जुनोटिक रोग

सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकिकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार नेपालका जुनोटिक रोगको प्राथमिकताको पहिलो स्थानमा इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रुसेलोसिस रहेको छ । त्यस्तै छैटौंमा सालमोनेलोसि,...