मधुमेहले अन्धोपन : अन्धोपनको ५ प्रतिशत कारक डायबेटिक रेटिनोप्याथी

मधुमेह अर्थात् चिनीरोगलाई चिकित्सकीय भाषामा ‘डायबेटिज मेलाइटस’ भनिन्छ । शरीरमा कार्बाेहाइड्रेटको पाचनका लागि आवश्यक ‘इन्सुलिन’ नामक हर्माेनको पर्याप्त उत्पादन प्याङक्रियाज ग्रन्थिबाट नहुँदा वा उत्पादित इन्सुलिनको उपयोग हुन नसक्दा यो रोग लाग्ने गर्छ ।

डायबेटिज हुँदा प्रायः रगत र पिसाबमा चिनी अर्थात् ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने गर्छ । छिन–छिनमा पिसाब लाग्ने, प्यास बढी लाग्ने, धमिलो देखिने, चाँडै थाकान महसुस हुने, दुब्लाउँदै जानेलगायत लक्षण देखापरेमा चिनीरोग लागेको शंका गर्नुपर्ने हुन्छ । यस्ता लक्षण देखिएमा पिसाब तथा रगतको जाँच गराउनुपर्ने हुन्छ । जाँचका क्रममा पिसाब तथा रगतमा चिनीको मात्रा सामान्यभन्दा अधिक पाइएमा चिनीरोग लागेको थाहा हुन्छ । तर, कहिलेकाहीँ उल्लिखित कुनै पनि लक्षणविना नै चिनीरोग लागेका उदाहरणहरू पनि पाइन्छन् । यस्तो अवस्थामा रगत वा पिसाबको जाँच गरेपछि मात्र रोग पत्ता लाग्छ ।

खासगरी शारीरिक तौल बढी भएका तथा शारीरिक परिश्रम तथा कसरत कम गर्ने व्यक्तिहरू र एक्कासि चर्काे मानसिक तनावमा परेका व्यक्तिहरूलाई मधुमेहरोग बढी मात्रामा लाग्ने गरेको पाइन्छ । यो रोग वंशानुगत तथा केही संक्रमणका कारणले पनि लाग्ने गर्छ । कतिपय अवस्थामा जन्मँदै मधुमेह लाग्ने गरेको पाइए पनि उमेर बढ्दै जाँदा रोगको जोखिम बढ्दै जाने चिकित्सकहरूको भनाइ छ ।
मधुमेहरोगले रक्तसञ्चालन प्रणालीमा रक्तनलीहरूलाई प्रभावित गर्ने हुनाले प्रायः यसबाट शरीरका विभिन्न तन्तु वा भागहरू, खासगरी आँखा, मुटु, मिर्गौला र स्नायुप्रणालीमा समेत क्षति पुग्ने गर्छ ।

दृष्टिपर्दाको अति संवेदनशील भाग, जहाँ प्रकाश केन्द्रीकृत हुन्छ, यसलाई अंग्रेजीमा म्याकुला भनिन्छ, त्यो भाग र दृष्टिस्नायुको शिर सुन्निन गई बिग्रन पुग्छ र समयमा उचित उपचार नगराएमा दृष्टि नै गुम्न सक्ने खतरा हुन्छ ।

आँखामा मधुमेहको असर
मधुमेहका बिरामीलाई मोतियाविन्दु र जलविन्दु हुने सम्भावना बढी हुन्छ । मधुमेहरोगका कारण आँखाको प्राकृतिक लेन्सको पावरमा परिवर्तन आई धमिलो देखिने, चस्माको पावर छिटो–छिटो बदल्नुपर्ने, आँखाको भित्री नानी अर्थात् प्युपिलले प्रकाशसँग देखाउने प्रतिक्रियामा ह्रास आउने, आँखा अलि सुक्खा हुने, युभेआइटिस नामक जटिल प्रकृतिको रोग लाग्ने, आँखाको गेडीलाई चलाउने र नियन्त्रणमा राख्ने बाह्य मांसपेशीहरूमा पक्षाघात भई आँखा डेढो हुने तथा एउटै वस्तुलाई दुईवटा देखिने र आँखाको दृष्टिपर्दा र दृष्टिस्नायुलाई क्षति पु-याई दृष्टि गुम्नेसम्मका खतरा हुन सक्छन् । मधुमेहका कारण आँखामा उत्पन्न हुने थुप्रै समस्यामध्ये सबैभन्दा ठूलो समस्या आँखाको दृष्टिपर्दा अर्थात् रेटिनामा पर्ने नकारात्मक प्रभाव हो ।

मधुमेहरोगले पहिले शरीरका विभिन्न भागमा भएका मसिना रक्तनलीहरूलाई र पछि गएर ठूला रक्तनलीहरूलाई समेत क्षति पु-याउन सक्छ । यसैगरी, डायबेटिक रेटिनोप्याथी भएमा रेटिनामा भएका मसिना रक्तनलीहरू ठाउँ–ठाउँमा फुक्ने र फुट्ने भई रक्तस्राव हुने, दृष्टिपर्दामा रक्तप्रवाहमा कमी आउने भई अवाञ्छित नयाँ मसिना तर कमजोर रक्तनलीहरू उत्पन्न हुने र फुटेर रक्तस्राव हुने, पछि गएर दृष्टिपर्दा उप्किन सक्ने हुन्छ । दृष्टिपर्दाको अति संवेदनशील भाग, जहाँ प्रकाश केन्द्रीकृत हुन्छ, यसलाई अंग्रेजीमा म्याकुला भनिन्छ, त्यो भाग र दृष्टिस्नायुको शिर सुन्निन गई बिग्रन पुग्छ र समयमा उचित उपचार नगराएमा दृष्टि नै गुम्न सक्ने खतरा हुन्छ ।

प्रायः मधुमेह लागेका व्यक्तिलाई मधुमेह सुरु भएको ५ देखि १५ वर्षपछि आँखाको दृष्टिपर्दा प्रभावित हुन पुग्दछ । मधुमेहरोग लागेको व्यक्तिले आफ्नो रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नाले आँखामा चर्काे असर परी बढी नोक्सान हुने सम्भावनालाई भने कम गर्न सकिन्छ ।

विकसित मुलुकहरूमा डायबेटिक रेटिनोप्याथी अन्धोपनको एक प्रमुख कारणका रूपमा रहेको छ र हालका दिनहरूमा नेपाललगायत विकासशील देशहरूमा पनि यस रोगका कारण दृष्टिविहीन हुनेको संख्या निरन्तर बढ्दै गइरहेको छ । वर्तमान विश्वमा कुल अन्धोपनको झन्डै ५ प्रतिशत डायबेटिक रेटिनोप्याथीका कारण हुने गरेको छ ।

प्रायः मधुमेह लागेका व्यक्तिलाई मधुमेह सुरु भएको ५ देखि १५ वर्षपछि आँखाको दृष्टिपर्दा प्रभावित हुन पुग्दछ । मधुमेहरोग लागेको व्यक्तिले आफ्नो रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नाले आँखामा चर्काे असर परी बढी नोक्सान हुने सम्भावनालाई भने कम गर्न सकिन्छ ।

उमेर ढल्केपछि सुरु हुने मधुमेहले भन्दा बच्चैमा सुरु हुने मधुमेहले आँखालाई बढी नोक्सान पु-याउने गर्छ । यदि मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप पनि छ भने त्यस्ता व्यक्तिमा मधुमेहले पुर्याउने क्षतिको मात्रा बढी हुन्छ । त्यसैले यस्ता व्यक्तिले रक्तचापलाई पनि नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै