टुसा उमारेर खाँदा पोषकतत्त्वमा २० गुणा वृद्धि, पचाउन आधा सजिलो

टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । वैज्ञानिक रूपमा फाइदा गर्छ भन्ने जानकारी नभए पनि उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।

क्वाँटी कसरी फाइदाजनक ?
टुसा उमारेको क्वाँटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन २० गुणा बढ्न जान्छन् । त्यसैले सय रूपैयाँको सुक्खा क्वाँटी ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिन्छ ।

क्वाँटी जीवन्त खाना हो, जुन पचाउन पनि निकै सजिलो हुन्छ । यत्तिकै खाँदाभन्दा टुसा उमारेर खाँदा पचाउन आधा सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ । क्वाँटी बनाएपछि हामी जिम्मु, जिराले झानेर तयार गर्छौं ।

यस्ता व्यक्तिलाई क्वाँटीको विशेष आवश्यकता
बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन । गर्भवतीमा रगतको कमी नभएपछि भ्रूण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ । क्वाँटीको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाँटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ । क्वाँटीले सेवनकर्तालाई मासुबराबर नै प्रोटिन तथा अन्य पोषकतत्त्व प्रदान गर्छ । क्वाँटी प्रत्येक साताको दुई–तीनपटक खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । यो पौष्टिकताले भरिपूर्ण भोजन हो ।

यसरी खाँदा थप लाभ
क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।

अन्य फाइदा
क्वाँटी शक्तिवर्धक एवम् पौष्टिक आहार हो । यसमा भिटामिन बीका सबैजसो प्रकार पाइन्छन् । क्वाँटीको सेवनले–
– तत्काल आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
– मांसपेशीको मर्मत–सम्भारमा सहयोग पुग्छ ।
– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– रक्तसञ्चार र स्नायुप्रणालीमा फाइदा पुग्छ ।
– क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
– मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

यस्ता बिरामीले नखाँदा राम्रो
युरिक एसिडका बिरामीले भने क्वाँटी नखाँदा नै वेश हुन्छ । त्यस्तै, मिर्गौलामा समस्या रहेका मानिसले पनि प्रोटिनको मात्रा एकदमै कम गर्नुपर्ने हुन्छ, त्यसैले उनीहरूले पनि क्वाँटी नखाँदा राम्रो हुन्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खान जान्दा क्वाँटी सर्वोत्तम पोषण, सही मात्राले दिन्छ अपार स्वास्थ्यलाभ

जनैपूर्णिमा हिन्दू धर्मावलम्बीको महान् पर्व हो । रक्षाबन्धन तथा राखी बाँध्ने दिनको नामले समेत चिनिने यो पर्व नेपालको सन्दर्भमा विशेषगरी व्रतबन्ध संस्कार पूरा गरेका हिन्दू धर्मावलम्बी पुरुषले जनै (यज्ञोपवित) परिवर्तन गर्ने तथा अन्य सबै हिन्दू धर्मावलम्बी पुरुष तथा महिलाले रक्षाबन्धन (पुरोहितबाट हातमा बाँधिने डोरो) बाँध्ने पर्वका रुपमा चिनिन्छ ।

यद्यपि, पछिल्लो समय जनैपूर्णिमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने र आशीर्वाद लिने–दिने पर्वका रुपमा समेत द्रुततर रुपमा विकास हुँदै गएको छ । जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत देशका विभिन्न मन्दिरहरूमा जनैपूर्णिमाविशेष मेलासमेत लाग्ने गर्छ ।

जनैपूर्णिमाको चर्चा गर्दा क्वाँटीलाई छुटाउनै सकिँदैन । जनैपूर्णिमा भन्नेबित्तिकै जसरी जनै वा रक्षाबन्धनको सम्झना हुन्छ, त्यसरी नै क्वाँटीले स्मृतिको अग्रभागमा स्थान बनाउँछ । परापूर्वकालदेखि नै नेपालमा जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन रहिआएको छ । विभिन्न नौ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि खाइने क्वाँटीले शक्ति र स्वाद दुवै प्रदान गर्छ । क्वाँटी धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक, चिकित्सकीय र पोषणका दृष्टिले पनि स्वास्थ्यवर्धक छ । क्वाँटी प्रोटिनको अब्बल स्रोत हो । प्रोटिनका अलावा क्वाँटीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस, मिनरल्सजस्ता मानव शरीरका लागि अति आवश्यक पोषकतत्त्व पाइने अल्का अस्पतालकी पोषणविद् ऋतु महर्जन बताउँछिन् ।

जनैपूर्णिमाका दिन अधिकांशको घरमा क्वाँटी खाने गरिन्छ । क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउको मिश्रण नै क्वाँटी हो ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । नेपाल कृषि प्रदान देश भएकाले वर्षायाममा खेतीपातीका कामले थाकेको शरीरमा ऊर्जा प्रदान गर्न र वर्षातको पानीमा काम गर्दा शरीरमा पुगेको चिसो हटाउन क्वाँटी खाने चलन छ । ब्राह्मण समुदायमा समेत लोकप्रिय रहेको क्वाँटी नेवार समुदायमा विशेष महत्त्वका साथ खाने प्रचलन छ ।

क्वाँटीका फाइदा, सेवनको प्रभावकारी तरिका, व्यक्तिअनुसार सेवनको उपयुक्त मात्रा, सावधानीका विशेष अवस्थालगायत विषयमा पोषणविद् महर्जनसमेतले दिएको जानकारीका आधारमा यो सामग्री प्रस्तुत गरिएको छ ।

क्वाँटीका फाइदा
– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– कब्जियतको समस्या हटाउँछ ।
– मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउन सहयोग गर्छ ।
– नियमित सेवन गरेमा स्मरणशक्ति बढाउँछ ।
– पाचनशक्तिमा सुधार ल्याउँछ ।
– सौन्दर्यमा निखार ल्याउँछ ।
– कुपोषण हटाउन सहयोग गर्छ ।
– सुत्केरी तथा गर्भवती महिलाका लागि विशेष दाभदायक हुन्छ ।
– शाकाहरीका लागि मासुसरह पोषण प्रदान गर्छ ।

कसरी खाने क्वाँटी ? कसले कति मात्रा खानु राम्रो ?
क्वाँटीलाई ४ दिनसम्म भिजाएर टुँसा उमालेर मात्र खानाले त्यसमा प्रशस्त मात्रामा प्रोटिनका साथै भिटामिन सी पनि पाउन सकिन्छ । क्वाँटी प्रोटिनको भण्डार भएकाले चाडपर्वमा मात्रै नभएर दैनिक खानेकुरामा समेत क्वाँटीलाई समावेश गर्नुपर्छ । मानिसको शरीरमा १ केजी तौलबराबर दैनिक १ ग्राम प्रोटिन आवश्यक पर्छ ।

शारीरिक रूपमा बढी मिहिनेतको काम गर्ने मानिसको शरीरमा प्रोटिनको मात्रा बढी आवश्यक पर्ने भएकाले उनीहरूले क्वाँटी धेरै खानुपर्ने हुन्छ भने कम मिहिनेत गर्ने मानिसले कम नै खानुपर्ने हुन्छ ।

विशेषगरी, मिर्गौलारोगी तथा युरिक एसिडका रोगीले उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।

शाकाहारी जीवनशैली अपनाउने मानिसको शरीरमा प्रोटिनको मात्रा कम हुने भएकाले उनीहरूले भने अन्य मानिसभन्दा बढी मात्रामा क्वाँटी खान सक्छन् । क्वाँटीमा प्रोटिनका साथसाथै अन्नमा पाइने खाद्यवस्तुसमेत पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ ।

अन्य समयभन्दा जनैपूर्णिमाका दिन क्वाँटी बढी खाने चलन छ । शरीरलाई आवश्यकभन्दा बढी क्वाँटी खानाले शरीरमा प्रोटिनको मात्रा आवश्यकभन्दा बढी हुन जान्छ, जसले युरिक एसिडजस्ता रोग लाग्न सक्नेतर्फ सचेत हुनु जरुरी छ ।

यस्ता व्यक्तिले क्वाँटी खाँदा विचार पुर्याउनुपर्छ
विशेषगरी, मिर्गौलारोगी तथा युरिक एसिडका रोगीले उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।

मिलाएर दैनिक खाए अमृत, जथाभावी खाए विष
कुनै पनि खाद्यान्नलाई मिलाएर ठिक मात्रामा खाएमा त्यो अमृतसमान हुन्छ भने आवश्यकताभन्दा बढी मात्रामा तथा नमिलाईकन खाएमा त्यो विषबराबर हुन्छ र त्यसको प्रतिकूल असर मानव स्वास्थ्य पर्न जान्छ । क्वाँटी सामान्यतया २ देखि ४ दिनसम्म राम्रोसँग टुसा उमालेर खान सकिन्छ । उमारेको क्वाँटीमा प्रोटिनका अतिरिक्त भिटामिन सी पनि पाइने भएकाले उमारेरै क्वाँटीको प्रयोग गर्नु राम्रो हो । सामान्यतया नेपालमा जनैपूर्णिमाका दिन मात्रै क्वाँटी खाने प्रचलन छ । तर, यो त दैनिक खानामा उमेर र अन्य खानाका मेनु हेरर समावेश गर्दा बढी लाभदायक हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कसले खाने, कसले नखाने क्वाँटी ?

परापूर्वकालदेखि नै नेपालमा जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन रहिआएको छ । विभिन्न नौ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि खाइने क्वाँटीले शक्ति र स्वाद दुवै प्रदान गर्छ ।
जनैपूर्णिमाका दिन अधिकांशको घरमा क्वाँटी खाने गरिन्छ । क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउको मिश्रण नै क्वाँटी हो ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । नेपाल कृषि प्रदान देश भएकाले वर्षायाममा खेतीपातीका कामले थाकेको शरीरमा ऊर्जा प्रदान गर्नका लागि क्वाँटी खाने चलन छ । ब्राह्मण समुदायसमेत लोकप्रिय रहेको क्वाँटी नेवार समुदायमा विशेष महत्वका साथ खाने प्रचलन छ ।
जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत देशका विभिन्न मन्दिरहरूमा जनैपूर्णिमा विशेष मेलासमेत लाग्ने गर्छ ।

शारीरिक रूपमा बढी मिहिनेतको काम गर्ने मानिसको शरीरमा प्रोटिनको मात्रा बढी आवश्यक पर्ने भएकाले उनीहरूले क्वाँटी धेरै खानुपर्ने हुन्छ भने कम मिहिनेत गर्ने मानिसले कम नै खानुपर्ने हुन्छ ।

क्वाँटीका फाइदाहरू
– कब्जियतको समस्या हटाउँछ ।
– मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउन सहयोग गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– नियमित सेवन गरेमा स्मरणशक्ति बढाउँछ ।
– पाचनशक्तिमा सुधार ल्याउँछ ।
– सौन्दर्यमा निखार ल्याउँछ ।
– कुपोषण हटाउन सहयोग पुर्‍याउँछ ।

क्वाँटीलाई ४ दिनसम्म भिजाएर टुँसा उमालेर मात्र खानाले त्यसमा प्रशस्त मात्रामा प्रोटिनका साथै भिटामिन सी पनि पाउन सकिन्छ । क्वाँटी प्रोटिनको भण्डार भएकाले चाडपर्वमा मात्रै नभएर दैनिक खानेकुरामा समेत क्वाँटीलाई समावेश गर्नुपर्छ । मानिसको शरीरमा १ केजी तौलबराबर दैनिक १ ग्राम प्रोटिन आवश्यक पर्छ । क्वाँटी प्रोटिनको स्रोत हो ।
अन्य समयभन्दा जनैपूर्णिमाका दिन क्वाँटी बढी खाने चलन छ । शरीरलाई आवश्यकभन्दा बढी क्वाँटी खानाले शरीरमा प्रोटिनको मात्रा आवश्यकभन्दा बढी हुन जान्छ, जसले युरिक एसिडजस्ता रोग लाग्न सक्छन् ।
शारीरिक रूपमा बढी मिहिनेतको काम गर्ने मानिसको शरीरमा प्रोटिनको मात्रा बढी आवश्यक पर्ने भएकाले उनीहरूले क्वाँटी धेरै खानुपर्ने हुन्छ भने कम मिहिनेत गर्ने मानिसले कम नै खानुपर्ने हुन्छ ।

विशेषगरी, मिर्गौला रोगी तथा युरिक एसिडका रोगीलाई उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बाेहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।
शाकाहारी जीवनशैली अपनाउने मानिसको शरीरमा प्रोटिनको मात्रा कम हुने भएकाले उनीहरूले भने अन्य मानिसभन्दा बढी मात्रामा क्वाँटी खान सक्छन् । क्वाँटीमा प्रोटिनका साथसाथै अन्नमा पाइने खाद्यवस्तुसमेत पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ ।

कुनै पनि खाद्यान्नलाई मिलाएर ठिक मात्रामा खाएमा त्यो अमृतसमान हुने र आवश्यकताभन्दा बढी मात्रामा तथा नमिलाईकन खाएमा त्यो विषबराबर हुने र त्यसको प्रतिकूल असर मानव स्वास्थ्य पर्न सक्छ । क्वाँटी सामान्यतया २ देखि ४ दिनसम्म राम्रोसँग टुसा उमालेर खान सकिन्छ । उमारेको क्वाँटीमा प्रोटिनका अतिरिक्त भिटामिन सी पनि पाइने भएकाले उमारेरै क्वाँटीको प्रयोग गर्न राम्रो हो । सामान्यतया नेपालमा जनैपूर्णिमाका दिन मात्रै क्वाँटी खाने प्रचलन छ । तर यो त दैनिक खानामा उमेर र अन्य खानाका मेनु हेरर समावेश गर्दा बढी लाभदायक हुन्छ ।

पोषणविद, अल्का अस्पताल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै