के राज्य अभिभावक होइन?

चीनको उहानबाट फैलिएको नोबेल कोरोना भाइरसले अहिले विश्वभरि नै एक प्रकारको ‘त्रास–तरंग’ पैदा गरेको छ। अहिले पूरै चाइना लगभग ‘लक–डाउन’कै अवस्थामा छ। कोरोनाको ‘इपिसेन्टर’ उहान सहर त झन् पूरै सुनसान, सन्नाटा छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म ९ सय १० भन्दा बढी मानिसको मृत्यु भइसकेको अवस्था छ। ४० हजार ६ सय भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हज्जारौं मानिसलाई भाइरसले छोइसकेको अनुमान गरिएको छ।  उहान विश्वकै एउटा ठूलो सहर पनि हो। जहाँ चिनियाँमात्रै होइन, विश्वभरका मानिस पुगेका छन्। व्यापार गर्न होस् वा रोजगारका लागि वा पढ्नका लागि। संसारभरका मानिस उहानमा छन्।

तर कोरोनाको कहर यस्तो भइदियो कि, अहिले विश्वका सबै देशले आफ्ना नागरिक फर्काइसकेको स्थिति छ।  मल्टिनेशनल कम्पनीहरु बन्द गरिएका छन्। कर्मचारीहरुलाई लामो विदा दिइएको छ। व्यापार, व्यवसाय लगभग बन्द नै छन्।  र, नेपाली पनि त्यो सहरमा छन्। नेपाल, पाकिस्तानसहित केही देशले आफ्ना नागरिक उहानबाट अझैं झिकाएका छैनन्।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।नेपाली नागरिक उहानमै अड्किइरहेका छन्। यता अभिभावकको रोदन उस्तै छ। न राज्य यो विषयमा छरितो निर्णय लिइरहेको छ, न अभिभावकलाई आश्वस्त पार्न सकेको छ।  यस्तो अवस्थामा पनि चिनियाँ पर्यटकलाई राज्यले सजिलै भित्र्याइरहेको स्थिति छ। तर आफ्नै नागरिकलाई ल्याउनका लागि राज्यले यो ‘ल्याङ–ल्याङ’ पारा देखाइरहेको छ।

देशलाई परेको अवस्थामा कुनै पनि दैवीप्रकोप, स्वास्थ्य आकस्मिकताजस्तो समयमा साथ दिने र चाहिने चिकित्सा, इञ्जिनयरिङ जस्ता विद्यार्थीलाई सुरक्षित रुपले देश फर्काउन आलटाल गरिरहनु आफैंमा दुखद् विषय हो।  यद्यपि उहानमा अड्किइरहेका नेपालीलाई स्वदेश ल्याउने कि नल्याउने भन्ने विषयमा केही विवाद वा बहस नभएका होइनन्।

उनीहरुलाई यहाँ ल्याएर राख्ने ठाउँ राज्यले तय गरिसकेको छ। सरकारले व्यवस्था गरेका ती ठाउँहरुमा पनि चीनबाट आएका नेपाली राख्न दिन्नौं भन्ने खालका अभिव्यक्ति आइरहेका छन्। यो एउटा महामारी हो। त्यसमा हामी सबै सचेत हुन जरुरी छ। तर, मानवियतालाई भुलेर यो विपद्का बेला यस्ता अभिव्यक्ति दिनुहुन्न।

यो काममा हामी सबैको हातेमालोको जरुरी छ। चीन सरकारले त्यहाँ रहेका नेपालीलाई ‘तीन छाक खान दिइरहेकै छ नि!’ भन्ने सरकारी अभिव्यक्ति मानवीय संवेदनभित्रको एउटा ‘उपट्याङ’बाहेक केही हुन सक्दैन।  एकछिन त्यो ठाउँमा आफैंलाई राखेर हेरौं न। कोठाभित्र थुनिएर क्षण क्षणमा आइरहेका लासका समाचार हेरिरहेका, सँगै भएर पनि टाढाजस्तो भएर एक्लै पिरोलिइरहेका नेपाली।  सुनसान सडकमा ‘कोरोना भाइरस’ बोकेर पलपल कुदिरहेका एम्बुलेन्सको साइरनले त्यो भयभित मनलाई कति झस्काउँदो होला?

हरेक नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व हुन आउँछ।  त्यसमा पनि अभिभावकलाई आश्वस्त पार्न राज्यले सकिरहेका छैन।
चीनले नेपालका नागरिकलाई केही भएको छैन, उनीहरु सुरक्षित छन् भनेर नेपाल सरकारलाई आश्वस्त पारेपनि आफन्तको मन न हो, त्यो मान्दैन।

त्यसमा पनि संक्रमण दिन का दिन तीव्र गतिमा फैलिइरहेको छ। मृत्यु दर क्षण क्षणमा बढिरहेको छ।  अनि सँगै विदेशी नागरिको मृत्यु क्रम पनि सुरु भइसकेको छ। केही दिनअघि कोरोना संक्रमणले उहानमै एकजना अमेरिकी र जापानी नागरिको मृत्यु भइसकेको खबर सेलाएको छैन।

कसरी व्यवस्थापन गर्ने?

– राज्यले ‘डिप्लोम्याटिक च्यानल’ आफ्ना नागरिक सुरक्षित ल्याउने व्यवस्था मिलाउने।
– ‘क्वारेन्टटाइन’का लागि नेपाल चिकित्सक संघजस्ता संघ संस्थाहरुसँग मिलेर प्रभावकारी ‘हेल्थ डेस्क’ बनाउने।
– आइसोलेसनका लागि भुकम्पपछि निर्माण भएका र, अझैं प्रयोगमा आइसकेका अस्थायी आवास, पर्यटक नभएर खालि भएका होटलहरु भाडमा लिएर व्यवस्थापन गर्ने।
– नियमित चेकजाँच तथा उपचारका लागि सरकारी ठूला अस्पतालहरु जस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, टिचिङ, पाटन तथा अन्य मेडिकल कलेजसँग पनि समन्वय गर्न सकिन्छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सबैभन्दा बढी मत ल्याउने उपाध्यक्ष डा. अनिल कार्की

नेपाल चिकित्सक संघको जारी मतगणनामा हालसम्म १५ सय ११ मतको परिणाम बाहिर आएको छ । १५ सय ११ मतगणना हुँदा सबैभन्दा बढी मत उपाध्यक्ष उम्मेदवार डा. अनिल कार्कीले १०५६ ल्याएका छन् । कार्कीका प्रतिद्वन्द्वी डा. रञ्जितकुमार झाले ४०२ ल्याएका छन् ।
डा. कार्की लोकतान्त्रिक समूहका उम्मेदवार हुन् भने डा.झा समावेशी पेशागत समूहका हुन् ।

पुरा मत हेर्नुहोस् :

अध्यक्ष
१. डा. लोचन कार्की – ९३३
२. डा. पुष्पमणि खराल- ५६२

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ- ५६२
डा. शिवप्रसाद श्रेष्ठ – ८८१

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की- १०५६
डा. रञ्जितकुमार झा- ४०२
महासचिव
डा. अजय कुमार मिश्र -१२९
डा. बद्री रिजाल-६०३
डा. दीपेन्द्र पाण्डे- २८१
डा. मधुर बस्नेत – ४६५
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी- ८३७
डा. सञ्जितकुमार साह- ५८९
सहसचिब
डा. निरजकुमार सिंह-९१५
डा. सैलेन्द्र झा- ४७५

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी-९७१
डा. उदयनारायण सिंह- ४७१

सदस्यहरु
१. अमित चतुर्वेदी- ३९६
२. डा. विक्रान्त ढकाल-६२३
३. डा. विपेश आचार्य -७२१
४. डा. दीपकप्रसाद कोइराला- ५६०
५. डा. जगदिशचन्द्र विष्ट- ४३४
६. डा. लिजन महर्जन- ७१५
७. डा. नन्दकुमारी गुरुङ-८४६
८. डा. प्रमोद जोशी- ६६८
९. डा. प्रवीणकुमार गिरी- १५१
१०. डा. राकेश कुमार साह- ४८८
११. डा. रितेश थापा- ७८२
१२. डा. सञ्जिव तिवारी- ६७७
१३. डा. सुमान काफ्ले-६५०
१४. डा. त्रिभुवन चन्द्र झा- ३६०

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सक संघको निर्वाचन र भावी नेतृत्वको सन्दर्भ

नेपाल चिकित्सक संघ वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलनको वेलादेखि बनेको स्वतन्त्र चिकित्सकहरूको साझा संगठन हो । देशको पहिलो व्यावसायिक संगठनका रूपमा यसको गठन सायद प्रजातान्त्रिक आन्दोलनमा टेवा दिनुपर्छ भन्ने हिसाबले विराटनगरबाट भएको थियो । आज स्थापनाको झन्डै ७० वर्ष पुग्दा हामी २८औँ कार्यकारणी समिति चयनका लागि निर्वाचनको माहोलमा छौँ ।

निर्वाचनको पेरिफेरीमा चुनावी मैदानमा उत्रिएका चिकित्सक साथीभाइले संघ इतिहासदेखि आजसम्म कसरी अगाडि बढ्यो भन्ने प्रस्ट्याउनु जरुरी छ । चुनावी कार्यक्रममा केन्द्रित भएर देशभर घुम्दा चिकित्सक साथीभाइले नै नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघमा फरक भन्ने नबुझेको महसुस भयो । यो गरिमामय संगठन स्थापनाकालदेखि नै देशको प्रजातान्त्रिक आन्दोलनदेखि नागरिकको हक–अधिकारका लागि र चिकित्सकको पेसागत हकहितका लागि निरन्तर लडेको संस्था हो । हाम्रा अग्रजले यो संस्थालाई गरिमामय अवस्थामा पुर्याएर नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुभएको छ । हामीले आफू कार्यसमितिमा आइरहँदा पनि यसलाई निरन्तरता दिने प्रयास गरेका छौँ ।

विगतका कार्यसमितिमा बसिरहँदा हामीले मूलभूत रूपमा चिकित्सकको हकहितका धेरै मुद्दामा लडेका छौँ । राजनीतिक धार, आस्था, विश्वासलाई नहेरीकन चिकित्सकका सबैखाले समस्यालाई आफ्नै समस्या मानेर जनसुकै सरकार होस्, प्रतिरोधमा उत्रिएकै छौँ । उदाहरणका लागि चरीकोटमा चिकित्सकमाथि भएको सांकेतिक हमला होस् वा मुलुकी ऐनमा चिकित्सा पेसालाई नै धरासायी बनाउने गरी कुनै बिरामीको मृत्यु भएमा उपचारमा संलग्न चिकित्सले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थाविरुद्ध होस्, या त नेपाल सरकारका प्रवक्ताले चिकित्सकविरुद्ध दिएको अभिव्यक्तिका विरुद्ध होस् हामीले निरन्तर सार्थक आवाज उठाउँदै आएका छौँ । हालसालै पनि वर्तमान कार्यसमितिले चितवन मेडिकल कलेजमा भएको तोडफोडलगायत घटनाको जोडदार विरोध गर्दै आएका हौँ । यस्ता विषयमा हामीले कहिल्यै राजनीतिक अस्था हेरेका छैनौँ ।

नेपाल चिकित्सक संघको विगतलाई हेर्दा यसले सामाजिक संस्थाको सञ्जालको नेतृत्व गरेको, मुलुकका ठूला–ठूला राजनीतिक परिवर्तनको हिस्सा बन्दै आएको छ भने आज पनि नागरिक हक–अधिकारका लागि त्यत्तिकै कटीबद्ध भएर उभिएको छ । आमनागरिकले स्वास्थ्यसेवा लिँदा ५ प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने जुन व्यवस्था थियो, हाम्रो कार्यकालमा संघले गरेको आन्दोलनका कारण आमजनताले त्यसबाट मुक्ति पाएका छन् ।

यी सबै विषय उठाइरहँदा युवा पुस्ताले किन नेपाल चिकित्सक संघको सदस्य बन्ने, किन भोट गर्ने भन्ने प्रश्न जायज हो । संघको सदस्याताको क्रम हेर्ने हो भने ३ वर्षको कार्यकालमा ५ हजारको हाराहारीमा सदस्यता बढेको छ । सदस्यता वृद्धि भइरहँदा हामीले यस्तो चिकित्सक साथीलाई नेतृत्व दिनुपर्यो जोसँग अनुभव, जोस, जाँगर होस् र स्वास्थ्यमा आएका नयाँ–नयाँ समस्यासँग जुझ्न सक्ने क्षमता होस् ।

संघले प्राकृतिक प्रकोपको समयमा पनि आफ्नो तर्फबाट हुन सक्नेजति सहयोग पुर्याउँदै आएको छ । भुइँचालो समयमा होस् या बाढीपहिरोको, संघले मानव सेवामा गर्नुपर्ने काम निरन्तर गरिरहेकै छ । प्रत्येक वर्ष २० फागुनमा देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा वृद्धाश्रममा औषधि, फलफूललगायत वितरणको काम गरिरहेका छौँ । संघको नेतृत्वमा देशका दूरदराजमा स्वास्थ्य शिविर भएका छन् । स्वास्थ्य शिक्षाको हकमा डा. गोविन्द केसीले उठाउनुभएका जायज मागमा सधैँ साथ र समर्थन दिँदै आएका छौँ र आगमी दिनमा पनि दिइरहनेछौँ ।

यी सबै विषय उठाइरहँदा युवा पुस्ताले किन नेपाल चिकित्सक संघको सदस्य बन्ने, किन भोट गर्ने भन्ने प्रश्न जायज हो । संघको सदस्याताको क्रम हेर्ने हो भने ३ वर्षको कार्यकालमा ५ हजारको हाराहारीमा सदस्यता बढेको छ । सदस्यता वृद्धि भइरहँदा हामीले यस्तो चिकित्सक साथीलाई नेतृत्व दिनुपर्यो जोसँग अनुभव, जोस, जाँगर होस् र स्वास्थ्यमा आएका नयाँ–नयाँ समस्यासँग जुझ्न सक्ने क्षमता होस् । किनभने, एकातिर नागरिक स्वास्थ्यको अधिकारको कुरा आउँछ जुन संविधानले नै आधारभूत अधिकारका रूपमा प्रदान गरेको छ ।

अर्कोतिर स्वास्थ्य सेवा दिने चिकित्सक, स्वास्थ्यकर्मीका सुविधा, सुरक्षाका कुरा आउँछन् । यही सन्दर्भमा हिजो हामीले सरकारसँग सम्झौता गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको सुविधा वैज्ञानिक ढंगले बढाउन स्वास्थ्य मन्त्रालयको माध्यमबाट प्रतिवेदन पुर्याइसकेका छौँ, यी उपलब्धीलाई निष्कर्षमा पुर्याउन पनि हामी फेरी मैदानमा छौ ।

युवा चिकित्सकका निम्ति संघले एकेडेमिकल्ली भूमिका खेल्नुपर्छ भन्ने महसुुस गरेर हामीले अघिल्लो कार्यकालमा उनीहरूलाई जनरल तालिम दिएका छौँ । अबको कार्यकालमा संघको भवनमा ई–लाइब्रेरी राख्ने अवधारणा अघि सारेका छौँ । डा. लोचन कार्कीको टिमको स्वरूपलाई हेर्ने हो भने पुरानो कार्यसमितिका अनुभवी साथीहरूसँगै नयाँ अनुहारमा प्राध्यापकसम्म हुनुभएका सिनियरदेखि एमडी सकेका युवा चिकित्सक पनि छौँ । चिकित्सक संघलाई यस्तो नेतृत्व किन जरुरी छ, अनुहारमा परिवर्तनले समस्या परिवर्तन हुने होइन भन्ने पर्न सक्छ । तर, अनुभवले समस्याको सहजीकरण गर्छ भन्ने कुरा चिकित्सकले मनैदेखि बुझ्नु जरुरी छ । यो भनिरहँदा नयाँ अनुहारले जादुको छडी लिएर समस्या समधान गर्ने होइन । अनुभवले सहजीकरणचाहिँ हुन्छ ।

चुनावको मुखमा राजनीतिक विभाजन हुनु एउटा कुरा होला, तर चुनावपछि राजनीति र नजिक–टाढा नहेरीकन काम गरेको खण्डमा चिकित्सकको समस्या हल हुन्छ जस्तो लाग्छ ।

(डा. कार्की, नेपाल चिकित्सक संघ, उपाध्यक्षका उम्मेदवार)

प्रस्तुति : पुष्पराज चौलागाईं

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै