गाउँ फर्किन थाले उपत्यकामा राेकिएकाहरु

निषेधाज्ञा खुलेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दो छ। चाडपर्व पनि नजिकै आएकाले लामो समयदेखि काठमाडौंमा रोकिएका नागरिकहरुको घर जान भीड नै लागेको छ। उपत्यकाबाट बाहिरिनेको संख्या बढेसँगै गाउँमा कोरोना संक्रमणको जोखिम बढ्दो छ। गाउँ फर्किनेका लागि न स्थानीय सरकारले नै स्वास्थ्य सुरक्षाको तयारी गरेका छन्, न प्रदेश सरकारले नै।...