अस्पतालको ड्युटी अवधिमा निजी अभ्यास गर्ने सरकारी डाक्टरलाई कारबाही गर्छु : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभुक्त ढकालले सरकारी अस्पतालमा जागिर खाएर ड्युटी समयमा निजी क्लिनिकमा काम गर्ने डाक्टरलाई कारबाही गर्ने बताएका छन् । विश्व अपांगता दिवसको अवसरमा मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले अनियमितता संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई वेलैमा नसुध्रिए कारबाही गर्ने चेतावनी दिएका हुन् । मन्त्री यादवले स्वास्थ्य क्षेत्रका यस्ता बेथिति सबै हट्ने दाबीसमेत गरे ।

अस्पतालहरूको बेथिति अन्त्य गर्न तथा सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँग छलफल चलाएकोमा उनीहरूबाट १० : ०० देखि ५ : ०० बजेसम्मको ड्युटी परिपाटी हटाउन सुझाब आएको मन्त्री यादवले बताए । सरकारी अस्पतालमा जागिर खाएपछि ड्युटी अवधिभर सम्पूर्ण रूपमा अस्पतालमै सेवा दिनुपर्ने मन्त्री ढकालको भनाइ थियो ।  ‘सेवाको जिम्मा लिएर यस्ता काम गर्नेलाई अब कारबाही गरिन्छ,’ मन्त्री ढकालले भने, ‘सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिक चलाउने बेथितिको अब अन्त्य हुन्छ ।’

मन्त्री ढकालले बजारमा औषधि महँगो भएका कारण किन्न नसकेर बिरामी रोग बोक्न बाध्य भइरहेको आफूले सुनेको उल्लेख गर्दै अब त्यस्तो अवस्था नआउने दाबी गरे । ‘औषधोपचार सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्यसेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको छ,’ मन्त्री ढकालले भने ।

मन्त्री तथा कर्मचारीहरू सरकारी पैसामा विदेश भ्रमणमै रमाउने विद्यमान प्रवृत्तिप्रति पनि मन्त्री ढकाल असन्तुष्ट देखिए । विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गरेर र गोष्ठी गरेर सक्नेखालको परिपाटीलाई अब पूर्ण रूपमा नियन्त्रण गरिने दाबी उनको छ । मन्त्री ढकालले स्वास्थ्यको नेतृत्व सम्हालेको २ साता पनि पुगेको छैन । यस्तोमा उनको पर्फर्मेन्स भने हेर्न बाँकी नै छ । स्वास्थ्यका लागि नयाँ अनुहार भए पनि २ वर्षदेखि मन्त्रिमण्डलको महत्त्वपूर्ण सदस्य रहेर सरकार पुनर्गठनमा समेत जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको महत्त्वपूर्ण जिम्मेवारीमा ल्याइएका कारण मन्त्री ढकालबाट ठूलै आशा भने गरिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पुन दम्पतीको सहयोगले ४ डाक्टर

बुटवलका एक दम्पती अक्षयकोष स्थापना गरी आर्थिक अभावका कारण पढाइबाट टाढिने अवस्थामा पुगेका बालबालिकालाई सहयोग गर्नमा लागेका छन् । उनीहरूले सुरु गरेको शैक्षिक क्षेत्रको सामाजिक कामले सामाजिक काम गर्न मन पनि हुनुपर्छ भन्ने सन्देश दिएको छ । सँगसँगै उनीहरूको यो कामले परिवारका लागि मात्र धनसम्पत्ति बटुल्न मरिहत्ते गर्नेहरूका लागि सेवाभावको सन्देश दिएको छ ।

खेमराज पुन र ओमीकला पुन बुटवलको एक औषधि पसलका थोक बिक्रेता हुन् । यी दम्पतीले खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरी पैसा नभएर पढ्नबाट वञ्चित बालबालिकालाई सहयोग गरिरहेका छन् ।

प्रतिष्ठानले अहिले १५ जनाको पठन–पाठनमा सहयोग गरिरहेको छ । त्यसमध्ये ११ जना छात्र र ४ जना छात्रा छन् । तीमध्ये ४ जनाले एमबिबिएस पूरा गरिसकेका छन् भने २ जना बन्नेक्रममा छन् । डा. नगेन्द्र श्रीश, डा. जमुना श्रेष्ठ, डा. विपिन चौधरी र डा. काशीराम विक प्रतिष्ठानकै सहयोगमा डाक्टर बनेका हुन् । राजकुमार गुप्ता र दिनेश बफाल पुन एमबिबिएस अध्ययन गरिरहेका छन् । अर्का एकजना दीपक जिआर युनिभर्सल मेडिकल कलेज भैरहवामा बी फार्मेसी पढिरहेका छन् । अन्य ५ जना डिप्लोमा तहको अध्ययन गरिरहेका छन् । प्रतिष्ठानको सहयोगमा विद्यालय तहमा ४ जना अध्ययन गरिरहेका छन् ।

परोपकारी मन भएका दम्पतीले कमाइको केही रकम छुट्याएर सामाजिक क्षेत्रमा सक्रियता देखाएका हुन् । उनीहरूको सहयोग आर्थिक अभावका कारण पढ्न कठिन भएका बालबालिकाका लागि हो । सुरुवातमा खेमराज पुनले आफ्नो जन्मदिनको अवसरमा १७ लाख रुपैयाँ अक्षयकोषमा छुट्याएर बालबालिकालाई पढाउने कामको थालनी गरेका थिए । उनले ०७० सालमा आफ्नो ५१औँ जन्मदिनका अवसरमा यो काम सुरु गरेका हुन् । त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ०७१ मा खेमओमी पुन कल्याणकारी प्रतिष्ठान दर्ता गरे । संस्थामा सामाजिक काममा सक्रिय व्यक्तिहरूलाई समावेश गरी सामुदायिक संस्थाको रूपमा विकास गरे । हाल सो अक्षयकोषको परिचालनमार्फत बालबालिकाले अध्ययनमा सहयोग पाउँदै आएका छन् ।

पुनले बर्सेनि अक्षयकोषमा रकम थप्दै आएका छन् । उनले ०७१ को जन्मदिनमा ८ लाख, ०७२ मा ८ लाख, ०७३ मा ८ लाख रकम अक्षयकोषमा थप गरे । त्यसैगरी, ०७४ सालको जन्मदिनमा ९ लाख, ०७५ सालमा १२ लाख र ०७६ सालमा १३ लाख रकम अक्षयकोषमा थप गरेका छन् । १७ लाखबाट सुरु भएको अक्षयकोषमा अहिले ७५ लाख पुगेको छ । पुन दम्पतीको अक्षयकोषमार्फत पठन–पाठनमा सहयोगको काम अहिले छैटौँ वर्षमा प्रवेश गरेको छ ।

प्रतिष्ठानको सहयोगमा एमबिबिएस पढ्नेहरू के भन्छन् ?

डा. काशीराम विक

मैले अरूको सहयोगमा कक्षा १२ उत्तीर्ण गरेँ । त्यसपछि एक वर्षसम्म निजी स्कुलमा पढाएर पैसा जम्मा गरेँ । नेपाल सरकार शिक्षा मन्त्रालयको एमबिबिएस छात्रवृत्तिको परीक्षामा नाम निस्किएपछि गाउँमा ऋण खोजेर पढ्ने निधो गरेँ । छात्रवृत्तिबाट ३० लाख शुल्क मिनाहा भए पनि बस्न, खान, आन्तरिक परीक्षा शुल्क, प्रयोगात्मक सरसामानलगायतलाई लाग्ने पैसा मसँग थिएन । महिना बित्दै गर्दा खर्च कसरी जुटाउने भन्ने चिन्ता हुन्थ्यो । त्यही चिन्ताका बीच खेम अंकल मेरो दुःखको अभिभावक बनिदिनुभयो । उहाँको सहयोगमा एमबिबिएस पढाइ पूरा गरेर हाल जिल्ला अस्पताल गुल्मीमा कार्यरत छु । उहाँले गरेको सहयोग र गुन म शब्दले वर्णन गर्न सक्दिनँ । त्यो सहयोगको ऋण म कसरी तिर्न सकूँला र !
डा. काशीराम विक
जिल्ला अस्पताल, गुल्मी

मेरो परिवारमा म, दिदी र भाइ छौँ । हाम्रो परिवार निम्न वर्गीय परिवार हो । म सानै छँदा बुबाको देहान्तपछि घरमा आर्थिक अभाव भएको थियो । घरको सबै दायित्व आमामाथि आइपर्यो । कक्षा १२ पछि शिक्षा मन्त्रालयले लिएको परीक्षामा एमबिबिएस पढ्नका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेँ । तर, पढ्नका लागि खाने, बस्ने र शैक्षिक सामग्रीका लागि आर्थिक स्रोत थिएन । यस अवस्थामा खेम ओमी पुन कल्याणकारी प्रतिष्ठान मेरा लागि सञ्जीवनी बुटी बनिदियो । मेरा लागि उहाँहरू जीवनकालभरका लागि सहयोगी र प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँको प्रेरणाको गुन तिर्न म प्रतिष्ठानमा संलग्न रहेर सामाजिक काममा अघि बढ्नेछु ।

डा. जमुना श्रेष्ठ

डा. जमुना श्रेष्ठ
मणिपाल मेडिकल कलेज, पोखरा

म गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस अध्ययन गरिरहेकी छु । मेरो घर सुर्खेत रजेना हो । यो संसारमा अरूका लागि सोच्ने मान्छे पनि हुँदा रहेछन् । त्यही सोचका व्यक्ति खेम अंकलको सहयोगबाट म डाक्टर पढ्ने सपना पूरा गर्दै छु । माओवादीमा लागेको अवस्थामा बुबाको मृत्यु, घरमा आम्दानीको बाटो नभएकी मजस्तालाई माथिल्लो कक्षाको पढाइ सपनाजस्तो हुँदो रहेछ । उहाँको सहायोगविना मेरो डाक्टर बन्ने सपना कसरी पूरा हुन्थ्यो र ?

दिनेश बफाल पुन मगर
गण्डकी मेडिकल कलेज, पोखरा

वीरगन्जमा होम ट्युसनको फिस निकै कम थियो । ५ सयदेखि एक हजार मात्र एउटा ट्युसनबाट आउँथ्यो । म दिनमा ६ वटा ट्युसनसम्म पढाउँथेँ । ट्युसनबाट महिनाको ७ हजारजति आउँथ्यो । तर, मैले कलेजमा १७ हजार बुझाउनुपर्थ्यो ।

दिनेश बफाल पुन मगर

बिहान र साँझ ट्युसन पढाउँदैमा म थाक्थेँ । ट्युसन पढाउँदा मलाई पढ्न गाह्रो भइरहेको थियो । प्रथम त्रैमासिक परीक्षामा म फेलसमेत भएँ । पढाइभन्दा पनि पैसा कसरी जुटाउनेतिर मेरो ध्यान गएको थियो । खेमओमी पुन कल्याणकारीले सहयोग सुरु गरेपछि मैले ट्युसन घटाएर तीनवटामा झारेको छु । अहिले उहाँको सहयोगबाट मलाई राहत मिलेको छ ।
राजकुमार गुप्ता
नेसनल मेडिकल कलेज, वीरगन्ज

के भन्छन् अभिभावक ?
मेरो छोराले पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान, ललितपुरबाट फुल स्कलरसिपमा डाक्टरको पढाइ पूरा गरेको छ । उसले ०७५ मा पढाइ पूरा गरेको हो । अहिले पृथ्वीचन्द्र अस्पतालमा जागिर सुरु गरेको छ । डाक्टर पढ्न भर्ना गरेको छोरालाई बस्ने, खाने, शैक्षिक सामग्रीलगायत खर्च धान्न नसकेका कारण पढ्न सक्ने अवस्था भएन । बीचमै कक्षा छाड्नुपर्ने अवस्था आयो । म मजदुर हुँ, गाह्रो लगाउने काम गर्छु । धेरै ठाउँमा हारगुहार गरेँ, तर केही उपलब्धि भएन । म प्रतिष्ठानमा आएँ । छोराको तेस्रो वर्ष चल्दै थियो । ढुंगा खोज्दा देउता भेटिन्छ भनेझैँ भयो मलाई । छोरालाई कुरा सुनाएँ । छोराले साथी सुतेपछि ल्यापटप प्रयोग गर्थ्यो । त्यतिखेर ल्यापटप नै किनिदिनुभयो ।

प्रतिष्ठानले सहयोग नगरेको भए मैले छोराको पढाइ छोडाएर घर ल्याउनुपर्ने अवस्था थियो । छोरो डाक्टर भएपछि समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । मैले कक्षा ९ सम्म पढेर छाडेको हुँ । गरिबको डाक्टर पढाइमा पहुँच छैन, तर प्रतिष्ठानको सहयोगले मेरो सपना साकार भएको छ ।
नाथुप्रसाद चौधरी
अभिभावक (डा. विपिन चौधरीका बुबा)
बुटवल, भुड्कैया

मेरा दुई छोरी र एक छोरा छन् । पढाइमा तीन छोराछोरी नै राम्रा निस्किए, तर पढाउन पैसा पुगेन । छोरीहरू जमुना श्रेष्ठले मणिपाल मेडिकल कलेज पोखरामा एमबिबिएसमा र गंगाले नेपाल मेडिकल कलेजमा बिडिएसमा फुल स्कलरसिपमा नाम निकालेपछि एकातिर खुसीको सीमा रहेन भने अर्कोतर्फ कसरी पढाउने भन्ने चिन्ता थपियो । मेरो सानो चियापसल थियो । शुल्क तिर्न नपरे पनि खान, बस्न र शैक्षिक सामग्रीका लागि सहयोग चाहिने भयो । गोरखा स्थायी घर भए पनि बुटवलमा डेरामा बस्दै आएको हाम्रो परिवारमा छोरीलाई डाक्टर पढ्नका लागि समस्या भयो । छोरी पढाउन पठाउने कि नपठाउने भन्ने दोधारमा परेका हामीलाई खेम ओमी पुनको सहयोगले आँट आयो र मैले छोरीलाई पढ्न पठाएँ ।
सुशीला श्रेष्ठ
अभिभावक (डा. जमुना श्रेष्ठ)
चुवाकोट, गोरखा

नानी ४ वर्ष र बाबु ९ वर्षको हुँदा श्रीमान् बित्नुभयो । मैले पाल्पामा ढाका बुनेर बच्चा हुर्काएँ, पढाएँ । एसएलसी दिएपछि छोरा टेक्निकल लाइन पढ्छु भनेर र बुटवल झर्यो । स्कलरसिपमा नाम निकाल्न मिहिनेत गरेर पढ्यो । इन्ट्रान्स दियो, २ नम्बरमा नाम निकाल्यो । मायादेवी टेक्निकल कलेज बुटवलमा ३ वर्ष फार्मेसी पढ्यो । काठमाडौंको संस्थाले गाडीभाडा मात्र सहयोग गर्यो । छोराले करिब दुई वर्ष पढाइ छाडेर काम गर्यो ।

पछि फेरि माथिल्लो कक्षा पढ्न कस्सियो । माथिल्लो अध्ययनका लागि पनि फुल स्कलरसिप पाएपछि फेरि खर्च चाहियो । मेरो मासिक पाँच हजारको जागिरले के पुग्थ्यो र ? खेमओमी संस्थासँग सम्पर्क भयो । उहाँहरूले सहयोगको हात बढाउनुभयो । अहिले छोरा युनिभर्सल मेडिकल कलेज भैरहवामा बी फार्मेसी पढिरहेको छ । बुटवल बसेर पढ्छ । संस्थाबाट छोराको गाडीभाडा र खाजाखर्च गरी मासिक ६ हजार सहयोग पाएका छौँ ।
तारा गहतराज
अभिभावक (दीपक जिआरकी आमा)
तानसेन, लामडाँडा

को हुन् पुन दम्पती ?
खेमराज पुनको जन्म लाहुरेको गाउँले चिनिने गुल्मी भार्सेमा ०१९ मा भएको हो । उनले सानै छँदा भारतीय सेनामा रहेका बुबा गुमाउन पुगे । बुबाको निधनपछि खेमसहित तीन भाइलाई आमाले हुर्काउने, पढाउने गरेकी हुन् । खेमले आइएस्सीसम्मको अध्ययन गरेका छन् ।

खेमको विवाह बुटवलकै ओमीकला गाहासँग ०४४ मा भएको थियो । ओमी सामाजिक क्षेत्रमा लागेकी महिला हुन् । उनले महिला जेसिज, इनरह्विल क्लब, मगर महिला संघलगायत दर्जनजति सामाजिक संस्थाको नेतृत्वमा रहेर काम गरेकी छिन् । ओमीले आइएसम्मको अध्ययन गरेकी छिन् । पुन र गाहा दुवै लाहुरे परिवारका सन्तति हुन् ।

सक्नेले नसक्नेलाई सहयोगको प्रयास गरौँ भन्ने लागेर नै अक्षयकोषमार्फत बालबालिकाको पढाइमा सहयोग गरेको पुनको भनाइ छ । अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने र त्यसबाट धेरैभन्दा धेरै बालबालिकाको शिक्षामा सहयोग गर्ने उनी बताउँछन् । उनले आफ्नो गाउँको स्कुल जनसेवा माविमा ७ लाखको मनगौरी पुन शैक्षिक अक्षयकोषको स्थापना गरिदिएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?

धेरै वर्षपहिले एउटा दुब्लो ज्यानको जुँगका रेखी हल्का देखिँदै गरेको व्यक्ति साधारण पहिरनमा ब्याग भिरेर बिहानै काठमाडौंको पुतलीसडकमा लम्किँदै थियो । कतै पुग्ने हतार थियो उसलाई । त्यसो नहुँदो हो त बाटोमा हस्याङ–फस्याङ गर्नुभन्दा सिरकमुनि मस्त सपना देखिरहेको हुन्थ्यो होला ऊ त्यतिवेला । हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतर्फको गन्तव्य हुनुपर्छ । सायद, ती पाइलामा भविष्यमा सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ । र, त्यो हिँडाइ सानैदेखि अवचेतन मस्तिष्कलाई पोस्न गरिएको अब्बल हुने चेतनाको परिणाम हुनुपर्छ । उत्कृष्ट हुने इच्छाले डोर्याएको हुनुपर्छ त्यो आत्मालाई । तपाईंको अनुमानमा के होला ?

किटान गरेर अनुमान लगाउनुपर्दा डाक्टर पढ्ने तयारी गरिरहेको हुनुपर्छ, व्यक्ति । परिवार र समाजको हरियो चस्माले देखेको सम्पन्नताले प्रचुर भविष्य जो छ डाक्टरी पेसामा, प्रवेश नगर्दासम्म सधैँ हरियो देखिन्छ । कसैले उजाड छ भन्दैमा पत्याउँदैन त्यो मन । त्यही हजारौँ मन आज पनि लम्किँदै छन्, काठमाडौंको पुतलीसडकवरिपरि, उत्कट इच्छा र कर्मठ व्यवहारका साथ । एकप्रकारको बाध्यता पनि लुकेको हुनुपर्छ, पैसा र इज्जतको ललीपपले घर–समाजले देखाएको मार्ग न हो त्यो ।

समयको परिवर्तन होला, त्यो जुँगाको रेखी पलाउँदै गरेको दुब्लो ज्यान आज अलिकति मोटाएको हो कि जस्तो देखिन्छ । दाह्री बढेको छ, जुँगा पलाएछ । यतिका वर्षमा आज डाक्टर बनेको छ । उमेर मिलाएर घटाउन सकेजति भन्नुपर्दा २८ वर्षमा चलिरहेको होला, तर पढाइ अझै निरन्तर छ । अहिलेका सरकारी नियम र बन्धनले लगभग १२ वर्षमा औपचारिक पढाइ सकिन्छ । ३ वर्षको पिजी अर्थात् एमडी, ५ वर्षको बन्धन सेवा र फेरि ३ वर्षको डिएम । ४० वर्षको उमेरमा यो डाक्टर पक्का डाक्टर हुने देखिन्छ । विभिन्न नियमले बाँध्न र कस्न मात्र खोज्दै छ नेपाल सरकार । पहिले डाक्टरी पढाइ प्रवेश गर्दा त्यस्ता कस्ने र बाँध्ने नियम थिएनन् । तर, अहिले निःशुल्कमा पिजी पढाउने र त्यसबापत ५ वर्ष सरकारले खटाएको ठाउँमा जानुपर्ने सर्तमा कबुलियतनामा पेलेर गराएको छ, जुन कुरा समय सान्दर्भिक पनि देखिन्न र न्यायोचित पनि । त्यसैले त असन्तुष्ट स्वर नारासहित उत्रिन्छ स्वास्थ्य मन्त्रालय अगाडि । ‘सेवा गर्न चाहन्छौँ, कमारो बन्न चाहन्नौँ,’ जस्ता नाराले तताइरहेको हुन्छ मन्त्रालयपरिसर वेला–वेला ।

 

पढ्नेवेला ठेलीका ठेली किताब, लामो परीक्षा । काम गर्दा न रात न दिन, न दसैँ न तिहार, न त शनिबार भनेरै आराम छ । यी सबै डाक्टरको पेसासँगै आउने कुरा हुन् । कोही न कोही आफ्नो निद्राबाट उठेको छ, त्यसैले त स्वास्थ्यसेवा टिकेको छ । तर, यो कुनै कुरा बाहिर बस्नेले देख्दैन । केवल सेतो कोट र चिटिक्क परेको पोसाक मात्र देख्छ र स्वर्णिम सकल जीवनचर्याको अनुमान लगाउँछ ।

कोचिङ सेन्टर जाने हो भने डक्टरभन्दा अरू कुनै विषय नै छैन जस्तो गरी ‘ब्रेन वास’ गर्छन्, जुन विशुद्ध व्यावसायिक रणनीति हो । त्यो भ्रममा पर्नु मूर्खता हो भने भ्रम सिर्जना गर्ने ठाउँमा पढ्न जानु महामूर्खता । त्यसैले यदि भर्खर दिएका प्रवेश परीक्षामा नाम ननिस्किएकोमा धेरै चिन्ता मान्नुपर्दैन, बरु भाग्योदय भयो भनेर खुसी हुनु, यो दसैँको सबैभन्दा ठूलो दक्षिणा त्यही हो भनेर मान्नु मनासिब हुनेछ । बाँकी सबै भाइबहिनीको इच्छा, पछि दाइले सजग गराएन नभन्नू ।

नियम बनाउने व्यक्तिले आफूलाई अरूको स्थानमा उभिएर हेर्न नसकेको र विनाअध्ययन पेल्न खोजेर नियम बनाउन खोजेको देखिन्छ । नेपालमा डाक्टर मात्रै छत्रवृत्तिमा पढेजस्तो व्यवहार देखिन्छ । छात्रवृत्तिको मतलब व्यक्तिले मिहिनेत गरेर अग्रस्थानमा नाम निकालेबापत पढ्न पाउने अधिकार हो भने देशको स्वास्थ्यसेवा सुदृढ गर्नु राष्ट्रको दायित्व हो । तर, कसैलाई दाम्लोमा बाँधेर मात्र त्यसको सुनिश्चितता गर्न सकिन्छ भन्नु नै भ्रम हो । एमबिबिएसपछि २ वर्ष दुर्गम र सुगममा करार सेवामा जानुपर्ने बाध्यता छ । त्यही २ वर्षमा विभिन्न परिस्थिति र स्थिति भोगेर र खुरापात देखेर नै विरक्त हुन्छन् धेरैजना । मन कुण्ठित हुन्छ, बाध्यात्मक पलायनवाद सुरु हुन्छ । त्यसैले रहरभन्दा बाध्यता नै भन्नुपर्छ । त्यही कुरा पुनः एमडीपश्चात् ५ वर्षको बन्धनको सेवामा दोहोरिने सम्भावना छ । त्यो पूरा गर्दागर्दै कपाल फुलिसक्छ, तर पनि पढाइ सकिँदैन । पढाइ नसकिनु पीडा होइन, त्यसको मर्म कसैले नबुझ्नु पीडा हो ।

सबैका लागि समुन्नत र इज्जतको पेसा डाक्टर । आर्थिक सुरक्षाको मोहले डाक्टर पढ्नु भ्रम हो, लगानी गर्दा लाखौँमा र सेवा गर्दा हजारमा गर्नुपर्छ, व्यक्तिको आशाअनुरूप पटक्कै मिल्दैन । इज्जतको पेसा भन्ने हो भने लापरबाहीको सस्तो न्वारन व्याप्त छ, भौतिक र आर्थिक दुवै क्षति हुने । यस्तो हुनुमा जनमानसको बढ्दो आशा र अल्पज्ञान तथा स्वास्थ्य क्षेत्रको व्यापारीकरण कारकतत्त्व छन् । जे भए पनि यो पेसा असुरक्षित हुँदै छ, आर्थिक र भौतिक दुवै रूपले असुरक्षा । सम्मानित भएर पैसा कमाउने सोचले यो क्षेत्र प्रवेश गर्नु नै गलत हुन्छ । न सरकारले सम्बोधन गर्छ, न आफ्नो पढाइ समयमा सकिएर कमाउन सकिन्छ । उमेरको दुईतिहाइ नै विद्यार्थी जीवन । यो त विशुद्ध सेवाको पेसा हो, निःस्वार्थ सेवा । ४० कटेसी रमाउने भए सोच्न राम्रै हुन्छ । सरकारको आदर्शवादी सोच मनन गर्ने हो भने त उमेर ५० पुग्छ होला । के गर्नु ! डाक्टर मात्रै आदर्शवादी हुनुपर्छ यो देशमा ।

त्यो दुब्लो ज्यानको प्रगति र हाम्रो देशको प्रगति उस्तै हो, दुवैको मन्दगति । काँचुली नै फेर्ला भन्ने आश छैन । अरू कुनै विषयमा नलाग्ने बन्धन हाम्रै विषयमा छ । यता त्यही बन्धन एक किसिमले व्यक्तिगत प्रगतिको ब्रेक हो । उता ओहदावालाको खराब नियतले देशको प्रगतिमा ब्रेक सदाबहार छ । देशको प्रगतिमा टेवा पुग्ने भए त हाम्रो २ वर्ष समर्पण गर्न हुन्थ्यो । यहाँ त ५ वर्षको बन्धन थोपर्न खोज्दै छ सरकार ।

अझै मन्दगति हुने भयो व्यक्तिगत विकास । देशले उन्नति गरे आफ्नो पनि उन्नति होला । आफूले उन्नति गरे देशले उन्नति गर्ला, त्यसरी बाँध्नैपर्छ र ? नेपालमा जन्मिएर सुविधा अमेरिकाको जस्तो खोज्नु मुनासिब त नहोला, तर चिकित्सा पेसालाई यथोचित सम्मान दिन नसक्नु राष्ट्रको कमजोरी नै हो । पहुँचवालाको अड्डामा सुविधा मस्त खन्याउने, तर काम भने अस्पतालमा मात्र चुस्त खोज्ने प्रवृत्ति, ‘तिमीहरू त चौबिसै घण्टा सजग हुनुपर्छ, नाइँ–नास्ति हुँदैन’ भन्दै घुर्की देखाउने वेला–वेलामा । ‘श्रमको मूल्य उचित भएन हजुर !’ भन्दा कानमा तेल हालेर बस्ने । अर्थ मन्त्रालय, अख्तियार, महालेखा, भन्सार, अदालतमा भने कानेगुजी पनि सफा गरी सुन्ने हाम्रो सरकार । यो पीडाबोध कसैले बुझ्न सक्दैनन् । डाक्टरलाई बाँधेर तह लगाउन खोज्नु, तर सम्पूर्ण राष्ट्रको स्वास्थ्य हेर्ने चिकित्सा क्षेत्रको सुविधामा कन्जुस्याइँ गर्नु कहाँसम्म न्यायोचित होला ? स्वास्थ्य क्षेत्रको विकृति बढार्न र गुणस्तर बढाउन सारा नेपालीका निम्ति अनशन बसेर लड्ने श्रद्धेय डा. केसीको माग त पूरा गर्न आनाकानी गरिने हाम्रो देशमा अरू केही सकारात्मक प्रगति होला भन्ने कुरामा द्विविधा छ ।

डाक्टर पढ्न मरिहत्ते नगर्ने हो भने सायद कोचिङ सेन्टरलगायतलाई घाटा होला । त्यसैले कोचिङ सेन्टर जाने हो भने डक्टरभन्दा अरू कुनै विषय नै छैन जस्तो गरी ‘ब्रेन वास’ गर्छन्, जुन विशुद्ध व्यावसायिक रणनीति हो । तर, त्यो भ्रममा पर्नु मूर्खता हो भने भ्रम सिर्जना गर्ने ठाउँमा पढ्न जानु महामूर्खता । त्यसैले यदि भर्खर दिएका प्रवेश परीक्षामा नाम ननिस्किएकोमा धेरै चिन्ता मान्नुपर्दैन, बरु भाग्योदय भयो भनेर खुसी हुनु, यो दसैँको सबैभन्दा ठूलो दक्षिणा त्यही हो भनेर मान्नु मनासिब हुनेछ । बाँकी सबै भाइबहिनीको इच्छा, पछि दाइले सजग गराएन नभन्नू ।

सन्तुष्टि र सुखलाई जीवनको गन्तव्य मान्नुहुँदैन । मानियो भने त्यो गन्तव्य कहिल्यै पूरा हुन सक्दैन । व्यक्तिका ९९ प्रतिशत इच्छा पूरा भएका छन् भने पनि उसले त्यसलाई १०० बनाउन खोज्छ । विडम्बनाको कुरा, त्यो सधैँ ९९ नै रहिरहन्छ । आफ्नोभन्दा सधैँ अरूको बारीको बाली राम्रो देखिन्छ, सायद मानवीय प्रवृत्ति नै होला, त्यसैले डाक्टरी पेसालाई समयअनुरूप केलाउँदा धेरैले सन्तोषजनक नदेखेको ।

संघर्ष सबै विधामा हुन्छन्, चिकित्सामा मात्र संघर्ष र दिक्दारी बढ्दो छ भन्दिनँ । तर, यो विधामा होमिन लालायित ती हजारौँ मनले एकपटक सोचेर मात्र मरिहत्ते गर्नु उत्तम होला भन्ने मेरो निचोड छ । सुख र सन्तुष्टि त एउटा यात्रा हो, त्यसलाई गन्तव्य बनाएर यो पेसामा प्रवेश गर्नु भविष्यमा दिक्दार हुनु हो । तर, सुख र खुसीलाई यात्राको साथी बनाएर अगाडि बढ्न सक्ने मन छ भने यसका रंगीन आयामहरू रहरलाग्दा छन् । त्यसको चर्चा कुनै दिन गरौँला । अब निर्णय गर्ने जिम्मा तिनै पुतलीसडकतिर केन्द्रित मनको हो, जो अहिले दिग्भ्रमित छन् । अघिल्लो विश्वकपमा अर्जेन्टिनाबाट विश्वकप खेलेको मेसी र नेपालका डाक्टर एउटै हुन्, गोल खाने र बस्ने, एक्लो वृहस्पति जहाँको त्यहीँ ।

डाक्टर पढ्न मरिहत्ते नगर्ने हो भने सायद कोचिङ सेन्टरलगायतलाई घाटा होला । त्यसैले कोचिङ सेन्टर जाने हो भने डक्टरभन्दा अरू कुनै विषय नै छैन जस्तो गरी ‘ब्रेन वास’ गर्छन्, जुन विशुद्ध व्यावसायिक रणनीति हो । तर, त्यो भ्रममा पर्नु मूर्खता हो भने भ्रम सिर्जना गर्ने ठाउँमा पढ्न जानु महामूर्खता । त्यसैले यदि भर्खर दिएका प्रवेश परीक्षामा नाम ननिस्किएकोमा धेरै चिन्ता मान्नुपर्दैन, बरु भाग्योदय भयो भनेर खुसी हुनु, यो दसैँको सबैभन्दा ठूलो दक्षिणा त्यही हो भनेर मान्नु मनासिब हुनेछ । बाँकी सबै भाइबहिनीको इच्छा, पछि दाइले सजग गराएन नभन्नू ।

‘आफू मात्र डाक्टर हुने, अरूलाई हुन नदिने’ भनेर मलाई खुरापाती भन्लान् । त्यो वर्गलाई म सम्झाउन सक्दिनँ । पूर्ण रूपले ‘ब्रेन वास’ भएको मस्तिष्कले आफैँ भोग्नुपर्छ । तर, सत्य सत्य नै रहन्छ । आफैँ भोगेर विचार गर्छु भन्ने हो भने केही छैन । तर, त्यतिवेला फर्किने बाटो रहँदैन, पहिले नै सजग हुनुपर्छ । जीवनको उर्वर उमेर खेर फाल्छु नै भनेर हामफाल्ने हो भने कुनै आपत्ति छैन ।

त्यही धेरै वर्षपहिलेको दुब्लो ज्यानको मनोभाव आज शब्दहरूमा उत्रिने प्रयास गरेको छ । त्यो अझै पनि दुब्लो नै छ । कुनै दिन सात्विक तरिकाले सुहाउँदो मोटाएछ भने पुनः शब्दबाट भेटौँला । धन्यवाद !

उही
समयको दर्शक

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै