राम्रो मान्छे बन्ने १५ तरिका

दैनिक जीवनमा हामी राम्रो मान्छे बन्न निकै प्रयात्न गरिरहेका हुन्छौ । तर पनि हामी आफ्नै र अरुको नजरमा पनि राम्रो देखिने सामान्य कुराहरुमै ध्यान पु¥याइरहेका हुँदैनौ । दैनीक जीवनमा यस्ता सामान्य कुरा जसमा ध्यान दिनाले हामी राम्रो मान्छे बन्न सक्छौ । राम्रो बन्न सक्नुभयो भने खुसीसमेत रहन सक्नुहुन्छ ।

१) कम्फर्टेबल अन्डरवेयर छनोट गर्नुहोस्
विज्ञहरू सधैँ आरामदायी हुने ब्रान्डेड अन्डरवेयर छान्न सुझाब दिन्छन् ।

२. कफी पिउनुहोस्
कफी एन्टिअक्सिडेन्टको उत्तम स्रोत हो । ह्वाइट वा रेड कुन वाइन खाने भनी नसोच्नुस्, कफी खानुहोस् ।

३. माया गर्ने मान्छेसँग समय बिताउनुहोस्
दैनिक ४ मिनेट समय आफूले माया गर्ने वा माया गर्न चाहने मान्छेसँग आँखा मिलाएर बिताउनुहोस् । २ होइन, ३ पनि होइन, ४ मिनेट आफ्नो आत्मीयसँग बिताउनुहोस् ।

४. मूर्ख नबन्नुहोस्
साना–साना व्यवहार मन नपर्दैमा माया गर्ने मान्छेसँगको सम्बन्ध नतोड्नुहोस् । कुनै दिन अरूले त्यसैगरी तपाईंसँग विनाकारण सम्बन्ध तोड्न सक्छन् ।

५. बच्चासँग असल व्यवहार गर्नुहोस्
बच्चाले यदि ग्याजेटको स्क्रिन फुटाए अर्थात् केही क्षति पुग्ने नै काम गरे भने पनि राम्रोसँग प्रस्तुत हुनुहोस् । उग्र नबन्नुहोस् ।

६. आफू शक्तिशाली देखिने लुगा छान्नुहोस्
तपाईं आफैँलाई आफ्नो लुगा राम्रो लाग्यो भने त्यसले साइकोलोजिकल्ली राम्रो असर पुर्याउँछ । राम्रो लुगा लगाएर नयाँ ठाउँमा जानुभयो भने तपाईंको कन्फिडेन्स नै बेग्लै हुन्छ ।

७. डिभोर्सी हुनुहुन्छ भने पनि राम्रो भूमिका निर्वाह गर्नुहोस्
डिभोर्सी हुनुहुन्छ भने पनि पुरानो परिवारसँग राम्र्रो भूमिका निर्वाह गर्नुहोस्, छुट्टी मनाउनुहोस् ।

८. धूमपान त्याग्नुहोस्
यदि तपाईंलाई चुरोट त्याग्नु अस्तित्व गुमाउनुजस्तै लाग्छ भने पनि त्याग्नुहोस् । प्रयत्न गर्नुहोस्, बिस्तारै तपाईंलाई राम्रो अनुभूति हुनेछ कि धुमपान गर्दा र नगर्दा दैनिक जीवन कति अन्तर हुँदोरहेछ ।

कहिलेकाहीँ ग्याजेटमा समस्या आउन सक्छ, तर आफैँ समाधान गर्ने प्रयास गर्नुहोस् । ल्यापटप, कम्प्युटर तथा अन्य ग्याजेटमा सानातिना समस्या आउनेबित्तिकै अरूको भरपर्नुपर्ने भयो भने कामको एकाग्रता भंग हुन्छ । त्यसैले आफैँ बनाउने तथा नयाँ कुरा सिक्ने कोसिस गर्नुहोस् ।

९. जनावर पाल्नुहोस्
जनावरसँगको सामीप्यले डिप्रेसन भएको मानिसलाई पनि निको हुने विश्वास गरिन्छ । भनिन्छ, कहिलेकाहीँ बरु आफन्तले धोका दिन सक्छन्, तर जनावरले दिँदैनन् ।

१०. हेर्दा असम्भव लाग्ने काम गर्ने आँट लिनुहोस्
सुरुवातमा कुनै काम असम्भवजस्तो लाग्ने गर्छ, तर आफैँले आफैँलाई चुनौती दिने साहस गर्नुहोस् कहिलेकाहीँ । भनिन्छ, आँटेपछि जे पनि गर्न सकिन्छ ।

११. विवाहित हुनुहुन्छ भने सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्नुहोस्
जीवन कहिले अप्ठ्यारैअप्ठ्यारोबाट गुज्रिन सक्छ, तर त्यसको अन्त्य पनि हुन्छ । सम्बन्धमा दरार आउन नदिनुहोस् ।

१२. यौनसम्बन्धलाइ्र्र प्राथमिकतामा राख्नुहोस्
सम्बन्धलाई बचाइराख्न, स्वास्थ्यका हिसाबले र पार्टनरसँगको वैमनस्य कम गर्न यौनसम्बन्ध अति आवश्यक छ ।

१३. आफ्नो इलेक्ट्रोनिक डिभाइसको मालिक आफैँ बन्नुहोस्
कहिलेकाहीँ ग्याजेटमा समस्या आउन सक्छ, तर आफैँ समाधान गर्ने प्रयास गर्नुहोस् । ल्यापटप, कम्प्युटर तथा अन्य ग्याजेटमा सानातिना समस्या आउनेबित्तिकै अरूको भरपर्नुपर्ने भयो भने कामको एकाग्रता भंग हुन्छ । त्यसैले आफैँ बनाउने तथा नयाँ कुरा सिक्ने कोसिस गर्नुहोस् ।

१४. ‘म यो कामका लागि धेरै बूढो भइसकेँ’ भन्ने सोच त्याग्नुहोस्
धेरै मान्छेले सोच्ने गर्छन्, उमेर बढेसँगै केही गर्न सकिन्न । तर, यो बिलकुलै होइन । आत्मविश्वास भए कुनै पनि कामका लागि उमेर बाधक बन्दैन । इच्छा लागेको काममा उमेरलाई नसम्झनुहोस् । कुनै पनि कामका लागि म अति बूढो भएँ भन्ने नसोच्नुहोस् ।

१५. आफ्ना सहयोगीसँग कृतज्ञ बन्नुहोस्
जसले जीवनमा कुनै पनि मोडमा सानो भए पनि सहयोग गरेका छन्, उनीहरूप्रति आजीवन कृतज्ञ बन्नुहोस् । समय फेरिनासाथ कृतघ्न नबन्नुहोस् । एकपटकको सहयोग पनि जीवनभर सम्झनुहोस् । यसले सधैँ सकारात्मक र विनम्र बन्न सिकाउँछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गोसाइँकुण्ड ताल : शिवजी, बिरामी भक्तालु अनि फोहोर

गोसाइँकुण्ड निकै सुन्दर लाग्छ मलाई । ४ हजार ३ सय मिटर उचाइमा रहेको यो ठाउँ प्राकृतिक रूपले परिपूर्ण लाग्छ । गोसाइँकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड, सरस्वतीकुण्डलगायत सुन्दर १७ कुण्डहरू नजिक–नजिक टाँसिएरै बसेका छन् । सत्ययुगमा समुद्र मथेर निस्केको विषले संसार तहसनहस पार्ने अवस्था आएपछि शिवजीले सेवन गर्नुभएछ । त्यो कालकुट विष सेवन गर्नासाथ शिवजीको कण्ठमा जलन सुरु भएछ । अरूअनेक उपाय लगाउँदा पनि जलन कम नभएपछि चिसो पानीको खोजीमा शिवजी भौँतारिँदै अहिलेको गोसाइँकुण्ड क्षेत्रमा पुग्नुभएछ । त्यहाँ पुग्दा असह्य भएर शिवजीले आफ्नो त्रिशूल नजिकैको ढुंगामा बजार्नुभएछ र त्यहीँबाट त्रिशूलधारा पानी बग्न थालेछ । त्यही त्रिशूलधाराको पानी पिएपछि शिवजीको तिर्खा शान्त भएछ । त्यही त्रिशूलधाराको पानी बगेर नै गोसाइँकुण्ड बनेको भन्ने किंवदन्ती रहँदै आएको छ । त्रिशूली नदीको मुहान पनि त्यसैलाई मानिन्छ ।

शिवजीको सम्झना र भक्तिमा हरेक वर्ष जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । बौद्ध र हिन्दूधर्मावलम्बी दुवैले पवित्र थलो मान्छन् गोसाइँकुण्डलाई ।करिब २ हजार मिटरको उचाइमा रहेको रसुवाको सदरमुकाम धुन्चेबाट बलियो गरी हिँड्नेहरूएकैदिनमा र सुस्त–सुस्त हिँड्नेहरुतथा वृद्धवृद्धा भने एक रात बाटोमावास बसेर दोस्रो दिन गोसाइँकुण्ड पुग्छन् । केही पर्यटक र तिर्थालु भने सुन्दरीजलको लामो र कठिन बाटो रोज्छन् । छोटो समयमै करिब १० हजारभन्दा बढी तिर्थालु आइपुग्छन् स्नान गर्न ।

तर, हाम्रो टोली भने २ रात बाटोमै वास बस्यो । हिँड्न नसकेर होइन, लेक लाग्ला भन्ने जोखिम आकलन गरेर होसियारी अपनायौँ । जनैपूर्णिमाको मेलालाई लक्ष्य गरेरहिमालयन उद्धार संघको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुने स्वास्थ्य शिविरका लागि यसवर्ष मसहित ७ जनाको टोली तयार भएका थियौँ । ३ वर्षअघि पनि सोही शिविरका लागि आएको थिएँ, मेडिकल स्टुडेन्टका रूपमा । तर,यसपटक भने फरक जिम्मेवारी थियो ।

भरियाले बोकिरहेका हाम्रा उपकरण, औषधि, अक्सिजन छेवैमा असरल्ल छर्यौँ । केटोले हिजो धुन्चेबाट गोसाइँकुण्ड पुगेको, मम्मीलाई हिजो साँझबाटै टाउको दुख्न सुरु भएपनि मध्यरातबाट निकै च्यापेको र करिब मिर्मिरेमा पटक–पटक बान्ता भई बेहोस भएको बतायो ।

सधैँझैँ एकादशीको दिन सबेरै गोसाइँकुण्ड पुग्ने लक्ष्यसहित धुन्चेबाट पैदलयात्रा सुरु गर्यौं । योजनामुताबिक नै सोही दिन चन्दनबारी र अर्को रात लौरीविनामा बस्यौँ । भोलिपल्ट सबेरै लौरीविनाको उकालो उक्लेर बुद्ध मन्दिर पुग्दानपुग्दै थर्पुकी साहुनीले हामीलाई रोकिहालिन् । ‘तपाईंहरू क्याम्पको डाक्साबहरू होइन?’ हामीले ‘हो’ भनेर मुन्टो हल्लाउन नपाउँदै ती तामाङ्नी साहुनीले थपिन्,‘माथि थर्पुमा एकजना आइमाईलाई लेक लागेजस्तो छ, बेहोस छिन्, गएर हेर्दिनुपर्यो,’ एकै सासमा ती साहुनीले आफ्ना कुरा सकिसक्दा पनि हाम्रो सास अझै आइपुगेको थिएन । हतार–हतार तिनले देखाएको थर्पुतिर लाग्यौँ । त्यहाँ पुगेर आफ्नो परिचय दिन नपाउँदै १८–२० वर्षको ठिटो छेवैमा अचेत पल्टिरहेकी अन्दाजी ४५ वर्षीया महिलालाई देखाउँदैरुन पो लाग्यो, ‘लौन सरहरू, मेरो मम्मीको ज्यान बचाइदिनुपर्यो !’

भरियाले बोकिरहेका हाम्रा उपकरण, औषधि, अक्सिजन छेवैमा असरल्ल छर्यौँ । केटोले हिजो धुन्चेबाट गोसाइँकुण्ड पुगेको, मम्मीलाई हिजो साँझबाटै टाउको दुख्न सुरु भएपनि मध्यरातबाट निकै च्यापेको र करिब मिर्मिरेमा पटक–पटक बान्ता भई बेहोस भएको बतायो । निकै गाह्रो भएपछि बुद्ध मन्दिरसम्म झार्ने भरिया खोजेर त्याहाँसम्म झारेको कुरा उसले रुँदै बतायो । सामान्य चेकजाँच गरेपछि लेकको कारणले दिमागमा पानी जमेको हुनसक्ने (हाई अल्टिच्युड सेरेब्रल एडेमा) सम्भावित निदान गर्यौँ र सोको उपचारार्थ अक्सिजन र एउटा सुई पनि लगाइदियौँ । हिजोदेखिनै केही नखाएकाले ग्लुकोजको मात्रा कम भएर हुने हाइपोग्लाइसेमिया पनि सँगसँगै भएको हुनसक्ने अड्कल गरी सोका लागि पनि उपचार गर्यौँ । केही अघिसम्म पुरै बेहोस अवस्थाकी ती दिदी अक्सिजन र सुईले चमत्कार नै गरेजसरी करिब १०–१५ मिनेटमै आफैँ बस्न र नाम भन्न सक्ने भइन् । हामीसबैले ढुक्कको लामो सास फेर्यौँ । तर, ढुक्क हुने स्थिति अझै भएको थिएन । मुखबाट दिइने थप १–२ दबाइ खुवाइसकेपछि उनलाई झट्ट तल झार्ने प्रबन्ध मिलाउन आग्रह गर्यौँ । भरिया दाइहरूभेटिए, झट्ट राजी पनि भइहाले तल ओराल्न ।

तिर्थालुमा आइपर्ने समस्याहरू भने अन्य पर्यटकमा भन्दा भिन्न र चुनौतीपूर्ण छन् । न जाडो छल्न पर्याप्त लुगा, न खुट्टामा जुत्ता, व्रत बसेको खालीपेट र सीमित जनचेतना ।बिरामी भइसक्दा पनि देवताले बचाउनुहुन्छ भन्ने अटुट विश्वास र पवित्रस्थानमा मृत्युवरण पनि स्वीकार्य हुनु प्रमुख चुनौती हुन् ।

हामी औषधिको पोकोपन्तुरो कसेर लाग्यौँ गोसाइकुण्डतिर । बाटोभरि मनमा कुरा खेलिरह्यो । पछि हाम्रो शिविरमा आउने बिरामीमा पनि लेक लाग्ने समस्या नै प्रमुख थियो । लेक लाग्ने सम्बन्धमा जनचेतना देखेर त म अवाक् भएँ । छिटो उचाइ उक्लनु लेक लाग्नुका जोखिमहरूमध्ये प्रमुख हो । अन्तर्राष्ट्रिय मापदण्डहरूले अघिल्लो रातको तुलनामा ५ सय मिटरभन्दा बढी उचाइमा नसुत्न सुझाए पनि निकै कम तिर्थालुले मात्र त्यसो गरेको पाइयो । बाटोमा भेटिएकी ती आमा पनि एकैदिन करिब २ हजार मिटर उचाइ उक्लेकाले नै बिरामी परेकी हुनसक्छ । जनैपूर्णिमामेलाको शान्तिसुरक्षार्थ भन्दै धुन्चेस्थित एपिएफको एक टुकडी जनैपूर्णिमाको अघिल्लो साँझ गोसाइँकुण्ड आइपुगेको थियो । त्यहाँ आइपुग्नासाथ गाह्रो भयो भन्दै सिपाहीहरू छटपटाउन थाले । बिसन्चोकै कारण सोही रात मेला नैभएपनि कसैले ड्युटी गर्न नसक्ने जानकारी दिएर पूरा टिम सुत्यो, शिविरकै छाप्रोमा । रातभर पनि कोही न कोही बिरामी भएँ भन्दै उठिरहे । भोलिपल्ट सबेरै टिमको अस्वस्थताकै कारण देखाएर प्रहरी जवानहरू धुन्चेकै बाटो सोझिए ।

करिब ७०–८० प्रतिशततिर्थालुले त लेक लाग्नबाट जोगिन भन्दै लशून, अदुवा खाने र कागती सुँघ्ने गरेको हामीले पायौँ । उक्लँदै गर्दा बाटोभरि तिर्थालुले सेवन गरेको लशूनको कडा गन्धले नाकलाई खूब सताइरह्यो, जबकि लशूनबारे व्याप्त धारणा भ्रम मात्रै हो । यसमा कत्ति पनि वैज्ञानिकता छैन । हाम्रै साथीहरूले गोसाइँकुण्डमा केहीवर्ष पहिले गरेको अध्ययनले पनि सोही कुरा संकेत गरेको थियो र लेक लाग्न नदिनमा लशूनको भूमिका सिद्ध हुन सकेन । दक्षिण अमेरिकी देशहरू पेरू, बोलिभियामा व्याप्त ‘कोका पातले लेक लाग्नबाट बचाउँछ’ भन्ने भ्रमजस्तै सिद्ध भयो लशून पनि । लेक लागेको बिरामीको उपचार भने निकै सजिलो छ । जतिसक्दो छिटो कम्तीमा ५ सय मिटरदेखि हजार मिटर तल झार्ने । तर, गोसाइँकुण्डमा भने यति सजिलो उपचार विधिको प्रयोग गर्न पनि निकै कठिनाइ भोग्नुपर्यो ।

जनैपूर्णिमाको अघिल्लो रात हामी सिफ्ट मिलाएर नाइट ड्युटीमा व्यस्त थियौँ । पूर्णिमाको चम्किलो उज्यालोले रातको अँध्यारोलाई परास्त गरेको थियो । त्यही चन्द्रमाको प्रकाशमुनितामाङ समुदायका तिर्थालु नाँच्दै–गाउँदै रमाइलो गर्दै थिए । भएका ४ स्थायी होटेलमा त मान्छे अट्ने कुरै भएन, अस्थायी थर्पुहरू पनि कोचाकोच थिए । सबैमा जसोतसो रात गुजारौँ भन्ने थियो । छेवैको शिवमन्दिरको घण्टीको आवाजसँगै मिसिएर तामाङ गीत र नाचको ध्वनि हाम्रो शिविरको छाप्रोसम्मै आइरहेको थियो । राति करिब १२ बजेतिर अन्दाजी ६० वर्षका एक बुवा आउनुभयो । आफ्नी श्रीमतीसिकिस्त बिरामी परेको भन्दै थर्पुमै पुगेर उपचार गरिदिन अनुनय–विनय गर्नुभयो । व्यस्तताका कारण हामीले त्यसो गर्न नसकिने बताएपछि पुलिसको सहयोगमा पछि क्याम्पमै लिएर आउनुभयो ।सामाखुसीबाट तीर्थ आउनुभएको रहेछ श्रीमान्श्रीमती भएर । आमाका लक्षणहरूसोधखोजगरिसकेपछि थाहा भयो, गम्भीर प्रकृतिको लेक लागेको रहेछ । हामीसँग उपलब्ध केही औषधिले आमाको अवस्थामा क्षणिक सुधार त आयो, तर तल झर्नुको विकल्प थिएन । आमालाई ढिला नगरी तुरुन्त तल ओराल्नुपर्ने बताएपछि आमा त उल्टै हामीसँग पो रिसाउनुभयो । ‘यत्रो टाढाबाट यति दुःख गरेर आएको म,भोलि बिहान ननुहाई झर्दिनँ ।मलाई केही हुँदैन । केही भइहाले नि ठिकै छ, पवित्र ठाउँमा आएर मरिन्छ । म झर्दिनँ’ भनेर आमाले ढिपी कस्नुभयो । निकै लामो रस्साकस्सीपछि बल्ल–बल्ल आमालाई सम्झायौँ र झर्न मान्नुभयो ।

शिविरबाट जानेवेला मनग्य आशिष पनि दिएर जानुभयो । त्यस उमेरका बुबाले आशीर्वाद दिँदा टन्नै पुण्य कमायौँ भनेर हामी पनि दंग पर्यौँ । पछि जनैपूर्णिमाको दिन बुबाले कुण्डछेवैमा ‘ताओ’ बाँधिरहेको भेट्टायौँ । हामीले पनि बुबाकै हातबाट ताओबाध्यौँ ।

तिर्थालुमा आइपर्ने समस्याहरू भने अन्य पर्यटकमा भन्दा भिन्न र चुनौतीपूर्ण छन् । न जाडो छल्न पर्याप्त लुगा, न खुट्टामा जुत्ता, व्रत बसेको खालीपेट र सीमित जनचेतना ।बिरामी भइसक्दा पनि देवताले बचाउनुहुन्छ भन्ने अटुट विश्वास र पवित्रस्थानमा मृत्युवरण पनि स्वीकार्य हुनु प्रमुख चुनौती हुन् । त्यसो तआन्तरिक पर्यटकमा पनि लेक लाग्ने समस्या र जनचेतना अभाव उत्तिकै विकरालरूपमा देखिएको छ । २०१६मा जोनाथान रिसम्यानले मनाङ गाउँमा गरेको अध्ययनले पनि सोही कुरालाई प्रस्ट्याएको छ । बेसीसहर–मनाङ सडकखण्डले लेक लाग्ने समस्यामा पारेको प्रभाव केलाइएको उक्त अध्ययनले बाटो निर्माणपश्चात् लेक लाग्ने समस्या बढेको, लेक लागेका आधाभन्दा बढी बिरामीले गाडीमा छिटो यात्रा गरेको र नेपाली बिरामीले तुलनात्मक रूपमा गाडीको बढी प्रयोग गरेको जनाएको छ । मुक्तिनाथ क्षेत्रमा गरिएको अर्को अध्ययनले पनि सोहीकुरा विम्बित गरेको छ । अर्थ, हामी नेपालीमा लेक लाग्ने सम्बन्धमा जनचेतना निकै न्यून छ ।

जनैपूर्णिमाको २ दिनअघि एकजना अधबैँसे तामाङ दिदी हाम्रो शिविर खोज्दै आइपुग्नुभयो । हेर्दै लत्रक्क गलेको, दयालाग्दो भएको थियो अनुहार । यसो बुझ्दा नागपञ्चमीदेखि नै गोसाइँकुण्ड आएर थर्पु चलाएर बसिरहनुभएको रहेछ । ‘भनेसि दिदीको घर स्याफ्रु त होला नि?’ मैले सोधेँ । दिदीले हो भन्ने इसारामा मुन्टो हल्लाइन् । अधिकांश थर्पु चलाउनेहरू स्याफ्रुकै हुन्छन् । हिजोदेखि पखाला चलेर दिदीलाई हैरान भएको रहेछ । झन् त्यसमाथि तारन्तार बान्ता पनि थपिएपछि त दिदीलाई अब बाँच्दिनँ भन्ने नै लागेछ । शरीरमा पानीको मात्रा कम भएको प्रस्टै हुन्थ्यो ।बान्ता रोक्न सकेसम्म मुखबाटै औषधि दिने प्रयास गर्ने र त्यसपछि जीवनजल र अन्य झोल खुवाउने हाम्रो योजना सफल हुन सकेन । नसाबाट औषधि र सलाइनपानी चलाउनुपर्ने भयो ।

करिब २ घण्टाको प्रयासपछि दिदीको मुहार अलिक उज्यालो भएको आभास भयो । बिरामी भएको पिर त छँदै छ, त्यत्रो दुःख गरेर पैसा कमाउन भनेर आएको, मेलाको मुखैमा बिरामी पर्दा वर्षभरिको कमाइ गुम्ने डरले दिदीलाई तर्साएको थियो । छुट्टिनेवेलामा अहिलेसम्म कतिको व्यापार भयो त भन्ने हाम्रो जिज्ञासामा ‘यो साल त छैन नि सर, मान्छे नै छैनन्’ भन्दै निराश भइन् । जानेवेलामा सबैजना डाक्टरलाई आफ्नो थर्पुमा चिया खान निम्ता पनि दिइन् । दिदीको जस्तो झाडाबान्ताको समस्या नौलो भने होइन गोसाइँकुण्डमा । करिब १० हजारभन्दा बढीले तीर्थ गर्ने ठाउँमा मुस्किलले ३–४ वटा बनाइन्छन् सार्वजनिक शौचालय । थर्पुहरूको आफ्नै शौचालय हुने कुरै भएन, ती ४ स्थायी होटेलहरूका शौचालय र ३–४ सार्वजनिक शौचालयको भर पर्नुपरेपछि त्याहाँको सरसफाइको अवस्था अनुमान गर्न सकिन्छ । यसमा अझै समितिको भने ध्यान पुग्न सकेको छैन ।

जनैपूर्णिमाको दिउँसो शिविरबाट होटेलतर्फ जाँदै थियौँ । बाटोमै तिनै दिदीको थर्पु पथ्र्यो । ‘सरहरू आउनुस् न चिया खान,’ दिदीले थर्पुभित्रैबाट निम्ता दिइन् । दिदीको अनुहार निकै फुर्तिलो देखिन्थ्यो र खुसी पनि । ‘अहिले त भ्याउँदैनौँ दिदी, अब अर्कोचोटि । कस्तो छ हजुरलाई? अनि हिजो राति कतिजना गेस्ट सुताउनुभयो त?’ हामीले सोध्यौँ । दिदीले मक्ख पर्दै भनिन्, ‘अस्ति त यसपालि काम गर्न नसक्ने भएँ भन्ठानेर पिर गरेको, सरहरूले गर्दा धन्न गर्न सकियो । हिजो त पूरै प्याक भो सर, १सय१२ जना अटे ।’ मैले मनमनै हिसाब गरेँ, ‘खाएको,बसेको गरेर करिब हजारका दरले लाखभन्दा माथि नै व्यापार भएछ ।’ दिदीसँग छुट्टिएर होटेलतिर लाग्दा मनमा खुसी लाग्यो । यसपटकको मेलामा हामीले अपेक्षा गरेभन्दा धेरै संख्यामा जाडोले कठ्यांग्रिएका (हाइपोथेर्मिया) बिरामी हामीकहाँ आए । गोसाइँकुण्डको चिसो पानीमा नुहाउने, तर नुहाइसकेपछि पर्याप्त न्यानो लुगा नहुनाले त्यस्ता समस्या आउँछन् । एक–दुईजना तिर्थालुको त निकै नाजुक अवस्था हुँदाहुँदै पनि ज्यान बचाउन सफल भयौँ । खुसी लाग्छ ।

जनैपूर्णिमाको दिन बिहान ३ बजे मन्दिरको घण्टीसँगै चहलपहल सुरु भइसकेको थियो । स्नान गर्ने तिर्थालुको भिडले कुण्डछेउछाउ पूरै भरिएको थियो । पवित्र दिन भएकाले कुण्डमै नुहाउने अठोटसहितअरू साथीसँगै म पनि लागेँ कुण्डतिर । तर, गोसाइँकुण्डको त्यो अवस्था देखेर साह्रै पीडा र लज्जाबोध भयो म आफैँलाई । सायद, शिवजी पनि दुःखी हुनुभयो होला । कुण्डको किनारैकिनार स्नान गरिसकेर फालिएका भित्री लुगाले कुण्डलाई नै कुरूप बनाएको थियो । मसँगै स्नान गर्न हिँडेका डा. बद्रीले जिस्कँदै भने,‘ओहो ! कट्टुआतंक नै फैलिएछ त दाइ ।’ समितिले यसै वर्षदेखि किनारछेउमा भित्री लुगा डम्प गर्न छुट्टै बिन नै बनाइदिएको भए पनि त्यसभित्र लुगा फाल्न धेरैलाई चासो थिएन । धेरैको चासो केवल कुण्डमा स्नान गर्ने र सात पुस्तासम्मकै पाप पखाल्नमा केन्द्रित थियो । यसरी पवित्र कुण्ड फोहोर गर्दा झन् पापी भइएला कि भन्ने चासो कसैलाई थिएन । पछि धुन्चेतिर फर्कने वेलासम्मै यही कुरा मनमा खेलिरह्यो । झन् बाटोको दृश्यले थप दुःखी बनायो । बाटोभरि असरल्ल छरिएका चाउचाउ, बिस्कुट, चकलेट, पराग आदिका प्लास्टिकजन्य फोहोरले म आएको सफा र सुन्दर बाटो नै त्यही थियो भनेर पत्याउनै मुस्किल भयो । ‘पदचापबाहेक केही नछोड, सम्झनाबाहेक केही नलैजाऊ’ भन्ने ट्रेकिङमा प्रचलित उक्ति त हावा खायो । म बाटाभरि सोच्दै आएँ– आखिर हामी नेपाली कहिले सुध्रन्छौँ त?

नेपाललाई प्रकृतिले अपार साथ दिएको छ । गोसाइँकुण्ड त्यस्तै प्रकृतिको अनुपम उपहार हो । सुन्दर तालहरू र यात्रा अवधिभर मनै लोभ्याउने लाङटाङ, गणेश र मनास्लु हिमालको ‘प्यानोरोमिक’ दृश्य देख्न पाइन्छ । सांस्कृतिक रूपमा पनि हिन्दू र बौद्ध धर्मको सहिष्णुताको संगम हो गोसाइँकुण्ड । तर, गोसाइँकुण्डमा जे देखियो, त्यसले कुन प्रकृतिप्रेमीको मन नरोला र? प्रकृतिको स्याहार–सम्भार हाम्रै दायित्व होइन र?

मेला सकेर धुन्चेतर्फ हतार–हतार ओर्लंदै थियौँ, पछाडिबाट कसैले ‘ओहो ! बाबुहरू पनि फर्कन लाग्नुभएछ’ भन्नासाथ टक्क रोकियौँ । पछाडिबाट को मानिसले बोलायो भनेर फर्किंदा बुटवलका ८० वर्षीया शर्मा बुबा पो हुनुहुँदोरहेछ । द्वादशीको दिन दमले च्यापेर स्वाँ–स्वाँ गर्दैहाम्रो शिविरमा आउनुभएको थियो बुबा । थर्पुका साहुले ‘बुबालाई लेक लागेजस्तो छ, अब तल झर्नुपर्छ’ भनिदिँदा बुबालाई कम्ता पिर परेनछ । ८० वर्षको उमेरमा तीर्थव्रत गर्न भनेर त्यत्रो उकालो उक्लेर आइयो, पूर्णिमासम्म पनि नबसी झर्नुपर्ने भयो भनेर बुबा निराश हुनुभएको रहेछ । हामीले चेकजाँच गरेपछि ‘बुबालाई लेक लागेको होइन, दमको लक्षण हो, तत्कालै झरिहाल्नुपर्दैन’ भनिदिँदा बुबा खुसीले फुरुंग पर्नुभयो । शिविरबाट जानेवेला मनग्य आशिष पनि दिएर जानुभयो । त्यस उमेरका बुबाले आशीर्वाद दिँदा टन्नै पुण्य कमायौँ भनेर हामी पनि दंग पर्यौँ । पछि जनैपूर्णिमाको दिन बुबाले कुण्डछेवैमा ‘ताओ’ बाँधिरहेको भेट्टायौँ । हामीले पनि बुबाकै हातबाट ताओबाध्यौँ ।त्यसरी आफैँले माथि उपचार गरेका भक्तालुहरू भेटिँदा मनै दंग हुन्थ्यो । फेरि बाटोमै बुबाले धन्यवाद टक्र्याउनुभयो ।
बुबासँग छुट्टिएर हामी फेरि आफ्नै बाटो लम्कियौँ । बाटाभरि माथि बिताएका क्षण,मेलाको रमाइलो, बिरामी र बिरामीका अज्ञानताबारे मनमा कुरा खेलिरह्यो ।

सत्ययुगमा कालकुट विष पिएर औडाहा भएपछि शिवजीले भैरवलाई एउटा अनुरोध गर्नुभएछ । आफूलाईभइरहेको जलन ठिक गर्न उच्च लेकमा चिसो पानी पिउन मिल्ने कुण्ड बनाउन लगाउनुभएछ । भैरवजी ‘हुन्छ’ भन्दै लेक उक्लिनुभएछ र अहिलेको गोसाइँकुण्डनजिकै एउटा सुन्दर कुण्ड बनाउनुभएछ । बनाइसकेपछि त्यो कुण्ड यति सुन्दर लागेछ कि, भैरवजी आफैँ त्यसमा सुत्नुभएछ । पछि भैरवजीको चाला देखेर शिवजी रिसले आगो हुनुभएछर भैरवजीलाईश्राप दिनुभएछ,‘भक्तालुले तिमीलाई पूजा गर्ने छैनन्, मेरो दर्शन गर्नुपूर्व तिम्रो दर्शन गरेमा उनीहरूलाई धर्म होइन, पाप मिल्नेछ ।’ धुन्चे हुँदै उक्लँदा भैरवकुण्ड नहेरी गोसाइँकुण्ड हेर्न सम्भवै छैन । उक्लिएपछि बिरामी पर्नेहरू कोहीले भैरवकुण्ड दर्शन गर्नाले शिवजीको श्राप लागेको त कोहीले कुन जन्ममा पाप गरेकाले अहिले तीर्थ आउँदा बिरामी परेको भन्दै आफैँलाई धिक्कार्छन् । उनीहरूलाई लेक लाग्ने वा बिरामी हुने भगवान्को श्रापले होइन, छिटो उकालो उक्लेर, पर्याप्त खाना–पानी नभएर, बाक्ला लुगा नभएर, सरसफाइको कमीले हुन्छ भनेर बुझाउन हामीले अझै कसरत गर्न बाँकी छ ।

माउन्टेन मेडिसिन सोसाइटी अफ नेपाल
sumann .acharya@gmail .com

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जो नाच्छ, उही बढी बाँच्छ

तिजलाई धेरैले नाच्ने-गाउने पर्वका रुपमा लिन्छन् । परम्परादेखि नै विशेषगरी नारीले वर्षभरिका पीडा र खुसीलाई गीतमा तुनेर धकफुकाएर नाच्ने प्रचलन छ । नाच्नु परम्पराका हिसाबले मात्रै होइन, स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ ।

मानिसहरू अरू नाचेको हेर्न मनपराउँछन् । संसारभर धेरै देशका टेलिभिजनमा समेत डान्सका सोहरू निकै लोकप्रिय बनेका छन् । ती सुन्दर नृत्य हेरेर रमाउने कमैलाई मात्रै थाहा होला, नृत्य शरीर र मस्तिष्कलाई स्वस्थ राख्ने महत्वपूर्ण उपाय हो । अध्ययनहरूले नृत्यले तौल नियन्त्रण गरी सन्तुलन कायम गर्न, तनाव घटाउन, मित्रता बढाउन र अन्य धेरै कुरामा फाइदा पुर्याउँछ । यस्ता छन् नृत्यका बहुआयामिक फाइदा–

स्मरणशक्ति वृद्धि गर्छ
नृत्यले मानिसलाई खुसी राख्न मद्दत गर्छ । द न्यु इंग्ल्यिान्ड जर्नन अफ मेडियाको अध्ययनअनुसार नृत्यले स्मरणशक्ति बढाउँछ, जसले उमेर बढेसँगै आउने स्मृतिक्षयको समस्याबाट बचाउँछ । एरोबिक व्यायामले मस्तिष्कको स्मृतिलाई नियन्त्रण गर्ने भागमा हुने क्षतिलाई समेत घटाउन सक्छ ।
वैज्ञानिकका अनुसार उमेर बढेसँगै दिमागको एक भागको हिप्पोक्याम्पसको आकार घट्दै गएको हुन्छ । नृत्यले त्यो हिप्पोक्याम्पसलाई नियन्त्रण गर्छ र स्मरण शक्तिलाई सन्तुलनमा राखी ताजा गराउन सहयोग गर्छ ।

लचकता वृद्धि गर्छ
नृत्य गर्दा एक विशेष प्रकारको हर्मोन उत्पादन हुन्छ, जसले सुन्दरता बढाउनुका साथै शरीरको कडापन घटाएर लचकता बढाउँछ ।

तनाव कम गर्छ
यदि हामी केही चिन्ताको महसुस गर्छौं भने त्यो समयमा केही क्षण मौन बसेर पनि केही नसोची चुपचाप बस्छौँ । तुरुन्तै संगीतको साथमा नाच्ने र गाउने गर्यो भने पनि चिन्ता कम हुने केही अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । त्यसवेला हामी संगीत र गीत सुनेर नृत्यमा तल्लीन हुने भएकाले त्यसले हामीलाई चिन्ताबाट टाढा राख्न सहयोग गर्छ ।

साथी बनाउन सहयोग गर्छ
नृत्य निकै छिटो सामाजिकीकरण गराउने एक भरपर्दो माध्यम भएको छ । किनभने, नृत्य गर्दा विभिन्नकिसिमका मानिससामु विनाहिहकिचाहट स्वस्फूर्त नाच्न सकिन्छ । यसले सकारात्मक भावनाको विकास गर्न सहयोग गर्छ, साथसाथै शारीरिक तन्दुरुस्तीमा पनि सहयोग गर्छ । अर्को कुरा नृत्यको सम्बन्ध सामाजिक रूपमा हुने भएकाले पनि आफैँलाई एकप्रकारले बलवान् भएको महसुस गराउँछ ।

डिप्रेसन कम गराउँछ
नृत्यले आत्मालाई पनि शान्त राख्न सहयोग गर्छ । साथसाथै, आत्माको मिलन गर्ने काम गर्छ । नृत्यले अरूको मन आकर्षित गर्छ । दर्शकको भिडमा नृत्य प्रस्तुत गर्दा गुमेको शक्ति पनि फर्किन्छ, यसले आफ्ना सबै पीडा भुलाउन सहयोग गर्छ । यसबाट आफ्नो मन शान्त भएको महसुस गर्छ ।

वजन कम गर्छ
शारीरिक कसरत गर्दा मानिसको तौल कम हुने गर्छ । शरीरका सम्पूर्ण भाग हल्लिने भएकाले पनि तौल कम गर्न सहयोग गर्छ । नृत्य गर्दा पसिना निस्कन्छ, जसका माध्यमबाट अनावश्यक चिल्लोपदार्थ शरीरबाट बाहिर निस्कने हुन्छ । नृत्य व्यायामको अत्यन्त सरल, सुलभ र प्रभावकारी माध्यम हो । यसले शरीरमा सन्तुलन कायम राख्न सहयोग गर्छ ।
आफ्नो जीवनदेखि दिक्क लागेका वेला नृत्यले शरीरमा छुट्टैखालको शक्ति प्रदान गर्छ । नृत्यले मानिसको शरीरिक बनोट नै परिवर्तन गरिदिन्छ । एक अध्ययनअनुसार शरीरलाई बंग्याएर नाच्दा शरीरलाई सन्तुलनमा राख्न सहयोग पुग्छ । तेज गतिमा नृत्य गर्दा शरीरको लचकता बढ्न गई मुहारमा हाँसो छाउँछ । यसले शरीरका सम्पूर्ण भागलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

आत्मविश्वास बढाउँछ
नृत्य मानिसमा आत्मविश्वास बढाउने भरपर्दो माध्यमका रूपमा विकास भएको छ । नृत्य गर्दाका क्षण सबै कुरा भुलेको हुन्छ, जुन पछि बिस्तारै बानीका रूपमा विकसित हुन्छ । यसले मानिसमा बेग्लै खुसी प्राप्त हुन्छ, जुन आत्मविश्वास बढ्ने महत्वपूर्ण आधार हो ।

समग्रमा, नृत्यले स्वस्थ बनाउँछ
हिजोआज मानिसहरू दैनिकजसो नाच्न मनपराउँछन् । यसले मानिसलाई समाजमा घुलमिल हुन सहयोग गर्छ । यसबाट पर्याप्त शारीरिक व्यायाम हुन्छ । यसले तौल घटाउने, शरीरलाई लचकदार बनाउने, चिन्ता कम गराउने, तनाव कम गराउने, शरीरलाई सन्तुलनमा राख्ने भएकाले समग्रमा स्वस्थ राख्ने काम गर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

हाँसोले घटाउँछ तनाव

तस्वीर : Andbeyond.com

तनावको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीरखालका रोगीको संख्या थपिँदै गएको छ । तनावलाई नियमित प्रक्रिया सम्झेर मानिसहरू ‘तनाव छ’ भनेर पन्छिन खोज्छन् । तर, तनावका कारण नै अल्सरदेखि क्यान्सरजस्ता असाध्य रोगसम्म निम्तिनेतर्फ ध्यान पुगेको देखिँदैन ।

पछिल्लो समय बढ्दोक्रममा रहेका उच्चरक्तचाप, मधुमेह, मस्तिष्काघात, पक्षघातलगायत रोगको प्रमुख कारण तनाव हो । तनाव घटाउनु वा हटाउनु भनेको जीवनमा खुसी थप्नु हो । कसरी घटाउन सकिन्छ त तनाव ?

चिकित्सकहरू तनाव कम गर्न सकेसम्म हाँस्ने अवसर नछोड्न सुझाउँछन् । मनबाट प्राकृतिक हाँसो नसिस्किने अवस्थामा पनि कृत्रिमै भए पनि हाहा गरेर हाँस्न खोज्दा बिस्तारै शरीरमा त्यसले सकारात्मक प्रभाव छोड्ने चिकित्सकको भनाइ छ ।

उच्चरक्तचाप, मुटु, मधुमेहजस्ता दीर्घरोगका बिरामीलाई दैनिक कम्तीमा १० पटक धक फुकाएर हाँस्ने वातावरण सिर्जना गर्न चिकित्सकको सल्लाह छ ।

चिकित्सकका अनुसार रमाउन सक्ने, हाँस्न सक्ने र जीवनलाई सकारात्मक रूपले लिने मानिसलाई डर, रिस, चिन्ताजस्ता समस्याले प्रायः सताउँदैनन् । हाँसोले भरिएको दैनिकी मानसिक रूपमा आनन्ददायी हुने मात्र होइन, शारीरिक रूपमा स्वस्थकरसमेत हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । उच्चरक्तचाप, मुटु, मधुमेहजस्ता दीर्घरोगका बिरामीलाई दैनिक कम्तीमा १० पटक धक फुकाएर हाँस्ने वातावरण सिर्जना गर्न चिकित्सकको सल्लाह छ ।

जर्नल अफ होलेस्टिक नर्सिङमा प्रकाशित अध्ययनअनुसार शल्यक्रियापछि दिइने पेनकिलरभन्दा हाँसो छुट्ने वाक्य पाएका बिरामीले कम दुखाइ महसुस गर्छन् । दिनमा १० पटक हाँस्ने मान्छे स्वस्थ र जवान पनि देखिनेसमेत जर्नलमा उल्लेख छ ।
लोमा लिन्डा विश्वविद्यालय क्यालिफोर्नियाका डा. ली बर्क र उनका अनुसन्धान सहयोगी डा. स्टान ली टानले गरेको अनुसन्धानले पनि हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा धेरै सकारात्मक फाइदा पुग्ने पुष्टि भएको देखाएको छ ।

हाँसोका कारण उत्पन्न हुने हर्मोनकै कारण बिरामीले स्वस्थ भएको महसुस गर्छ । विभिन्न अध्ययनअनुसार उन्मुक्त हाँसोले स्वस्थ र सकारात्मक आवेग ल्याउँछ । हसाउने र हाँस्ने क्रियाकलापमा संलग्न व्यक्तिमा रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ ।

‘हाँसोले रक्तचाप र तनाव बढाउने हर्मोनलाई घटाउँछ, रोगको संक्रमणसँग लड्ने टी नामक रक्तकोषिकाको वृद्धि गराउनुका साथै रोगसँग लड्ने गामा इन्टरफेरन तथा बिटा कोषिकाजस्ता प्रोटिन बढाउँछ,’ सो अध्ययनमा भनिएको छ, ‘हाँसोले शरीरभित्रैबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्न बल दिन्छ ।’

हाँसोका कारण उत्पन्न हुने हर्मोनकै कारण बिरामीले स्वस्थ भएको महसुस गर्छ । विभिन्न अध्ययनअनुसार उन्मुक्त हाँसोले स्वस्थ र सकारात्मक आवेग ल्याउँछ । हसाउने र हाँस्ने क्रियाकलापमा संलग्न व्यक्तिमा रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ ।

हाँसोले रक्तकोषिकालाई साँघुरो बनाउने र संक्रमण रोक्ने गतिविधिलाई सक्रिय बनाउने तथा तनावप्रदायक हर्मोनलाई घटाउने काम गर्छ ।
विज्ञहरूका अनुसार हाँसो एकप्रकारको शारीरिक कसरत हो । यसले शरीरमा अक्सिजनको मात्रा बढाउन छाती र मांसपेशीबीचको भागको व्यायाममा सघाउँछ । चर्को आवाज निकालेर हाँस्दा फोक्सो, दिमाग, रक्तचाप र प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग पुग्छ ।

यसरी घट्छ तनाव

– फलो गर्न सकिनेकिसिमले नियमित कामको तालिका बनाउने र अनुसरण गर्ने ।
– सकेसम्म सकारात्मक सोच राख्ने र हरेक कुरालाई सकारात्मक कोणबाट हेर्ने ।
– नराम्रा घटना, र क्षणहरूलाई मनमा नराख्ने, सम्झिनरहने ।
– कुनै पनि अवस्थालाई स्वीकार गर्ने र समस्याको सम्भव हुने समाधान खोज्ने ।
– अर्काको काम बिगार्ने सोच राखेर नहिँड्ने ।
– प्रतिशोधको भावना छोड्ने ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जहाँ पुग्दा मनै प्रफुल्लित हुन्छ

काठमाडौंबाट १३३ किलोमिटर सडकयात्रापछि ५ घण्टामा चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक उकालो चढेपछि कुरी पुगिन्छ । कुरी धेरैले वास बस्ने ठाउँ हो । यहाँ धेरै होटेल खुलिसकेका छन् । मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँ पुग्न सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याइएको बाटो धेरै ठाडो छ ।

सडकको अवस्थाका कारण १७ किमि दूरी पार गर्न गाडीबाट ३ घण्टा लाग्ने भएपनि हिँडेरै जानुको मज्जा बेग्लै छ । चरिकोटबाट हिडेर जानका पुरानो ५ देखि ६ घण्टामा पुगिन्छ कालिन्चोक । जहाँ पुग्दा मनै प्रफुल्लित हुन्छ ।

चरिकोटबाट कुरी जाँदा जाडो मौसम र केही दिनअघि मात्रै पानी परेको भए हिउँमा खेल्दै जान पाइन्छ भने चैत–वैशाखको समयमा वनभरि फुलेका रंगीचंगी लालीगुराँसले यात्रुलाई आकर्षित गर्छन् । दोलखा जिल्लामा अवस्थित कालिञ्चोक भगवती रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण मन्दिरका रूपमा परिचित छ ।

यो पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । कालिञ्चोक पार्वतीले महादेव स्वामी पाऊँ भनेर तपस्या गरेको भूमि मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई देख्ने गरी कालिञ्चोकको डाँडामा तपस्या गरेको किंवदन्ती छ । त्यसैले पनि विशेषगरी नेपाली तथा भारतीय हिन्दू धर्मावलम्बीले यथासम्भव कालिञ्चोक भगवतीको दर्शन गर्ने गरेका छन् ।

कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदीबहिनीमध्ये एक मानिँदै आएको छ । यही आस्थाका कारण यहाँ पूजाआजाका लागि दैनिकजसो तीर्थयात्री आउने गरेका छन् ।

कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पूरा हुने जनविश्वाससमेत रहिआएको छ । कालिञ्चोक क्षेत्रबाट भेडाबाख्रा हराएमा कालिञ्चोक भगवतीको नाम पुकारेपछि भेटिने गरेको किंवदन्तीसमेत छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ग्यास्ट्रिक तथा पेटका समस्यामा योग

ग्यास्ट्रिक तथा पेटका रोगीले योगाभ्यास गर्दा बिस्तारै गर्नुपर्छ । योगाभ्यासलाई नियमित बनाउनुपर्छ । योगाभ्यास खालीपेटमा गर्नुपर्छ, स्वच्छ हावा बहने हरियो चौरमा गर्नुपर्छ, यस्तो सम्भव नभए घर–आँगनमा पनि गर्न सकिन्छ । यो अभ्यास ६–१० पटकसम्म दोहो¥याउनुपर्छ । ग्यास्ट्रिकका रोगीले निम्न आसनहरूको अभ्यास गर्नुपर्छ

पवनमुक्तासन


उत्तानो सुतेर दाहिने खुट्टा खुम्च्याउनुस्, बायाँ खुट्टा सीधा तन्काएर राख्नुहोस् । अब दुवै हातले दाहिने खुट्टालाई समाती श्वास लिँदै आफूतिर तान्नुहोस् । चिउँडोले घुँडामा छुने प्रयास गर्दै करिब १० सेकेन्डसम्म श्वास रोक्नुहोस् र बिस्तारै श्वास छोड्दै टाउको तल राख्नुहोस् । त्यसपछि दुवै खुट्टालाई सोझो राख्नुहोस् । यसरी नै बायाँ खुट्टालाई खुम्च्याउनुस्, दायाँ खुट्टा सीधा तन्काएर राख्नुहोस् । अब दुवै हातले बायाँ खुट्टालाई समाती श्वास लिँदै आफूतिर तान्नुहोस् । चिउँडोले घुँडामा छुने प्रयास गर्दै करिब १० सेकेन्डसम्म श्वास रोक्नुहोस् र बिस्तारै श्वास छोड्दै टाउको तल राख्नुहोस् । त्यसपछि दुवै खुट्टालाई सोझो राख्नुहोस् । यसरी नै अभ्यासलाई दोहोर्याउनुहोस् ।

फाइदा
स्त्री तथा गर्भाशयसम्बन्धी रोग, अम्लपित्त, हृदयरोग, जोर्नी तथा कम्मरको दुखाइमा हितकारी छ । यसको अभ्यासबाट पेटको वायु विकार हट्दछ । पेटमा बढेको बोसो कम हुन्छ ।

नौकासन
उत्तानो परेर दुवै हातलाई तिघ्राको माथि राखेर सीधा सुत्नुहोस् । दुवै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै खुट्टा, हात र कम्मरलाई एकैसाथ भुइँबाट केही माथि उठाउनुहोस् र हातलाई घुँडामा राखेर १० सेकेन्डसम्म श्वासलाई रोक्नुहोस् । अब श्वासलाई छोड्दै जानुहोस् । योक्रमलाई ५–१० पटकसम्म जारी राख्नुहोस् ।

फाइदा
मुटु, फोक्सो तथा आन्द्रालाई सबल तथा निरोगी बनाउँछ । त्यस्तै, कलेजो तथा अग्न्याशय, पेटका सम्पूर्ण रोगका लागि यो आसन उत्तम छ ।

 

 

बालासन (विश्रामासन)
घोप्टो परेर सुत्नुहोस् र बायाँ हातलाई टाउकोको तलतिर जमिनमा राख्नुहोस् तथा गर्धनलाई दाहिनेतर्फ घुमाउँदै टाउकोलाई हातमा राख्नुहोस् । यसो गर्दा बायाँ हात टाउकोको तल हुन्छ तथा बायाँ हातको हत्केला दायाँ हातको तल हुन्छ । अब दायाँ खुट्टालाई थोरै मोडेर जसरी बालक सुत्दछ, त्यसरी सुतेर विश्राम गर्नुहोस् । यसै तरिकाले यो आसनलाई अर्काेतिरबाट पनि गर्न सकिन्छ ।
फाइदा
यो आसनको अभ्यास गर्नाले स्नायुहरूको दुर्बलता, शारीरिक थकान तथा नकारात्मक चिन्तन हराएर जान्छन् । तन–मनलाई शक्ति, उत्साह र आनन्द प्राप्त हुन्छ । मानसिक तनाव (डिप्रेसन) उच्च रक्तचाप, मुटुरोग तथा अनिद्राका लागि लाभदायक छ ।

भुजङ्गासन
दुवै खुट्टा जोडेर लमतन्न घोप्टो सुत्नुहोस् । दुवै हातको हत्केलाले भुँइमा टेकेर टाउकोलाई आकाशतर्फ उठाई श्वास लिँदै छाती माथि उठाउनुहोस् र माथि हेरेर केहीबेर रोकिनुहोस् । अब श्वास छोड्दै पहिलेकै अवस्थामा आउनुहोस् । एवंरीतले यो अभ्यासलाई ५–१० पटकसम्म दोहो¥याउनुहोस् ।

फाइदा
ग्यास्ट्रिक तथा पेटका यावत् रोगका साथै यो आसन मेरुदण्डसम्बन्धी सम्पूर्ण रोगमा लाभप्रद छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै