नवजात शिशुमा यसरी देखापर्छ जन्डिस

नवजात अवस्थाका शिशुहरुमा देखापपर्ने अनेकौं जटिल समस्याहरुमध्ये पहेँलोपन सर्वाधिक सामान्य समस्या हो र यस अवधिमा अधिकांश शिशुहरुमा यो समस्या देखा पर्दछ ।  कुनै बच्चा पहेँलो भएर नै जम्मने, कुनै–कुनै जन्मेको पहिलो वा दास्रो दिनमा नै पहेँलो देखिने गर्छन भने अधिकांश शिशुहरु तेस्रो,चौथो दिनमा पहेँलो भई ८–१० दिनमा पहेँलोपन हराई साविक अवस्थामा आउँछन् । तर केही बच्चाहरुमा पहेँलोपन लामो अवधि सम्म पनि रहन सक्छ ।  नवजात शिशु पहेँलो देखेपपछि आमाबाबु चिन्तित देखिनु स्वभाविक हो । यसको परिक्षण उपचार तथा शिशुलाई सहयोग पुर्याउन त्यसमा संलग्न स्वास्थ्य कार्यकर्ताको दायित्व हो ।

नवजात शिशु किन पहँलो हुन्छ ?
वृद्द, वयस्क, वा नवजात शिशु जुनसुकै उमेरको भए पनि रगतमा विलिरुविनको भाग नर्मल (०.४–मि.ग्रा) भन्दा बढी भएमा पहेँलो देखा पर्न सक्दछ । विरामीको शरीरमा विद्यमान विलिरुविनको मात्रा अनुसार पहेँलोपन सबभन्दा बढी, आँखाको सेतो भागमा, जिब्रोको तल्लो भागमा अनि अनुहार,नङ,शरीरमा तथा खुट्टा र पैतालमा देखा पर्दछ । त्यसैले शरीर पहेँलो हुनु भनेको रगतमा बिविरुविनको मात्रा बढी हुनु हो र कारणअनुसार बिरामीको उपचार गर्नुपर्दछ ।

विलिरुविन भनेको के हो र शरीरमा कसरी पैदा हुन्छ ?
मानव शरीरमा करिब एक प्रतिशत राता रक्तकणिकाहरु दिनहु हास् हुन्छन र त्यति मात्रामा नयाँ रक्तकणिकहरु बन्दछन् । राता रक्तकणिकाहरुको मृत्यु खासगरी हेमोग्लोबिनबाट रगतमा पैदा हुने तत्वको नाम हो बिलिरुविन । यो रगतमा एलबुमिनसंग समावेश भई रक्त प्रवाहमा सम्मिलित भएको हुन्छ र कलेजोमा गई पित्तको नलीबाट सानो आन्द्रमा जान्छ । अनि दिसा र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निष्कासित हुन्छ ।

नवजात शिशुमा बिलिरुविन बढी हुनाका कारण :
१. कलेजो कमजोर र अपरिपक्व कलेजो हुनाको कारणले साधारण गतिमा राता रक्तकणिकाहरु विखण्डन हुने हुँदा पनि अप्रत्यक्ष बिलिरुविन, प्रत्यक्ष बिलिरुविनमा ढिलो परिर्वतन हुनु ।
२. अत्याधिक मात्रामा हेमोग्लोबिन नष्ट हुनु ।

समान्य जन्डिस :  शिु जन्मेको ३–४ दिन पछि देखा परेको पहेँलोपन ८– १० दिनमा बिना उपचार स्वय्म हराएर जान्छ । केवल बच्चालाई घाममा राखे पुग्छ रआमाको दूध बराबर खुवाई राख्नुपर्दछ । स्वास्थ्य बच्चाहरुमा पनि पहेँलोपन देखिए तापनि बच्चा सक्रिय हेँसिलो र सुन्दर नै भईराख्दछ । हाम्रो देशका कुनै समुदायमा संस्कृतिअनुसार सुत्केरी आमा अँधेरो कोठमा लुकाएर राख्ने चलन छ । न्वारान नगरेसम्म आमा र बच्चा दुबैले सूर्यको दर्शन गर्नु हुँदैन भन्ने गलत परम्परा छ ।
जन्डिसबाट बच्चालाई ख्याल गर्नुपर्ने कुरा
. आमाले गर्भ अवस्थामा नै ररगतको समूह पहिचान गर्ने ।
२. रिसस नेगेटिभ आमा भएका बच्चा जन्मेको ७२ घण्टाभित्र ‘एन्टि डी’ इम्युनोग्लोबिन दिने ।
३. बच्चा जन्मने बित्तिकै आमाको दूध खुवाई हाल्ने ।
४. घाममा राख्ने ।
५. अन्य केही समस्या भए चिकित्सकसंग परामर्श गरी उपचार गर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जन्डिसका कारण बालबालिकाको लिभर फेल

जन्डिस रोग होइन, रोगको लक्षण हो । जन्डिस हुनेबित्तिकै खाना बार्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ । जन्डिस भएका वेला बालबालिकालाई खाना रुचिरहेको हुँदैन । त्यसमाथि आमा–बुबाले खल्लो खाना, बेसार नभएको, नुन–जिरा नभएको खाना दिँदा त्यसै पनि खानामा रुचि घटेर जान्छ । जन्डिस भएको अवस्थामा बालबालिकालाई उल्टी तथा वाकवाकी हुने लक्षण देखापर्छन् । धेरैजसो बच्चामा हुने हेपाटाइटिस ‘ए’ र ‘ई’ कीटाणुयुक्त पानीका माध्यमले हुने गर्छ । जन्डिस हुँदा धेरैजसो मानिसले महिनौँसम्म खाना बार्ने गरेका छन्, जुन आवश्यक छैन । जन्डिस भएका बिरामीलाई नर्मल खाना खुवाउने गर्नुपर्छ । कुनै विशेष अवस्थामा मात्र चिकित्सकको सल्लाहअनुसार खानामा थपघट गर्नुपर्ने आवश्यकता हुन्छ ।

भर्खरै जन्मिएको शिशुदेखि १५ वर्षसम्मका बालबालिकामा जन्डिस हुने धेरै कारण छन् । भर्खरै जन्मिएको बच्चालाई २४ घण्टापछि जन्डिस देखियो, बत्तीमा राखियो र कम हुँदै गयो भने त्यसलाई नर्मल जन्डिस भनिन्छ । बच्चा जन्मिएपछि शरीरमा आरबिसी (रातो रक्तकोषिका) अलि छिटो–छिटो मर्ने गर्दछ । अन्य मानिसमा पनि मरेर नयाँ कोष बन्ने प्रक्रिया चलिरन्छ, तर बच्चामा भने कोष छिटो–छिटो मरेपछि नयाँ कोषिका बन्नेक्रममा जन्डिस देखिने गर्छ । यस्तो जन्डिस नर्मल घाममा राखेर पनि जान्छ । बालबालिकाको शरीरमा जन्डिसको मात्रा कति छ भनेर हेर्नका लागि रगत परीक्षण गरेर घाममा राखेर घट्ने हो कि, बत्तीमा राखेर घट्ने हो भनेर छुट्याउनुपर्छ । यो नर्मल जन्डिस हो र यसले लिभरलाई असर गर्दैन ।

बालबालिकामा अर्को प्रकारको जन्डिस पनि देखिन्छ, जसमा तुरुन्तै ६० देखि ९० दिनभित्र अप्रेसन गरिसक्नुपर्ने हुन्छ । यो जन्डिस जन्मजात हुने गर्छ । बालबालिकामा पित्तथैलीबाट सानो आन्द्रामा जाने नलीहरू, जसले पित्तलाई फाल्ने गर्छन्, त्यो नै खुम्चिएर बनेको हुँदैन, जसका कारण यो जन्डिस हुने गर्छ ।

बालबालिकामा अर्को प्रकारको जन्डिस पनि देखिन्छ, जसमा तुरुन्तै ६० देखि ९० दिनभित्र अप्रेसन गरिसक्नुपर्ने हुन्छ । यो जन्डिस जन्मजात हुने गर्छ । बालबालिकामा पित्तथैलीबाट सानो आन्द्रामा जाने नलीहरू, जसले पित्तलाई फाल्ने गर्छन्, त्यो नै खुम्चिएर बनेको हुँदैन, जसका कारण यो जन्डिस हुने गर्छ । यसरी नली नै नबन्ने अवस्थालाई चिकित्सकीय भाषामा बिलेरी अट्रेजिया भनिन्छ । यस्तो अवस्थामा पित्त पित्तथैलीमा नभएर लिभरमा बस्छ र पित्त लिभरमा बस्दा–बस्दा लिभर डामेज भइसकेको हुन्छ । यस्तो अवस्थाका बालबालिकाको ६० देखि ९० दिनभित्र अप्रेसन गर्नु जरुरी हुन्छ । यस्तो जन्डिस भएका बालबालिकामा आमाबुबाले याद गर्ने भनेको दिसाको रङ हो । यसप्रकारको जन्डिस भएको बालबालिकाको दिसाको रङ सेतो हुने गर्छ । आमाबुबा तथा घरपरिवारका अन्य सदस्यले नर्मलखालको जन्डिस हो, घाममा राखेर निको हुन्छ भनेर कुर्ने अनि निको नभएपछि मात्र अस्पताल जाने गर्नाले यस्तो जन्डिस भएका बालबालिका ढिलो मात्र अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आइपुग्दा अप्रेसन गर्नुपर्ने समय नाघिसकेको हुन्छ । यस्तो अवस्थामा बच्चामा लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण)बाहेक उपचारको अन्य केही विकल्प रहँदैन ।

अर्को जन्डिस हुने Wilson disease कारण हो  यो जन्डिस भएका बालबालिकामा जन्मजातै शरीरमा कपरको मात्रा बढ्दै जान्छ । धेरैजसो बालबालिका ८–९ वर्षको हुँदादेखि १५ वर्षको उमेरसम्म यो समस्या देखापर्छ । यस्तो कपरतत्त्व शरीरले फाल्न नसकेर लिभरमा जम्मा हुने गर्छ ।

जन्डिसले टाउकोमा असर गरेको अवस्थामा मात्र खाना बार्नुपर्छ । नर्मल जन्डिस भएको अवस्थामा कत्ति पनि खाना बार्नुपर्दैन । जुनसुकै किसिमको जन्डिसमा अनावश्यक रूपमा खाना बार्नाले बिरामीको स्वास्थ्यमा झन् नकारात्मक असर पर्न सक्छ ।

हेपाटाइटिस ‘ए’ भएका बच्चामा सामान्यतया वाकवाकी लाग्ने हुन्छ । यसमा डाक्टरलाई देखाएपछि घरमै आराम गर्दा ठिक हुने गर्छ । हेपाटाइटिस ‘ए’ भएका केही बच्चा भने लिभर फेल भएको अवस्थामा अस्पताल आइपुग्ने गर्छन् । लिभर फेल भइसकेको अवस्थामा आएका बच्चालाई आइसियूमा राखेर हेर्नुपर्ने हुन्छ ।

जन्डिसले टाउकोमा असर गरेको अवस्थामा मात्र खाना बार्नुपर्छ । नर्मल जन्डिस भएको अवस्थामा कत्ति पनि खाना बार्नुपर्दैन । जुनसुकै किसिमको जन्डिसमा अनावश्यक रूपमा खाना बार्नाले बिरामीको स्वास्थ्यमा झन् नकारात्मक असर पर्न सक्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जन्डिस के हो ? कसरी बच्ने ?

भाइरसका कारण हुने कमलपित्त (जन्डिस) के हो ?

भाइरसका कारण हुने कमल पित्त (जन्डिस) भनेको हेपाटाइटिस ए, बी, सी, डी, ई नामका अति सूक्ष्म जीवाणुहरूका कारणमा निसमा लाग्ने सरुवारोग हो । यो रोगले कलेजोलाई कमजोर बनाउँछ । त्यसैले यो रोग लागेपछि बिरामीले कलेजो वरिपरि दुखेको महसुस गर्दछन् ।

कसरी सर्छ ?
– कमलपित्तरोग लागेको व्यक्तिले निरोगी व्यक्तिसँग लसपस गरेमा र रोगी व्यक्तिको दिसा, पिसाब, खकार आदिबाट दूषित भएको खाना र पानी निरोगी व्यक्तिले प्रयोग गरेमा ।
– कमलपित्त रोग लागेको व्यक्तिले प्रयोग गरेका छाला छेड्ने औजार र सुईहरू निर्मलीकरण नगरी निरोगी व्यक्तिले प्रयोग गरेमा ।
– कमलपित्त रोगीसित असुरक्षित यौनसम्पर्क गरेमा ।

कमलपित्तका लक्षण
कुनै व्यक्तिलाई कमलपित्त रोग लागेको १ देखि २ हप्ताभित्र निम्न लक्षण देखा पर्छन्–

१.पहिलो अवस्था
यो शरीरमा पहेँलोपन (जन्डिस) देखापर्नुभन्दा पहिलेको अवस्था हो । यो अवस्थामा बिरामीमा निम्न लक्षण देखापर्छन्–
– वाकवाकी लाग्ने ।
– खानामा रुचि नहुने ।
– ज्वरो आउने ।
– पेटको दायाँकोखा दुख्ने ।
– दिसा धेरै पटक हुने ।

२.दोस्रो अवस्था
पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखापर्छ । पहिलो अवस्थामा देखापरेका लक्षणहरू यो अवस्थामा हराएर जान्छन् । यो अवस्था सामान्यतया ७ देखि १० दिनसम्म रहन्छ, तर कहिलेकाहीँभने २–३ महिनासम्म पनि रहन सक्छ । यो अवस्थामा बिरामीमा निम्न लक्षण देखा पर्छन्–
– आँखा, नङ र शरीरमा पहेँलोपन (जन्डिस) देखापर्ने ।
– पिसाब र दिसामा पहेँलोपन बढ्दै जाने ।

३. तेस्रो अवस्था
यो अवस्थामा बिरामीमा देखिएका रोगका लक्षणहरू हराएर जान्छन् । बिरामी कमजोर हुन्छ ।

उल्लेखित लक्षणहरू देखिएमा के गर्ने ?
– बिरामीलाई आराम गर्न लगाउने ।
– प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खान दिने ।
यसो गर्दा पनि बिरामीलाई आराम नभएमा तुरुन्तन जिकको स्वास्थ्य संस्थामा लगी उपचार गराउने ।

रोग लाग्नबाट बच्ने तरिका
– पानी उमालेर मात्रवाजीवाणुनाशकऔषधिहालेर मात्र पिउने ।
– पानीको मुहान वरिपरि दिसा–पिसाब र अन्य फोहोर नगर्ने ।
– बिरामीको हेरचाह गर्ने व्यक्तिले साबुन–पानीले राम्ररी हात धुने ।
– बिरामी र बिरामीको हेरचाह गर्ने व्यक्तिले नङ काट्ने ।
– बिरामीले प्रयोग गरेका कपडाहरू राम्ररी धोएर, घाममा सुकाएर मात्र प्रयोग गर्ने ।
– बिरामीको जुठो अन्य व्यक्तिले नखाने ।
– काँचै खाने खानेकुराहरू, जस्तै, मुला, गाँजर, काँक्रो आदि सफा पानीले राम्ररी पखालेर मात्र खाने ।
– खाना खानु र खुवाउनु अघि, दिसा–पिसाब गरेपछि र फोहोर वस्तु चलाएपछि साबुन–पानीले राम्ररी हात धुने ।
– सबैले चर्पीमा मात्र दिसा–पिसाब गर्ने र बच्चाको दिसा–पिसाब पनि चर्पीमै बिसर्जन गर्ने ।
– व्यक्तिगत तथा वातावरणीय सरसफाइमा सधैँ ध्यान दिने ।
– आवश्यक पर्दा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै