किन आउँछ मुखबाट अमिलो डकार वा पानी ?

मुखबाट अमिलो पानी वा डकार आउने समस्या हामी धेरैमा हुन सक्छ । हाम्रो सन्दर्भमा यो समस्या आम बनिसकेको छ । प्रायः खाना खाएपछि मानिसलाई डकार आउने गर्छ । पेटमा भएको हावा बाहिर निस्कनेक्रममा पेटबाट अमिलो डकार निस्कने गर्छ ।

आखिर किन निस्कने गर्छ अमिलो पानी ?
चिकित्सकका अनुसार ग्यास्ट्रिकको समस्या भएमा अमिलो पानी निस्कने गर्छ, जुन प्रायः खाना खानुअघि वा खाएपछि निस्कने गर्छ । अपचका कारण पनि धेरैलाई अमिलो पानी आउने गर्छ । विशेषगरी, चिल्लो, पिरो वा अमिलो खानेकुरा तथा अधिक मात्रामा मदिराको सेवनका कारण पनि यस्तो समस्या हुने गर्छ ।

मुख्यतः पेटमा रहेको एसिडलगायतका तरल पदार्थ खाना जाने नली हुँदै माथि आएमा यस्तो लक्षण देखिन्छ । स्वस्थ मानिसमा खाना जाने नली र सञ्चय हुने पेटको बीचमा मांसपेशीले कसिलो बनाएको हुन्छ, जसले गर्दा एसिड माथि आउन पाउँदैन । तर, कुनै पेटका समस्याले त्यो खुकुलो हुन गएमा एसिड माथि आई अमिलो पानी आउने समस्या देखिन्छ ।

अमिलो पानी आउनुमा अन्य विभिन्न कारण पनि हुन सक्छन् । गर्भावस्थामा धेरैलाई अमिलो पानी वा अमिलो डकार आउने समस्या हुने गर्छ । विशेषगरी, पेटमा गर्भको आकार बढ्दै गएमा पेटमा बल पर्ने गर्छ । र, यसवेला बन्ने हर्मोन अन्ननलीको मुन्तिरको भागमा पुगेर यसले असर देखाउने गर्छ ।
त्यसैगरी, तनाव, अत्यधिक चिन्ता, छिटोछिटो खाना खाने बानी, मदिरा सेवन, अनियमित व्यायाम आदिले पनि अमिलो पानी आउने गर्छ ।

अमिलो डकारका कारण
अमिलो डकारको समस्या विभिन्न कारणले हुने गर्छ । विशेषगरी, खाना पच्नेक्रममा शरीरमा ग्यासको विकास हुँदा धेरैमा अमिलो डकारको समस्या उत्पन्न हुने गर्छ । त्यस्तै, पेटको एसिड भोजननलीमा आएमा, पाचन प्रक्रियासम्बन्धी समस्या भएमा पनि अमिलो डकार आउने गर्छ ।

अमिलो पानी आउनुका लक्षण
अमिलो पानीको समस्यामा वाकवाकी लाग्ने तथा बान्ता हुने, खान मन नलाग्ने, छाती पोल्ने, निल्न गाह्रो हुने, खोकी लाग्ने, दाँतको रङ बिग्रने, पेट दुख्ने, पेटको अल्सर, कब्जियतजस्ता लक्षण देखापर्छन् ।
दाँत बिग्रने वा झर्ने, सास लिनमा समस्या, अन्ननलीमा रक्तस्राव हुने, घाँटीमा समस्या, आदि अमिलो डकारमा हुन सक्ने समस्या हुन् ।

जाँच कसरी गर्ने ?
अमिलो पानी जटिल समस्या नभएका कारण यस्तो समस्या हुँदैमा डराउनु भने पर्दैन । यद्यपि, धेरैपटक अमिलो पानी आउने समस्या देखिएमा समस्याको कारण पत्ता लगाउन चिकित्सकको सल्लाहबमोजिम विभिन्न जाँच गराउनुपर्ने हुन्छ । इन्डोस्कोपीमार्फत ग्यास्ट्राइटिस, अल्सर आदि थाहा पाउन सकिन्छ ।

सावधानी
अमिलो पानी तथा डकारको समस्याबाट बच्न केही सावधानी अपनाउनुपर्ने हुन्छ । तौल घटाउने, पिरो कुरा सकेसम्म नखाने, धूमपान नगर्ने, प्रशस्त मात्रामा पानी पिउने, खालीपेट नबस्ने, सक्रिय जीवनशैली अपनाउने, सकेसम्म घोप्टो परेर नसुत्ने, चिया, कफी कम पिउने, तारेको वा भुटेको खाने कुरा नखाने गरेमा यो समस्याबाट बच्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्याल्सियमको बढी सेवनले पनि ग्यास्ट्रिक हुन्छ

मेरो पेट पोल्छ । तीनपटक इन्डोस्कोपी, चारपटक अल्ट्रासाउन्ड गरिसकेँ, केही देखिन्न । के खाँदा र नखाँदा निको होला ?
– गणेश पोखरेल

पेट पोल्ने एउटा कारण ग्यास्ट्रिक भए पनि अन्य धेरै कारणले पेट पोल्ने गर्छ । अल्ट्रासाउन्ड र इन्डोक्कोपी कहाँ, कोबाट गराएको भन्ने कुरामा पनि भर पर्छ । यस्तो अवस्थामा तपाईंले एकपटक ग्यास्ट्रो इन्टेरोलोजिस्टसँग परामर्श गर्नु राम्रो हुन्छ । विशेषज्ञले नहेरी परीक्षणले मात्र सबै देखिन्छ भन्न सकिन्न । यस्तो अवस्थामा तपाईं पेट पोले पनि ब्रुफिन, ब्रुसेटजस्ता पेनकिलर नखानुस् । चुरोट, रक्सी, तारेको, पोलेको खानेकुरा पनि खान भएन । सामान्यतः पेट पोल्ने, दुख्ने र फुल्ने अवस्थामा ग्यास्ट्रिक भएको आशंका गर्न सकिने भए पनि सबै ग्यास्ट्रिकमा अल्सर भए पनि दुख्छ नै भन्ने हुँदैन । ग्यास्ट्रिकको सबैभन्दा प्रमुख कारण पेटमा हेलिकोब्याक्टर पाइलोरी नामका कीटाणुको संक्रमण हो । त्यसबाहेक दुखाइ कम गराउनका लागि निम्स, ब्रुफिन, ब्रुसेट, सिटामोल एनएसएआइडी समूहका औषधिको सेवनले पनि ग्यास्ट्रिक गराउँछ । तीबाहेक मादकपदार्थ, सूर्तीजन्य पदार्थको सेवन, तनाव, परसनल हाइजिन, आइरन तथा क्याल्सियमको बढी सेवनले पनि ग्यास्ट्रिक हुन्छ ।

म ६० वर्षको भएँ । २ वर्षदेखि घाँटी पोल्छ । डाक्टरले ग्यास्ट्रिक भएको भनेपछि नियमित औषधि खाइरहेको छु । सुक्खा खान छोडिदिएँ । तर पनि पोलिरहन्छ, किन होला ?

-सुजन राई

घाँटी पोल्ने प्रमुख कारण ग्यास्ट्रिक नै हो । औषधि कस्तो खाइरहनुभएको छ, झोल औषधि खाएको भए ट्याबलेट खानुपर्छ । आवश्यक भएमा डोज बढाउन पनि पर्न सक्छ । पहिला निको भए–नभएको यकिन गरेर अरु कारण खोज्नतिर लाग्नुपर्छ ।

म ३६ वर्षको भएँ । तीन–चार वर्षदेखि छाती पोल्छ । डाक्टरले एसिडको मात्रा बढेको छ भने । अहिले ओमिप्राजोल १० एमजी औषधि प्रयोग गर्छु । एसिड घटाउन के–के गर्नुपर्छ ?
-मीन शर्मा

तपाईंलाई ग्यास्ट्रिकको समस्या बढी भएर छाती पोलेको हुन सक्छ । तर, छाती पोल्नुको कारण ग्यास्ट्रिक मात्रै नहुन सक्छ, मुटुको कारणले पनि छाती पोल्छ । परीक्षणबाट ग्यास्ट्रिक नै पुष्टि भएको भए पहिले त्यसलाई निको पार्नुपर्छ । औषधिले ग्यास्ट्रिक घटाउँछ, तर तपाईंले लिइरहेको औषधिको डोज नपुगेर निको नभएको हो कि ! १० मिलिग्रामबाट बढाएर २० मिलिग्राम पु¥याउनुस् । त्यसपछि पनि कम नभए अन्य परीक्षण आवश्यक पर्छ ।

म ३३ वर्षको भएँ । पेटको दाहिनेपट्टि कलेजोको सीधा घरी–घरी दुख्छ । युएसजी, एब्डोमिन, सिटी, इन्डोस्कोपी, ल्याब टेस्ट र लिपिडप्रोफाइल पनि गरिसकेँ । परीक्षणका क्रममा ग्यास्ट्रिक फ्याटी लिभर, पाइलोरी पोजेटिभ देखियो । पेट कराउँछ । खाना रुच्छ तर पच्दैन । दाहिनेतर्फको भाग केही मोटो देखिन्छ । डाक्टर समस्या छैन भन्छन्, तर दुख्न छोड्दैन ।

-सञ्जय श्रेष्ठ

एचपाइलोरी देखिसकेको हो भने पहिला त त्यसको उपचार भयो–भएन, त्यसका लागि एन्टिबायोटिक्स नै खानुपर्छ । पेटमा पाइलोरी नामक ब्याक्टेरिया पुगेपछि जीवनभर यो ब्याक्टेरिया रहने र ग्यास्ट्रिकको समस्या पनि रहिरहने सम्भावना हुन्छ । एकपटकको एन्टिबायोटिक्सले पनि यसलाई मार्न सक्दैन । आफ्नै प्रतिरोधी संयन्त्र बनाउने र एसिडमा पनि बाँच्न सक्ने भएकाले यो ब्याक्टेरियालाई धेरै प्रकारका एन्टिबायोटिक्स एकैपटक खाएमा मात्रै मार्न सकिन्छ । यो भाइरस पेटभित्र भएपछि अल्सर र क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । मुख बार्नु भएको छ कि छैन । फ्याटी लिभर भएमा बोसोयुक्त खाना, रक्सी खान भएन । चुरोट खानुहुन्छ भने छोडिहाल्नुपर्यो ।

मलाई पेट दुख्छ । केही दिनअघि अस्पताल गएको थिएँ । रगत जाँच्दा एच पाइलोरी पोजेटिभ देखियो र १० दिनको औषधि दिए । औषधि खाइरहँदा पनि निको भएको छैन ।
-ध्रुव गौतम

एचपाइलोरीको उपचार पहिला गर्नुपर्छ । त्यसको उपचारपछि पनि निको भएन भने पेट दुख्नुका अन्य कारण खोज्नुपर्छ । ग्यास्ट्रिकबाहेक पेट दुख्ने धेरै कारणमा मिर्गौला, पित्तथैली र नलीमा पत्थरी, प्यानक्रियाजटाइटिस हुन सक्छन् । इन्टेस्टाइनलको पत्थरीको क्षयरोगले पनि पेट दुख्न सक्छ । यी कुराहरूको राम्ररी परीक्षण गराएर कारण खोजी उपचार थाल्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ग्यास्ट्राइटिस अन्य कुनै रोगका कारण पो भएको हो कि ! 

पेटसम्बन्धी कुनै पनि खालको दुखाइ, जस्तै, पेट पोल्ने, दुख्ने, अटेसमटेस हुने, डकार आउने, अमिलो पानी आउने, ढ्याउ आउनेलगायत पेटसम्बन्धी समस्याको समष्टिगत रूपलाई सामान्यतया ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक अंग्रेजी शब्द भए पनि नेपालीमा समेत यसलाई उही रूपमा प्रयोग गरेको पाइन्छ । नेपाली समाजमा पेटसँग सम्बन्धित कुनै पनि रोगका लक्षण तथा असुविधालाई ग्यास्ट्रिकको समस्याका रूपमा बुझ्ने प्रचलन छ । वास्तवमा आमाशयसँग सम्बन्धित कुनै पनि रोग, जस्तै, भित्री भागमा रातो भएर आउनु, सुन्निनु, अल्सर हुनु, रक्तस्राव हुनुलगायत समस्या भएमा त्यसलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भन्ने गरिन्छ । उक्त शब्दलाई नेपालीमा प्रयोग गर्दा अपभ्रंस हुँदै ग्यास्ट्रिक भनिएको हो ।

पेटसम्बन्धी रोगलाई ग्यास्ट्रिक भन्ने गरिए पनि त्यो कुन प्रकारको रोग हो, के कारणले हुन्छ, कस्ता लक्षण देखिएका छन्, खानपानको समस्या, कीटाणु जे कारणले भएको भएपनि चिकित्सकले भने पत्ता लगाउनु आवश्यक हुन्छ । कतिपय अवस्थामा कुनै औषधिको प्रयोगका कारण यस्तो प्रकारको समस्या देखापर्न सक्छ । शरीरमा अन्य रोग लागेका कारण पनि यस्ता समस्या देखापर्न सक्छन् ।

कतिपय अवस्थामा मानिसले खाएको खानेकुराले शरीरका विभिन्न भागमा एलर्जीसमेत हुने गर्छ । केही खानेकुरा, जस्तै, प्रोटिनयुक्त खानेकुरामा भटमास, सामुद्रिक खानेकुराहरूले कतिपय मानिसलाई पेटमा एलर्जी हुने गर्छ । यसका कारण पनि ग्यास्ट्रिकको लक्षण देखापर्ने गर्छन् ।

किन हुन्छ ग्यास्ट्रिक ?
पेटमा अनुभूत हुने उल्लेखित समस्याहरूको सबैभन्दा बलियो कारण खानपान नमिल्नु नै हो । शरीरको पाचनक्षमताभन्दा बढी खाना खाँदा, शरीरलाई पचाउन गाह्रो हुनेखालका, जस्तै, माछा, मासु, चिल्लोपदार्थ, भुटेका खानेकुराजस्ता पदार्थ शरीरको क्षमताभन्दा बढी मात्रामा खाएमा ग्यास्ट्रिकका लक्षण, जस्तै, वाकवाकी लाग्ने, पेट असहज हुनेजस्ता समस्या मानव शरीरमा देखापर्ने गर्छन् ।

कतिपय अवस्थामा मानिसले खाएको खानेकुराले शरीरका विभिन्न भागमा एलर्जीसमेत हुने गर्छ । केही खानेकुरा, जस्तै, प्रोटिनयुक्त खानेकुरामा भटमास, सामुद्रिक खानेकुराहरूले कतिपय मानिसलाई पेटमा एलर्जी हुने गर्छ । यसका कारण पनि ग्यास्ट्रिकको लक्षण देखापर्ने गर्छन् ।
शरीरलाई आवश्यकभन्दा बढी मात्रामा खाना खानु, पचाउन असहज हुने खानेकुरा, जस्तै, माछा, मासु, दुग्धजन्य पदार्थ अत्यधिक मात्रामा खानु, मैदाबाट बनेका खानेकुराहरू धेरै खानाले समेत ग्यास्ट्रिकका लक्षणहरू देखापर्ने गर्छन् ।

खानपानका कारण विशेषगरी ३ कारणले ग्यास्ट्रिक हुने गर्छ– अत्यधिक मात्रामा खानु, खानाको एलर्जीका कारण र खानेकुरालाई मानव शरीरले राम्रोसँग पाचन गर्न नसक्नुका कारण । खानासँग सम्बन्धित अर्काे प्रकारको ग्यास्ट्रिकमा दूषित अथवा बासी खानेकुराको सेवनका कारण पनि ग्यास्ट्रिकको समस्या देखापर्ने गर्छ । राम्रोसँग तयार नगरिएको खानेकुरा, झिँगा भन्किएको खानेकुराका कारण पनि ग्यास्ट्रिकको समस्या देखापर्न सक्छ ।

आजकाल ब्याक्टेरियाजस्ता एकप्रकारका सूक्ष्म जीवाणुको संक्रमणका कारण सबैभन्दा बढी मात्रामा ग्यास्ट्रिक, अल्सर तथा अन्तिम अवस्थामा पेटको क्यान्सरसमेत हुने गरेको पाइन्छ । ६५–७० प्रतिशत मानिसको पेटमा यस्ता प्रकारका ब्याक्टेरिया पाइएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । यसप्रकारका कीटाणु मार्नका लागि कम्तीमा २ हप्तासम्म डबल एन्टिबायोटिक तथा एकप्रकारको एसिड कम गर्ने औषधि खानुपर्ने हुन्छ । कुनै पनि प्रकारका औषधि, जस्तै, पेन किलर, एन्टिबायोटिक तथा कुनै पनि औषधि प्रयोग गरिरहेका व्यक्तिमा ग्यास्ट्रिकको समस्या देखापर्ने गर्छ । यदि त्यस्ता प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्था रहेमा ग्यास्ट्रिकलाई कम गर्ने, रोक्ने अथवा कुन विकल्प अपनाउन सकिन्छ, त्यो गर्नुपर्ने हुन्छ । अत्यधिक मानसिक तनाव, विभिन्न प्रकारका एन्जाइटी तथा डिप्रेसनका कारण पनि ग्यास्ट्रिकको समस्या देखापर्ने गर्छ ।

ग्यास्ट्रिक नसा तथा स्नायुप्रणालीसँग पनि सम्बन्धित समस्या हो । स्नायु तथा नसाका कारण हुने समस्या लिएर विशेषज्ञ चिकित्सकहरूकहाँ आउने बिरामीको संख्या अत्यधिक छ । कहिलेकाहीँ मिर्गौला सम्बन्धी रोग, जन्डिस, कलेजो सुन्निनु, विभिन्नप्रकारका संक्रमण, पाचनप्रणालीका विभिन्न समस्या, प्याङक्रियाज, पित्तथैली र पित्तनलीमा हुने विभिन्नप्रकारका समस्या भएमा समेत ग्यास्ट्रिकको समस्या आउने गर्छ । पेटमा क्षयरोग भएको अवस्थामा पनि ग्यास्ट्रिकको समस्या निम्तिने गर्छ ।

कतिपय अवस्थामा सामान्य कारणले ग्यास्ट्रिक हुने गर्छ, जसलाई उपचारको खासै आवश्यकता पर्दैन । कतिपय अवस्थामा भने ग्यास्ट्रिकका लागि जटिल प्रकारका उपचारका समेत आवश्यकता पर्न सक्छ ।

नेपालमा २०–२५ वर्षपहिले ग्यास्ट्रिकका विभिन्न जटिलता थिए । पहिले–पहिले अस्पतालहरूमा धेरै शल्यक्रिया ग्यास्ट्रिकका कारण हुने गर्थे । हाल ग्यास्ट्रिकको उपचार विधिमा विगतको तुलनामा धेरै नै प्रगति भएको पाइन्छ । वर्तमान समयमा ग्यास्ट्रिकका कारण शल्यक्रिया बिरलै हुने गरेको छ । हाल औषधिको सेवनबाटै ग्यास्ट्रिक निको हुन्छ ।

उपचार विधि
ग्यास्ट्रिकका बिरामीको उपचारमा चिकित्सकले यसको कारणअनुसार उपचार विधि अपनाउने गर्छन् । कारण पत्ता लगाउनेक्रममा बिरामीले दैनिक रूपमा खाने गरेका खानेकुराबारे चिकित्सकले सोध्ने गर्छन् । बिरामीलाई कति समयदेखि समस्या भएको हो, त्यसबारे पनि सोध्ने गरिन्छ । त्यसमा बिरामीको उमेरसमेत महत्वपूर्ण हुन्छ । यसका साथै, रगतबाट गरिने विभिन्न परीक्षण, कलेजो परीक्षण, दिसा–पिसाबका परीक्षणहरू, इन्डोस्कोपी तथा अल्ट्रासाउन्डलगायत परीक्षणले ग्यास्ट्रिक भए वा नभएको चिकित्सकले पत्ता लगाउने गर्छन् ।

नेपालमा २०–२५ वर्षपहिले ग्यास्ट्रिकका विभिन्न जटिलता थिए । पहिले–पहिले अस्पतालहरूमा धेरै शल्यक्रिया ग्यास्ट्रिकका कारण हुने गर्थे । हाल ग्यास्ट्रिकको उपचार विधिमा विगतको तुलनामा धेरै नै प्रगति भएको पाइन्छ । वर्तमान समयमा ग्यास्ट्रिकका कारण शल्यक्रिया बिरलै हुने गरेको छ । हाल औषधिको सेवनबाटै ग्यास्ट्रिक निको हुन्छ । यदि कीटाणुहरूका कारण ग्यास्ट्रिक भएको छ भने सामान्यतया दुई हप्ताको विशेषप्रकारको एन्टिबायोटिक खाएरै ग्यास्ट्रिक निको हुन्छ । सामान्य रूपमा मुखबाट खाने औषधिबाटै अल्सरसमेत ठिक हुन सक्छ ।

कतिपयमा घाँटीबाट एसिड फर्किने समस्यासमेत हुन्छ । त्यसका लागि एसिड कम गर्ने औषधि खानुपर्ने हुन्छ, जुन केही लामो समय अर्थात् आवश्यकताअनुसार महिनौँ वा वर्षौंसमेत खानुपर्ने हुन सक्छ ।
यदि कसैमा ग्यास्ट्रिकका कारण रगत बग्ने समस्या देखापरेमा धेरैजसो अवस्थामा औषधिबाटै ठिक हुने अवस्था भए पनि कोही–कोहीमा भएको रक्तस्राव अनियन्त्रित भई आन्द्रा नै छेडियो तथा रक्तस्राव रोक्न सकिएन, आन्द्रा नै जाम भयो भने त्यस्तो अवस्थामा केही प्रतिशत ग्यास्ट्रिकका रोगीमा मात्रै शल्यक्रियाको आवश्यकता पर्ने गर्छ ।

रोकथामका उपाय
– खानपानका विशेष ध्यान दिने ।
– स्वच्छ तथा स्वस्थ खानेकुरा नियन्त्रित रूपमा खाने ।
– सामान्यतया दिनको चारपटकसम्म खाना खाने ।
– अत्यधिक मात्रामा चिल्लो भएको तथा बाहिरको तयारी खानेकुरा नखाने ।
– भान्छामा उपलब्ध खानेकुरालाई नै व्यवस्थित रूपमा खाने ।
– पेटसम्बन्धी समस्या देखिएमा सम्बन्धित विशेषज्ञ चिकित्सकबाट परीक्षण गराउने ।
– विशेषज्ञले दिएको सल्लाहअनुसारका परीक्षण गराउने ।
– अन्य कुनै रोगका कारण ग्यास्ट्रिकको समस्या देखापरेको हो भने सबैभन्दा पहिले त्यस्ता प्रकारका रोगको उपचार गराउने ।

उपचारपश्चात् बिरामी पूर्ण रूपमै पहिलेको अवस्थामा आउन सक्छ । ग्यास्ट्रिकको उपचारका क्रममा आएका बिरामीलाई अन्य रोगहरू भएको पत्ता लागेमा सबैभन्दा पहिले उक्त रोगको उपचार गराउनु आवश्यक हुन्छ ।

डा. शर्मा पाटन अस्पताल र सुमेरु अस्पतालमा आवद्ध छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

किन सताउँछ ग्यास्ट्रिकले ?

साधारण बोलीचालीको भाषामा ग्यास्ट्रिक भनेर चिनिने कमन रोगलाई अंग्रेजीमा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिक हुँदा आमाशयलाई घेरेर बसेको नरम झिल्ली सुन्निने वा फुल्ने (इन्फ्लामेसन) हुन्छ । ग्यास्ट्रिक कुनै खास उमेर समूहका मानिसलाई हुने नभई बच्चादेखि बुढासम्म जसलाई पनि लाग्ने गर्छ । तर, प्रायः ४०–४५ वर्ष कटेपछि ग्यास्ट्रिकले बढी सताएको पाइन्छ । यो उमेरमा मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने भएकाले जुनसुकै रोगले सजिलै आक्रमण गर्न थाल्छ । खासमा खानपिनबाट हुने ग्यास्ट्रिक वा चिन्ताबाट हुने ग्यास्ट्रिक, युवावस्थामा पनि हुने गर्छ ।

अर्कोतिर वातावरणीय प्रभावबाट र खाना नपचेर हुने ग्यास्ट्रिकबाट भने बच्चा पनि प्रभावित हुने गर्छन् । ग्यास्ट्रिकका अन्य धेरै कारक हुन्छन् । मूल रुपमा ९० प्रतिशत ग्यास्ट्रिक हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाबाट लाग्ने गर्छ । अर्को भनेको जथाभावी औषधि सेवन, पेन किलरको बढी प्रयोगले पनि ग्यास्ट्रिक गराउने कारण हो । समयमा नखाने, समयमा नसुत्ने र बढी मात्रामा अमिलो खानाले पनि यस्तो ग्यास्ट्रिको समस्या आउँछ । चिन्ताले पनि ग्यास्ट्रिक निम्त्याउने गर्छ । साथै, रक्सी, चुरोट र झानेका वा तारेका खानेकुरा पनि ग्यास्ट्रिकका कारण मानिन्छन् ।

आमाशयलाई अम्लबाट बचाउनका लागि आमाशयको भित्रबाट म्युकस नामका तरल पदार्थ र बाइकार्बोनेट नामक क्षार निस्किरहेको हुन्छ । यो प्रक्रियामा असन्तुलन भएमा ग्यास्ट्रिक हुन्छ ।

खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसका साथसाथै हाइड्रोक्लोरिक एसिड नामक कडा प्रकारको अम्ल पनि हुन्छ । पेटभित्र उत्पादन हुने यो अम्लको काम खाना पचाउने र पेटभित्रका कीटाणुलाई मार्ने हो । आमाशयलाई यो अम्लबाट बचाउनका लागि आमाशयको भित्रबाट म्युकस नामका तरल पदार्थ र बाइकार्बोनेट नामक क्षार निस्किरहेको हुन्छ । यो प्रक्रियामा असन्तुलन भएमा ग्यास्ट्रिक हुन्छ ।

वातावरण पनि कारक
ग्यास्ट्रिक गराउने प्रमुख कारक एचपाइलोरीको संक्रमण खासगरी दिसाबाट संक्रमित पानी खाना वा अन्य माध्यमबाट हाम्रो शरीरभित्र पुग्यो भने हुन्छ । दिसामा पाइने ब्याक्टेरिया हाम्रो पेटको एन्टम नामक झिल्लीको तल्लो भागमा गएर बस्छ । उक्त पातलो झिल्लीको माथिल्लो भागमा अम्लीयपन हुने भएकाले ब्याक्टेरिया माथि बस्दैन । यो एकदमै न्युटल स्थान वा बफर जोनमा बस्ने गर्छ । जसले बाहिर आएर ग्यास्ट्रिक बनाउँछ । यसको समयमै उपचार भएन भने जटिलता थप्दै जान्छ ।

किन बढ्दै छ ग्यास्ट्रिक ?
हिजोआज मानिसको जीवनशैलीमा परिवर्तन आएको छ जंकफुडमाथिको निर्भरता अत्यन्त बढेको छ । मानिसको खानपानसँगै बाह्य वातावरणमा समेत परिवर्तन आएको छ । जीवन दिनदिनै चिन्तामय बन्दै छ । अस्वस्थ प्रतिस्पर्धा धेरै छ, अप्राकृतिक कुराहरु बढ्दै छन् । व्यस्तताका कारण सुरक्षामा मानिसको ध्यान गएको छैन । जीवन धान्नका लागि संघर्ष गर्दागर्दै अत्यावश्यक कुरामा ध्यान पुर्याउन सकेको छैन ।

समयमा खाने, सुत्ने, सकारात्मक सोच्ने, चिन्तामुक्त हुने, नियमित व्यायाम गर्ने लगायत कुराहरु मानिसका प्राथमिकतामा पर्न सकेका छैनन् । वातावरणीय प्रदूषण चरम अवस्थामा छ । मानिसको जीवनशैली र वातावरणमा आएका यस्ता परिवर्तनका कारण नै पछिल्लो समय ग्यास्ट्रिक आमरोग बन्न पुगेको हो । यससँगै चिन्ता ग्यास्ट्रिकको प्रमुख कारण हो । पहिल्लो समय युवापुस्ताले अपनाउने गरेको अस्वस्थ जीवनशैली र चिन्तामग्नताले देशको युवा जनशक्तिलाई ग्यास्ट्रिकले गाँजेको छ ।
नेपालको सन्दर्भमा कतिपय सामाजिक, धार्मिक मूल्यमान्यताका कारण भोको बस्ने गर्नाले पनि ग्यास्ट्रिक बढिरहेको छ । पुरुषको तुलनामा नेपाली महिलाहरु बढी व्रत बस्ने, समयमा नखाने भएकाले ग्यास्ट्रिकबाट पीडित बन्न पुगेका छन् ।

विदेशमा बस्ने नेपाली पनि ग्यास्ट्रिकबाट पीडित छन् । उनीहरुमा ग्यास्ट्रिक हुने खास कारण भनेकै खाना वानीमा परिवर्तन हुनु हो । उनीहरुले यहाँ खाने खाना र उता गएर खाने खानामा पूरा परिवर्तन हुन्छ । यहाँ दाल, भात, तरकारी खाइरहेको मान्छे, पाचन प्रणाली पनि यहीँको वातावरणसित अभ्यस्त भइसकेको हुन्छ । विदेश गएर मानिसले बढी मात्रामा मासु, जंकफुड, दूध बढी मात्रामा खाने हुन्छ भने यहाँ साग र भेजको मात्रा बढी खाइरहेको हुन्छ ।
एक्कासि खानपानमा आउने यस्तो परिवर्तनका कारण खाना पचाउन नसक्ने हुन्छ । खाना राम्रो नै खाए पनि पचाउन नसक्दा ग्यास्ट्रिक हुन्छ । हाम्रो शरीरले कुनै वेला राम्रो खाना पनि पचाउन सक्दैन । यससँगै लामो ड्युटीका कारण समयमा खान नपाएर पनि उनीहरुमा ग्यास्ट्रिक हुने गरेको छ ।

समयमा खाने, सुत्ने, सकारात्मक सोच्ने, चिन्तामुक्त हुने, नियमित व्यायाम गर्ने लगायत कुराहरु मानिसका प्राथमिकतामा पर्न सकेका छैनन् । वातावरणीय प्रदूषण चरम अवस्थामा छ । मानिसको जीवनशैली र वातावरणमा आएका यस्ता परिवर्तनका कारण नै पछिल्लो समय ग्यास्ट्रिक आमरोग बन्न पुगेको हो ।

ग्यास्ट्रिक बिग्रेमा के हुन्छ ?
ग्यास्ट्रिक बिग्रेको खण्डमा अल्सर हुन्छ । अल्सर कहाँनेर छ भन्ने कुराले महत्व राख्छ । यदि पेटबाट तलतिर जाने नलीमा अल्सर रहेछ भने त्यसले खाना पास हुने नलीलाई नै सानो र साँघुरो बनाउँछ । खाना रोकियो वा पास भएन भने बान्ता पनि हुन्छ । अल्सर बिग्रको खण्डमा रक्तअल्पता हुन्छ, दिसामा रगत जान्छ, दिसा कालो हुन थाल्छ । समयमा उपचार गरेन भने यसले ज्यान पनि लिन सक्छ । अल्सरको समयमा उपचार नहुँदा आन्द्रा फुट्ने पनि सक्छ । उपचार अभावमा अल्सर बिग्रेर १ प्रतिशत मानिसमा क्यान्सर पनि हुने गरेको पाइएको छ । त्यसैले ग्यास्ट्रिक भएमा समयमै उपचार गराउन र खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

रोकथाम/उपचार
ग्यास्ट्रिकबाट बच्न सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको खानपिनमै हो । समयमा खाना खाने, राम्रो र पाकेको खाना खाने, पानीलाई उमालेर वा फिल्टर गरेर कीटाणुमुक्त बनाएर मात्र पिउने गर्नुपर्छ । सागसब्जी तथा फलफूल बढी मात्रामा खानुपर्छ । रक्सी, चुरोट खानुहुँदैन । सामान्य दाल, भात, तरकारीले केही असर गर्दैन । पानी बढी मात्रामा पिउनुपर्छ । पोलेको खानेकुरा खानुहुँदैन । मासु खाने हो भने मज्जाले पकाएर खानुपर्छ । अमिलो अचार, तारेको खानेकुरा बन्द गर्नुपर्छ । चिल्लो बढी खानुहुँदैन । पिरोले खासै असर त गर्दैन, तर पनि कहिल्यै नखानेलाई भने अपवादका रुपमा असर गर्छ । खुर्सानी कहिले पनि पच्दैन ।

पोषणले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसले शरीरमा शक्तिप्रवाह गर्छ । जब शरीरमा शक्ति बढ्छ वा तागत प्राप्त हुन्छ, त्यतिवेला केही भयो भने शरीरले आफूलाई नियन्त्रणमा राख्न सक्छ ।

पोषणयुक्त खानेकुराको सेवनले पनि ग्यास्ट्रिकबाट बच्न महत्वपूर्ण सहयोग पुर्याउँछ । पोषणले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसले शरीरमा शक्तिप्रवाह गर्छ । जब शरीरमा शक्ति बढ्छ वा तागत प्राप्त हुन्छ, त्यतिवेला केही भयो भने शरीरले आफूलाई नियन्त्रणमा राख्न सक्छ ।
ग्यास्ट्रिक उमेर छिप्पिएका मानिसलाई मात्र हुने नभई बच्चालाई पनि हुन्छ । खासगरी बच्चालाई खाएको कुरा पचाउन नसकेर ग्यास्ट्रिक हुन्छ । बच्चालाई ढ्याउ–ढ्याउ आउँदा, पेट दुख्दा ग्यास्ट्रिक भनेर पनि मान्ने गर्छौं । बच्चाले खानेकुरा नखाएर पनि यस्तो भएको हुन्छ । यस्तो अवस्थामा सजिलै पचाउन सक्ने, पोषणयुक्त खानेकुरा कुराहरु मात्र खुवाउनुपर्छ । बच्चालाई बढी मात्रामा दूध खुवाउनुपर्छ ।
बायोप्सी वा इन्डोस्कोपी गर्दा एच पाइलोरी नामक कीटाणु देखियो भने ट्रिपल थेरापी दिनुपर्ने हुन्छ । यसमा एन्टिवायोटिक्सको मात्रा मिलाएर चिकित्सको सल्लहअनुसार लिनुपर्छ ।

रोकथामका घरेलु उपाय
बिहान उठ्नासाथ दैनिक १। २ गिलास पानी पिउने
राति खाना खाएको कम्तीमा २ घण्टापछि मात्रै सुन्ते
समयमा सुत्ने र उठ्ने बानी बसाल्ने
नियमित खाने तालिकालाई पछ्याउँने

लक्षण
खानामा अरुचि
पेट ढुस्स हुने र भरिएजस्तो लाग्ने
पेटको माथिल्लो भाग पोल्ने, दुख्ने
बान्ता होलाजस्तो हुने
बढेको वेलामा खप्नै नसक्ने गरी पेट दुख्ने
कालो दिसा हुने

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै