लामखुट्टे ‘ओ’ ब्लड ग्रुप भएका र गर्भवतीप्रति धेरै आकर्षित हुन्छ

वर्षा आउनेबित्तिकै मौसम रमाइलो हुन्छ, तर यससँगै रोगको जोखिम पनि बढ्छ । यस रमाइलो मौसममा मानिसलाई रमाउन नदिने कारण बन्छ, लामखुट्टे । लामखुट्टे यस मौसममा रोगहरूको मुख्य कारण बन्छ । त्यसैले वर्षामा आफ्नो खुसीमा गडबडी आउन नदिन लामखुट्टे हटाउनु धेरै महत्त्वपूर्ण छ ।

मानिसहरू लामखुट्टे न्यूनीकरणका घरेलु उपचारहरूलाई बेवास्ता गर्छन् र नयाँ तरिकाहरू प्रयोग गर्छन् । तर, लामखुट्टेले किन मानिसलाई टोक्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । लामखुट्टेले मानिसलाई टोक्ने धेरै कारण छन् र यो खास रक्तसमूहका मानिसप्रति बढी आकर्षित हुन्छ ।

आखिर, लामखुट्टेले किन मानिसलाई टोक्छ ?
अनुसन्धान प्रतिवेदनहरूका अनुसार लामखुट्टेले विशेष रक्तसमूहका व्यक्तिलाई बढी टोक्छ । अनुसन्धानले पत्ता लागाएको छ कि, लामखुट्टे ‘ओ’ रक्तसमूहका व्यक्तिमा बढी आकर्षित हुन्छ ।

अनुसन्धानबाट प्राप्त नतिजाअनुसार यो विश्वास गरिन्छ कि, अधिक बियर पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्छ । यद्यपि, यसको पूर्ण पुष्टि भने कुनै पनि अनुसन्धानले गर्न सकेको अवस्था छैन ।

त्यस्तै, लामखुट्टेले बढी पसिना बगाउने व्यक्तिलाई बढी टोक्छ, किनभने पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड, अमोनियालगायत समावेश हुन्छन्, जसमा लामखुट्टे बढी आकर्षित हुन्छ ।

गर्भवती महिलाले अन्य महिलाको तुलनामा गहिरो श्वास लिन्छन् र यस समयमा उनीहरूको शरीरको तापक्रम पनि बढी हुन्छ । यसकारण लामखुट्टेले गर्भवती महिलालाई पनि बढी टोक्ने गर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

शिवराजमा गर्भवतीको घरमा निलो झन्डा कार्यक्रम प्रभावकारी, चालू आवमा सबै वडामा विस्तार

कपिलवस्तुको शिवराज नगरपालिकामा सञ्चालन गरिएको निलो झन्डा अभियान प्रभावकारी देखिएको छ । अभियानले गर्भवतीको पहिचान गर्न र सचेतना बढाउनमा सहयोग पुगेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले वडा नम्बर १ मा घरमा सुत्केरी गराउने महिलाको संख्या शून्य बनाउने उद्देश्यले गत आर्थिक वर्षमा गर्भवती महिलाको घरमा निलो झन्डा राखी गर्भवती पहिचान कार्यक्रम सुरु गरेको थियो ।

कार्यक्रमअन्तर्गत गर्भवतीको पहिचान गर्ने, पहिचान भएका गर्भवती महिलालाई झन्डा वितरण गर्ने र उक्त झन्डा घरको धुरीमा राख्नुपर्ने नियम बनाइएको छ । घरमा सुत्केरी हुनेक्रम रोक्न परीक्षणका रूपमा गर्भवती आमा पहिचान कार्यक्रम सुुरु गरिएको नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले बताइन् । गर्भवती पहिचान भएपछि झन्डा दिएर पठाउने र सुत्केरी हुन आउँदा झन्डा लिएर आउनुपर्ने नियम बनाइएको उपप्रमुख चौधरीको भनाइ छ । ‘झन्डा लगाएपछि अरू कामले गाउँमा हिँड्दा पनि गर्भवतीलाई भेटर जाऊँ भन्ने हुँदो रहेछ,’ चौधरीले भनिन्, ‘यसले हामी र स्वास्थ्यकर्मीलाई मात्र होइन, परिवारका मान्छेलाई पनि गर्भवतीका विषयमा चासो बढाउँदो रहेछ ।’

निलो झन्डा गर्भवती महिलाको घरको धुरीमा लगाइने गरेको छ । ‘यसले गर्भवती रहेको संकेत दिन्छ,’ पौडेलले भने, ‘यो संकेतलाई पछ्याउँदै स्वास्थचौकीबाट स्वास्थकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरूले घरमै पुगी गर्भवतीलाई सेवा दिन्छन् ।’ झन्डाको संकेतले सरोकारवालाहरूलाई समेत गर्भवती महिलाले सूचक पूरा गरे–नगरेको अनुगमन गर्न सहज हुने इन्चार्ज पौडेलको भनाइ छ ।

शिवराज नगरपालिका–१, उमरी गाउँकी ९ महिनाकी गर्भवती विनिता थारूले झन्डा लिँदा एक दिनको तालिमसमेत लिएको बताइन् । अर्की ६ महिनाकी गर्भवती सुरजनन्दिनी थारूले स्वास्थ्यचौकीबाट झन्डासँगै गर्भवती महिलाका लागि आवश्यक खानेकुरा, सावधानीका विषयमा जानकारी पाएको बताइन् । केही समयअघि गाउँमै भेटिएका उनीहरूले झन्डा देखेपछि सोध्ने, बुझ्ने र ख्याल गर्नका लागि सुझाब दिने गरेको बताए ।

कार्यक्रम लागू भएको शिवराज नगरपालिकाको वडा १ मा आर्थिक वर्ष ०७५÷७६ मा १ सय १५ जना गर्भवती पहिचान भएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार शिवराज नगरपालिकामा वार्षिक १ हजार ५ सय ५० को हाराहारीमा गर्भवती हुने तथ्यांक छ ।

गर्भवती महिलालाई झन्डा वितरणका साथै अभिमुखीकरण गर्ने गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लोकनाथ पौडेलले बताए । उनका अनुसार अभिमुखीकरणमा स्वास्थ्यसंस्थामा दिइने सेवा–सुविधा, नियमित गर्भजाँच गर्दा हुने फाइदा, सरकारले दिने सुविधा र पौष्टिक खानेकुराबारे जानकारी गराइने गरेको छ । उनका अनुसार पहिल्यै पहिचान नभएका तर चार महिनामा पहिलोपटक गर्भजाँच गराउन आएका गर्भवती महिलालाई त्यतिवेलै झन्डा प्रदान गर्ने गरिएको छ ।

सुत्केरी हुन स्वास्थ्यसंस्थामा आउँदा झन्डा लिएर आउनुहुन्छ, त्यो झन्डा अर्को गर्भवतीलाई दिने गरिएको छ,’ उनले भने । कार्यक्रमका लागि आर्थिक वर्ष ०७६÷७७ का लागि ४ लाख ५० हजार बजेट विनियोजन भएको उनले जानकारी दिए ।

निलो झन्डा गर्भवती महिलाको घरको धुरीमा लगाइने गरेको छ । ‘यसले गर्भवती रहेको संकेत दिन्छ,’ पौडेलले भने, ‘यो संकेतलाई पछ्याउँदै स्वास्थचौकीबाट स्वास्थकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरूले घरमै पुगी गर्भवतीलाई सेवा दिन्छन् ।’ झन्डाको संकेतले सरोकारवालाहरूलाई समेत गर्भवती महिलाले सूचक पूरा गरे–नगरेको अनुगमन गर्न सहज हुने इन्चार्ज पौडेलको भनाइ छ ।

घरमा झन्डा हुँदा गर्भवतीलाई सेवा–सुविधा प्रदान गर्न सहज हुने भएकाले सम्पूर्ण गर्भवतीलाई घरमा अनिवार्य झन्डा राख्न लगाइएको वडाध्यक्ष जगतबहादुर जिसीले बताए । एक वडामा परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम सफल देखिएपछि आर्थिक वर्ष ०७६÷७७ मा नगरभर विस्तार गरिने तयारी गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए । ‘सानो लगानीले ठूलो प्रतिफल देखियो,’ उनले भने, ‘त्यसैले यो आर्थिक वर्षमा नगरका सबै वडामा कार्यक्रम विस्तार हुन्छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गर्भवती पहिचान कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षका लागि ५० हजार बजेट विनियोजन गरेको जानकारी गराए । ‘सुत्केरी हुन स्वास्थ्यसंस्थामा आउँदा झन्डा लिएर आउनुहुन्छ, त्यो झन्डा अर्को गर्भवतीलाई दिने गरिएको छ,’ उनले भने । कार्यक्रमका लागि आर्थिक वर्ष ०७६÷७७ का लागि ४ लाख ५० हजार बजेट विनियोजन भएको उनले जानकारी दिए ।

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ढिलो र चाँडो गर्भवती हुनुका जोखिम

गर्भावस्थामा उमेरअनुसारका चुनौती धेरै हुन्छन्, जसलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ, बढी उमेरमा गरिने गर्भाधारण र कम उमेरमा गरिने गर्भाधारण । यी दुवै अवस्थामा गर्भाधान आमा र बच्चा दुवैका लागि चुनौतीपूर्ण हुन्छ ।

ढिलो गर्भधारण गर्दा र चाँडो गर्भधारण गर्दा पनि महिलाको स्वास्थ्यमा दीर्घकालीन रूपमा असर पर्ने गर्छ । ३५ वर्षभन्दा पछि पहिलो गर्भ रह्यो भने महिलामा उमेरका कारण विभिन्न समस्या हुने गर्छन् । जस्तो कि, रुकिस्नेस बढी हुने, हड्डीका ज्वाइन्ट बढी कडा भएर डेलिभरी प्रोसेसमा समस्या आउन सक्छन् । उमेरका कारण उच्च रक्तचाप, ब्लडसुगरजस्ता समस्या पनि आउँछन् ।

त्यसैगरी, पेटमा रहेको बच्चालाई गाह्रो हुने तथा ९ महिनासम्म आमा र बच्चा स्वस्थ रहन चुनौती हुने गर्छ । गर्भाधानपछिका समस्या मात्र नभएर उमेर बढी भएका महिलामा गर्भधारण गर्नै गाह्रो हुन्छ ।

महिलामा ३५ वर्षपछि फर्टिलिटी (सन्तानोत्पादन क्षमता) नै कम भएर जान्छ । यसले गर्दा आर्टिफिसियल प्रविधि अपनाएर गर्भाधान गर्नुपर्ने अवस्था आउन सक्छ । गर्भधारण गरिसकेपछि पनि बढी उमेर भएका महिलामा गर्भपतनको जोखिम उच्च हुन्छ ।

बढी उमेरमा गर्भवती हुँदा रक्तचाप उच्च हुने, प्रिएक्लाम्सिया र एक्लाम्सियामा जाने, गर्भमा बच्चाको विकास कम हुने तथा बच्चालाई गाह्रो हुने अवस्था सिर्जना हुन सक्छ । त्यति मात्र होइन, बढी उमेरमा हुने गर्भाधानमा बच्चाहरूमा विकृति आउने सम्भावनासमेत हुन्छ । डाउन्ड सिन्ड्रम्स देखिने सम्भावना हुन्छ ।

कम उमेरमा गर्भवती हुँदा रक्तचाप बढ्ने, गर्भपतनको दर बढी हुने, योनिमार्ग सानो भएपछि बच्चा उल्टो, तेर्सो बस्ने सम्भावना हुन्छ, जसका कारण यन्त्र लगाएर वा अप्रेसन गराएर डेलिभरी गराउनुपर्ने हुन्छ ।

बच्चालाई जन्म दिनका लागि प्रकृतिले गर्भवती महिलाको योनिका भागहरू खुकुलो पार्छ, तर उमेर बढी भएकै कारण खुकुलो नभएर योनिमार्ग टाइट हुने गर्छ । पहिला नर्मल बच्चा जन्माएकी महिलामा ढिलो बच्चा जन्माउन खोज्दा बच्चा पाउने ठाउँ सानो भएर फेरि अप्रेसन गर्नुपर्ने सम्भावना बढ्न जान्छ । यसले गर्दा आमा र शिशुको मुत्युसमेत हुन सक्छ ।

गर्भावस्थामा रक्तचाप बढ्यो भने पछि नघट्ने समस्या पनि आउँछ । त्यसैगरी, सुगर पनि निरन्तर हुने गर्छ । बच्चा पाउने भाग सानो भएको र बच्चा भएको खण्डमा पाउने ठाउँमा बाधा पर्न गयो र ठिक समयमा स्वास्थ्यसंस्था पुर्याउन सकिएन भने महिलाको पाठेघर फुटेर मुत्यु हुने, फिस्टुला भएर पिसाब, दिसा चुहिने, रक्तअल्पता हुनेजस्ता दीर्घकालीन असर पर्न जान्छ ।

कम उमेरमा गर्भवती भएमा आमामा उच्च रक्तचाप हुने, सुगर धेरै हुने, बच्चा उल्टो वा तेर्सो बढ्ने, बच्चाको तौल कम हुने, साल तलमाथि हुने गर्दछ । यसका साथसाथै गर्भावस्थामा बच्चाको पानीको लाइकरको मात्रा तलमाथि हुनेजस्ता विभिन्नकिसिमका समस्या आउने गर्छन् ।
गर्भावस्थाको चेकजाँचका क्रममा शिशु र आमाको स्वास्थ्यमा आइपर्ने यस्ता कुनै पनि किसिमका समस्याको समयमै निदान गरेर आमा र शिशुलाई बचाउने प्रयास गरिन्छ ।

१९ वर्ष र त्यसभन्दा कम उमेरका महिला गर्भवती हुँदा उनीहरूको बच्चा पाउने भाग विकसित भएको हुँदैन । यसले गर्दा बच्चा आउने बाटो सानो भएको हुन्छ । यसका कारण सिजेरियन सेक्सनको दर पनि बढी भइरहेको छ ।

त्यसैगरी, कम उमेरमा गर्भवती हुँदा रक्तचाप बढ्ने, गर्भपतनको दर बढी हुने, योनिमार्ग सानो भएपछि बच्चा उल्टो, तेर्सो बस्ने सम्भावना हुन्छ, जसका कारण यन्त्र लगाएर वा अप्रेसन गराएर डेलिभरी गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा रक्तस्राव धेरै हुने हुँदा आमामा सुत्केरी अवस्थामा इन्फेक्सन हुनेजस्ता विभिन्न समस्या आउने गर्छन् ।

(हेल्थपोस्टका पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्भावस्थामा रुघाखोकी र चिसोको उपचार कसरी गर्ने ?

जब तपाईं गर्भवती अवस्थामा हुनुहुन्छ, तपाईंमा देखिने स्वास्थ्य समस्याले तपाईंको शरीरलाई मात्रअसर गर्दैन, तपाईं गर्भमा भएको बच्चालाई पनि असर गर्छ । यही वास्तविकताले गर्दा गर्भवती अवस्थामा जुनसुकै रोग लाग्दा पनि यसविरुद्ध लड्न अप्ठ्यारो हुन्छ । विगतमा (गर्भवती नहुँदा) जब तपाईं फ्लुका कारण बिरामी पर्नुहुन्थ्यो, पूर्णडोज औषधि लिइहाल्नुहुन्थ्यो, तर अहिले सुरक्षित नै भए पनि तपाईं औषधि लिइहाल्न सकभर चाहनुहुन्न । औषधि खाए छिट्टै निको त हुन्छ, तर बच्चालाई असर गर्छ कि भनेर डराउनुहुन्छ ।

औषधोपचार
युनिभर्सिटी अफ मिचिगन हेल्थ सिस्टमका अनुसार गर्भवती भएको सुरुका १२ हप्ता सकेसम्म औषधि नलिनु नै राम्रो हो । यो समय बच्चाको प्रमुख अंग विकास हुने क्रिटिकल समय हो । धेरै चिकित्सक गर्भावस्थाको २८ हप्तापछि पनि सावधानी अपनाउन सुझाब दिन्छन् । गर्भावस्थामा औषधि लिनुपूर्व आफ्नो चिकित्सकसँग अवश्य सल्लाह लिनुहोेस् ।
– तपाईंको गर्भ १२ हप्ता नाघिसकेको छ भने विभिन्न औषधि लिन सक्नुहुन्छ ।
– छातीमा, नाकमुनि मेन्थल रब प्रयोग गर्न सक्नुहुन्छ ।
– नजलस्ट्रिप, जसले बन्द भएको नाक खुलाउँछ, प्रयोग गर्न सक्नुहुन्छ ।
– कफड्रप, कफविरुद्ध प्रयोग गर्न सक्नुहुन्छ ।
– एसिटामिनोफिन, दुखाइ, ज्वरो तथा चिलाएमा यसको प्रयोग गर्न सक्नुहुन्छ ।
– क्याल्सियम कार्बाेनेट, छातीमा जलन, नाक बग्ने तथा पेट असजिलो भएमा प्रयोग गर्न सक्नुहुन्छ ।

बहुउपचारका लागि प्रयोग गरिने धेरै तत्व मिसाइएको औषधि अथवा एन्टिबायोटिकजस्ता औषधि सकभर नखाउनुहोस्, आफ्नो लक्षण के छ, त्यसलाई मात्रै काम गर्ने औषधि रोज्नुहोस् ।
गर्भवती अवस्थामा यी औषधि डाक्टरको सल्लाहविना सकभर नखानुहोस्–
– एस्पिरिन
– ब्रुफिन
– न्याप्रोजेन
– कोडिन
– एन्टिबायोटिक

गर्भवतीमा चिसो लागेमा घरेलु उपचार
यदि तपाईं गभवती अवस्थामा चिसोका कारण बिरामी पर्नुभएको छ भने सर्वप्रथम घरेलु उपचार विधि अपनाउनुहोस् । किनकि, यस्तो वेला औषधिबाट टाढा रहनु नै उत्तम हुन्छ ।
– आवश्यक मात्रामा आराम गर्नुहोस् ।
– प्रशस्त झोलिलो खानेकुरा खानुहोस् ।
– छातीमा संक्रमण तथा खोकी छ भने तातो नुनपानीले घाँटी कुल्ला गर्नुहोस् ।
– यदि लक्षणहरू झन्–झन् कडा हुँदै गए भने नाकलाई सहज बनाउनका लागि नोजलड्रप अर्थात् स्प्रे गर्नुहोस् ।
– तातोपानी अथवा तातो हावाको बाफ लिनुहोस् ।
– तातोपानीले सावर लिनुहोस् ।
– चिकेन सुप लिनुहोस्, जसले नाक टिसुलाई सुन्निनबाट जोगाउँछ ।
– भेजिटेरियन हुनुहुन्छ भने च्याउको सुप लिन सक्नुहुन्छ ।
– क्याफिनयुक्त चियामा कागती र मह मिलाएर पिउनुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै