झडप

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा यतिवेला आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच झडप भइरहेको छ । अवैध असुलिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि कलेज प्रशासनबाट परिचालित व्यक्तिहरुले आक्रमण गरेपछि स्थिति निकै तनावपूर्ण बनेको छ । करिब एक महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीमाथि शुक्रबार साँझ भौतिक आक्रमण भएको हो ।...