चर्को गर्मी र विद्युत् अनियमितताले बाँकेवासी आक्रान्त, अस्पतालमा बिरामीको घुइँचो

चिसो मौसममा अति जाडो र गर्मीमा भीषण गर्मी हुने बाँकेका बासिन्दा यतिखेर तातो हावा र चर्को गर्मीले आक्रान्त बनेका छन् । मुलुककै बढी गर्मी हुने बाँकेमा अहिले गर्मीको सकस झेल्न स्थानीयलाई हम्मे–हम्मे परेको छ ।

चर्काे गर्मीका कारण घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था नभएका वेला विद्युत् अनियमितताले झन् समस्या थपिदिएको बाँकेवासीको गुनासो छ । चर्को गर्मीमा विद्युत मात्रै नियमित भइदिने हो भने धेरै राहत हुने नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्राका शिवप्रसाद पाठकको भनाइ छ ।

विद्युत् नियमितताका लागि पहल पनि भइरहेको छ । तर, चर्को गर्मीका वेला विद्युत् अनियमितता झन् बढ्दै गएको प्रति पाठकमा आक्रोश देखिन्छ । प्रत्येक वर्ष गर्मीमा हुने विद्युत् आपूर्तिको अनियमितताको समस्या यस वर्ष पनि यथावत् छ ।

जुनसुकै स्थानमा मर्मत गर्नुपरे नेपालगन्ज वितरण केन्द्रले विद्युत् अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन । ‘विद्युत् किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन,’ नेपालगन्ज–५ फुल्टेक्राकी कल्पना त्रिपाठी भन्छिन्, ‘गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ ।’ दिनभर चर्को गर्मी सहने नेपालगन्जवासी रातको समयमा अनियमित विद्युत्का कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन ।

वर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत् नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौँसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन–चार घण्टा बत्ती गइरहेको छ ।

‘दिनभर गर्मीमा काम गर्छौं, विद्युत् गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन,’ डुडुवा गाउँपालिका–१ होलियाका अटोरिक्साचालक राजु मुराऊ भन्छन् । एक घण्टामा चार–पाँचपटकसम्म विद्युत् काटिने गरेको फुल्टेक्राकै मदन शर्मा बताउँछन् । ‘कम्तीमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो,’ उनी भन्छन् । पूर्वसूचनाविना हुने विद्युत् अनियमितताले मेसिनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।

‘चलिरहेको मेसिन एक्कासि पटक–पटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ,’ नेपालगन्ज–८ का रमेश गुप्ता भन्छन् । लोडसेडिङको विकल्पमा जेनेरेटर र इनभर्टर जडान गरिए पनि लामो समय विद्युत् अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने गुप्ताकोे गुनासो छ । विद्युत् अनियमितताले होटेलव्यवसायीको पनि लागत बढ्दै गएको हो ।

जेनेरेटको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी बेहोर्नुपरिरहेको होटेलव्यवसायीको भनाइ छ । नेपालगन्जका लागि भारत र नेपाल दुवैतर्फबाट विद्युत् आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगन्जमा २४ एमभिएसम्मको विद्युत् माग हुने गरेको छ, जसमा १२ एमभिएसम्मको विद्युत् भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीले विद्युत् अनियमित हुने गर्छ ।

वर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत् नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौँसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन–चार घण्टा बत्ती गइरहेको छ । गर्मीमा यहाँको औसतमा तापक्रम ४२–४३ डिग्री सेल्सियसआसपास नै हुन्छ । छिटफुट पानी परे पनि वर्षा भएको छैन, स्थानीयवासी गर्मीले आक्रान्त छन् ।

गर्मी बढेसँगै खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायत पेयपदार्थको व्यापार फस्टाएको छ । गर्मीका कारण आवश्यक कामबाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ‘लु’ चल्ने भएपछि सडकमा मानिसको आवत–जावत कम भएको छ । दैनिक मजदुरी गरेर खानेहरूका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ । प्रायः युवायुवती गर्मी छल्न विभिन्न पार्क, हरियाली स्थानमा पुग्ने गरेका छन् ।

यस्तै अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मी मौसममा ५० प्रतिशतले बिरामीको संख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् । गर्मीसँगै हावाहुरी र धुलो, सडकपेटी तथा फुटपाथको खाना र फोहोर पानीका कारण बिरामीको संख्या बढ्दै गएको चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै बिरामीको चाप पनि बढ्दै गएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

‘तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रूपानन्द अधिकारीले भने, ‘भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।’ उनका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् ।

भाइरल, झाडापखाला, रुघाखोकी, पिसाबको संक्रमण, जलवियोजनलगायत बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक प्रकाश गुप्ताले गर्मीसँगै वर्षायाम सुरु हुन लागेकाले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताए । ओपिडी सेवाका लागि मात्र दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, वैष्णवी, वेस्टर्न अस्पताललगायत दर्जनभन्दा बढी अस्पताल तथा निजी क्लिनिकमा पनि बिरामीको चाप उस्तै छ । चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा–नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसा–पिसाब गरिसकेपछि साबुनपानीले हात धुने, सफा–सुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ ।

नेपालगन्जका अस्पतालमा प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै भारतका विभिन्न स्थानबाट पनि दैनिक बिरामी उपचारका लागि आउने गरेका छन् । ‘तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रूपानन्द अधिकारीले भने, ‘भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।’ उनका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् ।

गम्भीर प्रकृतिका बिरामी नभए पनि ओपिडीमा देखाएर घर जाने बिरामीको संख्या धेरै रहेको डा. अधिकारीको भनाइ छ । गर्मी बढ्दै जानु र पानी नपरेका कारण बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नुलगायत कारण बिरामीको चाप बढेको डा. अधिकारीले बताए । गर्मीमा पूरै शरीर ढाक्ने गरी लुगा लगाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन चिकित्सकको सुझाब छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘लू’ का कारण मध्पपश्चिमको जनजीवन प्रभावित, स्वास्थ्य चौकीमा बिरामीको घुइचो

अन्य बर्षको तुलनामा यसबर्ष प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँकेको जनजीवन प्रभावित भएको छ । मौसम विभागकाअनुसार बाँकेको तापक्रम बिगत २ सातादेखि ४१ देखि ४३ डिग्री सेल्सियसको आसपास हुने गरेको छ । अत्यधिक तापक्रमका कारण दिउँसोको समयमा घरबाट बाहिर निस्कनै नसक्ने अवस्था छ । । असह्य गर्मी तथा तातो हावाका कारण ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ । भने सञ्चालनमा रहेका अधिकांश शिक्षण संस्थाको अध्यापन विहानको समयमा हुने गरेको छ ।

अत्यधिक तापक्रमका कारण पानीको सतह सुक्दै गएपछि खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्ति समय घटाएको छ । विद्युत आपूर्तिसमेत नियमित हुन नसक्दा नागरिकलाई गर्मीले थप कष्ट पु-याएको छ । ‘सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरेका छौँ, तर गर्मीको प्रभाव विद्युतीय उपकरणमा समेत पर्ने भएकाले बिग्रिरहने कारणले आपूर्ति हुने गरेको छ’, नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले भने ।

बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काक्रो, तरबूजा, खरबूजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक खपत बढेको छ ।

प्रचण्ड गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ । बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काक्रो, तरबूजा, खरबूजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक खपत बढेको छ ।

अस्पतालहरुमा बिरामी चाप
बैशाखको १५ देखि ह्वात्तै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् । जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगञ्ज तथा कोहलपुर शिक्षण अस्पतालमा विभिन्न सरुवा रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।

अत्यधिक गर्मी बढेसँगै कोहलपुर स्वास्थ्य चौकीमा छाला बिरामीको संख्या अत्यधिक बढेको छ । गर्मी महिना लागेसँगै स्वास्थ्य चौकीमा बिरामीको घुँईचो बढेको हो ।यसबर्ष कोहलपुर क्षेत्रको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । स्वास्थ्य चौकीमा उपचारको लागि दैनिक सरदर १ सय ५० जना आउने गरेका छन् ।

यसैबिच यो याममा झाडापखाला बाहेक विशेषतः आउँ, हैंजा, फुड प्वाइजनिङ, टाइफाइड, जुका अन्य लामखुट्टेजन्य रोग संगै लु को पनि समस्या देखिन सक्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

कोहलपुर स्वास्थ्य चौकीका अहेब रामकुमार थारुका अनुसार सबै भन्दा बढि छालाको समस्या भएका बिरामी दैनिक सरदर ३० देखी ४० जनासम्म आउने गरेका छन् । उनका अनुसार छालापछि दम, टाईफाईड, ग्यास्ट्रिक, झाडापखाला लगायतका बिरामीको संख्या धेरै छ ।

अत्यधिक गर्मीका कारण एलर्जी हुने, दाग निस्कने, फोका आउने बिरामी बढेका छन् । ‘पहाडबाट तराई झरेका बढि आउने गरेका छन’, उनले भने, ‘मौसम परिवर्तनका तथा अत्यधिक गर्मीका कारण यो समयमा बिरामीको बढि भीडभाड हुने गरेको छ ।’

यस्तो अवस्थामा व्यक्तिगत सरसफाईमा ध्यानु पर्ने पर्ने उनको सुझाव छ । अहेब थारुले बैशाख महिनामा मात्रै १ हजार ५ सय ८ जनालाई सेवा दिएको जानकारी दिए । ओपिडीमा मात्रै ५ वर्ष मुनीका १ सय ३६ जनाले सेवा लिएका छन् ।

उनले अहिले ११ जना कर्मचारीले काम गरिहेको जानकारी दिए । यसैबिच यो याममा झाडापखाला बाहेक विशेषतः आउँ, हैंजा, फुड प्वाइजनिङ, टाइफाइड, जुका अन्य लामखुट्टेजन्य रोगसंगै लु को पनि समस्या देखिन सक्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

सुतीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइ गर्दा गर्मी मौसममा पनि स्वस्थ रहन सकिने चिकित्सकहरु बताउँछन् ।

रोगहरुबाट बच्न खानेकुरा राम्रोसंग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पुग्दैन, दैनिक प्रयोग गर्ने भाँडाकुँडाहरु सफा हुन, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले माडेर धुन जरुरी छ । स्वास्थ्य समस्या आइपरेमा नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराइहाल्न चिकित्सकले अनुरोध गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्मीमा व्यायाम गर्दा ध्यानमा राख्नुहोस् यी ७ कुरा, दिनभर रहनुहुनेछ सक्रिय

गर्मीमा खानपान र व्यायामका बीच सही सन्तुलन जरुरी छ । यसका लागि तपाईंलाई गर्मीमैत्री पोषण र कसरतबारे जानकारी हुनु आवश्यक छ । गर्मी मौसममा व्यायाम गर्नु अन्य मौसमको तुलनामा केही मुस्किल हुन्छ, किनकि, गर्मीमा व्यायाम गर्दा पसिना बढी आउँछ । तर, व्यायाम हरमौसममा जरुरी हुन्छ । विशेषज्ञका अनुसार गर्मीमा बिहान चाँडै उठेर वा साँझको समयमा व्यायामका लागि समय निकाल्न सकिन्छ । विभिन्न अध्ययनका अनुसार कुनै व्यक्ति यदि ४ देखि ६ सातासम्म निष्क्रिय रहन्छ भने उसका लागि व्यायामबाट मिल्ने फाइदा बेकार भएर जान्छन् । व्यायाम नगर्नाले प्रतिरक्षात्मक क्षमता कमजोर हुनुका साथै स्ट्रेस हर्मोनहरू बढ्न थाल्छन् । यसका अलावा व्यायाम अभावमा हिट स्ट्रोक तथा अनेकतरहका संक्रमण हुन सक्छन् । त्यसैले गर्मी मौसममा सन्तुलित तापमानमा व्यायाम अवश्य गर्नुहोस्, तर यसमा केही सावधानी अपनाउनुहोस् ।

१. व्यायाम बिहान गर्नुहोस्
गर्मी मौसममा व्यायामका लागि बिहानको समय उपयुक्त हुन्छ । गर्मीमा बिहान १० बजेदेखि दिउँसोको ३ बजेसम्म कडाखाले शारीरिक गतिविधि नगर्नुहोस्, किनकि, यो समयमा गर्मी ज्यादा हुने हुँदा तपाईंको स्वास्थ्यमा शारीरिक गतिविधिको असर पर्न जान्छ ।

२. कडा होइन, स्मार्ट व्यायाम गर्नुहोस्
गर्मीमा कडाखाले व्यायामको साटो हल्काफुल्का स्ट्रेचिङ व्यायाम वा योगको सहयोग लिनुहोस् । वायुमण्डलमा तापमान ज्यादा भएको समयमा व्यायामको तीव्रता घटाउनुहोस् । धेरैजसो व्यायाम खुला वातावरणमा भन्दा घर वा जिमखानाभित्रै गर्ने कोसिस गर्नुहोस् ।

३. केही समय आफ्ना लागि निकाल्नुहोस्
प्रतिदिन केही क्षण एसी र कुलरबाट अलग रहने आदत बसाल्नुहोस् । यसबाट तपाईंको शरीर बाहिरी तापमानसित सन्तुलित रहन सक्छ । विज्ञका अनुसार शरीरलाई मौसमअनुसार अनुकूलित हुन ४ देखि १४ दिन लाग्न सक्छ ।

४. तरल पोषण
शरीरमा नुन र पानीको मात्र सन्तुलित राख्नका लागि व्यायामअघि र पछि पानी पिउनु जरुरी छ । गर्मी मौसममा अल्कोहल वा कुनै पनि किसिमका क्याफिनयुक्त पेयपदार्थको सेवन नगर्नुहोस् या कम गर्नुहोस् ।

५. सही पोसाक चुन्नुहोस्
गर्मीमा खुकुलो, सुतीको कपडा लगाउनुहोस् । विज्ञका अनुसार पसिनाले नभई त्यसको वाष्पीकरणले शरीरलाई चिसोपन मिल्छ । त्यसकारण व्यायामको समयमा सुक्खा, खुकुलो र हल्का रङको कपडा लगाउनुहोस् ।

६. व्यायामपूर्व प्रोटिन नखानुहोस्
व्यायामपूर्व प्रोटिनयुक्त खानेकुरा नखान व्यायाम विशेषज्ञहरू सुझाब दिन्छन् । पसिना बगाएपश्चात् शरीरमा कमजोरीको महसुस हुन्छ । त्यसैले व्यायामपश्चात् थकान महसुस भएमा प्रोटिन लिनुहोस् ।

७. इनर्जी ड्रिंक नपिउनुहोस्
व्यायामको समयमा इनर्जी ड्रिंक पिएर आफ्नो मिहिनेतलाई बेकार बनाउने भूल नगर्नुहोस् । वास्तवमा, शरीरमा तुरुन्त ऊर्जा दिने यस्ता पदार्थमा अधिक मात्रामा ग्लुकोज हुन्छ । व्यायामको समयमा यस्ता पदार्थको सेवन गर्नाले शरीरले पहिले नै यिनीहरूबाट प्राप्त हुने ऊर्जा खर्च गर्दछ । परिणामस्वरूप व्यायामको पूरा फाइदा शरीरलाई मिल्न पाउँदैन । व्यायामको बीच–बीचमा थोरै सादा पानी पिउनु राम्रो हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै