कसरी हुन्छ पिडिए ?

परिचय
मानव मुटुमा एओटा र पल्मोनरी गरी दुईवटा ठूला नली हुन्छन् । पल्मोनरी नलीमा शरीरमा काम नलाग्ने रगत जम्मा भएको हुन्छ । पल्मोनरी नलीमा फोहोर अर्थात् कार्बनडाइअक्साइड बढी भएको रगत बगेजस्तै एओटामा सफा रगत बग्छ । यी दुईबीचको कनेक्सनलाई पिडिए भनिन्छ ।
पिडिए भएमा फोहोर रगत जानेतर्फ सफा रगत जाने गर्छ । पिडिए आमाको पेटमा हुँदा चाहिने र बच्चा जन्मिएपछि बन्द हुनुपर्ने चिज हो । बच्चा जन्मिएपछि अक्सिजनका कारणले पिडिए बन्द हुन्छ । पिडिए दुईवटा ठूला नलीको बीचमा हुने एउटा कनेक्सन पनि हो । बच्चा जन्मिसकेपछि उक्त कनेक्सन बन्द हुनुपर्नेमा भएन भने त्यसलाई नै पिडिए भएको भनिन्छ ।

पिडिए भएमा फोहोर रगत जानेतर्फ सफा रगत जाने गर्छ । पिडिए आमाको पेटमा हुँदा चाहिने र बच्चा जन्मिएपछि बन्द हुनुपर्ने चिज हो ।

पिडिए भएको कसरी थाहा पाउने ?
बच्चालाई जन्मजात नै मुटुरोग लागेको थाहा पाउने २–३ वटा उपाय छन् ।
– बच्चाको छातीको देब्रे भागमा हात राख्दा एकप्रकारको असाधारण आवाज सुनिएमा पिडिए भएको आशंका गर्न सकिन्छ ।
– उमेरअनुसार बच्चाको तौल नबढेमा पिडिए भएको आशंका गर्न सकिन्छ ।
– बच्चालाई पटक–पटक रुघाखोकी लागेमा पिडिए भएको आशंका गर्न सकिन्छ ।
– जन्मजात मुटुरोग भएका बच्चाले आमाको दूध राम्रोसँग चुस्दैनन् । यसबाट पनि पिडिए भएको आशंका गर्न सकिन्छ ।

उपचार विधि
पिडिएको उपचार चिरेर वा नचिरी गरी २ प्रकारका पद्धति अपनाएर गर्न सकिन्छ ।
१. डिभाइस क्लोजरको सहायताले गरिने उपचार–
यो तार छिराएर पिडिएलाई बन्द गर्ने विधि हो । धेरै सानो उमेरमा यो विधि अपनाउन कठिन हुन्छ ।
२. ओपन शल्यक्रिया अर्थात् पिडिएलागेसन–
यसमा छातीपछाडिको देब्रे भागमा काटेर उक्त नलीलाई धागोले बाँधिन्छ ।
औषधि खाएर यो रोलाई निको बनाउन सकिँदैन । एकदमै कम बिरामीमा जन्मनेबित्तिकै एक–दुई दिनभित्रै इन्डोमेथासिन प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि पिडिए निको नभएमा कि डिभाइस क्लोजरको सहायताले उपचार गर्नुपर्ने हुन्छ, कि त ओपन शल्यक्रिया ।

पिडिए रोकथामका उपाय
जन्मजात हुने यो रोग अग्रजहरूमा भएको छ भने पछिल्ला सन्ततीहरूमा सर्ने (वंशानुगत) रोग हो । यसको रोकथामको कुनै उपाय छैन । रोगको पहिचान भएपछि जतिसक्दो छिटो यसको उपचारमा जानुपर्ने हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मुटुरोगको उपचार विदेशमा भन्दा कैयौँ गुना कम खर्चमा नेपालमै उपलब्ध छ

नेपालमा मुटुरोगको अवस्था कस्तो छ ?
नेपालको कुल जनसंख्याको १० प्रतिशतमा मुटुको समस्या पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १ प्रतिशत मानिसमा जन्मजात मुटुरोग लाग्ने गरेको हो । नेपालमा गरिएको विभिन्न अनुसन्धानबाट पनि यो तथ्य पुष्टि भएको छ । मुटुरोगीको संख्या जिल्ला विशेषमा फरक छन् ।

विदेशमा मुटुरोगको अवस्था कस्तो छ ?
संसारभरि वार्षिक २ करोड मानिसको मृत्युको कारण मुटुरोग बनेको छ । विकासोन्मुख देशका ३० प्रतिशत मानिस मुटुरोगका कारण मर्ने गरेका छन् । संसारमा रोगका कारण हुने कुल मृत्युमध्ये मुटुरोगका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्छ भने दोस्रोमा क्यान्सर पर्छ ।

मुटुरोग कुन उमेर समूहका मानिसमा बढी लाग्ने गर्छ ?
करिब १ प्रतिशत मानिसमा जन्मजात नै मुटुरोग लाग्ने गर्छ । वयष्कहरूमा हुने मुटुरोगको भने विभिन्न भागमा विभाजन रहेको पाइन्छ । अहिलेको अवस्थामा मुटुरोगमा पनि बाथज्वरो पहिलो समस्याका रूपमा देखापरेको छ । दोस्रो समस्याका रूपमा जन्मजात देखापर्ने मुटुरोग छ । तेस्रो, क्रोनरी हार्ट डिजिज, जसमा मुटुको नली बन्द हुने र पछि गएर मुटुको शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँछ । त्यसबाहेक पनि अन्य मुटुरोगहरूमा मुटुको मांसपेशीको रोग, उच्च रक्तचापलगायत मुटुका रोगहरू छन् । समग्रमा भन्नुपर्दा उच्च रक्तचाप मुटुको रोग नभए पनि यसलाई क्यार्डियोभास्कुलर डिजिज नै भनिने भएकाले यसलाई मुटुरोग नै मान्ने गरिएको छ । रक्तनलीको भित्री भागमा एकप्रकारको बोसो जम्मा भएपछि रक्तनली साँगुरो हुन्छ, जसका कारण मानिसमा रक्तचाप बढ्ने समस्या देखापर्ने गर्छ । उच्च रक्तचापले मुटु तथा रक्तनली दुवैमा प्रभाव पार्ने भएकाले नै यसलाई कार्डियोभास्कुलर डिजिज भनिएको हो ।

नेपालमा कति मुटुरोगीको शल्यक्रिया गर्नुपर्ने हुन्छ ?
करिब १० प्रतिशत मुटुरोगीमध्ये रक्तचापका बिरामीलाई सामान्य रूपमा औषधिको प्रयोग गर्दा रोग निको हुन सक्छ । सामान्यखालका मुटुरोग पनि औषधिको सेवनपश्चात् नै निको हुने गर्छन् । जन्मजात मुटुरोग लागेका मध्ये करिब ९५ प्रतिशत रोगीको अप्रेसन नै गर्नुपर्ने हुन्छ । वयष्कहरूमा भने यकिन तथ्यांक उपलब्ध छैन ।

३५ वर्षभन्दा बढी उमेरका महिलाले बच्चा जन्माएमा पनि त्यस्ता आमाबाट जन्मिएका बच्चामा कतिपय अवस्थामा मुटुरोग लाग्ने गरेको छ । गर्भावस्थामा धूमपान, मद्यपान तथा सुर्तीजन्यपदार्थको सेवन गरेमा पनि मुटुसम्बन्धी विभिन्न रोगहरू लाग्न सक्छन् ।

बच्चा जन्मँदै मुटुरोग के कारणले लाग्छ ?
यदि अघिल्लो पुस्तामा कसैलाई मुटुरोग लागेको छ भने पछिल्ला सन्ततीमा समेत (वंशानुगत कारणले) मुटुरोग लाग्ने गर्छ । यदि गर्भवती अवस्थामा पोषणयुक्त खानाको अभाव भएका पनि मुटुरोग लाग्ने गर्छ । कतिपय मुटुरोग रगतमा अक्सिजनको मात्रामा कमी भएका पनि लाग्ने गर्छ । ३५ वर्षभन्दा बढी उमेरका महिलाले बच्चा जन्माएमा पनि त्यस्ता आमाबाट जन्मिएका बच्चामा कतिपय अवस्थामा मुटुरोग लाग्ने गरेको छ । गर्भावस्थामा धूमपान, मद्यपान तथा सुर्तीजन्यपदार्थको सेवन गरेमा पनि मुटुसम्बन्धी विभिन्न रोगहरू लाग्न सक्छन् । गर्भावस्थामा आमाले कडाखालका रोग लागेर विभिन्न प्रकारका औषधिको प्रयोग गरेमा पनि बच्चामा जन्मजात मुटुरोग लाग्ने गर्छ ।

मानिसको जीवनशैलीका कारण मुटुरोग लाग्ने सम्भावना कति हुन्छ ?
जीवनशैलीका कारण लाग्ने मुटुरोगमा उच्च रक्तचाप एक हो । बढी मात्रामा चिल्लो तथा बोसो भएको खानेकुरा खानाले उच्च रक्तचाप हुने गर्छ । बढी मात्रामा कार्बाेहाइड्रेटयुक्त खानेकुराहरू खानाले पनि मुटुरोगको जोखिम बढ्ने गरेको पाइन्छ । यदि मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा पनि मुटुरोग लाग्ने गर्छ । उच्च रक्तचाप तथा मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा मुटुरोगको जोखिम बढ्छ । शारीरिक व्यायामको कमी, धूमपान, मद्यपानलगायत कारण पनि मुटुरोग लाग्ने गर्छ । बढी तनावपूर्ण जीवनशैलीका कारण पनि मुटुरोग लाग्ने सम्भावना बढ्छ ।

पछिल्लो समय मुटुरोग बढ्नुका कारणहरू के–के होलान् ?
पछिल्लो १० वर्षमा मुटुरोगीको संख्या दोब्बर नै भएको छ । सहरी क्षेत्रका मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण वर्तमान समयमा ग्रामीणभन्दा सहरी क्षेत्रमा मुटुरोगीको संख्या बढी देखिएको छ । कतिपयमा जन्मजात नै मुटुरोग हुने भएकाले पनि पछिल्लो समय मुटुरोगीको संख्या बढेको हो । हाम्रो अस्पतालमा भने दैनिक रूपमा ओपिडीमा २ सयको संख्यामा मुटुरोगी उपचारका लागि आउने गरेका छन् भने वार्षिक रूपमा यो अस्पतालले करिब ७ सय मुटुरोगीको शल्यक्रिया गर्ने गरेको छ । हाम्रोमा दैनिक शल्यक्रिया हुँदैन । एक दिन ओपिडी जाँच हुन्छ भने एक दिन शल्यक्रिया हुन्छ ।

नेपालमा कस्ता प्रकृतिका मुटुरोगी बढी भेटिने गरेका छन् र तिनको उपचारको अवस्था कस्तो छ ?
नेपालमा कुल जनसंख्याको करिब १० देखि १५ प्रतिशत मुटुरोगी छन् । तीमध्ये सबैभन्दा बढी बाथ ज्वरोका कारण हुने मुटुरोगका बिरामी छन् । त्यसपछि जन्मजात मुटुरोगीको संख्या दोस्रो स्थानमा छ । हृदयाघात गराउने मुटुरोगीको संख्या तेस्रो स्थानमा छ भने मांसपेशीसम्बन्धी मुटुरोगी पनि नेपालमा उल्लेख्य छन् । विश्वमा जेजस्ता मुटुरोग पहिचान भएका छन्, ती सबै नेपालमा पनि देखापरेका छन् । सम्पूर्ण मुटुरोगको उपचार काठमाडौंमा मात्रै उपलब्ध हुने गरेको वर्तमान अवस्थामा ती सुविधाहरू उपत्यकाबाहिर पनि पु¥याउनु आवश्यक छ । काठमाडौंबाहेक धरानमा पनि मुटुरोगको उपचार भने हुने गरेको छ ।
मुटुको सबैभन्दा बढी शल्यक्रिया गंगालाल अस्पतालमा हुने गरेको छ । त्यसपछि शल्यक्रिया गर्नेमा हाम्रो संस्था दोस्रोमा पर्छ । हरेक प्रदेशमा एक मुटुरोग उपचार केन्द्र खोल्नु आवश्यक देखिन्छ । नेपालमा सबैखालका मुटुरोगको उपचार उपलब्ध छ ।

मुटुरोगमा नेपालका अस्पतालले प्रदान गर्ने उपचार सेवा कत्तिको गुणस्तरीय पाउनुहुन्छ ?
नेपालका अस्पतालहरूले मुटुरोगमा प्रदान गर्ने सुविधा निकै नै गुणस्तरीय छ । यहाँ मुटुरोगसम्बन्धी सम्पूर्ण उपचार उपलब्ध छन् । विदेश गएर प्रशस्त पैसा खर्चिएमा मात्रै उपचारमा गुणस्तरीयता पाइन्छ भन्ने सोचाइ एकदमै गलत हो । नेपालमै हामीले गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौँ । विदेशमा २०–२५ हजार डलर पर्ने सेवा नेपालमा ४–५ हजार डलरमै पाउन सकिन्छ । त्यसबाहेक मुटुको प्वाल टाल्ने प्रविधि, मुटुको भल्ब फेर्ने प्रविधि पनि नेपालमा विदेशमा जस्तै गुणस्तरीय छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यसरी जोगियो आमाबच्चाकै ज्यान

बिहीबार बिहान सधैँजस्तै म आठ बजेतिर अस्पताल आइपुगिसकेको थिएँ । आकस्मिक कक्षामा एउटा जटिल ‘केस’ आएको छ भनेर मलाई फोन आयो । म हत्तपत्त आकस्मिक कक्षामा पुगेँ । एकजना गर्भवती महिला थिइन् । काजजात हेरेँ, रामेछाप सुनपातीकी २४ वर्षे प्रमिला आचार्य । छाती सहनै नसक्ने गरी दुःख्न थालेपछि १ घण्टाअघि मात्र अस्पताल भर्ना गरिएको थियो ।

हामीले फटाफट रिपोर्ट हेर्यौँ । केस जटिल थियो । मैले मुटुरोग विशेषज्ञका रूपमा काम गरेको १३ वर्षको करिअरमा यस्तो केस आएको थिएन । मनमोहन सेन्टरमा पनि यस्तो केस पहिलो थियो ।  नर्मल रक्तचाप १२०/८० हुनुपर्छ, तर २००/१२० थियो । मुटुको इको गरेर हेर्दा एओर्टा भनिने धमनी फुट्नै लागेको थियो । यस्तो समस्या जन्मजात पनि भएको हुन सक्छ र रक्तचाप बढेका कारणले पनि आइपरेको हुन सक्छ । शल्यक्रिया गर्न जति ढिलो गर्यो, उति नै ज्यानको जोखिम थियो । बरु वेलैमा शल्यक्रिया गरे बच्ने सम्भावना हुन्छ, रिस्क लिनुपर्छ भन्ने निर्णयमा पुग्यौँ, ‘चान्स लिनुपर्छ’ ।

हामीले बिरामीका आफन्तलाई बोलायौँ । सबै कुरा बुझायौँ र सबै जोखिमबारे बतायौँ । ‘यस्तो अवस्थामा आमाबच्चा दुवैको ज्यान जान पनि सक्छ, दुईमध्ये एकलाई मात्रै बचाउन पनि सकिन्छ । तपाईंहरू भन्नुहुन्छ भने हामी चिकित्सकको धर्म नै अधिकतम प्रयत्न गर्नु हो’ भन्यौँ । यो त मृत्युको मुखबाट फर्काउने प्रयास थियो । परिवारले स्वीकृति दिएपछि बिरामी फटाफट शल्यकक्षमा लगियो । तत्कालै शिक्षण अस्पतालको प्रसूतिरोग विभाग र बालरोग विभागमा त्यसको जानकारी गराइयो र सहयोग मागियो । तत्कालै उताबाट पनि टिम आइपुग्यो ।

सुरुमा सबैजना बसेर यसका चुनौती र त्यसलाई ट्याकल गर्ने तरिकाबारे छलफल भयो । मैले जोखिम र त्यसको व्यवस्थापनका लागि एउटा मुटुरोग विशेषज्ञका रूपमा लिने चरणहरू बताएँ । सुरुमा पेट चिरेर बच्चा निकाल्नु थियो ।
मुटुको नसा फुट्न लागेको अवस्थामा तत्काल रगत पातलो बनाउने औषधि दिनुपथ्र्यो । सँगै शल्यक्रिया गरिरहँदा फेरि बढी रक्तस्राव भएर रोक्न नसकिएर ज्यान पनि जान सक्छ । यो काम निकै ‘ट्रिकी’ हुन्छ । हामीले पहिला पेट खोलेर बच्चा निकाल्यौँ । बच्चाको मुटुको धड्कन थियो, श्वासप्रश्वास थिएन । तत्काल भेन्टिलेटरमा राखियो । केही घण्टापछि नै बच्चाको श्वासप्रश्वास सुरु भइहाल्यो ।

बच्चा निकालेपछि पेट खुल्लै राखेर छाति खोलेर मुटुको शल्यक्रिया थाल्यौँ । मुटुको नसाको शल्यक्रियापछि बल्ल हामीले बिस्तारै रगत पातलो बनाउने औषधिका लागि एन्टिडोज अर्थात् रगत बाक्लो पार्ने औषधि दिन सुरु गर्याैँ । त्यसको प्रभाव देखिन थालेपछि बल्ल सँगै पेट र छाती बन्द गरिदियौँ र महिलालाई लगेर भेन्टिलेटरमा हाल्यौँ । १७-१८ घण्टापछि उनको होस् आयो । हामीलाई ढुक्क भयो ।

यति जटिल र दुर्लभ शल्यक्रिया सफल भएकोमा त्यसको खुसी त बिरामीको आफन्तको अनुहारमा हेर्नुपर्छ । अहिले नेपाली समाजमा चिकित्सकप्रति एकप्रकारको नकारात्मकता बढी छ । तर, चिकित्सकले एउटा बिरामीको ज्यान बचाउन कति रिस्क लिनुपर्छ भन्ने कुरामा ध्यानै पुर्याइन्न । चिकित्सकले बिरामी बचाउँदिनँ भनेर कसरी सोच्न सक्छ? बिरामीले पनि चिकित्सकप्रतिको विश्वास कायम राख्नुपर्छ ।

यस्तो शल्यक्रियामा सम्पूर्ण टिमको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो सेन्टरमा प्रसूति, बालरोगको ब्याकअप पनि थियो र न यो सबै सफलता मिल्यो । शल्यक्रियामा कार्डियो सर्जरीतर्फबाट मसहित डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी संलग्न थियौँ । डा. विश्वास प्रधान, डा. विभूष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङले एनेस्थेसिया टिम सम्हाल्नुभएको थियो ।

स्त्रीरोगतर्फ त्रिवि शिक्षण अस्पतालबाट डा. ज्योति शर्मा, डा. बेखालक्ष्मी मानन्धर, डा. सुनीति रावल, डा. सुनीता वज्राचार्य र डा. सुभाना मास्के हुनुहुन्थ्यो । बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल र डा. कविता मानन्धर हुनुहुन्थ्यो । परफ्युजन टिममा महेन्द्र भट्ट, पूर्ण मोक्तान र रवीन्द्र शाह, नर्सिङ स्टाफहरूमा जया शर्मा, अर्चना गुरुङ, योजना रेग्मी, सरिता त्रिपाठी, लक्ष्मी योञ्जन, रुचि शाह र रबिना मानन्धर खटिएका थिए । टिम वर्कले आज एउटा दुर्लभ र जटिल शल्यक्रिया सफल भएको छ । एउटी महिलाले नयाँ जीवन पाएकी छिन्, एउटा नवजातले यो धर्तीको नयाँ यात्रा प्रारम्भ गरेको छ ।

मुटुरोग विशेषज्ञ, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लानट सेन्टर (कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै