दीर्घकालीन नसर्ने रोगको अग्रपंक्तिमा दम, दोस्रो मधुमेह

सरुवारोग, पोषणविमुखताको स्थिति र मातृ तथा शिशु अवस्थामा हुने मृत्युलाई पछि पार्दै मृत्युको मुख्य कारकका रूपमा अग्रपंक्तिमा दीर्घकालीन रोग दम देखापरेको सरकारी अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा यस्तो नतिजा देखिएको हो ।
दीर्घकालीन नसर्ने रोगहरू विशेषगरी न्यून तथा मध्यम आय भएका राष्ट्रहरूमा रोग र मृत्युको मुख्य कारकतत्वका रूपमा रहेको काउन्सिलका अधिकृत डा. मेघनाथ धिमालले बताए ।

अनुसन्धान परिषद्ले २० वर्ष र सोभन्दा माथि उमेरका १३ हजार २ सय व्यक्तिमा सर्वेक्षण गरेको थियो । नेपालका ७२ जिल्लाका ४ सय क्लस्टरमा सन् २०१६ देखि २०१८ सम्म विभिन्नस्तरमा अनुसन्धान गरिएको हो । अनुसन्धानबाट ११ दशमलव ७ प्रतिशत नेपालीमा दमरोग भएको पाइएको छ । त्यसैगरी ८ दशमलव ६ प्रतिशतमा मधुमेह, ६ प्रतिशतमा दीर्घकालीन मिर्गौलारोग र २ दशमलव ९ प्रतिशतमा मुटुरोगको समस्या रहेको पाइएको छ ।
धेरैजसो व्यावहारिक र जैविक जोखिमका तत्वहरू, जस्तै, सुर्तीसेवन, मादकपदार्थको सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी देखिएको परिषद्का अधिकृत डा. धिमालले जानकारी दिए ।

पहिलो चरणको तथ्यांक संकलन सकिएको ३ महिनापश्चात् दीर्घकालीन मिर्गौलारोगी पत्ता लगाउन पुनः ती व्यक्तिहरूको अल्बुमिन र क्रियटिनिन अनुपात) ३० र सोभन्दामाथि छ भनी उनीहरूको रगत र पिसाबको नमुना संकलन गरी जाँच गरिएको अनुसन्धान परिषद्ले जनाएको छ ।

उक्त अनुसन्धान २ चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरण अथवा दिन १ मा छानिएका सहभागीसँग अन्तर्वार्ता लिइयो भने दोस्रो चरण अर्थात् दिन २ मा सहभागीको रगत र पिसाबको जाँचका साथसाथै मुटु र छातीको जाँच गरिएको थियो । पहिलो चरणको तथ्यांक संकलन सकिएको ३ महिनापश्चात् दीर्घकालीन मिर्गौलारोगी पत्ता लगाउन पुनः ती व्यक्तिहरूको अल्बुमिन र क्रियटिनिन अनुपात) ३० र सोभन्दामाथि छ भनी उनीहरूको रगत र पिसाबको नमुना संकलन गरी जाँच गरिएको अनुसन्धान परिषद्ले जनाएको छ ।

सन् २०१३ मा सम्पन्न एनसिडी रिक्स फ्याक्टर सर्वेले यी दीर्घकालीन रोगको रिक्स फ्याक्टर (जोखिमतत्व)सम्बन्धी समष्टिगत रूपमा तथ्य उपलब्ध गराए पनि अहिलेसम्म राष्ट्रियस्तरमा दीर्घरोगको भार कति छ भन्ने कुनै अनुसन्धान नभएको परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए ।
नेपालमा दीर्घकालीन नसर्ने रोगको भार बढी भएको तथा बढ्दो जोखिमतत्वहरूले यसको भार बढाइरहेको अवस्थामा उचित स्वास्थ्य प्रवद्र्घन र दीर्घकालीन रोग रोकथामसम्बन्धी कार्यक्रम आवश्यक भएको अनुसन्धानको निष्कर्ष छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै