यी हुन् क्यान्सर उपचारका साइडइफेक्ट, के कारण हुन्छ ?

क्यान्सरको उपचारमा विकिरण (रेडिएसन) तथा केमोथेरापीको प्रयोग शरीरमा क्यान्सरका कोषाणुहरूलाई नष्ट गर्नका लागि गरिन्छ । क्यान्सरका कोषाणु स्वस्थ कोषाणुको तुलनामा अधिक तीव्र गतिमा विकसित तथा विभाजित हुन्छन् । क्यान्सरको उपचार यही तीव्र गतिमा विकसित भइरहेका कोषाणुमा क्रियाशील गरिन्छ । विकिरण तथा केमोथेरापीद्वारा केही तीव्र विकसित भइरहेका स्वस्थ कोषाणु पनि प्रभावित हुन सक्छन्, जसको प्रत्यक्ष प्रतिप्रभाव (साइडइफेक्ट) बिरामीमा पर्छ ।

क्यान्सरको उपचारमा अपनाइएका विधिले अधिकांश बिरामीमा केही प्रतिप्रभाव पर्छ । कुन बिरामीमा कुन प्रकारको प्रतिप्रभाव र त्यो कति तीव्र हुन्छ भन्ने कुरा बिरामीको उपचारमा तथा उसको शरीरले कस्तो प्रतिक्रिया दिन्छ, यसमा निर्भर गर्छ । क्यान्सर उपचारका केही आम दुष्प्रभाव यसप्रकार छन्  :
– थकान,
– पखाला वा कब्जियत,
– मुख, गिजा तथा गलामा दुखाइ तथा घाउ,
– वाकवाकी अथवा उल्टी,
– पीडा,
– कपाल झर्नु (यसलाई एलोपेसिया भनिन्छ),
– छाला तथा नङमा विभिन्न समस्या (छालामा धर्सा, रातोपन, चिलाउनु, पाप्रा उप्किनु, सुक्खापन, डन्डिफोर तथा घामप्रति अत्यन्त संवेदनशीलता),
– खिन्नता वा डिप्रेसन तथा निराशाको भावना ।

रगतमा हुने आम विपरीत प्रभाव :
– रातो रक्तकोषको अत्यधिक कमी हुन्छ, जसलाई एनिमिया भनिन्छ । यसका कारण शरीरका टिस्युहरूमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन ।
– सेतो रक्तकोषमा अत्यधिक कमी आउँछ, जसलाई न्युट्रोपेनिया भनिन्छ । यसका कारण शरीरलाई संक्रमणसँग लड्न अत्यन्त कठिन हुन्छ ।
– प्लेटलेट्स (विम्बाणु) को मात्रामा अत्यधिक कमी आउँछ । यसका कारण शरीरमा चोट तथा रक्तस्रावको समस्या सिर्जना हुन्छ ।

सामान्यतया बिरामीमा जुन प्रकारको उपचार पद्धति अपनाइएको छ, त्यसबाट आमरूपमा हुने विपरीत प्रभाव (साइडइफेक्ट) र त्यसको सामना गर्ने तरिकाबारेको जानकारी उपचारमा सम्मिलित स्वास्थ्यकर्मीले बिरामीलाई गराउने गर्छन् ।

यदि तपाईं पनि क्यान्सरको उपचार गराइरहनुभएको छ भने उपचारका क्रममा तपाईंलाई कस्तो प्रभाव परिरहेको छ, कस्ता असहजता महसुस गरिरहनुभएको छ, अथवा मनमा कुनै प्रश्न वा चिन्ता छ भने पनि उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई अवश्य भन्नुहोस् । तपाईंमाथि परिरहेको उपचारको असरबारे उपचारमा संलग्न चिकित्सक सम्पूर्ण रूपमा अवगत हुनु जरुरी छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्यान्सरबारेको भ्रम उजागर गर्न पहिलोपटक अन्तर्राष्ट्रिय इम्युनोअंकोलोजी सम्मेलन

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय इम्युनोअंकोलोजी सम्मेलन भएको छ । नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा क्यान्सररोगबारेको भ्रम उजागर गर्न शुक्रबार राजधानीमा सम्मेलन गरिएको हो ।

इम्युनोअंकोलोजी क्यान्सर उपचारको नयाँ विधा हो । यसमा औषधिको प्रयोग गरी शरीरमा प्रतिरक्षाप्रणालीलाई बलियो बनाउँदै क्यान्सरका कोषिकाहरू मारेर क्यान्सररोगको उपचार गरिन्छ । सम्मेलनमा नेपाल, भारत र वंगलादेशका क्यान्सररोग विशेषज्ञ तथा स्वास्थ्यकर्मीले क्यान्सर रोग भ्रमको बारेमा उजागर गरेका छन् ।

क्यान्सररोग समयमा उपचार गरेको खण्डमा निको हुने र वर्षौंसम्म बाँच्ने डा. भोलाप्रसाद रौनियारले बताए । रौनियारले भने, ‘उच्च रक्तचाप, मुटुरोगको जीवनभर उपचार गर्नुपर्छ, तर क्यान्सररोग लागेको मानिसले समयमा उपचार पाएको खण्डमा निको हुन जान्छ ।’

जनमानसमा क्यान्सर सरुवारोग भएको भ्रम व्याप्त रहेको तर त्यस्तो नभएको डा. रौनियारले बताए । ‘धेरै वर्षसम्म लगातार ग्यास्ट्रिकको समस्या देखिएको खण्डमा पेटको क्यान्सर हुने सम्भावना धेरै हुन्छ,’ डा. रौनियारले भने ।

‘लामो समय सिसीमा राखेको अचारको सेवनले क्यान्सर गराउन सक्छ’
सम्मेलनमा डा. मदनकुमार उपाध्यायले क्यान्सर हुने सम्भावित कारणमा केही वंशानुगत भए पनि मुख्यतः खानपानको समस्याले क्यान्सर हुने बताए । ‘हामीले सेवन गर्ने गरेको धेरै समय सिसीमा राखेको अचारले क्यान्सर गराउन सक्छ । बढी नसा दिनेखालका वस्तुले क्यान्सरलाई बढावा दिन्छन्,’ डा. उपाध्यायले भने, ‘गुड्खा, रजनीगन्धमा बढी निकोटिनको मात्रा हुन्छ, जसका कारण धेरै सेवन गर्न पे्ररित गरेको हुन्छ ।’

‘मोबाइलको रेडिएसनले क्यान्सर हुँदैन’
त्यसैगरी, भारतबाट आएका क्यान्सररोग विशेषज्ञ डा. पूर्वीश पारिखले मोबाइलको रिडिएसनका कारण क्यान्सर नहुने बताए । जमराको जुस तथा भाङ खानाले र योग गर्नाले क्यान्सरपीडितको स्वास्थ्यमा केही फाइदा पुगे पनि पूर्णरूपमा निको नहुने उनले बताए । ‘क्यान्सररोगीका लागि जमराको जुस, भाङको कुनै खास सम्बन्ध छैन, तर सेवन गरियो भने स्वास्थ्यलाई केही राम्रो हुन्छ,’ डा. पारिखले भने, ‘क्यान्सररोग निको हुनका लागि पूर्ण रूपमा औषधिको सेवन गर्नुपर्छ ।’

बालक्यान्सररोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीले क्यान्सररोग बालबालिकामा बढी हुने बताए । तिवारीले भने, ‘जिनमा चोट पुग्न गएको खण्डमा बालबालिकामा मांसपेशी तथा हड्डीको क्यान्सर बढी हुन्छ ।’

अंकोलोजीको विधाले संसारभर प्रभाव पारिरहेकाले नेपालमा यसको उपयोगिता र अभ्यासबारे छलफल गर्नु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ । यो विधा निकट भविष्यमा क्यान्सर उपचारको मूल विधा हुने सम्मेलनका आयोजक तथा सहभागीको विश्वास छ । नेपालमा व्याप्त क्यान्सरसम्बन्धी अन्धविश्वास तथा झुटा इन्फर्मेसन र भ्रमको उजागर गर्न सम्मेलन गरिएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

४ वर्षमा ९ गुणाले बढे क्यान्सररोगी, ८ महिनामा ३५,३१७ ले लिए विपन्न नागरिक उपचार सेवा

पछिल्लो समय नेपालमा नसर्ने रोगको अवस्था विकराल बन्दै गएसँगै सरकारको विपन्न नागरिक उपचार कोषमार्फत राहत उपचार खर्च लिने बिरामीको संख्या गुणोत्तर श्रेणीमा बढ्दै गएको पाइएको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र क्यान्सरलगायत तोकिएका ८ रोगका बिरामीलाई प्रदान गरिने विपन्न नागरिक उपचार सेवा लिनेको संख्या ३५ हाजर नाघेको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । कार्यक्रमअन्तर्गत सरकारले तोकिएका रोगका बिरामीलाई १ लाख रूपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासको तथ्यांकलाई हेर्दा क्यान्सररोगीहरूको संख्या भयावह रूपमा बढ्दै गएको देखिएको छ । पछिल्लो ४ वर्षको समीक्षावधिको तथ्यांकलाई हेर्दा क्यान्सरका बिरामी ९ गुणाले बढेको देखिन्छ । आर्थिक वर्ष ०७२÷७३ समीक्षावधिमा २ हजार ५ सय ७७ क्यान्सररोगीले विपन्न नागरिक उपचार कोषमार्फत राहत रकम लिएकोमा ०७५÷७६ मा २३ हजार ९ सय ६८ ले सेवा लिएका छन् । त्यसैगरी, ०७३÷७४ मा ८ हजार ६ सय ४३ र ०७४÷७५ मा १० हजार ६ सय ८ जना क्यान्सररोगीले विपन्न नागरिक औषधोपचार सेवा लिएको सरकारी तथ्यांक छ ।

सरकारी राहत लिएका आधारमा मुटुरोगका बिरामी पनि क्रमशः बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७२÷७३ मा २ हजार ७ सय ८० जनाले सेवा लिएकोमा चालू वर्षको समीक्षा अवधिमा बढेर ४ हजार ४ सय ३३ जना पुगेका छन् । त्यसैगरी, ०७३÷७४ मा ३ हजार ३ सय ४२ जना र ०७४÷७५ मा ४ हजार २ सय ७६ जना मुटुका बिरामीले सेवा लिएको तथ्यांक छ ।

त्यसैगरी, पेरिटोनियल डायलाइसिस गराउने बिरामीको संख्या पनि बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ । यसअन्तर्गत उपचार सहायता लिनेमा ०७२÷७३ मा ८५ जना रहेकोमा ०७५÷७६ मा ६ सय ५० जना पुगेका छन् । त्यस्तै, ०७३÷७४ मा ८८ जना र ०७४÷७५ मा १ सय ८८ थिए । स्पाइनल इन्जुरीतर्फ ०७२÷७३ मा ९ जनाले सेवा लिएका थिकोमा ०७५÷७६ मा १ हजार १ सय ४९ पुगेका छन् । यसअन्तर्गत ०७३÷७४ मा १ सय ८२ र ०७४÷७५ मा ५ सय ३९ जनाले विपन्न नागरिक उपचार सेवा लिएको तथ्यांकले देखाएको छ ।
समग्रमा तोकिएका ८ वटा रोगका गरी चालू आर्थिक वर्षको समीक्षाअवधिमा ३५ हजार ३ सय १७ बिरामीले विपन्न नागरिक उपचार सेवा लिएका छन्, जुन संख्या अघिल्लो वर्षमा २१ हजार ८ सय २० थियो ।

स्वास्थ्यक्षेत्रको वृद्धिदर ६.७ प्रतिशत पुर्याउने लक्ष्य

अघिल्लो आर्थिक वर्ष ०७४÷७५ मा कुल गार्हस्थ उत्पादनमा स्वास्थ्यक्षेत्रको योगदान १.७ प्रतिशत थियो भने चालू आर्थिक वर्ष ०७५÷७६ मा यस क्षेत्रको योगदान १.८ प्रतिशत रहने अनुमान गरिएको छ । साथै, स्वास्थ्यक्षेत्रको वृद्धिदर आर्थिक वर्ष ०७४÷७५ मा ६.३ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७५÷७६ मा ६.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

कुल १ करोड ५ लाख बिरामीले लिए बहिरंग सेवा

चालू आर्थिक वर्षको फागुनसम्ममा कुल १ करोड ५ लाखपटक नेपालका सबै सरकारी, निजी र सामुदायिक स्वास्थ्यसंस्थाबाट बहिरंग सेवाप्रवाह भएको सरकारी तथ्यांक छ । यस अवधिमा ४ लाख ८३ हजार बिरामी अस्पताल भर्ना भएका छन् भने ८ लाख ७५ हजारले आकस्मिक सेवा लिएका छन् ।

६३ जिल्ला र प्रदेश ३ खुला दिसामुक्त क्षेत्र घोषित
सबै नागरिकमा आधारभूत सफाइ सुविधाको पहँुज सुनिश्चित गरी खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने संकल्पका साथ सरसफाइ अभियानलाई दशैभर एउटा सामाजिक आन्दोलनका रूपमा अगाडि बढाइएको सरकारको दाबी छ । चालू आर्थिक वर्षको समीक्षाअवधिमा कुल ४ सय ३६ गाउँपालिका २ सय ४९ नगरपालिका, ६३ जिल्ला र प्रदेश ३ खुला दिसामुक्त क्षेत्र घोषित भएका छन् । यद्यपि, सरकारका निकायहरूबीचले पूर्वाधार विकासविनै हचुवाका भरमा खुला दिसामुक्त क्षेत्र घोषणामा होडबाजी गरिरहेको र जमिनी यथार्थ फरक रहेका गुनासाहरू सुनिने गरेका छन् ।

 

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रक्त क्यान्सरका सुरुवाती ६ लक्षण

– ब्लड क्यान्सरका सुरुवाती लक्षण निकै सामान्य हुन सक्छन्
– छालामा डाबर वा फोकाहरू तथा रङमा बदलाव ब्लड क्यान्सरका लक्षण हुन सक्छन्
– उपचारमा ढिलाइ हुँदा ब्लड क्यान्सर खतरनाक हुन्छ

ब्लड क्यान्सर एक खतरनाक रोग हो । हामी धेरैलाई थाहै छ, हाम्रो रगत दुईप्रकारका कोषिका (सेल) मिलेर बनेको हुन्छ, रातो रक्तकोषिका र सेतो रक्तकोषिका । हाम्रो शरीरमा पर्याप्त रगत हुनु अति आवश्यक छ, किनकि, शरीरका विभिन्न अंगसम्म अक्सिजन तथा अन्य पोषकतत्वहरू रगतको माध्यमले नै पुग्दछन् । ब्लड क्यान्सरको सुरुवात बोनम्यारोबाट हुन्छ, किनकि, रगत बोनम्यारोमै बन्छ । ब्लड क्यान्सर विभिन्नप्रकारका हुन्छन् । सुरुवाती अवस्थामा ब्लड क्यान्सरका लक्षण अति नै सामान्य हुन्छन्, जसलाई मानिसले बेवास्ता गरिदिन्छन् र पछि यसले घातक रूप धारण गर्छ । तसर्थ, ब्लड क्यान्सरबारे समयमै सचेत रही समयमै उपचार गराउनका लागि यसका सुरुवाती सामान्य लक्षणहरूबारे ज्ञान हुनु अति नै आवश्यक छ, जसलाई यहाँ प्रस्तुत गरिन्छ ।

१. बारम्बार इन्फेक्सन हुनु
ब्लड क्यान्सर हुँदा बिरामी बारम्बार इन्फेक्सनको सिकार हुन्छ । वास्तवमा, ब्लड क्यान्सरमा बिरामीको रगतमा यस्ता कोषिका (सेल) विकसित हुन्छन्, जसले स्वस्थ सेललाई नोक्सान पुर्याउन थाल्छन् । हाम्रो शरीरका प्रत्येक अंगमा रगत पुग्छ, यसैले ब्लड क्यान्सरको लक्षण पनि शरीरका कुनै पनि अंगमा देखिन सक्छ । सामान्यतया ब्लड क्यान्सर हुँदा बिरामीको छालाको इन्फेक्सन, जस्तै, छालाको रङ रातो, कालो वा खैरो हुनु, डाबर वा फोका हुनु), फोक्सोको इन्फेक्सन हुनु, घाँटी वा मुखको इन्फेक्सन हुनुजस्ता लक्षण देखापर्न सक्छन् । कुनै एक अंगको मात्र नभई एकैसाथ धरैकिसिमका इन्फेक्सन पनि हुन सक्छन् ।

२. घाउचोट लाग्दा रगत बन्द नहुनु
हाम्रो शरीरमा जब घाउचोट लाग्छ, सामान्यतया केही समयमै रगत आफैँ बन्द हुन्छ । यसको कारण यो छ कि, बाहिरी हावाको सम्पर्कमा आउँदा रगतको जम्ने प्रक्रिया सुरु हुन्छ । तर, ब्लड क्यान्सरको बिरामीमा यस्तो हुँदैन । यदि कुनै व्यक्तिमा घाउचोट लाग्दा केहीबेरमा रगत बग्न बन्द हुँदैन वा घाउ निको हुन वा पुरिन सामान्यभन्दा बढी समय लाग्छ भने यो ब्लड क्यान्सरको संकेत हुन सक्छ । यसका अलावा घाउचोट नलागेको अवस्थामा विनाकारण नाक वा गिजाबाट निस्कनु तथा महिनावारीको समयमा अत्यधिक रगत बग्नु पनि ब्लड क्यान्सरका संकेतमा पर्दछन् । त्यसैले यस्ता लक्षण देखिएमा समयमै चिकित्सकसित जाँच गराउनु आवश्यक हुन्छ ।

३. हर समय थकान र सुस्तता
थकान र सुस्तता निकै सामान्य लक्षण हुन्, जुन जुनसुकै अवस्थामा हामीमा देखिन सक्छ । तर, थकानका कारण हाम्रो नियमित काममा समस्या आउन थाल्यो र दिनभर नै सुस्त रहन पुगिन्छ भने एकपटक स्वास्थ्यजाँच गराउनुपर्ने हुन्छ । किनकि, यो ब्लड क्यान्सरको सुरुवाती लक्षण पनि हुन सक्छ ।

४. तीव्र गतिमा वजन कम हुनु
यदि हामीमध्ये कसैलाई अचानक आफ्नो वजनमा कमी आएको महसुस भइरहेको छ भने सबैभन्दा पहिले आफ्नो वजन तौलनु आवश्यक छ । यदि महिना दिनभित्रै विना कुनै प्रयास साढे २ किलोग्रामभन्दा बढी तौल घटेमा यो शरीरमा कुनै समस्याको संकेत हुन सक्छ । ब्लड क्यान्सर हुँदा पनि व्यक्तिको वजन विनाकारण कम हुन थाल्छ ।

५. जोर्नी तथा हड्डीमा पीडा हुनु
शरीरका जोर्नीहरूमा पीडा हुने समस्यालाई पनि हामी ज्यादै सामान्य मान्ने गर्छौं । सामान्यतया जोर्नीहरूमा पीडा हुनुका अनेक कारण हुन सक्छन्, जसमा बाथ, थकान, चोटपटक, हड्डीको कमजोरीलगायत पर्दछन् । तर, हाम्रो जोर्नी वा हड्डीमा हुने पीडाको कारण ब्लड क्यान्सर पनि हुन सक्छ ।

६. भोक कम लाग्नु तथा पेटको रोग हुनु
ब्लड क्यान्सरले हाम्रो पाजनतन्त्रलाई समेत नराम्ररी प्रभावित बनाउँछ । त्यसैकारण ब्लड क्यान्सर हुँदा मानिसमा भोक कम लाग्ने हुन्छ र कब्जियत तथा अपच हुने, दिसा तथा पिसाबमा रगत जानेजस्ता पेटका अनेककिसिमका लक्षण देखिन्छन् । हामीमा यदि यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकसित यसको कारण जान्ने प्रयत्न गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंमा मात्रै ६ महिनामा क्यान्सरका ७ सय २ नयाँ बिरामी, फोक्सो र स्तन उच्च जोखिममा

काठमाडौं उपत्यकामा ६ महिनामा ७ सय २ जना क्यान्सरका नयाँ बिरामी देखापरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको पहिलो ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यो सन् २०१८ को जनवरीदेखि जुन महिनासम्मको विवरण हो । क्यान्सरका नयाँ बिरामीमध्ये सबैभन्दा बढी ७० देखि ७४ वर्ष उमेरसमूहका पाइएका छन् ।

उपत्यकामा ६ महिनाको अवधिमा ३ सय २३ पुरुष र ३ सय ७९ महिलामा क्यान्सर पाइएको हो । परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार उक्त अनुसन्धानमा पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर पाइएको छ भने दोस्रोमा ओठ तथा मुखको क्यान्सर पाइएको छ । त्यसैगरी, पुरुषमा आन्द्रा तथा गुदद्वारको क्यान्सर तेस्रो नम्बरमा देखिएको छ । महिलामा भने स्तनक्यान्सरको स्थान पहिलो छ । त्यसैगरी, दोस्रोमा फोक्सोको क्यान्सर र तेस्रोमा पाठेघरको क्यान्सरबाट महिला पीडित रहेको तथ्यांकले देखाएको छ । क्यान्सर रजिस्ट्रीको पूर्ण तथ्यांक आउन भने अझै केही समय लाग्ने परिषद्ले जनाएको छ ।

उपत्यकामा ६ महिनाको अवधिमा ३ सय २३ पुरुष र ३ सय ७९ महिलामा क्यान्सर पाइएको हो । परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार उक्त अनुसन्धानमा पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर पाइएको छ भने दोस्रोमा ओठ तथा मुखको क्यान्सर पाइएको छ । त्यसैगरी, पुरुषमा आन्द्रा तथा गुदद्वारको क्यान्सर तेस्रो नम्बरमा देखिएको छ ।

भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा (६३ प्रतिशत) क्यान्सरका बिरामी पाइएका छन् । त्यस्तै, दोस्रो नम्बरमा ललितपुर जिल्लामा (२१ प्रतिशत) र तेस्रोमा भक्तपुरमा (१६ प्रतिशत) क्यान्सररोगी भेटिएको तथ्यांक छ । विभिन्न जातजातिमध्ये काठमाडौं उपत्यकामा नेवार जातिमा क्यान्सरको प्रकोप बढी (३९ प्रतिशत) पाइएको छ । त्यसैगरी, दोस्रोमा बाह्मण/क्षेत्री (३७ प्रतिशत) र तेस्रोमा अन्य जनजाति (१९ प्रतिशत) क्यान्सरपीडित रहेको पाइएको अधिकृत धिमालले बताए ।

नेपालमा पनि यसरी नै क्यान्सर प्रमुख समस्या बनिरहँदा एकीकृत तथ्यांकको भने अभाव रहेको छ । यद्यपि, सन् २००३ देखि अस्पतालमा आधारित क्यान्सर रजिस्ट्री सुरु भए पनि विभिन्न भौगोलिक क्षेत्रमा बसोवास गर्ने मानिसमा क्यान्सरको स्थिति के–कस्तो छ भन्ने यकिन आँकडा हालसम्म उपलब्ध नभएको परिषद्को भनाइ छ ।

क्यान्सरसम्बन्धी विश्वसनीय तथ्यांकका लागि जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री हुनुपर्छ । यही अपरिहार्यतालाई आत्मसात् गरेर नेपालको कुन क्षेत्र (जिल्ला)मा बसोवास गरिरहेको जनसंख्यामध्ये कतिमा एक वर्षभित्र नयाँ क्यान्सर देखापरेको छ, कुन अंगको क्यान्सरको प्रकोप बढिरहेको छ र एक वर्षमा कुन क्षेत्रमा कति मानिसको क्यान्सरका कारण मृत्यु भएको छ भन्ने कुराको यकिन तथ्यांक निकाल्न क्यान्सर रजिस्ट्री प्रणाली प्रारम्भ भएको परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउँछन् ।

यस्तो तथ्यांक अद्यावधिक भए मात्रै त्यसका आधारमा उपचार, रोकथामका कार्यक्रम र दीर्घकालीन योजना तर्जुमा गर्न सहज हुन्छ । साथै, क्यान्सरको रोकथाम तथा उपचारका लागि कार्यक्रम, जनशक्ति उत्पादन, स्वास्थ्यसंस्था निर्माणजस्ता विषयमा नीति तथा योजना निर्माण गर्न सरकारसमक्ष आग्रह गर्न जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री गर्नु आवश्यक रहेको परिषद्को भनाइ छ ।

नागरिकमा उपचारका क्रममा सामाजिक तथा आर्थिक भार थप्दै गएको स्वास्थ्यसमस्यामध्ये क्यान्सर प्रमुख हो । तथ्यांकअनुसार विश्वमा हुने कुल मृत्युको दोस्रो प्रमुख हिस्सा क्यान्सरले ओगटेको छ । क्यान्सरका कारण सन् २०१८ मा मात्र ९६ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालका भिन्नाभिन्नै भौगोलिक क्षेत्र समावेश हुने गरी हाल ९ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, सिरहा, सप्तरी, धुनषा, महोत्तरी, पश्चिम रुकुम र पूर्वी रुकुम)मा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री भइरहेको छ । उल्लेखित जिल्लामा बसोवास गर्ने मानिसले क्यान्सररोगको निदान तथा उपचारका जान सक्ने सम्भावित सम्पूर्ण स्वास्थ्यसंस्था, अस्पताल, प्याथोलोजी, हस्पिस, आयुर्वेद, सामाजिक स्वास्थ्य सुरक्षा शाखा आदि स्थानबाट सन् २०१८ मा पत्ता लागेका क्यान्सर बिरामीको संख्या तथा सन् २०१८ मा क्यान्सरका कारण मृत्यु हुन पुगेका मानिसको आवश्यक विवरण संकलन गरी अन्तर्राष्ट्रिय क्यान्सर रजिस्ट्री (IARC) द्वारा मान्यताप्राप्त सफ्टवेर (Canreg)को सहायताले विवरण नदोहोर्याईकन तथ्यांक संकलन भइरहेको छ । यसरी क्यान्सरका बिरामी तथा मृतकको विवरण संकलनमा हालसम्म नेपाल तथा नेपालबाहिरका गरी ४८ किसिमका स्रोत प्रयोग भइरहेका छन् ।

जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री कार्यक्रमलाई यथाशीघ्र हरेक जिल्लामा अभियानकै रूपमा विस्तार गर्नुपर्ने परिषद्को सुझाब छ । यस तथ्यांकले आगामी दिनमा क्यान्सररोगको भार नेपालका कुन क्षेत्रको बासिन्दामा कति छ भनेर सही तथ्यांक उपलब्ध गराउँछ र त्यसैका आधारमा क्यान्सरको रोकथाम तथा उपचारसम्बन्धी नीति–निर्माण तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा अगाडि बढ्नुपर्ने अधिकृत डा. धिताल बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वमा देखिएका प्रमुख आठ स्वास्थ्य समस्या

स्वास्थ्य समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, १. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । २. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगत हुन्, जब कि, विगतमा सरुवारोग मुख्य समस्या थियो भने अहिले नसर्ने रोगको महामारी छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या–

१. क्यान्सर
क्यान्सर २१औँ शताब्दीको सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनको प्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्य पदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणले पनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।
विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।
नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाट जोगिने मुख्य उपाय हुन् ।

विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।

२. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएको समयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरका सबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (र्याटिनोप्याथी, ग्लुकोमा), छालाको संक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाट बच्ने उत्तम विकल्प हो ।
३. मुटुरोग
मुटुसम्बन्धी रोग जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारका क्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामको कमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
धूमपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम, कम बोसोयुक्त खाना र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।

४. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्था जाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमा बाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोक नलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षण हुन् ।
कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नाले किड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा जोड दिन्छन् ।

स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् ।

५. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्को मस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन् भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ । नियमित शारीरिक व्यायामले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्न सघाउँछ ।

६. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमा भ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भिडभाडमा नजाने गर्नुपर्छ ।

७. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् । यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्या निम्त्याउन सक्छ । कुनै पनि बेनसम्बन्धी रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।

८. एड्स
चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजासो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ । सब–साहारन अफ्रिका यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५ दशमलव ८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ । जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरका फ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ । त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्य उपाय हुन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

महिलामा क्यान्सर : विकसित मुलुकमा घट्दै, नेपालमा बढ्दै

विकसित देशहरूमा घट्दो क्रममा रहेका महिलामा हुने क्यान्सर नेपालमा भने बढ्दै गएको पाइएको छ । विकसित देशहरुले रोकथामका उपाय, समयमा पहिचान र उपचारबाट विरामी हुने दर र मृत्युदर पनि घट्दै गएपनि नेपालमा महिलामा हुने क्यान्सर बढ्दै गएको छ ।

परिवर्तित जीवनशैली, व्यायामको अभाव, जंकफुड फास्टफुडको अत्याधिक प्रयोगजस्ता कारणले क्यान्सर बढ्दै गएको चिकित्सकहरु बताउछन् ।
तथ्यांकअनुसार नेपालमा पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा बढी र क्रमशः फोस्सो क्यान्सर, डिम्मासयको क्यान्सर, पितथैली क्यान्सर, पेट, आमाशयको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञ डा. किशोर कुमार प्रधानांगले बताए ।
महिलामा बढी मात्रामा हुने पाठेघर र स्तन क्यान्सर नियमित जाँचबाट समयमै पहिचान र उपचारसमेत गर्न सकिने भएपनि नेपालमा चेतना अभावमा घट्नुको साटो बढ्दो रहेको डा. प्रधानांगको भनाई छ ।

समयमा सेतो पानीको परीक्षणले क्यान्सर भईसकेको वा ५–७ बर्षपछि हुने पाठेघर मुखको क्यान्सरको समेत संकेत दिन्छ । डा. बराल भन्छन्,‘ त्यसैले सेतो पानीको जाँच कुनै पनि विवाहित महिलाले गर्न जरुरी छ । (एचपिभी) भाइरसको संकम्रणले गर्दा पााठेघरको मुखको क्यान्सर हुन्छ ।’

नेपालमा स्वास्थ्य संस्थामा उपचार गर्नेको पुगेको बिरामीको तथ्यांक हेर्दा ५४ प्रतिशत महिला तथा ४६ प्रतिशत पुरुषमा क्यान्सर भएको पाइएको छ ।
बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले अहिले युवतीमा स्तन क्यान्सर बढिरहेको र यसले आगामी दिनमा अहिले प्रमुख रहेको पाठेघरको मुखको क्यान्सर पनि पछाडी पार्ने संकेत देखिएको बताए । क्यान्सर नेपालमा बर्षनै २८ देखि ३० हजारसम्म क्यान्सरको बिरामी भेटिने गरेका छ । जसमध्ये २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ ।

चिकित्सकहरुका अनुसार समयमा सेतो पानीको परीक्षणले क्यान्सर भईसकेको वा ५–७ बर्षपछि हुने पाठेघर मुखको क्यान्सरको समेत संकेत दिन्छ । डा. बराल भन्छन्,‘ त्यसैले सेतो पानीको जाँच कुनै पनि विवाहित महिलाले गर्न जरुरी छ । (एचपिभी) भाइरसको संकम्रणले गर्दा पााठेघरको मुखको क्यान्सर हुन्छ ।’

पाठेघरको मुखको क्यान्सरलाई खोपले पूर्ण रुपमा रोकथाम गर्छ भन्ने पहिचान भइसकेको छ । ‘सुरुमै गाडासिन भन्ने खोप दिएको खण्डमा क्यान्सर हुँदैन भनेर प्रमाणित पनि भएको छ ।’ डा. बराल भन्छन्, । पाठेघर क्यान्सर रोकथामका लागि नेपालमा सन् २००६ देखि खोप सुरु भएपनि थोरै किशोरीले मात्रै यो पाएका छन् । यो खोपले ११–१२ वर्षदेखि २१ वर्षसम्म काकिशोरी लाईएचपिभी ६, ११, १६ र १८ विरुद्धलड्न सक्ने बनाइदिन्छ ।

प्रधानांगका अनुसार पाठेघरको पानी (प्यापस्मेयर) जाँचबाट पाठेघर र मेमोग्राम गरेर स्तनको क्यान्सर समयमै पहिचानग गर्न सकिन्छ । चिकित्सककाअनुसार विवाहित महिलाले प्रत्येक वर्ष नै प्यापस्मेयर जाँच गर्नु राम्रो हुन्छ । यो जाँच महंगो पनि छैन ।‘यीदुई प्रकारका क्यान्सर कम गर्न सके झन्डै ३५ प्रतिशत कारक रोकथाम गर्न सकिन्छ ,’ प्रधानांगले भने, ‘हाम्रोमा जनचेतना जगाउने र स्क्रिनिङको कार्यक्रम नै छैन,’ ।

डा.बरालका अनुसार विकसित देशका महिलाले परास्त गरिसकेको पाठेघरको मुखको क्यान्सर नेपालमा अहिले पनि महिलामा हुने प्रमुख क्यान्सर हो । यसै कारणले नेपालमा महिला क्यान्सर रोगीको संख्या बढी भएको चिकित्सकहरु बताउछन् ।बिपी कोइराला क्यान्सर अस्पताल, भरतपुरले संकलन गरेको तथ्यांकका आधारमा नेपालमा १० वर्ष (सन् २००३–०१८) मा ५६ हजार क्यान्सर रोगीपहिचान भएकोमा ५४ प्रतिशतमहिला र ४६ प्रतिशत पुरुष छन् ।

स्तनमा आफैं छाम्दा पनि गाँठा भेटिने हुनाले स्तन क्यान्सर पनि सजिलै पत्ता लगाउन सकिने चिकित्सक बताउँछन् । स्तन क्यान्सरले नेपालमा महिलामा हुने कुल क्यान्सरको १६ प्रतिशत हिस्सा ओगटेको छ । डा. बरालका अनुसार अधिकांश क्यान्सरका बिरामी ‘थर्ड’ वा ‘फोर्थ’ स्टेजमा मात्रै अस्पताल पुग्छन् ।

चिकित्सकहरूका अनुसार वंशाणुगत कारणले हुने क्यान्सर पनि विकसित देशहरूमा घट्दो क्रममा छ । रोकथाम सम्भव हुने पाठेघरको मुखको क्यान्सर रोक्न सकेकै कारण विकसित देशमा महिला भन्दा पुरुष क्यान्सर रोगीको संख्या बढी हुने गरेको डा. बराल बताउछन् ।
क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर मात्र पूर्वअवस्थामा सजिलै पत्ता लगाउन सकिन्छ । विकसित देशमा न्यून मात्रामा भेटिने पाठेघरको मुखको क्यान्सर नेपालमाझन्डै २१ प्रतिशत हुन्छ ।

त्यसैगरी, स्तनमा आफैं छाम्दा पनि गाँठा भेटिने हुनाले स्तन क्यान्सर पनि सजिलै पत्ता लगाउन सकिने चिकित्सक बताउँछन् । स्तन क्यान्सरले नेपालमा महिलामा हुने कुल क्यान्सरको १६ प्रतिशत हिस्सा ओगटेको छ । डा. बरालका अनुसार अधिकांश क्यान्सरका बिरामी ‘थर्ड’ वा ‘फोर्थ’ स्टेजमा मात्रै अस्पताल पुग्छन् ।

डा. प्रधानांगका अनुसार महिलामा पाठेघर र स्तन क्यान्सर र पछि क्रमशःफोक्सो, डिम्बाशय, पित्तथैली पेट, रगत, थाइराइड, दिनशानलीको क्यान्सर बढी छ । त्यसैगरी पुरुषमा १९ प्रतिशत फोक्सोको क्यान्सरका रोगी छन् । जसको प्रमुखकारण धूमपान हो । यसबाहेक पुरुषमा पेट, रगत, घाँटी, पिसाब थैली, खानानली, मुख तथा जिब्रो, दिशानली र पित्तथैलीको क्यान्सर बढी छ । स्क्रिनिङ र जनचेतनाको पाटो बढाउने हो भने, महिलामा हुने अधिकांश क्यान्सर घटाउन सकिने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकका अनुसार साधारणतया क्यान्सर ४० बर्ष उमेरपछि देखापर्ने भएपनि नेपालजस्ता अविकसित देशमा ३० बर्ष अथवा सो भन्दा कम उमेरमै देखापर्ने गरेको छ ।
नेपालमा भरतपुर, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंका वीर, त्रिवि शिक्षण, कान्ति, पाटन, प्रसुती, मणिपाल क्यान्सर, नेपालगन्जलगायत केही निजी अस्पतालमा उपचार हुन्छ ।

पाठेघर क्यान्सरको प्रमुख कारण एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) भएको चिकित्सक बताउँछन् । कुपोषण, खानेपानी, सरसफाइ र यौनसम्पर्कबाट यो भाइरस सर्छ । यौनसम्पर्कले यसको वृद्धिमामहत्वपूर्ण भूमिका निर्वाह गर्छ । करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीसँग सम्बन्धित रहेको पाइएको छ ।

कम उमेरमा विवाहर यौनसम्पर्क हुनु, एकभन्दा बढी जनासँग यौनसम्पर्क राख्नु, कम उमेरमाधेरै बच्चा जन्माउनु, उचित सरसफाइ नगर्नु, सुर्तीजन्यपदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्तांग सम्बन्धी दीर्घ रोगी हुनु पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हुन् । विकिरण, प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रुपमा लिइएको छ ।

यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एकपटक उक्त भाइरसले सताउँछ । एचपिभी धेरै प्रकारको हुने भएपनि १३ प्रकारले मात्र पाठेघर मुखको क्यान्सर निम्त्याउँछ । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभी भाइरस–१६र १८ को संक्रमणले भएको पाइएको छ ।
कम उमेरमा विवाहर यौनसम्पर्क हुनु, एकभन्दा बढी जनासँग यौनसम्पर्क राख्नु, कम उमेरमाधेरै बच्चा जन्माउनु, उचित सरसफाइ नगर्नु, सुर्तीजन्यपदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्तांग सम्बन्धी दीर्घ रोगी हुनु पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हुन् । विकिरण, प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रुपमा लिइएको छ ।

शरीरमा कोषहरु बन्ने र निश्चित समयपछि नष्टहुने प्रक्रिया जारी रहन्छ । कोषको विभाजन, यसको नष्ट र डिएनए निर्माण महत्वपूर्ण भूमिका निभाउने वंशाणुमा खलल पुग्यो भने निर्माण प्रक्रिया अनियान्त्रित भई क्यान्सर हुन्छ ।

विश्वमा प्रतिबर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । अन्दाजी २ लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा बर्षेनी ४० हजार नयाँ क्यान्सरका बिरामी थपिने अनुमान छ । त्यसमध्ये करिब २५ प्रतिशत मात्र अस्पतालमा उपचार गराउने गरेको पाइएको छ ।

क्यान्सर रोगमा हुन सक्ने चिन्ह र लक्षण
१. खकारमा रगत देखापर्ने वा निको नहुने खोकी
२. घाउहरु लामो समयसम्म निको नहुने
३. महिनावारी नभएको बेलामा रगत देखिनु वा महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुन’ वा सहबासपछि रक्तस्राव हुनु ।
४. स्तनमा गाँठा–गोठी देखिनु, मुुन्टोबाट रगत मिसिएको दुध आउन वा मुन्टो दबिनु ।
५.खाना निल्न गाह्रो हुनु वा स्वर परितर्वन वा धोद्रो हुनु ।
६. छोटो समयमा नै शरीरको वजन धेरै घट्नु’, रक्तअल्पता देखिनु र बारबार ज्वरो आइरहनु ।

क्यान्सरबाट बच्ने उपाय
१.चुरोट, बँडी, खैनी, सुर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने
२. बासी , सडँेगलेका र ढँुसी परेका खाना नखाने
३. पालेको डढेको मासु तथा अन्य खानेकुरा नखाने
४.अखाद्य रङ प्रयोग गरिएका खानेकुरा नखाने
५. चिल्लो बासोयुक्त खानेकुराहरु नखाने
६. धुलो, धुँवा तथा वातावरणीय प्रदुषणबाट जोगिने
७. स्तन गिर्खा, गाँठागाठी पलाएको छ–छैन, प्रत्येक महिनामा आफैंले राम्ररी छामेर हेर्ने र फेला परे चिकित्सकसँग परामर्श लिने
८. गुप्ताङग सधैं सफा राख्ने।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्यान्सरमा केमोथेरापीबारे जान्नैपर्ने कुरा

डा. कमलराज सोती

मानिसको शरीरमा अनियन्त्रित हिसाबले कोष तथा कोषिकाकोे संख्या बढ्नु क्यान्सर हो । यसरी अनियन्त्रित रूपमा बढेका कोषिकालाई नष्ट गर्न औषधि दिनुलाई केमोथेरापी भनिन्छ । केमोथेरापी विभिन्न तरिकाले दिने गरिन्छ । इन्जेक्सन तथा ट्याब्लेटको प्रयोग गरेर पनि दिन सकिन्छ । केमोथेरापी औषधिको प्रयोगबाट गरिने उपचार प्रविधि हो । वैज्ञानिक आधारमा पहिलेदेखि चलिआएको भनेको इन्जेक्सनबाट दिने केमोथेरापी हो ।

अहिले ट्याब्लेटबाट दिइने ‘टार्गेटेड एजेन्ट्स’ नामक नयाँ प्रविधि आएको छ । हर्माेन परिवर्तनका लागि दिइने केमोथेरापीलाई हर्माेनल एजेन्ट्स भनिन्छ । केमोथेरापीको क्षेत्रमा विकास भएका पछिल्ला प्रविधि ट्याब्लेटबाट दिइने टार्गेटेड एजेन्ट्स र इमिनोथेरापी हुन् ।

क्यान्सरको प्रकृति र केमोथेरापी
क्यान्सरको प्रकार तथा प्रकृति हेरेर केमोथेरापी दिने गरिन्छ । कुनै प्रकृतिको क्यान्सरलाई केमोथेरापीले एकदमै राम्रो प्रभाव पारी सुक्ने गर्छ । कुनै केमोथेरापीले सेकाउँदा राम्रो हुने प्रकृतिका क्यान्सर छन् भने कुनै–कुनैमा शल्यक्रिया नै पनि गराउनुपर्ने हुन्छ । क्यान्सरको प्रकृतिअनुसार केमोथेरापी दिने गरिन्छ । जस्तै, गिर्खाको क्यान्सर छ भने त्यसलाई केमोथेरापीले बढी काम गर्ने गर्छ । त्यस्तै, अण्डकोषको क्यान्सरमा केमोथेरापीले बढी नै काम गर्छ । त्यसैले क्यान्सररोग विशेषज्ञले यी क्यान्सरहरूमा सुरुको अवस्थादेखि नै केमोथेरापी दिने गर्छन् ।

स्टेजको हिसाबले पनि केमोथेरापी चाहिने या नचाहिने भनी छुट्याउने गरिन्छ । पहिलो स्टेजभन्दा पनि स्टेज बढ्दै जाँदा केमोथेरापीको आवश्यकता बढी पर्दै जान्छ । क्यान्सरको चौथो स्टेजमा केमोथेरापीको नै बढी प्रभाव हुन्छ ।
नेपालमा अन्यभन्दा फोक्सोका रोगीको संख्या बढ्दो छ । त्यसपश्चात् महिलामा हुने पाठेघरको क्यान्सर बढी मात्रामा छ । त्यसपश्चात् स्तनक्यान्सर, ठूलो आन्द्राको क्यान्सर रहेको छ भने अन्य विभिन्न अंगहरूको क्यान्सर पनि पाइएका छन् ।
फोक्सोको क्यान्सर भएमा इन्जेक्सनबाट पनि केमोथेरापी दिन सकिन्छ । यसका साथै ट्याब्लेटबाट तथा इमिनोथेरापीको माध्यमबाट पनि केमोथेरापी गराउन सकिन्छ । फोक्सोको क्यान्सर भएको चौथों अवस्थामा यस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।

दोस्रोमा महिलालाई देखिने गरेको पाठेघरको मुखको क्यान्सरमा बढी मात्रामा सेकाइको भूमिका रहन्छ । तर, चौथो स्टेजमा गइसकेपश्चात् भने पाठेघरको मुखको क्यान्सरमा पनि केमोथेरापीको भूमिका धेरै हुने गर्छ । यस अवस्थामा इन्जेक्सनको सहायताले औषधि दिने गरिन्छ । त्यसैगरी स्तनक्यान्सरमा पनि स्टेज हेरेर उपचार हुने गर्छ । स्तन क्यान्सरमा सबैभन्दा पहिले शल्यक्रिया गरिन्छ । शल्यक्रियापश्चात् इन्जेक्सनबाट बिरामीलाई केमोथेरापी दिने गरिन्छ । यदि इन्जेक्सनबाट केमोथेरापी दिइसकेपश्चात् पनि सेकाइको जरुरत छ भने त्यो पनि गरिन्छ । यसको अन्तिम उपचारका रूपमा हर्माेनल औषधि दिने गरिन्छ । तसर्थ, स्तनक्यान्सरको उपचारमा इन्जेक्सनका साथसाथै हर्माेनल औषधिको समेत आवश्यकता पर्ने गर्छ ।

यो क्यान्सरको प्रकृतिमा निर्भर हुन्छ । कतिपयलाई एक साताको फरकमा केमोथेरापी दिनुपर्ने हुन्छ । त्यसैले केमोथेरापी ठ्याक्कै यति नै समयमा दिने भन्ने हुँदैन । क्यान्सरको प्रकृतिअनुसार यसको आवश्यकता निर्धारण हुन्छ । यो इन्जेक्सनको हकमा भयो ।

प्रविधि तथा उपकरण
केमोथेरापीका लागि खासै जटिल प्रविधिको प्रयोगचाहिँ गरिँदैन । यसमा कस्तो बिरामीलाई कस्तो प्रकारको केमोथेरापी दिने भन्ने निर्णय महत्वपूर्ण रहन्छ । कुन प्रकारको केमोथेरापीको असर तथा डोज के हुन्छ भन्ने कुराले यसमा अर्थ राख्छ । कति अवधिमा केमोथेरापी दिने, त्यसको फाइदा तथा बेफाइदा के हुन् भन्ने कुरा महत्वपूर्ण हुन्छन् ।

यसका लागि मेसिनको खासै आवश्यकता नपरे पनि मेसिन मिक्स गर्नका लागि एक प्रकारको ‘केमो क्याबिनेट’ नामक मेसिनको भने प्रयोग गरिन्छ, जसमा केमोथेरापीहरू मिक्स गर्ने गरिन्छ । त्यसको तयारीका क्रममा धुलोहरू आउने गर्छ, त्यसले केमोथेरापी बनाउने मान्छेको स्वास्थ्यमा केही असर भने गर्छ । क्यान्सरसम्बन्धी तालिमप्राप्त नर्सले यसरी तयार गरिएको केमोथेरापी दिने गर्छन् ।

एन्टिबायोटिकले जसरी कीटाणुलाई मार्ने गर्छ, त्यसरी नै केमोथेरापीले कोषिकाहरूलाई नष्ट गर्ने हो । तर, डोज बढी दिनुपर्ने, असरहरू बढी हुने, बारम्बार दिनुपर्ने भएको हुनाले यसमा डाक्टर तथा नर्सले बढी ध्यान दिनुपर्ने हुन्छ । यसमा बिरामीले डाक्टरको सल्लाहबमोजिम काम गर्नु एकदमै जरुरी छ ।

केमोथेरापी र समयको अन्तराल
यो क्यान्सरको प्रकृतिमा निर्भर हुन्छ । कतिपयलाई एक साताको फरकमा केमोथेरापी दिनुपर्ने हुन्छ । त्यसैले केमोथेरापी ठ्याक्कै यति नै समयमा दिने भन्ने हुँदैन । क्यान्सरको प्रकृतिअनुसार यसको आवश्यकता निर्धारण हुन्छ । यो इन्जेक्सनको हकमा भयो ।
त्यस्तै, ट्याब्लेटको कुरा गर्नुपर्दा कुनै–कुनै ट्याब्लेट दिनहुँ दिने गरिन्छ । त्यसले बिरामीमा पार्ने असरको अवस्था हेरी दिनहुँ दिने गरिन्छ । कतिपय अवस्थामा मासिक रूपमा ट्याब्लेट फरक पारेर पनि प्रयोग गर्ने गरिन्छ ।

केमोथेरापीको प्रयोग र प्रभावकारिता
यसको प्रयोग नितान्त डाक्टरको सीप तथा ज्ञानसँग जोडिएर आउने विषय हो । हालको सूचना–प्रविधिको जमानामा सबै प्रविधिको ज्ञान इन्टरनेटबाट पनि पाउन सकिन्छ । विशेषखालको दक्षता भएको डाक्टरले प्रविधिको बदलिँदो परिवेशसँग आफूलाई जोड्न सक्नुपर्छ । विश्वमा उपलब्ध केमोथेरापीका विकसित प्रविधिबारे अध्ययन गरेर त्यहीअनुरूप नेपालका बिरामीमा प्रयोग गर्न सकिन्छ ।

प्रविधिकै कुरा गर्नुपर्दा केमोथेरापीमा नेपालमा सबै प्रकारका प्रविधि उपलब्ध छन् । यदि कुनै चिजको अभाव भएमा हामीले विदेशबाट पनि त्यस्ता प्रविधि मगाउन सक्ने अवस्था छ । त्यसैले विश्वस्तरमा प्रयोग भइरहेको केमोथेरापी र नेपालमा उपलब्ध केमोथेरापीमा खासै अन्तर छैन । तर, त्यस्तो प्रविधिबारे डाक्टर जानकार भने हुनुपर्छ ।

पहुँच
नेपाल सरकारले विपन्न नागरिकका लागि भनेर केमोथेरापीका १ लाखको सहयोग गर्ने गरेको छ । त्यसबाहेक बिमाबाट पनि ५० हजार पाउने व्यवस्था छ । त्यसका साथै अन्य संघ–संस्थाहरूबाट पनि सहयोग मिलाउन सक्ने अवस्था छ ।
उपचारका क्रममा आउने बिरामीको आर्थिक अवस्था बुझेर पनि डाक्टरले विभिन्न प्रकारका उपचारका विकल्पहरू दिने गर्छन् । औषधिका प्रकार तथा त्यसका फाइदा–बेफाइदाबारे बिरामीलाई हामीले जानकारी दिने गर्छाैं ।
एकदमै विपन्न बिरामीको हकमा भने नेपाल सरकारले दिने गरेको १ लाख रुपैयाँ पर्याप्त छैन । त्यसका लागि हामी डाक्टरहरूले पनि आवाज उठाइरहेका छौँ ।

सस्तो प्रकारको इन्जेक्सन दिने हो भने क्यान्सरको प्रकृति हेरेर डेढ–दुई लाखमा पनि उपचार गराउन सकिन्छ । नयाँ–नयाँ ट्याब्लेट तथा प्रविधिको प्रयोग गर्ने हो भने कुनै ट्याब्लेटमा मासिक रूपमै ८० हजार खर्च हुने गर्छ । फोक्सोको क्यान्सरको कुरा गर्ने हो भने मासिक १० हजार पर्नेदेखि लिएर ८० हजार पर्ने नयाँ प्रविधिको ट्याब्लेट उपलब्ध छन् । तर, एक महिनामै बिरामी पूर्ण रूपमा निको त हुँदैन । जबसम्म रोग फैलिँरहन्छ, तबसम्म ट्याब्लेट दिइरहनुपर्ने हुन्छ ।

क्यान्सररोगीको हकमा अन्य रोगको जस्तो हुँदैन । यसमा हुने परीक्षणहरू महँगा हुन्छन् । भक्तपुर क्यान्सर अस्पतालले सेकाइको प्रविधि भर्खरै ल्याउन लागेको छ, जुन अस्पतालले १५ हजारमा दिने तयारी गरेको छ । तर, अन्य निजी अस्पतालको कुरा गर्नुपर्दा यस प्रविधिको प्रयोगमा २ लाख रुपैयाँसम्म लाग्न सक्छ । त्यसैले, यस्ता जटिल रोगका सम्बन्धमा सरकारी अस्पतालहरूमा सरकारको ध्यान जानु आवश्यक छ । सरकारी अस्पतालहरूमा सरकारको लगानी बढ्नु अत्यावश्यक छ ।
दोस्रो कुरा, बिरामीको अवस्था हेरेर सरकारले सम्बन्धित विशेषज्ञ टोलीको सल्लाहअनुसार बिरामीलाई गर्ने आर्थिक सहयोगको निर्णय गर्नुपर्ने हुन्छ । विदेशमा बिरामीको उपचारका लागि कस्तो औषधिको आवश्यकता छ भनी सरकारलाई डाक्टरहरूको समूहले सल्लाह दिने गर्छ । त्यसैअनुसार बिरामीले आर्थिक सहायता पाउने गर्छन् । नेपालमा पनि त्यस्तै व्यवस्था ल्याउनु आवश्यक छ ।

साना बच्चाहरूमा क्यान्सरको उपचार भएको छ भने ९० देखि ९५ प्रतिशतमा क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ । तर, केमोथेरापी तथा उपचारपश्चात् दीर्घकालीन रूपमा बच्चाको स्वास्थ्यमा विभिन्न समस्या भने देखापर्न सक्छन् ।

प्रभावकारीता
यो क्यान्सरको प्रकृति तथा स्टेजमा निर्भर रहन्छ । जस्तै, पहिलो स्टेजको अण्डकोषको क्यान्सर छ भने करिब ९८ प्रतिशत उपचार सफल हुन सक्छ । त्यस्तै, गिर्खाहरूको क्यान्सर भएको छ भने करिब ८५ प्रतिशत उपचार सफल हुन्छ ।
त्यस्तै, पहिलो स्टेजका सबै प्रकारका क्यान्सरका बिरामी केमोथेरापीको माध्यमबाट पहिलेकै अवस्थामा आउन सक्ने सम्भावना अधिक हुन्छ । स्टेज बढ्दै जाँदा क्यान्सर फर्किने अवस्था पनि बढ्दै जान्छ । त्यसैले पहिलो स्टेजको क्यान्सरलाई क्युरेटिभ भन्ने गरिन्छ भने तेस्रो, चौथो स्टेजको क्यान्सरलाई हामी प्यालोटी भन्छौँ । प्यालोटी भनेको पूरा निको हुन नसक्ने अवस्था हो । यस्तो अवस्थामा बिरामीको अवस्था बिग्रन नदिनका लागि उपचार गरिन्छ । यस अवस्थामा क्यान्सर निको पार्नतिर भने कम ध्यान दिने गरिन्छ ।

‘कन्ड्रोसारकोमा’ नामक क्यान्सर, जुन हड्डीमा हुने क्यान्सर हो, यसमा केमोथेरापीको प्रभाव ज्यादै नै न्यून हुन्छ । यसमा सेकाइले पनि काम गर्दैन । यस्तो प्रकारको क्यान्सरमा सर्जरीकै आवश्यकता पर्छ । कुनै वेला यस्तो क्यान्सरमा सर्जरी गर्न नमिल्ने अवस्था आयो भने बिरामीलाई डाक्टरले उपचारमा अन्य सहयोग गर्न सक्दैनन् । यस्तोमा दुखाइ कम गर्ने औषधिको प्रयोगबाहेक विकल्प रहँदैन ।

उपचारपछिको अवस्था
यो भनेको कस्तो प्रकारको उपचार गरिएको छ भन्ने कुरामा निर्भर रहन्छ । यदि घाँटीको सर्जरी गरिएको हो भने बिरामी पहिलेकै अवस्थामा नआउन पनि सक्छ । उसको बोली बन्द हुन सक्ने अवस्था पनि आउन सक्छ । तर, सामान्य काम भने उसले गर्न सक्छ । त्यस्तै, अन्य क्यान्सर, जस्तै, फोक्सोको क्यान्सर पहिलो वा दोस्रो स्टेजमा छ भने औषधिको प्रयोगले निश्चित समयपश्चात् बिरामी पहिलेकै अवस्थामा आउन सक्छ । तर, अधिकांश क्यान्सरको उपचारपश्चात् पनि बिरामीले डाक्टरको निगरानीमा बस्न जरुरी हुन्छ । किनभने क्यान्सर लागिसकेपछि दीर्घकालीन रूपमा विभिन्न स्वास्थ्य समस्या देखापर्न सक्छन् । जस्तै, साना बच्चाहरूमा क्यान्सरको उपचार भएको छ भने ९० देखि ९५ प्रतिशतमा क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ । तर, केमोथेरापी तथा उपचारपश्चात् दीर्घकालीन रूपमा बच्चाको स्वास्थ्यमा विभिन्न समस्या भने देखापर्न सक्छन् ।

केमोथेरापीको असर
अधिकांश केमोथेरापीका असर भनेका रगत कम गर्नु, सामान्य कोषहरू मार्नु, कोषिकाहरू मार्नु, रगत कम गर्नुको अर्थ रोगसँग लड्न सक्ने क्षमतामा कमी आउनु हुन् । यसका कारण निमोनियादेखि लिएर पिसाबका संक्रमणहरू हुने गर्छन् । क्यान्सरको प्रकृति हेरेर कुनै–कुनै क्यान्सरका कारण मुटुमा समेत प्रभाव पर्न सक्छ । रगत कम भएका कारण कुनै केमोथेरापीपश्चात् नाक तथा गिजाबाट रगत बग्नेजस्ता समस्याहरू देखापर्ने गर्छन् । कसै–कसैमा कपाल झर्ने समस्या पनि आउन सक्छ ।
केमोथेरापीका क्रममा बिरामीले सफा तथा स्वच्छकर खानेकुरा खानुपर्ने हुन्छ । फलफूल खाँदा बाहिरको बोक्रा राम्रोसँग फालेर खानुपर्ने हुन्छ । राम्रोसँग पाकेको खानेकुरा मात्र खानुपर्ने हुन्छ । खानेकुरा तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । भर्ना गरेर राखेको बिरामी छ भने त्यस्ता बिरामीलाई बढी मान्छेसँग भेटघाट गर्न दिनुभएन । भेट्न आएका मानिसमा भएका रुघाखोकीजस्ता भाइरसहरू बिरामीमा सर्ने हुन्छ । भिडभाडमा यात्रा नगर्नु राम्रो हुन्छ । पोसिलो खानेकुरा धेरै खानुपर्ने हुन्छ । बिरामीले प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ ।

(भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. सोतीसँग हेल्थपोस्टका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एकतिहाइ क्यान्सर सुर्तीजन्य पदार्थको सेवनले लाग्छ

नेपालमा क्यान्सररोगको पछिल्लो अवस्था कस्तो छ ?
नेपालमा पछिल्लो समय क्यान्सररोग एकदमै बढ्दो अवस्थामा छ । नेपालमा मात्रै नभई विश्वमै नसर्ने रोगबाट हुने मृत्युमध्ये सबैभन्दा बढी मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ । अन्य रोगको तुलनामा क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दो छ । विकसित मुलुकहरूमा क्यान्सरका कारण मृत्यु हुनेको संख्या केही कम भए पनि विकासोन्मुख देशमा भने अत्यधिक छ ।
नेपाल, भारत, चीनजस्ता मुलुकमा भने क्यान्सरका कारण मृत्यु हुनेको संख्या झन्–झन् बढ्दो छ । उपचारका लागि आउने क्यान्सरका नयाँ तथा पुराना बिरामीको चापलाई हेर्दा नेपालमा पनि क्यान्सररोगीको संख्या दिन–प्रतिदिन बढ्दै छ ।

प्रदूषणमा भएको वृद्धि, खानपानशैलीमा व्यापक परिवर्तन, व्यापक औद्योगिकीकरण, औसत आयुमा आएको परिवर्तनजस्ता कुरा क्यान्सररोग बढ्नुका कारण हुन् ।

मुटुरोग विशेषज्ञ भन्छन्, विश्वमा नसर्ने रोगका कारण सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुन्छ । क्यान्सर विशेषज्ञका रूपमा तपाईं भन्दै हुनुहुन्छ, क्यान्सर पहिलो हो । वास्तवमा हो चाहिँ के ?
सन् २०१६ सम्म नसर्ने रोगमध्ये विश्वमा सबैभन्दा बढी मानिसको मृत्युको कारण मुटुरोग थियो । तर, सन् २०१६ पछि सबैभन्दा बढी मृत्यु क्यान्सररोगका कारण हुने तथ्यांक सार्वजनिक भएको छ ।
त्यसैले अहिले नम्बर १ किलरका रूपमा क्यान्सररोग रहेको छ । विश्वमा वार्षिक लगभग ८० देखि ९० लाखको हाराहारीमा मानवीय मृत्यु क्यान्सररोगका कारण हुने गरेको छ । नेपालमा करिब ६० हजारभन्दा बढी संख्यामा क्यान्सररोगी रहेको अनुमान छ । बर्सेनि २५ हजार नेपालीलाई क्यान्सर हुने गर्छ । त्यसमा करिब १५ देखि २० हजारको मृत्यु गरेको अनुमानित तथ्यांक छ ।

क्यान्सर जीवनशैलीसँग कति जोडिएको छ ?
क्यान्सररोग जीवनशैलीसँग अत्यन्त सम्बन्धित छ । मानिसको औसत आयु नै अहिले बढेको छ । पहिले–पहिले मानिसहरू ५०–६० वर्षमै मर्ने गर्थे भने अहिले ८०–९० वर्षसम्म बाँच्ने गर्छन् । क्यान्सररोग, जीवनशैली, भोगाइ, बानीका कारणले पनि लाग्ने गर्छ । उमेर पुगेका मानिसमा क्यान्सरको समस्या बढ्ने भएकाले औसत आयु बढ्नुले पनि क्यान्सररोग बढेको हो । ३३ प्रतिशत क्यान्सररोग धूमपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने गरेको छ । क्यान्सरको एकतिहाइ कारण सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन हो । १० प्रतिशत क्यान्सर वंशानुगत कारणले लाग्ने गर्छ । प्रदूषण, विभिन्न प्रकारका संक्रमण, खानपान, जीवनशैलीका कारण पनि क्यान्सररोग लाग्ने गर्छ । पुराना, ढुसी परेका, पोलेका तथा नुनिला खानेकुराको अत्यधिक सेवनका कारण पनि क्यान्सररोग लाग्ने गर्छ । मानिस जति धेरै स्वच्छताबाट टाढा जान्छ, त्यति नै हरेक दिन उसको शरीरमा विभिन्न कुराले हमला गरिरहेका हुन्छन् । उक्त हमलालाई कुनै दिन हाम्रो शरीरले थेग्न सक्दैन, त्यसैको फलस्वरूप क्यान्सररोग सुरु हुन्छ । त्यसैले क्यान्सररोग मानिसको जीवनशैली, खानपान तथा व्यवहारसँग सम्बन्धित हुन्छ भने थोरै मात्रामा वंशानुगत हुन्छ ।

विश्वमा उपचारको क्षेत्रमा धेरै ठूलो उपलब्धि प्राप्त भएको छ । आज एचआइभी एड्सको पनि उपचार सम्भव छ । क्यान्सर पहिलो र दोस्रो अवस्थामा भएमा ठिक हुन्छ । तर, तेस्रो र चौथो अवस्थामा पुगेको क्यान्सररोग नेपालमा मात्र नभई संसारका कुनै पनि ठाउँमा निको पार्न सकिँदैन ।

क्यान्सररोग नेपालमा दिन–प्रतिदिन बढ्नुका कारण के होलान् ?
नेपालमा क्यान्सररोग बढ्नुको मुख्य कारण धूमपान बढ्नु नै हो । आधुनिकता बढेसँगै नेपालीको जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण पनि क्यान्सररोग बढ्दै गएको हो ।
प्रदूषणमा भएको वृद्धि, खानपानशैलीमा व्यापक परिवर्तन, व्यापक औद्योगिकीकरण, औसत आयुमा आएको परिवर्तनजस्ता कुरा क्यान्सररोग बढ्नुका कारण हुन् ।

क्यान्सररोग उमेर समूहमा कतिको भर पर्छ ?
मानिसको उमेर बढेसँगै क्यान्सरको जोखिम पनि बढ्दै जाने गर्छ । तर, कम उमेरमा चाहिँ क्यान्सर नहुने नै भन्ने चाहिँ हुन्न । ४० वर्ष उमेर कटिसकेपछि क्यान्सरको जोखिम पनि बढ्दै जान्छ । विश्वभरिको तथ्यांकलाई हेर्ने हो भने महिला तथा पुरुष दुवैमा यसको जोखिम बराबरी मात्रामा नै पाउन सकिन्छ । बच्चा जन्मिएपछि करिब १५ वर्षसम्म हुने बाल्यावस्थाको क्यान्सर पनि हुन्छ । त्यसपश्चात् ४० वर्षसम्म क्यान्सर निकै नै कम हुने गर्छ । ४० वर्ष नाघिसकेपछि मानिसमा फेरि क्यान्सरको जोखिम बढ्दै जान्छ । बच्चामा हुने क्यान्सरको प्रमुख कारण वंशानुगत हो । जन्मनेवेलै खराब जिन लिएका कारण पनि बच्चामा क्यान्सर हुने गर्छ । बच्चामा बढी मात्रामा रक्त क्यान्सर तथा टाउकोको क्यान्सर प्रमुख मानिन्छन् ।

नेपालका अस्पतालहरूमा क्यान्सररोगको उपचार अवस्था कस्तो छ ?
विश्वमा उपचारको क्षेत्रमा धेरै ठूलो उपलब्धि प्राप्त भएको छ । आज एचआइभी एड्सको पनि उपचार सम्भव छ । क्यान्सर पहिलो र दोस्रो अवस्थामा भएमा ठिक हुन्छ । तर, तेस्रो र चौथो अवस्थामा पुगेको क्यान्सररोग नेपालमा मात्र नभई संसारका कुनै पनि ठाउँमा निको पार्न सकिँदैन । नेपालमा अझै पनि क्यान्सर रोकथामको क्षेत्रमा सरकारको नीति नै छैन । सरकारले क्यान्सररोग न्यूनीकरणका लागि न योजनाबद्ध रूपमा अस्पतालको संख्या बढाएको छ, न उपचारका लागि दक्ष जनशक्तिको उत्पादनमा ध्यान दिएको छ, न त उपचारका लागि आवश्यक उपकरण खरिदमै ध्यान दिएको छ । बर्सेनि भयावह रूपमा बढिरहेको क्यान्सरको रोकथाम र न्यूनीकरणका लागि सरकारले विशेष नीति ल्याउनु आवश्यक छ ।
नेपालमा सरकारीस्तरका क्यान्सर अस्पतालमध्ये भरतपुर क्यान्सर अस्पतालले भने राम्रो काम गरिरहेको छ । अहिले धेरै क्यान्सर अस्पताल निजीस्तरबाट मात्रै निर्माण भएका छन् । सरकारले यसरी भयावह रूपमा बढिरहेको क्यान्सरको उपचारमा खासै ध्यान दिएको छैन ।

क्यान्सररोगको नेपालमा नै उपचारको सुरुवात हुनु एउटा राम्रो पक्ष हो । नेपालको कुनै एउटा अस्पतालमा पनि क्यान्सररोगका लागि चाहिने सबै प्रकारका सेवा बिरामीले पाउन सक्ने अवस्था अझै पनि छैन । तर, हाम्रो अस्पतालमा क्यान्सररोगका लागि रेडियसन, किमोथेरापीलगायत सम्पूर्ण सेवा–सुविधा उपलब्ध छन् । अझै पनि गाउँ–गाउँका क्यान्सररोगीको उपचारमा पहुँच छैन ।हाम्रो अस्पतालमा क्यान्सरको सबैखाले उपचार सम्भव छ । निजी क्षेत्रका अस्पतालहरूले जति नै अगाडि बढेर एउटास्तरसम्म ल्याए पनि सरकारको प्रयासविना सबैमा उपचारको पहुँच पुर्याउन सकिँदैन । यसका लागि सरकारले एउटा नीति नै बनाउनुपर्ने अवस्था आइसकेको छ ।

नेपाल र विदेशको क्यान्सर उपचारमा के–कस्तो भिन्नता छ ?
अबका दिनमा एउटा बिरामीले नेपालमा र विदेशमा पाउने उपचार सुविधामा खासै भिन्नता छैन । नेपालमा केही वर्षअघि रेडियोथेरापीका लागि मेसिन उपलब्ध थिएन । त्यसका लागि भारत अथवा अन्य मुलुक नै जानुपर्ने बाध्यता थियो । अहिले देशमै त्यस्ता उपकरण आएका छन् । हाम्रो अस्पतालमै रेडियोथेरापीको मेसिन आएको ३ वर्ष भइसकेको छ । त्यसका साथसाथै पहिले किमोथेरापी, रेडियोथेरापी तथा सर्जरीमा समेत त्यति प्रभावकारी उपचार थिएन । आजका दिनमा ती सबै सम्भव भएका छन् । नेपालमा भारतभन्दा धेरै सुपथ मूल्यमा सबै प्रकारका क्यान्सरको समान गुणस्तरको उपचार सम्भव भएको छ । यो लामो समयको उपचार भएकाले विदेशमा लामो समयसम्म बस्नुपर्ने समस्याको समेत हल भएको छ ।

क्यान्सरको उपचार त्यति सहजचाहिँ छैन । यसका औषधि तथा प्रविधिहरू महँगा छन् । तैपनि भारतको तुलनामा भने नेपालको उपचार सस्तो छ । भारतभन्दा नेपालमा क्यान्सरको उपचार ५० प्रतिशत सस्तोमा पाउन सकिन्छ ।

नेपाल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका के–कस्ता प्रविधि उपलब्ध छन् ?
क्यान्सर उपचारका लागि आवश्यक सम्पूर्ण प्रविधि नेपाल क्यान्सर अस्पतालमा उपलब्ध छन् । क्यान्सरका सबै किसिमका सर्जरी यहाँ हुन्छन् । निको नहुने बिरामीका लागि एक छुट्टै वार्डको समेत व्यवस्था छ । किमोथेरापी, रेडियोथेरापीलगायत सबै प्रविधि यहाँ उपलब्ध छन् । पेटस्क्यान प्रविधि पनि नेपालका अस्पतालमा उपलब्ध छ । पेटस्क्यान एउटा नयाँ प्रविधि हो, जसले क्यान्सर छ कि छैन भनी पत्ता लगाउन सहयोग गर्छ । कुनै पनि अवस्थामा क्यान्सर लागेको हो–होइन भन्ने पत्ता लगाउन यस प्रविधिबाट सिटी स्क्यानजस्तै एकप्रकारको स्क्यान गर्ने गरिन्छ । यस प्रविधिको प्रयोग गर्ने समयमा आइसोटोप नामक एक इन्जेक्सनको प्रयोग गरिन्छ । यो क्यान्सरको ट्युबर कोषमा मात्र गएर बस्छ । यो प्रविधि क्यान्सर भए–नभएको पत्ता लगाउन वरदान नै साबित भएको छ । यो प्रविधिले शतप्रतिशत नभई ८० देखि ८५ प्रतिशत क्यान्सररोग लागे–नलागेको पत्ता लगाउन सहयोग गर्छ । यो प्रविधि नेपालमा सुरु भएको भर्खरै १ वर्ष मात्रै भएको छ । क्यान्सरको उपचारमा शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी गरी जम्मा ३ वटा प्रविधिको प्रयोग गरिन्छ ।

उपचारमा बिरामीको पहुँच कत्तिको छ ?
क्यान्सरको उपचार त्यति सहजचाहिँ छैन । यसका औषधि तथा प्रविधिहरू महँगा छन् । तैपनि भारतको तुलनामा भने नेपालको उपचार सस्तो छ । भारतभन्दा नेपालमा क्यान्सरको उपचार ५० प्रतिशत सस्तोमा पाउन सकिन्छ ।
नेपाल विकासोन्मुख देश भएका कारण पनि क्यान्सरको उपचारमा नेपालीको पहुँच नभएको हो । नेपाल सरकारले क्यान्सररोगीलाई दिएको १ लाख रूपैयाँ अनुदान पर्याप्त नभएका कारण हामीले नेपाल सरकारलाई त्यसमा फेरबदल गर्न सल्लाहसमेत दिँदै आएका छौँ । आगामी दिनमा क्यान्सररोगीका लागि छुट्टै बिमा कार्यक्रम ल्याउनु आवश्यक छ । मानिसले आफ्नो आयको निश्चित भाग कटाएर संकलन गरेमा उपचारमा सहज हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

घाँटीको क्यान्सर र उपचार

डा. अनिलविक्रम कार्की

परिचय
घाँटी हाम्रो शरीरको महत्वपूर्ण काम गर्ने भाग हो । घाँटीका प्रमुख काम–
१) श्वासप्रश्वास २) खाना ३) आवाज

विभाजन
Oropharynx (घाँटीको मुखबाट सुरु हुने भाग)
Hypopharynx (घाँटीको खानानलीको सुरुवात हुने भाग)
Larynx (आवाज आउने नली र श्वास–प्रश्वासनलीको सुरुको भाग)
यीबाहेक घाँटीमा अन्य महत्वपूर्ण ग्रन्थिहरू हुन्छन्, जस्तै :
Submandibular Salivary Gland (-यालग्रन्थि)
Thyroid Gland (थाइराइड ग्रन्थि)
टन्सिल, जिब्रोको फेद (Base of Tongue Lalleculae)

प्रकार
घाँटीको क्यान्सर अंगअनुसार विभिन्न प्रकारका हुन्छन् ।
थाइराइडको क्यान्सर

Salivary Gland Tumor

Cancer of Larynx

Cancer of Oropharynx /Hypopharynx
Cancer of Sarcoma (मांसपेशीबाट आउने क्यान्सर)
Lymphoma (ग्रन्थिहरू बढ्ने क्यान्सर)
Matastasis of unknown origin (अन्यत्रबाट सरेको क्यान्सर जसको मुख्य ठाउँ (माउ) थाहा हुँदैन ।

कारण
घाँटीको क्यान्सरका विभिन्न कारण छन् । तीमध्ये केही यस्ता छन्–
सुर्तीजन्य पदार्थको प्रयोग
मदिरा सेवन
वंशानुगतकारण शरीरका विभिन्न जिनहरूको प्रभावले
वातावरण दूषित हुनाले विभिन्न टक्सिनका कारणले
विकिरणका कारणले
पोलेका खानेकुराको प्रयोगले

लक्षण
आवाज बस्ने
खाना निल्न गाह्रो हुने
श्वास–प्रश्वासमा गाह्रो हुने
घाँटीमा डल्ला, गिर्खा आउने
वजन कम हुने
ज्वरो आउने, आदि ।

पहिचान
परीक्षण : विशेषज्ञ चिकित्सकद्वारा ।
घाँटीको इन्डोस्कोपी : श्वासनली या खानानलीमा मासु पलाएको–नपलाएको हेर्ने ।
वायप्सी : मासुको परीक्षण ।
FNAC : गिर्खा भए त्यसको पानी थुतेर परीक्षण गर्ने ।
USG वा CT Scan : रोगको अवस्था र स्टेजिङका लागि ।
यीबाहेक रोग र रोगीको अवस्था हेरेर अरू परीक्षण गर्नुपर्ने हुन सक्छ ।

उपचार
मुख्य ४ उपचार पद्धति–
१) रेडियोथेरापी : विकिरणद्वारा क्यान्सरलाई मार्ने ।
२) केमोथेरापी : औषधिले क्यान्सर सेललाई मार्ने ।
३) शल्यक्रिया : अप्रेसनद्वारा क्यान्सरलाई निकाल्ने ।
४) इमुनोथेरापी :
रोगीको अवस्था र रोगको स्टेजिङअनुसार एक या सबैथरीको उपचार आवश्यक हुन सक्छ । रोगी ढिलो गरी आएमा Palliative Therapy द्वारा दुखाइ र अन्य समस्या निवारण गर्न सकिन्छ ।

सावधानी
मख्यतः सुर्तीजन्य पदार्थ, मदिरा सेवनजस्ता कारणबाट बच्न सकिन्छ ।
समस्या देखिनासाथ विशेषज्ञसँग परीक्षण गराउने

(कार्की बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत छन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आफैँले थाहा पाउन सकिन्छ स्तन क्यान्सर,कसरी जाँच्ने ?

महिलामा हुनेमध्ये स्तन क्यान्सर दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । पाठेघरको मुखको क्यान्सर महिलामा सबैभन्दा बढी पाइने गरेको छ । तर, वर्तमान अवस्थामा जुन तीव्रताका साथ स्तन क्यान्सर वृद्धि भइरहेको छ, त्यसले निकट भविष्यमै स्तन क्यान्सर पहिलो स्थानमा पुग्ने प्रबल सम्भावनालाई इंगित गर्छ । स्तन क्यान्सर अहिले पहिलो अनुसन्धानको विषय बनिरहेको छ । यो क्यान्सर महिलामा मात्र नभएर पुरुष पनि हुन सक्छ ।

कसलाई बढी हुन्छ ?
– प्रौढ महिलामा
नेपालमा सबैभन्दा बढी स्तन क्यान्सर ३०–३५ वर्षका महिलामा बढी पाइएको छ ।
– पारिवारिक स्तन क्यान्सर
आमा, सानीआमा, दिदी, बहिनी, आमापट्टिकी हजुरआमा वा छोरीहरूलाई स्तन क्यान्सर भएको छ भने आफूलाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
– ढिलो महिनावारी सुरु भएको तथा चाँडै नै महिनावारी सुकेका महिलामा ।
– विवाह भएका तर बच्चा नपाएका महिलामा ।
– पहिलो बच्चा ढिलो जन्माएका महिलामा, विशेषगरी ३५ वर्षभन्दा पछि बच्चा जन्माएका महिलामा ।
– बच्चा नजन्माएका महिलामा ।
– स्तनपान नगराउने महिलामा ।
– १० वर्षभन्दा बढी समयसम्म परिवारनियोजनको चक्की तथा विभिन्न हर्माेनको उपयोग गर्ने महिलामा ।
– अनावश्यक विकिरण, एक्स रेको प्रयोग धेरै गरेका महिलामा ।
– रक्सी तथा चुरोटको सेवन तथा अत्यधिक बोसो भएका खाद्य पदार्थको सेवन गर्ने महिलामा ।

लक्षण
क) स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
ख) दुवै स्तन समान नभई आकार र बनोटमा फरक देखापर्नु ।
ग) स्तन सुन्निएर कडा भई दुख्न थाल्नु ।
घ) स्तनको मुन्टाबाट रगत अथवा फोहोर पदार्थ आउनु ।
ङ) स्तनको मुन्टा सीधा बाहिरपट्टि नफर्की दायाँ–बायाँ वा घुमेर भित्रपट्टि फर्कनु ।
च) स्तनको छालाको रङ तथा नरमपनामा केही परिवर्तन देखापर्नु ।
छ) स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखापर्नु ।
ज) ढिलो भएको खण्डमा स्तनमा साना–तिना दानाहरू देखापरेपछि घाउ बन्न जानु ।

कसरी पत्ता लगाउने ?
– आफ्नो स्तन आफैँ जाँचेर (ब्रेस्ट सेल्फ एक्जामिनेसन) ।
– चिकित्सकद्वारा जाँच गराएर ।
– मेमोग्राम ।
– अल्ट्रासाउन्ड वा भिडियो एक्स रे ।
– बायोप्सी वा एफएनएसी ।

अ. आफ्नो स्तन आफैँ जाँच्ने तरिका–
सुरुमा उपचार गरे अरू क्यान्सरसरह स्तन क्यान्सर पनि निको हुन सक्छ, तर त्यसका लागि सुरुको अवस्थामा फेला पार्नु जरुरी छ । प्रत्येक महिलाले स्वयम् घरमै बसेर सरल तरिकाले आफ्नो स्तनको जाँच गर्न सक्छन् । यसलाई ‘ब्रेस्ट सेल्फ एक्जामिनेसन’ भनिन्छ ।

कसले र कहिले गर्ने ?
२० वर्षमाथिका प्रत्येक महिलाले यो जाँच गर्नुपर्छ ।
महिनावारी नियमित भइराखेका महिलाले महिनावारी सुरु भएको ७ देखि १० दिनभित्र जाँच गर्नुपर्छ । किनभने नछुने भएका वेला स्तन अलिक सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ, जसका कारण स्तनमा भएको केही परिवर्तन थाहा पाउन मुस्किल हुन्छ ।
अनियमित महिनावारी वा महिनावारी बन्द भइसकेका महिला तथा कहिलेकाहीँ महिनावारी छुट्ने महिलाले प्रत्येक महिनाको निश्चित एक दिन तोकेर उही दिन यो जाँच गर्नुपर्छ । जस्तै, हरेक महिनाको १५ गते, वैशाख १५, जेठ १५, असार १५, … ।

कसरी गर्ने ?
यो जाँच कपडा फेर्दा वा नुहाउँदा पनि सहजै गर्न सकिन्छ ।
ऐनाअगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि यो जाँच गर्न सकिन्छ ।
स्तनलाई छाम्दा हातका औँलामध्ये बीचका ३ वटा औँलाको माथिल्लो एकतिहाइ भागको प्रयोग गर्नुपर्छ । दाहिने हातले देब्रे स्तन तथा देब्रे हातले दाहिने स्तनको जाँच गर्नुपर्छ । जाँच्नेक्रममा चित्रमा देखाइएअनुसार स्तनको ५ वटै भागको क्रमबद्ध जाँच गर्नुपर्छ ।

१. ऐनाअगाडि उभिएर


क) ऐनाअगाडि उभिएर आफ्ना दुवै स्तनलाई हेर्ने । दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रङ र नरमपनको फरक तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यानपूर्वक हेर्ने ।
ख) दुवै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐनाअगाडि उभिएर हेर्ने ।
ग) दुवै हातले कम्मरमा हल्का थिचेर ऐनाअगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रस्ट भएर आउन सक्छन् ।

 

 

 

 

 

२) सुतेर


क) देब्रे काखीमुनि एउटा तकिया राख्ने र देब्रे हात टाउकोपछाडि राखेर सुत्ने । दाहिने हातको बीचमा तीनवटा औँलाको माथिल्लो एकतिहाइ भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने । यसरी छाम्नेक्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रूपमा स्तनका सबै भागको जाँच गर्ने ।
ख) दाहिने काखीमुनि तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रियाअनुसार जाँच गर्ने, अन्तमा स्तनको मुन्टोलाई पालैपालो बूढीऔँला र चोरऔँलाको बीचमा राखेर निचोर्ने । स्तनको मुन्टोबाट केही आउँछ कि आउँदैन, हेर्ने ।
ग) स्तनका ५ भागमध्ये प्रत्येक भागको क्रमबद्ध छामेर जाँच गर्ने ।

३) नुहाउँदा
नुहाउँदा पनि सरलताका साथ यो जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न झन् सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध जाँच गर्ने ।

आ. चिकित्सकद्वारा जाँच गराउने
यसरी जाँच्नेक्रममा शंका लागेमा तुरुन्तै चिकित्सकसँग सम्पर्क राख्ने ।

इ. मेमोग्राम
कहिलेकाहीँ हातले छाम्दा नभेटिने मसिना गाँठागुठी फेला पार्न यो जाँच गरिन्छ । यो जाँच डाक्टरको सल्लाह लिएर मात्र गर्नुपर्छ ।

ई. अल्ट्रासाउन्ड वा भिडियो एक्स रे
३५ वर्षभन्दा कम उमेरका महिलालाई मेमोग्रामभन्दा यो जाँच बढी उपयोगी हुन्छ ।

उ. बायोप्सी वा एफएनएसी
क्यान्सर पत्ता लगाउन शरीरको शंका लागेको भागको कोषिका वा तरल पदार्थ निकालेर त्यसको जाँच गर्ने विधिलाई बायोप्सी वा एफएनएसी भनिन्छ ।

उपचार विधि
स्तन क्यान्सर निको पार्न शल्यक्रिया गरी किमोथेरापी र आवश्यकताअनुसार रेडियोथेरापी तथा हर्माेनल थेरापीको प्रयोग गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्यान्सरका बिरामी बढ्दै, नेपालमा ६० हजार

नेपालमा क्यान्सररोगका बिरामी बढ्दै गएको तथ्यांकले देखाएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको तथ्यांकअनुसार हाल नेपालमा करिब ६० हजारभन्दा बढी क्यान्सरका बिरामी छन् । यीमध्ये ९ हजार ५ सय जना उपचारका लागि अस्पतालसम्म आउने गरेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर क्यान्सर अनुसन्धान विभागका प्रमुख भोला सिवाकोटीले जानकारी दिए । यसमध्ये भरतपुर क्यान्सर अस्पतलामा ५ हजार बिरामी उपचार गर्न आउने गरेका छन् ।

नेपालमा हालसम्म कति क्यान्सरका रोगी छन् र बर्सेनि कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वार्षिक २५ देखि ३० हजार नयाँ बिरामी देखापर्नेे गरेको सिवाकोटीले जानकारी दिए ।
क्यान्सर अस्पताल भरतपुरमा विभिन्न जिल्लाबाट आएका बिरामीमध्ये फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फग्रन्थि, पेट, रगत, घाँटी, मस्तिष्क, दिसा गर्ने नली र छालाको क्यान्सर प्रमुख रुपमा पाइएको छ ।

विश्वमा हरेक वर्ष करिब १ करोड २० लाख नयाँ क्यान्सरका बिरामी भेटिने गरेका छन् । त्यसमध्ये ९६ लाख व्यक्तिको मृत्यु हुने गरेको भरतपुर क्यान्सर अस्पतालले जानकारी दिएको छ ।
७० प्रतिशत क्यान्सर खानपानका कारण लाग्ने गरेको छ । क्यान्सररोग नियन्त्रणका लागि बिपी कोइराला मेमोरियल अस्पतालले ५४ वटा जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम तथा ३६ जिल्लाका माध्यमिक विद्यालयका १ हजार ५ सय विद्यार्थीका लागि क्यान्सर रोगथामसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरेको अस्पतालले जानकारी दिएको छ ।

यसैबीच, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो १४औँ वार्षिकोत्सव तथा १४औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाएको छ । ‘क्यान्सरबारे जानकारी राखौँ, सतर्क होऔँ, क्यान्सरलाई परास्त गरौँ’ भन्ने मूल नारासहित अस्पतालले बुधबार क्यान्सर सतर्कता दिवस मनाएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पाठेघरको क्यान्सर जाँचका निम्ति कल्पोस्कोपी

स्त्री–जनेन्द्रिय अंगहरूजस्तै पाठेघरको मुख, योनि तथा योनिमार्गमा कुनै पनि असामान्य रोगका लक्षण भए–नभएको पत्ता लगाउन गरिने परीक्षणलाई कल्पोस्कोपी भनिन्छ । कल्पोस्कोपी प्रक्रियामा स्त्रीरोग विशेष उपकरणको प्रयोग गरिन्छ ।
स्त्रीरोग परीक्षण गर्ने सिलसिलामा गर्भाशय स्रावको जाँच गर्दा कुनै खराबी देखिएमा वा खराबीको शंका लागेमा चिकित्सकले कल्पोस्कोपी गर्ने सल्लाह दिन्छन् ।
कल्पोस्कोपी गर्दा यदि चिकित्सकले महिला जनेन्द्रियजस्तै पाठेघरको मुख, योनिद्वार, आदिमा असामान्य कोषिकाहरू भएको पाइएमा वा कोषिकाहरूमा असामान्य वृद्धि पाइएमा, ती कोषिकाहरूको बायोप्सी परीक्षण गर्न नमुना संकलन गर्ने गरिन्छ ।
धेरै महिला गुप्तांगको परीक्षण गर्नुपूर्व त्यसका लागि हिच्किचाउने र एककिसिमको तनावमा रहने गरेको पाइन्छ । कल्पोस्कोपी गर्नुपूर्व र प्रक्रियामा अपनाउनुपर्ने र जानकारी राख्नुपर्ने कुराहरू राम्ररी बुझ्न सकेमा यस्तो प्रक्रियामा असहज महसुस गर्नुपर्ने आवश्यकता हुँदैन ।

कल्पोस्कोपीबाट कुन–कुन रोग पत्ता लाग्छ ?
सर्वप्रथम त महिला स्वास्थ्य, अझ भनौँ महिलाको प्रजनन स्वास्थ्य ठिक भए–नभएको थाहा पाउनु सम्बन्धित स्वयम् महिलाका लागि श्रेयष्कर हुन्छ । तथापि कुनै महिलाले अस्वस्थ भएको महसुस गरी स्त्रीरोग विशेषज्ञले ती महिलाको गर्भाशय स्राव परीक्षण गर्दा वा पेटको जाँच गर्दा कुनै पनि असामान्य परिस्थिति देखापरेमा कल्पोस्कोपी जाँच गर्न सल्लाह दिइन्छ ।
सामान्यतया निम्न रोगहरू पत्ता लगाउन कल्पोस्कोपी गरिन्छ –
– पाठेघरको मुखको क्यान्सर,
– गुप्तांगमा हुने घाउखटिरा,
– पाठेघरको मुखको सुजन, सुन्निने, दुख्ने,
– योनि क्षेत्रको बाहिरी प्रकोष्ट वा भगकोष्टको क्यान्सर,
त्यसैगरी,
कल्पोस्कोपिक परीक्षणले–
– पाठेघर, पाठेघरको मुख वा योनिद्वारमा हुने घाउ–खटिराहरू पत्ता लगाउँछ ।
– रोगका शंकास्पद क्षेत्रहरूसँग सम्बन्धित असामान्य अवस्था वा क्षेत्रको पहिचान गर्छ ।
– रोग शंकास्पद क्षेत्रका असामान्य कोषिकाहरूको जाँच गर्न सहयोग पु¥याउँछ ।
– शल्यक्रिया गर्नुपर्नेखालका अर्बुदरोग भए–नभएको पत्ता लगाउँछ ।
– योनिद्वारमा क्यान्सरका घातक कोषिकाहरू उत्पादन हुनुपूर्व र ती कोषिकाहरू उत्पादित भइसकेपश्चात् त्यहाँ देखिने परिवर्तनहरूबारे पत्ता लगाउन सहयोग पु¥याउँछ ।

कुन अवस्थामा गरिन्छ कल्पोस्कोपी ?
– मूलाधार, योनि, योनिद्वार, गर्भाशय वा पाठेघरको मुखमा शंकास्पद गिर्खा, घाउ–खटिराहरू देखिएमा,
– गर्भाशय स्राव परीक्षण गर्दा असामान्य घाउ–खटिराको लक्षण पाइएमा वा अर्बुदरोगको शंका लागेमा कडा जोखिमका रोगहरू पत्ता लगाउन गर्भाशय स्राव परीक्षण गर्दा असामान्य नतिजा पाइएमा,
– गर्भाशयभित्र कडाखाले वा जटिल रोगको इतिहास भएमा,
– पाठेघरको मुख र योनि क्षेत्रका कोषिकाहरूमा अर्बुदरोग हुने लक्षण पाइएमा वा त्यसखाले रोग हुनुपूर्व देखिने परिवर्तनहरूको शंका लागेमा,
– योनि क्षेत्र, योनिद्वार वा बाहिरी भागमा अर्बुदरोग हुनुपूर्व हुने परिवर्तनहरूको शंका लागेमा, आदि ।
– गर्भाशयमा कडा जोखिमका रोगहरू उपचार गरी तिनको पुनः परीक्षण गर्नुपर्ने अवस्था आइपरेमा,
– बालिकाहरूमा हुने यौन हिंसा वा व्यभिचार, बलात्कारजस्ता अपराधहरूको निक्र्योल गर्नुपरेमा, आदि ।

(डा.श्रेष्ठ गाइने अन्को युनिट, भक्तपुर क्यान्सर अस्पताल कार्यरत हुनुहुन्छ)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यस्ता हुन्छन् पुरुषमा क्यान्सरका सुरुवाती १० लक्षण

क्यान्सरको सुुरुवाती लक्षण यदि समयमै पहिचान गर्न सकियो भने खतरनाक स्टेजसम्म जानबाट रोक्न सकिन्छ । सुरुवाती अवस्थामा पहिचान भयो भने उपचार सजिलो हुन्छ र यसकै कारणबाट हुने मृत्युलाई रोक्न पनि सकिन्छ ।

एक अनुुमान अनुसार पुरुषमा क्यान्सरबाट हुने मृत्युमा ३१ प्रतिशत फोक्सोको क्यान्सर, १० प्रतिशत प्रोस्टेट, ८ प्रतिशत कोलोरेक्टल,  ४ प्रतिशत कलेजोको क्यान्सर र बाँकी प्याङक्रियटिक कारक हुन्छ । यसैले सुरुवाती अवस्थालाई कहिल्यै पनि बेवास्ता गर्नुहुँदैंन । आखिर सुरुवाती लक्षण के हो त ?

 

पेटमा समस्या
पेटमा समस्या हुनुु ठुलो समस्या होइन । तर लगातार पेटमा समस्या देखियो भने यो कोलोन या कोलोरेक्टल क्यान्सरको सुुरुवाती लक्षण हुन सक्छ । पखाला या अपचको समस्याले क्यान्सरलाई संकेत गर्छ । यसको कारण पेटमा ग्यास भरिने र दुख्ने समस्या पनि हुन सक्छ ।

रगत बग्नु
लगातार रगत बग्नु क्यान्सरको लक्षण हुन सक्छ । यसको कारण रगत मलद्वारबाट बाहिर निस्कन्छ । यो कोलोन क्यान्सरको लक्षण हुन सक्छ । यद्यपि यो समस्या ५० वर्षको उमेरपछि हुन्छ । तर अचेलको जीवनशैलकिा कारण यो कुनै पनि उमेरमा हुन सक्छ ।

मूत्राशयमा परिवर्तन
पिसाब गर्दा यदि पीडा हुन्छ या पिसाबमा रगत देखिन्छ भने प्रोस्टेट क्यान्सर या डिम्बग्रन्थी क्यान्सरको लक्षण हुुन सक्छ । पिसाब रोक्न नसक्ने समस्या पनि क्यान्सरको लक्षण हुन सक्छ ।

अण्डकोषमा परिवर्तन
अण्डकोषमा परिवर्तन टेस्टिकुलर क्यान्सरको संकेत हुन सक्छ । यदि अण्डकोषको आकार बढिरहेको छ भने बेवास्ता नगर्नुुस् । यो क्यान्सर बढी मात्रामा २० देखि ३९ वर्षको उमेरमा हुन्छ ।

पिठ्युँमा पीडा हुनु
काम बढी गर्दा या कुर्सीमा गलत तरिकाले बस्दा पिठ्युँमा पीडा हुनु सामान्य हो । तर लगातार पिठ्युँमा पीडा भइरहेको छ भने यो कोलोरेक्टल या प्रोस्टेट क्यान्सरको कारण हुन सक्छ । यसका अलावा आसपासको मांसपेशीमा पनि पीडा हुुन्छ ।

तौल घट्नु
यदि कुनै पनि कारण विना तौल कम भइरहेको छ भने क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । कुनै पनि प्रयास नगरीकनै १० पौण्डभन्दा कम तौल भयो भने क्यान्सरको प्राथमिक लक्षणका रुपमा लिन सकिन्छ ।

लगातार खोकी लाग्नु
चिसो र रुघाका अलावा धुमपान गर्नेहरुमा खोकीको समस्या देखिन्छ । तर यदि कुनै पनि कारण विना लगातार खोकी लाग्छ भने फोक्सोको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । यदि खोकीका साथ खकारमा रगत पनि आउछ भने अवस्था गम्भीर पनि हुन सक्छ ।

थकाइ लाग्नु
कुनै कारणविना नै थकाई लागेको महसुुस हुन्छ भने क्यान्सरको सुरुवात लक्षण हुन सक्छ । कहिलेकाही त हात खुट्टाले पनि काम नगर्ने हुन्छ ।

ज्वरो आउनु
ज्वरो पनि क्यान्सरको लक्षण हो । क्यान्सरका कारण शरीरको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ, र शरीरले रोगबाट रक्षा गर्न सक्दैन । यसो हुँदा ज्वरो आउँछ । रगत क्यान्सर, ल्युकेमियामा पनि ज्वरो आउछ ।

छालामा परिवर्तन
छालामा असामान्य रुपमा परिवर्तन हुनु क्यान्सरको सुुरुवाती लक्षण हुन सक्छ । यदि कुनै व्यक्तिको छाला विनाकारण पहेंलो या कालो हुुन्छ भने यो क्यान्सरको संकेत हुन सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै