पाटन स्वास्थ्य विज्ञानले माग्यो चिकित्सक, नर्स, फार्मेसि अधिकृत, रेडियोग्राफ सहित ६० जना कर्मचारी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मेसि अधिकृत, रेडियोग्राफ लगायत विभिन्न पदको लागि आवेदन माग गरेको छ । शुक्रबार प्रतिष्ठानले सुचना निकाल्दै ६० जना कर्मचारीको माग गरेको हो । लोकसेवा आयोगको सहमतिमा १० औँ तहदेखि ३ औं तहसम्मका विभिन्न कर्मचारीको माग गरेको छ ।

सह–प्राध्यपकका लागि ५ जना, सहायक प्राध्यापकमा लागि १७ जना, सिनियर स्र्टा नर्सका लागि ५ जना, फार्मेसी अधिकृतका लागि २ जना, रेडियोलोजीमा १ जना, पुस्तकालय अधिकृत १ जना, जुनियर स्टाफ नर्स २० जना, रेडियोग्राफ २ जना, सिनियर पुस्तकालय सहायक २ जना, ल्याव असिस्टेन्ट ४ जना र जुनियर लेखा अधिकृत १ जना गरी ६० जना कर्मचार मागेको छ ।

सुचनामा उल्लेख भएअनुसार आवेदन दिने अन्तिम म्याद मंसिर १९ गतेसम्म रहने छ भने २६ गतेसम्म दोब्बर दूतुर तिरेर आवेदन दिन पाइने छ । आवेदन भर्नका लागि ललिलपुर लगनखेलको केन्दीय कार्यलयमा बुधबार र शनिबार बाहेक अन्य दिनन विहान १० बजेदेखि ३ बजेभित्र पुगिसक्नु पर्ने प्रतिष्ठानले जनाएकाके छ । परीक्षा दस्तु लक्ष्मी बैंकमा तिर्नु पर्ने छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जुनियर डाक्टर कमिटीले ल्यायो १४ बुँदे महत्त्वाकांक्षी कार्यक्रम, ‘जुनियर र सिनियरबीचको खाडल पुर्न जेडिसी’

नेपालको चिकित्साशिक्षामा प्रतिष्ठा कमाइरहेका वरिष्ठ चिकित्सक र नवआगन्तुक चिकित्सकको सम्बन्ध टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै जुनियर डाक्टर कमिटी (जेडिसी) ले दुई पुस्ताबीच समन्वयात्मक भूमिका खेल्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै कमिटीले आफ्ना भावी उद्देश्य तथा कार्यक्रमको ढाँचा निर्माण गरेको छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीचको सम्बन्ध सुधार, समन्वय र सहकार्य गरी नयाँ पिढीलाई स्थान दिँदै समग्र स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका निमित्त योगदान दिने, चिकित्सकका समस्या र तिनको उचित समाधान गर्ने तथा चिकित्सकीय मूल्य–मान्यता र अनुशासनलाई सजिलै प्रवाह गर्ने उद्देश्यका साथ जुनियर डाक्टर कमिटीको स्थापना भएको हो ।

जेडिसी विश्व चिकित्सक संघको भ्रातृसंगठन जुनियर डक्टर्स नेटवर्कको अवधारणाअन्तर्गत स्थापना भएको हो । देशभर कार्यरत मेडिकल अफिसरहरू, बिडिएस डाक्टरहरू, रेजिडेन्ट डाक्टरहरू तथा एमबिबिएस सकाएको १० वर्ष नपुगेका र माथिल्लो अध्ययन नगरी बसेका चिकित्सकहरू सदस्य रहने जेडिसीको नेतृत्व नेपाल चिकित्सक संघ (एनएमए)का महासचिवले गर्ने प्रावधान छ । चिकित्सक भएको १० वर्षसम्मको अवधिका डाक्टरलाई जुनियर डाक्टर भन्ने गरिएको छ । यही अवधिका चिकित्सकले विधानअनुसार एनएमएमा आबद्ध हुन पाउने व्यवस्था छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जुनियर र सिनियर डाक्टकबीच केही खाडल भएको गुनासो सुनेपछि चिकित्सकको हत–हित र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि जुनियर कमिटी आवश्यक भएको बताए । समयानुकूल निरन्तर परिष्कृत हुँदै जान, अग्रजहरूबाट ज्ञान–सस्पको विकास गर्नुका साथै नवीनतम सोच र विचारलाई उचित स्थान दिन जुनियर कमिटी जरुरी भएको जेडिसीका प्रवक्ता डा. सन्तोष उपाध्यायको भनाइ छ । त्यसैगरी, एनएमएका महासचिव तथा जेडिसीका संयोजक डा. लोचन कार्कीले सबै तहबाट आएका गुनासो आन्तरिक रूपमै समाधान गर्ने उद्देश्यका साथ कमिटीको स्थापना भएको बताए ।

महासचिव कार्कीले एनएमएअन्तर्गतका विभिन्न समितिमध्ये जेडिसीलाई पुनर्जीवन दिन ७ साउनमा संयोजकका हैसियतले देशभरका १६ वटा शाखाबाट प्रतिनिधि ६२ युवा चिकित्सकसम्मिलित जेडिसीको भेला गराएका थिए । उक्त समितिले जेडिसी गठन प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै कार्यसमिति चयनका लागि ६० जनाको परिषद् बनाई उक्त परिषद्ले महासचिव कार्कीको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

यस्ता छन् कमिटीका उद्देश्य र कार्यक्रमको प्रारम्भिक स्वरूप
१. एक र अर्को चिकित्सकबीच सौहार्दपूर्ण सेतुको काम गर्ने ।
२. चिकित्सकका जनजीविका, वृद्धि, विकास र बहुआयामजस्ता अत्यावश्यकीय माग सम्बोधन गर्ने ।
३. स्वास्थ्य क्षेत्रको निति–नियम बनाउने तप्कामा युवालाई पुर्याउनका निम्ति उनीहरूलाई परिपक्व बनाउने ।
४. चिकित्सकको समुचित परिचालन सहभागितामा जोड दिएर आमनेपाली जनताको स्वास्थ्यसेवालाई उत्कृष्ट र सहज पार्ने ।
५. विश्वका अन्य जुनियर डाक्टर कमिटीसंग समन्वय गरेर मेडिकल इन्टर्याक्सन एन्ड एक्सचेन्ज कल्चर स्थापना गर्ने ।
६. नयाँ सदस्य बनाउन प्रेरक कार्यक्रम गरी एनएमएलाई बलियो र मजबुत संस्थाका रूपमा स्थापना गर्न भूमिका खेल्ने ।
८. हरेक महिना ख्यातिप्राप्त सिनियर डाक्टरसँग काउन्सिलिङ र अन्तरक्रिया कार्यक्रम राख्ने ।
९. समाजका अन्य सामाजिक व्यक्तित्वसँग छलफल, संवादमार्फत चिकित्सक र आमनागरिकबीचको बिग्रँदै गएको सम्बन्ध सुधारमा जोड दिने ।
१०. तलब–भता, सेवा–सुविधा विस्तार, सुरक्षा, समग्र चिकित्सकको व्यवस्थापन र विशेषज्ञ जनशक्तिको अनुपात उत्पादनका मुद्दाहरूमा राज्यलाई झकझकाउने र संवद गर्ने ।
११. रिसर्च गर्न–गराउन तथा रिसर्चसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने ।
१२. देशमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थालाई सम्बोधन गर्न विशेष तयारी गर्ने ।
१४. देशका विभिन्न ठाउँमा निःशुल्क हेल्थ क्याम्प गर्ने, विशेषगरी अत्यावश्यकीय ठाउँको पहिचान गरेर सञ्चालन गर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सेवाले टीकापुरवासीका मन जिते, रुँदै–रुवाउँदै बिदा भए डा.नरेन्द्र

अस्पतालको बोर्ड त थियो, तर न पूर्वाधार थियो न त जनशक्ति नै । थारु बाहुल्यता रहेको टीकापुर र आसपाका वासिन्दा सामान्य उपचारका लागि पनि कि भारत, त कि नेपालगञ्ज धाउनुप¥थ्र्यो । डाक्टर शब्द त सुनेका थिए, तर भेट कमै हुथ्र्यो । कैलालीको टिकापुर र टीकापुर अस्पतालको यो चित्र फेरिएको धेरै भएको थिएन् । यसबीचमा टीकापुर अस्पताल, अस्पतालजस्तै बन्यो । सुत्केरी हुन नसकेर ज्यान जाने क्रम रोकियो, उपचार नपाएर बोकेर हिड्नुपर्ने हाइड्रोसिल, हर्नियाका शल्यक्रिया गाउँमै हुन थाल्यो ।

झण्डै १० वर्षसम्म टीकापुरमा अड्डा जमाएर बसेका डा. नरेन्द्र खनालको सरुवाले टिकापुरवासीमा फेरी एक दशकअघिकै दिन दोहोरिने हुन कि भन्ने त्रास त छँदैछ, त्यो भन्दा बढि दुःख भावना जोडिएको एउटा चिकित्सक टीकापुर छाड्दै थियो । अस्पतालका सहकर्मीदेखि स्थानीय भारी मनले विहीबार उनलाई विदाई गरे । संघीयतासँगै समायोजन गर्दा उनको दरबन्दी संघमा पर्यो, सरकारले उनलाई स्वास्थ्य सेवा विभागमा पदस्थापन गरेपनि उनले टीकापुर छाडेका हुन् ।

शुक्रबार मात्रै टीकापुर छाडेका खनालले हेल्थपोस्टसँग भने, ‘२/४ महिना बस्दा त एट्याचमेन्ट हुन्छ, १० वर्ष बसेको ठाउँबाट विदा हुँदा आँसु थाम्न सकिन’ । ‘सरकारी सेवामा जोडिएपछि कतै जानु र फर्किनु स्वाभाविक हो ।’ उनले थपे, ‘तर पनि केही गुमेजस्तो, कहाँ कहाँ जान लागेजस्तो भयो,’ ।टीकापुर छोडेपछि उनले सबैभन्दा बढी ‘मिस गर्ने’ कुरा पनि ‘सोझा थारु’हरुले देखाएको स्नेह र सद्भाव नै हो । सरकारी निर्णय स्वीकार्नुको स्वाभाविक थियो । उनलाई मनको कुनै कुनामा टीकापुर नै बस्न पाए पनि हुन्थ्यो भन्ने थियो । त्यसैले उनी समयोजन पदस्थापन हुँदा पायक पर्ने ठाउँ रोज्न दौडिएनन् । तर दशौं तहको दरवन्दी केन्द्रमा राखियो र विभागमा पदस्थापन भयो ।

दुवाईमा बस्ने टीकापुरका रेहन चौधरीले फेसबुकमै लेखे –तपाई टिकापुर छाडेर जानलागेको कुरा सुन्दा एकदमै अपट्यारो लागेको छ । मलाई अझैसम्म विश्वास गर्न गाह्रो भएको छ । तर वास्तवमा यो कुरा सही रहेछ । सर तपाईं जुनसुकै ठाउँमा भयपनि हाम्रो मन र मस्तिष्क मा सदैव रहनु हुन्छ ।

स्थायी घर अर्घाखाँची भएका डा. खनालले टीकापुर छाडेको थाहा पाएपछि पनि देश विदेशमा रहेका स्थानीय, सहकर्मीले सामाजिक सञ्चाल र टेलिफोनबाट उनले गरेका कामको स्मरण गरिरहेका छन् । दुवाईमा बस्ने टीकापुरका रेहन चौधरीले फेसबुकमै लेखे –तपाई टिकापुर छाडेर जानलागेको कुरा सुन्दा एकदमै अपट्यारो लागेको छ । मलाई अझैसम्म विश्वास गर्न गाह्रो भएको छ । तर वास्तवमा यो कुरा सही रहेछ । सर तपाईं जुनसुकै ठाउँमा भयपनि हाम्रो मन र मस्तिष्क मा सदैव रहनु हुन्छ ।’

\चौधरीले टीकापुरवासीले खनालबाट पाएको सेवा डाक्टरभन्दा बढी भागवानबाट पाएको आभाष गरेको उल्लेख गरेका छन् । ‘अन्त्यमा फेरि सर हजुर प्रति धेरै धेरै सम्झना र मायाको साथ हजुरको अर्को ठाउँ को बसाइ सुभ रहोस् लाखौ लाख शुभकामना’ रेहनले लेखेका छन् ।टीकापुरवासीको मन जित्ने कथा लेख्न उनीसँगै धेरैको परिश्रम र मेहनत लागेको छ ।

उनको चिकित्सकीय जीवनको अधिकांश समय त्यही बित्यो । रसियाबाट एमबिबिएस पास गरेका डा. एमबिबिएस पास गरेर फर्किएका खनालले ०६१ सालमा लोकसेवा पास गरेर सुरुमा महाकाली अञ्चल अस्पतालमा २ वर्ष काम गरे । ०६३ पछि उनी हुम्ला जिल्ला अस्पतालमा काम गरेका थिए । ०६४मा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा नाम निकालेका उनले ०६७ एमडिजिपी पास गरेका थिए । एमडिजिपी सकेपछि उनको पोष्टिङ टीकापुर अस्पतालमा भयो । यसबीचमा उनले ९ वर्षभन्दा बढी समय मेडिकल सुपेरीटेन्डेन्ट भएर काम गरे । आठौं तहमा छँदा टीकापुर पुगेका उनी त्यही बस्दाबस्दै दशौं तहका भए । तर पनि सबै प्रमोसनमा उनले पोष्टिङ टीकापुर नै रोजे ।

मेडिकल अधिकृतका पदमा उनी पुग्दा टीकापुर अस्पतालको बार्ड त थियो तर, पूर्वाधार प्राथमिक स्वास्थ्य केन्द्र भन्दा बढी थिएन् । पूर्वाधार नभएको अस्पातालमा पुग्दा उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोतिराम जैसी थिए । जैसीको अस्पताल बनाउँनुपर्छ भने सोच र जाँगर, खनाललगायतका चिकित्सकको चिकित्सा सेवाले विस्तारै अस्पताल बौरिन थाल्यो । केही वर्षमै बिरामीको चापलाई १५ बेडले धान्न सकेन् । स्थानीयहरु सेवा विस्तारको माग लिएर काठमाडौं आए ।

२०७१ सालमा अस्पताल ५० बेडको बन्यो । १ डेन्टल सर्जन, ८ विशेषसहित १६ चिकित्सक दरबन्दी भएपनि समय समयमा जाने छात्रवृतिका चिकित्सकबाहेक टीकापुर अस्पतालले कहिल्यै पूर्ण रुपमा चिकित्सक पाएन् । तर, केही समयका लागि जाने चिकित्सकका साथ लिएर उनले अहोरात्र सेवामा लागिरहे । अस्पतालमा अहिले ४ सय हाराहारीमा ओपिडी सेवा लिन्छन् । हार्निया, हाइड्रोसिलदेखि माइनर सर्जरी अस्पतालमै हुन्छ । शल्यक्रियाबाट प्रसुति सेवा जारी छ । हात्तिपाइलेका कारण पुरुषमा हुने हाइड्रोसिल समस्याका मात्रै २ हजारभन्दा बढी शल्यक्रिया निःशुल्क रुपमा गरे ।

यो अवधिमा धेरै तिता मिठा यादहरु टीकापुरले दिए । केही वर्षअघि एउटा विषादी सेवन गरेको मान्छेलाई आकस्मिक कक्षामा ल्याइपु-याएका थिए । तर, बचाउँन सकिएनन् । आफन्तहरु निकै आक्रोशित थिए । ड्युटी स्टाफलाई पेट्रोल छर्केर जलाउँछु भनेर धक्की दिएका थिए । डा. खनाल पुगे । तर डा. खनाललाई देखेपछि उनीहरु केही बोलेनन् । त्यो उनीप्रतिको विश्वास थियो ।

सामान्य हाइड्रोसिलको शल्यक्रिया गरेर ६ लिटर पानी निकालेपछि स्थानीय एक जना निकै खुसी भएछन् । भोलीपल्ट एउटा कुखुराको भाले च्यापेर डाक्टर भेट्न आए । डा. खनालले स्थानीय थारु समुदायका मान्छेहरु सोझा मात्रै होइन् ‘स्टेटफवार्ड’ पाए । ‘उनीहरु विश्वास गरेपछि एकोहोरो विश्वास गर्थे, मलाई त्यही विश्वास र मायाले टिकाइरह्यो’ उनले भने ।

सामान्य हाइड्रोसिलको शल्यक्रिया गरेर ६ लिटर पानी निकालेपछि स्थानीय एक जना निकै खुसी भएछन् । भोलीपल्ट एउटा कुखुराको भाले च्यापेर डाक्टर भेट्न आए । डा. खनालले स्थानीय थारु समुदायका मान्छेहरु सोझा मात्रै होइन् ‘स्टेटफवार्ड’ पाए । ‘उनीहरु विश्वास गरेपछि एकोहोरो विश्वास गर्थे, मलाई त्यही विश्वास र मायाले टिकाइरह्यो’ उनले भने ।

एक दशकको बसाईमा ०७२ साउनदेखि नै राजनीतिक आन्दोलनले टीकापुर तात्यो । भदौ ७ मा निकै अप्रिया घटन भयो । त्यतिबेला जातीय र क्षेत्रीय सद्भाव विथोल्ने प्रयास भयो । तर, उनलाई स्थानीयको त्यही मायाप्रति विश्वास थियो । उनले अस्पतालकै स्टाफदेखि कति सञ्चारकर्मीलाई शल्यक्रिया कक्षा, अस्पतालको शौचालयमा थुनेर जोगाए । एउटा तीतो सपनाजस्तो बनेर आएको त्यो घटनाबाहेक टीकापुरवासीको प्रेम र सद्भावले उनलाई पगाल्यो । ‘मेरो सरुवाले धेरैलाई दुःखी बनायो,’ डा. खनाल थप्छन्, ‘एउटा चिकित्सक परिवार, सुविधा र आकर्षक कमाई त्यागेर १० वर्ष गाउँमा बसेपछि यो भन्दा ठूलो कमाई जिन्तगीमै के हुन्छ र ?’ उनले भने । उनले टीकापुरवासीलाई मात्रै रुवाएनन्, आफू पनि रुँदै फर्के ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एसएलसी पास प्राथमिक शिक्षक र एमबिबिएस डाक्टरको तलब जम्मा रु. १७४ फरक, १२ पास शिक्षकभन्दा डाक्टरको रु. २,२२० कम

सरकारले आफूमातहतका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको सुरु (साउन)देखि नै लागू हुने गरी सरकारले कायम गरेको निजामती कर्मचारी, शिक्षक, चिकित्सक, प्राविधिक कर्मचारीलगायतको तलबमानमा एसएलसी उत्तीर्ण प्राथमिक तहको शिक्षक र एमबिबिएस चिकित्सकको अन्तिम तलबमान करिब–करिब समान रहेको छ । प्रथमिक तह प्रथम श्रेणीको शिक्षक र एमबिबिएस चिकित्सक दुवैको अन्तिम तलबमान मासिक साढे ४५ हजारको हाराहारीमा छ ।

एमबिबिएस डाक्टरको तलब एलएलसी पास शिक्षकको भन्दा जम्मा १ सय ७४ रुपैयाँ बढी
सेवाप्रवेशका बखत खरिदारसरहको प्राथमिक तृतीय श्रेणीको शिक्षकलाई दुईपटकसम्म बढुवा हुने अवसर छ । यसरी बढुवा भएर प्रथम श्रेणीमा पुगेको प्राथमिक शिक्षकको सुरुको तलबस्केल अधिकृत छैटौँसरह अर्थात् ३५ हजार ९ सय ९० रुपैयाँ छ । उक्त प्रथम श्रेणीको प्राथमिक शिक्षकले बढीमा ८ ग्रेड खान पाउने व्यवस्था छ । नयाँ व्यवस्थामा एक ग्रेडको रकम एक दिनको तलबबराबर हुन्छ । यसरी ८ वर्षभन्दा बढी प्रथम श्रेणीमा काम गरेको प्राथमिक शिक्षकले प्रति ग्रेड १२०० का दरले ८ ग्रेडबराबर ९ हजार ६ सय रुपैयाँ थप पाउँछ । यसरी प्रथम श्रेणीको प्राथमिक शिक्षकको अन्तिम तलब स्केल ४५ हजार ५ सय ९० हुन आउँछ ।

त्यसैगरी, अधिकृत आठौँ तहको डाक्टरको सुरुको तलबमान ४० हजार ३ सय ८० छ । उसले अधिकतम ४ ग्रेड मात्र खान पाउँछ । उसको प्रतिग्रेड रकम अर्थात् एक दिनको तलब १३४६ छ । यसरी ४ वर्षभन्दा बढी सेवा गरेको आठौँ तहको डाक्टरले अधिकतम ५ हजार ३ सय ८४ रुपैयाँ ग्रेड पाउँछ । यसरी आठौं तहका डाक्टरको अन्तिम तलबमान ४५ हजार ७ सय ६४ रुपैयाँ हुन आउँछ, जुन प्राथमिक तहको प्रथम श्रेणीको शिक्षकको अन्तिम तलबमानभन्दा मात्र १ सय ७४ रुपैयाँ बढी हो ।

जम्माजम्मी विद्यालय तह (कक्षा १२)सम्मको पाढाइसमेत पूरा नगरेको एसएलसी (हालको एसइई अर्थात् कक्षा १०) मात्र उत्तीर्ण प्राथमिक शिक्षकको र कम्तीमा एमबिबिएस उत्तीर्ण चिकित्सकको तलबमा २ सयको पनि फरक नहुँदा चिकित्सकहरू बेखुसी देखिएका छन् । एसएलसी मात्र उत्तीर्ण प्राथमिक शिक्षक र एसएलसीपछि ११, १२ उत्तीर्ण गरी सबैभन्दा ठूलो प्रतिष्पर्धामा अब्बल ठहरिएर लाखौँ (पेइङमा पढ्नेको हकमा करिब ५० लाख) खर्च गरी ६ वर्ष लगाएर एमबिबिएस उत्तीर्ण गरेको चिकित्सकको तलब समान हुनु अत्यन्त विभेदपूर्ण र अवैज्ञानिक भएको चिकित्सकहरूको भनाइ छ ।

१२ पास निम्नमाध्यमिक शिक्षकको भन्दा डाक्टरको तलब कम
प्रथमिक शिक्षकबराबर तलब भएका आठौँ तहका चिकित्सकको तलब १२ वा प्रवीणता प्रमाणपत्र तह पास गरेका निम्नमाध्यमिक तहका प्रथम श्रेणीका शिक्षक र स्नातक तह उत्तीर्ण माध्यमिक तह द्वितीय र प्रथम श्रेणीका शिक्षकभन्दा कम छ । निमावि प्रथम श्रेणीका शिक्षकको अन्तिम तलबमान ४७ हजार ९ सय ८४ रुपैयाँ छ । त्यसैगरी मावि द्वितीय र प्रथम श्रेणीका शिक्षकको अन्तिम तलबमान क्रमशः ५१ हजार १ सय ४८ र ५६ हजार ८ सय ५४ रुपैयाँ छ ।

स्वास्थ्यमा कसको मासिक तलब कति ?
स्वास्थ्यसेवामा कार्यरत सहायक प्रथमस्तरका कर्मचारीदेखि अधिकृत १२औँ तह (विशिष्ट श्रेणी)सम्मका चिकित्सक तथा कर्मचारीको सुरु तलब स्केल, अधिकतम ग्रेडसंख्या, प्रतिग्रेड रकम अन्तिम तलबमान यसप्रकार कायम गरिएको छ :

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सकको आयु बिरामीको भन्दा १० वर्ष कम !

धेरैले चिकित्सकलाई भगवान् मान्ने गर्छन्, भगवान् सम्झेर मनैदेखि पुज्ने गर्छन् । उनीहरू सोच्छन्, मानिसलाई बचाउन सक्ने सामथ्र्य राख्ने चिकित्सक कुनै भगवान्भन्दा कम हुँदैनन् ।

एउटा बिरामीको ज्यान बचाउन रात–दिन नभनी खटिने चिकित्सक स्वयंको आयु भने कति हुन्छ होला ?  इन्डियन मेडिकल एसोसिएसन (आइएमए) पुणे च्याप्टरले गरेको एक अध्ययनअनुसार भारतीय चिकित्सकको औसत आयु कुल जनसंख्याको औसत आयुभन्दा कम्तीमा १० वर्ष कम हुने गरेको छ, अर्थात् भारतीय चिकित्सकहरू औसत ५५ देखि ५९ वर्ष मात्र बाँच्ने गरेका छन् ।

यो अध्ययन आइएमएको सामाजिक सुरक्षा योजनाको विश्लेषणमा आधारित थियो, जसमा महाराष्ट्रका ५ हजार ५ सय चिकित्सकका साथमा देशभरका १ हजार एक सय दर्ता भएका चिकित्सक सहभागी थिए ।

आइएमएकै अनुसन्धानकर्ताहरूले भारतकै केरल राज्यमा गरेको अर्को एक अध्ययनका क्रममा अधिकांश चिकित्सकको मृत्यु मुटुसम्बन्धी रोग तथा क्यान्सरका कारण हुने गरेको तथ्य फेलापारेका थिए ।

‘हामी चिकित्सकबारे यो नजिता देखेर आश्चर्यचकित थियौँ । किनभने, हामीलाई लाग्थ्यो, उनीहरूलाई थाहा छ, उनीहरूका लागि के सही छ । त्यसैले, उनीहरूको उमेर पनि धेरै हुन्छ,’ डा. विनायक केपीले भने ।

अध्ययनका अनुसार एउटा भारतीयको औसत आयु ६७.९ वर्ष रहेकोमा मलियालीको औसत उमेर ७४ वर्ष छ । जबकि, मलियाली चिकित्सकको औसत आयु भने ६१.७५ वर्ष रहेको अध्ययनले जनाएको छ, जुन अन्य व्यक्तिको तुलनामा १० वर्ष कम हो ।

‘हामी चिकित्सकबारे यो नजिता देखेर आश्चर्यचकित थियौँ । किनभने, हामीलाई लाग्थ्यो, उनीहरूलाई थाहा छ, उनीहरूका लागि के सही छ । त्यसैले, उनीहरूको उमेर पनि धेरै हुन्छ,’ डा. विनायक केपीले भने ।

यद्यपि, चिकित्सकहरू लामो समय काममा खटिने र सामान्य व्यक्तिभन्दा धेरै तनावमा रहने भएका कारण पनि उनीहरूको आयु औसतभन्दा कम हुने गरेको डा. विनायकको तर्क छ । उनी भन्छन्, ‘चिकित्सकहरूको पनि कामको समय निर्धारण हुनु जरुरी छ । सरकारी सेवा–सुविधाबारे बहस हुनु जरुरी छ । त्यसबाहेक चिकित्सकहरू पनि वेला–वेलामा गरिने अनिवार्य स्वास्थ्यपरीक्षणका लागि तयार हुनु आवश्यक छ ।’

एउटा सफल चिकित्सक बन्नु पनि अब चुनौतीको विषय बनेको उनको भनाइ छ । ‘चिकित्सकमा देखिने तनावका कारण उनीहरू मुटुरोग, मधुमेह, पक्षाघातजस्ता गम्भीर रोगको जोखिममा रहने गर्छन्,’ उनले भने, ‘त्यसैले त हिप्पोक्रेटिक शपथमा चिकित्सकलाई आफ्नो स्वास्थ्यबारे ध्यान दिन पनि अपडेट गराइएको छ ।’

(यो अध्ययन डेटकियरमा प्रकाशित छ ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै