कोरोना भाइरस (कोभिड–१९)

रोल्पामा क्वारेन्टाइनमा आत्महत्या गरेका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५का ३१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गरिएको थियो। स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार उनको रिपोर्ट पोजेटिभ आएको छ। विद्यालयहरुका स्थापना गरिएको क्वारेन्टाइन भरिएकाले उनलाई गाउँको एउटा घरमा...