बाढीको चपेटामा स्वास्थ्य : प्रदेश २ का ६ स्वास्थ्यसंस्था डुबानमा, पाल्पामा झाडापखाला

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण हालसम्म ६० जनाको मुत्यु भइसकेको छ भने ४५ जनाभन्दा बढी बेपत्ता छन् ।

बाढी–पहिरोका कारण प्रदूषित पानी तथा खाद्यान्नको सेवन, अस्वस्थकर खानपान तथा बसोवासका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष समस्या पर्दै गएको छ । बाढी प्रभावित ठाउँका स्वास्थ्य कार्यालय तथा स्वास्थ्यसंस्था डुबानमा पर्दा औषधि पनि नष्ट भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आपत्कालीन तथा विपद्व्यवस्थापन एकाइका प्रमुख चूडामणि भण्डारीले प्रदेश २ का प्रदेश स्वास्थ्य कार्यालयसहित स्वास्थ्यसंस्थाहरूसमेत डुबानमा परेको बताए । प्रदेश २ मा सप्तरीमा २, रौतहटमा २ र महोत्तरीमा १ गरी ५ वटा स्वास्थ्यसंस्था डुबानमा परेका छन् भने स्वास्थ्य कार्यालय पूर्णतः डुबानमा छ । उनले भने, ‘अविरल वर्षाका कारण सम्पर्क हुन सकेको छैन, स्वास्थ्य कार्यालयमा भएका औषधि पनि डुबानमा परेका छन् ।’

आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले पैथलिया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको भण्डारीले जानकारी दिए ।

डुबानमा परेका स्वास्थ्यसंस्थामा औषधि कसरी व्यवस्थापन गर्ने र स्वास्थ्यसंस्था कसरी सञ्चालनमा ल्याउने भनेर प्रदेश स्वस्थ्य कार्यालयहरूसँग समन्वय र छलफल भइरहेको एकाइ प्रमुख भण्डारी बताउँछन् । उनका अनुसार अविरल वर्षाका कारण रोग तथा महामारी फैलन नदिन केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म संयन्त्र बनाइएका छन् । विपद्व्यवस्थापनका लागि सबै बजेट प्रदेश तथा स्थानीय तहमा गएको छ । ‘वर्षापछि निम्तन सक्ने रोग तथा महामारी नियन्त्रणका लागि प्रदेश तथा स्थानीय तहमा बजेट तथा जनशक्ति उपलब्ध छन्,’ उनले भने, ‘प्रदेश तथा स्थानीय तहले नसकेको अवस्थामा भने केन्द्र सरकारले समन्वयको भूमिका निर्वाह गर्छ ।’

मन्त्रालयले स्थापना गर्यो ३ समन्वय केन्द्र, सोमबारबाटै टोली खटिने
प्रदेश २ लाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले बाढीप्रभावित ३ स्थानमा समन्वय केन्द्रको स्थापना गर्ने भएको छ । आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले पैथलिया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको भण्डारीले जानकारी दिए । टोली सोमबारबाटै तोकिएको क्षेत्रमा खटिने उनको भनाइ छ ।

सर्पको बिगबिगीले थपिँदै जोखिम
बाढी र डुबानको कहर झेलिरहेका तराईवासीमा वर्षासँगै सलबलाउन थालेका सर्पको जोखिम थपिएको छ । वर्षा र डुबानसँगै सर्पहरू यत्रतत्र निस्कन थालेपछि तिनको टोकाइबाट बच्ने चुनौती थपिएको हो । सर्पबाट बच्न उच्च सतर्कता अपनाउन सरकारले बाढीप्रभावितलाई भनेको छ ।
‘अविरल वर्षाका कारण धेरै ठाउँमा सर्पहरू बाहिर निस्कन थालेका छन्,’ भण्डारी भन्छन्, ‘वर्षाका कारण सर्पको बिगबिगी बढ्न थालेको छ, जसले गर्दा उच्च सतर्कता अपाउनुपर्छ ।’

‘यस्तो वेलामा सरुवारोगको जाखिम उच्च हुने गर्छ र कीटजन्य रोग पनि देखापर्न सक्छ,’ डा. पुनले भने । वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घरोग भएका मानिसमा बढी समस्या उत्पन्न हुने भएका कारण उनीहरूले बढी सतर्कता अपनाउनुपर्ने पुन बताउँछन् ।

पाल्पामा झाडापखालाको प्रकोप
वर्षाकै कारण पहाडी जिल्ला पाल्पामा झाडापखालाको प्रकोप देखिएको छ । अविरल वर्षासँगै पहाडमा बाढी–पहिरो र तराईमा डुबान र कटानले प्रतिवर्ष जनजीवन त्राहि–त्राहि बनाउँदै आएको छ । यसका अतिरिक्त वर्षाकै कारण पाल्पामा २५ असारदेखि झाडापखालाको प्रकोप फैलिएको भण्डारीले जानकारी दिए । उनले भने, ‘झाडापखालाका कारण झाडापखाला फैलिएपछि ७० जनाको उपचार गरिएको छ, समयमा उपचार गरिएका कारण अवस्था सामान्य छ ।’

बाढीका कारण पानीजन्य रोगहरू टाइफाइड, जन्डिसको संक्रमण : डा. पुन
बाढीग्रस्त क्षेत्रमा दूषित पानीका कारण पानीजन्य रोगहरूको संक्रमणको सम्भावना बढ्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । संक्रमणबाट बच्न पानी उमालेर पिउनुपर्ने सुझाब उनको छ । डा. पुनले भने, ‘पानीजन्य रोगका कारण टाइफाइड तथा जन्डिसको संक्रमण बढी हुने गर्छ । यस्ता रोगबाट बच्च पानीमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

हाल तराईका अधिकांश जिल्लाहरू डुबानमा छन् । यसका कारण झाडापखाला, आउँ, हैजा, टाइफाइड, जिन्डिस, फुड प्वाइजनिङलगायत रोग फैलिन सक्ने खतरा रहेको डा. पुनको भनाइ छ । ‘यस्तो वेलामा सरुवारोगको जाखिम उच्च हुने गर्छ र कीटजन्य रोग पनि देखापर्न सक्छ,’ डा. पुनले भने । वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घरोग भएका मानिसमा बढी समस्या उत्पन्न हुने भएका कारण उनीहरूले बढी सतर्कता अपनाउनुपर्ने पुन बताउँछन् ।

बच्ने उपाय
– शुद्ध पानी मात्रै पिउने, पानी धमिलो भएमा पियुस हालेर वा उमालेर मात्र पिउने ।
– शौचालयमा मात्र दिसा–पिसाब गर्ने ।
– खाना खानुअगाडि साबुनपानीले राम्ररी हात धुने ।
– भिड तथा हुलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने ।
– टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुनेलगायत विभिन्न रोगको लक्षण देखिए वा संक्रमण देखिए तुरुन्तै नजिकैको स्वास्थ्यचौकीमा गएर जँचाइहाल्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बाँकेका आधा दर्जन गाउँवासी जन्डिस र झाडापखालाले थलिँदा उपचारबाट विमुख, एक मात्र स्वास्थ्यचौकीमा कहिल्यै भेटिन्नन् स्वास्थ्यकर्मी

सामान्य सुविधाको पहुँचबाट टाढा रहेका राप्ती–सुनारी गाउँपालिकाका केही गाउँका बासिन्दा एकैपटक विभिन्न रोगको संक्रमणबाट पीडित बनेका छन् । राज्यका सबैखाले पहुँच र सम्पर्कबाट निकै टाढा रहेका बाँकेका अति दुर्गम ती गाउँमा अहिले एक्कासि झाडापखाला र जन्डिसको संक्रमण प्रकोपकै तहमा फैलिएको भनाइ स्थानीयको छ ।

केही वर्षअघि बाँकेको नयाँगाउँका रूपमा पत्ता लागेको राप्ती–सुनारीको खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत गाउँमा झाडापखाला, जन्डिसलगायत रोग फैलिएको हो । केही सातायता एकैसाथ फैलिएका विभिन्न रोगका कारण सो गाउँका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा नराम्ररी प्रभावित बनेका छन् ।

‘गाउँमा रहेको एउटा स्वास्थ्यचौकीमा पनि स्वास्थ्यकर्मी नआएको महिनौँ भइसक्यो,’ उनले भनिन्, ‘स्वास्थ्यचौकीमा सिटामोल दिनका लागि कार्यालय सहयोगीसमेत छैनन् ।’ उनका १० वर्षीय छोरालाई पनि जन्डिसले गाँजेको छ ।

बाँकेको सोही निर्वाचन क्षेत्र नं. १(क)बाट निर्वाचित प्रदेश सभा सांसद कृष्णा केसी ‘नमुना’ शुक्रबार अचानक सो क्षेत्रको अवलोकन–भ्रमणमा जाँदा प्रकोप फैलिएको सार्वजनिक भएको हो । नयाँगाउँको अवलोकन भ्रमणमा पुगेका वेला सांसद केसीसँग स्थानीयले गाउँमा झाडापखाला, जन्डिसलगायत रोग लागेका बिरामी अत्यधिक रहेको बताए । उनीहरूले सरकारको नजरमा आफूहरू पर्न नसकेको भन्दै सांसदसमक्ष छिटोभन्दा छिटो गाउँमा स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गरे ।

सोही क्षेत्रमा रहेको महेशपुरकी जुना बुढाले गाउँमा फैलिएका विभिन्न रोग अझै पनि नियन्त्रणमा आउन नसकेको बताइन् । ‘गाउँमा रहेको एउटा स्वास्थ्यचौकीमा पनि स्वास्थ्यकर्मी नआएको महिनौँ भइसक्यो,’ उनले भनिन्, ‘स्वास्थ्यचौकीमा सिटामोल दिनका लागि कार्यालय सहयोगीसमेत छैनन् ।’ उनका १० वर्षीय छोरालाई पनि जन्डिसले गाँजेको छ ।

‘छोरालाई जन्डिसरोग लागेको एक महिना भइसक्यो, भारतका अस्पताल र नेपालगन्जसम्म पुर्याउँदा पनि ठिक भएको छैन,’ स्थानीय बुढाले थपिन्, ‘अब त छोराको उपचार गर्ने पैसा पनि छैन ।’ अहिले यहाँका प्रायः सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्ति रहेको स्थानीयवासी बताउँछन् । स्थानीय बुढाका अनुसार जन्डिसबाट थलिएकी ३० वर्षीया कविता रोकाको अवस्थामा गम्भीर छ ।

भारतीय सीमानजिकका अस्पतालमा उपचार गराएकी उनको अवस्था ठिक हुनुको साटो झन् खस्किँदोक्रममा छ । स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण कविताको थप उपचार गर्ने अवस्था छैन । राज्यको नजरमा पर्न नसकेका यहाँका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा आफ्नो गाउँ आउन भारतको बाटो प्रयोग गर्न बाध्य छन् ।

अहिले यहाँका प्रायः सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्ति रहेको स्थानीयवासी बताउँछन् । स्थानीय बुढाका अनुसार जन्डिसबाट थलिएकी ३० वर्षीया कविता रोकाको अवस्थामा गम्भीर छ ।

दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्योपचारसम्म भारतमै निर्भर रहनुपरेको स्थानीय अम्मर घर्तीले बताए । उनका अनुसार अहिले स्थानीयमा झाडापखाला, जन्डिस, शरीर चिलाउनेलगायत रोगहरू एकैपटक देखापरेका छन् ।

‘गाउँमा अनेकखाले रोग एकैपटक देखिएका छन्,’ घर्तीले भने, ‘गाउँमा नाम मात्रैको स्वास्थ्यचौकी छ, कर्मचारी कहिल्यै बस्दैनन् ।’ कमजोर आर्थिक अवस्थाका कारण स्थानीय रोग लागे पनि उपचार गराउन भारतीय स्वास्थ्यसंस्थामा जान नसकेको उनले बताए ।

राप्ती–सोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँमा सामुदायिक विद्यालयबाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति छैन । एउटा स्वास्थ्यचौकी रहे पनि त्यहाँ दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीहरू महिनौँसम्म काममा आउँदैनन् । सडक, सञ्चारलगायत सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारीसाधनमा यात्रा गरेर त्यहाँबाट २ घण्टा हिँड्नुपर्ने बाध्यता छ । बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत सास्ती छ ।

राप्ती–सोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँमा सामुदायिक विद्यालयबाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति छैन । एउटा स्वास्थ्यचौकी रहे पनि त्यहाँ दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीहरू महिनौँसम्म काममा आउँदैनन् । सडक, सञ्चारलगायत सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारीसाधनमा यात्रा गरेर त्यहाँबाट २ घण्टा हिँड्नुपर्ने बाध्यता छ । बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत सास्ती छ ।

प्रदेश सांसद केसीले अति दुर्गम गाउँमा विभिन्न रोग देखापरेको बताउँदै त्यसलाई नियन्त्रण गर्न पहल सुरु भइसकेको बताइन् । ‘गाडी पनि नजाने हुँदा भारतीय क्षेत्र हँुदै त्यहाँ पुग्नुपर्ने भएकाले समस्या देखिएको छ,’ उनले भनिन्, ‘रोगहरू नियन्त्रणका लागि विशेषज्ञ डाक्टरसहितको टिम प्रभावित क्षेत्रमा पुर्याउन छलफल चलाइराखेकी छु ।’ केही दिनमै स्वास्थ्यकर्मी र औषधिसहित आफू प्रभावित गाउँमा जाने सांसद केसीले बताइन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंमा हैजा देखियो

काठमाडौँमा हैजा देखिएको छ । झाडापखाला लागेर शुक्रबार ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका काठमाडौं महानगर १३ का एक ४५ बर्षीय पुरुषमा हैजा देखिएको हो । उनलाई यही वैशाख १७ गते भर्ना गरेकोमा उनको दिसाको नमुना परक्षिणपछि वैशाख २२ गते हैजा भएको प्रमाणित भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका स्वास्थ्यकर्मीहरु ती बिरामीको घर गई स्थलगत निरीक्षणसमेत गरेका थिए । बिरामीको स्थिति सामान्य रहेको र परिवारका अन्य सदस्यमा झाडापखाला नदेखिएको जनाइएको छ ।

बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगिएको र परीक्षणको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गुल्मीमा झाडापखालाको प्रमुख कारण मुहानको ‘कोलिफर्म’युक्त पानी, बिरामीमा ‘इन्टामिवा हिस्टोलाइटिका’ परजीवी

पहाडी जिल्ला गुल्मीमा ६ दिनदेखि फैलिएको झाडापखालाको प्रमुख कारण मुहानको पानीमा रहेको ‘कोलिफर्म’ भएको प्ररम्भिक परीक्षणले देखाएको छ । गुल्मीको मुसीकोट नगरपालिकामा १० वैशाखदेखि फैलिएको झाडापखालाका कारण सोमबार एक बालकको मृत्यु भएको थियो भने सयौँ बिरामीको उपचार भइरहेको छ ।

मुसीकोटमा कोलिफर्म मिसिएको मुहानको पानी पिउँदा स्थानीयमा झाडापखाला फैलिएको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले जनाएको छ । प्रभावित क्षेत्रको मुहानको पानीको नमुना संकलन गरी जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा परीक्षण गर्दा पानीमा प्रशस्त मात्रामा कोलिफर्म भेटिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार झडापखाला प्रभावित ५ बिरामीको गुल्मी अस्पतालमा परीक्षणका क्रममा बिरामीमा ‘इन्टामिवा हिस्टोलाइटिका’ नामक परजीवी देखापरेको छ । प्रारम्भिक परीक्षणमा बिरामीमा परजीवी र पानीमा कोलिफर्म देखापरेपछि थप परीक्षणका लागि बिरामीको दिसा र पानीको नमुना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको महाशाखाले जनाएको छ ।

प्रारम्भिक परीक्षणमा पानीमा कोलिफर्म र बिरामीमा ‘इन्टामिवा हिस्टोलाइटिका’ नामक परजीवी देखापरेपछि थप परीक्षणका लागि बिरामीको दिसा र पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ

मुसीकोटमा ६ अघि फैलिएको झाडापखालाले प्रकोपको रूप लिएपछि रोग नियन्त्रणको प्रयास भइरहेको छ । झाडापखालाका कारण शनिबार मृत्यु भएका १२ वर्षीय बालकको स्वास्थ्यसंस्थाको सम्पर्कमा नआई घरमै ज्यान गएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालसम्म १ सय ९२ जना बिरामीको उपचार भइसकेको छ भने सयौँ बिरामीको अहिले पनि देशका विभिन्न अस्पताल तथा प्रभावित स्थलको स्थानीय विद्यालयमा सञ्चालित स्वास्थशिविरमा उपचार भइरहेको छ । थप उपचार आवश्यक देखिएका ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रेफर गरिएको छ भने एकजनाको चितवनस्थित भरतपुर अस्पतालको आइसियूमा सघन उपचार चलिरहेको छ ।

महाशाखाले रोग नियन्त्रण र व्यवस्थापनका लागि नमुना परीक्षण गर्न शुक्रबार विश्व स्वास्थ्य संगठनका चिकित्सकसहितको टोली प्रभावितस्थलमा परिचालन गरेको थियो । त्यसलगत्तै शनिबार जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, विश्व स्वास्थ्य संगठनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बैठक बसी रोग नियन्त्रणका कार्यक्रमहरू अगाडि बढाइएको र हाल स्थिति नियन्त्रणमा रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार स्वास्थ्य कार्यालय, गुल्मी र मुसीकोट नगरपालिकाबाट र्यापिड रेस्पोन्स टिम (आरआरटी)सहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित रोग नियन्त्रण तथा व्यस्थापनमा परिचालित छ ।

यस्तोमा आफूनजिकको मुहान दूषित हुँदा कतिपय स्थानीयले पानीका लागि कोसौँ टाढासम्म धाउनुपर्ने त कतिपयले पानीकै लागि विस्थापित नै हुनुपर्ने अवस्था सिर्जना हुन्छ । जीवनको अति आधारभूत आवश्यकताका रूपमा रहेको पानीमाथिको जनताको संकटबारे सरकारले वेलैमा सोच्नु आवश्यक छ ।

स्वस्थ मानिने पहाडको मुहानको पानी नै घातक सिद्ध भएपछि विकल्प के ?
नेपालको पहाडी क्षेत्र स्वस्थकर हावापानीका लागि प्रसिद्ध छ । पहाडको पानीमात्रको सेवनले पनि पर्याप्त पोषण प्राप्त हुने विश्वास लिइँदै आएको छ । तर, मुसीकोटमा मुहानको पानी नै हानिकारक कोलिफर्मयुक्त भएकाले त्यसको प्रयोगबाट झाडापखालाको महामारी फैलिएको पुष्टि भएपछि पहाडका जनताले पानीको विकल्प कसरी खोज्ने भन्ने प्रश्न उब्जिएको छ । पहाडमा मुहानको पानीको विकल्प खोज्नु सहज कुरो होइन ।

सरकारले मुसीकोटका स्थानीयलाई तत्कालका लागि फरक मुहानको पानी प्रयोग गर्न र उमालेर मात्र पानी पिउन सुझाब दिएको छ । तर, पहाडका बस्तीहरू छरिएर रहेका हुने र पानीका वैकल्पिक मुहानहरू यत्रतत्र उपलब्ध नहुने भएका कारण विकल्प खोज्न कठिन हुन्छ ।

तराई वा उपत्यकामा जस्तो पहाडमा जमिनमुनिको पानी उपलब्ध नहुने भएकाले मूल वा खोलाको पानीमै निर्भर हुनुपर्ने बाध्यता हुन्छ । यस्तोमा आफूनजिकको मुहान दूषित हुँदा कतिपय स्थानीयले पानीका लागि कोसौँ टाढासम्म धाउनुपर्ने त कतिपयले पानीकै लागि विस्थापित नै हुनुपर्ने अवस्था सिर्जना हुन्छ । जीवनको अति आधारभूत आवश्यकताका रूपमा रहेको पानीमाथिको जनताको संकटबारे सरकारले वेलैमा सोच्नु आवश्यक छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै