चिसोबाट मुक्ति पाउने घरेलु उपाय

 

 

तपाईं चिसोबाट ग्रस्त हुनुहुन्छ भने औषधि खानुपूर्व दुईपटक सोच्नुहुनेछ । विशेषगरी एसियन मानिस, त्यसमा पनि भारतीय र नेपाली अझै पनि घरेलु विधिमा विश्वास गर्छन् । चिसो लाग्दैमा औषधि खाइहाल्नुभन्दा यी साइडइफेक्टमुक्त औषधि अथवा घरेलु विधि अपनाउन सक्नुहुनेछ । यी विविध घरेलु विधिले कमनकोल्ड तथा खोकीबाट जोगिन सघाउँछ ।

अदुवा चिया
अदुवा चिया स्वादका लागि मात्र होइन, चिसोसँग लड्न पनि प्रभावकारी हुन्छ । अदुवाका धेरै स्वास्थ्य फाइदाका अलावा यो चिसो भगाउने र निको पार्ने घरेलु औषधिका रूपमा चिनिन्छ ।

मह, दालचिनी र कागतीको मिश्रण
कमनकोल्डबाट बच्ने अर्काे प्रभावकारी उपाय भनेको कागती, दालचिनी तथा महको मिश्रण हो । यी तीन चिजको मिश्रणको झोलले चिसोबाट मुक्ति दिलाउँछ ।

बनाउने विधि
एक चियाचम्चा मह, केही थोपा कागती र एक चिम्टी दालचिनी मिलाउनुहोस् यस्तो मिश्रणलाई तातोपानीमा मिसाउन पनि सक्नुहुन्छ । यतिकै पनि लिन सक्नुहुन्छ । यसलाई दिनमा दुईपटक सेवन गर्नुहोस् ।

मनतातो पानी
खकार तथा घाँटी खसखस भइरहेको छ भने प्रशस्त मनतातो पानी खानुहोस्, यसले रोग झन् बढ्नबाट रोक्छ, शरीरमा पानीको मात्रा पूर्ति गर्न सघाउँछ र शरीरलाई अन्य संक्रमणबाट जोगाउँछ ।

दूध र बेसार
नेपाल तथा भारतीयको भान्सामा सधैँ पाइने बेसार एन्टिअक्सिडेन्टको उच्च स्रोत हो । जुन धेरै रोगविरुद्ध सहयोगी हुन्छ । राति दूधमा बेसार मिलाएर पिउँदा चिसो तथा कमनकोल्डसँग लड्न सघाउँछ । सुत्नुभन्दा पूर्व एक गिलास दूधमा केही बेसार मिलाएर पिउँदा छिटो निको हुन सघाउँछ । यो अन्य रोगको लागि पनि लाभदायी हुन्छ ।

नुनपानीसँग लशून
चिसोसँग लड्ने वर्षाैं पुरानो थेरापी हो– नुन मिलाएको मनतातो पानी र लशून । यसमा बेसार मिलाएर पनि पिउन सक्नुहुन्छ, दिनमा ३ पटक पिउन सक्नुहुन्छ ।

मह र ब्रान्डी
मात्र एक चम्चा ब्रान्डी केही थोपा महसँग मिलाएर लिनुहोस् । चाँहि ब्रान्डी छातीलाई तातो राख्न र शरीरको तापक्रम बढाउन महत्वपूर्ण हुन्छ । यसमा मह मिसाएर पिउँदा चिसोविरुद्ध लाड्न सहयोगी हुन्छ । अन्य खालका मदिरा र धेरै मदिरा दुबै हानीकारक हो । चिसोमा हटाउने नाममा मदिरा सेवा गर्नाले सुरुमा तातो महसुस भएपनि अन्ततः झन् शरीरको तापक्रम बाहिर फालेर बेफाइदा गर्छ । मदिराले तातो बनाउँन भन्ने भ्रम नपाल्नुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खोकीले हैरान


चिसो मौसम सुरु भएदेखि नै मलाई निरन्तर खोकी लागिरहेको छ । केही दिन अलि कम भएजस्तो हुन्छ, फेरि बल्झिन्छ । घरेलु र अन्य धेरैखाले औषधि खाएँ, परीक्षण पनि गरिरहेको छु, तर पनि खोकी निको भइरहेको छैन, किन होला ?

–उज्ज्वल, नवलपरासी

अहिले नरोकिने खोकी लागेर हैरान भएका बिरामी धेरै आएका छन् । अस्पताल नआएकाले पनि कुराकानीका क्रममा खोकीले त्यसैगरी सताएको अनुभूति सुनाएको धेरै भेटेको छु मैले । २–३ वर्षअघि पनि यस्तोखाले समस्या देखिएको थियो । वास्तवमा यो सरकारका लागि चासोको विषय हुनुपर्ने हो, तर हामीकहाँ विद्यमान अवस्थामा त्यो सम्भव छैन ।
सामान्यतः भाइरसका कारणले रुघाखोकी लागेमा एक हप्तामा आफैँ ठिक भएर जान्छ । अर्को चरण भनेको एक हप्तामा पनि निको भएन भने एक्स रेतिर जानुपर्छ र क्षयरोगको जाँच गर्नुपर्छ । र, रोग निदान भएमा त्यहीअनुसार औषधि खानुपर्छ । तर, अहिलेको समस्या भिन्न छ । लहरेखोकीजस्तो, तर केही दिन रोकिने र फेरि बल्झिने भइरहेको छ । अधिकांश मान्छेले गुनासो गरिहेका छन् कि एक्स रे गराउँदा केही देखिँदैन । यत्तिकै एन्टिबायोटिक्स खायो, एक हप्ता रोकिन्छ, फेरि सुरु भइहाल्छ । खोक्दा, खोक्दा जिउ गलेजस्तो हुने गरेको छ ।
धेरै खोकेर कानसमेत दुख्ने गरेको भन्ने गुनासो पाइन्छ । यस्तो अनौठोखालको स्वास्थ्य समस्या देखिएमा अन्य देशमा हो भने निकै चासोको कुरा बन्छ । तर, हामीकहाँ त्यस्तो संस्कार छैन ।
हरेक सिजनमा फ्लु भाइरस सक्रिय हुने गर्छ । फ््लु भाइरस दुई प्रकारका हुन्छन्, ए र बी । एअन्तर्गत स्वाइन, हङकङ फ्लु पर्छन् भने बीअन्तर्गत इन्फ्लुएन्जा बी भाइरस पर्छ ।
सिद्धान्ततः र बिरामी हेरेको अनुभवका आधारमा पनि मलाई लाग्छ– हामीकहाँ कतै सबै भाइरस एक्टिभ त छैनन् ? एउटाको संक्रमण हुन्छ, केही दिनमा निको हुन्छ, फेरि अर्कोको संक्रमण हुन्छ, फेरि अर्को… ।
यसरी बिमारी निको नै हुन पाउँदैन । यसरी श्वास–प्रश्वासमा संक्रमण गर्नेखालका धेरै भाइरस हाम्रा वरिपरि घुमिरहेका छन् कि भन्ने लाग्छ । तर, तथ्यले पुष्टि गर्नुपर्छ ।
तपाईंको हकमा चिसो सुरु भएदेखि नै समस्या सुरु भई फर्की–फर्की आएको र विभिन्न परीक्षणसमेत गराइसकेको भन्नुभएको छ । कतिपय अवस्थामा भाइरल खोकी हो भने निको हुन ८ हप्तासम्म पनि लाग्ने हुन्छ । तपाईंले दिनुभएको जानकारीका आधारमा छाती क्लियर नभएको अनुमान लगाउन सकिन्छ । तसर्थ, तपाईंले तुरुन्त छातीरोग विशेषज्ञलाई भेटी उनकै परामर्शअनुसार विभिन्न परीक्षण गराउनु उपयुक्त हुन्छ । पहिलो कुरा त छाती पूर्णतः क्लियर हुनुपर्छ । तपाईंमा टिभीलगायतको चेकजाँच गराउनुपर्ने हुन्छ । तर, चिकित्सकको परामर्शमा समयमै परीक्षण गराउनुहोला, आत्तिनुपर्ने अवस्था भने होइन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के चिसो लागेका वेला ‘कमनकोल्ड’मा व्यायाम गर्नु उपयुक्त छ ?

तपाईं नियमित व्यायाम गर्नुहुन्छ र कुनै वेला चिसो मौसममा रुघाखोकीले सताएको छ, त्यतिवेला पक्कै मनमा प्रश्न उठ्नेछ– व्यायामलाई निरन्तरता दिऊँ कि नदिऊँ ?
मर्निङवाक, साल्सा डान्स, जिम, कार्डियो, जुम्बा, एरोबिकजस्ता व्यायामले दिने इनर्जीले तपाईंको दैनिकी सहज हुने भए पनि यदि तपाईंको नाकबाट पानी बगिरहेको छ या खोकी लागिरहेको छ भने व्यायाम नियमित गर्नु त्यति राम्रो आइडिया भने होइन । महत्वपूर्ण कुरा के हो भने नियमित व्यायामका वेला तपाईंले अत्यन्तै सहज महसुस गर्नु जरुरी छ ।

कमनकोल्ड र व्यायाम
अनुसन्धानले प्रमाणित गरेको छ कि– चिसोका भाइरसबाट प्रभावित भएका वेला सामान्यतया व्यायाम गर्दा केही फरक पर्दैन । यो सुरक्षित नै हुन्छ । नर्थसोर युनिभर्सिटी हेल्थ सिस्टम इन सिकागोका अनुसार तपाईंको शरीर कमनकोल्डसँग लडिरहेका वेला व्यायामका वेला शरीरले गर्ने प्रतिक्रियामा खासै फरक पर्दैन । अध्ययनका केही सहभागीले त कमनकोल्ड भएका वेला व्यायाम गर्दा झन् सहज हुने बताएका थिए । तर, व्यायाम गर्दा छिटो निको हुने भने होइन ।
तपाईंलाई अन्य स्वास्थ्य समस्या छैन भने फ्लु अर्थात् कमनकोल्डको समयमा व्यायाम गर्दा अन्य जटिलता आउँदैन । तर, तपाईंलाई दम, मुटुरोग तथा अन्य रोग छ भने पहिले चिकित्सकसँग परीक्षण गराउनुहोस्, किनकि व्यायाम गर्दा ती रोगहरूलाई हानि गर्न सक्छ ।
मध्यमखालको व्यायामले तपाईंको लक्षणलाई अझ खराब त बनाउँदैन, तर छिटो निको हुन पनि सघाउँदैन ।

कतिवेला तपाईं चिसोमा पनि व्यायाम गर्न सक्नुहुन्छ त ?
जब तपाईं बिरामी पर्नुहुन्छ, मुख्य कुरा आफ्नो शरीरको आवाज सुन्नुहोस् ।
यी अवस्थामा तपाईं व्यायाम गर्न सक्नुहुन्छ–
– तपाईं इनर्जी प्राप्त गर्न चाहनुहुन्छ ।
– चिसोको लक्षण न्यून मात्र छ, जस्तै, छ्युँ–छ्युँ आउने र नाकबाट हल्का मात्र बगिरहेको छ ।
– २४ घण्टादेखि तपाईं ज्वरोमुक्त हुनुहुन्छ ।

कतिवेला व्यायाम गर्नुहुँदैन
– ज्वरो आइरहेको छ ।
– शरीर दुखिरहेको छ ।
– खोकी लागिरहेको छ ।
– फ्लुको लक्षण छ, जस्तै, वान्ता, डायरिया अर्थात् छालामा र्यासेस देखिएको छ ।
– चिसो लाग्नुका साथै दम, मुटुरोगजस्ता क्रोनिक समस्या छन् ।

यदि तपाईंले चिसो पचाइरहनुभएको छ भने पनि सत्य त्यसको उल्टो हुन्छ । यी अवस्थामा पचाएर तपाईंलाई चिसो निको हुँदैन । आराम, न्यानोमा बस्नुका साथै प्रशस्त झोलिलो खानेकुरा खानु निको हुने उत्तम उपाय हुनेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कफी एन्ड कोल्ड

के चिसो मौसममा तातो पेयपदार्थले शरीरमा हिट पैदा गर्छ ?

हो, पेयपदार्थले सम्पूर्ण शरीरलाई ताप दिँदैन । तर, तातो पेयपदार्थले चिसो मौसममा शरीरलाई हाइड्रेड राख्न मद्दत पु¥याउँछ । तातो कफीले हात, पेट, मुखसम्म तताउँछ । चिसो मौसममा शरीर अत्यन्तै चिसियो भने तिर्खा लागेको अनुभूति हुँदैन । त्यसैले पनि तातो पेय तथा कफीले अति चिसो वातावरणमा शरीरलाई हाइड्रेड राख्न सघाउँछ । त्यति मात्र नभई यसका विभिन्न स्वास्थ्य फाइदा पनि छन् । कफी तथा तातो पेयपदार्थले–
– दुखाइ कम गर्छ ।
– फाइबरको मात्रा बढाउँछ ।
– लिभर सिरोसिसबाट जोगाउँछ ।
– टाइप २ डाइबेटिजबाट बचाउन सहयोग गर्छ ।
– अल्जाइमरको जोखिम घटाउँछ ।
– डिप्रेसन तथा सुसाइडको जोखिम घटाउँछ ।
– मुटुरोगका लागि सहयोगी हुन्छ ।
– पार्किन्सन्सबाट जोगाउँछ ।
– कफीले डिएनए अत्यन्तै बढाउँछ ।
– क्लोरेक्टर क्यान्सरको जोखिम घटाउँछ ।
–कालो कफी दाँतको किरा मार्न सहयोगी हुन्छ ।
– रेटिनल ड्यामेज हुनबाट जोगाउँछ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै