गर्भावस्थामा पोषण : कस्ता महिलाले कुन चिज कति खाने ?

सामान्यतया गर्भावस्थामा पनि अन्य समयजस्तै खानेकुरा खाने गरिन्छ । तर, गर्भावस्थामा अन्य समयमा भन्दा केही बढी पोषणको आवश्यकता पर्ने भएकाले सामान्य अवस्थामा भन्दा केही बढी खानेकुराको आवश्यकता पर्छ । विशेषगरी शरीरलाई सुरक्षा दिने खानेकुराहरू, हरियो सागपात, पहेँलो तथा रातो फलफूल, भिटामिन ए तथा सीयुक्त खानेकुराले शरीरलाई रोगबाट बचाउने गर्छ । त्यस्ता खानेकुराको आवश्यकता अन्य समयमा भन्दा गर्भावस्थामा केही मात्रामा बढी हुन्छ ।
त्यसैगरी शरीरको वृद्धि–विकासमा सहयोग गर्ने खानेकुरा, जस्तै, दही, दूध, माछा, मासु, सबै प्रकारका गेडागुडी, दाल, तिल, माछालगायत खानेकुरा अन्य समयमा भन्दा गर्भावस्थामा दैनिक रूपमा खानुपर्ने हुन्छ ।

बच्चाको रगत, बोसो तथा गर्भवती महिलाको पाठेघरमा रहेको सालको समेत हिसाब गर्दा गर्भवती महिलाको तौल करिब १६ केजीसम्म बढ्नुलाई सामान्य नै मानिन्छ । तर, मोटी महिलाको हकमा भने अधिकतम ११ केजीसम्म तौल बढ्नु आमा र बच्चाको स्वास्थ्यका लागि उपयुक्त हुन्छ । यसका लागि गर्भवती महिलाले दैनिक रूपमा खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

मानिसको शरीरलाई शक्ति दिने खानेकुरा, जसले हिँडडुलका लागि सहयोग गर्छ, त्यस्ता खानेकुराको आवश्यकता गर्भावस्थामा धेरै हुन्छ । गर्भावस्थामा शक्तिको सञ्चय कमै हुने तथा कमजोर महसुस हुने कारणले त्यस्ता खानेकुराहरू अन्य समयमा भन्दा बढी आवश्यक पर्ने गर्छ । सामान्य अवस्थामा खाने गरेका चिजको सन्तुलन मिलाएर केही मात्रामा गर्भावस्थमा बढी खानुपर्ने हुन्छ ।
सामान्य अवस्थामा रहेको तौल बढाउनका लागि यस्ता खानेकुरा गर्भावस्थामा सन्तुलन मिलाएर केही बढी खानुपर्ने हुन्छ । तौल बढाउने भन्दैमा आवश्यकताभन्दा बढी खानेकुरा खानु गर्भावस्थामा आमा तथा बच्चा दुवैको स्वास्थ्यका लागि उपयुक्त मानिँदैन ।

खानेकुराको मात्रामा कमी भएमा बच्चाको तौल एकदमै कम हुन जान्छ । दुब्लो–पातलो मान्छेले गर्भावस्थामा करिब १६ केजीसम्म तौल बढाउनुपर्ने हुन्छ भने मोटी महिलाले साढे ११ केजीभन्दा बढी तौल बढाउनु राम्रो मानिँदैन । गर्भमा रहेको बच्चा साढे २ केजीदेखि ४ केजीसम्म हुनु सामान्य मानिन्छ । त्यसमा पाठेघरमा रहेको साललगायत पदार्थ साढे २ केजी, स्तन १ केजी, रगत र पानीको मिश्रण ३ केजीसम्म, आमाको शरीरको बोसो साढे २ केजीसम्म हुने गर्छ । तसर्थ, बच्चाको रगत, बोसो तथा गर्भवती महिलाको पाठेघरमा रहेको सालको समेत हिसाब गर्दा गर्भवती महिलाको तौल करिब १६ केजीसम्म बढ्नुलाई सामान्य नै मानिन्छ । तर, मोटी महिलाको हकमा भने अधिकतम ११ केजीसम्म तौल बढ्नु आमा र बच्चाको स्वास्थ्यका लागि उपयुक्त हुन्छ । यसका लागि गर्भवती महिलाले दैनिक रूपमा खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

स्वस्थ आमाले मात्रै स्वस्थ बच्चा जन्माउने भएकाले गर्भावस्थामा पौष्टिक तत्त्वयुक्त खानेकुराको आवश्यकता बढी परेको हो । गर्भावस्थामा आमाको स्वास्थ्य नै बच्चाको स्वास्थ्य भएकाले गर्भवती महिलाले यस अवस्थामा आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्भवती भएको कति महिनामा कति तौल बढाउने ?
गर्भ रहेको पहिलो ३ महिनामा १ केजीदेखि ३ केजीसम्म तौल बढ्नु आवश्यक हुन्छ । त्यसपछिका प्रत्येक महिनामा आधा–आधा केजी तौल बढ्दै गएमा त्यो पर्याप्त मानिन्छ । मोटी महिलामा भने आधा केजीको पनि आधा (चौथाइ केसी) प्रतिमहिना बढेमा पर्याप्त मानिन्छ ।
गर्भावस्थामा खानेकुरामा प्रोटिनको मात्रा एकदमै आवश्यक पर्ने गर्छ । प्रोटिनयुक्त खानेकुराले गर्भमा रहेको बच्चाको वृद्धि–विकासमा विशेष भूमिका खेल्नेगर्छ । त्यसकारण गर्भावस्थामा प्रोटिनयुक्त खानेकुराको आवश्यकता बढी पर्न गएको हो । सामान्यतया गर्भ रहेका वेला जुनसुकै खानेकुरामा त्यति रुचि नहुने भएकाले खानेकुराको मन नभएमा पनि प्रोटिनयुक्त खानेकुरा खानुपर्ने हुन्छ ।
खानेकुरामा त्यति मन नभए पनि आफ्नो तथा बच्चा दुवैको ख्याल गर्नका लागि खानेकुरा खाइरहनुपर्ने हुन्छ । सबै प्रकारका गेडागुडी, दही, माछा, मासु, अण्डाजस्ता खानेकुराहरू प्रोटिनयुक्त खानेकुराको उपयुक्त स्रोत हुन् । दैनिक रूपमा कम्तीमा एकपटक भए पनि प्रोटिनयुक्त खानेकुरा गर्भावस्थामा खानुपर्ने हुन्छ ।

हरियो सागपात, फलफूल तथा गेडागुडी खाएपश्चात् विशेषगरी शाकाहारी जीवनशैली अपनाउने गर्भवती महिलाले भिटामिन सीयुक्त खानेकुराहरू खानु आवश्यक मानिन्छ । उनीहरूले दालसँग कागती, काँक्रो तथा काचो गोलभेँडाको सलाद खानु राम्रो मानिन्छ । त्यसबाट आइरन तत्त्व पाउन सकिन्छ । माछा, मासु तथा कलेजो खाने गर्भवतीले भने यस्ता खानेकुराको सेवनपश्चात् भिटामिन सीयुक्त खानेकुरा खानु आवश्यक छैन ।

फलामयुक्त तत्त्वको पनि यस अवस्थामा आवश्यकता पर्ने गर्छ । कलेजो, मासु, माछालगायत खाद्यपदार्थमा फलामयुक्त खानेकुरा पाइन्छ । फलामयुक्त तत्त्वले शरीरमा रगत बढाउने काम गर्छ । पशुजन्य खानेकुरामा कलेजोबाट मानिसले फलाम तत्त्वलगायत अन्य पौष्टिक तत्त्वसमेत प्राप्त गर्छन् । गर्भावस्थामा हुन सक्ने रक्तअल्पताबाट बच्नका लागि फलामयुक्त खानेकुराको आवश्यकता पर्न जान्छ । हरियो सागपात, फलफूल, गेडागुडीलगायत खानेकुरामा फलामको मात्रा पाउन सकिन्छ । हरियो सागपात, फलफूल गेडागुडीलगायत खानेकुरा खाएका समयमा भिटामिन सीयुक्त खानेकुराहरू खानु पनि गर्भावस्थाका लागि अत्यावश्यक मानिन्छ ।
हरियो सागपात, फलफूल तथा गेडागुडी खाएपश्चात् विशेषगरी शाकाहारी जीवनशैली अपनाउने गर्भवती महिलाले भिटामिन सीयुक्त खानेकुराहरू खानु आवश्यक मानिन्छ । उनीहरूले दालसँग कागती, काँक्रो तथा काचो गोलभेँडाको सलाद खानु राम्रो मानिन्छ । त्यसबाट आइरन तत्त्व पाउन सकिन्छ । माछा, मासु तथा कलेजो खाने गर्भवतीले भने यस्ता खानेकुराको सेवनपश्चात् भिटामिन सीयुक्त खानेकुरा खानु आवश्यक छैन ।
गर्भावस्थामा फोलिक एसिडको आवश्यकता पर्छ । यसले नशा तथा दिमागको वृद्धि–विकासमा सहयोग पुर्याउँछ । कलेजो फोलिक एसिडको एकदमै राम्रो स्रोत हो । शाकाहारी महिलाले भने फोलिक एसिडको ट्याबलेट खान सक्छन् । त्यसैगरी हरियो सागपात तथा गेडागुडीमा पनि कलेजोमा पाइने तत्त्त्व पाउन सकिन्छ ।
क्याल्सियम पनि गर्भावस्थाका लागि आवश्यक पोषक तत्त्व हो । गर्भवती अवस्थामा आमाको हड्डी बलियो बनाउन तथा बच्चाको हड्डीको विकास गर्न क्याल्सियमको आवश्यकता पर्छ । गर्भवती अवस्था तथा सुत्केरी भएको करिब एक महिनासम्म क्याल्सियमको ट्याब्लेट दिने गरिन्छ । त्यसपश्चात् भने सामान्यतया खानाबाटै क्याल्सियमको परिपूर्ति भइरहेको हुन्छ । मुख्यतया दूध तथा दूधका परिकार र सानो माछाबाट क्याल्सियम प्राप्त गर्न सकिन्छ । सानो माछाको हड्डी नै चपाएर खाइने भएकाले यसमा क्याल्सियमको मात्रा प्रशस्त पाउन सकिन्छ । ज्वानोमा पनि प्रशस्त मात्रामा क्याल्सियम पाइने भएकाले सुत्केरीको समयमा सामान्यतया ज्वानो खुवाउने प्रचलन छ ।
समष्टिगत रूपमा भन्नुपर्दा गर्भावस्थामा क्याल्सियम, आइरन, फोलिक एसिड, प्रोटिनलगायत पौष्टिक तत्त्व आवश्यकता हुन्छन् । समान्यतया अन्य समयमा भन्दा गर्भावस्थामा यी तत्त्वहरू सन्तुलित सेवन बढी आवश्यक हुन्छ ।
गर्भावस्थामा यीमध्ये कुनै पनि पौष्टिक तत्त्वको पर्याप्त मात्रामा परिपूर्ति हुन नसकेमा त्यसको प्रभाव गर्भमा रहेको बच्चामा पर्ने गर्छ । यदि आमा नै रोगी भएमा तथा डेलिभरीका क्रममा बढी मात्रामा रगत बगेमा त्यसको असर गर्भमा रहेको बच्चामा पर्न जान्छ ।

(ललितपुरस्थित पाटन अस्पतालमा ४ वर्षदेखि कार्यरत आयरल्यान्डका नागरिक पोषणविद् जिम्बरम्यानसित हेल्थपोस्टकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्भावस्थामा रुघाखोकी र चिसोको उपचार कसरी गर्ने ?

जब तपाईं गर्भवती अवस्थामा हुनुहुन्छ, तपाईंमा देखिने स्वास्थ्य समस्याले तपाईंको शरीरलाई मात्रअसर गर्दैन, तपाईं गर्भमा भएको बच्चालाई पनि असर गर्छ । यही वास्तविकताले गर्दा गर्भवती अवस्थामा जुनसुकै रोग लाग्दा पनि यसविरुद्ध लड्न अप्ठ्यारो हुन्छ । विगतमा (गर्भवती नहुँदा) जब तपाईं फ्लुका कारण बिरामी पर्नुहुन्थ्यो, पूर्णडोज औषधि लिइहाल्नुहुन्थ्यो, तर अहिले सुरक्षित नै भए पनि तपाईं औषधि लिइहाल्न सकभर चाहनुहुन्न । औषधि खाए छिट्टै निको त हुन्छ, तर बच्चालाई असर गर्छ कि भनेर डराउनुहुन्छ ।

औषधोपचार
युनिभर्सिटी अफ मिचिगन हेल्थ सिस्टमका अनुसार गर्भवती भएको सुरुका १२ हप्ता सकेसम्म औषधि नलिनु नै राम्रो हो । यो समय बच्चाको प्रमुख अंग विकास हुने क्रिटिकल समय हो । धेरै चिकित्सक गर्भावस्थाको २८ हप्तापछि पनि सावधानी अपनाउन सुझाब दिन्छन् । गर्भावस्थामा औषधि लिनुपूर्व आफ्नो चिकित्सकसँग अवश्य सल्लाह लिनुहोेस् ।
– तपाईंको गर्भ १२ हप्ता नाघिसकेको छ भने विभिन्न औषधि लिन सक्नुहुन्छ ।
– छातीमा, नाकमुनि मेन्थल रब प्रयोग गर्न सक्नुहुन्छ ।
– नजलस्ट्रिप, जसले बन्द भएको नाक खुलाउँछ, प्रयोग गर्न सक्नुहुन्छ ।
– कफड्रप, कफविरुद्ध प्रयोग गर्न सक्नुहुन्छ ।
– एसिटामिनोफिन, दुखाइ, ज्वरो तथा चिलाएमा यसको प्रयोग गर्न सक्नुहुन्छ ।
– क्याल्सियम कार्बाेनेट, छातीमा जलन, नाक बग्ने तथा पेट असजिलो भएमा प्रयोग गर्न सक्नुहुन्छ ।

बहुउपचारका लागि प्रयोग गरिने धेरै तत्व मिसाइएको औषधि अथवा एन्टिबायोटिकजस्ता औषधि सकभर नखाउनुहोस्, आफ्नो लक्षण के छ, त्यसलाई मात्रै काम गर्ने औषधि रोज्नुहोस् ।
गर्भवती अवस्थामा यी औषधि डाक्टरको सल्लाहविना सकभर नखानुहोस्–
– एस्पिरिन
– ब्रुफिन
– न्याप्रोजेन
– कोडिन
– एन्टिबायोटिक

गर्भवतीमा चिसो लागेमा घरेलु उपचार
यदि तपाईं गभवती अवस्थामा चिसोका कारण बिरामी पर्नुभएको छ भने सर्वप्रथम घरेलु उपचार विधि अपनाउनुहोस् । किनकि, यस्तो वेला औषधिबाट टाढा रहनु नै उत्तम हुन्छ ।
– आवश्यक मात्रामा आराम गर्नुहोस् ।
– प्रशस्त झोलिलो खानेकुरा खानुहोस् ।
– छातीमा संक्रमण तथा खोकी छ भने तातो नुनपानीले घाँटी कुल्ला गर्नुहोस् ।
– यदि लक्षणहरू झन्–झन् कडा हुँदै गए भने नाकलाई सहज बनाउनका लागि नोजलड्रप अर्थात् स्प्रे गर्नुहोस् ।
– तातोपानी अथवा तातो हावाको बाफ लिनुहोस् ।
– तातोपानीले सावर लिनुहोस् ।
– चिकेन सुप लिनुहोस्, जसले नाक टिसुलाई सुन्निनबाट जोगाउँछ ।
– भेजिटेरियन हुनुहुन्छ भने च्याउको सुप लिन सक्नुहुन्छ ।
– क्याफिनयुक्त चियामा कागती र मह मिलाएर पिउनुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्भावस्थामा आवश्यक १० पोषकतत्व

अधिकांश महिलालाई गर्भवती अवस्थामा कस्तो खाना खाने भन्ने दुविधा हुने गर्छ । किनकि, यस्तो अवस्थामा दुई व्यक्तिका लागि पोषकतत्व पुग्नुपर्ने हुन्छ । अर्काे महत्वपूर्ण कुरा गर्भावस्थामै पूर्ण रूपमा पौष्टिकतत्व प्राप्त गरेको बच्चा स्वस्थ जन्मन्छ र जन्मपछि पनि स्वस्थ रहन्छ । गर्भावस्थामा चाहिने पोषणतत्व सजिलै प्राप्त गर्न सकिने केही खाना–

अण्डा
गर्भावस्थामा आवश्यक प्र्रोटिनको उच्च स्रोत हो अण्डा । अण्डामा कोलिनका साथै दर्जनभन्दा बढी भिटामिन र मिनरल्स पाइन्छ । अण्डामा पाइने कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्डको विकासमा सघाउँछ । अण्डालाई तपाईं आफ्नो स्वादअनुसार जुनसुकै वेला प्रयोग गर्न सक्नुहुन्छ ।

स्यालमन
स्वस्थ बच्चा विकासका लागि ओमेगा–३ फ्याटी एसिड अति आवश्यक छ । स्यालमन यसको राम्र्रो स्रोत हो । यसमा अत्यन्तै कम मर्करी हुन्छ । त्यसैले गर्भवती महिलाले प्रत्येक हप्ता स्यालमन खान सक्छन् ।

गेडागुडी
विभिन्नखालका गेडागुडी पनि प्रोटिन, आइरन, फोलिकेसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडका राम्रा स्रोत हुन् । चिकित्सककाअनुसार गेडागुडीमा गर्भवती अवस्थामा पाइने सम्पूर्ण पोषकतत्व पाइन्छ । गेडागुडी फाइबरको पनि राम्रो स्रोत हो, जसले गर्भवती अवस्थामा हुने दुई प्रमुख समस्या १) कब्जियत र २) हेमोरोइड्सबाट बचाउन सघाउँछ ।

स्विट पोटाटो
स्विट पोट्याटोमा हाम्रो शरीरलाई चाहिने भिटामिन ए पाइन्छ । यो भिटामिन सी फोलिक एसिड र फाइबरको पनि उच्च स्रोत हो ।

होलग्रेन
चोकरसहितको अन्न पौष्टिकतत्वले भरिपूर्ण हुन्छ । साथै, एन्टिअक्सिडेन्ट, भिटामिन ई र फाइबर पनि पाइने हुनाले गर्भवतीले होलग्रेन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ओखर
ओखर प्लान्टबेस ओमेगा–३ को सबैभन्दा राम्रो स्रोत हो । यसमा प्रशस्त मात्रामा प्रोटिन र फाइबर पाइन्छ ।

ग्रिक योगर्ट
रेगुलर दहीमा भन्दा ग्रिक योगर्टमा दुईगुणा बढी प्रोटिन पाइन्छ । यसमा प्रोबायोटिक र क्याल्सियम पनि प्रचुर मात्रामा पाइन्छ । गर्भावस्थामा क्याल्सियमको थप जरुरत पर्छ । र, यसले बच्चामा स्वस्थ हड्डीको विकास गर्छ । ब्रेकफास्ट तथा खाना जुनसुकै वेला दही खान सक्नुहुन्छ ।

गाढा हरिया रङका सागपात
पालक, रायो, स्विस चार्ड, अर्थात् हाम्रो गाउँघरमा पाइने गाढा हरिया रङका सबै सागपात गर्भावस्थाका लागि अति उपयोगी खाना हुन् । यस्ता सागपातमा भिटामिन ए, सी, के, फोलिक एसिडका साथै धेरैखालका पोषकतत्व पाइन्छन् ।

बोसोरहित मासु
मासु प्रोटिनको उच्च स्रोत हो, तर हामीले सधैँ बोसोरहित मासु रोज्नुपर्छ । राम्रोसँग पकाएको बोसोरहित मासुले गर्भवती महिला र पेटको बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसका लागि छाला फालेको कुखुराको मासु, टर्की, पोर्क तथा बोसो फालिएका खसीको मासु रोज्न सक्नुहुन्छ ।

रंगीचंगी फलफूल र तरकारी
प्रशस्त मात्रामा थरीथरी रंगका प्राकृतिक फलफूल तथा तरकारीले पेटको बच्चालाई भिटामिन प्रदान गर्छ । रमाइलो कुरा, प्रत्येक फरक रङका फलफूल तथा तरकारीमा फरक–फरक भिटामिन पाइन्छ । तर, खानामा मिसाइएको अप्राकृतिक रङ भने स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसैले गर्भवती अवस्थामा फरक–फरक रङका फलफूल र तरकारी सेवन गरौँ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्भवतीमा उच्च रक्तचाप

गर्भवती महिलामा विभिन्न प्रकारको उच्च रक्तचाप हुने गर्छ । जसमा महिलाको एउटा समूह गर्भवती नहुँदै उच्च रक्तचाप भएर आउने छ भने अर्काे समूहमा गर्भवती भएपछि मात्र उच्च रक्तचापको समस्या देखापर्ने गर्छ ।

पाठेघरको साल टाँसिने प्रक्रियामा खराबी आएमा उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । तर, उच्च रक्तचाप यसरी नै हुन्छ भन्ने सर्वमान्य तथ्य भने पाइएको छैन । गर्भवती अवस्थामा उच्च रक्तचाप भएका कतिपय महिलालाई बच्चा जन्मेपश्चात् समस्या स्वतः हराएर जाने गर्छ ।

गर्भावस्थाका कुनै पनि महिलामा गर्भवती भएको ३० हप्तापछि १४० बाई ९० भन्दा बढी रक्तचाप भएमा त्यसलाई गर्भावास्थामा हुने उच्च रक्तचाप भन्ने गरिन्छ । घरका अग्रज सदस्यहरूमा उच्च रक्तचापको समस्या भएका महिलामा गर्भवती हुँदा उच्च रक्तचाप हुने समस्या बढी रहने गर्छ । त्यसैगरी पहिलोपटक गर्भवती हुने महिलामा यस्तो समस्या बढी मात्रामा देखापर्ने गर्छ । गर्भावस्थामा हुने उच्च रक्तचापको समस्या ५–१५ प्रतिशत महिलामा हुने गर्छ ।
पाठेघरको साल टाँसिने प्रक्रियामा खराबी आएमा उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । तर, उच्च रक्तचाप यसरी नै हुन्छ भन्ने सर्वमान्य तथ्य भने पाइएको छैन । गर्भवती अवस्थामा उच्च रक्तचाप भएका कतिपय महिलालाई बच्चा जन्मेपश्चात् समस्या स्वतः हराएर जाने गर्छ । गर्भावस्थामा रक्तचाप बढेमा चिकित्सकको सल्लाहमा उच्च रक्तचापको औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधि नखाएमा वा बेवास्ता गरेमा त्यसले आमा र बच्चा दुवैमा दीर्घकालीन रूपमै असर गर्छ । सामान्यतया त्यस्ता महिलामा डेलिभरीपश्चात् उच्च रक्तचापको समस्या हराएर जाने भए पनि भविष्यमा उनीहरूमा उच्च रक्तचापको समस्या आउने सम्भावना बढी हुने गर्छ ।
अहिलेको पुस्तामा बढी तनावपूर्ण जीवनशैलीका कारण महिलामा यस्तो समस्या बढी मात्रामा पाइएको छ । मानिसमा स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएसँगै यो समस्या बढेको पाइएको छ । जीवनशैलीका कारण पनि यो समस्या वर्तमान समयमा बढेको देखिन्छ । गर्भावस्थामा उच्च रक्तचाप भएका महिलाले शारीरिक अभ्यास र खानपिनमा समेत ध्यान दिनुपर्ने हुन्छ ।

पेटभित्रै बच्चाका लागि उपयुक्त वातावरण निर्माण हुन नसकेपश्चात् समयभन्दा अगावै बच्चा निकाल्नुपर्ने अवस्थासमेत आउन सक्छ । उचित समयमा बच्चा निकाल्न सकेमा बच्चाको विकास राम्रोसँग हुन सक्छ भने आमामा रहेको उच्च रक्तचापको समस्या पनि सन्तुलनमा आउन सक्छ । एकदमै सानो अवस्थामा निकाल्नुपर्ने भएमा बच्चा सामान्य नहुन पनि सक्छ ।

गर्भावस्थामा हुने उच्च रक्तचापको असर आमा तथा बच्चा दुवैमा पर्ने गर्छ । यस अवस्थामा हुने उच्च रक्तचापको समस्याका कारण बच्चाले राम्रोसँग सर्कुलेसन पाउन सक्दैन । यसले प्रत्यक्ष रूपमा रक्तनलीमा असर गर्ने भएकाले बच्चाले आमाको पेटभित्र आवश्यक मात्रामा पोषकतत्वहरू पाउन सक्दैन । रक्तचापको मात्रा अति नै उच्च भएको अवस्थामा बच्चा खेर जानसमेत सक्छ । साथै, बच्चाको वृद्धि तथा विकास आवश्यक मात्रामा हुन सक्दैन ।
पेटभित्रै बच्चाका लागि उपयुक्त वातावरण निर्माण हुन नसकेपश्चात् समयभन्दा अगावै बच्चा निकाल्नुपर्ने अवस्थासमेत आउन सक्छ । उचित समयमा बच्चा निकाल्न सकेमा बच्चाको विकास राम्रोसँग हुन सक्छ भने आमामा रहेको उच्च रक्तचापको समस्या पनि सन्तुलनमा आउन सक्छ । एकदमै सानो अवस्थामा निकाल्नुपर्ने भएमा बच्चा सामान्य नहुन पनि सक्छ ।
कतिपय महिलामा गर्भावस्थामा भएको उच्च रक्तचापको समस्याका कारण गर्भवती अवस्थामा अस्पताल नै भर्ना भएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ भने कतिपयमा अन्य विभिन्न कारणले गर्भावस्थामा अस्पताल भर्ना भएर बस्नुपर्ने हुन्छ । तर, अस्पतालमा जबर्जस्ती भर्ना गराएर राख्ने भने गरिएको छैन ।
चिकित्सकको सल्लाहअनुसार केयर गर्न सकेमा भने अस्पतालमै बस्नुपर्ने हुँदैन । कतिपय केसमा भने अस्पताल केयरकै आवश्यकता पर्न सक्छ । मुटु, कलेजो तथा अन्य विभिन्न महत्वपूर्ण अंगमा त्यसका कारण असर पर्न जाने अवस्था भएमा भने अस्पताल केयरको आवश्यकता पर्छ ।

(डा. गुरुङ त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी स्त्रीरोग विशेषज्ञ हुन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै