग, क्यान्सर, सिओपिडी दमलगायत नसर्ने रोगको फैलावट भने दिनप्रतिदिन बढ्दै छ । खासगरी नसर्ने रोग मानिसको जीवनशैली र आनिबानीसित सम्बन्धित हुने भएकाले त्यसमा आम रुपमा सुधार नआएसम्म रोग न्यूनीकरण चुनौतीकै रुपमा रहने विज्ञहरुको भनाइ छ । विज्ञहरुले नसर्ने रोगबारे चेतनाविस्तार नै अपर्याप्त भएको बताइरहँदा सरकारी कार्यक्रम भने प्रभावकारी हुन सकेका छैनन् ।

३४ लाख नेपाली सिओपिडीले ग्रस्त, तर ५० हजार मात्र सही उपचारको दायरामा
करिब ३४ लाख नेपालीमा सिओपीडी रोग रहेको अनुमान गरिएको छ । यसमध्ये सही उपचारपद्धतिको अवलम्बन गर्नेको संख्या ५० हजार मात्र रहेको तथ्यांकले देखाएको छ । सिओपिडीको उपचारपद्धतिबारे जनमानसमा व्याप्त भ्रमका कारण बिरामीको ठूलो हिस्सा उपचारपद्धतिमा समेटिन नसकेको विशेषज्ञ चिकित्सकहरुको भनाइ छ । डा. ढुंगानाका अनुसार सिओपिडीको सबैभन्दा प्रभावकारी उपचारपद्धति इन्हेलर हो । ‘इन्हेलर पद्धतिमा श्वासप्रश्वासको माध्यमबाट सीधै फोक्सोमा औषधि पुर्याइन्छ,’ डा. ढुंगाना भन्छन्, ‘कुल बिरामीको ३ प्रतिशत मात्रै यो उपचारपद्धतिमा आबद्ध छन् ।’

यी भ्रमका कारण सिओपिडीका बिरामी उपचारको दायरामा छैनन्
सिओपिडीबारे समाजमा केही भ्रम व्याप्त रहेको र त्यसलाई चिर्नु अत्यावश्यक रहेको डा. ढुंगाना बताउँछन् । सिओपिडीबारे नेपाली समाजमा व्याप्त भ्रम र यथार्थबारे डा. ढुंगाना भन्छन्–
भ्रम : सिओपिडी रोग धेरै मानिसलाई हुँदैन ।
यथार्थ : धूमपान र प्रदूषणको चपेटामा आउने तथा वंशानुगत जोखिम भएका जोकोहीलाई सिओपिडी रोग हुन सक्छ । नेपालमा प्रत्येक १० जनामध्ये १ मा सिओपिडी छ र यो संख्या केही वर्षमा उल्लेख्य मात्रामा बढ्ने अनुमान छ ।
भ्रम :  सिओपिडी दम धूमपान गर्नेलाई मात्र हुन्छ ।
यथार्थ : सिओपिडी धूमपान गर्ने मानिसलाई धेरै हुने भए पनि वायु प्रदूषण तथा वंशानुगत जोखिम भएका मानिसमा पनि हुने गर्छ ।
भ्रम :  सिओपिडीका बिरामीले व्यायाम गर्नुहुँदैन ।
यथार्थ :  सिओपिडी दमका बिरामीले नियमित व्यायाम गर्नुपर्ने हुन्छ । एक स्वस्थ वा सामान्य मानिससरह दमका बिरामीलाई पनि व्यायाम आवश्यक हुन्छ ।
भ्रम : अन्तिम अवस्था नआएसम्म दमको तान्ने औषधि इन्हेलरको प्रयोग गर्नुहुँदैन ।
यथार्थ : यो गलत हो । सिओपिडी दमको सबैभन्दा प्रभावकारी उपचारपद्धति नै इन्हेलर हो । त्यसैले दमका रोगीले चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा इन्हेलरको प्रयोग गर्नुपर्छ ।
भ्रम : उमेर बढ्दै गएपछि स्वाँ–स्वाँ हुनु सामान्य हो ।
यथार्थ :  स्वाँ–स्वाँ हुनु स्वाभाविक प्रक्रिया नभएर सिओपिडीको पहिलो लक्षण हो ।

सुरुवाती चरणमा उपचार गरेको खण्डमा यो रोग निको हुने डा. ढुंगानाको भनाइ छ । ‘सिओपिडी रोगको पूर्ण उपचार सम्भव छैन, तर सही उपचारपद्धति अपनाएको खण्डमा आममानिसको जस्तै समान्य जीवन जिउन सकिन्छ,’ डा. ढुंगाना भन्छन्, ‘सिओपिडीको उपचार धेरै मानिसलाई जीवनभर गर्नुपर्ने हुन सक्छ, तर नियमित उपचार गरेको खण्डमा उनीहरुले सामान्य जीवनयापन गर्न सक्छन् ।’

सिओपिडीका लक्षण :  स्वाँ–स्वाँदेखि छातीमा ठूलो संक्रमणसम्म
सिओपिडी दममा मुख्यतया दुईवटा समस्या देखिन्छन्– श्वासप्रश्वासमा समस्या हुने, स्वाँ–स्वाँ हुने । सुरुवातको चरणमा गाह्रो काम गर्दा वा भारी बोक्दा, उकालो चढ्दा स्वाँ–स्वाँ हुने हुन्छ भने बिस्तारै रोग गएपछि सामान्य कार्य गर्दा पनि स्वाँ–स्वाँ हुने हुन्छ । यसका अलावा खोकी लाग्नु पनि यसको प्रमुख लक्षण हो । खोकी लाग्दा सेतो वा पहेँलो खकार आउने हुन्छ । त्यसैगरी अन्य लक्षणमा छाती ध्वार–ध्वार गराउने, औँला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटक–पटक छातीको संक्रमण भएर निरन्तर स्वास्थ्यसंस्थामा गइराख्नुपर्ने हुन्छ ।

विश्व सिओपिडी दिवसका अवसरमा बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी रोगबाट बच्ने उपायबारे चेतनाविस्तार गर्ने प्रयास गरिएको छ । स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले राष्ट्रिय ट्रमा सेन्टरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. ढुंगानालगायत विज्ञहरुले नेपालमा सिओपिडीको अवस्था, रोकथाम तथा चुनौतीबारे अनुसन्धानात्मक प्रस्तुति दिएका छन् । सबै प्रस्तोताको जोड धूमपान र बढ्दो प्रदूषण नियन्त्रणका साथै सिओपिडीको उपचारपद्धतिबारे व्याप्त भ्रम चिर्न सरकारीस्तरबाट व्यापक जनचेतनामूलक कार्यक्रम ल्याइनुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दम : समयमा उपचार नगर्नाले आजीवन औषधि


हिँड्दा, विभिन्न काम गर्दा तथा बस्दाबस्दै पनि स्याँ–स्याँ हुनुलाई दम भनिन्छ । दमका कारण श्वास–प्रश्वासमा असहज अवस्था सिर्जना हुने गर्छ । स्याँ–स्याँ छातीमा हुने भएकाले छातीसम्बन्धी सम्पूर्ण रोगलाई दम भन्ने गरिएको छ ।
दमका विभिन्न प्रकार हुन्छन् । जस्तै, सिओपिडी दम उमेर ढल्केका व्यक्तिमा हुने दमको प्रकार हो, जुन लामो समय धूमपान गर्ने व्यक्तिमा देखापर्ने गर्छ । त्यसैगरी, आस्थमा र एलर्जीका कारणले हुने दम कम उमेरका व्यक्तिमा हुने गर्छ । यस्तो दम कम उमेरका बालबालिकामा बढी हुने गर्छ, तर उमेर ढल्केकाहरूमा पनि यो दम हुन नसक्नेचाहिँ होइन ।

मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।

त्यसका साथै अन्य छातीसम्बन्धी रोगहरू, जस्तै, इन्डिस्ट्रिसिन लङ डिजिजका कारण पनि स्याँ–स्याँ हुने गर्छ । छातीमा विभिन्नप्रकारका संक्रमण भएर, जस्तै, टिभीका रोगीमा पनि स्याँ–स्याँ बढ्ने भएकाले त्यसलाई पनि दम भएको भन्ने गरिन्छ ।
सामान्य भाषामा स्याँ–स्याँ गराउने प्रक्रियालाई दमका रूपमा बुभm्नुपर्ने हुन्छ । यस्तो स्याँ–स्याँ गराउने कारण भने विभिन्न हुन सक्छन् । केही दीर्घकालीन रोग छन् भने केही छोटो समयमा आउने रोग छन् । निश्चित उमेर समूहका मानिसमा निश्चित प्रकारको दम पाइने गरेको छ । उदाहरणका लागि सिओपिडी दम ६० वर्ष उमेर कटेका मानिसमा लाग्ने गर्छ ।

कसरी थाहा पाउने दम भएको ?
मानिसले दैनिक रूपमा गर्दै आएको क्रियाकलापमा असहजता तथा कठिनाइ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ । हिँड्दा तथा उकालो चढ्दा स्याँ–स्याँ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ ।
दम लागेको व्यक्तिलाई पटक–पटक खोकी लागिरहने हुन्छ । सुरुवातको समयमा जुनसुकै दममा पनि परिश्रम बढी पर्ने काम गर्दा मात्रै स्याँ–स्याँ भएको महसुस हुन्छ । बिस्तारै सामान्य काममा पनि स्याँ–स्याँ महसुस हुँदै जान्छ । दम एकदमै अन्तिम अवस्थामा गएमा बस्दाबस्दै पनि स्याँ–स्याँ महसुस हुने गर्छ । यस्ता लक्षण देखापरेमा दमरोग विशेषज्ञकोमा गई विभिन्न जाँच गराउनुपर्ने हुन्छ ।
दमका दीर्घरोगीलाई चिसो समयमा भाइरललगायत अन्य संक्रमण बढी हुन सक्ने तथा चिसोयाममा हावामा प्रदूषणको मात्रा बढी हुने र चिसो हावाले एलर्जीलाई बढाउने भएकाले चिसो समयमा दमका रोगीको संख्या बढ्ने गर्छ । त्यसका कारण चिसो समयमा दमका रोगी र रोगीका हेरचाहकर्ताले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ ।

उपचारविधि
मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।
केही दमको उपचारमा भने इनेलर प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । श्वास फेर्ने नलीमा रोकावट धेरै नभएको दममा यस्तो प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । त्यस्ता दमका रोगीलाई विभिन्न प्रकारका ट्याब्लेट औषधिमार्फत उपचार गराउनुपर्ने हुन्छ ।
उपचारपश्चात् दमलाई पूर्ण रूपमा निको पार्न सकिन्छ या सकिँदैन भन्ने कुरा दमको प्रकारमा निर्भर रहन्छ । जस्तै, सिओपिडी दम धेरै नै भएको छ भने त्यस्ता बिरामीले इनेलरको प्रयोग जीवनभर गर्नुपर्ने पनि हुन सक्छ । दम सुरु भएको लामो समयसम्म उपचार नगराउनेले पनि जीवनभरि नै उपचार गराउनुपर्ने हुन्छ ।
दम लागेको सुरुवातको समय छ भने उपचारका क्रममा आउँदा इनेलर प्रविधिको प्रयोगबाट केही समयमा निको हुन सक्छ । बिस्तारै घटाउँदै लगेर पछि त्यसको प्रयोग नगरे पनि हुन सक्ने अवस्था आउन सक्छ । तर, चिकित्सकको सल्लाहविना इनेलरको प्रयोग रोक्न भने हुँदैन । यस्तो गरेमा दम बल्झिने पनि हुन सक्छ । यसले फोक्सोमा विभिन्न प्रकारका दीर्घकालीन प्रभाव हुन सक्छ ।

के छ अवस्था ?
दम महिला वा पुरुष दुवैमा हुन सक्छ । अस्पतालमा उपचारका क्रममा आएका पुरुषमा दमरोग बढी पाइए पनि महिलामा पनि दम उत्तिकै रहेको आकलन छ । महिलाहरू उपचारका लागि थोरै मात्रै आउने गरेकाले पनि पुरुषमा दमको समस्या बढी देखिएको हुन सक्छ ।
गाउँघरमा धुवाँरहित चुल्होको प्रयोग नहुनुले पनि दम निम्त्याएको छ । अझै पनि गाउँ–गाउँमा महिलाको स्वास्थ्य क्षेत्रमा पहुँच नहुनाले पनि महिलामा दम कम भएजस्तो लागेको मात्रै हो ।
आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ । महिलाले पुरुषको तुलनामा शारीरिक रूपमा परिश्रम पर्ने काम धेरै गर्नुपर्ने नभएका कारण पनि यस्तो प्रकारको दमको जोखिम महिलामा बढी हुने गरेको हो । औषधिको प्रयोग गर्न डराउने भएका कारणले पनि दिनानुदिन दमका रोगी बढ्दै गएका हुन् ।

कसरी बच्ने ?
– धूमपान तथा मद्यपान नगर्ने ।
– वायु प्रदूषणबाट बच्न धुवाँ–धुलोमा जाँदा माक्र्सको प्रयोग गर्ने ।
– गाउँघरमा धुवाँरहित चुल्होको प्रयोगलाई बढावा दिने ।
– सकेसम्म चिसोबाट बच्ने ।
– कलकारखानामा काम गर्ने मानिसले राम्रोखालको माक्र्सको प्रयोग गर्ने ।
– विभिन्न प्रकारका रसायनसँग नजिक हुनुपर्ने मानिसले सुरक्षाका उपायहरू अपनाउने ।

(हेल्थपोस्टकी लक्ष्मी चौलागाईंसँगको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै