कोरोना पुष्टि

आइतबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकअघि गरिएको एन्टिजेन परीक्षणमा तीनजनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार र शनिबार सभामुख, सांसद, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक र पत्रकार गरी ८०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये तीन जना कर्मचारीमा संक्रमण देखिएको छ। संक्रमण देखिएकाहरुलाई पिसिआर परीक्षणका लागि पठाइएको छ।

1 2