बिहीबार वर्षकै चिसो दिन, अस्पतालमा ६०% पुगे चिसोका बिरामी, काठमाडौंको तापक्रम ‘माइनस’मा झर्ने

काठमाडौं उपत्यकासहित देशभर बिहीबारदेखि चिसो अत्यधिक बढेको छ । लगातार चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको छ । काठमाडौं उपत्यकामा यस वर्षको सबैभन्दा कम तापक्रम ०.९ डिग्री सेन्टिग्रेट मापन गरिएको छ, जुन बिहीबार विहान ८ बजेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरिसकेको छ । महाशाखाले काठमाडौंको तापक्रम केही दिनभित्रै माइनसमा झर्ने बताएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ६० प्रतिशत बिरामी  चिसोका
जाडो बढेसँगै राजधानीका प्रमुख अस्पतालमा रुघाखोकी, दम तथा निमोनियाका बिरामीको संख्या ह्वातै बढेको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिसोका बिरामी दिनप्रतिदिन बढ्दै गएको छातीरोग विशेषज्ञ डा. नीरज बम बताउँछन् । अस्पतालमा दैनिक ओपिडीमा ज्वरो, रुघाखोकीलगायतका करिब २ सय बिरामी आउने गरेकोमा ६० प्रतिशतभन्दा बढीमा चिसोको संक्रमण पाइएको उनले जानकारी दिए ।

चिसोको संक्रमणका कारण मुख्यतया रुवाखोकी, ज्वरो, निमोनिया, छातीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेकोे डा. बमले बताए । ‘चिसोका कारण केही बिरामीलाई निमोनिया भई आइसियूमा भर्ना गरेर राख्नुपरेको अवस्था छ,’ डा. बम भन्छन्, ‘चिसो बढेसँगै अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएको छ ।’

के छ कान्तिको अवस्था ?
जाडो महिनामा सामान्यतः सबै अस्पतालमा बिरामीको चाप कम हुने हुन्छ । कान्ति बाल अस्पतालमा आजभोलि ३ सय ५० को हाराहारीमा ओपिडी टिकट बिक्री हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा चिसोका कारण बालबालिकामा रोटा भाइरसकाले हुने झाडापखाला तथा आरएसभी भाइरसका कारण हुने ब्युंकोलाइटिस (निमोनिया) जस्ता संक्रमणको दर बढेको अस्पतालका निर्देशक डा. आरपी बिच्छा बताउँछन् ।

‘चिसो मौसममा हुने झाडापखाला सामान्यता ५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखापर्छ । तर, १ वर्षमुनिका बालबालिकामा संक्रमण र मृत्युको जोखिम बढी हुने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘बालबालिकामा सुरुवातमा बान्ता भएको २–३ पटकपश्चात् पानीपखला चल्ने हुन्छ । बालबालिकालाई पानीको कमी भएको खण्डमा अन्य संक्रमण बढ्दै जान्छ ।’ हाल अस्पतालमा आउने ओपिडीका बिरामीमध्ये करिब १० प्रतिशत चिसो मौसममा हुने झाडापखालाले पीडित भएको उनले बताए । यसमध्ये दैनिक ४–५ जनालाई भर्ना गरेर राख्नुपरेको डा. बिच्छाले जानकारी दिए ।

त्यसैगरी, चिसो मौसममा आरएसभी भाइरसका कारण ब्युुंकोलाइटिस (निमोनिया) जस्ता संक्रमण हुने गर्छ । यसको असर १ वर्षभन्दा कम उमेरका बालबालिकामा बढी हुने गरेको डा. बिच्छा बताउँछन् । ब्युंकोलाइटिस भाइरसका कारण श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, खोकी लाग्ने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘३–४ दिनमा निको नभएको खण्डमा सेकेन्डरी इन्फेक्सन भएका कारण निमोनियाको रूप लिने गर्छ ।’

डा. बिच्छाका अनुसार चिसोबाट बालबालिकालाई जोगाउन खुट्टा तथा टाउकोमा न्यानो कपडा लगाइदिने, बिहान–बेलुका घरबाहिर ननिकाल्ने, झोल पदार्थ प्रशस्त खुवाउने, बालबालिकाको सरसफाइमा ध्यान दिने गर्नुपर्छ । चिसोका कारण रुघाखोकी, दम, घाँटी खस–खस गर्ने, भाइरल इन्सेफलाइटिस (मस्तिष्कज्वर), निमोनिया, रोटाभाइरल झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका बिरामी बढेका छन् । चिसोबाट बढी प्रभावित हुनेमा वृद्धवृद्धा, दमका बिरामी, बिहानै काममा जाने समूह रहेको चिकित्सक बताउँछन् ।

प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्ने गरेको चिकित्सकको भनाइ छ । रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल प्रकारका रोगले संक्रमण गर्ने गरेको डा. बम बताउँछन् । रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिई वेलैमा उपचारमा ध्यान दिन नसकिएको अवस्थामा यसका कारण जटिल परिस्थितिको पनि सिर्जना हुन सक्छ । ‘रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिएर अधिकांशले नजिकैको औषधि पसलमा गएर अनुमानका भरमा आफूखुसी औषधि किनेर खाने गरेको पाइन्छ,’ डा. बिच्छा भन्छन्, ‘यसरी विनास्वास्थ्यपरीक्षण तथा चिकित्सकको सल्लाहविना औषधि खानु राम्रो होइन । यसले भविष्यमा विभिन्नखाले जटिल स्वास्थ्य समस्यासमेत देखापर्न सक्छन् ।’

बालबालिकालाई बान्ता हुने, लगातार रूपमा झाडापखला लागेमा तुरुन्तै नजिकको स्वास्थ्यसंस्थामा देखाउन डा. बिच्छाको सुझाव छ ।

चिसोबाट बच्न डा. बमको सुझाब
१. बिहान–बेलुका चिसोमा सकेसम्म बाहिर हिँडडुल नगर्दा नै फाइदा हुन्छ । हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कनुपर्छ ।
२. सकेसम्म तातोपानी प्रशस्त पिउनुपर्छ ।
३. प्रशस्त मात्रामा झोलियो खानेकुरा खानुपर्छ ।

४. मौसमी फलफूल विशेष गरेर भिटामिन सीयुक्त फलफूल खानुपर्छ । चिसो खानेकुरा खानुहुँदैन ।
५. भाइरल फ्लु लागेका मानिससित दूरी कायम गर्नुपर्छ ।
६. चिसो मौसममा तुँवालो लागेका वेला माक्सको प्रयोग गर्नुपर्छ, जसबाट श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन मद्दत पुग्छ ।
७. राति कोठाको वातावरण न्यायो राख्नुपर्छ ।
८. हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बारम्बार ‘हाच्छिऊँ…’ आउँछ ? ‘हे फिभर’ हुन सक्छ

चिसो लाग्दा हाच्छिऊँ आउनु स्वाभाविक हो । तर, कैयौँ मानिस यस्ता छन्, जसलाई विनाकारण वेलावेलामा हाच्छिऊँले सताउने गर्छ, नाक तथा शरीर चिलाउने गर्छ । विनाकारण लगातार हाच्छिऊँ आउनु ‘हे फिभर’ अर्थात् परागण ज्वरोको कारण हुन सक्छ । परागका कणले शरीरमा आक्रमण गरेमा लगातार हाच्छिऊँ आउने गर्छ । विशेषगरी, धुलो, फूल तथा घाँसपातमा रहेका कणले शरीरमा आक्रमण गरेमा परागका कारण ज्वरो आउने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘हे फिभर’ भनिन्छ ।

धुलो तथा फूलका राग वा परागको एलर्जी हुने व्यक्ति हे फिभरको जोखिममा पर्छन् । हे फिभरमा नाक तथा आँखाबाट पानी बग्ने, घाँटीमा खसखस हुने, लगातार हाच्छिऊँ आउने लक्षण देखापर्छन् ।
वसन्त ऋतुको अन्त्यसँगै जोखिममा रहेका व्यक्ति यो रोगको चपेटामा आउने गर्छन् । प्रत्येक वर्ष कुल जनसंख्याको १० देखि ३० प्रतिशत जनसंख्या यो रोगबाट प्रभावित हुने गर्छन् ।

यो समस्या उमेर बढेसँगै कम हुने गर्छ । २० प्रतिशत व्यक्तिलाई यो समस्याबाट सधैँका लागि छुटकारा प्राप्त हुन्छ । तर, जो व्यक्तिलाई बाल्यकालमा यो समस्या हुँदैन, उनीहरूलाई पछि गएर यो समस्या हुने सम्भावना भने धेरै हुन्छ ।

हे फिभर : भ्रम र यथार्थ
१९औँ शताब्दीमा आमसोचाइ थियो, ताजा काटेको घाँसका कारण मानिसमा हे फिभर निम्तिन्छ । परिणामस्वरूप उनीहरूले यसको नामकरण नै ‘हे फिभर’ गरिदिए । त्यहीक्रममा बेलायतका एक चिकित्सक जेम्स बोस्टाक पनि यो रोगको चपेटामा आएपछि उनले यो रोगबारे खोजी सुरु गरे । खोजीका क्रममा उनले निष्कर्ष निकाले– यो रोग घाँससित सम्बन्धित छैन । किनकि, प्रत्येक वर्ष गर्मीको समयमा देखिने यो रोग उनमा तब कम भयो जब उनी समुद्री किनार बस्न थाले । उनलाई लाग्यो, यो रोग गर्मीमा देखिने सामान्य रोग हो ।

सन् १८५९ मा भने यो ज्वरोको सम्बन्ध फलको कणसित रहेको पत्ता लाग्यो । ब्रिटिस वैज्ञानिक चाल्स ब्लैकलेलाई जब फूलको गुच्छा दिइयो, त्यसलाई सुँघ्नासाथ उनलाई लगातार हाच्छिऊँ आउन थाल्यो । विभिन्न परीक्षणपश्चात् ब्लैकलेले के पत्ता लगाए भने फूलको पराग तथा घाँसबाट निस्कने कणले नै हावामा हे फिभरलाई जन्म दिन्छ । त्यसैले हे फिभर आउनुमा पराग तथा फूलको राग प्रमुख कारकतत्व मानिन्छन् । यसलाई विज्ञानले पुष्टिसमेत गरिसकेको छ ।

यो समस्या उमेर बढेसँगै कम हुने गर्छ । २० प्रतिशत व्यक्तिलाई यो समस्याबाट सधैँका लागि छुटकारा प्राप्त हुन्छ । तर, जो व्यक्तिलाई बाल्यकालमा यो समस्या हुँदैन, उनीहरूलाई पछि गएर यो समस्या हुने सम्भावना भने धेरै हुन्छ ।

हे फिभरको समस्या भएमा एन्टिहिस्टेमाइन औषधिले शरीरमा प्रभावकारी रूपमा काम त गर्छ, तर यसले शरीरलाई भने सुस्त बनाउँछ । औषधिकै असरका कारण शरीर सुस्त हुन्छ र मानिस उँघ्न थाल्छ ।

त्यस्तै, धुलो तथा फूलको रागको एलर्जी हुने व्यक्तिलाई यो समस्या वर्षात्मा धेरै हुने भएकाले उनीहरूले विशेष सजगता अपनाउनुपर्छ । किनकि, वर्षात्को समयमा फूलको राग हावामा मिलेमा यो समस्या निम्तिने गर्छ । त्यसैले यो समस्याबाट बच्न पनि ‘हे फिभर’को संक्रमण भएको शंका लागेमा सकेसम्म घरैमा बसेर आराम गर्नुपर्छ । खुला हावामा यो समस्या थप जटिल बन्न सक्छ । त्यसैले, यो समस्या कति घातक हुन्छ र कसलाई यसले प्रभावित पार्छ भन्ने कुरा संक्रमितको वरिपरिका बोटबिरुवामा पनि निर्भर हुन्छ । धेरै पराग निस्कने बोटबिरुवाले यससम्बन्धी धेरै समस्या निम्त्याउँछन् ।

उपचार
हे फिभरको समस्या भएमा एन्टिहिस्टेमाइन औषधिले शरीरमा प्रभावकारी रूपमा काम त गर्छ, तर यसले शरीरलाई भने सुस्त बनाउँछ । औषधिकै असरका कारण शरीर सुस्त हुन्छ र मानिस उँघ्न थाल्छ । त्यसैले, पहिले–पहिले चिकित्सकहरू यो औषधिको सेवन रातको समयमा मात्र गर्न सुझाब दिने गर्थे । यद्यपि, ९० को दशकमा बजारमा हे फिभर कम गर्न नयाँ औषधिको उत्पादन सुरु गरियो । जुन हिस्टेमाइनको तुलनामा निकै प्रभावकारी थियो ।

यसबाहेक पनि जानकारहरू हे फिभरको समस्या कम गर्न एक चम्चा मह खाने सल्लाह दिने गर्छन् । महमा रोगप्रतिरोधी क्षमता अत्यधिक हुन्छ, त्यसैले यसलाई अमृत पनि भनिन्छ । यद्यपि, महले हे फिभरको समस्या न्यूनीकरण गर्छ भन्ने कुरा अनुसन्धानबाट पुष्टि हुन भने बाँकी नै छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

छ केही चिसो भगाउने अचुक औषधि ? के गर्ने ?

चिसोबाट प्रभावित भएपछि तत्काल उम्किनुपर्ने हुन्छ । चिसो लागेपछि तपाईंलाई आफ्नो दैनिकीलाई निरन्तरता दिन मुस्किल पर्छ । चिसोले समाति नै सक्यो भने तपाईंले अवश्य पनि केही सावधानी अपनाउनुपर्ने हुन्छ ।

चिसोबाट छुटकारा पाउन केही उपाय अपनाउनुहोस्–
१) प्रशस्त पानी पिउनुहोस्
पक्कै पनि आवश्यक पोषण सम्पूर्ण स्वास्थ्यका लागि आवश्यक छ । तर, के तपाईंलाई थाहा छ, निश्चित खाद्यान्न तथा ड्रिंक्स तपाईंलाई चिसोबाट छुटकारा दिलाउन महत्वपूर्ण हुन्छन् । तातो पानी चिसोबाट छुटकारा पाउने महत्वपूर्ण उपाय हो । तातो पानी प्रशस्त पिउनाले खकार, घाँटी खसखस तथा श्वास–प्रश्वासका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

२) प्रशस्त निदाउनुहोस्
शरीरलाई आराम प्रदान गर्ने प्रमुख उपाय भनेको निद्रा हो । यसले रोग निको नबनाए पनि राम्रो निद्राले विभिन्न संक्रमणसँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ । त्यसैले पूरा निद्रा सुत्न मिल्ने गरी आफ्नो कार्यसूची मिलाउनुहोस् । यसले शरीरमा अक्सिजन पुर्याउन पनि सहयोगी भूमिका खेल्छ ।

३) ध्यान गर्नुहोस्
चिसोबाट प्रभावित भएका वेला त्यसबाट छुटकारा पाउन औषधिबारे मात्र नसोच्नुहोस् । अध्ययनहरूले पुष्टि गरेका छन् कि, तनावले तपाईंको स्वास्थ्यलाई चौतर्फी आक्रमण गर्छ । त्यसैले पनि चिसो लागेका वेला स्ट्रेस फ्री हुनु जरुरी छ । ध्यानले तपाईंलाई स्ट्रेसबाट टाढा राख्न र शान्त रहन सघाउँछ । आँखा राम्रोसँग बन्द गर्नुहोस् र आफ्नो श्वास–प्रश्वासमा केन्द्रित हुनुहोस् ।

एउटा गोली खाने र चिसो चटक्कै भगाउने, त्यस्तो अचुक औषधिको खोजीमा नलाग्नुहोस् । बरु प्रशस्त पानी, झोलिलो पदार्थ खानुहोस् र प्रशस्त आराम गर्नुहोस् । यी सबै सावधानीका साथ औषधि खानुभयो भने आवश्य निको हुन्छ ।

४) सरसफाइमा ध्यान दिनुहोस्
सरसफाइले भाइरस नियन्त्रण गर्नुका साथै चिसो लाग्नबाट रोक्न महत्वपूर्ण भूमिका खेल्छ । बारम्बार हातले नाक तथा मुख छुने र त्यतिकै काममा जाने गल्ती नगर्नुहोस् । अनावश्यक हात नचलाउनुहोस् । निरन्तर सरसफाइ गरिरहनुहोस् । आफूलाई चिसो लागेको छ भने धरै भिडमा नजानुहोस् र चिसो लागेको मानिसको धेरै नजिक नजानुहोस् ।

५) दुर्भाग्यवश, कमन कोल्डको कुनै उपचार छैन
एउटा गोली खाने र चिसो चटक्कै भगाउने, त्यस्तो अचुक औषधिको खोजीमा नलाग्नुहोस् । बरु प्रशस्त पानी, झोलिलो पदार्थ खानुहोस् र प्रशस्त आराम गर्नुहोस् । यी सबै सावधानीका साथ औषधि खानुभयो भने आवश्य निको हुन्छ ।
मनतातो पानीमा आधा चम्चा नुन मिसाउनुहोस् र राम्रोसँग घोल्नुहोस् । ३० सेकेन्डसम्म मुखमा लिएर बस्नुहोस् र थुक्नुहोस् ।

 

याे पनि

चिसोबाट मुक्ति पाउने घरेलु उपाय

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिसोबाट मुक्ति पाउने घरेलु उपाय

 

 

तपाईं चिसोबाट ग्रस्त हुनुहुन्छ भने औषधि खानुपूर्व दुईपटक सोच्नुहुनेछ । विशेषगरी एसियन मानिस, त्यसमा पनि भारतीय र नेपाली अझै पनि घरेलु विधिमा विश्वास गर्छन् । चिसो लाग्दैमा औषधि खाइहाल्नुभन्दा यी साइडइफेक्टमुक्त औषधि अथवा घरेलु विधि अपनाउन सक्नुहुनेछ । यी विविध घरेलु विधिले कमनकोल्ड तथा खोकीबाट जोगिन सघाउँछ ।

अदुवा चिया
अदुवा चिया स्वादका लागि मात्र होइन, चिसोसँग लड्न पनि प्रभावकारी हुन्छ । अदुवाका धेरै स्वास्थ्य फाइदाका अलावा यो चिसो भगाउने र निको पार्ने घरेलु औषधिका रूपमा चिनिन्छ ।

मह, दालचिनी र कागतीको मिश्रण
कमनकोल्डबाट बच्ने अर्काे प्रभावकारी उपाय भनेको कागती, दालचिनी तथा महको मिश्रण हो । यी तीन चिजको मिश्रणको झोलले चिसोबाट मुक्ति दिलाउँछ ।

बनाउने विधि
एक चियाचम्चा मह, केही थोपा कागती र एक चिम्टी दालचिनी मिलाउनुहोस् यस्तो मिश्रणलाई तातोपानीमा मिसाउन पनि सक्नुहुन्छ । यतिकै पनि लिन सक्नुहुन्छ । यसलाई दिनमा दुईपटक सेवन गर्नुहोस् ।

मनतातो पानी
खकार तथा घाँटी खसखस भइरहेको छ भने प्रशस्त मनतातो पानी खानुहोस्, यसले रोग झन् बढ्नबाट रोक्छ, शरीरमा पानीको मात्रा पूर्ति गर्न सघाउँछ र शरीरलाई अन्य संक्रमणबाट जोगाउँछ ।

दूध र बेसार
नेपाल तथा भारतीयको भान्सामा सधैँ पाइने बेसार एन्टिअक्सिडेन्टको उच्च स्रोत हो । जुन धेरै रोगविरुद्ध सहयोगी हुन्छ । राति दूधमा बेसार मिलाएर पिउँदा चिसो तथा कमनकोल्डसँग लड्न सघाउँछ । सुत्नुभन्दा पूर्व एक गिलास दूधमा केही बेसार मिलाएर पिउँदा छिटो निको हुन सघाउँछ । यो अन्य रोगको लागि पनि लाभदायी हुन्छ ।

नुनपानीसँग लशून
चिसोसँग लड्ने वर्षाैं पुरानो थेरापी हो– नुन मिलाएको मनतातो पानी र लशून । यसमा बेसार मिलाएर पनि पिउन सक्नुहुन्छ, दिनमा ३ पटक पिउन सक्नुहुन्छ ।

मह र ब्रान्डी
मात्र एक चम्चा ब्रान्डी केही थोपा महसँग मिलाएर लिनुहोस् । चाँहि ब्रान्डी छातीलाई तातो राख्न र शरीरको तापक्रम बढाउन महत्वपूर्ण हुन्छ । यसमा मह मिसाएर पिउँदा चिसोविरुद्ध लाड्न सहयोगी हुन्छ । अन्य खालका मदिरा र धेरै मदिरा दुबै हानीकारक हो । चिसोमा हटाउने नाममा मदिरा सेवा गर्नाले सुरुमा तातो महसुस भएपनि अन्ततः झन् शरीरको तापक्रम बाहिर फालेर बेफाइदा गर्छ । मदिराले तातो बनाउँन भन्ने भ्रम नपाल्नुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सोमबार वर्षकै चिसो दिन, शून्यमा झर्यो तापक्रम

उपत्यकामा आइतबारदेखि चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ । उत्तरी गोलार्धबाट नेपालको आकाशमाथि वायु आइरहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार सोमबार विहान ५ बजेर ४५मा उपत्यकामा यो वर्षकै चिसो मापन गरिएको थियो । जतिबेला उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियास थियो । दिउँसो घाम लाग्दा १९ डिंग्रीसम्म पुगेको थियो ।

मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘अब एक–दुई दिनसम्ममा पश्चिमी वायुको प्रभावले बिस्तारै नेपालमा बादल प्रवेश गर्दै छ ।’ उनले भने, ‘आज र भोलि अलि बढी नै जाडो रहनेछ ।’  बुधबारदेखि मध्य र उच्च पहाडी भेगमा समेत वर्षा हुने महाशाखाको अनुमान छ ।
उनका अनुसार भोलि मंगलबार रातिबाट विशेषगरी पहाडी भेगमा बादल लागेर वर्षा हुने संभावना समेत छ । यसवर्ष हालसम्म काठमाडौंको तापक्रम शून्य ड्रिग्रीबाट तल झरेको छैन भने जुम्लामा माइनस ५.१ डिग्रीसम्म झरेको छ । यसभन्दा तल तापक्रम झर्ने सम्भावना नरहेको अर्यालले बताए ।

बुधबारदेखि मध्य र उच्च पहाडी भेगमा समेत वर्षा हुने महाशाखाको अनुमान छ । उनका अनुसार भोलि मंगलबार रातिबाट विशेषगरी पहाडी भेगमा बादल लागेर वर्षा हुने संभावना समेत छ ।

त्यसैगरी, भोलि बेलुकाबाट पश्चिमी वायुको सामान्य प्रभाव देखापर्नेछ । त्यसले गर्दा तापक्रम फेरि बढ्ने अर्याल बताउँछन् । आकाशमा बादल लागेपछि तापक्रम बढ्नेछ । दिउँसोको समयमा बादल नलाग्ने हुनाले चिसोको अनुभूति अलि धेरै नै हुने गर्छ ।
वायुमण्डल सफा नभएका कारण एवम् प्रदूषणका कारण पनि कम्ल्पिट रेडिएसनहरू पृथ्वीमा पर्दैनन् । त्यसकारण पनि मौसम चिसो हुने गर्छ । वायुमण्डल सफा भएका वेला सूर्यको किरण पृथ्वीमा धेरै पर्ने गर्छ ।
उनका अनुसार वायुमण्डल सफा नभएका वेला सूर्यको किरण वायुमण्डलमा भएको प्रदूषणले लिने गर्छ । पृथ्वीमा सोलाल रेडिएसन कम मात्रामा पर्ने गर्छ । सोलार रेडिएसन पृथ्वीको सतहमा पर्नु भनेको फेरि चिसो बढ्नु नै हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कति खाने जाडोमा पानी ?

हामीमध्ये अधिकांशले गर्ने गरेको गुनासो हो, जाडोमा तिर्खा लाग्दैन, कति पानी खानुपर्ला ?
हो, जाडोमा तपाईं तिर्खाको अनुभूति नगर्न सक्नुहुन्छ । तर, तिर्खा नलागे पनि तपाईंको शरीर सुक्खा हुन नदिन पानी बारम्बार पिउनु अति आवश्यक छ ।

पानी केका लागि ?
– शरीरका विकारहरू बाहिर निकाल्न ।
– शरीरको तापक्रम नियन्त्रण गर्न, सन्तुलित राख्न ।
– पानी पसिनाको स्रोत हो ।
– जोर्नीलाई लचिलो बनाउन ।
– शरीरका महत्वपूर्ण अंग तथा टिस्युलाई स्वस्थ राख्न ।

हामीले व्यायाम नगर्दा पनि पिसाब, दिसा तथा श्वासप्रश्वासको माध्यमबाट ६० प्रतिशत पानी नष्ट हुन्छ । र, पसिना निकाल्ने गरी एक्सरसाइज गर्यौँ भने ९० प्रतिशत पानी नष्ट हुन्छ ।
पसिना कति जाने भन्ने वातावरण र कति समय कडा व्यायाम ग-यौँ भन्नेमा भर पर्छ । बढी जाडोमा सामान्य व्यायाम गर्नुभएको छ र पसिना आइरहेको छैन भने पनि पानी बारम्बार खाइरहनु आवश्यक छ ।

व्यायाम गर्नेका लागि विशेष
व्यायाम गर्नेले केही सावधानी अपनाउनुपर्छ । जस्तै, व्यायामले एक पाउन्ड तौल घट्यो भने व्यायामपछि २–३ कप पानी पिउनुपर्छ ।

आवश्यक मात्रा कति ?
सामान्यतया १९ वर्ष पुगेपछि महिलालाई दैनिक २.७ लिटर र पुरुषलाई ३.७ लिटर पानी आवश्यक पर्छ । तर, याद गर्नुपर्छ कि– यो व्यक्तिपिच्छे फरक हुन्छ, उमेर, शारीरिक गतिविधि, वातावरण मौसमलगायतमा भरपर्छ । यदि तपाईं बेलुकी जिम वा व्यायाम गर्ने गर्नुहुन्छ भने तपाईंलाई दैनिक अझ धेरै पानीको आवश्यकता पर्छ । त्यस्तै, लामो समय कम्प्युटरमा काम गर्नेका लागि पनि बढी पानी पिउनु आवश्यक हुन्छ ।

शारीरिक गतिविधि नगर्नेका लागि
पुरुष : दैनिक खाने फलफूल, तरकारी, चिया सुप छोडेर करिब १० गिलास पानी पिउनुहोस् । यदि शारीरिक गतिविधि गर्नुहुन्छ भने कम्तीमा १२ गिलास पिउनुहोस् ।
महिला : दैनिक खाने फलफूल, तरकारी, चिसा सुप छोडेर कम्तीमा ७–८ ग्लास, यदि शारीरिक व्यायाम गर्नुहुन्छ भने १० ग्लाससम्म पानी पिउनुहोस् ।
स्तनपान गराउने महिलाले भने अझै धेरै पानी पिउनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जाडोमा स्वस्थ रहने ७ तरिका

जतिजति चिसो बढ्दै जान्छ, उतिउति तपाईंको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ । जाडोमा स्वास्थ्य धेरैको चिन्ता र चासोको विषय हो । किनकि, बाहिरी वातावरणले गर्दा तपाईंलाई नियमित व्यायामको तालिका अनुसरण गर्न पनि चुनौती हुन्छ । त्यसैगरी घरमै बसिरहन मनलाग्छ र भोक पनि बढी लाग्छ । यस्तोमा स्वस्थ कसरी रहने त ?

उपाय
१) फ्लुबाट बच्नुहोस्
जाडोमा स्वस्थ रहने उत्तम उपाय फ्लुबाट बच्ने तरिका अपनाउनुहोस् र लागिहालेमा सावधानी अपनाउनुहोस् । त्यसका लागि–
– हात बारम्बार मुख तथा नाकतर्फ गइरहने हुँदा हात धुने कुरामा सचेत रहनुहोस् ।
– संक्रमितको वरिपरि नजानुहोस् ।
– फ्लुले ग्रस्त हुनुहुन्छ भने बाहिर नजानुहोस् ।
– बच्नका लागि भ्याक्सिन लिन सक्नुहुनेछ ।
– भिडभाडमा नजानुहोस् ।

२) मौसमी खाना खानुहोस्
– हरिया सागसब्जीसहितको मौसमी भेजिटेबलको सुप खानुहोस् ।
– जाडोमा तातो, कडा खान मनलाग्छ, तर चिल्लो, नुनिलो गुलियो नखानुहोस् ।

३) घरभित्रै भए पनि व्यायाम गर्नुहोस्
नआत्तिनुहोस्, चिसो बढ्दै छ, मर्निङवाक जान सकिएन, तर घरभित्रै बसेर पनि कम्तीमा आधा घण्टा उफ्रिनुहोस् । टिभी वा मोबाइल हेरेर योग गर्न सक्नुहुन्छ । चिसोबाट बच्न पनि व्यायामको माध्यमबाट शरीरलाई तताउनु जरुरी छ ।

४) बाहिर जाने नै हो भने न्यानो लुगामा ध्यान दिनुहोस् ।
घरभित्रको व्यायामले पुग्दैन, बाहिर जानु नै हुन्छ भने शरीरलाई तात्ने गरी टाउकोसम्मै न्यानो लुगा छान्नुहोस् । जाडोमा न्यानो लुगा नलगाई हिँड्दा हाइपोथर्मिया हुन्छ भने धेरै लुगा लगाउँदा व्यायाम गर्न असहज हुन्छ । त्यसैले बाहिर व्यायाम गर्न जानुहुन्छ भने न्यानो र सहज लुगा रोज्नुहोस् ।

५ छालालाई माया गर्नुहोस्
लुगा धेरै लगाउनुपर्ने, हिटरमा बस्नुपर्ने आदि कारणले गर्दा छाला सुक्खा भएर जाडोमा हैरान हुन्छ । छाला सुक्खा हुने र क्य्राक हुनाले छालालार्ई मोइस्चर्ज राख्नु जरुरी छ । छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ । धेरै तातोपानीले ननुहाउने, मनतातो पानीले मात्र नुहाउने गर्नुहोस् । नुहाउनासाथ तेल तथा लोसन लगाउन नबिर्सिनुहोस् ।

६ प्रशस्त झोलिलो पदार्थ खानुहोस्
जाडोमा अधिकांश मानिस पानी पिउन बिर्सन्छन् । जाडोमा दिनभर पानी नपिउने र चिया मात्र पिउँदै हिँड्नुहुन्छ भने झन् जोखिम हुन्छ । त्यसैले प्रशस्त पानी, सुप, हर्बल चिया, अदुवा चिया पिउनुहोस् ।

७) रिल्याक्स
जति स्ट्रेस लिनुहुन्छ, त्यति नै फ्लु तथा कोल्ड भाइरसले सताउँछ । त्यसैले दिनभर आनन्दित हुनुहोस् । शरीरलाई माया गर्न नबिर्सनुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पाँच फलफूल, जुन चिसो तथा फ्लुसँग लड्न औषधिभन्दा प्रभावकारी हुन्छन्

अधिकांश मानिसले सोच्ने गर्छन्, चिसो मौसममा फलफूल खाँदा झन् चिसो हुन्छ, रुघाखोकी लाग्छ । अझ रुघाखोकी लागेका वेला त फलफूल नै खाँदैनन् । तर, मेडिकल्ली प्रमाणित भएको कुरा हो– केही फलफूल चिसोमा औषधिभन्दा लाभदायी हुन्छन् ।
फलफूलमा जम्र्सलाई मार्ने क्षमता हुन्छ, साथै यसले रोगप्रतिरोधी क्षमता बढाउँछ । प्रशस्त मात्रामा भिटामिन पाइने फलफूलले रोगप्रतिरोधी क्षमता बढाएर जाडो तथा फ्लुको असरबाट टाढै राख्न सघाउँछ । यसका अलावा नियमित फलफूल खाँदा मुटुरोग तथा क्यान्सरजस्ता रोगको जोखिम घटाउँछ ।

चिसोसँग जुध्न सक्ने फलफूल

स्याउ
स्याउ एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । एउटा मध्यम साइजको स्याउले १ हजार ५ सय एमजी भिटामिनबराबरको काम गर्छ । त्यसैले यो जाडोमा अत्यन्त उपयोगी छ ।

मेवा
२ सय ५० प्रतिशत भिटामिन सीको आरडिए पाइने मेवाले चिसो तथा चिसोजन्य रोगबाट टाढै रहन सघाउँछ । मेवामा पाइने बोटाक्यारोटिन, भिटामिन सी र ईले शरीरमा चिसो गढ्न तथा सुन्निनबाट जोगाउँछ । यसले दमको प्रभाव पनि घटाउँछ ।

केरा
भिटामिन बी६ को सबैभन्दा राम्रो स्रोत केराले चिन्ता, डिप्रेसन, तनावका साथै इन्सोम्नियाबाट जोगाउन सघाउँछ । केरामा म्याग्नेसियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डीलाई मजबुद बनाउँछ, साथै यसमा पाइने पोटासियमले मुटुरोग तथा उच्च रक्तचापबाट जोगाउँछ ।

क्य्रानबेरी
क्य्रानबेरी पाश्चात्य देशहरूमा अत्यन्त प्रचलित फल हो । अन्य तरकारी तथा फलफूलमा भन्दा क्य्रानबेरीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । क्य्रानबेरीको एकपटकको सेवनले ब्रोकाउलीको ७ पटकको सेवनबराबर लाभ प्रदान गर्छ । प्राकृतिक प्रोबायोटिक पाइने क्य्रानबेरी शरीरमा राम्रो ब्याक्टेरिया बढाउन र खानाजन्य रोगबाट जोगाउनसमेत सहयोगी हुन्छ ।

अंगुर
अंगुरमा प्राकृतिक तत्व लिमोनोइड्स पाइन्छ । यो कोलेस्टेरोल घटाउन सहयोगी हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो पनि चिसोसँग लड्नका लागि उपयोगी फल हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिसो मौसम, चरम प्रदूषण, दमबाट कसरी बच्ने ?

फोक्सो वा श्वासनलीमा आएको संकुचनका कारण श्वास–प्रश्वासमा आएको कठिनाइलाई दम भनिन्छ । यो एक दीर्घरोग हो । अक्सिजनको मात्रा रगतभित्र पस्नमा कठिनाइ हुँदा दमरोगले च्याप्ने गर्छ । दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यसले श्वास–प्रश्वाससम्बन्धी अंगहरूमा आक्रमण गर्छ । धुलो, धुवाँ, वातावरणीय प्रदूषणलगायत कारणले यो रोग लाग्ने गर्छ । जुनसुकै उमेर समूहका मानिसमा यो रोग लाग्न सक्छ ।

श्वास–प्रश्वासका कोषिकाहरूले उत्पादन गरेको एक इन्जाइमले श्वास–प्रश्वासका नलीहरूमा बाधा उत्पन्न गराउँछन्, जसकारण लामो समयसम्म खोकी लाग्ने, स्वाँ–स्वाँ हुने गर्दछ, त्यसैलाई नै दम भएको भनिन्छ । दमले फोक्सोको हावा भित्र–बाहिर गर्ने नलीलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ । यसले हावानलीमा रहेका मांसपेशीलाई संकुचित पार्ने काम गर्छ । जसले गर्दा श्वास–प्रश्वासमा समस्या आउँछ ।दमका रोगीका लागि चिसो मौसम जोखिमपूर्ण मानिन्छ । चिसोमा रगत बाक्लो हुने, नलीहरु खुम्चिने हुँदा रक्तसंचारदेखि श्वासप्रश्वाससमेत अप्ठेरो हुने भएकोले दमका रोगीका लागि जोखिम झन् बढी हुने चिकित्सकहरु बताउछन् ।

कारण
– वातावरणीय प्रदूषण
वातावरणीय प्रदूषणका कारण उत्पन्न धुलो–धुवाँले मानिसमा एलर्जीको समस्या उत्पन्न हुने गर्छ । लामो समयसम्म पनि एलर्जीको उपचार हुन नसकेमा श्वास–प्रश्वासमा समस्या आउँछ, जसलाई दम भनिन्छ । विशेषगरी वायु प्रदूषणका कारण पनि दमकारोगीको संख्या वर्तमान समयमा बढिरहेको छ ।

– कामको प्रकृति
बढी मात्रामा धुलो–धुवाँ उत्पादन हुने ठाउँमा काम गर्ने मानिसमा यस्तो समस्या देखापर्ने गर्छ । श्वास–प्रश्वासका क्रममा धुलो–धुवाँ भित्र गई दम हुने गर्छ । धुलो–धुवाँ उत्पादन गर्ने कारखानामा काम गर्ने मानिसमा दमको समस्या धेरै हुने गरेको पाइएको छ ।
– मुटुरोगका कारण
मुटुरोगीमा दमको समस्या देखापर्ने गर्छ । मुटुरोगले निम्त्याएको श्वास–प्रश्वास समस्याका कारण पनि दम हुने गर्छ ।
– वंशानुगत कारण
परिवारका अग्रज कुनै पनि व्यक्तिमा दम छ वा थियो भने उमेर ढल्किँदै जाँदा वंशानुगत कारणले पनि कतिपयमा दमको समस्या देखापर्न सक्छ । यस्तो प्रकारको समस्यालाई शतप्रतिशत हटाउन सकिँदैन ।

लक्षण
– निरन्तर खोकी लाग्नु ।
– नाक चिलाउनु ।
– श्वास–प्रश्वासमा समस्या आउनु ।
– छाती दुख्नु ।
– श्वास–प्रश्वास असहज हुनु ।
– खोकी प्रायः राति लाग्नु ।
– श्वास फेर्दा सिटी बजेजस्तो आवाज आउनु ।

उपचार विधि
सबैभन्दा पहिले के कारणले दम भएको हो, पत्ता लगाउनु आवश्यक हुन्छ । वंशानुगत कारणबाहेक अन्य कारणले दम भएमा निरन्तर औषधि सेवन गरेर दमको उपचार गर्न सकिन्छ । प्राकृतिक रूपमा गरिने कतिपय थेरापीले समेत दमलाई केही हदसम्म घटाउन सहयोग गर्छ । अत्यधिक मात्रामा तनावपूर्ण जीवनशैलीका कारण देखापरेको दमको समस्यालाई प्राकृतिक रूपमा गरिने कतिपय योगाभ्यासले समेत कम गर्न सकिन्छ ।

बच्ने उपाय
– वातावरण प्रदूषणबाट जोगिने ।
– बाहिर जानेवेला गुणस्तरीय मास्कको प्रयोग गर्ने ।
– चिसोबाट बच्ने ।
– फ्रिजमा राखिएका खानेकुरा नखाने ।
– एलर्जी भएमा तुरुन्त उपचारमा गराउने ।
– घरपालुवा जनावरलाई साताको एकपटक नुहाउने ।
– चुरोट, खैनीजस्ता पदार्थको सेवन नगर्ने ।
– एलर्जीको परीक्षण गराउने ।
– राति हल्का खानेकुरा मात्र खाने ।
– सुत्ने कोठामा हिटर राख्ने ।
– दमका रोगीले दूध, अण्डा, माछाजस्ता खानेकुरा कम खानु राम्रो मानिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जाडो अर्थात् छालाको शत्रु समय

जाडो महिनाको सुरुवातसँगै हावामा जलवाष्प कम हुने तथा मौसम चिसो हुने भएकाले मानिसको छाला सुक्खा हुने समस्या बढी मात्रामा देखापर्छ । साथै, जाडोको समयमा बाथरोगसम्बन्धी समस्यासमेत देखापर्ने गर्छ । बाथरोगीले जाडोयाममा बिहानको समयमा पानी धेरै चलाएमा तथा पन्जाको प्रयोग नगरी स्कुटी, बाइक चलाएमा हातका औँला निलो हुने, दुख्ने घाउ आउनेजस्ता समस्या देखिन्छन् ।

बाथरोगीले जाडोमा चिसो पानी चलाउँदा पन्जा लगाउन तथा चिसोबाट बच्न अत्यावश्यक हुन्छ । बाथरोग नभएका पनि कतिपयलाई चिसो पानीमा बढी खेलेमा छालामा एलर्जी हुने गर्छ भने कसै–कसैमा औँलाहरू सुन्निने समस्या देखापर्छ । जाडोमा देखिने छालाको समस्याबाट बच्नका लागि मुख्यतः चिसोबाट बच्नु आवश्यक छ । गर्मीमा पसिना धेरै आउने तथा हावामा जलवाष्प बढी हुने भएकाले चिल्लोका कारण छालामा विभिन्न प्रकारका रोग देखापर्ने गर्छन् । तर, जाडोमा छालामा सुक्खापनका कारण विभिन्न समस्या आउँछन् । जाडोमा छाला फुस्रो हुने, बच्चा तथा उमेर ढल्किएकाहरूमा हड्डी दुख्नेलगायत समस्यासमेत देखापर्छन् ।

छालाको हेरचाह गर्ने निहुँमा धेरै मात्रामा चिल्लोपदार्थको प्रयोग गर्नु त्यति राम्रो होइन । अनुहारबाहेक शरीरका अन्य भागमा भने जाडोयाममा तेलको प्रयोग गर्नु राम्रो मानिन्छ । तेल छालाका लागि सस्तो तथा सर्वसुलभ औषधि हो ।जाडोयाममा कतिपयलाई घाममा बस्नाले अनुहारमा दाद, चाया पर्नेलगायत समस्या देखापर्ने गर्छन् ।

कतिपयमा छाला सुक्खा भएर माछाको कत्लाजस्तो आउने गर्छ । यस्ता समस्याबाट बच्नका लागि जाडोमा न्यानो लुगा लगाउनुका अतिरिक्त चिल्लोको मात्रा कम भएको लोसनको प्रयोग गर्न सकिन्छ । तर, छालाको हेरचाह गर्ने निहुँमा धेरै मात्रामा चिल्लोपदार्थको प्रयोग गर्नु त्यति राम्रो होइन । अनुहारबाहेक शरीरका अन्य भागमा भने जाडोयाममा तेलको प्रयोग गर्नु राम्रो मानिन्छ । तेल छालाका लागि सस्तो तथा सर्वसुलभ औषधि हो ।जाडोयाममा कतिपयलाई घाममा बस्नाले अनुहारमा दाद, चाया पर्नेलगायत समस्या देखापर्ने गर्छन् । यसबाट बच्नका लागि छालारोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्ने हुन्छ ।

गर्मी सकिएर जाडो सुरु हुनेवेला अर्थात् असोज–कात्तिकको समयमा अर्को प्रमुख समस्याका रूपमा ठेउला पनि देखापर्ने गरेको पाइन्छ । यसका साथै छालामा अन्य भाइरल इन्फेक्सनहरू पनि देखिन सक्छन् । मौसम परिवर्तन हुने समयमा बढी मात्रामा छालामा समस्या देखिने भएकाले गर्मी सकिएर जाडो सुरु हुने तथा जाडो सकिएर गर्मी सुरु हुने समयमा छालाको सुरक्षामा विशेष सजगता अपनाउनुपर्छ । यसवेला भाइरसका कारण हुने छालाको इन्फेक्सनबाट बच्नु जरुरी छ ।

ठेउलाको मौसम सुरु भएको छ । जाडोयाममा बच्चालाई छालाको समस्याबाट जोगाउन नियमित तेल तथा मोइस्चराइजिङ क्रिम लगाइदिनु राम्रो मानिन्छ । छालाका लागि घिउ बनाउनुअघिको नौनीको प्रयोग अत्यन्त राम्रो मानिन्छ । यसको प्रयोगले छाला सुक्खा हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । यो सस्तो र भरपर्दो विकल्प हो ।

सामान्य मानिसले बिहानको कलिलो घाममा १ घण्टा बस्नु राम्रो मानिन्छ । दिउँसो १० बजेपछिको घाममा परावैजनी किरण बढी हुने भएकाले त्यसपश्चात्को घाममा बस्नु मानव शरीरका लागि राम्रो मानिँदैन । १० बजेपछिको घाममा बस्दा छालामा चाउरीपन बढी हुने, हात, गाला तथा शरीरका विभिन्न ठाउँका छालामा मुसाजस्तो कोठीहरू देखापर्ने गर्छ ।

जाडोमा बढी घाममा बस्नेहरूलाई विभिन्न प्रकारका एलर्जीले सताएको पनि पाइन्छ । कतिपयलाई जाडोमा लगाउने विभिन्न प्रकारका लुगाका कारण पनि एलर्जीे हुने गर्छ । ऊनको स्वेटर तथा कपडा, भुवादार ट्राउजर लगाउँदा पनि एलर्जी हुने गर्छ । यस्तो समस्या हुनेले कटन वा सुतीको भित्री वस्त्र लगाएर मात्रै बाहिर त्यस्ता कपडा लगाउनु राम्रो मानिन्छ ।

घाम मानव शरीरका एकातिर नभई नहुने औषधि हो भने अर्कोतिर विष । घामबाट प्राप्त हुने भिटामिन डीले शरीरका हड्डीहरू मजबुत बनाउँछ । क्याल्सियमले बच्चाको शारीरिक वृद्धि–विकासमा सहयोग पु-याउँछ । तर, घामबाट परावैजनी किरण बढी प्राप्त भएमा त्यसले मानव शरीरमा असर पुर्याउँछ । तसर्थ, घाम मानव शरीरलाई पर्याप्त मात्रामा चाहिन्छ, तर अत्यधिक भने होइन ।

सामान्य मानिसले बिहानको कलिलो घाममा १ घण्टा बस्नु राम्रो मानिन्छ । दिउँसो १० बजेपछिको घाममा परावैजनी किरण बढी हुने भएकाले त्यसपश्चात्को घाममा बस्नु मानव शरीरका लागि राम्रो मानिँदैन । १० बजेपछिको घाममा बस्दा छालामा चाउरीपन बढी हुने, हात, गाला तथा शरीरका विभिन्न ठाउँका छालामा मुसाजस्तो कोठीहरू देखापर्ने गर्छ । विशेषगरी गोरो मानिसलाई १० बजेपछिको घामको हानिकारक किरणका कारण छालाको क्यान्सरसमेत हुने गर्छ । गहुँगोरो छालामा भने घामका कारण हुने क्यान्सरको सम्भावना कम हुन्छ । नेपालमा जति पनि मानिसमा भिटामिन डीको परीक्षण गरिएको छ, सबैमा चाहिने लेभलभन्दा कम नै छ । नेपालीको घाममा बस्ने चलन कम हुँदै गएका कारण पनि यस्तो भएको हुन सक्छ ।

वीर अस्पतालमा कार्यरत डा.कायस्थसँग लक्ष्मी चौलागाईंले गरेकाे कुराकानीमा अाधारित

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै