केएमसीका चिकित्सकले जोखिम मोलेर बचाए कोरोना संक्रमितको ज्यान, २९ जना क्वारेन्टाइनमा

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का चिकित्सकले मष्तिकघात (स्ट्रोक) भएका बिरामीको द्रुत परीक्षणमा कोरोना पोजेटिभ देखिँदादेखिँदै पनि जटिल शल्यक्रिया गरेर ज्यान बचाएका छन्।

आरटी पिसिआर रिपोर्ट कुर्दासम्म बिरामीको ज्यान नै जोखिम पर्ने अवस्था रहेपछि चिकित्सकहरुले उच्च सावधानीका साथ शल्यक्रिया गरेर ज्यान बचाएका थिए।

शल्यक्रिया गरेको चौथो दिन बुधबार दोलखाका ती ७६ वर्षे पुरुषको पिसिआर रिपोर्टसमेत पोजेटिभ आएको थियो।

पिसिआर नै पोजेटिभ आएसँगै, आकस्मिक कक्षा, आइसियुदेखि ओटीसम्म ती बिरामीको सम्पर्कमा आएका न्युरो सर्जन, अन्य चिकित्सक समेत २९ जना क्वारेन्टाइनमा छन्।

क्वारेन्टाइनमा अधिकांश आरडिटी गर्नुपूर्व आकस्मिक कक्षामा ह्यान्डिल गरेका स्वास्थ्यकर्मी र सहयोगी छन्।

चिकित्सकहरू दुवाकोटस्थित केएमसीकै क्वाटरमा क्वारेन्टाइनमा बसिरहेका छन् । ती बिरामीको इन्भेस्टिगेसनमा संलग्न वीर अस्पतालमा  एक प्राविधिकसमेत अहिले क्वारेन्टाइनमा छन्।

अस्पतालका न्यूरो सर्जन डा. अमित थापाका अनुसार बिरामीको अवस्था हेरेर तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार नै शल्यक्रिया पूर्व आरडिटी गर्दा पोजेटिभ देखिएको थियो।

पिसिआर रिपोर्ट आउन समय लाग्ने र रिपोर्ट आउँदासम्म बिरामीको ज्यानै जानसक्ने अवस्था देखेपछि चिकित्सकहरूले उच्च सावधानी अपनाएर तर जोखिम मोलेर शल्यक्रिया गरेका डा. थापाले बताए।

सुरुमा गम्भीर अवस्थाका आकस्मिक कक्षामा ल्याइएका बिरामी आकस्मिक कक्षामा रहँदै सिटी स्क्यान  गरिएको थियो।  परीक्षणमा ठूलो स्ट्रोक भएको र तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएपछि उनलाई आइसियुमा सारेर आरडिटी गरिएको थियो।

आरडिटी पोजेटिभ आएपछि चिकित्सकहरूले फेरि आइसोलेसन आइसियुमा सारेर परिवारसँग परामर्श लिएर शल्यक्रिया सुरु गरेका थिए ।

‘सकेसम्म कम जनशक्ति ओटीमा गयौं र पिपिई लगाएर शल्यक्रिया गर्यौं’ डा. थापाले भने, ‘पिसिआर नै पोजेटिभ आएपछि भने हामी क्वारेन्टाइनमा छौ।’

डा. थापाका अनुसार आरडिटी पोजेटिभ भए पनि पिसिआर पोजेटिभ नआउला भन्ने आशा राखेको भए पनि दुई जनामात्रै सर्जनमात्रै शल्यक्रिया कक्षमा गएर शल्यक्रिया गरेको बताए । ‘सकेसम्म कम जनशक्ति ओटीमा गयौं र पिपिई लगाएर शल्यक्रिया गर्यौं’ डा. थापाले भने, ‘पिसिआर नै पोजेटिभ आएपछि भने हामी क्वारेन्टाइनमा छौ।’

दोलखामा संक्रमण पनि नदेखिएको, बिरामीको कन्ट्रयाक हिस्ट्री पनि भएका कारणले चिकित्सकहरु पिसिआरमा कोरोना आउँदैन होला भन्ने नै आस राखेको डा. थापाले बताए ।

शल्यक्रियापछि ती बिरामी खतारमुक्त नभए पनि निकै सुधार आइसकेको अस्पतालले जनाएको छ । तर, कोरोना पोजेटिभ देखिएसँग मन्त्रालयकै निर्णयअनुसार लेवल थ्री अस्पतालको रुपमा तोकिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सारिसकिएको पनि थापाले जानकारी दिए ।

सुरुदेखि सावधानी अपनाएको थियो केएमसीले

सरकारले लकडाउन लगाएसँगै धेरैजसो निजी अस्पतालले सेवा बन्द गरे पनि केएमसीले भने व्यवस्थित रुपमा ओपिडी सेवा समेत निरन्तरता दिँदै आएको थियो ।

अस्पतालले सबै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एक्पोज नहोस् भनेर टिम बनाएर काममा खटाउने गर्दै आएको थियो । सरकार कारण ३९ जना चिकित्सक, स्वास्थ्यकर्मी क्वारेन्टाइनमा जाँदा पनि कुनै पनि सेवा नरोकिएको अस्पतालले जनाएको छ ।

अहिले न्युरो सर्जरी विभागकै पनि दुई जना सर्जन क्वारेन्टाइनमा गए पनि अरु सेवामै छन् । डा. थापाका अनुसार भाइरस विकास हुनसक्ने अवधि पर्खिएर पिसिआर गरेसँगै सबै व्यक्तिगत सुरक्षा अपनाएर काम गरेका हुनाले सबै जनशक्ति काममा फर्किन सक्ने विश्वास लिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बागलुङका ६ जनामा कोरोना पोजेटिभ, गण्डकीमा संक्रमितको संख्या १२ पुग्यो

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। बागलुङका ६ जनामा बुधबार बिहान कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितहरूलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याउने तयारी गरिएको छ।

उनीहरू मध्ये २ जना बडिगाड र ४ जना तमानखोलाका बसिन्दा हुन्। भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए।

यसअघि पनि बाग्लुङमै २ जनामा कोरोना संक्रमण भएको थियो। दुवै जना सन्चो भएर घर फर्किएका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १२ पुगेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एक महिलासहित कचनकवलका थप ५ जनामा कोरोना पुष्टि, भारतबाटै आएका हुन् सबै

कचनकवल पुगेका प्रमुख जिल्ला अधिकारीसहित टाेली।

झापामा कचनकवल गाउँपालिकामा बुधबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा चार पुरुष र एक महिला रहेका छन्।

विराटनगरस्थित कोरोना अस्पतालमा परीक्षणका लागि लगिएको स्वाब संकलन पिसिआर परीक्षणका क्रममा उनीहरूको रिपोर्ट पोजेटिभ आएको जानकारी कोशी अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर बस्नेतले दिए।

आज रिपोर्ट पोजेटिभ आएकाहरू लक्ष्मीप्रसाद देवकोटा मावि क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति हुन्। अन्यको रिपोर्ट अहिलेसम्म आएको छैन।

उक्त क्वारेन्टाइनमा चार महिलासहित ६५ जना रहेको प्रदेश सांसद वसन्त बानियाँले जानकारी दिए। उनीहरूको स्वाब लिएर मंगलबार परीक्षणका लागि विराटनगर पठाएको थियो।

कचनकवल २ मा रहेको उक्त क्वारेन्टाइनमा भारतबाट आएका व्यक्तिलाई राखिएको छ। कोरोना पुष्टि भएका व्यक्ति शनिबार आएका व्यक्ति भएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद यादवले बताए।

उनीहरु ४० वर्षभन्दा मुनिका भएको बताइएको छ। सोमबार र मंगलबार गरिएको परीक्षणमा त्यहाँका १० जनामा कोरोना पुष्टि भएको थियो।

उनीहरू कचनकवल ३ को पथरिया मावि क्वारेन्टाइनमा बस्दै आएका थिए। सो क्वारेन्टाइनका ३३ जनामध्ये २३ जनामा नतिजा नेगेटिभ आएको छ।

योसँगै कचनकवलमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ। झापामा हालसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पहिलो पटक दमकका ६२ वर्ष र त्यसपछि बाह्रदशीका ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुवै जना निको भएर घर फर्किसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तीन स्वास्थ्यकर्मी र दुई नर्समा कोरोना पोजेटिभ देखिएपछि धनकुटा अस्पतालको सबै सेवा रोकियो

जिल्ला अस्पताल धनकुटामा कार्यरत थप ३ स्वास्थ्यकर्मी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि एक नर्सलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालका ६३ कर्मचारीको परीक्षण गर्दा थप तीनजना कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन स्वास्थ्यकर्मी र २ नर्समा कोरोना पोजेटिभ देखिएसँगै सबै सेवा रोकिएको छ । अस्पतालमा उपचाररत बिरामी र तिनका कुरुवाकाे पनि परीक्षण भइरहेको छ । अस्पतालबाट कुल ६३ स्वाब संकलन गरिएकोमा १८ को रिपोर्ट आउन बाँकी छ ।

प्रदेश १ का निर्देशक चन्द्रदेव मेहताले अस्पतालमा कार्यरत स्टाफलाई संक्रमण देखिएको भन्दै त्यसको विस्तृत विवरण मन्त्रालयले नै सार्वजनिक गर्ने बताए ।

प्रदेश १ का निर्देशक चन्द्रदेव मेहताले अस्पतालमा कार्यरत स्टाफलाई संक्रमण देखिएको भन्दै त्यसको विस्तृत विवरण मन्त्रालयले नै सार्वजनिक गर्ने बताए ।

अस्पतालका प्रमुख डा. पुजन विकले अहिले आफूहरू सबै अस्पताल परिसरभित्रै क्वारेन्टाइनमा बसेको जानकारी दिए । ‘सुरुको संक्रमित नर्सलाई विराटनगर पठाइए पनि नयाँ रिपोर्ट आएका सबै यतै हुनुहुन्छ,’ उनले भने ।

बाँकी संक्रमितलाई समन्वय गरेर अन्न्यत्र सार्ने डा. विकले बताए । डा. विकले अहिले देशभरका अस्पतालहरू धनकुटाको जसरी नै चलिरहेको भन्दै यस्ता समस्या आउँदा के गर्ने भन्ने योजना चाहिने बताए । ‘अब तत्काल हामी कुनै सेवा दिनसक्ने अवस्थामा हुन्नौ,’ उनले भने, ‘सबै कुराका लागि हामीभन्दा माथिल्लाे निकायले योजना बनाउँलान्।’

जिल्ला अस्पतालमा १५ शैय्या संचालनमा छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रोग नियन्त्रण महाशाखाकै डाक्टरलाई देखियो कोरोना पोजेटिभ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का एक चिकित्सकलाई काेराेना भाइरसकाे संक्रमण देखिएको छ।

ती चिकित्सकको ठेगाना ललितपुर रहेकाे छ। उनको व्यक्तिगत विवरण गोप्य राखिएको छ। नेपालमा चिकित्सकलाई काेराेनाकाे संक्रमण देखिएकाे याे पहिलाेपटक हाे।

महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी अनुगमनमा विभिन्न जिल्ला गएर आएका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको हो। महाशाखाभित्र अहिले झण्डै एक सयकाे हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी कार्यरत छन्।

एक जनामा कोरोना देखिएपछि अहिलेसँगै काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीलाई कहाँ राख्ने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको छ।

अधिकांश देशमा महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई एक हप्ता काम गरेपछि दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने नियम भए पनि पालना नगर्दा समस्या आएको गुनासो चिकित्सकहरूको छ।

स्रोतका अनुसार आज कतै होटलमा क्वारेन्टाइन राखेर भोलि पिसिआर जाँच गरेपछि मात्रै थप कदम चाल्नुपर्ने काममा खटिएकाहरूकाे माग छ।

अधिकांश देशमा महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई एक हप्ता काम गरेपछि दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने नियम भए पनि पालना नगर्दा समस्या आएको गुनासो चिकित्सकहरूको छ।

स्वास्थ्य मन्त्रालयले अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका ३ सहित १३ जिल्लामा २७ जनामा कोरोना पोजेटिभ देखिएको सार्वजनिक गरेको थियो।

तीमध्ये काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा १ जनामा कोरोना पोजेटिभ देखिएको विवरण सार्वजनिक भएको थियो । उच्च स्रोतका अनुसार काठमाडौंमा देखिएका तीन गोकर्णेश्वर नगर, गाे‌ंगबु क्षेत्रका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपालमा २७३ जनामा कोरोना पुष्टि, शनिबार थपिए ६ जना

कोरोना भाइरस डिजिज –कोभिड १९ का ६ संक्रमति थपिएका छन् ।

काठमाडौंस्थित राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार बर्दिया नार्खुकी २८ वर्षे महिला, सिराह सखुवाका ३० वर्षे पुरुष, वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाहीका १८ वर्षे महिला, चितवन गढौलीकी एक २५ वर्षे महिनामा संक्रमण देखिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंसहित चार जिल्लामा थपिए नौ कोरोना पोजेटिभ कूल संक्रमित २६७

विश्वव्यापी महामारी रूप लिएको कोरोना भाइरस डिजिज (कोभिड-१९) का नौ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीका अनुसार पछिल्लोपटक चार जिल्लामा नौजना संक्रमित थपिएसँगै कूल संक्रमित संख्या २ सय ६७ पुगेको छ।

मन्त्रालयका अनुसार विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणअनुसार काठमाडौं सतुङ्गलका सात वर्षे बालकसहित नौजनामा कोरोना पोजेटिभ भेटिएको हो।

तीबाहेक पर्सा, वीरगन्जमा चार, उदयपुरमा एक, दाङ गढवामा तीन संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये पर्साका नौ र १० वर्षका दुई बालक, २३ र ४७ वर्षका दुई महिला, उदयपुरमा २५ वर्षे पुरुष तथा दाङमा २३, ३६ र ३४ वर्षे पुरुष हुन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मकवानपुर र बाँकेका थप नाैजनामा कोरोना पोजेटिभ

कोरोना भाइरस डिजिज (कोभिड १९) दुई जिल्लाका थप ९ जनामा प्रमाणित भएसँगै कुल संक्रमितको संख्या २५८ पुगेको छ ।

राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालमा भएको नमूना परीक्षणको नतिजाअनुसार मकवानपुरका ३७ वर्षे पुरुष र बाँकै नैनापुरका तीन वडाका १८ देखि ३६ वर्षका ८ पुरुष छन् ।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरुको सबैको स्वास्थ्यअवस्था सामान्य छ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

निको भइसकेका युवामा पुनः कोरोना पोजेटिभ

अस्पतालले निको भइसकेको भनेर घर पठाएका एकजना युवामा पुनः संक्रमण देखिएको छ।

रौतहट इसनाथ नगरपालिकाका १९ वर्षीय युवा वैशाख १४ गते निको भएर घर फर्किएका थिए।

त्यसपछि उनका घर परिवारका सबैको स्वाव परीक्षण गर्दा उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो।

उनलाई शनिबार नै नारायणी अस्पताल ल्याइएको छ।

अस्पताल स्रोतका अनुसार निको भइसकेपछि पनि हप्ता-हप्ता दिनमा फलोअप परीक्षण गर्नुपर्छ।

तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक निको भएर फर्केका थिए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना पोजेटिभ, राति ११ बजे नै आएको थियो रिपोर्ट

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनमध्ये दुईजनामा कोरोनाको पोलिमर चेन रियाक्सन (पिसिआर) परीक्षणमा समेत पोजेटिभ देखिएको छ । थप एक जनाको नजितामा शंका उत्पन्न भएपछि फेरी परीक्षण गरिँदैछ ।

विदेशबाट फर्किएका उनीहरुमा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि सोमबारै पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर पिसिआर परीक्षण सुरु गरिएको थियो ।

राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला एनपिएचएल स्रोतका अनुसार परीक्षणबाट पोजेटिभ देखिएको रिपोर्ट राति ११ बजे नै मन्त्री र सचिवलाई गराइसकिएको थियो । तर मन्त्रालय औपचारिक प्रणालीबाट हालसम्म पनि रिपोर्ट सार्वजनिक गरेको छैन् ।

उनीहरु चैत ४ मा बेलायतबाट फर्किएका थिए ।  र्यापिड टेष्टमा परीक्षण पोजेटिभ देखिएपछि नै सो अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । अब अपार्टमेन्टमा बस्ने सबैलाई सेल्फ क्वारेन्टिनमा राखिने र र्यापिड टेष्टपनि सुरु गरिने मन्त्रालय स्रोतले जनाएको छ ।

योसँगै काठमाडौमा कोरोनाको तेस्रो संक्रमित भेटिएको छ । यसअघि मैतीदेवीकी एक युवतीमा संक्रमण पुष्टि भएको थियो ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै