सुपर–हेल्दी हुन चाहनुहुन्छ ?

१. ब्रेकफास्ट नछुटाउनुहोस्
ब्रेकफास्ट बहुउपयोगी छ । यसले मेटाबोलिजम राम्रो बनाउनुका साथै अधिक भोकबाट पनि जोगाउँछ । अध्ययनले पुष्टि गरेको कुरा हो, ब्रेकफास्ट खाने युवाले दिनभर काममा राम्रो प्रदर्शन गर्छन् र ब्रेकफास्ट गर्ने बच्चाको खानामा रुचि बढ्छ । यदि कहिलेकाहीँ पूर्ण ब्रेकफास्ट खान पाउनुभएन भने एक पिस भए पनि खानुपर्छ ।

२. आफ्नो खानाबारे योजना बनाउनुहोस्
जतिवेला जे पाइन्छ, त्यही खाने बानी नगर्नुहोस् । प्रायः एकै समयमा खानु र खानेकुरामा व्यवस्थिति हुनु स्वास्थ्यका लागि जरुरी हुन्छ । खानाबारे आफैँले योजना बनाउनुभयो भने सुगर, चिल्लो र कार्बाेहाइड्रेटलाई कम गर्ने योजना बनाउँदै प्रोटिन तथा भिटामिनयुक्त खाना थप्नुहोस् । आफ्नो समयमा आफ्नो योजनाअनुरूपको खाना मात्र खानुभयो भने अनावश्यक समयमा अनावश्यक खाना खाइँदैन ।

३. प्रशस्त पानी पिउनुहोस्
प्रशस्त पानी पिउनु स्वास्थ्यका लागि पहिलो सर्त हो । शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहन तथा तौल नियन्त्रण गर्न प्रशस्त पानी पिउनु आवश्यक छ । पानीले शरीरमा अक्सिजनको मात्रा बढाउँछ । चिनीयुक्त पेयपदार्थले मोटोपन बढाउनुका साथै टाइप २ डाइबेटिक बढाउँछ । त्यसैले अरू पेयपदार्थभन्दा पानी नै छान्नुहोस् । यदि सादा पानी पिउन मन पर्दैन भने पानीमा सुन्तला, कागती, खरबुजा वा काँक्रोका टुक्रा राखेर पिउन सक्नुहुन्छ ।

४. व्यायामका लागि समय छुट्याउनुहोस्
बिहान जुरुक्क उठेर कफीको कप नसमाउनुहोस् । उठ्नुहोस् र हिँडिहाल्नुहोस् व्यायामका लागि । केही गहिरो श्वास–प्रश्वास लिने र मांसपेशी तन्किने व्यायाम गर्नुहोस् । बिहान सुरुवातको व्यायाम शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि उपयोगी छ । प्रत्येक दिन ३० मिनेट व्यायाम हप्तामा ३ दिन मात्र गर्दा पनि आजीवन स्वास्थ्य रहन सकिन्छ । अर्थात्, यसले रोगबाट टाढै राख्छ । यदि एकैपटक ३० मिनेट व्यायाम गर्न सक्नुहुन्न भने दिनभर थोरै–थोरै समय भए पनि हिँड्नुहोस् ।

५. अफलाइन हुनुहोस्
इमेल तथा सोसल मिडियामा धेरै व्यस्त हुनुहुन्छ ? साथीभाइ तथा परिवारसँग अपडेट आवश्यक छ, तर सधैँ अरूको गतिविधि, तस्बिर हेरेर समय बित्छ भने निश्चित समय मोबाइल अफ गर्ने तालिका बनाउनुहोस् । स्क्रिनमा बिताउने समय घटाउनु भनेको अरू कामका लागि समय निकाल्नु पनि हो । केही समय यताउता हिँड्नुहोस्, किताब पढ्नुहोस् करेसाबारीमा काम गर्ने समय निकाल्नुहोस् र भान्सामा पनि समय बताउनुहोस् ।

६. केही नयाँ सिक्ने रुचि राख्नुहोस्
नयाँ कुरा सिकिरहने रुचि राख्नुभयो भने दिमाग स्वास्थ रहन्छ । डान्स क्लास, क्रियटिभ राइटिङ, वर्कसपजस्ता कुराका लागि समय निकाल्नुहोस् । नयाँ भाषा पनि सिकिरहनु फाइदाजनक हुन्छ । मानसिक काममा व्यस्त भइरहनु भनेको तपाईंको बुढ्यौली घटाउनु पनि हो र यसले अल्जाइमरजस्तो रोगको प्रभाव पनि कम गराउँछ ।

७. धूमपान त्याग्नुहोस्
यदि धूमपान गर्ने बानी छ भने, त्यागिहाल्नुहोस्, जुन तपाईंको स्वस्थ जीवनयापनको पहिलो खुट्किलो हुनेछ । धूमपान छोडेपछि शरीर छिट्ट्रै ठाउँमा आउँछ । चुरोट खाएको २० मिनेटमा प्रेसर डाउन भइसक्छ भने किन नत्याग्ने त बानी ! तपाईं मेडिकेसनमा हुनुहुन्छ भने पनि धूमपान नगर्दा प्रभावकारी हुन्छ ।

८. मस्त निदाउनुहोस्
राम्रो निदाउनुका उपयोगिताको लामै लिस्ट बन्न सक्छ । रातको मस्त निद्रा तपाईंको राम्रो दिनको रिफ्लेक्सन हो । यसले दिनभर मुड राम्रो, स्मरणशक्ति तेज राख्नुका साथै नयाँ कुरा सिक्न सहयोग पुग्छ । पूर्ण निद्राले कालान्तरमा फिट राख्छ र मुटुरोगबाट जोगाउँछ । राति ढुक्कले ७–९ घण्टा सुत्नुहोस् । एकै समयमा सुत्ने र उठ्ने र तालिका बनाउनुहोस् ।

९. मांसपेशीलाई लचिलो बनाउनुहोस्
मांसपेशी स्ट्रेचिङ तालिमले शरीरलाई फिट राख्छ, शरीरमा बोसोको मात्रा घटाउँछ । स्लिम बनाउनुका साथै उर्जा प्रदान गर्छ । त्यसैले स्ट्रेचिङ ट्रेनिङ अभ्यास, जस्तै, योग, पुस–अप, श्वास–प्रश्वास, आदि हप्तामा दुई दिन गर्ने गर्नुहोस् ।

१०. घरबाहिर निस्किने गर्नुहोस्
सूर्याेदयपछि केही मिनेट घरबाहिर निस्किने गर्नुहोस् । यसले भिटामिन डी प्राप्त हुन्छ । हड्डी बलियो बनाउँछ, मुटुका लागि फाइदाजनक हुन्छ र मुड राम्रो बनाउँछ । यसको मतलब बाहिर निस्कँदा तपाईं टिभी स्क्रिन साथै कम्प्युटरबाट पनि छुटकारा पाउनुहुन्छ । यसका लागि घरनजिकैको प्राकृतिक हराभरायुक्त ठाउँ रोज्न सक्नुहुन्छ । एउटा अध्ययनले पुष्टि गरेको छ कि– केही समय हरियालीमा बिताउने मानिस सधैँ सहरी क्षेत्रमा मात्रै बस्नेको तुलनामा शान्त हुन्छ ।

११. सधैँ सन्तुलित रहनुहोस्
सन्तुलित भन्नासाथ शरीरिक र मानसिक दुवै हुन्छ । युवावस्था होस् वा वृद्धावस्था, धेरै उत्साही र धेरै निराशाले दुर्घटना निम्त्याउँछ । सबै घटनालाई मनन गरेर शान्त रहने प्रयास गर्नुहोस् ।

१३. एकाग्र रहनुहोस्
ध्यानमग्न रहन प्रयास गर्नुहोस्, यसको मतलब हुन्छ कि, चाहनुभयो भने तपाईंले आफूअगाडिको गुलाबको वास्ना लिन पनि रोक्न सक्नुहुन्छ । अध्ययनले पुष्टि गरेका छन्, सचेत हुनु भनेको तनावमुक्त रहनु हो । एउटा अध्ययनले भनेको छ, नियमित ८ हप्ता मेरिटेसन गर्नुभयो भने तपाईंको दिमागसम्बन्धी इमोसन, सिकाइ र स्मरण सबै परिवर्तन हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कहाँबाट आउँछ खुशी ?

घर पुग्नेबित्तिकै न्यानो अनुभूति किन हुन्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? अथवा हाँस्दा राम्रो अनुभूति हुन्छ ? या शारीरिक अभ्यासले किन मानिसको भावनालाई राम्रो बनाउँछ ?
वास्तवमा मानिसमा खुशी कहाँबाट आउँछ, शरीरका कुन अंगले यसमा भूमिका खेल्छन् ? यी सम्पूर्ण प्रश्नको जवाफ स्नायु वैज्ञानिक डिन बर्नेटको पुस्तक ‘ह्याप्पी ब्रेन ः ह्वेयर ह्याप्पीनेस कम्स फ्रम, एण्ड ह्वाई’ मा पाइन्छ । उनले मानिसमा खुशीको अनुभूति ल्याउन स्नायु सञ्जालले कसरी काम गर्छ भन्नेबारेमा पुस्तकमा उल्लेख गरेका छन् ।

घर फर्कदा राम्रो अनुभूति हुनु र छाड्दा नरमाइलो अनुभूति हुनुको सम्बन्ध हाम्रो घर र सुरक्षासँग सम्बन्धित छ । वास्तवमा हाम्रो मष्तिष्कले हामीसँग जैविक रुपले सम्बन्धित कुरालाई पहिचान गर्ने र आनन्द अनुभूति गराउन सहयोग गर्छ, यसबाट खुशीका हर्मोन निस्कन्छन् ।

अनि, घरबाट टाढा रहँदा किन ‘होमसिकनेस’ हुन्छ ? अथवा घर छाडेको पहिलो रात किन राम्ररी निद्रा पर्दैन ?

मष्तिष्कले घरमा रहेको या नरहेको कुरा कसरी थाहा पाउँछ ? स्नायु विशेषज्ञ बर्नेटले यसबारेमा पनि पुस्तकमा लेखेका छन् । मानिसको मष्तिष्कमा ‘बाउन्ड्ररी सेल’ हुन्छन् । कुनै पनि वातावरणीय घेरा अर्थात् बाउन्ड्ररी (जस्तो :घर पस्ने ढोका) मा संलग्न हुँदा उक्त कोष सक्रिय हुन्छ र हामीलाई हाम्रो सुरक्षित क्षेत्र पहिचान गर्न मद्दत गर्छ ।
यसैगरी, हाम्रो काम, हाँसो, माया, प्रेम र उमेरजस्ता चिजले पनि खुशीलाई प्रभाव पर्छन् । जब हामी हाँसउठ्दो चिज देख्छौं, त्यसपछि हाम्रो मष्तिष्कले त्यसलाई पहिचान गर्छ र खुशीको अनुभूति दिलाउँछ ।
हाम्रो मष्तिष्कमा चुट्किलालाई पहिचान गर्नसक्ने भाग पनि हुन्छन्, यसलाई टेम्पोरल, अक्सिपिटल र पेरिएटल लोब्सजस्ता नामले चिनिन्छ । यिनै कोषबाट हाँसो उत्पत्ति हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अनि निःसन्तानको कारक बन्छ पुरुष

दम्पतीले विवाहको एकदेखि दुई वर्षसम्म कुनै साधन नअपनाई यौनसम्पर्क राख्दा पनि गर्भ रहेन भने निःसन्तान भएको मानिन्छ । प्राथमिक प्रकारको निःसन्तानको समस्यामा विवाह (यौनसम्पर्क)देखि नै गर्भ रहेको हुँदैन भने दोस्रो प्रकारको निःसन्तानको समस्यामा पहिल्यै कुनै किसिमले गर्भ रहिसकेको हुन्छ ।
करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या हुन सक्छ । निःसन्तान हुनुमा करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी देखिन्छ भने बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्दैन । यहाँ पुरुषजन्य निःसन्तानका कारणहरू, पुरुषका कारण हुने निःसन्तानको जाँचपडताल एवं उपचारको चर्चा गरिनेछ ।

डा.सुमनराज ताम्राकार
डा.सुमनराज ताम्राकार

अस्पतालमा दिनानुदिन बिरामी हेर्नेक्रममा एकपटक वा पटक–पटकको गर्भ तुहिने (अधिग्रो जाने) समस्या भएका महिलाको व्यथाजस्तै निःसन्तान भएका दम्पतीका समस्या पनि बढी टिठलाग्दो र कारुणिक हुन्छ । कतिपय अवस्थामा साधारण जाँचपडताल गरेपश्चात् सम्बन्धित दम्पतीसँग गर्भप्रक्रियाबारे राम्ररी छलफल गरेकै भरमा दुई–तीन महिनापछि फलोअपमा आउँदा गर्भ रहेका कारण खुसी भएका घटना पनि छन् ।

 

पुरुषजन्य निःसन्तानका कारण
शुक्रकीट बन्ने प्रक्रियामा समस्या, बनिसकेको वीर्य बाहिर आउने बाटोमा समस्या, योनिमा वीर्यस्खलन हुन समस्या तथा शुक्रकीटको बनावटमा समस्या पुरुषजन्य निःसन्तानका कारण हुन् ।
अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशानुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थीको कार्यमा खराबीका कारणले शुक्रकीट बन्न अप्ठ्यारो पर्न सक्छ । त्यसैगरी, शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली थुनिने हुन सक्छ । मानसिक समस्या (लिंग नउठ्ने वा उत्तेजित नहुने, शीघ्र स्खलन हुने) तथा पुरुषमा पिसाब खुल्ने प्वाल बेठाउँमा भयो भने वीर्य योनिमा जम्मा हुन पाउँदैन । त्यस्तै, शुक्रकीटको चाल, संख्या, बनावटमा तथा यसमा पोसिलो पदार्थ अपुग भयो भने पनि निःसन्तानको समस्या हुन सक्छ ।
कुनै साधनको प्रयोगविना एक वर्षसम्मको नियमित सहवासपछि पनि गर्भ नरहेमा जाँचपडताल गराउनु राम्रो हुन्छ । यदि महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघिसकेको छ भने ६ महिनासम्ममा बच्चा भएन भने सम्बन्धित चिकित्सकलाई जचाउनुपर्छ । विवाहको दोस्रो वर्षपछि प्रजनन क्षमता दरमा निकै कमी आउने हुनाले चाँडै स्वास्थ्य परीक्षण गराउनुपर्छ । सामान्य जानकारी एवं सल्लाहबाट ठीक पार्न सकिने समस्याका लागि ढिलो गर्नुहुँदैन ।

पुरुषका कारण हुने निःसन्तानको जाँचपडताल
प्रभावित व्यक्तिको उमेर, विवाहित समय, पहिले विवाह गरिसकेको वा पहिले बच्चा पाउन मद्दत गरेको, धूमपान वा मद्यपान गर्ने बानी भएको सामान्य जानकारीपछि यौनरोग, हाँडे, मधुमेह, अण्डकोषवरिपरि हाल कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको, लामो समयसम्म तापमा बसी गर्नुपर्ने काम गरे–नगरेबारे जानकारी लिनुपर्छ । यौनसम्पर्कका दौरान यौनांग उठाउन (उत्तेजित पार्न), राम्रोसँग छिराउन तथा वीर्यस्खलनसम्बन्धी कुनै समस्या छ–छैन पत्ता लगाउनुपर्छ ।
शारीरिक जाँचका क्रममा यौनांगको पनि राम्ररी जाँच गर्नुपर्छ । त्यसपछि वीर्य जाँच (सकिन्छ भने तीन दिनसम्म सहवास नगरी) गरी शुक्रकीटको संख्या, शुक्रकीटको चाल, बनावट तथा अन्य कुनै पिप वा संक्रमण छ–छैन थाहा पाउनुपर्छ ।
कतिपय पुरुषको वीर्यको सामान्य जाँचपछि रगतमा अन्य हर्मोन (शुक्रकिट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने)सम्बन्धी जाँच, अण्डकोष तथा वरिपरिको भिडियो एक्स रे, अण्डाशयबाट थोरै मासु निकालेर गरिने जाँच (बायोप्सी) वा सियो हालेर गरिने कोषको जाँच एवं वंशाणु अंशबारे जाँच गर्नुपर्ने हुन सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै